जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

नक्सलवादी हेर्ने रहर 

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ५ कार्तिक २०७९, शनिबार
सँस्मरण भित्र
0
नक्सलवादी हेर्ने रहर 

त्यसताका कुनै पार्टीमा हामी सामेल थिएनौँ । बनेपाका केही साथीहरू सँग कम्युनिस्टको साइनो जोड्दै कर्म क्षेत्रमा रमायौँ । यही साइनोको उठ बसमा नै हाम्रो मित्रता झाँगिँदै गयो । कम्युनिस्ट भावनामा हाम्रो मन साटासाट हुँदै गयो । जवाहर श्रेष्ठ मेरा लागि मात्र होइन बनेपा क्षेत्रका हामी साथीहरूका माझ त्यस समयका निकै लोकप्रिय नेता जस्तै नाम थियो । संसारका कम्युनिस्टहरुको परिचय गराउने सवालमा र कम्युनिस्ट सिद्धान्त बुझाउने सन्दर्भमा यिनीले धेरै नै महत्त्वपूर्ण भूमिका र नेतृत्व निभाएका थिए । त्यस समयमा विचारवान्, तार्किकता बलियो भएका यिनी मित्रको कुरा सुनेर ‘कम्युनिस्ट’ शब्दमा मोह बढ्दै गएको सन्दर्भ बिर्सी पठाउनु गार्हो थियो । केदारनाथ प्रधान अर्का हाम्रा विचारवान् अध्ययनशील मित्र हुनुहुन्थ्यो । कम्युनिस्ट सिद्धान्त मन परेर सँगै हिँड्ने मित्रमा उनी पनि पर्नु हुन्थ्यो । साहित्यमा पनि चाख राखेर अध्ययन गर्ने मित्र हुनाका साथै केदारजीले कथा, कविता पनि लेख्ने गर्थ्यो । इतिहासको ज्ञाता र इतिहास अन्वेषक केदारनाथ प्रधानको अक्षर शक्ति बलियो भएकै कारणले यिनी सिर्जना गरिरहन्थ्यो । राजभाई प्रधान सामाजिक रूपान्तरणका लागि खटिरहने व्यक्ति भएको र मेरो अनन्य मित्र जसले मलाई ‘बिगुल’ फुक्न साथ दिए । यिनी सामाजिक काममा पनि सक्रिय रहन रुचाउने चर्चित नाम थियो । रामभक्त प्रधानले नेपाल भाषा साहित्यमा आफ्नो नाम लेखक र सेवीका रूपमा राख्न सफल व्यक्ति यिनले पनि त्यसताका को हाम्रो कम्युनिस्ट भावना र यात्रामा साथ दिएकै हुन् । टिका दाइको पसल त हाम्रो मित्रता साटासाट गर्ने र कुराकानी गर्ने अखडा नै थियो । बनेपा बुक डिपोका मित्र कृष्णचन्द्र कायस्थ (महन्त) दाइ पनि त्यसताकाका हाम्रा प्रिय सहयोगी हुन् । रामकृष्ण खाछिभोया, शिवराम भैल, तुलसीदास श्रेष्ठ, सानुकाजी शाक्यहरू हाम्रा अगुवा पुस्ताका दाइहरू पनि त्यसताका हामीलाई साथ दिने दाइ–मित्रहरू हुन् ।

हाम्रो अध्ययनका मूल पत्रिकाहरू थिए चीनबाट प्रकाशित चीन सचित्र, बेइजिङ रिभ्यू, चाइनिज लिटरे चर । र यसै गरी नक्सलवादी मित्रहरूका लोक युद्ध र लिवेरेशनवारहरु नै थिए । तत्कालीन समाजमा दिनभर भएका घटनाहरू बारे छलफल गथ्यौं, टिका दाइको पसलमा र समाचारहरू सुन्थ्यौँ । व्यावहारिक खाँटी कम्युनिस्ट भन्न सुहाउँदा नामहरू थिए टिका दाइ र महन्त दाइ । व्यवहारका कुराहरू गर्न निकै खप्पिस छन् रामकृष्ण खाछिभोया । समाजमा विभिन्न क्षेत्रमा देखिने थिचोमिचोका असमान व्यवहारहरू, अन्याय–अत्याचारका शृङ्खलाहरू देखेपछि सहन नसकिने मेरो स्वभावले तुरुन्तै प्रतिक्रिया दिइहाल्ने मेरा क्रियाकलापहरू कसैका लागि प्रिय भए र कसैलाई त्यसताका अप्रिय पनि भए होलान् । तर म समाजमा खटिरहने, डटिरहने भएकोले घटना–प्रसङ्गहरूमा प्रतिक्रिया मात्र होइन प्रतिवाद पनि गरिरहन्थेँ । बस व्यवसायीहरूको ज्यादतीमा कहिले बस हडताल, कहिले विद्यार्थीहरूको हडतालमा साथ समर्थन, कहिले भारतीय सरकारको विस्तारवादी क्रियाकलापमा विरोध सभा, कहिले भारतीय राजदूतको विरोधमा घेराउमा सधैँ सक्रिय भई रहन्थेँ । तर केही साथीहरू मेरो सक्रियताको विरोध गरिरहन्थ्यो । पार्टी थिएन हाम्रो; साथीभाइहरूको समूह थियो । यही समूह मार्फत हामी समाजमा आफ्नो सक्रियता देखाइ रहन्थ्यौँ । नक्सलवादीहरुको आन्दोलन चलिरहेको बखत थियो । हामीहरू उनीहरूको आन्दोलनबाट ज्यादै प्रभावित भयौँ मात्र होइन अनुयायी नै हुने मन बन्दै गयो । हप्ता–हप्तामा आउने ‘लोक युद्ध’ को समाचार र त्यसमा प्रकाशित लेख–रचनाहरू पढिरहने हाम्रो बानीले हामीहरू सबै उनीहरूको मुक्ति सङ्घर्षबाट विशेष प्रभावित थियौँ । चारु मजुमदार र कानु सान्यालका लेख–रचनाहरू मन पराएर पढ्थ्यौँ । त्यसताका हाम्रा लागि प्रिय क्षेत्र नक्सलवादी र त्यहाँका आन्दोलनकारीहरू नै थिए ।

भारतमा क्रान्तिकारी कम्युनिस्टले नक्सलवादीका नाममा तहल्का नै ल्याउने खालको सशस्त्र विद्रोह गरेर आफूलाई चिनाइरहेको बेलामा हामीहरू पनि स्वयं स्फूर्त ढङ्गले उनीहरूबाट प्रभावित भयौँ । चारु मजुमदार त्यस आन्दोलनका शीर्षस्थ नेताका लेख–रचनाहरू ‘लोक युद्ध’ र ‘लिवेरेशनवार’ मा प्रकाशित भइरहन्थ्यो । चीन र भारत सीमाका कारणले बरोबर विवादमा आइरहने, कहिले काहीँ युद्ध पनि भइरहने गर्थ्यो । त्यसताका हामी कहाँ ‘लोक युद्ध’ र ‘लिवरेशनवार’ आइरहने गर्थ्यो । त्यसमा चारु मजुमदार, कानु सान्याल, जङ्गल सन्थालहरूको गतिविधि र लेख–रचना पढ्ने गथ्यौं । उनीहरूको तात्कालीन नारा थियो – ‘चीनको अध्यक्ष हाम्रो अध्यक्ष, चीनको बाटो हाम्रो बाटो’ । आश्चर्य लाग्थ्यो नक्सलवादीहरुको त्यस खालको नारा पत्रपत्रिकामा पढ्न पाउँदा । भारतीय क्रान्तिकारीहरूको चीनका नेता र चीन प्रतिको सद्भाव पढेर हामी छक्क पथ्र्यौं र विभोर हुन्थ्यौँ । को साइनो जोड्दै कर्म क्षेत्रमा रमायौँ । यही साइनोको उठ बसमा नै हाम्रो मित्रता झाँगिँदै गयो । कम्युनिस्ट भावनामा हाम्रो मन साटासाट हुँदै गयो । जवाहर श्रेष्ठ मेरा लागि मात्र होइन बनेपा क्षेत्रका हामी साथीहरूका माझ त्यस समयका निकै लोकप्रिय नेता जस्तै नाम थियो । संसारका कम्युनिस्टहरुको परिचय गराउने सवालमा र कम्युनिस्ट सिद्धान्त बुझाउने सन्दर्भमा यिनीले धेरै नै महत्त्वपूर्ण भूमिका र नेतृत्व निभाएका थिए । त्यस समयमा विचारवान्, तार्किकता बलियो भएका यिनी मित्रको कुरा सुनेर ‘कम्युनिस्ट’ शब्दमा मोह बढ्दै गएको सन्दर्भ बिर्सी पठाउनु गार्हो थियो । केदारनाथ प्रधान अर्का हाम्रा विचारवान् अध्ययनशील मित्र हुनुहुन्थ्यो । कम्युनिस्ट सिद्धान्त मन परेर सँगै हिँड्ने मित्रमा उनी पनि पर्नु हुन्थ्यो । साहित्यमा पनि चाख राखेर अध्ययन गर्ने मित्र हुनाका साथै केदारजीले कथा, कविता पनि लेख्ने गर्थ्यो । इतिहासको ज्ञाता र इतिहास अन्वेषक केदारनाथ प्रधानको अक्षर शक्ति बलियो भएकै कारणले यिनी सिर्जना गरिरहन्थ्यो । राजभाई प्रधान सामाजिक रूपान्तरणका लागि खटिरहने व्यक्ति भएको र मेरो अनन्य मित्र जसले मलाई ‘बिगुल’ फुक्न साथ दिए । यिनी सामाजिक काममा पनि सक्रिय रहन रुचाउने चर्चित नाम थियो । रामभक्त प्रधानले नेपाल भाषा साहित्यमा आफ्नो नाम लेखक र सेवीका रूपमा राख्न सफल व्यक्ति यिनले पनि त्यसताका को हाम्रो कम्युनिस्ट भावना र यात्रामा साथ दिएकै हुन् । टिका दाइको पसल त हाम्रो मित्रता साटासाट गर्ने र कुराकानी गर्ने अखडा नै थियो । बनेपा बुक डिपोका मित्र कृष्णचन्द्र कायस्थ (महन्त) दाइ पनि त्यसताकाका हाम्रा प्रिय सहयोगी हुन् । रामकृष्ण खाछिभोया, शिवराम भैल, तुलसीदास श्रेष्ठ, सानुकाजी शाक्यहरू हाम्रा अगुवा पुस्ताका दाइहरू पनि त्यसताका हामीलाई साथ दिने दाइ–मित्रहरू हुन् ।

हाम्रो अध्ययनका मूल पत्रिकाहरू थिए चीनबाट प्रकाशित चीन सचित्र, बेइजिङ रिभ्यू, चाइनिज लिटरे चर । र यसै गरी नक्सलवादी मित्रहरूका लोक युद्ध र लिवेरेशनवार हरु नै थिए । तत्कालीन समाजमा दिनभर भएका घटनाहरू बारे छलफल गथ्यौं, टिकादाईको पसलमा र समाचारहरू सुन्थ्यौँ । व्यावहारिक खाँटी कम्युनिस्ट भन्न सुहाउँदा नामहरू थिए टिका दाइ र महन्त दाइ । व्यवहारका कुराहरू गर्न निकै खप्पिस छन् रामकृष्ण खाछिभोया । समाजमा विभिन्न क्षेत्रमा देखिने थिचोमिचोका असमान व्यवहारहरू, अन्याय–अत्याचारका शृङ्खलाहरू देखेपछि सहन नसकिने मेरो स्वभावले तुरुन्तै प्रतिक्रिया दिइहाल्ने मेरा क्रियाकलापहरू कसैका लागि प्रिय भए र कसैलाई त्यसताका अप्रिय पनि भए होलान् । तर म समाजमा खटिरहने, डटिरहने भएकोले घटना–प्रसङ्गहरूमा प्रतिक्रिया मात्र होइन प्रतिवाद पनि गरिरहन्थेँ । बस व्यवसायीहरूको ज्यादतीमा कहिले बस हडताल, कहिले विद्यार्थीहरूको हडतालमा साथ समर्थन, कहिले भारतीय सरकारको विस्तारवादी क्रियाकलापमा विरोध सभा, कहिले भारतीय राजदूतको विरोधमा घेराउमा सधैँ सक्रिय भई रहन्थेँ । तर केही साथीहरू मेरो सक्रियताको विरोध गरिरहन्थ्यो । पार्टी थिएन हाम्रो; साथीभाइहरूको समूह थियो । यही समूह मार्फत हामी समाजमा आफ्नो सक्रियता देखाइ रहन्थ्यौँ । नक्सलवादीहरुको आन्दोलन चलिरहेको बखत थियो । हामीहरू उनीहरूको आन्दोलनबाट ज्यादै प्रभावित भयौँ मात्र होइन अनुयायी नै हुने मन बन्दै गयो । हप्ता–हप्तामा आउने ‘लोक युद्ध’ को समाचार र त्यसमा प्रकाशित लेख–रचनाहरू पढिरहने हाम्रो बानीले हामीहरू सबै उनीहरूको मुक्ति सङ्घर्षबाट विशेष प्रभावित थियौँ । चारु मजुमदार र कानु सान्यालका लेख–रचनाहरू मन पराएर पढ्थ्यौँ । त्यसताका हाम्रा लागि प्रिय क्षेत्र नक्सलवादी र त्यहाँका आन्दोलनकारीहरू नै थिए ।

भारतमा क्रान्तिकारी कम्युनिष्टहरुले नक्सलवादीका नाममा तहल्का नै ल्याउने खालको सशस्त्र विद्रोह गरेर आफूलाई चिनाइरहेको बेलामा हामीहरू पनि स्वयं स्फूर्त ढङ्गले उनीहरूबाट प्रभावित भयौँ । चारु मजुमदार त्यस आन्दोलनका शीर्षस्थ नेताका लेख–रचनाहरू ‘लोक युद्ध’ र ‘लिवेरेशनवार’ मा प्रकाशित भइरहन्थ्यो । चीन र भारत सीमाका कारणले बरोबर विवादमा आइरहने, कहिले काहीँ युद्ध पनि भइरहने गर्थ्यो । त्यसताका हामी कहाँ ‘लोक युद्ध’ र ‘लिवरेशनवार’ आइरहने गर्थ्यो । त्यसमा चारु मजुमदार, कानु सान्याल, जङ्गल सन्थालहरूको गतिविधि र लेख–रचना पढ्ने गथ्यौं । उनीहरूको तात्कालीन नारा थियो – ‘चीनको अध्यक्ष हाम्रो अध्यक्ष, चीनको बाटो हाम्रो बाटो’ । आश्चर्य लाग्थ्यो नक्सलवादीहरुको त्यस खालको नारा पत्रपत्रिकामा पढ्न पाउँदा । भारतीय क्रान्तिकारीहरूको चीनका नेता र चीन प्रतिको सद्भाव पढेर हामी छक्क पथ्र्यौं र विभोर हुन्थ्यौँ ।

२०२२ सालताका स्वयं स्फूर्त ढङ्गले मभित्र पनि नक्सलवादीका नाराहरू मनभित्र गुन्जिरहेको, थर्किरहेको र प्रभावित पारिरहेको जस्तो भान हुन्थ्यो । कम्युनिस्टले के गर्छन् कम्युनिस्टहरू कस्ता हुन्छन् र कम्युनिस्टहरूको आदर्श के हो थाहा पत्तो नभए पनि कम्युनिस्ट शब्द नै मन परेर मेरो मान मानसपटलमा गुन्जिरहन थाल्यो । सामन्त जस्ता देखिने, मै हूँ भनी देखाउन रुचाउने खालका तथा कथित ठूलाबडाहरु कोही पनि मन नपरेको बेला उग्र नक्सलवादीहरु म्न भित्र चियाउन आउनु अनौठो कुरा थिएन । सधैं पढ्थेँ ‘लोकयुद्धहरु’ । जमिनदार हत्या गरेको कुरा, थानेदार मारेको समाचार र थाना नै कब्जा गरेको समाचार मन पराएर पढ्थेँ । त्यसताकाका नक्सलवादीहरुका यस्तै बेढङ्गका हत्या हिंसाका कुराहरु नै हाम्रा लागि मनपरेको समाचार हुन्थ्यो । कताबाट कुन सूत्रबाट ती पत्रिकाहरु आएको हो, त्यो त याद आएन तर हप्ता–हप्तामा नै ती पत्र–पत्रिकाहरु आइरहन्थ्यो । साथीभाईहरुमा बाँड्ने गथ्यौं । त्यसताकाका साथीहरु माझ सबभन्दा सक्रिय र क्रियाशील व्यक्ति म नै भएको हुनाले पत्र–पत्रिका साथीभाई कहाँ पुर्याइदिने, केही घटना घटे सबै माझ खबर गरिदिने सबै काम म आफैं गर्थें ।

नक्सलवाद क्षेत्र कता पर्थ्यो, कसरी जाने, सम्पर्क कसरी गर्ने त्यो केही थाहा पत्तो नभए पनि हामीलाई नक्सलवाद क्षेत्र पुग्ने रहर भयो । केदारनाथ प्रधान र राजभाई प्रधानसँग जाने निधो गर्यौँ । पूर्वबाट हिँड्न सुरु गर्यौँ । सिन्धुलीमा रहेका बनेपाली इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सँग भेटघाट गरेर हामीहरू सिन्धुली छोड्यौँ । सिन्धुली नदीका थुप्रै खोलाका जँघारहरू तर्दै हामी कुदिरह्यौँ । अझ भनौँ व्यावहारिक ज्ञानको कमिले गर्दा कपडाका जुत्ता लगाएर नै नदीका जँघारहरू तर्ने गर्र्यौं । जसले गर्दा पानीले भिजेर खुट्टामा फोकाहरू उठेर दुख्न थालेकाले जनकपुरमै थन्किनु पर्ने मेरो व्यथा र बाध्यता हुन गयो । बल्ल तल्ल हामीहरू जनकपुरमा पुग्यौं । मेरो आफ्नै भिनाजु जागिरकै कारणले जनकपुरमा रहनु भएको बेला थियो त्यसताका । उहाँ बसेको निवास घर खोजी पत्ता लगायौँ – भिनाजुसँग भेट भयो; आनन्दानुभूति भयो । कृष्णगोपाल सैंजु मेरा साहिँली दिदीका श्रीमानकै रेखदेखमा अर्थात् सहयोगमा खुट्टामा उठेका घाउहरूको उपचार गराउनु पर्यो । हिँड्न नै गार्हो भयो । म औषधोपचार गर्न जनकपुरमा बस्नुपर्ने भयो । म नक्सलवाद हेर्न जान सकिनँ । केदारजी र राजभाई प्रधान नक्सलवादीहरु हेर्न मलाई छोडेर भारत तर्फ लागे । मेरो इच्छा साकार भएन । मेरो नक्सलवाद क्षेत्र हेर्ने रहर पूरा भएन ।

भिनाजुको क्वाटरमा र भिनाजुकै रेखदेखमा केही दिन सम्म औषधोपचार गरेर जनकपुरमा नै रह्यौं । पीडा माथि पीडा बोध भयो । नक्सलवाद आन्दोलनका क्रान्तिकारीहरू र नक्सलवाद क्षेत्र हेर्न पाइएन । दुई जना मेरा मित्रहरू आफ्नै ढङ्गले नक्सलवाद क्षेत्र हेर्न गए । काँकरभित्ता सिमाना नाघेर भारती भूमिको सिलगढी पुग्दै साथीहरूले नक्सलवाद क्षेत्रको भूमि मात्र हेरेर चित्त बुझाएर त्यहाँबाट फर्के ।

रहरको पो कुरा थियो । हाम्रो रहर थियो नक्सलवाद क्षेत्र पुग्ने र सम्भव भए चारु मजुमदार, कानु सान्याल, जंगल संथालहरु सँग भेटघाट गर्ने । बनेपामा रहँदा, बस्दा र साथी भाइहरूसँग घुम्दा/बस्दा धेरैजसो समय संसारका कम्युनिष्टहरुको चरित्र, चित्रण र उनीहरूकै क्रियाकलापमा हामी सधैँ रमाइलो मानेर कुराकानी गथ्र्यौं । एकताका थियो – चारु मजुमदार र नक्सलवाद आन्दोलन हाम्रो निमित्त मन परेको व्यक्ति र आन्दोलन । रातो किताब त्यसताका हाम्रो आदर्शको किताब थियो । ‘सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् ।’त्यसताका हाम्रो निमित्त निकै प्रिय हृदयस्पर्शी वाक्य थियो । त्यसैले त हामीहरू सामन्त, गद्दार,पुँजीपति र चुसुवा वर्गका विरोधी भयौँ । नक्सलवादीहरु नै हाम्रो लागि त्यस बेलाका प्रेरणाका पात्रहरू भएकैले उनीहरूको भूमि र उनीहरूलाई हेर्ने हाम्रो रहर कल्पनामा मात्र सीमित रह्यो, र हामीले भेट्न पाएनौँ नक्सलवादीहरु ! जीवनमा घटेका घटनाहरूमा स्मरण गर्न लायकको ‘नक्सलवाद’को भूत सवार भएको त्यस क्षणको यस संस्मरण मेरो जीवनमा घटेका अनेकौँ घटनाहरूमा यो पनि एक खालको रहर थियो – ‘नक्सलवाद हेर्न रहर ।’
०००


Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ : विजय खरेल

पछिल्लो पोस्ट

आफ्नो घर

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
आफ्नो घर

आफ्नो घर

सयपत्री राष्ट्रिय सम्मान २०७९

सयपत्री राष्ट्रिय सम्मान २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

४ जेष्ठ २०८०, बिहीबार
डा. वीणा पौड्याललाई अन्तर्राष्ट्रिय साहित्य पुरस्कार

डा. वीणा पौड्याललाई अन्तर्राष्ट्रिय साहित्य पुरस्कार

५ जेष्ठ २०८१, शनिबार
कहाँ पर्यो पूर्व ?

कहाँ पर्यो पूर्व ?

५ जेष्ठ २०८१, शनिबार
विशिष्ट चलचित्रकर्मीहरुलाई भुवन चैत्य बसुन्धरा पुरस्कार

विशिष्ट चलचित्रकर्मीहरुलाई भुवन चैत्य बसुन्धरा पुरस्कार

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक