धेरै पहिलेको कुरा हो, अमत्र्य सेन नाम गरेका ज्ञानी राजा थिए । उनी धर्मात्मा, न्यायप्रेमी र कलापारखी पनि थिए । बल र बुद्धिमा पनि उनलाई कसैले उछिन्न सक्दैनथ्यो ।
एक दिन राजाले झ्याली पिटाएर नगरका दशजना राम्रा बाल कलाकार बोलाए । उनीहरु आएपछि राजाले उनीहरुसँग भने— “ हेर तिमीहरु सवै राम्रा कलाकारहरु हौ । म तिमीहरुको सीपको नमुना हेर्न चाहन्छु । तिमीहरुमध्ये प्रत्येकले भोलि बेलुकासम्म एउटा सुन्दर काठको मन्दिर बनाएर मलाई देखाउनुपर्ने छ । सवैभन्दा राम्रो मन्दिर बनाउनेलाई आकर्षक उपहार दिइने छ ।
राजाको आज्ञा पाएपछि दशजना कलाकारहरु आ —आफ्ना घर फर्किए ।
दोस्रो दिन साँझ दरबारमा राजाको सामुन्ने मात्र नौवटा ससाना काठका मन्दिरहरु पेस गरियो । अन्तिम समयमा दशौं कलाकार पनि आइपुग्यो । तर उसको खिल्ली उडाउन थाले । राजाले शान्त रहन आज्ञा गरे र दशौं बालकलाई अगाडि बोलाए । ऊ निर्भिक भएर राजाको अगाडि उभियो । उसको अनुहारमा आत्मविश्वासको चमक थियो । ऊ आफ्नो खिल्ली उडाइएकोमा अलिकति पनि चिन्तित देखिएको थिएन ।
बालक ! तिमीले मन्दिर किन ल्याएनौ ?’ राजाले नम्र र आत्मीय स्वरमा प्रश्न गरे । “क्षमा गर्नुहोस् महाराज ! हिजो यहाँबाट गएपछि दोस्रो प्रहरमा औजार निकालेर काम गर्न सुरु गर्न लागेकै थिएँ । यत्तिकैमा मेरो घरको सामुन्नेबाट जाँदै गरेको एउटा वृद्ध बटुवा रिङ्टा लागेर जमिनमा ढल्यो । विचरा एकदमै कमजोर र बिरामी थियो । मैले दौडेर गई उसलाई सहारा दिएँ ।उसको अनुहारमा पानी छर्के । मैले उसलाई सहारा दिएर आफ्नो घरमा सुताइदिए र उसको सेवा गरें । ऊ चाहन्थ्यो कि कोही उसको छेउमा बसेर शिरमा मालिस गरिदेओस् । मैले उसको यो इच्छा पनि पूरा गरिदिएँ । अघि भर्खर केही समय अघि त्यो बूढा आफ्नो घर गयो अनि म हतार– हतार हजुरकोमा उपस्थित हुनका लागि आएको हुँ ।
राजाले केही भनेनन् । चूपचाप नौवटा मन्दिरको निरीक्षण गरें ।“तिमीहरुले नौ जनाले बनाएको मन्दिर राम्रो छ ।अब म तिमीहरुलाई केही प्रश्न गर्छु । उत्तर देओ र आफैँ निणर्य गर ।” राजाले नौ जना बालकहरुतिर फर्केर भने ।
त्यसपछि राजाले प्रत्येकसँग प्रश्न गरे —“ के तिमीहरुको घरको सामुन्ने पनि कुनै बृद्ध वटुवा आएको थियो ?” यसको प्रश्नको जवाफमा सबैर्ले हो
आएको थियो ’भने । वास्तवमा ती सबैको घरको अगाडि बूढो बटुवा आएको थियो । रिङटा लागेर पनि थियो । तर ठीक समयमा मन्दिर बनाएर राजाबाट आकर्षक उपहार प्राप्त गर्ने मोहको चक्करमा कसैले पनि त्यो तिर ध्यान दिएका थिएनन् । राजाले ती मन्दिरहरुको फेरि निरीक्षण गरी नौजनातिर फर्किएर भने – “बाबु हो ! मन्दिर केलाई भनिन्छ ?”
जहाँ भगवान्ले बास गर्छन ’ सबैले एकै स्वरमा भने ।
राजाले मुसुक्क हाँस्दै भने – “त्यसो भए ठीक छ , भगवान् हामी सबैको मनमा बस्छन् , होइन त ? फेरि हामी मनलाई के भन्ने र्? मन्दिर भन्ने ’ सबैले एकै स्वरमा भने – “ अब तिमीहरु नै भन , सबैभन्दा उत्तम मन्दिर कसले लिएर आएको छ ? सबैले एकै स्वरमा भने – “ महाराज ! हामीबाट भूल भएको छ । हामीले त काठको मन्दिर बनाएर प्रस्तुत गर्यौं । तर उसले त आफ्नो मनको दयाभावले भरिपूर्ण मन्दिरलाई सजाएर प्रस्तुत गरेको छ । उपहार उसलाई नै दिनु जरुरी छ ।
प्रसन्न हुँदै राजाले दशौं युवकलाई सुन्दर र महङ्गो उपहार दिए र बधाई दिदै भने र्– बाबु ! बृढ बटुवा भेषमा म नै सबैको घर अगाडि पुगेको थिएँ । र , रिङटा लागेर लडेको पनि थिएँ । काठको मन्दिर कलात्मक त हुन सक्छ । तर सबभन्दा पहिले मनको मन्दिरलाई सफा बनाउन ुजरुरी छ । तिमीले काठको मन्दिर बनाएनौ । तर लोभबाट टाढा रहेर बृद्धलाई सहारा दियौं । त्यसैले पुरस्कारमा तिम्रो नै हक छ । यी सबैको निर्णय यही छ । ”
त्यसैले भनिन्छ – बुढापाका , अन्धा, अपाङ्ग र असहायको सेवा गर्नेलाई ईश्वरले सधैं माया गर्छन् । उनीहरु यस जुनिमा मात्रै होइन सयौं जुनिसम्म पनि सुखीसाथ बाँच्न सक्छन् ।