जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज नियात्रा

लोकवार्ता – एक अभियान

शीतल गिरी शीतल गिरी
प्रकाशित १४ असार २०७९, मंगलवार
नियात्रा भित्र
0
लोकवार्ता – एक अभियान

आधुनिक समाज धेरै चीजका लागि लोकको ऋणी छ — यसकारण लोकवार्ता परिषद् अभियानको रुपमा लोकले गर्ने गरेको खेतीपातीको तरिका, बीउविजन, लोकले बासको चोयाबाट बनाउने विभिन्न सामान, लोकल प्रविधिले बनेको खोलाको काठेपुल, लोकको बाजा, लोकको गीत संरक्षण गरिनुपर्छ, सो बारे अध्ययन गरिनु पर्छ र पछिल्ला पुस्ताले यथार्थ थाहा पाउनु पर्छ — हो यस्तै कार्यलाई अभियान बनाएर हिँड्ने गरेको छ । लोकको बीचमा गएर गरिएको सङ्गोष्ठी धेरै प्रभावकारी हुन्छ भन्ने विद्वान्हरुको मत छ ।

२०७५ सालमा लोकमा पाइने रामकथा र बुद्ध सर्किट भ्रमणलाई अभियान बनाएर अघि बढ्यौं । अनुसन्धानमा अग्रसर अनुसन्धाताको एउटा जम्बो टोली लिएर लोकवार्ता अभियानका अध्यक्ष प्रा.डा. प्रेम खत्रीको नेतृत्वमा लुम्बिनीस्थित कोरियन धर्मशालामा चार रात बसेका थियौं । सातौं लोकवार्ता राष्ट्रिय सम्मेलन कपिलवस्तुको तौलिहवामा उद्घाटन गरिएको थियो — संयोजक विक्रममणि त्रिपाठीको व्यवस्थापनमा ।

कपिलवस्तुको तौलिहवा स्थित नगरपालिकाको सभाकक्षमा भब्यतापूर्वक उद्घाटन भयो । त्यहाँ लोकवार्ता विषयक कार्यपत्र प्रस्तुत गर्ने काममात्र गरिएन । लोकवार्ता अभियानको औचित्य बुझाउने कार्य गरियो । स्थानीयसँग नजिकिएर अवधी गीतको मर्म छामियो —
लोकवार्ताको नाममा अनुसन्धानकर्ता विद्वान् सुविधा सम्पन्न ठाउँमा बसी सुनेको भरमा लेखन गर्ने कार्य गरिनु हुन्न ।
लोकको बीचमा अनुसन्धाता पुग्नु पर्छ ।
अनुसन्धाताले लोकको माया पाउनुपर्छ ।

कपिलवस्तु चयन गर्नुको अर्थ हामीले बुद्ध सर्किट भ्रमण गर्ने कार्यक्रम बनाएको हुँदा भ्रमण पनि मजैले ग¥यौं । शाक्यवंशको राजधानी कपिलवस्तुमा रहेको दरवारको भग्नावशेषले हामीलाई लोभ्यायो । इसापूर्व चौथो शताब्दीमा निर्मित जोडी स्तूप पनि हामीले अवलोकन ग¥यौं ।

कुदानमा रहेको प्राचीन निग्रोधारामाको नामले चिनिने स्थल सिद्धार्थ बुद्ध बनेपछि पहिलोपटक कपिलवस्तु आउँदा राखिएको स्थानमा भुल्यौं । घुम्दै जाँदा निग्लिहवा पुग्यौँ — कनकमुनि बुद्धको जन्मस्थल । विडुडभले शाक्यहरुको वध गरेको स्थान सगरहवा पनि पुगियो । भवानी भिक्षुको घरको दर्शन गर्ने अवसर जु¥यो र कपिलवस्तुमा रहेका बुद्धसँग जोडिएको अन्य स्थान पनि पुगेका थियौं । कपिलवस्तुको अर्को प्रख्यात स्थल जगदिशपुरताल— हो अवलोकन गर्न गयौं । थारु संस्कृति हेर्न बुझ्न पाइयो, त्यहाँ गरिएको स्वागत भुल्नु भनेको स्थानीय थारु समुदायबाट पाएको आत्मीयपन अस्वीकार गर्नु हो । जगदीशपुरताल विभिन्न जात जातिका दुर्लभ पंक्षीको बास स्थानको रुपमा प्रख्यात छ — सिजन अनुसार विश्वका विभिन्न भागबाट पन्क्षीहरु आउने गरेका छन् ।

बुद्ध सर्किट अवलोकन गर्न आएका हामी लुम्बिनीमा बसेका थियौं । एक दिनको समय हामीले लुम्बिनी भ्रमणको लागि निकाल्यौं । कहिलेकाहीँ यस्तो पनि हुन्छ ‘बत्ती मुनी अँध्यारो’ जहाँ बसियो त्यही घुम्न नपाउनु ।
तर हामीले लुम्बिनी मन फुकाएर घुम्यौं ।
डा. गितु गिरी नै जब साथमा थिए भने बुद्ध सर्किट घुमाउने र बताउने दायित्व वहाँले लिनुभएको थियो ।

बिहानपख खाजा खाएर हामी लुम्बिनी घुम्न निस्किएका थियौं । साढे एघारको समयमा लुम्बिनी बौद्ध विश्वविद्यालयले व्यवस्था गरेको होटेलमा गएर स्वादिष्ट भोजन ग्रहण ग¥यौं । भोजन पश्चात बौद्ध विश्वविद्यालयको सभा कक्षमा हाम्रो स्वागत गरियो । भोसु यादवका टोलीले विरहा सुनाएका थिए । विरहालाई व्यावसायिक बनाएपनि, मौलिकपन भने बचाएका रहेछन् । हो संस्कृतिलाई आय आर्जनसँग जोड्न सकियो भनेमात्र बचाउन सकिन्छ । वर्तमान समयमा जीविकोपार्जनसँग नजोडिएको संस्कृति गाथा बच्दैन — इतिहासको गर्भमा बिलाउन पुग्छ । लोकगाथामा लोकलाई लोभ्याउन सक्ने सामर्थ रहेको हुन्छ । लोकलाई मनोरञ्जन प्रदान गरेर, आफ्नो संस्कृतिको जानकारी गराउँदै विरहको माध्यमले आय आर्जन गर्न सकेको भोसु यादवको टोलीलाई जति प्रशंसा गरे पनि कम हो । यस्तै प्रकारले नेपालको ठाउँ ठाउँबाट लोकसंस्कृतिलाई आय आर्जनको माध्यम बनाउन सक्नुपर्छ र यसको लागि राज्य, स्थानीय तहबाट प्रोत्साहित पनि गर्नुपर्छ । अनि निश्चित समयमा सभा सञ्चालन भयो । तोकिएको समयमा सकियो पनि । सो स्थानमा लोकवार्ता विषयक केही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । अँ विहान हामीले लुम्बिनी पूर्ण रुपमा घुमीसकेका थिएनौं । बेलुकीको समय भ्रमण अवलोकनमा लगायौं, झमक्क रात नपरुन्जेल ।
लुम्बिनीका विहार कति शान्त
गौंतम बुद्धको सन्देश पनि छ शान्त
प्रत्येक जीवलाई माया गर
कसैको चित्त नदुःखाउ
माया भनेको सम्मान हो
एक अर्काको सम्मान गर ।

भोलिपल्ट बिहान खाजा खाएर हामीलाई बास दिंदै आएको कोरियन धर्मशालालाई शीर निहुराएर सम्मान गरेर बुटवलतर्फ लाग्यौं । निश्चित कार्यक्रममा हिँड्दा समयको ख्याल गर्नैपर्छ । सबभन्दा पहिले हामी तिनाउ नदी वारी रहेको सिद्धबाबाको ठाउँमा पुग्यौं । वास्तविक र प्रख्यात सिद्धबाबा थान नदीपारी भीर पाल्पा जिल्लामा पर्ने रहेछ, हामीले वारीकै हे¥यौं — यस्तो कार्य नेपालका प्रायः सबै स्थानीय तहले गर्न सके नेपालमा धार्मिक पर्यटकको भेल उर्लेर आउने विश्वास मनमा साँचेर फर्किएका थियौं । सिद्धबावा थान अवलोकन पश्चात कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले बुटवल जीतगढी युद्धमा अदम्य साहस रणकौशल एवं चलाकीपूर्ण पराक्रमले अंग्रेज फौजलाई टिक्नै नदिई पराजित गरेको किल्ला अवलोकन गर्न गयौं । अंग्रेजलाई जितेको हुनाले बुटवलको सो किल्लाले जीतगढी नाम पाएको हुनुपर्छ । तिनाउ नदीको पश्चिमी किनारमा अवस्थित गौरवमय किल्ला अवलोकन गर्नुका साथै विजयी योद्धालाई सम्मान र वीरगतिप्राप्त योद्धालाई भावपूर्ण श्रद्धाञ्जलि चढाएका थियौं । अनि हामी पूर्वतर्फ रहेको रमणीय, आकर्षक वनवाटिका अवलोकन गर्न गयौं ।

आहा ! चुरे फेदीको यो वनलाई साँच्चैको सदुपयोग गरिएको रहेछ । म यसै भन्न सक्तिन — प्रभात भ्रमणको लागि ढुङ्गा छापेर बाटो बनाइएको, योग साधनाको लागि हरियो चउर, भ्यू टावर मन मोहनी फूलवारी भएको यस उपवनको जति चर्चा गरे पनि कम हुन्छ । मगर समुदायका महिलाहरुले उनीहरुको समुदायमा प्रचलित परिकार बटुक सहितको खाजा ख्वाएका थिए, सो आत्मीय व्यवहार र खाजाको स्वादको बारेमा म भन्न चाहन्न । समयको अभावले गर्दा हामी न्यू होराइजन स्कुलले उपलब्ध गराएको खाना खाएर लोकवार्ताको कार्यक्रममा सहभागी भयौं । न्यू होराइजन स्कुलको विशाल हलमा कार्यक्रम भएको थियो । औपचारिक कार्यक्रममा स्थानीय गायकबाट गीत, कलाकारबाट नृत्य पनि प्रस्तुत गरिएको थियो । त्यहाँ लोकवार्ताका केही कार्यपत्र पनि प्रस्तुत गरिएका थिए । कार्यक्रम समापन पश्चात खाजा खाएपछि हामीलाई न्यू होराइजनका विभिन्न शाखाहरु अवलोकन गराउने काम भयो । बुटवल यथार्थमा शिक्षाको हव लाग्यो र त्यसको नेतृत्व न्यू होराइजनले गर्दै गरेको अनुभव भयो । रात्रीकालीन भोजन न्यू होराइजनको होस्टेलमा गरे पश्चात हामी बुटवलको तालिम केन्द्रमा विश्रामको लागि पुग्यौं । हो त्यहाँ विश्राम गरेर भोलिपल्ट विहान हामी नवलपरासीतर्फ प्रस्थान ग¥यौं ।

बुटवलबाट विदा भएर नवलपरासी प्रवेश गरेको मात्र के थियौं, सुनवलको सडक छेउमा रहेको महाकवि देवकोटा क्याम्पसमा स्थानीय आत्मीयजनबाट न्यानो माया पायौं । स्वागत कार्यक्रममा स्थानीयबाट धेरै कुराहरु थाहा पायौं । हामीले लोकवार्ता परिषद्को उद्देश्यबारे अवगत गराएका थियौं । दिवा भोजनको समय पनि भएको हुँदा नवलपरासीका संयोजक डा. धु्रव भट्टराईले व्यवस्थापन गर्नु भएको होटेलमा गएर भोजन गरियो । कपिलवस्तुमा हामी तराई भाषाभाषीबीचमा थियौं भने, अहिले पहाडे भाषा–भाषीसँग गफिंदै छौं ।

भोजन पश्चात हामी सुनवल न.पा.मा पर्ने भुमहीबजारदेखि करिब चार किलोमिटर उत्तर जङ्गलमा रहेको बाबा बर्दगोरिया थान अबलोकन गर्न गयौं । पूर्व पश्चिम राजमार्गदेखि उत्तर जङ्गलमा अवस्थित थारु आदिवासीबाट निकै अघिदेखि प्रतिष्ठित बाबा बर्दगोरियाको बारेमा सामान्य जानकारीसम्म लिने काम भयो । अनि त्यहाँबाट हामी लाग्यौं, सिद्धार्थ मामाघर आउँदा स्नान गर्ने गरेको भनिएको तरगौली ताल अवलोकन गर्न ।

कोलियग्रामबाट करिब २ किमी पूर्वमा छ यो ताल । सम्राट अशोकले उत्खनन् गर्न नपाएको कोलियहरुले संरक्षण गरेको गौतम बुद्धको अस्तु रहेको रामग्राम स्तुपमा पनि पुगियो । स्तुप नजिक संरक्षण गरिएको कोली वृक्ष पनि हेर्न पाइयो — पाइयो मात्र होइन कोली वृक्षको विशेषता भनेको कुष्ट रोग निको पार्न सक्ने गुण रहेको बारे पनि थाहा पाइयो ।

अनि हामी लाग्यौं त्रिवेणीधामतिर । एकक्षण पर्खनोस्, लोकवार्ता टोली आउँदैछ भनेर बाटोमा दबिल्लाका स्थानीय बाजा गाजा लिएर स्वागत गर्न हाम्रो बाटो हेरिरहेका रहेछन् । लोकमा रमाउने हामी, लोकको स्वागत पाएर मन अति प्रफुल्ल भयो, उनीहरुसँगै बुद्धमंगल ताल हेर्न गयौं, त्यहाँ केहीबेर नाचियो, रमाइलो गरियो ।

झमक्क साँझ पर्दा हामी त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष धाम यानी मुक्तिनाथ बाबाका नामले प्रख्यात स्वामी कमलनयनाचार्यको आश्रममा पुग्यौं । लोकवार्ता टोली त्यहाँ एकै स्थानमा नभएर बाँडिएर बस्ने व्यवस्था स्थानीय आयोजकले मिलाए अनुसार तुलसी प्रभास, डा. मुकुन्द शर्मा, दिलविक्रम आङदेम्बे, डा. भक्त राई, डा. मधुसुदन गिरी र म रामजानकी मन्दिरको अतिथिशालामा गयौं खान पान र वासको लागि । भोलिपल्ट बिहान नारायणी नदी डुङ्गाबाट तरेर जङ्गलको बीचमा रहेको वाल्मीकि आश्रममा गयौं । वाल्मीकि आश्रमलाई जुन रुपमा विकास गरिनुपर्ने हो, थियो त्यस रुपमा भएको पाइएन । सानो ठाउँमा अविश्वसनीय तरिकाबाट रामकथा प्रसङ्ग जोडिएको लाग्यो । वाल्मीकि आश्रम अवलोकन पश्चात हामी गजेन्द्रमोक्षधाममा आएर भोजन पश्चात कार्यक्रममा सहभागी भयौं । लोकवार्ता अभियानमा हिँडेका हामीले त्रिवेणीधाममा अस्वाभाविक रुपमा स्थानीयको पर्याप्त उत्साहजनक उपस्थिति पायौं । हो यहाँ मेरो कार्यपत्र ‘लोकविश्वासमा बाँचेको टुना, मुना, मोहनी’ प्रस्तुत गरेको थिएँ । कार्यक्रम समापन पश्चात हामी २६ गते साँझ बर्दघाटतर्फ लाग्यौं, सो रात हामीले होटेलमा बितायौं । भोलिपल्ट बिहान यानी २०७४ असोज २७ गते बर्दघाट क्याम्पसमा भव्य कार्यक्रममा सहभागी भयौं । यो कार्यक्रम भनेको यस यात्राको समापन कार्यक्रम थियो । कार्यक्रम पश्चात भोजन गरेर हामी काठमाडौं प्रस्थान गरेका थियौं ।


Tags: लोकवार्ताशीतल गिरी
अघिल्लो पोष्ट

लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

पछिल्लो पोस्ट

आर्तनाद उपन्यासको लोकार्पण

शीतल गिरी

शीतल गिरी

सम्बन्धित पोष्टहरू

ऐतिहासिक अवशेषमा पिलपिल
नियात्रा

ऐतिहासिक अवशेषमा पिलपिल

१२ पुष २०८०, बिहीबार
सुनेको मुस्ताङ, देखेको मुस्ताङ
नियात्रा

सुनेको मुस्ताङ, देखेको मुस्ताङ

७ भाद्र २०७९, मंगलवार
चित्लाङमा चित् खाइयो
नियात्रा

चित्लाङमा चित् खाइयो

२ श्रावण २०७९, सोमबार
गुडबाई ब्राजिल
नियात्रा

गुडबाई ब्राजिल

५ असार २०७९, आईतवार
पछिल्लो पोष्ट
आर्तनाद उपन्यासको लोकार्पण

आर्तनाद उपन्यासको लोकार्पण

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको  सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको सूची सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यको शक्तिशाली विधा त कविता नै हो : इल्या भट्टराई

साहित्यको शक्तिशाली विधा त कविता नै हो : इल्या भट्टराई

४ जेष्ठ २०८०, बिहीबार
काभ्रेका नौ ब्यक्तिहरु प्रतिभा सम्मानित हुँदै

काभ्रेका नौ ब्यक्तिहरु प्रतिभा सम्मानित हुँदै

५ जेष्ठ २०८१, शनिबार
‘ऐँठन’लाई मदन पुरस्कार,वरिष्ठ कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री

‘ऐँठन’लाई मदन पुरस्कार,वरिष्ठ कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री

४ जेष्ठ २०८०, बिहीबार
अंगदान तथा प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन

अंगदान तथा प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक