जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ : विजय खरेल

जनमत जनमत
प्रकाशित ३ कार्तिक २०७९, बिहीबार
अन्तर्वार्ता भित्र
0
जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ : विजय खरेल

प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईंको दृष्टिकोण के हो ?
भन्नलाई त साहित्यको समाजमा रुपान्तरणकारी भूमिका हुन्छ । एउटा सीमासम्म यो ठिकै पनि हो । तर प्रत्येक लेखकहरु ल्यू सून, गोर्की, युद्धप्रसाद मिश्र र मोदनाथ प्रश्रित हुँदैनन् जसका साहित्यले जनताको धुकधुकीलाई समाउँछ, उत्साह भर्छन्, आत्मबल जगाउँछ । बरु आजका हाम्रा लेखनहरु कदाचित भूत्ते हुँदैछन् कि जस्तो पनि लाग्छ । यथार्थका नाउमा कतै अति यथार्थ, अनेकवाद र रङमा साहित्य पन्पिने गरेको यो समयमा साहित्यले आफ्नो परिभाषालाई सम्हाल्न सकिरहेको देख्तिन म त ।

तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
लेखनको प्रकार र शैली, तरिका अनि कर्ममा यतिबेला खोट लागिसकेको छ । पेट भर्नकै निम्ति गोठवालाका महिमा बखानेर मुद्रा आर्जन गर्ने, भूत लेखन, घोष्ट राइट जस्ता कर्मले साहित्यको हुर्मत काढेको छ । युगलाई छाम्ने, धुकधुकीलाई सुम्सुम्याउने र समाजमा सकारात्मक सन्देश दिने, परिवर्तनको तिर्खा बोकेका सिर्जनाहरु नै यतिबेला समयले मागेको साहित्य हो, मलाई पनि मनपर्ने हुन् ।

तपाईं हाल के लेख्तै हुनुहुन्छ ?
यता दुई उपन्यास र एक समीक्षा समालोचनाको बटुलोको तयारी पछि पछिल्लो समय निवन्ध लेखनमा लागिर’छु ।

साहित्यकारहरुको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रष्ट पारिदिनुहोस् ।
दायित्वकै कुरा गर्ने हो भने त साहित्यकार भन्ने प्राणीको समयको स्पन्दनलाई ठम्याउने औकात हुनुपर्ने ठान्छु म । लेख्नकै नाउँमा आफ्ना मनका लहड र विलौनाहरु पोख्नुलाई साहित्य भन्नै सकिन्न । बरु लेखन जति सरल, जनभाषाको प्रयोग, विचार र सन्देशले युक्त भए एउटा साहित्यकारले आफ्नो दायित्व बुझेको मान्नुपर्छ ।

हालसालको साहित्यलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
साहित्यलाई हेर्न कितावको किरो बन्नु भन्दा आफ्ना विवेकले वर्तमान समयलाई, समाजलाई, परिवारलाई एउटा रचनात्मक दृष्टिले पर्गेल्न सकियो भने आजको साहित्य त्यहीँ नै भेटिन्छ–भन्ठान्छु म ।

तपाईं आफू कुन कुन साहित्यकार चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
नाम त धेरै नै छन्, ती सबैको नाम गनेर पातो भर्न समस्या नै छ । प्रभाव त चिन्तन भन्दा कर्मगीताका सर्जकहरुबाट म आफू प्रभावित छु । तर प्रभाव परे पनि लेख्ने ढङ्ग भने मेरो आफ्नै छ ।

तपाईंको लेखकीय जीवनको शुरुवात कसरी भयो ? र तपाईंको साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ? कृपया सबैभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख रचनाको उल्लेख गर्नुहोस् ।
लेखक बन्न त पहिला वातावरण चाहिने र’छ । मेरा बा पनि आफ्ना समयका पुराना समयका लेखक नै हुन् । छ–सातवटा विभिन्न विधाका पुस्तक वनारसमा हुँदै लेखिएका रहेछन् । पछि मैले देखेरै पनि बङ्गला साहित्यको देवदास उपन्यास अनुवाद गरेको देखें, जुन दार्जिलिङबाट प्रकाशित छ । बा’को पुस्तक संग्रह पनि ठूलै थियो । सुदूर गाउँमा बसे पनि हुलाकबाट विभिन्न पत्र–पत्रिकाहरु आइरहन्थे । ती सबै नै प्राय: म मौका पर्नासाथ चाटिचुटी पार्थें । बा’को साहित्यप्रतिको अभिरुचिले मलाई अज्ञात रुपमै साहित्य लेखनप्रतिको भोक त जागेकै रहेछ । तर प्राय: सबैको जस्तो मेरो पनि प्रथम प्रकाशित कविता दार्जिलिङको धूँवा साहित्यिक मासिकमा छापिएको हो, २०१८ सालतिर ।

तपाईंलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ?
यो प्रश्नको उत्तर त अघिल्लै उत्तरमा आइसकेको छ ।

तपाईंले विविध विधामा कलम चलाउनु भएको छ । कुन विधाको लेखनमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
यसै भन्न पनि समस्या छ । शुरुमा कविता काव्यबाटै लेखन अघि बढ्यो । पछि निबन्धहरुतिर रुची बढ्यो । यता उपन्यासहरु पनि लेख्न त लेखिए तर उज्यालोमा आउन बाँकी नै छन् । उसो त रुची नाटक लेखनमा पनि नभएको हैन । सन्तुष्टिको कुरो चैं के भन्ने ….. ? जे फुर्‍यो, त्यही लेख्यो, त्यसैमा सन्तुष्टि ।

साहित्यकारको रुपमा तपाईंको सही मूल्याङ्कन भएको छ, कि छैन ?
खै …. ! मुलुकमा लेखकहरुको घारी नै छ, गर्नेले पनि कसको गरुन् कसको नगरुन् । आफू त यसै पनि सन्तोकी मान्छे । प्रचारमा आउने सीपको पूरै अभाव छ, आफूसित ।

साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
साहित्य भनेको कला पनि हो; त्यहाँ सौन्दर्यको सुगन्ध पनि रहन्छ । राजनीति त धेरै क्रूर पनि हुन्छ । स्वार्थहरुको गन्धले परिपूर्ण । केही सामञ्जस्यता देखिए पनि मान्छेलाई भावनात्मक ऊर्जा त प्राप्त हुन्छ । तर साहित्य सुकोमल ऊर्जा हो भने राजनीति अलिक त क्रूर नै हुन्छ ।

कृपया तपाईंको साहित्यिक सिर्जनाका जीवन–यात्राहरु बताइदिनुहोस् ।
शुरुवातीकालमा लेखिएका कृतिहरु प्रकाशन गर्न निकै समस्या परेकै हो । पछि बाटो खुल्दै गयो । यतिबेला पनि चार थान जति पुस्तक तयार त छन्—तर….. प्रकाशनको पीडाले सिर्जना गर्न अवरोध पर्ला कि जस्तो पनि लाग्छ ।

एकजना सफल लेखक हुन के के गुणहरु आवश्यक हुन्छ ? तपाईंको विचार राख्नुहोस् ।
यो हाम्रो राष्ट्रका र विश्वका अनेक लेखकहरुका के कस्ता गुण र दोष थिए, त्यो त पर्गेली साध्य छैन । पारिजातमा, देवकोटामा, माधव घिमिरेमा, युद्धप्रसाद मिश्रमा भएका गुणहरु केलाउन लागे आफै वैचारिक विचल्लीमा पर्न बेर छैन । बरु यी माथिका लेखकहरुमा एउटा भावनाको सङ्घर्षका आगो सधैं छातीमा बोकिराख्थे क्यार, त्यसैले उनीहरुलाई सञ्चले बस्नै दिदैनथ्यो होला । शब्दका भावनात्मक र कलात्मक अस्त्र बोकेर यी सधैं सिर्जनामा साधनारत रहन्थे क्यार । यही हो कि लेखक बन्नलाई उसमा हुनुपर्ने गुण वा दोष — जे भनेपनि ।

‘लेखक स्वतन्त्र हुनुपथ्र्यो’ यस भनाइप्रति तपाईंको भनाइ के छ ?
स्वतन्त्र त जोगी साधुहरु पनि हुँदैनन्, एक एक पथ पन्थ र विचारको आग्रहमा रहेकै हुन्छन् भने सामाजिक व्यक्तिहरु स्वतन्त्र हुन्छन् भन्न त गाह्रै छ, बरु उनीहरुमा पनि एक–एकवटा आग्रह रहेकै हुन्छ । तर त्यसलाई प्रकट गर्ने नगर्ने व्यक्तिको मन हो । लेखक पनि यस्ता आग्रहबाट कसरी मुक्त होला त…….?

‘नेपालका प्रज्ञा प्रतिष्ठानहरु लेखक कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्यो तर त्यसो नभई नेपाल सरकारको कार्यालय जस्तो भयो ।’ यस भनाइप्रति तपाईंको टिप्पणी के छ ?
खै….., ऐलेसम्म त त्यस्तो स्वतन्त्र प्रतिष्ठान रहेको थाह छैन । राजा महेन्द्रले राजनीति गर्न नसक्ने, आफ्ना समर्थक बौद्धिक बूढाहरुलाई थन्काउने र दाना खानदिने तबेला जस्तै थियो । यो प्रजातन्त्र आएपछि पनि अलिअलि स्वरुप र प्रक्रियामा फेरबदल गरेजस्तो गरेर उही आफ्नै वौद्धिक धुपौरेहरुको जमघट पारिएको छ । अब त हुँदा हुँदा प्राज्ञ हुने योग्यताको नापजोख समेत राजनीतिका लयमा जोडिएको छ । असाध्य ठूला विद्वानहरु, तपस्वीहरु, योेग्य मनिषिहरु जताततै देखिन्छन् तर उनीहरु पनि सरकारको प्रज्ञा प्रतिष्ठानलाई हेरेर प्राय विद्रुप मुस्कानसित आत्मसात गरेका होलान् । सरकारले बौद्धिकता र योग्यता पनि आफ्नै भनेकामा मात्र देख्छ । बरु यो प्रश्न नै आज एउटा व्यङ्ग्यात्मक प्रश्न भएको छ ।

जीवनमा कहिल्यै कठिनाइ अनुभव गरी लेखकीय जीवनबाट निराश हुनु भएको छैन ?
लेखकीय जीवनबाट आफू सधैं उत्साहित नै छु । लेख्ने कुरा उत्साहवद्र्धक र रमाइलो लाग्ने कुरा नै हो । तर त्यसपछि उताको समस्याले भने सधैं पिरोलिएको हुन्छु ।

दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरु बारे जानकारी दिनुहुन्छ कि ?
भन्नै पर्दा झण्डै ‘शोक न सुर्ता भोक न भकारी’ जस्तो मान्छे हुँ म । धेरै फिक्री र तनावहरुमा कहिल्यै पर्दिन । मात्र यता केही समयबाट रोगले थिचोमिचो गर्न थालेपछि कहिलेकहीं मृत्यु बिरालोका चालमा यसो आएर फर्किन्छ कि जस्तो पो ठान्न पुग्छु । तर पनि स्वस्थ जीवन बाँच्ने ध्याउन्न भने मेरो सधैं रहन्छ ।
तपाईंको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरु छन् भने कृपया बताइदिनुहोस् न ।
साहित्यिक जीवनको तीतो अनुभव भने पुस्तक तयार हुँदासम्म आर्थिक जोहो नभएपछि सधैं मनलाई थिचिरहन्छ । प्रकाशित भएर लोकार्पण गरेपछि भने एउटा युद्धै जितेको खुसी पनि ।

भविष्यमा तपाईंको के योजना छ ?
जीवन सङ्घर्षमा खारिंदै गएपछि लेख्ने सीप पनि अलिक खारिने नै रहेछ । अबको समय भनेको सक्तासम्म कलम र कागतकै खेतीमा लागिरहने हो र सक्ने पनि त्यहीँ हो ।

तपाईंको कुनै खास अम्मल छ कि ?
मीठा गीत सुन्ने, चराचुरुङ्गी र फूलहरु धेरै मन पराउने बाहेक सामान्य रुपमा तलतले जीवन नै बिताउँदै आएको छु । अब तपाईं नै अनुमान गर्नोस् ।

तपाईंको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथीसङ्गाती सम्बन्धमा ?
खानपिनका हकमा आफ्नी घरकी माउले बनाएको सबै खाना स्वादसितै खान्छु । अरुका हातको उति स्वाद पर्दैन । साथी सङ्गाती बनाउने सीप कहिल्यै आएन ।

रोग व्याधिले कतिको सताउने गर्छ ?
मैले थाहा पाएदेखि नै कुनै न कुनै रोगले सताएरै जीवन बिताएको छु । रोग र मेरो सम्बन्ध साह्रै नजिकको छ । ऐले पनि चार पाँच जति गोलीगठ्ठा ती शरीरका पाउनाहरुलाई ख्वाएरै पालेको छु । खान नदिए लाप्पा खेल्न थालिहाल्छन् ।

अन्तमा जनमत र पाठकहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
यो सरकारी भत्ता खाने उमेरमा आइपुग्दा थाहा पाएको निचोड हो — जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ । सफलता र असफलता पनि संयोगकै कुरा रहेछ । अब जनमतलाई भन्याभए — मैले नै जनमत प्रकाशनसित उसको वाङमयिक लामो संघर्ष अनि मुलुक र मुलुक बाहिरसम्म आफ्नो संघर्षका झिल्काहरुले आलोकित पार्न कठिन र श्रमसाध्य जीवनलाई नमन गर्दै श्रम र सङ्घर्षका अनन्त गाथाहरु निर्माण गरेर एउटा वाङ्मयिक वटवृक्ष भइसकेको जनमतलाई श्रद्धापूर्ण अभिवादन गर्दछु । :


Tags: जनमतविजय खरेल
अघिल्लो पोष्ट

नक्सा बनाउने हात

पछिल्लो पोस्ट

नक्सलवादी हेर्ने रहर 

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
नक्सलवादी हेर्ने रहर 

नक्सलवादी हेर्ने रहर 

आफ्नो घर

आफ्नो घर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

२२ फाल्गुन २०७९, सोमबार
नीला आँखा नीलो हिउँ

नीला आँखा नीलो हिउँ

२२ फाल्गुन २०७९, सोमबार
‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

२२ फाल्गुन २०८१, बिहीबार
काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

२२ फाल्गुन २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक