बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन सुरु भएको छ। हिमालबाट बगेका तीनवटा नदीले आफ्नो समुद्रसम्मको यात्राको कथा नाटकले भनेको छ । यात्रामा मान्छे, जनावर र जलप्राणीहरू भेटिन्छन् ।
कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएर उपत्यकाबाहिर १२ पटक मञ्चन भएको नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज तथा घिमिरे युवराजले गर्नुभएको छ। नाटकमा ज्योति पोखरेल, रविन परियार, पवित्रा खड्का, सङ्गीता उराव, झकेन्द्र बिसी, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ । नाटकमा सङ्गीत स्मारिका फुयाँल र अनुप तिमल्सिनाले दिनुभएको छ।