जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज नियात्रा

चन्द्रगढीदेखि भेल्लोरसम्मको यात्रा

देवीचरण भण्डारी देवीचरण भण्डारी
प्रकाशित ३ असार २०७९, शुक्रबार
नियात्रा भित्र
0
चन्द्रगढीदेखि भेल्लोरसम्मको यात्रा

२०७७/१०/२५ गते आइतबार । गीताजीको स्वास्थ्योपचारको लागि भारतको तामिलनाडू राज्यको भेल्लोरस्थित सिएमसी मेडिकल कलेज जाने तयारी गरेको एकवर्ष हुन लागेछ ।विश्वभरि नै कोरोना ( कोभिड–१९) को महामारीका कारण हाम्रो देशमा २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन सुरु भयो । हामी त्यसतर्फ जान सकेनौं । गीताजीलाई बीचबीचमा निकै समस्या देखियो । निकै गलिन्, निकै थाकिन् तर पनि जीवनदेखि निरास र हतास कहिल्यै बनिन्, बनेकी छैनन् । उच्च मनोवलका साथ उनी रोगसँग लडिरहेकी छन्, संघर्ष गरिरहेकी छन् । अहिले कोरोनाको कहर केही हदसम्म कम भएको महसुस गरिएको छ ।नेपाल सरकारले तोकेका सीमा नाकाहरुबाट भारततर्फ जान केही सहज भएकाले हामीले भेल्लोर जाने निश्चय गर्यौं । विर्तामोडमा भएको एउटा साहित्यिक कार्यक्रममा कञ्चनजङ्घा एफ.एम.का प्रवन्ध निर्देशक काका चन्द्र भण्डारीसँग मेरो भेट भयो । भलाकुसारीका क्रममा मैले भेल्लोर जाने कुरा गरेँ । काकाले –“मैले पनि काकीलाई भेल्लोर पठाउनु छ । भतिजले टिकट काटेको छैन नि भनी सोध्नुभो । “प्राविधिक कारणले अनलाइन एपाइन्टमेन्ट लिन समस्या भएकाले एपाइन्टमेण्ट लिएको छैैन । त्यही भएर टिकट पनि काटेको छैन“ भनेँ मैले । काकाले “अहिले भेल्लोरमा हाम्रो भतिजो सुरेस (चेतन) उपचारको लागि गएको छ । मलाई गीताको हस्पिटल नं र आवश्यक कागज पठाउनु’ भनेपछि मैले काकाको आज्ञा पालन गरेँ । नभन्दै एपाइन्टमेण्ट पनि भयो, जहाजको टिकट पनि भयो । यसका लागि काकाश्रीप्रति आभारी छु । माघ ३० गतेको एपाईन्टमेण्ट भएकाले तीनचारदिन अघि नै जानुपर्ने भयो । कोरोना टेष्ट अनिवार्य रहेछ ।त्यसको रिपोर्ट बिना उपचारको प्रक्रिया नै अघि नबढ्ने भन्ने बुझिएकाले हाम्रो टिकट माघ २६ (तदनुसार ८ फेव्रेरी २०२१) तय भयो । अघिल्लै दिन अर्थात् माघ २५ गते नै हामी घरबाट निस्कियौँ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष आदरणीय लोकराज ढकालसँग पनि भेल्लोर जाने विषयमा मेरो एकदुईपटक कुराकानी भएको थियो । उहाँ नियमित परीक्षणका लागि भेल्लोर गइरहनु हुन्छ । उहाँले पनि सकारात्मक सल्लाह दिनु भएको थियो । अलिक दिनपछि कोरोनाको भ्याक्सिन लगाएर जानुपर्र्छ भन्नु भएको थियो । गीताजीको स्वास्थ स्थिति दिनानुदिन कमजोर बन्दै गइरहेका कारण धेरै समय व्यतीत गरेर उनलाई अझ धेरै कमजोर बनाउन मनले मानेन । मैले लोकराज सरसँग फेरि सम्पर्क गर्न सकिनँ । सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकिन । सम्पर्क नभइ हिँडनु परेकोमा अप्ठ्यारो महसुस भइरहेको छ । मेरो कान्छो सुपुत्र प्रभातको साथी आशीष राउतको पिता भोजराज राउतसँग गाडीको कुरा गरेको थिएँ । उहाँको दुईवटा निजी गाडी भए पनि उहाँले नभ्याएका कारण उहाँको साथी छत्र थापाजीलाई भनेर गाडी पठाई दिनुभयो । धुलावारीबाट लीना काकीलाई लिएर जानुपर्ने भएकाले हाम्रो मारुतीभ्यान लीना काकीकातिर मोडियो । तर बाटो भुलेर एकछिन अलमलमा पनि परियो । धुलावारीबाट लीना काकी (चन्द्र भण्डारीकी जीवनसंगी) लाई लिएर हामी काकरभिट्टा तर्फ लाग्यौँ, साथमा हामीसँगै जुली भण्डारी पनि हुनुहुन्थ्यो । बागडुुगरामा जुलीभाइकै सानीमाको घरमा हाम्रो बेलुकाको बसाईको टुङ्गो लागेको थियो । पानीटंकीबाट हामी हिँड्दै बसपार्कसम्म गयौँ । बाटामा ट््याक्सीवाहरुलाई स्पष्टीकरण दिँदादिँदा हैरान् । कहाँ जानु हुन्छ ? सिलगुडीसम्मको रु २५०/, रु ३००/– दिनु । पुर्‍याइदिन्छौँ भन्दै झोला तानौँला झैँ पो गर्छन् गाँठे । यो रोग हाम्रो नेपालमा पनि कम छैन । खासगरी बसवालाहरुको हरकत यस्तै पाइन्छ नेपालमा पनि । अझ यात्रीहरुको झोला तान्ने र पाखुरामा समाएरै घिसार्न खोज्ने पनि गर्छन् त्यहाँ । जुलीभाइ हाम्रो साथ भएकाले सजिलै भयो बागडुगरासम्मको यात्रा ।

विहारमोडको बास र प्रधान परिवारको न्यानो आतिथ्य
अपरान्ह तीन बजे बागडुगरा बिहारमोड उत्रियौं हामी । यो ठाउँ त म निकैचोटि आएको छु तर एशियन हाइवे निर्माण भएपछि भने अलमलिने रहेछ । अर्कै नयाँ स्थानमा आएजस्तो लाग्यो । एशियन हाइवे बनेपछि त सिलगुडी जाने बाटो पनि फराक र चिल्ला बनेका रहेछन् । छोटो समयमा भारतले गरेको आर्थिक तथा भौतिक विकास देखेर आफ्नो राष्ट्रलाई सम्झिएँ । विरक्त लागेर आयो । हाम्रा गाउँ शहर र हाटबजारका बाटाघाटा सम्झिएँ र सम्झिएँ हाम्रा देशका तथाकथित र स्वनामधन्य नेताहरुलाई । धिकार्न मन लाग्यो उनीहरुलाई । सत्ता, भत्ता, पद र कुर्सीका लागि देश जतासुकै जाओस्, जेसुकै होस्, मतलव हुन्न उनीहरुलाई । केवल व्यक्तिगत र पार्टीगत स्वार्थ मात्र हेर्ने गर्दछन् । जसका कारण हाम्रो देश विकास हुन सकेको छैन । जुलीभाइले फोन सम्पर्क गर्नुभो उहाँको सानीमाको छोरा गोविन्द प्रधानलाई । केही क्षण पर्खिएर बस्यौँ । यो पर्खाईको समयलाई सदुपयोग गर्दै हामीले केही फलफूल किन्यौँ । गीताजीको लागि अम्मक र स्टाबेरी र हामीलाई काशीवयर । गोविन्द भाइ आएपछि सिटीरिक्सा चढेर हामी घरतर्फ लाग्यौँ । झण्डैझण्डै भेल्लोरका गल्ली जस्तै । काठमाडौंको असनको गल्ली भन्दा पनि फरक नपर्ने । एकदुईचोटी मात्र त्यहाँ पुगेको मान्छे त हत्तपत्त पुग्नै सक्तैनन् होला । जुलीभाइ गइरहने गरे पनि गल्लीको बाटोमा अलमलिन्छुु भनेर गोविन्दजीलाई बोलाउनु भयो ।

हामी घरमा पुगेर आराम गर्‍यौं । घरका सदस्यहरु सानीमा रत्ना प्रधान, जेठोे छोरो–बुहारी गोविन्द+नीतु प्रधान । यो दम्पतीको एकमात्र सन्तान सुपुत्र मयांक । कान्छोछोरा–बुहारी गौतम+मिठुु प्रधान (बंगाली जातिकी) । यो दम्पत्तीको दुई सन्तान रहेछन् । छोरी कृतिका र अन्वी । कृतिका भने जन्मदै निकै ठूलो समस्या लिएर जन्मेकी रहिछन् । जन्मदै मलद्वार रहेनछ उनको ।डाक्टरले अपरेसन गरेर भुँडीबाट आन्द्रा बाहिर निकालेर आन्द्राबाट मल निष्काशनको व्यवस्था गरिदिएको रहेछ । जिब्रो पनि बाहिर झुण्डिएको थियो रे । खाना खुवाउन निकै सकस । विस्कुट घोलेर जसोतसो खुवाउने गरेको रहेछ । यी कृतिका नानीको उपचारका लागि प्रधान परिवारले निकै दु:ख र खर्च गरेका रहेछन् । भारतको बैँगलोर स्थित मणिपाल अस्पतालसम्म पनि पुर्‍याएका रहेछन् । एकडेढ महिनापछि आउनु १,५०,०००/– जति खर्च लाग्छ भनेर फिर्ता पठाएका रहेछन् । आफ्नो मुटुको टुक्रा, जेठी सन्तानको अवस्था त्यस्तो भएपछि सिंगो प्रधान परिवार चिन्तित हुनु स्वाभाविकै थियो । तर हिम्मत भने हारेन यो परिवारले । बैंगलोरबाट फर्किएपछि काठमाण्डौ लिएर गएछन् छोरीलाई । त्यहाँ छोरीको रोगको पहिचान भएछ । “छोरीको तौल ५ केजी भएपछि लिएर आउनु । अपरेसन गरेर मलद्वार बनाउनु पर्छ तर यस्ता समस्या भएकाहरुको १०० प्रतिशत नै सफल हुन्छ भन्ने ग्यारेण्टी चाहिँ हुदैन । सफल हुन पनि सक्छ, नहुन पनि सक्छ । रिस्क तपाईंहरुले नै लिनु पर्र्छ’, डाक्टरले यसो भनेपछि पनि यो परिवारले हिम्मत हारेन । छोरीको त्यो अवस्था देखेका र भोगेका प्रधान परिवारले रिक्स लिन मञ्जुर गर्‍यो । थाइराइडको औषधी लिएर फर्कियो यो प्रधान परिवार काठमाडौंबाट । काठमाडौंबाट फर्किएपछि थाइराइडको ओखती खान थालेपछि नानीलाई निकै सुधार हुँदै गयो । खाना खान सहज हुँदै गयो । वजन पनि बढ्दै गएछ । कालीबाख्रीको दुधले ससाना बालबालिकाहरुलाई ओखतीको काम गर्छ भन्ने सुनेर कालीबाख्री खोजेर, किनेर ल्याएछन् प्रधान परिवारले । वैज्ञानिक कारण पनि छ कि अन्धविश्वाश हो यो, त्यो त थाहा छैन । यो कुरा सुनेर भने अचम्म लाग्यो मलाई । त्यसो त बाख्रीको दुध होस् या गाईभैँसीको दुध होस्, यसले बालबालिका मात्र हैन युवा तथा बृद्धबृद्धा सबैलाई फाइदा गर्छ भन्ने कुरामा द्विविधा छैन मलाई । कालीबाख्रीको दूध खुवाउन थालेपछि नानी हृष्ठपुष्ठ हुँदै गइछन् । नानीको तौल ५ केजी पुगेपछि फेरि काठमाडौं लिएर गएछ यो परिवारले छोरीलाई । सबै टेष्ट गरेर अपरेसन गर्ने तयारी भइरहेको बेला नानीलाई पखाला चलेछ जसको कारण अपरेसन नगरी फर्किनु पर्यो । घरमा आएको केही समय पछि नानीको वजन पुन: आधाकेजी बढेछ । फेरि काठमाडौं लगेर अपरेसन गरियो नानीको । संयोग नै भन्नुपर्र्छ, अपरेसन सफल भयो । स्वाभाविक रुपमा प्रधान परिवार खुसी भयो अपरेसन सफल भएपछि । तर नानीलाई मल त्याग गर्न भने समस्या भएछ । आन्द्राबाट ट्वाइलेट भइरहेको अवस्थामा त्यहाँबाट ट््वाइलट हुने अवस्था बन्द भएपछि मलद्वारबाट ट््वाइलेट गर्न नजानेर फेरि समस्या भएछ नानीलाई । ट््वाइलेट हुन खोज्दा नानी त डरले कराउँदै, चिच्याउँदै यताउता भाग्न थालिछन् । उनलाई समाएर ट्वाइलेट बसाउनु पर्ने अवस्थाको सिर्जना भएछ । बिस्तारै बानी पर्दै गइछन् । उनको बोली प्रष्ट आउँदैन । फरक क्षमताकी भइन् उनी । तर उनमा विलक्षणको प्रतिभा देखिन थाल्यो । उनी अहिले १२ वर्षकी भएकी छन् । हेर्दा ७/८ बर्षकी झैँ लाग्छ ।पाक्कपुक्क परेकी छन् । श्रवण शक्ति भने आम मान्छेको भन्दा कडा छ । सबै कुरा बुझ्दछिन् । मोवाइलमा वंगाली, हिन्दी, नेपाली गीतका म्युजिक भिडियो डाउनलोड गरेर राखेकी छन् । मोबाइलमा भएको म्युजिक भिडियो बजाएर नाचिरहने उनको स्वभाव नचिनेका, नजानेका मान्छेहरुसँग पनि चाँडै घुलमिल भइहाल्ने । एकरात बिताइयो प्रधान परिवारको घरमा तर उनले हामी सबैलाई माया लगाइन् । प्रधान परिवारका सबै सदस्य फरासिला, मिजाशीला, हँसिला र मिलनसार पनि उत्तिकै । खुलेर गफगाफ गर्ने । गीताजीको खानपिनमा निक्कै ध्यान दिनुभो कान्छी बुहारीले । बंगाली मूलकी भएर पनि मज्जाले नेपाली भाषामा कुराकानी गर्न सक्ने । हामीलाई आफ्नै घरमा भएको जस्तो अनुभूति भयो घरका सदस्यहरुको व्यवहारले ।

विहारमोडबाट प्रस्थान र भेल्लोरको बसाई
भोलिपल्ट विहान सुख्खारोटी र आलुभाजीको नास्ता गरेर हामी बागडुगरा एयरपोर्टतर्फ लाग्यौँ । जेठो छोरो गोविन्दले ट्याक्सीको व्यवस्थापन गर्नुभयो । जुलीभाइ र गौतम भाइ बागडुगरासम्म हामीलाई छोड्न जानु भयो । झण्डैझण्डै हतार हतार भयो हामीलाई । एयरपोर्टभित्र चेकजाँच गराई जहाज चढाउने कार्यमा हामीलाई ठूलो सहयोग गर्नुभयो कान्छी बुहारी मिठुका भाइले । भाइ बागडुगरा एयरपोर्टमै इण्डिगो एयरलायन्स कम्पनीमा काम गर्ने भएकाले हामीले कुनै असहज अवस्थाको सामना गर्नु परेन । हामी सहजताका साथ जहाजमा चढ्यौँ । यो सहयोगका लागि भाइलाई धन्यवाद छ अनि धन्यवाद छ मिठु बुहारीलाई जसले एयरपोर्टमा भएको आफ्नो भाइ गुड्लुसिंलाई फोन गरेर यो महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भयो । बागडुगराबाट विहान ८:१६ मा उड्यो हामी चढेको जहाज । जहाजभित्रै केही सिर्जना गरेँ मैले र यो संस्मरण पनि आधाजति लेखेँ । बैंगलोरमा जहाज अवतरण गर्दा ११:४६ बजेको थियो तर यात्रीलाई भने १२:०४ मात्र जहाजबाट ओराल्ने भयो । एयर एशिया कम्पनीको बसले हामीलाई ५ नं गेट अगाडि ल्याएर छाडिदियो । हामी ५ नं लगेज स्थलमा आएर हाम्रो झोलाको पर्खाईमा बस्यौँ तर झोला आएन । झोला नआएपछि हामीले सोधीखोजी गर्दा थाहा भयो हामी चेन्नाई जाने भएकाले हाम्रो झोला चेन्नाईमै पाइने रहेछ । हाम्रा झोलाहरु बैंगलोर एयरपोर्टमा पाएको भए ट्याक्सीमा भेल्लोर आउने सोच पनि थियो । त्यहाँबाट जहाज चेन्नाई प्रस्थान गर्ने समयसम्ममा त हामी भेल्लोर आइपुग्ने थियौँ । तर सोचे जस्तो कहाँ हुँदोरहेछ र ! जे भए पनि हाम्रा झोलाझ्याम्टाको टुङ्गो लागेपछि भने हामीलाई ढुक्क भयो ।

पाँचघण्टा भन्दा बढी समय बिताउनु पर्नेभयो हामीले बैँगलोर एयरपोर्टमा । एयरपोर्टको परिसरभित्र यताउता टहलिंदै क्याम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल बैंगलोरमा । ठाउँठाउँमा फोटो खिच्दै समय बिताउन थाल्यौँ । काकी र मैले सेण्डविच किनेर खायौँ । गीताजीलाई भने खानेकुराकै समस्या । एयरपोर्ट भित्र हरेक कुरा महङ्गो । एककप चिया खानुपर्यो भने रु १००।– कफी त झन् २७०।– ओहो ! सम्झदा पनि कहाली लाग्छ । हैन, जहाजमा यात्रा गर्ने जति सबै करोडपति, अरबपति नै हुन्छन् भन्ने ठानेको हुन्छ कि क्या हो सरकारले पनि ? सामान्य आर्थिक अवस्था भएका निम्न स्तर भएका मान्छे पनि त अति आवश्यक काम परेर यात्रा गरेका हुन्छन् नि ! ऋणपान गरेर हिँडेका हुन सक्छन् । कस्तो विचित्र छ संसार ! जति अप्ठ्यारो परे पनि जति अभाव र गरीवीले गाँजे पनि मानिसले बेहोर्नै पर्दो रहेछ । बेहोरिरहेका छन् बेहोरिरहेका छौँ । ४५ मिनेट समय लाग्छ चेन्नाई पुग्न भनेर एनाउन्स गरिए पनि ३० मिनेटमै अवतरण भयो जहाज । साँझ ७:३० बजेको थियो हामी चेन्नाईबाट भेल्लोरको लागि ट्याक्सी चढ्दा । बाटामा २ मिनेट गीताजीलाई औषधी सेवनका लागि ट्याक्सी रोकिएको बाहेक कतै रोकिएन ट्याक्सी । रातको १०:४५ बजेको थियो हामी भेल्लोर आईपुग्दा । काकी लीना मार्फत् होटलमा कोठा बुकिङ भइसकेको थियो हाम्रो । सिधै होटलमा ल्याइदिए हामीलाई टिकटको र होटल बुकिङको व्यवस्था गरिदिने जयले । उनको हामी बसेको होटलकै तल्लो तलामा राघवेन्द्र ट्राभल्स एजेन्सी रहेछ । निकै सहयोगी रहेछन् उनी । लीना काकीसँग पहिलेदेखिकै चिनजान रहेछ ।पैसाले समस्या पर्‍यो भनेपनि काम चलाउने । पछि नेपाल गएर उनको खातामा रकम पठाई दिँदा पनि हुने । यति सहयोगी अर्काको मुलुकमा पाउनु भनेको ठूलै कुरा हो भन्ने लाग्छ मलाई । जेहोस् हामीलाई सजिलै भयो । कोठामा सामान थन्क्याएर फ्रेस भएर खानाको खोजीमा निस्कियौँ । रातको १२ बज्न लागेको थियो यतिबेला । सबै होटलहरु बन्द भैसकेका थिए । सधैँ व्यस्त रहने गान्धीमार्ग सुनसान जस्तै देखिन्थ्यो । लाग्थ्यो यो शहरमा मान्छेको बस्ती छैन । मानवविहीन शहर हो यो । प्रशासनले निकै कडाई गर्दोरहेछ । ९ बजे रातीदेखि होटल पसल बन्द हुँदा रहेछन् । धन्न फुटपाथमा केही खानेकुरा भेट्यौँ । डोसा भनेर किनेको कोठामा ल्याएर खाँदा त बाबरको रोटी पो रहेछ । काकी र मलाई त जे खाए पनि खासै फरक नपर्ने तर गीताजीलाई भने जहाँ गए पनि खानकै समस्या पर्ने । घर छाडेर हिँडेपछि सोचे जस्तो, चाहे जस्तो कहाँ हुँदोरहेछ र ! परेजमा बस्छु भनेर मात्र पनि कहाँ सकिँदो रहेछ र ! जे भेटिन्छ, जे भेटियो त्यही खानेकुरा खाईन् गीताजीले पनि । खानु के थियो र ! केवल खाएको अभिनय गर्नु बाहेक । क्यान्सरको विमारीले त्यतिधेरै परेजमा बस्नुपर्दैन तर मृगौला फेलर भएका विमारीले भने असाध्यै धेरै परेजमा बस्नुपर्ने । पानी पिउँदा पनि बान्ता हुने उनलाई के ख्वाएर बचाउने भन्ने चिन्ताले मलाई सधैँ सताई रहन्थ्यो । उनको फुंग उडेको, गलेको, थाकेको र खिन्न भएको अनुहार देखेपछि मन थाम्नै कठिन हुन्थ्यो मलाई । मैले मेरो अनुहारमा म आफू निरास भएको, हतोत्साही भएको भावभंगिमा देखाउन हँुदैनथ्यो गीताजीको अगाडि । महादेवले कालकुट विष पिए झैँ मैैले पनि सारा पिरव्यथाहरु भुलेको अभिनय गर्नै पथ्र्यो । तर यसो गर्न मलाई निकै गाह्रो थियो । धेरैचोटि एक्लै एकान्तमा रोएको छु, छटपटिएको छु, तड्पिएको छु म । छातीभित्र दन्दनी आगो बले पनि, डढेलो लागे पनि मैले केही नभएको जस्तो व्यवहार गीताजीको सामु, छोराहरु र बुहारीहरुका सामु अनि आफन्त शुभचिन्तकहरुका सामु पनि गर्नै पथ्र्यो । जबजब गीताजीलाई खाना खुवाउने समय हुन्छ र खाना खुवाउँछौँ, त्यसबखत यति नरमाइलो लाग्छ त्यसको वर्णन गर्न असमर्थ छु म । कान्छो छोरो र बुहारीको पनि अवस्था मेरो जस्तै थियो । म भन्दा पनि उनीहरु अझ दुखित भएको उनीहरुको अनुहार पढेर थाहा हुन्थ्यो मलाई । म झन् दु:खित हुन्छु भनेर होला उनीहरु म र गीताजीको अगाडि कहिल्यै निन्याउरो भएनन् । आमाको मनोवल घट्छ भनेर पनि हुन सक्छ, केही नभएको जस्तो गर्थे उनीहरु । जेठोछोरो प्रतीक जर्मनमा भएकाले प्रत्यक्ष भेटघाट नभए पनि भिडियो कलमार्फत् बेलाबेला सम्पर्क गरिरहन्थ्यो । विदेशको ठाउँमा एक्लै बसेको ऊ, उसलाई झन् कति पीडा भयो होला यता आमाको दुवै मृगौला फेलर भएर मृत्यु नजिक पुग्न लाग्दा ।

प्रसंग खानेकुराको थियो, भावनामा पो वहकिएछु म । लजको बसाई । हामी बसेको कोठा साँगुरो र खाना पकाएर खान नमिल्ने भएकाले दुईरात र एकदिन बसेर त्यहाँबाट हामी जे.के भवनमा सर्‍यौं मिति २०७७/१०/२८ गते । जे.के. भवनमा यस अघि आउँदा हामी बस्ने गरेका थियौँ । लगभग त्यस लजका सबै स्टाफ र मालिक पनि हामीले चिनेका थियौँ । त्यहाँ सरेको पहिलो दिन भुइँतलामा अलिक महँगो कोठामा परियो । दुईदिन महँगो कोठामा बसाई भयो हाम्रो । दिनको रु ७५०।–। खाना पकाउने भाँडाकुडाको दैनिक रु १८/–खाना पकाउने २ केजी ग्याँसे सिलिण्डरको रु २६०/– दुईदिन पछि पहिलो तलामा दैनिक रु ५५०/–पर्ने कोठामा सरियो । त्यहाँ पनि बसाई लामो भएन हाम्रो । तेराख साहित्य प्रतिष्ठान धुलावारीको स्थापनाकालको तदर्थ समितिका सदस्य, संगै बसेर काम गरेका बासुदेव खतिवडा पनि सपरिवार (श्रीमती हेमन्ता र छोरा नितेस) उपचारका लागि १०/११ दिन अघि नै आउनु भएको रहेछ । उहाँहरुसँग लीना काकीले सम्पर्क गर्नु भयो । वसन्तम् एपार्टमेण्टमा बस्नु हँुदो रहेछ दैनिक रु ३५०/– कोठा भाडा तिरेर । हामी पनि उहाँहरु बसेको लज हेर्न गयौं । कोठा ठीकठीकै लाग्यो र सस्तो पनि । खाली कोठा छन् कि भनी बुझ्यौँ । खाली भएपछि खवर गर्नु है भनी हामी फर्कियौँ । भोलिपल्ट कोठा खाली भएछ । कोठा बुक गरेर हामीलाई खवर गर्नुभो उहाँहरुले । हामी पर्सिपल्ट मात्र कोठा सर्‍यौं तर अघिल्लै दिनदेखिको भाडा तिर्नेगरि । यहाँ आएर बसेपछि मात्र थाहा भयो, कोठा वास्तवमै साँगुरो रहेछ र दुईवटा बेड मात्र । त्यसैमा तीनजना एडजस्ट हुनुपर्ने । गद्दा सरेर बिचमा सुत्ने मान्छे भुइँमा लडिन्छ कि भन्ने डर । ब्यूँझेपिच्छे गद्दा ठेलेर मिलाउनु पर्ने । निकै असुविधा भयो हामीलाई । यतिबेला भने “सस्तो बेसाहाले पखाला चलाउँछ“ भन्ने उखानको याद आयो। भो अब कोठा सर्नेमा ह्याट्रिक नहानौँ भनेर यसै कोठामा काम चलाउँ भनेर बसियो । त्यसो त यहाँ बस्ता प्रतिदिन भारु २००/– वचत पनि भएको छ । गीताजीको चेकअप त १२ फेबु्रअरीमै सकिएको हो तर काकीलाई पर्खनु परेकाले बस्नैपर्ने वाध्यता थियो हामीलाई । दिनभरी कोठामै बसिरहन पनि दिक्क लाग्ने भएकाले नपुगेका ठाउँ र पुगेकै ठाउँहरुमा पनि घुमफिर गर्‍यौ हामीले । १६औँ शताब्धीमा निर्माण भएको टिपु सुल्तानको दरबार र मन्दिरको अवलोकन गर्न यसपटक पनि पुगियो । यसअघि नपुगेको स्थान रत्नागिरी मोर्गन टेम्पल भने यसपटक पुग्ने अवसर मिल्यो । भेल्लोरको बस स्टेण्डबाट बस चढेर गइयो । प्रतिव्यक्ति बसभाडा रु १५/ भव्य मन्दिर । मन्दिर निकै उचाईमा अवस्थित । गीताजीलाई उकालो हिँडाउन कठिन हुने भएकाले अटोरिक्सामा ६०/– तिरेर मन्दिर पुगियो । १४ औँ शताब्धीमा निर्माण भएको यो मन्दिर निकै आकर्षक र कलात्मक थियो । तामिलनाडु राज्यमा अधिकांश हिन्दुहरुको बसोबास । घरैपिच्छे जस्तो मन्दिर, घरको दैलो अगाडि विहानै सेतो पिठोको रेखी हालेर रंगोली जस्तो आकार बनाएर विहान बेलुकै पूजा गर्ने, महिलाहरुले कपालको पछाडि चुल्ठोमा सेतो फूल लगाउने चलन रहेछ भेल्लोरमा । भेल्लोरमा मात्र हैन तामिलनाडुु राज्यभरि भन्दा पनि हुन्छ । अनि त्यसमा पूजा गर्ने गरेको देखिन्छ । कुभिण्डो, नरिवल, कागती र केराको पातको निकै महत्व रहेछ यहाँ । कुभिण्डो, नरिवल र कागती पूजाआजा गर्दा आवश्यक पर्दोरहेछ । पूजा गरिसकेपछि त्यसमाथि बाती बालेर जमिनमा पछारेर फुटाउने गरिंदोरहेछ र फुटेको ठाउँमा रातो अविर दलिंदो रहेछ । हाम्रो हिन्दु संस्कारमा दशैँमा बलि दिने चलन छ अझै पनि । प्राणीको सट्टा फलफूलको बलि दिएको हो कि जस्तो लाग्यो । केराको पात यहाँको विशेष रहेछ र खाना खान दिँदा होटलहरुमा केराको पातमा दिइन्छ । यसलाई शुद्ध मानिन्छ । वास्तवमै केराको पातलाई धोईपखाली गरेपछि शुद्ध हुन्छ नै होला । हामी भेल्लोर शहर भित्रै रहेको “पचैयाप्पाज सिल्क“ नामको कम्प्लेक्समा पनि गयौँ । पाँचतले सो व्यापारिक भवनमा रेडिमेड लुगा कपडादेखि जुत्ता चप्पल, पेटी लगायतका सामाग्रीहरु पाइँदोरहेछ । प्रत्येक तलामा भेराइटी भेराइटीका सामान, ड्रेस लगाएर बसेका कर्मचारीहरु, सबै कारोवार कम्प्युटराइज सिस्टमबाट हुुने । हामी पनि लिफ्ट चढेर चौथो तलासम्मको अवलोकन गर्‍यौं र केही रेडिमेड कपडाका आइटमहरु खरिद गर्‍यौं । तेस्रो तलामा खरिद गरेका बिल रकम एटिएमकार्डबाट सजिलै भुक्तानी भयो तर ग्राउण्ड फ्लोरमा भने एटिएमबाट भुक्तानी हुन सकेन र नगदै भुक्तानी गर्नुपर्‍यो । भेललोरबाट १५ कि. मी. टाढा रहेको रत्नागिरी हिलमा अवस्थित मोर्गेन टेम्पल र २० कि.मी. टाढा दक्षिणतर्फ रहेको साई बाबाको मन्दिरको पनि अवलोकन गरियो यसपटक । यी दुवै स्थानमा यस अघि पुगेका थिएनौँ हामी । साई मन्दिर जाँदै गर्दा बाटामा टेम्पो रोकेर तरबुजा किन्यौँ र खायौँ । गर्मी निकै थियो । तरबुजा खाएकाले शीतल भएको अनुभव भयो । मन्दिर पनि व्यापारीकरण भएको छ आजभोलि । ठाउँठाउँमा पर्यटकहरुलाई पासो थापे जसरी अप्ठ्यारोमा पारेर रकम असुल्ने गरिन्छ । पैसा नदिई धरै नपाइने । नेपालमा भन्दा भारतमा यो प्रबृत्तिलेसायद प्रश्रय पाएरै होला अलिक बढी मौलाउने अवसर पाएको ? १८ फ्रेब्रेरीको जहाजको टिकट कन्फर्म भइसकेको थियो हाम्रो । तर पनि हामी रिस्क जोनमै थियौँ । काकी लीनाको सिटीस्क्यानको रिपोर्ट १६ तारिकमा डाक्टरलाई देखाउनु थियो । डाक्टरले त्यो रिपोर्ट हेरेर फेरि थप टष्ेट लेखिदिए भने के गर्ने होला भन्ने सवाल जिउँदै थियो । टिकट काटे पनि धरमर धरमरमा थियौँ हामी । तर धन्न सिटीस्क्यानको रिपोर्ट हेरेर अब समस्या छैन भनेर विदा दिए काकीलाई डाक्टर सञ्जित आरोनले । अब भने हामी ढुक्क भएर बस्यौँ । १७ तारिख (२०७७/११/५) त्यत्तिकै बसाई भयो हाम्रो । तर पनि सदुपयोग गर्‍यौं साईमन्दिर अवलोकन गरेर । १८ तारिक विहान ९:३० को फ्लाइट थियोे हाम्रो ।

चेन्नाई इन्टरनेशनल एयरपोर्टबाट प्रस्थान
चेन्नाई इन्टरनेशनल एयरपोर्टबाट ब्क्ष्च् ब्क्क्ष्ब्को लफईट नं १५–५१७ को उडान थियो हाम्रो । टिकटमा कलकत्ता १ घण्टा ५० मिनेटको ट्रान्जिट लेखिएको थियो । तर चेन्नाईबाट हैदरावादतर्फ उड्यो हामी चढेको जहाज । हैदरावादबाट हामी चढेकै जहाज कलकत्ता जाने रहेछ । ९:४५ मा हैदरावादमा अवतरण गरेको जहाज ११:३५ बजे त्यहाँबाट उडान भर्‍यो । प्लेनबाट उत्रन पाइएन । हैदरावाद र कलकत्ता दुवै स्थान हाम्रा लागि नयाँ थिए । हैदरावादबाट १२:३० मा उड्यो हामी चढेको जहाज । १:४५ बजे कलकत्तास्थित नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्‍यो । आज बिहानैदेखि गीताजीलाई सञ्चो भएन । पूरा रात ननिदाइकन नै बित्यो । खै के के सम्झिन् कुन्नी ! राती ११ बजेतिर सुतेका थियौँ । गीताजी निदाइन् होला भनेको आँखाबाट आँसु झारी रहेकी मैले थाहा पाएपछि सम्झाउन थालेँ –“तिमीलाई केही हुन दिँदैनौँ । अन्तत: किडनी ट्रान्सफर गर्ने नै हो, तत्काल आवश्यक परे डायोलोसिस गर्ने हो । तिमी किन आत्मबल कमजोर बनाउँछौ ?’ भनेर सम्झाएँ । डाक्टरले दुईवटा विकल्प दिएका छन् । पहिलो विकल्प डाइलोसिस र दोस्रो विकल्प प्रत्यारोपण । हामी दुवै विकल्पका लागि तयारै छौँ त । किन यसरी कमजोर बनाउँछौ आफूलाई । तिमीलाई कुनै पनि हालतमा यत्तिकै मर्न दिदैनौँ । प्रत्यारोपण नै गर्नुपर्‍यो भने पनि नेत्रकाकाले मृगौला दिन्छु भन्नु भएकै छ । यसरी मनोवल गिराउनु हुँदैन । मैले निकै सम्झाएँ गीतालाई । काकीले पनि गीता रोएको र मैले उनलाई सम्झाएको थाहा पाउनु भएछ र काकीले पनि गीताजीलाई सम्झाउनु भयो । त्यसपछि मात्रै गीताका आँखाबाट आँसु रोकिए । बाहिरफेर कहिल्यै आफूलाई कमजोर नदेखाउने, उच्च मनोवल भएकी मान्छे, भेल्लोर छाड्ने रात यसरी रुँदा मलाई पनि मानसिक रुपमा निकै कमजोर बनायो । सायद गीताजीलाई लाग्यो होला – सिएमसी भेल्लोरमा मेरो उपचार भएन, डाक्टरले विदा दिइन्, म बाँच्तिन होला ! मेरो यो उमेरमै अन्त्य हुनेभो । आदि इत्यादि सोचिन होला र मन थाम्न नसकेर आँसुको माध्यमबाट पीडा बगाएर हलुका हुन खोजेकी । तर त्यस्तो बिल्कुल हुँदै होइन । डाक्टरले हाम्रै सहजताका लागि नेपालमै थप उपचार गराउनु भनेकी हुन् । हामी तीनैजनाले रातभरी आँखा नझिम्काइकनै रात बितायौँ । रात बिताउनु थियो जसरी पनि बिताइयो । विहानको राती ३:३० बजेको आलराम बनाएँ मैले तर काकीले “ढिलो हुन्छ भतिज, २:३० को बनाउनु” भनेपछि फेरि २:३० को आलाराम बनाएँ । तर आलारामको काम नै आएन । हामी तीनैजना ननिदाइकनै २:३० बज्यो । ३:१५ मा हामी कोठाबाट निस्कियौँ । झोलाझ्याम्टा निकै भारी थिए । हाम्रो दुईवटा झोला निकै गह्रौँ थिए । काकीको एउटा ब्याग गह्रौँ थियो । जसरी तसरी होटलबाट ब्यागहरु निकालेर तल झर्‍यौैं । अघिल्लै दिन लजको हिसावकिताव फस्र्याई सकेकाले हिँड्नेबेलामा सजिलो भयो । सिँढीछेउमै होटलको मेनेजर सुत्ने गर्दथे । उनलाई उठायौँ र गेट खोल्यौँ । हामीलाई छाडन हेमन्ता भाउजू गेटसम्म आउनु भयो । हामीले कोठा छाड्नेबेलामा हामीले प्रयोग गरेर बँचेको ग्याँसको सिलिण्डर पनि दियौँ । जेके भवनमा चाहिँ यसरी प्रयोग गरेर उब्रिएको ग्याँस नापेर पैसा फिर्ता गर्दथ्यो तर यहाँ त्यसो गर्दो रहेनछ ।मैले उदाहरणसहित भन्दा पनि उसले मानेन । “हामीसँग ग्याँस नाप्ने मेशिन पनि छैन, पैसा पनि रिटर्न हुँदैन, बरु तपाईहरुको उब्रिएको ग्याँस मेरो होटलमा सरसफाई गर्ने मान्छेलाई दिन्छु गरिव दु:खी मान्छे खुसी भएर लान्छ” भन्यो मेनेजरले । मनमनै रिस पनि उठ्यो । हामीले तिरेको पैसामा तिम्रो मनमौजी ? भनेँ मैले – हामीले किनेको, हामीले चलाएको ग्याँस हाम्रो मान्छेलाई दिन्छौँ । त्यो हाम्रो खुसीको कुरो हो । हाम्रो सम्पत्तिमा हाम्रो निर्णय लागु हुन्छ कि तिम्रो ? तिमीले भन्दैमा हुन्छर ! भनेपछि उनले केही भन्न सकेनन् । बिहान ३:३० बजे ट्याक्सी पनि आइपुग्यो । ट्याक्सी चढेरहामी चेन्नाईतिर लाग्यौँ । बाटामा ड्राईभरसँग कुरा गर्दै गयौँ । हिन्दी निकै राम्रो बोल्दा रहेछन् । हामीलाई सजिलै पनि भयो । ट्याक्सीमा एसी चलाए ड्राइभरले । विहानै पनि गर्मी गर्मी भयो ट्याक्सीमा । एसीकै कारणले हो वा अन्य कारणले गीताजीलाई बान्ता भयो । ड्राईभरले कभरपेपर (बान्ता हुँदा प्रयोग गरिने प्लाष्टिक) बोकेको रहेछ गाडीमा । उनले आवश्यक परे माग्नु होला भनेपछि मैले मागीहालेँ । “एकपटक सिएमसीकै एकजना इन्जिनियर र उसको सहायकलाई लिएर चेन्नाई जाँदा सहायकले ट्याक्सीको झ्यालको सिसा खोलेर बाटाभरि बान्ता गरेर टयाक्सी नै खराव गरिदिएको र त्यसपछि भने कभरपेपर राख्ने गरेको भनेर ड्राइभरले आफ्नो अनुभव सुनाउन पनि भ्याए हामीलाई । दुईतीन पटक बान्ता भयो चेन्नाई पुगुञ्जेलसम्म गीताजीलाई । मलाई लाग्यो एसीको कारण भन्दा पनि उनको बिमार र अनिँदोको कारण भमिटिङ भएको होला । ट्याक्सीभित्रै निकै गलेको देखिन्थिन् उनी । मन अमिलो भयो मेरो पनि । टुलुटुलु हेर्नु बाहेक के पो गर्न सक्थेँ र म ! उनलाई जति पीडा हुन्छ, त्यति नै मलाई पनि पीडा हुन्थ्यो । अरुबेला तीनघण्टा समय लाग्ने बाटो आज भने बिहानको राती भएकाले बाटो खुला भएका कारण दुईघण्टामै चेन्नाई पुगियो । विहान ५:५० मै पुगियो चेन्नाई । “मलाई हिजो बेलुकै थाहा भएको भए भेल्लोरबाट विहान ५:३० मा मात्र चेन्नाई तर्फ जाने सुझाव दिन्थेँ । तपाईंहरुले २/३ घण्टा बिताउनुपर्ने भो” ड्राइभर सुकेसले भन्दै थिए हामीलाई । विहान सातबजे चेकजाँचमा गयौँ । एयर एसियाको चेकजाँच काउण्टरमा गयौँ । गीताजी र मलाई त समस्या भएन । हामीसँग पासपोर्ट भएकाले सहजै भयो । तर काकीलाई भने एकछिन अप्ठ्यारो पार्‍यो त्यहाँको कर्मचारीले । काकीको पासपोर्ट थिएन । नागरिकता देखाएको, यसले हुँदैन भन्यो । टिकटमा अङग्रेजीमा ीभभलब द्यजबलमबचष् लेखिएको छ । अंग्रेजीमा लीना भण्डारी लेखिएको फोटो सहितको आईडी चाहिन्छ नत्र हुँदैन । “मैले लीना भण्डारी भनेको मान्छेयही हो भनेर कसरी चिन्छु ? मैले पनि जागिर जोगाउनु पर्छ“ भन्दै हाम्रो कुरा सुन्दै नसुनौला झैँ गर्‍यो उसले । नेपाल र भारत सरकारका बीच भएको सन्धिमा दुवै देशका नागरिकलाई एकअर्को छिमेकी राष्ट्रमा भिजिट गर्दा पासपोर्ट आवश्यक पर्दैन भनेर तर्क गरेँ मैले । त्यसमा अंग्रेजीमा काकीको नाम भए पनि फोटो थिएन । उसले मेरो कुरामा सहमती जनायो तर फेरि पनि माथिकै कुरा दोहोर्‍यायो । सिएमसी (क्रिस्चियन मेडिकल कलेज, भेल्लोर) को हस्पिटल कार्ड पनि देखायौँ । मैले र काकीले निकै तर्कवितर्क गरेपछि उसले सिनियर अर्को कर्मचारीलाई सोध्यो । उसले के भन्यो कुन्नी, त्यो त थाहा भएन । तर एकपटकलाई जानु होला र फेरि यसरी भ्रमण गर्दा पासपोर्ट वा अङ्ग्रेजीमा फोटोसहितको आईडी लिएर भ्रमण गर्नुहोला भनेर सल्लाहकारको भूमिका पनि निर्वाह गर्न भ्यायो त्यो कर्मचारीले । हामीले पनि ठीक छ सर भन्दै सहमति जनायौँ । अब भने हाम्रो तनाव कम भयो र हामी भित्र छिरेरजाँचकीको अन्तिम चेकजाँचमा पुग्यौँ । विहान ९:३० मा जहाज चढ्न पुगियो । करिव ९:४५ भएको थियो होला जहाजले भुइँ छोड्दा । चेन्नाईबाट हैदरावाद र हैदरावादबाट कलकत्ता हुँदै हामीलाई बेलुका ३:४८ मिनेटमा बागडुगरा अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरायो हामी चढेको जहाजले । लगेज आउन्जेल पर्खनै पर्‍यो । बाहिर निस्कदै गर्दा ट्याक्सीवालाहरुको होहल्लाले हैरान भयौँ हामी । म यतिमा लान्छु, उतिमा लान्छु भन्दै झोला तानौला झैँ गर्छन् । बल्लबल्ल एउटा ट्याक्सीसँग भारु ५००/– मा सहमति भयो र त्यसैमा चढेरकाकरभिट्टा तर्फ लाग्यौँ ।

काकरभिट्टाबाट सिधै हामी धुलावारी लीना काकीलाई छोड्न गयौँ । काका चन्द्र भण्डारीले खाना पकाई सक्नुभएको रहेछ । खाना खाएर हामी त्यहाँबाट प्रस्थान गर्दा ७:३० भइसकेको थियो । सवारी साधन आफ्नै भएकाले समस्या केही भएन । चन्द्रगढीस्थित घर आईपुग्दा रातको ८ बजिसकेको थियो ।


Tags: चन्द्रगढीदेखि भेल्लोरदेवीचरण भण्डारी’सरोज“
अघिल्लो पोष्ट

दियाको बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’

पछिल्लो पोस्ट

हे ईश्वर !

देवीचरण भण्डारी

देवीचरण भण्डारी

सम्बन्धित पोष्टहरू

ऐतिहासिक अवशेषमा पिलपिल
नियात्रा

ऐतिहासिक अवशेषमा पिलपिल

१२ पुष २०८०, बिहीबार
सुनेको मुस्ताङ, देखेको मुस्ताङ
नियात्रा

सुनेको मुस्ताङ, देखेको मुस्ताङ

७ भाद्र २०७९, मंगलवार
चित्लाङमा चित् खाइयो
नियात्रा

चित्लाङमा चित् खाइयो

२ श्रावण २०७९, सोमबार
लोकवार्ता – एक अभियान
नियात्रा

लोकवार्ता – एक अभियान

१४ असार २०७९, मंगलवार
पछिल्लो पोष्ट
हे ईश्वर !

हे ईश्वर !

यात्रा र अनुभवहरु–३

यात्रा र अनुभवहरु–३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

चराहरूको पहाड चढ्दा

चराहरूको पहाड चढ्दा

४ जेष्ठ २०७९, बुधबार
 छोरी र छाया

 छोरी र छाया

४ जेष्ठ २०७९, बुधबार
खाली सिद्धान्त र विचारमात्र थोपरेर त्यो कुनै हालतमा साहित्य हुँदैन : कल्पना प्रधान

खाली सिद्धान्त र विचारमात्र थोपरेर त्यो कुनै हालतमा साहित्य हुँदैन : कल्पना प्रधान

४ जेष्ठ २०७९, बुधबार
हिन्दू

हिन्दू

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक