जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

यात्रा अनुभव ६ : नेपाल भाषा अध्ययन, सिर्जना र अभियान

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २५ असार २०७९, शनिबार
सँस्मरण भित्र
0
यात्रा अनुभव ६ : नेपाल भाषा अध्ययन, सिर्जना र अभियान

बनेपाका रैथाने नेवार भएको कारणले हाम्रो घरमा नेवारी भाषा नै बोल्थ्यौँ । आज पनि त्यही चलन चलाउने रहर छ । तर बुहारी गैर नेवार भएकोले नेपालीमा बोल्नुपर्ने बाध्यता छ । ११ वर्षकी दुइटी नातिनीहरू पनि नेपाली भाषा बोल्छन् । घरमा बिस्तारै नेपाल भाषामा सङ्कट सुरु हुन थाले जस्तो प्रतीत हुन्छ । देशमा पनि यस्तै अवस्था देखिँदै छ । मलाई लाग्छ; यो राष्ट्रिय भाषामा देखा पर्न थालेको राष्ट्रिय सङ्कट हो । 

एस.एल.सी. २०२३ सालमा उत्तीर्ण गरेको र इच्छाधिन विषयमा नेवारी भाषा लिएर परीक्षा उत्तीर्ण गरेको हुँ । आइ.ए. पनि नेवारी भाषा नै लिएर उत्तीर्ण गरेको र बि.ए. मा पनि केही पेपर नेवारीमा परीक्षा दिएको मलाई याद छ । नेपाल भाषामा अर्थात् नेवारी भाषामा यसरी अध्ययन गर्ने मेरो परम्परा बन्दै गयो । भाषा आन्दोलनमा लागेको, नेवारी भाषामा कवि–गोष्ठी ठाउँ–ठाउँमा सुरु गरेको, नेवारी भाषामा सिर्जना गर्दै आएको कारणले नेपाल भाषालाई रक्षा गर्ने सोच अनुसार काभ्रे बहुमुखी क्याम्पसमा यस भाषाको कक्षा राख्ने चाँजो पाँजो मिलाइयो । मैले नै कक्षा सञ्चालन गरेँ । त्यस भाषा कक्षाका मेरा विद्यार्थीहरुमा हरिभक्त कर्माचार्य, पशुपति मातंछेँ, रामप्यारी श्रेष्ठ, पूर्णकाजी शाक्य, गङ्गालक्ष्मी श्रेष्ठ, कमलादेवी खाछिभोया, रुक्मिणी श्रेष्ठ आदिहरू थिए।
२०२२ सालमा रेडियो नेपालबाट नेपाल भाषामा सञ्चालित भइरहेको ‘जीवन–दबू’कार्यक्रम प्रति बन्धित गरेपछि देशभरका नेवारहरुलाई मर्माहत तुल्याइ दिए जस्तै म पनि त्यस घटना सुनेर मर्माहत भएको थिएँ । त्यसैताका बनेपामा ‘मचापुच:’ संस्थाको र ‘ल्हाकायोमाय्न’ र ‘फसंपुगू लप्ते’ हस्तलिखित पत्रिकाको संस्थापन र प्रकाशन गरेको मलाई याद आइरहन्छ । मेरो घरमा नै ‘मचापुच:’ संस्था र ‘ल्हाकायोमाय्न’/‘फसंपुगू लप्ते’ हस्तलिखित पत्रिकाको कार्यालय झैँ सञ्चालित थियो । आजाद हाई स्कूलका ७/८  कक्षाका विद्यार्थीहरूद्वारा सञ्चालित मचा पुच:संस्था  र ल्हाकायोमाय्न  हस्तलिखित  पत्रिकाको त्यसताकाआफ्नै खालको गरिमा र महत्व रहेको कुरा सबैले स्वीकारेको साहित्यिक अभियान हो । 

‘जीवनदबू’को प्रतिबन्ध पछि प्रत्येक हप्ताजस्तो काठमाडौँका बहालहरूमा नेपाल भाषा कवि गोष्ठी हुन थाल्दा म पनि कविता बोकेर काठमाडौँका बहालहरूमा पुग्ने गर्थेँ । त्यस अभियानमा लाग्दा लाग्दै धेरैजसो कविहरू चिन्दै गएँ । बुद्ध सायमी, मल्ल के. सुन्दर, राजा शाक्य लगायत थुप्रै नेपाल भाषाका कवि–लेखकहरूसँग मेरो चिनापर्ची बढ्दै गयो । त्यसताका मेरो पहिचान र परिचय नेपाल भाषा क्षेत्रमा व्यापक हुँदै गयो । मेरै सक्रियतामा बनेपा र आसपासमा नेपाल भाषामा कवि गोष्ठीहरूको आयोजना हुन थाल्यो । त्यसताका मेरो सक्रियता नेपाल भाषामा बढ्दै गयो र सबैले नेपाल भाषाका सेवकका रूपमा स्मरण गर्न थाले । प्रशासन र प्रहरीहरूका नजरमा म नेवार उग्रवादी जस्तो भएँ । उनीहरूले त्यसता कामलाई ‘कट्टर नेवार’ अभियन्ताका रूपमा राखेर भिन्न खालको व्यवहार गर्न खोज्थ्यो । कक्षा १०मा पढ्दाताका नै यी गतिविधिहरू म बाट हुन थालेको हो । नेपाल भाषा आन्दोलन र नेपाल भाषामा लेखन गरेर मैले धेरै वर्ष जीवनका क्षणहरू गुजारेँ । 
एस.एल.सी. मा नेपाल भाषा लिएको, नेपाल भाषा माथि सरकारको तर्फबाट भएको ज्यादतीका विरुद्ध अभियन्ताका रूपमा अघि सरेको र नेपाल भाषाका कवि लेखकहरूसँग हिमचिम बढ्दै गएको कारणले त्यसताका मेरो प्रिय विषय हुन गयो नेपाल भाषा । भक्तपुर, साँखु, ललितपुर र काठमाडौँका नेवार लेखकहरू सँग मेरो हिमचिम बढ्दै गयो । विराट भाषाको कवि गोष्ठीहरूमा भाग लिन्थेँ, कुनै बेला कुनै कवितामा पुरस्कृत पनि भएको थिएँ तर त्यसको अभिलेख नभएकाले उच्चारण गर्न सकिनँ । हप्ता–हप्तामा हुने कवि गोष्ठीहरूमा भाग लिन जाँदा एक खालको हौसला प्राप्त हुन्थ्यो, कविहरूको कविता वाचनबाट आफूले पनि कविता वाचन गर्न सिकेँ, कविता लेख्न जानेँ भनेर फुरुङ्ग पर्थेँ । 

घरमा हस्तलिखित पत्रिका निकाल्न आफूभन्दा साना विद्यार्थीहरूलाई प्रेरणा दिन पाउँदा, उनीहरू सँगसँगै रहेर त्यस अभियानमा सरिक हुन पाउँदाका क्षणहरू बिर्सी नसक्नु छ । समूहबाट धेरै खालका काम/कुराहरू सिक्न पाइन्छ । कुरा गर्ने तरिका, लेख्ने तरिका र अरूलाई प्रभावित तुल्याउँदै जाने सबै कामहरू समूहबाट नै सिक्ने हो । ७/८ कक्षामा पढ्दै गर्दाका विद्यार्थीहरूसँग घुलमिल हुँदै बनेपा जस्तो ठाउँबाट हस्तलिखित पत्रिका ‘ल्हाकायोमाय्न’निकाल्नदिने काम लरतरो खालको थिएन । ३ वटा अङ्क सम्म प्रकाशित भयो ।  त्यसताका मचा:पुच बाट प्रकाशित ‘ल्हाकायोमाय्न’, कृष्णप्रसाद दाइबाट निकालेको ‘सगं’ र मेरै सम्पादन र सक्रियतामा प्रकाशित ‘फसुंपुगुलप्ते’ त्यसताका बनेपाबाट प्रकाशित हस्तलिखितहरू हुन् ।

 आजको परिवेश र हिजोको परिवेशमा ज्यादै फेरबदल आइसकेको छ । तर पनि हिजोको सङ्घर्ष, हिजोको प्रकाशन र हिजोका गति विधिहरू बिर्सी पठाउनु हुँदैन — स्मरण गरिरहनु पर्छ । २०१९ सालदेखि नै कविता लेख्दै आएको, कवि गोष्ठी गर्न र गराउन सक्रियता लिँदै आएको, कविता छाप्ने वातावरणका लागि हस्तलिखित भए पनि पत्रिका निकाल्न हौसला दिँदै आएको, भाषा–साहित्य पढ्नका लागि प्रोत्साहन दिँदै आएको र पुस्तक, पत्रिका निकाल्नका लागि सहयोग जुटाई दिने कार्यहरू मबाट थुप्रै भएका छन् जुन याद आइरहन्छ । स्कुलमा पनि कवि गोष्ठी गर्नु, समाजमा पनि सम्मेलन गर्न–गराउन चाँजो पाँजो मिलाई रहनु, सहयोग जुटाएर पुस्तक–पत्रिका पढ्ने वातावरण मिलाइ दिनु मेरा नित्यकर्महरू जस्तै भएका छन् । सामूहिकतामा विश्वास गर्ने, कविता लेखनमा सक्रिय रहने, नेपाल भाषा साहित्य उत्थानका  लागि सक्रिय भइरहने, भाषासेवी–लेखकहरूसँग सम्पर्क बढाउन पाउँदा केही प्राप्ति भएको जस्तो हुने यी आदि क्रियाकलापहरूले गर्दा विद्यालयको शिक्षामा भन्दा बाहिरको काममा लहसिँदै गएँ । पढाइमा त्यति ध्यान दिन सकिनँ । सधैँ झैँ समाज, भाषा–साहित्यको सेवामा त्यस बेला पनि जुटिरहेँ । 


Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

डा . डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय शान्ति पुरस्कार

पछिल्लो पोस्ट

सीता उबाच

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
सीता उबाच

सीता उबाच

२०९ औँ  भानु जयन्तीमा  कविता प्रतियोगिता

२०९ औँ भानु जयन्तीमा कविता प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

४ जेष्ठ २०८०, बिहीबार
काला झण्डा

काला झण्डा

४ जेष्ठ २०७९, बुधबार
आशा

आशा

४ जेष्ठ २०७८, मंगलवार
बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक