संस्कृतिविद् ज्ञानकाजी मानन्धरबारे लेखिएको ज्ञानकाजी मानन्धर कृति लोकार्पण भएको छ।
शिक्षा प्रेमी , साहित्यकार, संस्कृतीबिद ईतिहासका जानकार ज्ञानकाजी मानन्धरका बारेमा बिभिन्न साहित्य प्रेमीहरुको सिर्जना गरेको लेख आलेखहरुलाई सुर्य लाकजु द्धारा सम्पादन गरेको ” शिक्षा सहित्य र संस्कृतीका त्रिवेणी ज्ञानकाजी मानन्धर ” नामक कृतिको संचारकर्मी तथा समाजसेवी आर के मानन्धर, जनमत मासिकका प्रधान सम्पादक तथा साहित्यकार मोहन दुवाल, साहित्यकार तथा अक्षरमार्गका सम्पादक सूर्य लाकोजू, डा श्याम भट्टराई, रघुबिर मानन्धर लगायत ले संयुक्त रूपमा लोकार्पण गरेको छ ।
काभ्रेले गौरव गर्न सक्ने ब्यक्तीको रुपमा ज्ञानकाजी मानन्धरलाई सम्मानार्थ यस पुस्तकको शिर्षकबाट नै वहाँको बौदिक ब्यक्तित्व चित्रण भएको छ ।
लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने सो पुस्तकलाई अक्षर मार्गले प्रकाशन गरेको हो। उक्त पुस्तक आठ खण्डमा विभाजित छ। पुस्तकको सम्पादन साहित्यकार सूर्य लाकोजूले गरेका हुन्।