हतासिदै, बतासिदै, रमाउँदै, कराउँदै !!
कृष्ण भज्दै कृष्ण जप्दै कृष्ण गुन्गुनाउँदै !!
न केही भर न कुनै डर न सन्सारी मोह कुनै
उनै कृष्ण प्यारालाई छातीभरी सजाउँदै !!
यो सन्सारी सुखलाई मनै देखी लत्याएर
आँखाभरी कृष्ण भरी आफैं भित्र रमाउँदै !!
हृदयका प्यारा उनै कृष्णलाई साक्छी राखी
प्रेमरसको अमृत-धारा छल्काउँदै, बहाउँदै !!
मनै कृष्ण तनै कृष्ण जता हेर्यो उनै कृष्ण
भन्दै बाटो लागिन मिरा हाँस्दै मुस्कुराउँदै !!