जब म,
बिहान दिउँसो साझ कुनै पनि समय आगन बडारीरहेको हुन्छु
ताती लागेर हिडीरहेका कमिलाको बथान देख्छु
सोच्छु , बथानका बथान कहाँ हिडेका होलान् यिनीहरु ?
मानिसहरु त शहरमा भर्खरै उठीरहेछन् !
केही हप्ता पहिले त हो घरको पर्खालभरि उनिहरु हिडीरहेको बाटो भत्काईदिएको ,,,,
घरका खम्बा र बिमहरुमा उनिहरुले मेहेनतले बनाएको बाटोहरु भत्काईदिएको ,,,,
यतिका साथीहरुको मृत्युपश्चात पनि
जति बाचेँका छन् उनिहरु सबैभन्दा हतारमा छन्
र आफ्ना हजारौं साथीहरुको सहकर्मीको मृत्यु पश्चात् पनि निरन्तर हिडीरहेछन् ।
हरेकपल्ट उनिहरुको यात्रालाई देखेर
म भित्र एउटा आन्दोलन उत्पन्न हुन्छ
आफ्नै जीवनले भोगील्याएका हजार सन्दर्भहरु सम्झना आउछ ।
र ,
गम खान्छु जस्तै हुरी बतासले पनि किन यीनको संकल्पलाई डगमगिन दिएन ?
सीक्न त धेरै रहेछ उनिहरुबाट मैले
उनिहरुको एकता र संकल्प देखेर म एक लामो यात्राको अठोट गर्छु ।
कीन आफ्ना हजारौं सहकर्मीहरुको मृत्यु पश्चात पनि उनिहरु निरन्तर हिडीरहे ,,,,,
कीन मानिसहरुको शक्तिको अघि निरन्तर लडीरहे ?
ओहो !
बिष्मयकारी र लामबद्व हिडीरहेका तिम्रो आकार देख्दा लाग्छ
जीवन कति रोमाञ्चित र भव्य छ
जीवन कति रङ्गीन छ यी बादलका निला धर्साहरुझैँ ।
रहेकपल्ट –
आगन बडार्दा होस कि भान्साका दलिनहरुमा
आमाले बनाएका जाँडको ओथारोहरुमा
सुगुरको मासु सुकाएर राखेको पोरोङ्गोहरुमा
राष्ट्रपतिको सचिवालयहरुमा तहीतही तामबद्व हिडीरहेकै छन्
उनिहरु शान्त र निरन्तर बगीरहने महासगरको गतीझैँ ।
तर-
आफैभित्र उत्तर खोजीरहेको मेरो आफ्नै मनोदशा
एक नवीन यात्राको सुरुवात हो
एक कलिलो घामको न्यानाे हो
एक महान यात्राको प्रस्थानबिन्दु हुन सक्छ
कि कहिलेकाहीँ यी सबै परिस्थितिहरुबाट अघि बढ्नु पनि आउने दिनहरुमा गज्जव हुनेछ ।