भोका पेटहरु
नाङ्गा आङहरु
जीवनजलको अभावमा
जलविनियोजित आँतहरु
खै के उठाउलान् काला झण्डा
खोला किनारका ढुंगास“ग
जीवन गुन्गुनाउनेहरुले
गिट्टी र बालुवास“ग खेल्नेहरुले
खै π के बुझ्लान् विरोधको भाषा
खै π के राख्लान् पाउने आशा
नूनस“ग आ“शु साट्नेहरु
जूनस“ग रात काट्नेहरु
जीवनस“ग हारेकाहरु
जीवनले हराएकोहरु
खै π के उत्साहले भन्लान् जिन्दावाद
खै π कुन विमतिले भट्याउलान् मुर्दावाद
सडक किनारामा
ल्याम्पपोष्टको उज्यालो ओडेर
जीजिविषा तन्क्याउनेहरु
न मिलाएर भुक्न जान्दछन्
न तर्काएर थुक्न जान्दछन्
छाना–माना र नानाको रोइलो
फोहोरको कन्टेनरभित्र प्राण खोज्नेहरुले
सभ्यताको गोलपोष्टमा
कहिले दाया“–कहिले बाया“
निर्मम ठोक्किनेहरुले
खै के खोज्लान् र आफ्नो अधिकारको कुरा
खै के सोच्लान् र आफ्नो सर्वोच्चताको कुरा
ओ, निमुखाका पक्षपाती महाशयहरु
ओ, गरिब प्रवर हजुरहरु
तिम्रा रअँधेरो झण्डाले
तिम्रा काला झण्डाले
खै के दिन्छ मलाई ?
खै के दिन्छ उसलाई ?
खै के दिन्छ हामीलाई ?
मनको कालो तुष पोख्न
कालैको सतिजाने….
ओ, प्रजावत्सल नवधनाड्यहरु
तिमी सयर गर्ने पजेरोको शिसा कालै राख
तिम्रो पहिचानको झण्डा कालै राख
कालै कालाको झुण्ड बनाउ
कालोप्रिय महाशयहरु
यो कस्तो बिडम्वना
अन्धकार चिर्न थप अन्धकार
अन्यायलाई मेट्न थप अन्याय
विभेदलाई हटाउन थप विभेद
यो कस्तो समय भित्राउ“दैछौ तिमी ?
तिम्रा काला झण्डाले भोक मेट्दैन
रोगको ओखती गर्दैन
तसर्थ,
हामी बोक्दैनौं तिम्रा काला झण्डा
कालो झण्डाका हिमायती प्रभुहरु π
सक्छौ भने आऊ हाम्रो दु:खमा साथ देउ
चहराईरहेको घाउमा मलम लगाउ
तर, दु:खमाथि दु:ख नखप्ट्याउ
कालमाथि महाकाल ननिम्त्याउ
बाध्य नपार काला झण्डा बोक्न
कर नगर ध्रुत क्रान्ती ऋचा घोक्न
सक्छौं भने,
सुरक्षित गर हाम्रो अधिकारलाई
हामी काला झण्डा बोक्दैनौं
हामी कालाको सती जादैनौं ।।