जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

मोहन विक्रम सिंह : जीवन–प्रसङ्गहरू

मोहन विक्रमको जन्म वि.सं. १९९२ वैशाख ३ गते काठमाडौंको मरूटोलमा भएको थियो । वहा“का पिता खिम विक्रम र आमा ताराकुमारी मुद्दा मामिलाका सिलसिलामा काठमाडौं गएको वेलामा वहा“को त्यहा“ जन्म भएको थियो

दुर्गा पौडेल दुर्गा पौडेल
प्रकाशित २३ कार्तिक २०७८, मंगलवार
अन्तर्वार्ता, प्रोफाइल भित्र
0
मोहन विक्रम सिंह :  जीवन–प्रसङ्गहरू

जन्म, बाल्य काल र शिक्षा :

मोहन विक्रमको जन्म वि.सं. १९९२ वैशाख ३ गते काठमाडौंको मरूटोलमा भएको थियो । वहा“का पिता खिम विक्रम र आमा ताराकुमारी मुद्दा मामिलाका सिलसिलामा काठमाडौं गएको वेलामा वहा“को त्यहा“ जन्म भएको थियो । तारा कुमारी मोहन विक्रमका आठवटी आमाहरूमध्ये छैठौं हुनुहुन्थ्यो । अन्य आमाहरूबाट लेटर विक्रम, हरि विक्रम, श्री विक्रम, शंकर विक्रम, महेन्द्र विक्रम, राजेन्द्र विक्रम र भोजेन्द्र विक्रमको जन्म भएको थियो । मोहन विक्रमकी आमाबाट एउटी बहिनी श्याम कुमारी जन्मनु भएको थियो भने सबैभन्दा कान्छी आमाबाट विद्या र अजिता जन्मनुभएको थियो । सबै भाइ र बैनीहरूभन्दा जेठी एउटी दिदी पनि हुनुहुन्थ्यो । वहा“को अर्घाखा“चीको झन्द्रेकमा विवाह भएको थियो र धेरै पहिले मृत्यु भएको थियो । वहा“की मावलकी हजुरआमाकी तारा कुमारी नै एक मात्र सन्तान हुनुहुन्थ्यो र वहा“ले आफ्नो नातिलाई धेरै माया गर्नु हुन्थ्यो । अहिले पनि मोहन विक्रमले आफ्नी हजुरआमाको फोटो आफ्नो सिरानीमा राख्नु हुन्छ । त्यसबाट वहा“को आफ्नी हजुर आमाप्रति धेरै नै श्रद्धा र माया भएको कुरा बुझ्न सकिन्छ । 

मोहन विक्रमको ५÷६ वर्ष सम्मको बाल्यकाल मावलमा र त्यसपछि ११ वर्षको उमेरसम्मको वहा“को बाल्यकाल प्यूठान बांगेमरोटको कौछेमा नै बित्यो । वहा“का पिताजीले आसपासमा उपलब्ध केही नेपाली वा अंग्रेजीको ज्ञान भएका व्यक्तिहरूलाई घरमा राखेर छोरालाई शिक्षा दिने व्यवस्था गर्नु भयो । ती शिक्षकहरूमध्ये एकजना दाखाक्वाडीका भक्तिनाथ योगी हुनुहुन्थ्यो । २००० सालमा वहा“का पिता प्यूठानको जेलमा भएको वेलामा वहा“ले जेलबाट नै गएर खलंगाको भाषा पाठशालामा पढ्नु भयो । केही समय वहा“ले विजुवार र लुङको पाशवाङमा बसेर पढ्नु भयो । वहा“का पिता खिम विक्रमको आर्य समाजप्रति झुकाव थियो । त्यसैले भारतमा तिर्थ यात्रा गर्न गएको वेला वहा“का पिताले आफ्नो छोरालाई अयोध्यामा आर्य समाजी विद्यालयमा भर्ना गर्दिन खोज्नु भएको थियो । तर आमाले छोरालाई अलग गराउन नमान्दा भर्ना हुन सक्नु भएको थिएन । पछि घरबाट २००२ सालमा ११ वर्षको उमेरमा वहा“ काठमाडौंमा आउनु भयो र लैनचौरको शान्ति विद्यागृहमा भर्ना हुनु भयो । त्यो वेला त्यो स्कुल लैनचौरभन्दा तल गोलपाखामा थियो । वहा“ले केही वर्ष रानीपोखरीको दरबार स्कूलमा पढ्नु भयो र पछि क्षेत्रपाटीको जुद्दोदय हाइ स्कुलमा भर्ना हुनु भयो । २००७ सालको आन्दोलनमा आफ्ना पिताका साथ वहा“ राणाहरूका विरूद्धको सशस्त्र संघर्षमा सामेल हुनु भयो र पिताजीका साथै प्यूठान र सल्यान कब्जा गर्न जानु भयो । 

अजम्वरध्वज खातिले लेख्नु हुन्छ : “खिम विक्रम राणा विरोधी आन्दोलनमा सक्रिय थिए र २००७ सालमा गृह जिल्लामा उनकै नेतृत्वमा मोहन विक्रम पनि अड्डा कब्जा गर्ने काम गरे र पछि खिम विक्रमकै नेतृत्वमा आफू सल्यान गए ।” (खाति, पाण्डुलिपी) मोहन विक्रम प्यूठानमा नेकाको जिल्लास्तरीय प्रचारमन्त्री बन्नु भयो । काठमाडौं गएपछि वहा“ले जुद्धोदय स्कुलको छात्र संघको स्थापना गर्नु भयो । वहा“ त्यसको संस्थापक अध्यक्ष हुनु हुन्थ्यो । त्यो छात्र संघको उद्घाटन लक्ष्मी प्रसाद देवकोटाले गर्नु भएको थियो । सूर्य थापाले लेख्नुहुन्छ– “२००९ सालमा जुद्धोदय पब्लिक हाइ स्कुल काठमाडौंमा विद्यार्थी यूनियनको अध्यक्ष हु“दा उहा“ विदेशी हस्तक्षेप विरोधी आन्दोलनको क्रममा एक महिना जति जेल पर्नु भयो ।” (रातो फुलवारी : ३)

पिताको गिरफ्तारी र कम्युनिष्ट पार्टीमा प्रवेश :

२००८ सालमा मोहन विक्रमले नेकाबाट राजिनामा दिनु भयो । २००९ सालमा वहा“ छुट्टीमा घर गएको वेलामा वहा“का पिता खिम विक्रम राणा शासनको कालको एउटा व्यक्तिगत मुद्दामा वहा“का विरूद्ध भएको फैसलाको आधारमा वहा“ पा“च वर्षका लागि जेल पर्नु भयो । २००७ सालको आन्दोलनपछि केही समयसम्म वहा“ पहिले प्यूठानको सहायक गभर्नर र पछि गभर्नर बन्नु भएको थियो । तर पछि वहा“लाई त्यो पदबाट हटाइएको थियो । त्यसपछि वहा“लाई गिरफ्तार गरेर काठमाडौं जेल चलान गरिएको थियो । 

खगुलालले आफ्नो “आत्मवृत्तान्त”मा लेख्नु हुन्छ ः “२००२ सालमा बाटामा हिडिरहेको वेलामा विरोधीहरूले प्यूठान भ्यागुते भन्ने ठाउ“मा खिम विक्रमको दुइनाले बन्दुक खोसिदिए । उनलाई कुटपिट गरे…त्यसरी लुटपिट र कुटपिट गरेपछि उल्टो ‘उनीहरूले खिम विक्रमका विरूद्ध १७–१८ जना भइ मेरो विभिन्न खालका गहना लुटे” भनी राणा सरकारलाई उजुरी पारे । (नया“ कदम ः ३३) राणा शासकको आदेशद्वारा वहा“लाई गाउ“बाट निकाला गरिएको कुराको पहिले नै उल्लेख भैसकेको छ । जुद्ध शमशेरले श्री ३ को पद छाडेर अर्गली आएपछि खिम विक्रमले त्यहा“ गएर रू.१ राखेर ढोगी दिएर भन्नु भएको थियो ः “हजुरलाई पनि निकाला हुनु पर्दो रहेछ ।” वहा“ले श्री ३ जुद्धको त्यसरी बेइज्जत गरेको कुरा काठमाडौंमा उनीहरूका सन्तानहरूकहा“ पुगेको थियो । त्यसले पनि राणाहरू खिम विक्रमसित धेरै क्रुद्ध भएका थिए । त्यसैले उनीहरूले खिम विक्रमका प्यूठानको अदालत वा पुनरावेदन अदालतमा चलिरहेका सबै मुद्दाहरूलाई काठमाडौं नै मगाएका थिए । उनीहरूले सबै मुद्दामा उनलाई (खिम विक्रमलाई) हराउन चाहन्थे । तर उनका प्रमाणहरू बलियो भएकाले त्यसो गर्न सकेनन् । अन्तमा त्यो मुद्दामा हराए पछि वहा“ प्यूठान जानु भयो । त्यो वेला राणा शासनका विरूद्ध नेकाको नेतृत्वको सशस्त्र संघर्ष शुरू भैसकेको थियो ।  भ्यागुतेको बन्दुक समेत लुटेको भनेर झुठा उजुरी गरेको भनेर वहा“लाई ५ वर्ष कैद सजाय“ सुनाएका थिए । त्यो फैसलामा कैदको पैसा तिर्न नपाउने र कैद नै बस्नु पर्ने व्यवस्था थियो । खिम विक्रमले त्यो मुद्दामा आफूलाई हराउने र गिरफ्तार गर्ने कुराको पहिले नै अन्दाज गर्नुभएको थियो । त्यसैले फैसला हुने दिन वहा“ स्वयं हाजिर हुनु भएको थिएन । आफ्ना छोरा मोहन विक्रमलाई वारेसनामा बनाएर पठाउनु भएको थियो । 

आफ्ना पिता गिरफ्तार भएपछि मोहन विक्रम सिंहले ९ कक्षाको पढाइ छाडेर आफ्ना पितालाई छुटाउने दौडधुपमा लाग्नु भएको थियो । एक सालको प्रयत्न पछि वहा“का पिताजी जेलमुक्त हुनु भयो । पितालाई छुटाउनका लागि वहा“ मातृकाको राष्ट्रिय प्रजातान्त्रिक पार्टीमा सामेल हुनु भयो । वहा“ले कुनै राजनैतिक आस्थाका आधारमा होइन, आफ्नो पिताजीलाई छुटाउन व्यक्तिगत उद्देश्यले नै मातृकाको पार्टीमा सामेल हुनु भएको थियो । मातृका प्रधानमन्त्री हुनुभन्दा पहिले खड्ग बहादुर सिंह बस्नेतको मद्दतद्वारा नै वहा“का पिता जेलबाट छुट्नु भएको थियो । पहिले एकपल्ट काठमाडौंको जेलमा भएको वेलामा खिम विक्रमले खड्ग बहादुर सिंहसित मीत लगाउनु भएको थियो । मातृकाको सरकार बन्नु भन्दा पहिले बस्नेत मन्त्री हुनु हुन्थ्यो । त्यो वेलाका गृहमन्त्री विदेश गएको वेलामा बस्नेत केही दिनका लागि का.मु. गृहमन्त्री बन्नु भएको थियो । त्यही वेला वहा“ले खिम विक्रमको कैदको सट्टा पैसा तिरेर छुट्न पाउने आदेश दिनु भएको थियो । पिताजी जेलबाट छुटेपछि मोहन विक्रम सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा लेखेर मातृका प्रसाद कोइरालालाई पठाउनु भयो । त्यसपछि कार्तिकमा पाल्पा, तानसेन गएर पार्टीको सदस्यताका लागि कमलराज रेग्मीलाई दर्खास्त दिनुभएको थियो । 

प्रगतिशील अध्ययन मण्डल र जनता शिक्षण शिविर 

पाल्पामा पार्टीको सदस्यताका लागि दर्खास्त दिएर प्यूठान गएपछि वहा“ले २०१० सालको कार्तिकमा ओखरकोटको मछिमा प्रगतिशील अध्ययन मण्डलको गठन गर्नु भयो । त्यो प्रगतिशील अध्ययन मण्डलले तुषाराको सिस्नेघारी बगरमा ३ महिनाका लागि छाप्राहरू बनाएर आवासीय शिविर संचालन गर्ने निर्णय गर््यो । खिम विक्रम र मोहन विक्रम समेत त्यो आन्दोलनमा सहभागी हुनु भयो । ती मागहरू पूरा गर्न मोहन विक्रम ११ दिन अनसन पनि बस्नु भएको थियो । तर पछि २०१३ सालमा प्यूठानको पार्टीले खलंगाबाट रातामाटा अड्डाहरू सार्ने आन्दोलन गलत भएको निर्णय गरेको थियो । तैपनि त्यो आन्दोलनको परिणामस्वरूप मोहन विक्रमको जिल्लाव्यापी सम्बन्ध कायम भयो । रातामाटा आन्दोलनका वेलामा नेकाका सभापति अनिरूद्ध र तात्कालिक बडा हाकिम प्रतिमानसित पनि वहा“को बढी निकट सम्बन्ध कायम भयो । प्रतिमानसित पहिले देखि नै वहा“का पिताको नजिकको नाता सम्बन्ध थियो र खिम विक्रमसित वहा“को घनिष्ट सम्बन्ध थियो । अनिरूद्ध र वडा हाकिम प्रतिमान दुवैजनाले आग्रह गरेपछि तुषारामा हुने ठेगान भएको शिविर रातामाटामा संचालन गर्ने ठेगान भयो । रातामाटामा त्यो शिविर संचालन गर्दा त्यसको जिल्लाव्यापी र राष्ट्रिय रूपमा नै प्रचार भयो, जो तुषारामा संचालन गर्दा संभव थिएन । त्यो शिविरले प्यूठानमा कम्युनिष्ट पाटीको संगठनका लागि बलियो आधार तयार पार्यो । प्यूठानमा पार्टीको कुनै पूर्वाधार नभएको ठाउ“मा त्यो शिविर सफल कार्यान्वयन कम महत्वपूर्ण कार्य थिएन । त्यो सफलतामा मोहन विक्रमका पिता खिम विक्रमको महत्वपूर्ण योगदान रह्यो । मोहन विक्रमले लेख्नु भएको छ ः “पिताजी खिम विक्रमको सहयोग विना त्यो शिविर सफल हुन मुश्किल पर्दथ्यो ।”(मोहन विक्रम सिंह, अन्तरवार्ता परिशिष्ट ख) खगुलालले बताउनु हुन्छः “हामीले प्रगतिशील शिविर चलाउ“दा चन्दा सहयोग ? गर्ने खिम विक्रम हुनुहुन्थ्यो ।” (नया“ कदम ३६) एमालेका नेता शंकर पोख्रेलले लेख्नु हुन्छ ः “प्रारम्भिक अवस्थामै प्यूठान जस्तो जिल्लामा त्यति लामो र प्रभावकारी शिविर संचालन गर्न सफल हुनुका पछाडि कम्युनिष्ट पार्टीको संगठनको भन्दा बढी खिम विक्रमस“ग गा“सिएको मोहन विक्रम सिंहको व्यक्तित्वले समेत काम गरेको हुनुपर्दछ ।” (रातो फूलवारी ः १३)

प्यूठानमा कम्युनिष्ट पार्टीको स्थापना र राष्ट्रिय स्तरमा पार्टीसितको सम्बन्धको विस्तार 

जनता शिक्षण शिविरको वेलामा नै २०१० सालको माघमा प्यूठानमा पार्टीको जिल्ला संगठन समितिको गठन भयो, जसको सेक्रेटरी मोहन विक्रम सिंह बन्नु भयो । शिविर चलेको वेलामा नै नारीकोटको फागुन २४ गतेको प्रसिद्ध किसान आन्दोलन चल्यो । शिविरको समापन पछि मोहन विक्रम पाल्पाको झडेवामा भएको पार्टीको प्रान्तीय सम्मेलनमा भाग लिन जानु भयो । प्रान्तीय समितिको सेक्रेटरी डा. केशरजंग रायमाझी तथा अन्य सचिवालय सदस्यहरूमा कमलराज रेग्मी, बलराज राई, वी.आर राई, पीवी मल्ल र मोहन विक्रम सिंह हुनुहुन्थ्यो । खगुलाल गुरूङ पनि त्यो प्रान्तीय समितिको सदस्यमा चुनिनु भएको थियो । मोहन विक्रम सिंह प्यूठानबाट अन्य साथीहरू सहित जनकपुरमा सम्पन्न अनेकिसंघको राष्ट्रिय किसान सम्मेलनमा भाग लिन जानु भयो । त्यो सम्मेलनले तुल्सिलाल अमात्यलाई सभापतिमा र शंभुराम श्रेष्ठलाई महासचिवमा निर्वाचित गरेको थियो । त्यो केन्द्रीय समितिमा मोहन विक्रम सिंह निर्वाचित हुनु भयो । 

२०११ सालको वैशाखमा राजा त्रिभुवनले मोहन विक्रमलाई सल्लाहकार सभामा मनोनीत घोषणा गरेका थिए । खगुलालले लेख्नु हुन्छ ः “राजा त्रिभुवनले एउटा सल्लाहकार समिति पनि बनाएका थिए । त्यतिवेला मोहन विक्रम सानै भए पनि उनलाई सल्लाहकार समितिमा मनोनित गरेका थिए । मोहन विक्रमले उक्त पदलाई अस्वीकार गर्नु भयो ।” (नया“ कदम ः ३६) ) तर जनकपुरको किसान सम्मेलनमा गएको वेलामा मनमोहन, पुष्पलाल, तुल्सिलालहरूले सल्लाहकार सभामा गएर पार्टीमाथिको प्रतिवन्ध समेतबारे कुरा उठाउने र पार्टीका नीति त्यहा“ लैजाने सल्लाह दिनु भयो । त्यसपछि वहा“ पार्टीको निर्देशन अनुरूप सल्लाहकार सभामा उपस्थित हुन काठमाडौं जानु भयो । तर ३५ दिनभित्र स्वीकृति नपठाएकाले वा कम्युनिष्ट पार्टीमा लागेको थाहा पाएर वहा“लाई त्यो सल्लाहकार सभामा लिइएन । काठमाडौंमा गएको वेलामा वहा“ जिल्ला सेक्रेटरीहरूको केन्द्रीय प्रशिक्षण कार्यक्रममा सामेल हुनुभएको थियो । त्यो वेला निर्मल लामा काठमाण्डौं जिल्लाका सेक्रेटरी हुनुहुन्थ्यो । त्यही जिल्ला सेक्रेटरीहरूको प्रशिक्षण कार्यक्रमका वेला लामासित वहा“को पहिलो पटक भेट भयो । 

प्यूठानको किसान आन्दोलन 

काठमाडौंबाट फर्केपछि वहा“ जिल्लामा व्यापक रूपमा किसान आन्दोलनलाई संचालन गर्ने काममा लाग्नु भयो । त्यो आन्दोलनमा नेकाका नेता अनिरूद्ध शर्मा र तात्कालिक बडा हाकिम प्रतिमान चन्द बोहराको पनि सकारात्मक दृष्टिकोण रह्यो । त्यसैले पछि कम्युनिष्ट पार्टीसित मिलेको भनेर नेकाले अनिरूद्धमाथि कारवाही गर्यो भने कम्युनिष्टसित सम्बन्ध राखेको भनेर बडा हाकिम प्रतिमान चन्दलाई पनि प्यूठानको बडा हाकिम पदबाट हटाएर सिंहदरबारमा हाजिर गराइयो । प्यूठानको किसान आन्दोलनको बेलामा मोहन विक्रमको आफ्नो पितासित पनि तीव्र विरोध भयो । किसान संघले खिम विक्रमले किसानहरूमाथि गरेका कैयौ अन्यायपूर्ण कार्यहरूका विरूद्ध संघर्ष गर्ने कार्यक्रम बनायो । त्यही प्रकारको एउटा प्रसंगको उल्लेख गर्दै खगुलाल भन्नु हुन्छ ः 

“खिम विक्रमले काफलनेटी (अर्घाखा“ची)को एउटा गाउ“को एकजना बाहुनको २५ मुरी उब्जा हुने बाङ्फेदीको खेत जबर्जस्ती राजीनामा गर्न लगाउनु भएको रहेछ । मोहन विक्रमले काफलनेटीको बाहुनलाई बुवाले अन्याय गर्नु भयो, लौ साथी हो, हामी त्यो खेतको धान काट्न जाऔ, बुवाले हामी माथि केही गर्न खोजेमा हामी पनि लडौं भन्नु भयो । हामी २०–२५ जना साथीहरू धान काट्न गयौं ।….काफलनेटीको बाहुनले भने कि तिमीहरूले मेरो २५ मुरी धान काटिदिन्छौ, फेरि उहा“ले मेरो ५० मुरी धान काटिदिनु हुन्छ । त्यसो भनेर उनी डरले आएनन् । हामी २ दिन एक रात त्यहीं बाङ्फेदिमा बस्यौं । त्यसपछि कौछेको बाटो भएर मछितिर जान हिड्यौं । हामीलाई केही भनेमा उहा“लाई (खिम विक्रमलाई) बा“ध्ने उद्देश्यले त्यही बाटो भएर आएका थियौं । तर केही भन्नु भएन । बरू वहा“ले त्यो खेतको राजीनामा च्याती बाहुनलाई धान कटाउनु भयो ।” (नया“ कदम, पृ ३६)

आफ्नो पितासित त्यसप्रकारको विरोध भएपछि वहा“ एक वर्षसम्म घर जानु भएन । पछि पिताजी धेरै विरामी भएपछि नै वहा“लाई भेट्न जानु भएको थियो । पछि भ्रष्टाचार विरोधी आन्दोलनको सिलसिलामा खिम विक्रम र मोहन विक्रमका बीचमा पुनः नजिकको सम्बन्ध कायम भयो । प्रतिमान गएपछि वहा“को ठाउ“मा मनमोहन मिश्र प्यूठानको बडा हाकिम भएर आए । उनी आएपछि जिल्लाको फटाहाहरूले पार्टीका विरूद्ध कैयौ उजुरी दिए र खिम विक्रम, मोहन विक्रम समेतका विरूद्ध वारेन्ट काटे । उनले जिल्लाका विभिन्न भागहरूमा दौडाहा गरेर कम्युनिष्टको हौवा देखाएर आतंकित गर्ने र पैसा असुल गर्ने काम गर्न थाले । त्यसप्रकारको पृष्ठभूमिमा उनको दमन र भ्रष्टाचार विरूद्ध आन्दोलन गर्ने कार्यक्रम बन्यो । मछिमा अनेकिसंघ र नेकाको जिल्लास्तरीय संयुक्त भेला भयो र भ्रष्टाचारका विरूद्ध आन्दोलनको कार्यक्रम बन्यो । त्यही आन्दोलनको सिलसिलामा खलंगामा प्रदर्शन गर्न जान लागेको वेलामा राति बास बसेको बेलामा सेना र पुलिसले आक्रमण गरेर २०११ साल चैत्र ३ गते मोहन विक्रम, खगुलाल गुरूङ, नन्दलाल गुरूङ, रूम बहादुर पाण्डे, सिद्धिमान सिंह र नेकाका हेमराज पंडित समेत ६ जनालाई गिरफ्तार गर्यो । 

प्यूठान, पाल्पा र सल्यान जेलमा

प्यूठान जेलमा त्यहा“का अनियमितताका विरूद्ध आन्दोलन शुरू भएपछि मोहन विक्रम, खगुलाल र नेकाका हेमराज पण्डितलाई पाल्पा जेलमा चलान गरियो । पाल्पा जेलमा जेलर र नाइकेहरूका अन्यायहरूका विरूद्ध श्रृंखलावद्ध रूपमा कैयौं आन्दोलनहरू चले । त्यो आन्दोलन दबाउन त्यहा“ २ पल्ट मोहन विक्रमलाई र एकपल्ट खगुलाललाई बाहिर निकालेर कोर्रा लगाइयो । पछिल्लोपल्ट कोर्रा लगाउने बेलामा “मोहन विक्रमले जेलरलाई जुत्ताले हान्नु भयो ।” (खगुलाल, नया“ कदम  : ३८) २०१२ जेष्ठमा भूमिगत रूपमा पाल्पा जेलवन्दी संघको गठन भएको थियो । त्यसको करिब डेढ वर्षपछि २०१३ सालमा पाल्पा जेलवन्दी सम्मेलन भूमिगत रूपमा भएको थियो । (सिंह, चारदशक भाग १, पृ ९–२१)

यहा“ यो उल्लेखनीय छ कि त्यो वेला प्यूठानमा गिरफ्तार भएका ६ जना वन्दीहरूलाई ‘ख’ श्रेणीको सिदा दिइएको थियो । राजनैतिक वन्दीहरूलाई कानुन अनुसार ‘क’ श्रेणीको सीधाको माग गर्दै वहा“हरूले ‘ख’ श्रेणीको सीधा लिन अस्वीकार गर्नु भएको थियो । त्यो वेला १३ महिनासम्म जेलमा बस्दा वहा“हरूले कुनै सिधा लिनु भएन । मोहन विक्रम समेत गिरफ्तार भएपछि खिम विक्रमले भूमिगत रूपमा गिरफ्तार साथीहरूलाई छुटाउन जिल्लाव्यापी रूपमा अभियान चलाउनु भयो । जिल्लाव्यापी रूपमा हस्ताक्षर अभियान चलाएर केन्द्रमा, सल्यानका पुनरावेदन अदालतमा पठाउनु भयो । त्यसपछि सल्यानको पुनरावेदन अदालतले मुद्दाका सबै मिसिल र सबै राजवन्दीहरूलाई सल्यान मगायो । पाल्पा जेलबाट ३ जनालाई प्यूठान लगियो र त्यहा“बाट ६ जनालाई दाङको बाटो हु“दै पैदल सल्यानको जेलमा लगियो । सूर्य थापाले लेख्नु हुन्छ ः प्यूठान जेलबाट पाल्पा जेलमा चलानको बेलामा नै मोहन विक्रमले “लेफ्ट राइट कदम बढाऊ” गीत लेख्नु भएको थियो । (रातो फूलवारी) सल्यानको जेलमा १ महिना राखेपछि वहा“हरूलाई तारिखमा छाडियो । पछि त्यो मुद्दा खारेज गरियो । सल्यानमा तारेखमा हाजिर हुन गएको वेलामा नै मोहन विक्रम, खगुलाल र रूम बहादुर पाण्डे रोल्पाको थवाङ जानु भयो र त्यहा“ पार्टी र किसान संघको संगठन गर्नु भयो । 

इंगलैण्डका प्रसिद्ध लेखक डेभिड सनले लेख्नु हुन्छ ः सन् १९५५ मा सल्यान जेलबाट छुटेपछि मोहन विक्रम थवाङ् पुग्नु भयो र त्यहा“ कम्युनिष्ट पार्टी र किसान संघको प्रारम्भ गर्नु भयो । (Manandhar  and Seddon) त्यो लेखमा वहा“ले यो पनि लेख्नु भएको छ ः “सिंहसित बस्न काठमाडौंबाट जलजला पनि थवाङ आएकी थिइन्” । तर यहा“ यो उल्लेखनीय छ कि त्यो वेला जलजलाको उमेर २÷३ वर्षको मात्र थियो । जलजला त्यो लेखिएको समयभन्दा पछि नै पार्टीको भूमिगत काम गर्न त्यहा“ जानुभएको थियो  र १० महिना जति त्यहा“ बस्नु भएको थियो । त्यो बेला पनि वहा“ मोहन विक्रमसित होइन, एक्लै नै जानु भएको थियो ।  

केन्द्रीय नेतृत्वमा निर्वाचित र जेल जीवन 

२०१४ सालको जेष्ठमा काठमाडौं फोहरा दरबारमा कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन भयो । यसमा मोहन विक्रम सिंह केन्द्रीय समितिमा चुनिनु भयो । त्यसपछि केन्द्रीय कमिटि र पूरै पार्टीमा नै गणतन्त्र र वैधानिक राजतन्त्रका बीचमा दुई लाइनको संघर्ष चल्यो । केशरजंग रायमाझीको बहुमतको नेतृत्वले वैधानिक राजतन्त्रको पक्ष लिएको थियो भने पुष्पलाल, शंभुराम, मोहन विक्रम समेतको अल्पमतले गणतन्त्रको पक्ष लिएको थियो । त्यो बेला त्यही अन्तरसंघर्षमा पार्टीको सम्पूर्ण शक्ति र समय खर्च हुन थाल्यो । २०१७ साल पुष १ गते राजा महेन्द्रले सत्ता हातमा लिएपछि सबै राजनैतिक पार्टीहरूमाथि प्रतिवन्ध लगाइयो । मन मोहन अधिकारी, कमलराज रेग्मी समेत ठूलो संख्यामा पार्टीको नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरियो भने देशव्यापी रूपमा वारेन्ट काटियो । त्यही प्रकारको स्थितिमा दरभंगा प्लेनम भयो । त्यसमा मोहन विक्रमले  संविधानसभाको प्रस्ताव राख्नु भयो । त्यो प्रस्तावको पक्षमा के.स.मा वहा“ एक्लै हुनु भयो । तर प्लेनममा त्यो प्रस्तावका पक्षमा अत्याधिक बहुमत आयो । पुष्पलाल, तुल्सिलाल, शंभुराम समेतले विघटित संसदको पुनस्र्थापना तथा डा.केशरजंग रायमाझीले संसदीय व्यवस्थाको पुनस्र्थापनाका नाराहरू अल्पमतमा पारेर पराजित भएका थिए । (द्वितीय महाधिवेशनदेखि दरभंगा प्लेनमसम्म)

दरभंगा प्लेनमपछि रायमाझी पहिले छद्म प्रकारले र पछि खुला रूपले राजा र पंचायती व्यवस्थाको पक्षमा मिल्दै गए । त्यसपछि पुष्पलाल, तुल्सिलाल र मोहन विक्रम समेतले विद्रोह गरेर तेस्रो महाधिवेशन गर्ने सल्लाह गर्नु भयो र त्यसको तैयारीमा लाग्नु भयो । त्यही महाधिवेशनको तैयारीका लागि प्यूठान, अर्घाखा“ची गएर फर्किने वेलामा खिमानसिंह गुरूङ, शक्ति लम्साल, मोहन विक्रम सिंह कपिलवस्तुको तौलिहवामा गिरफ्तार हुनु भयो । वहा“हरूलाई सुरक्षा कानून अन्तर्गत थुनामा राखियो । शक्ति लम्साललाई ९ महिना पछि र खिमान सिंहलाई १८ महिनापछि जेलबाट मुक्त गरियो । कपिलवस्तुमा जेलको सुधारका लागि आन्दोलन गरेपछि न्यायधीशले वहा“लाई हत्कडी लगायो र आफ्नै हातले पिट्न थाल्यो । आफूलाई पिटेपछि वहा“ले हतकडी लगाएको हातले न्यायधीशलाई पिट्नु भयो । त्यसपछि वहा“लाई १ महिनासम्म बेग्लै कोठामा एक्लै थुनेर राखियो । (मोहन विक्रम सिंह, अन्तरवार्ता, परिशिष्ट ख)

मोहन विक्रम सिंह कपिलवस्तु जेलमा भएको वेलामा नै पार्टीको तेस्रो महाधिवेशन बनारसमा भयो । त्यो महाधिवेशनमा तुल्सिलाल महामन्त्रीमा निर्वाचित हुनु भएको थियो भने मनमोहन अधिकारी, पुष्पलाल, हिक्मत सिंह भण्डारीहरूका साथ मोहन विक्रम सिंह पीवीमा निर्वाचित हुनु भएको थियो । ४ वर्षपछि मोहन विक्रमलाई भैरहवा जेलमा चलान गरियो र एक वर्षपछि वहा“लाई काठमाण्डौं चलान गरियो । वहा“ काठमाडौं पुगेपछि वहा“ले केन्द्रीय कारागरमा भएका अन्यायपूर्ण अवस्थाका विरूद्ध आन्दोलन संगठित गर्नु भयो । वन्दीहरूको त्यो आन्दोलनलाई दबाउन उपत्यका भरिबाट १०÷१२ सय प्रहरीहरूलाई बोलाएर दमन गरियो । वहा“लाई हनुमानको प्रहरी कार्यालयमा लगेर पैतालामा कोर्रा लगाइयो । त्यहाँ नै वहा“लाई एक वर्ष राखियो । त्यसपछि केही समयसम्म डिल्लीबजार खोर, नख्खु जेलमा राखेर अन्तमा वहा“लाई भद्रगोल जेलमा राखियो । भद्रगोल जेलमा भएको वेलामा नै वहा“ले आइ.ए. र बी.ए.को प्राइभेट परीक्षा दिनु भयो । 

भद्रगोल जेलमा भएको वेलामा नै २०२६ सालमा जेलभित्र नै एक महिनासम्म पार्टीको एउटा भेला सम्पन्न भयो । त्यो वेला मोहन विक्रम सिंह बाहेक निर्मल लामा, भक्त बहादुर श्रेष्ठ, कमल कोइराला, गोविन्द ढुंगाना, सिन्धुनाथ प्याकुर्याल, बासुकला आदि १५ जना जति कम्युनिष्ट राजवन्दीहरू भद्रगोल जेलमा संगै हुनुहुन्थ्यो । त्यो वेला तेस्रो महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समितिको विघटन भैसकेको थियो । भद्रगोल जेलको भेलाले माओत्सेतुंग विचार धारा, पार्टी कोर्डिनेशन र तात्कालिक राजनैतिक परिस्थिति र को–अर्डिनेशनबारे ३ वटा दस्तावेजहरू तयार पारेको थियो । त्यो भेलाले ती प्रस्तावहरूका आधारमा एकिकृत पार्टीको निर्माण गर्ने योजना बनाएको थियो र ती प्रस्तावहरू बाहिर पठाएको थियो । मोहन विक्रम सिंह कपिलवस्तुको जेलमा भएको वेलामा वहा“का पिता खिम विक्रम र काठमाडौंको भद्रगोल जेलमा भएको वेलामा वहा“की आमा तारा कुमारीको मृत्यु भएको थियो । 

केन्द्रीय न्युकलस र चौथो महाधिवेशन

२०२७ सालको चैत्र २७ मा वहा“ जेलबाट छुट्नु भयो । २०१७÷१८ सालमा सम्पन्न दरभंगा प्लेनमले केन्द्रीय समितिका सदस्यहरू गिरफ्तार भएपछि माफी मागेर वा राजा र पंचायती व्यवस्थालाई समर्थन गर्ने कुनै शर्त स्वीकार गरेर नछुट्ने निर्णय गरेको थियो । वहा“लाई बारम्बार शर्त मानेर छुट्न दवाव दिने गरिएको थियो । तर वहा“ले दरभंगा प्लेनमको निर्णयको पक्षमा अडान लिइरहनु भयो र कुनै कागज गरेर वा शर्त मानेर छुट्न अस्वीकार गर्नु भयो । अन्तमा ९ वर्षपछि विना शर्त जेलबाट छुट्नु भएको थियो । जेलबाट छुटेपछि तुरून्त वहा“ तेस्रो महाधिवेशनपछि विभिन्न टुक्राहरूमा विभाजित पार्टीलाई एकिकृत गर्ने बाटोमा लाग्नु भयो । २०२८ मंसीर २० गते काठमाडौंमा केन्द्रीय न्युकलसको गठन भयो । त्यही न्यूकलसको तत्वावधानमा २०३१ सालको असारमा बनारसमा पार्टीको चौथो महाधिवेशन सम्पन्न भयो । 

अनुशासनको कारवाही र निर्वासित जीवन

२०३४ सालमा जलजलासितको प्रेम प्रकरणमा मोहन विक्रम सिंह महामन्त्री, केन्द्रीय समिति र पार्टीको सामान्य सदस्यताबाट ३ वर्षका लागि निस्कासित हुनु भयोे । पार्टीबाट निस्काशनको कालमा वहा“ मद्रास जानु भयो र पछि केरलको त्रिभेन्द्रममा गएर १० महिना जति बस्नु भयो । ती कालमा वहा“ले “गंगा काभेरी एक्सप्रेस” कविता लेख्नु भएको थियो । त्यो कालमा खर्च चलाउन वहा“ले केरलमा रातको समयमा केही समयसम्म चौकिदारी गर्नु भयो । त्यही कालमा आग्रा आएर अर्थशास्त्रमा एमएको परीक्षा दिनु भयो । त्यही वेला केन्द्रीय समितिले वहा“को निस्काशनको काल घटाएर वहा“लाई केन्द्रीय समितिको पर्यवेक्षकमा लिएको थियो । २०४० सालमा निर्मल लामाको पक्षले केन्द्रीय समितिमा सामुहिक राजीनामा दिएपछि केन्द्रीय समिति भंग भयो र पार्टीमा फुट भयो र २०४० सालमा गोरखपुरमा सम्पन्न राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसले एउटा केन्द्रीय संगठन समितिको गठन ग¥यो । त्यही केन्द्रीय समितिको मातहतमा २०४१ सालमा अयोध्यामा पार्टीको पा“चौ महाधिवेशन सम्पन्न भयो । त्यो महाधिवेशनमा मोहन विक्रम सिंहले प्रस्तुत गरेका तात्कालिक राजनैतिक प्रस्ताव, अन्तर्राष्ट्रिय राजनैतिक प्रस्ताव, सैनिक दस्तावेज आदि पारित भएका थिए । (शर्मा,२०६३ ः १९) मोहन विक्रम सिंहद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा पार्टीमा ‘मध्यपन्थी’ अवसरवाद देखा परेको कुराको उल्लेख गरिएको थियो र त्यो प्रश्नमा केन्द्रीय संगठन समिति बहुमत र अल्पमतमा बा“डिएको थियो । पहिले त्यो पार्टीमा ‘मध्यपन्थी’ अवसरवाद छ भन्ने मतको पक्षमा १ मतको बहुमत थियो तर रामसिंह श्रीसले मत परिवर्तन गरेपछि त्यो मतका विरूद्ध १ मतले बहुमत भयो र महाधिवेशनले पनि बहुमतले पार्टीमा मध्यपन्थी अवसरवाद छ भन्ने धारणालाई झिनो बहुमतले अस्वीकार गर्यो । त्यसपछि बहुमतले मोहन विक्रम सिंहमाथि चरित्रको कमजोरीको प्रस्ताव प्रस्तुत गर्यो र त्यो आरोप पनि झिनो बहुमतले  पारित भयो र ६ महिनाका लागि वहा“लाई पार्टी सदस्यताबाट निलम्वित गरियो । मोहन वैद्यको नेतृत्वमा बनेको केन्द्रीय समितिले महाधिवेशनद्वारा पारित कैयौ महत्वपूर्ण नीतिहरूलाई तोडफोड गरेर राजनैतिक दस्तावेजहरू प्रकाशित गर्यो । त्यसपछि पार्टीमा विद्रोह भयो र मोहन विक्रम सिंहको संयोजकत्वमा नया“ केन्द्रीय संगठन समितिको गठन भयो । त्यही कालमा रिमको स्थापना सम्मेलन यूरोपमा भयो । मोहन विक्रम सिंह पार्टीका तर्फबाट त्यसमा भाग लिन यूरोप जानु भयो । 

२०४६ सालको जन आन्दोलनपछि संवत, २०५१ मा पार्टीको छैठौं महाधिवेशन सम्पन्न भयो, जसमा मोहन विक्रम सिंह महामन्त्री निर्वाचित हुनुभयो । २०४२ मा आफ्नी पहिलेकी श्रीमति शान्तासित सम्बन्ध विच्छेद गर्न पार्टीले स्वीकृति दिएको १४ वर्षपछि केन्द्रीय समितिको स्वीकृति अनुसार २०५६ मा वहा“को दुर्गा पौडेलसित विवाह भयो । पछि पार्टीको सम्मेलनले त्यो विवाहलाई गलत ठहराएपछि वहा“ले महामन्त्री पदबाट राजीनामा दिनु भयो ।  तर एक वर्षपछि भएको सम्मेलनले पुनः त्यो विवाहलाई सही ठहरायो । छैठौं महाधिवेशनले दिएको निर्देशन अनुसार करिब ४ वर्षको वार्ता पछि ने.क.पा.(मसाल)को नेकपा (एकताकेन्द्र)सित पार्टी एकता भयो । त्यसमा मोहन विक्रम सिंह महामन्त्री र नारायकाजी श्रेष्ठ (प्रकाश) सहमहामन्त्री बन्नु भयो । चित्र बहादुर केसी. पार्टीको प्रवक्ता बन्नु भयो । ४ वर्ष पछि त्यो एकता टुट्यो । त्यसपछि २०६३ फागुनमा पार्टीको सातौं महाधिवेशन भयो र त्यसले नेकपा (मसाल)को पुनस्र्थापना गर्यो ।  जसमा मोहन विक्रम सिंह महामन्त्रीमा निर्वाचित हुनुभयो ।   

रिमभित्र नेकपा(मसाल) र रिमको नेतृत्वको बीचमा तीव्र संघर्ष चल्यो । रिमले माओवाद मान्ने निर्णय गरेपछि नेकपा(मसाल)ले त्यसका विरूद्ध दुई लाइनको संघर्ष चलायो । सन् १९९३ मा माओवाद नमानेको आरोपमा रिमले नेकपा(मसाल)लाई रिमबाट निस्काशित गर्यो । ९त्धय ष्लिभ कतचगननभि धष्तजष्ल च्क्ष्ः०। त्यसपछि मोहन विक्रमले यूरोपका कैयौं देशहरूको भ्रमण गर्नु भयो । विभिन्न भाइचारा पार्टीहरूसित सम्पर्क गर्नु भयो । माक्र्सवादी लेनिनवादी पार्टी र संगठनहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सामेल भयो । सन् २०१० सालमा क्ष्ऋइच् –क्रान्तिकारी पार्टी र संगठनहरूको अन्तर्राष्ट्रिय को–अर्डिनेशनको गठन भयो । मोहन विक्रम सिंह अहिले त्यसको एशियायी को–अर्डिनेशन समिति र अन्तर्राष्ट्रिय केन्द्रीय समितिको समेत सदस्य हुनुहुन्छ । 

विविध

माथि मोहन विक्रम सिंहको संक्षिप्त परिचय दिने प्रयत्न गरिएको छ । वहा“को व्यक्तित्व वा अन्य कैयौं पक्षहरू छन् । पार्टीको संगठनात्मक  राजनैतिक कार्यहरूमा सक्रिय हुनुका साथै साहित्यिक क्षेत्रमा पनि वहा“ सक्रिय रह“दै आउनु भएको छ । वहा“ले ठूला संख्यामा राजनैतिक निबन्धहरू लेख्नुु भएको छ र वहा“का २ दर्जन जति पुस्तकहरू प्रकाशित भएका छन् । वहा“ले साना ठूला कैयौं उपन्यासहरू पनि लेख्नु भएको बताउनु हुन्छ । तर ती सबैका पाण्डुलिपीहरू हराएकाले कुनै प्रकाशित हुन सकेका छैनन् । अहिले वहा“ले “का. जलजला” उपन्यास लेख्दै हुनुहुन्छ । कविता, समालोचना, नाटक आदिका क्षेत्रमा पनि वहा“का कैयौं कृतिहरू प्रकाशित भएका छन् । 

२०१० सालमा प्यूठानको पार्टीको संगठनका साथै वहा“को पार्टी जीवनको प्रारम्भ भयो । त्यसरी वहा“को ६ दशक लामो पार्टी जीवन रहेको छ । त्यसका साथै जीवनभरी विभिन्न स्तरमा पार्टीको संगठन, जनवर्गीय संगठनहरूको संगठन, भारत र अन्य देशहरूमा नेपालीहरूको संगठन, विभिन्न स्तरमा कम्युनिष्ट वा क्रान्तिकारी संगठनहरूको निर्माण कार्य आदिमा सक्रिय भैरहनु भयो । २००७ सालदेखि अहिलेसम्म वहा“ले देशका विभिन्न राजनैतिक वा जनवर्गीय आन्दोलनहरूमा भाग लिंदै वा तिनीहरूमा नेतृत्वदायी भूमिका खेल्दै आउनु भएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि वहा“को योगदान रह“दै आएको छ । वहा“ रिम र आइसीओआरको पनि संस्थापक सदस्य हुनुहुन्छ । वहा“ले नेपालमा वा अन्तर्राष्ट्रियस्तरमा कम्युनिष्ट पार्टीभित्र देखा परेका विभिन्न प्रकारका भड्कावहरूका विरूद्ध वैचारिक र संगठनात्मक रूपमा लगातार संघर्ष गरिरहनु भयो । त्यस सिलसिलामा रूसी संशोधनवाद, चिनिया“ संशोधनवाद, रिमको नव–टास्कीवाद आदिका विरूद्धका संघर्षहरू उल्लेखनीय छन् । नेपालभित्र पनि विभिन्न प्रकारको दक्षिणपन्थी, उग्र“वामपन्थी”  “मध्यपंथी” भट्काव, राजापरस्त, कांग्रेसपरस्त भट्काव आदिका विरूद्ध सैद्धान्तिक संघर्ष गर्दै आउनु भएको छ । ती विषयहरूमा वहा“ले कैयौं पुस्तकहरू पनि लेख्नु भएको छ । प्रेम र विवाहको प्रसंगमा वहा“ बारम्बार विवादमा र कारवाहीमा पर्ने गर्नुभएको  छ । जलजलासितको प्रेम प्रसंगमा वहा“लाई ३ वर्षका लागि पार्टी सदस्यताबाट निस्काशित गरिएको थियो भने दुर्गा पौडेलसितको विवाहको प्रसंगमा वहा“ले महामन्त्री पदबाट राजीनामा दिनु भएको थियो । तर बारम्बार त्यसरी कारवाहीहरूमा परे पनि वहा“को पार्टीप्रतिको आस्था र सक्रियतामा कहिल्यै कमी आएन ।

वहा“ले कम्युनिष्ट पार्टीमा प्रवेश गर्दा विश्वमा समाजवादी व्यवस्था थियो । विश्व कम्युनिष्ट आन्दोलन एकतावद्ध र सशक्त थियो । अब विश्व समाजवादी व्यवस्थाको पतन भैसकेको छ । विश्व कम्युनिष्ट आन्दोलन कैयौं टुक्राहरूमा विभाजित भएको छ । वहा“ले पार्टीमा प्रवेश गर्दा नेपालमा एउटै कम्युनिष्ट पार्टी थियो । अब त्यो कैयौं टुक्राहरूमा विभाजित भएको छ । वहा“सित स“गै काम गरेका कैयौं नेता वा कार्यकर्ताहरूले वहा“लाई छाडिसकेका छन् वा वेग्लै संगठन गराएर काम गरिरहेका छन् । तर वहा“ अविचलित र दृढतापूर्वक आफ्नो उद्देश्यतिर बढिरहनु भएको छ । वहा“ले २०१० सालमा प्यूठानमा कम्युनिष्टको स्थापनाका साथै पार्टी जीवन शुरू गर्नुभएको थियो । अहिले ८१ वर्षको उमेरमा पनि वहा“को सक्रियता र उत्साहमा कुनै कमी आएको छैन । 

 ‘प्युठानको कम्युनिष्ट आन्दोलन : एक अध्ययन’ शोधपत्रबाट 


Tags: जीवन–प्रसङ्गहरू
अघिल्लो पोष्ट

हाँस्दा हाँस्दै रोकिएर प्रश्न गरें

पछिल्लो पोस्ट

मातृभूमि

दुर्गा पौडेल

दुर्गा पौडेल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
मातृभूमि

मातृभूमि

सबै मिली फेर्नु पर्छ

सबै मिली फेर्नु पर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

इलाममा चार श्रष्टा सम्मानित

इलाममा चार श्रष्टा सम्मानित

२ जेष्ठ २०८०, मंगलवार
मोहन विक्रम सिंह :  जीवन–प्रसङ्गहरू

मोहन विक्रम सिंह : जीवन–प्रसङ्गहरू

२ जेष्ठ २०७८, आईतवार
मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

२ जेष्ठ २०८०, मंगलवार
साहित्यकार तथा पत्रकार पेशल आचार्यको निधन

साहित्यकार तथा पत्रकार पेशल आचार्यको निधन

२ जेष्ठ २०८०, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक