जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

अनाम पाठशालामा एकदिन

धीरकुमार श्रेष्ठ धीरकुमार श्रेष्ठ
प्रकाशित २३ चैत्र २०७८, बुधबार
सँस्मरण भित्र
0
अनाम पाठशालामा एकदिन

अप्रिय सानु,
तिमीले तिम्रो शैक्षिक विगतका बारेमा जान्न चाहेका रहेछौ । ढिलै भए पनि आज लामो समयपछि तिमीलाई तिम्रो शैक्षिक विगतले आकर्षित गरेछ । खुसी लाग्यो । तिम्रा शैक्षिक विगतका बारेमा सम्पूर्ण कुरो त म पनि जान्दिनँ तर पनि स्मृतिको धमिलो चित्रमा अवशेषका रुपमा बाँकी रहेका केही भग्न इतिहासबाट सम्भव भएसम्मका विगत टिपेर पठाउँदै छु । तिमीलाई काम लागे प्रयास सफल भएको मान्नेछु ।


सप्तरीका दुर्गम गाउँहरुमध्येको एउटा गाउँ सोनरा । तीनतिरबाट दुईओटा खोलाले घेरिएको । एकातिर जिता खोला र अर्कोतिर अनाम खोला । यी दुवैको दोभानले घेरिएको तेस्रो किनारमा अवस्थित थियो (छ ?) पकरी गाउँ विकास समितिभित्रको एउटा गाउँ सोनरा । त्यहीँ २०१८ सालको मध्य वर्षाका दिनमा एउटा बालकको जन्म भएको थियो । न्वारानका दिन नाम के राखियो, त्यो उसलाई थाहा भएन तर उसका श्रवणेन्द्रियले ग्रहण गर्न थालेदेखि सुन्न थाल्यो, ‘सानु ।’ कसैले यही नाम काढ्दा उसले फरक्क फर्केर हेर्न थाल्यो । त्यहीदेखि उसले थाहा पायो, ‘यो मैले पाएको नाम रहेछ ।’ त्यो तिमी नै थियौ ।


यही नाम बोकेर तिमी हिँड्न थाल्यौ । हिँड्न थालेको समयदेखि तिमीले पहिलोपटक जुन पाठशालामा पाइला टेकेका थियौ, त्यसको नाम विस्मृतिमा हराइसक्यो । यतिचाहिँ अवश्य थाहा छ कि त्यस पाठशालासम्म पुग्न तिमीले एउटा विशाल चउरी (खेतको फराकिलो फाँट) नाघ्नुपथ्र्यो । चउरी नाघ्दै गर्दा दिउँसै नढिया (स्याल) कराउँथे । तिमीजस्ता केटाकेटीलाई एक्लैदुक्लै पाए ती फुटबल बनाएर भकुन्ड्याउन सक्थे, बास्केटबल बनाएर उफार्न सक्थे । तिम्री आमालाई सबैभन्दा बढी डर क्यै कुरोको थियो भने यसै कुरोको कि कहीँ तिनले तिमीलाई लछारपछार पारेर आगतका पूर्वाभ्यासका पूर्वदृश्य प्रस्तुत नगरुन् । यसैले उनी आफै तिमीलाई डो¥याउँदै पाठशालासम्म पुगेकी थिई । त्यस दिनको यकिन तिथिमिति भने थाहा भएन । यसको अनुमान तिम्रो जन्ममितिका आधारमा लगाउनुपर्छ । तिमीलाई थाहा छैन होला कि त्यतिबेला तिमीसँग सिलोट र खरी पनि थियो कि थिएन । किनभने सिलोट किन्न बजार (स्थानीय रुपमा राजविराजलाई बजार भनिन्थ्यो । भनिन्छ पनि ?) सम्म पुग्नुपथ्र्यो । बजार पुग्न एउटा लामो चउरीमात्र होइन, वर्षाको मौसम प¥यो भने खाँडोको असमेल भेल तर्नुपथ्र्यो र हिउँदका बेला प¥यो भने त्यही खाँडोको बालुवामा भासिँदै लामो बाटो तय गर्नुपथ्र्यो । चैतवैशाखको खडेरीको बेला प¥यो भने त खाँडोको बालुवा विशाल हाँडीमा उमालेर परपरी भुटेजस्तै हुन्थ्यो । जुत्ताचप्पलका नाममा रित्ता पाइताला हिँड्नुपर्ने त्यसबेलामा सिरसिर चल्ने बतास पनि रिसाएर ठप्प भयो भने त झन् के कुरो गर्नु ! खाँडोको पानी होइन, बालुवा तर्नु गाह्रो हुन्थ्यो । यसैले म विश्वास मान्न सकिरहेको छैन कि ती सब कष्ट उठाएर बजार पुगे पनि तिम्री आमाको सारीको खुँटमा सिलोट र खरी किन्ने पर्याप्त पैसा हुनुपर्छ । यसो भइसकेपछि वर्णमालाजस्ता किताब तिम्रा हातमा थिए होला भनी कल्पना गर्नुपर्ने आवश्यकतै परेन ।


यसर्थ पहिलोपटक पाठशाला टेक्दा तिम्रो हातमा थियो भने पनि गाउँकै सुतिहार (सिकर्मी ?) ले बनाइदिएको काठको पाटी र माटाको सारो डल्लो हुनुपर्छ । यसभन्दा बढी केही थियो होला भने पानीमा भिजाएको पोतना, जसले पाटीमा लेखिएका अक्षर नामका किरमिर–किरमिर धर्काहरु मेटाउँथ्यो, अचेलको भाषामा भन्ने हो भने डस्टर । निश्चितै रुपमा त भन्न सक्दिनँ तर तिमीले पहिलोपटक पाठशाला टेक्दा तिमीसँग यिनै सब चीज हुनुपर्छ । तिमीले पहिलोपटक पाइला टेकेको पाठशालाको धमिलो चित्र भने मेरा आँखामा अहिलेसम्म नाचिरहेको छ । त्यस पाठशालाको छाना खरले छाएको थियो र त्यहाँको बाटोबाट आकाशका अधिकांश भागलाई ओल्टोकोल्टो नगरी जताबाट पनि देख्न सकिन्थ्यो । भित्तो भने ठकुवा टाटको (बाँसको कप्टेरो नागबेली फन्कामा मोडी बनाइने पर्खाल) थियो तर त्यहाँबाट पनि विनाबाधाविरोध सग्लै बाहिरी दृश्य देख्न सकिन्थ्यो । यति हुँदाहुँदै पनि तिमीले आफूलाई धन्य मान्नुपर्छ कि सप्तरीको दुर्गम गाउँमा उतिबेला पाठशाला नामको शाला पायौ र त्यहाँ पहिलो पाइला टेक्न पायौ । होइन भने तिम्रा पाइलाहरु त्यहाँदेखि यहाँसम्म आइपुग्ने थिएनन् ।


एउटा लामो यात्राको यो हिँडाइमा तिमी विश्वासै गर्न सक्दिनौ होला, तिमी पढ्न कम र आँसु बगाउन बढी व्यस्त थियौ । अरु पढिरहेका थिए कि पढिरहेजस्तो गरिरहेका थिए, त्यो तिमीलाई थाहा हुने कुरै भएन । किनकि तिमी त पढ्नुको नाममा केवल कहालिई–कहालिई रोइरहेका थियौ । मलाई लाग्छ, तिम्रो शब्दकोशमा पढ्नुको परिभाषामा केवल रुनु भनेर लेखिएको थियो र तिमी दिनभरि रोइरहेका थियौ । किनभने तिम्री आमा तिमीलाई रुँदारुँदै छाडेर सोनरा फर्किसकेकी थिई र तिम्रो गाउँबाट तिमी एक्लै थियौ । पाठशालामा दिनभरि एक्लै रोएर बेलुका त्यत्रो चउरीको बाटो कसरी सोनरा फर्कियौ, त्यो भने मलाई पनि थाहा भएन । चउरीमा जताततै दिउँसै गस्ती लगाइहिँड्ने नढिया र खिखिरहरुले तिमीलाई कसरी जीवनदान दिए, त्यो पनि मैले थाहा पाउने कुरो भएन । मैले थाहा पाएको भनेको त्यसदिनपछि भोलिपल्टदेखि तिमीले पाठशालामा पाइलै टेकेनौ । त्यसो भएकोले तिमीले तिम्रा कक्षाका साथीहरु र शिक्षकका बारेमा थाहा पाउने कुरै भएन । जेहोस् उतिबेला तिम्री आमाले तिमीलाई चउरी काटेर पाठशाला पु¥याउन गरेकी साहस र तिमीले शिक्षाका नाममा पहिलोपटक दिएको आँसुको अघ्र्यलाई भने सलाम गर्नैपर्छ ।
अब ‘सानु’ कसरी ‘धीरकुमार’ भयो ? यो जान्न भने केही समय कुर्नैपर्छ । यसका लागि अर्को चिठीसम्म पर्खिराख ।


Tags: धीरकुमार श्रेष्ठ
अघिल्लो पोष्ट

तिम्रो सहरमा

पछिल्लो पोस्ट

अक्षरको खेती

धीरकुमार श्रेष्ठ

धीरकुमार श्रेष्ठ

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
अक्षरको खेती

अक्षरको खेती

गीत

गीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

छोरीलाई मानचित्र पढाउँदा

छोरीलाई मानचित्र पढाउँदा

४ जेष्ठ २०७९, बुधबार
टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

४ जेष्ठ २०८०, बिहीबार
नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

३ पुष २०८१, बुधबार
देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक