जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

यात्रा अनुभव ५ : पहिलो पुस्तक चुलिजा :गु स्वाँ

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १८ असार २०७९, शनिबार
सँस्मरण भित्र
0
यात्रा अनुभव ५ : पहिलो पुस्तक चुलिजा :गु स्वाँ

कक्षा ७ पढ्दा नै कविता लेख्दै आएको, कविता  देख्ना साथ कविता पढ्दै आएको र कोही कवि भन्ना साथ मनमा राख्दै आएको कारणले कविता र कविलाई मेरो मन मझेरीमा राखेर सम्मान गर्दै आएको म सानै छँदा देखि नै हो । कविता मात्र होइन लेख–रचनाहरू पनि नेपाल भाषा र नेपाली भाषामा लेख्दै आएको पनि धेरै वर्ष भइसक्यो । सर्वप्रथम, पहिलो चोटी वि.सं. २०२३ साल असार महिनातिर मेरो पुस्तक‘चुलिजा:गु स्वाँ’प्रकाशित भएको हो । नेपाल भाषा आन्दोलनमा लाग्दा–लाग्दै कवि गोष्ठीमा कविता वाचन गर्दा–गर्दै एउटा कविता सङ्ग्रह प्रकाशित गर्ने रहर बन्यो । आफ्नै ढङ्गले, आफ्नै सक्रियतामा कविताहरु जम्मा गरियो । २०२२ सालमा भएको कवि सम्मेलनमा तृतीय हुँदा पाएको बाँकी २००।– रुपिया र मेरा स्नेही साथी के.जी. पलान्चोकेले नपुग केही रकम राखिदिने वचनप्राप्त गरी पुस्तक प्रकाशन गर्ने तारतम्य मिलाइयो । सपना थियो कवितासङ्ग्रह प्रकाशित गरी दर्ता वाल कवि बनेर देखाउने त्यसको लागि भरमग्दुर प्रयत्न गरियो । 

प्रवेशिका परीक्षाको तयारीमा रहँदा–रहँदै उक्त पुस्तक प्रकाशनका लागि सम्पूर्ण चाँजोपाँजो मिलाइयो । प्रकाशकका रूपमा के.जी. पलान्चोके नै राख्ने निर्णय भयो । भूमिकाका लागि बनेपाका मेरा आदरणीय दाइ कृष्णप्रसाद दुवाल र शिक्षकआशाकाजी श्रेष्ठलाई अनुरोध गरियो । त्यसताका उहाँहरु नै बनेपाका प्रतिष्ठित साहित्यकारका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँहरु दुई जनाका साथै काठमाडौंका ख्याति प्राप्त चर्चित कवि दुर्गालाल श्रेष्ठको शुभकामना मन्तव्य र समालोचक तथा भाषा शास्त्री ईश्वरानन्द श्रेष्ठाचार्यको कवितामाथिको टिप्पणी प्रकाशित गर्ने निधो भयो । करिब १७ वर्ष छँदाताकाको मेरो सक्रियता र समर्पणबाट उहाँहरूसँग सम्पर्क गरियो । म प्रतिविश्वास राखेर मेरो कविता सङ्ग्रहमा टिका टिप्पणी लेखिदिनु भयो । मेरा कविताहरू कुन कोटीका छन् अर्थात् कविता भन्न लायकका छ/छैन मलाई थाहा भएन, तर मैले रित पुर्‍याएर कविता सङ्ग्रह बनाएँ । यस पुस्तककालागि प्रकाशक जुटाएँ, भूमिका लेखिदिनु हुने आदरयोग्य साहित्यकारहरु भेट्टाएँ साथै पुस्तकको आवरण लेखिदिनुहुने कलाकार मदनलाल सिंह, मखन जस्ता चर्चित कलाकारको ‘कला’ भेट्टाएँ । र सबै खालका सामग्रीहरू रहेको पुस्तक‘चुलिजा:गु स्वाँ’प्रकाशित भयो । २०२३ सालमा उक्त पुस्तक बनेपामा रहेको सागर प्रेसबाट छाप्ने काम भयो । 

उक्त पुस्तकको मन्तव्यमा मैले लेखेको थिएँ — “ साहित्यका नाममा मात्रयो पुस्तक लेखेको त हुँदै होइन । साहित्य जीवनका लागि हो; जीवनका लागि नै भनेर लेखेको हो भन्नुपर्‍यो । हुन त विचार उल्टो पनि हुन सक्छ । कविता लेख्न आउँदैन । भनाइको तात्पर्यहो मेरो कवितामा रस नहुन सक्छ, प्रौढता नभएको हुन सक्छ भाव यता उता पर्न सक्छ । त्यसो भएता पनि आफ्नो मातृभाषा प्रतिको मोहले यो सानो, नराम्रो पुस्तिका एउटा लिई नेपाल भाषाको भण्डारणमा सङ्ख्या भए पनि थप्न आएको हुँ ।” पुस्तकमा कवि दुर्गालाल श्रेष्ठले लेख्नु भएको थियो — “दुवालज्यू, ‘चुलिजा:गु स्वाँ’ ले खबर गर्‍यो – बनेपामा फेरि एक जना कविको जन्म भयो । कविता भर्खरै फुल्न लागेको कविताजस्तो देखिएता पनि परम्परालाई नाघ्न सफल तरुण भइसकेका कवि । … उनको सपना तपाईं सँग छ । खबरदार !  आफू बिग्रिनु परे पनि उनको सपना बिगार्न पाइँदैन तपाईँले !” २७असार २०२३ मा कवि दुर्गालालले भन्नुभए जस्तै मैले कविताको सपनालाई बिगारिनँ । निरन्तर कविता लेखिरहेँ । 

बनेपाका चर्चित कवि कृष्णप्रसाद दुवालले शुभकामनादिंदै लेख्नुभएको थियो — “भाई मोहन दुवालको मन कोमल छ । एकै चोटी कोमल मनिलाई केही भनेपछि त्यसको प्रभाव पर्न सक्छ; फलस्वरुप कवित्व भएका भएपछि त्यो कुरा, त्यो घटना कविताका रुपमा थाहा नपाइकन मनमा प्रज्वलित हुन सक्छ । यो ‘चुलिजा:गु स्वाँ’कविता सङ्ग्रह यही कुराको प्रमाण हो ।” यसैगरी मेरा गुरु तथा साहित्यकार आशाकाजी श्रेष्ठले पुस्तकमा लेख्नु भयो — “‘चुलिजा:गु स्वाँ’ पुस्तक पढेपछि कसरी–कसरी मेरो अगाडि फूलहरू अनगिन्ती फुलि रहेको सम्झना आयो, आज पालुवा जस्तो देखिँदो यो फूल भोलि फक्रिन्छ । यसमा भएको केशरी यति मजबूत छ नि:सन्देह भोलि फूलहरु फुल्नका लागि बिउ हुनेछ । यो गौरव चिन्ह मात्र होइन साहित्य सेवीहरुको भरोसा पनि हो ।” प्रकाशक केजि पलाञ्चोकेले पनि‘चुलिजा:गु स्वाँ’को प्रकाशनले एकजना नयाँ कविलाई विश्वमा मुहार देखाउन पाएँ । पछि उहाँ एकजना सफल कवि भई झुल्किने छ” लेख्नु भएको थियो । 

मेरा मनमा झुल्दै आएका फूलहरु, मेरा मनभित्रका आदर्शहरु, मेरा दृष्टि–चेतना मैले देखेअनुसार, मैले भोगेअनुसार र मैले अनुभूत गरेका थुप्रै अनुभूतिहरू यस कविता सङ्ग्रहमा प्रफुल्लित छन् । कविता सिर्फ कविता मात्र होइन, साहित्य साहित्य मात्र होइन, कविता/साहित्यमा जीवन प्रवाहित हुनुपर्छ भन्ने मान्यता यस कविता सङ्ग्रहमा पनि प्रवाहित छन् । समालोचक ईश्वरानन्दले आफ्नो टिप्पणी यसरी लेख्नुभएको थियो — “साहित्य कोरा कल्पना मात्र होइन । त्यसरी नै साहित्य सस्तो अर्ति मात्र पनि होइन । साँच्चिकै साहित्य जनजीवनको यथार्थ व्याख्या हो ।” उहाँले मेरा कविताहरूको व्याख्या गर्दै लेख्नुभएको छ — “मानव स्वभावलाई दुवालजीले भित्रसम्म नै बुझ्नुहुन्छ भनी ठोकेर भन्न सकिन्छ । एकपल्ट जीवनको दार्शनिक प्रश्नमा छक्क परेर उहाँले पछि कवितामा लेख्नुभएको थियो :–  
न्हयो ज्याय् धा:साकँझ्झा:जक दुगू 
लिज्यायगु गथे  ख स्यूगु  मखु ।”
(बढौं भने काँडाघारी मात्र छ 
फर्कौँ कसरी मलाई थाहा नै छैन ।) 
०००
न्हयागु हे थ:जु थ्वजिगु जीवन –
कथ् सुसां न्हयो हे ज्याय् बरु ।
(जस्तोसुकै नै होस् मेरो जीवन–
काँढाले घोचे पनि बढ्छु बरु ।) 
‘जीवनको अर्थ प्रगति हो; अगाडि बढ्छु भन्नु राम्रो उदाहरण हो । आजका लेखक एक्लो बाघ होइन को यो प्रमाण उहाँले उहाँको कवितामा व्यक्त गर्नु भएको छ । —

मखु–मखु छु जुलथन
छु मनू नं मरुभूमि च्वने फइला?
(होइन–होइन के भएको हो यहाँ –
के मान्छे पनि मरुभूमिमा बस्न सक्छ र ?) 
दुवालजी ठुलो स्वरमा भन्नुहुन्छ — 
“जिगु दु:खजित हे ब्यु” (मेरो दु:ख मलाई नै देऊ ।) यस्तै – 
जिगु जीवन ख:जिगु हे हक दु, 
वाधा बिइपिंन्हयोज्या वासा !
(मेरो जीवन हो मेरो नै हक छ, 
वाधा दिनेहरु अगाडि आऊ त !) 
अनि आफ्नो मनको कुरा अगाडि यसरी राख्छन् : 
सत्य, न्याय, समान याना
विश्वे दनाथके मा:गु दु । 
(सत्य, न्याय, समान गरेर 
विश्वमा देखाएर जानु छ । 
०००

मेरा कविताहरूबारे त्यस बेला (५५ वर्ष अगाडि) नै ईश्वरानन्दज्यूले समीक्षात्मक टिप्पणी लेख्दै भन्नुभएजस्तै मेरा कविताको सौन्दर्य नै सत्य, न्याय, समानताप्रतिको विश्वास हो । अहिले पनि मेरा विश्वासहरू त्यसरी नै प्रभावित छन् । ५५ वर्ष अगाडि नै मलाई कविमा दर्ता गरेर ईश्वरानन्दज्यूले मलाई कवि बन्ने मर्ममा थपिदिनु भयो मर्महरु । यसरी नै मेरा प्रकाशित नेपाल भाषाका कविता सङ्ग्रह‘चुलिजा:गु स्वाँ’मा कवि दुर्गालाल श्रेष्ठज्यूले मेरो कवि–शक्ति प्रति विश्वास गर्दै लेख्नुभएको छ — कवितालाई हत्यानगर ! खबरदार ! आफू बिग्रिनुपरे नपि उनको सपना बिगार्न पाइँदैन । मलाई लाग्छ; २०२३ सालमा प्रकाशित‘चुलिजा:गु स्वाँ’ नेपाल भाषामा प्रकाशित कविता सङ्ग्रह नै मेरो सुरुवाती कविता यात्राका दृष्टि, भाव र सौन्दर्यका पद्चापहरु हुन् । त्यही धरातलबाट हुर्किँदै, बढ्दै आजको अवस्थामा आइपुगेको हुँ । 
‘चुलिजा:गु स्वाँ’ मेरो पहिलो पुस्तक हो । उक्त पुस्तक नै मेरो पहिलो मातृभाषाको कविता सङ्ग्रह हो । उक्त पुस्तकमा साहित्यकार दाजु कृष्णप्रसाद दुवाल, आदरणीय गुरु आशाकाजी श्रेष्ठ,मलाई मनपरेका मेरा प्रिय कवि दुर्गालाल श्रेष्ठका सत्वचनहरु सम्प्रेषित हुनाका साथै समालोचक ईश्वरानन्द श्रेष्ठाचार्यज्यूले मलाई साहित्यिक क्षेत्रबाट भाग्न दिएनन  ;  प्रेरणा दिइरह्यो । 


Tags: मोहन दुवालयात्रा अनुभव
अघिल्लो पोष्ट

नजन्मेको छोरालाई

पछिल्लो पोस्ट

निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’

निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’

उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मनको मन्दिर

मनको मन्दिर

४ जेष्ठ २०७८, मंगलवार
टाइम पास

टाइम पास

४ जेष्ठ २०७८, मंगलवार
बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

४ जेष्ठ २०८०, बिहीबार
कलकल त्रिवेणी

कलकल त्रिवेणी

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक