जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना

अर्को झ्याइँकुटीको परिक्रमा

हरि खनाल हरि खनाल
प्रकाशित ४ बैशाख २०७९, आईतवार
समालोचना भित्र
0
अर्को झ्याइँकुटीको परिक्रमा

१. परिचय तथा भूमिका
प्रतिभा, व्युत्पत्ति र अभ्यास साहित्यका तीन मुख्य हेतु (ध्येय) मानिन्छन् । प्रतिभा नै साहित्य व्युत्पतिको कारण हो भने अभ्यास त्यसको पूर्णता र परिष्कारोन्मुख क्रिया हो । यसरी जन्मिने साहित्यले धर्म, अर्थ (धनलाभ), काम र मोक्ष (भामह) प्रदान गर्छ भने यसैबाट आनन्द प्राप्त भई कीर्तिसमेत राख्न (वामन) मद्दत पुग्छ । लोकमङ्गल र यथार्थ प्रकटीकरण साहित्यकै माध्यमबाट हुने भएकाले यसलाई समाजको ऐना पनि भनिन्छ । साहित्य मानव व्यवहार, भोगाइकै सिलसिलामा हुने गरेका अभ्यास र अनुभूतिका झिल्काहरु हुन् जसलाई कल्पनाशक्तिले एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरिदिन्छ ।

साहित्यका विभिन्न विधाहरुमा विन्यास भएर आउन सक्ने लक्षणाभित्र व्यङ्ग्य प्रकट हुन सक्छ जसमा हास्यरस मिसिएपछि त्यो हास्यव्यङ्ग्य बन्न पुग्छ । व्यङ्ग्य मात्रले लक्षणाशक्तिको कारण कुनै विषयमा कटाक्ष गर्छ भने हास्यव्यङ्ग्यले कुत्कुती पैदा गराएर हसाउँदै व्यङ्ग्यवाण चलाउँछ । व्यङ्ग्यमात्रले प्रहार गर्छ जुन पाठक र दर्शकका लागि मनोविनोदप्रिय नहुन सक्छ तर जब त्यसमा हास्यरस मिसिन्छ तब त्यसले मानिसलाई हसाउँदै कटाक्ष साँध्नुपर्ने ठाउँमा हास्य सहमतिपूर्वक प्रहार गर्न बल पु¥याउँछ । त्यसो त हास्यरसले व्यक्तिलाई हसाउँदा व्यक्तिको स्वास्थ्यमा समेत सुखद प्रभाव पार्दछ । “दिल खोलेर हाँस्नाले शरीरका धमनी वा रक्तबाहिनी नलीले व्यायाम प्राप्त गर्छन् र तिनीहरु जागरुक हुन्छन् । यसले रक्तसञ्चार तीव्र हुन्छ र श्वासप्रश्वासमा ताजापन ल्याउँछ ।” (मार्डेन, २०७३)
२. व्यङ्ग्य र हास्यव्यङ्ग्यको विकास
व्यङ्ग्य र हास्यव्यङ्ग्य मानवको सृष्टिकालसँगै भएको मान्न सकिन्छ । भाषाको विकास नभइसकेको अवस्थामा पनि यसलाई हेराइ, मुखाकृतिबाट समेत प्रकट गर्न सकिने हुनाले यसको विकास मानव सृष्टिकालदेखि भएको मान्ने आधार प्रशस्त हुन्छ । नेपालमा लेखन माध्यमबाट प्रकट गरिएको व्यङ्ग्यको विकास भने आधुनिक नेपालको निर्माण भएदेखि अर्थात वि.सं १८५५ देखि नै प्रारम्भ भएको मानिएको छ । शक्ति बल्लभ अर्यालद्वारा संस्कृतमा (वि.सं १८५५) लिखित र नेपालीमा अनुदित हास्यकदम्ब नाटकबाट भित्रिएको हास्य व्यङ्ग्यको सिर्जनात्मक यात्रा र त्यसभन्दा अघि सुवानन्ददासले लेख्नुभएको पृथ्वीनारायण शीर्षकको कविता, शक्तिबल्लभ अर्याल, राधाबल्लभ अर्याल, गुमानी पन्त लगायतका कविहरुको फुटकर कवितामा मिसिएको व्यङ्ग्य चेतबाट प्रस्फुटित यो धारा भानुभक्त आचार्यकालमा पनि काव्यमा नै प्रष्फुटन भएको पाइन्छ । विन्ती डिट्ठा बिचारीसित …, रोज् रोज् दर्शन पाउँछु चरणको, गजाधर सोतीकी घरबूढी.., भोलि भोलि…. जस्ता विनोदी र स्वच्छ परिहास शैलीका कविताहरुले काव्य क्षेत्रमा हास्यव्यङ्ग्यलाई कलात्मक तवरले प्रस्तुत गरेको पाइन्छ । माध्यमकालिन शृङ्गारिक कविताहरुमा मोतिराम भट्ट, लक्ष्मीदत्त पन्त, शिखरनाथ सुवेदी, पहलमान स्वाँर आदिले यस क्षेत्रमा थप योगदान पु¥याएका छन् । त्यसपछि कवि लेखनाथ पौडेलको पिँजराको सुगाजस्ता कविताहरुले यसको विकासमा थप आयाम थपेको पाइन्छ भने सोमनाथ सिग्द्यालको दिगम्बर विवाह, (१९६३, प्रहसन) नाटकीय क्षेत्रमा शक्ति बल्लभ अर्यालको हास्यकदम्बसँग जोडिन आइपुगेको देखिन्छ । हास्यव्यङ्ग्यको यो यात्रालाई देहरादुनबाट प्रकाशन भएका गोर्खा संसारले पनि उतिकै महत्व दिएको पाइन्छ । सुब्बा कृष्णलालको मकैको खेती (वि.सं १९७७) मा उल्लेख गरिएका ‘मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा, स्वदेशी र विदेशी कुकुर’ आदिलाई राणाकालीन परिवेशमा गरिएको व्यङ्ग्यको रुपमा स्वयं राणाहरुले विश्लेषण गरी उनलाई सजायँ दिएका थिए । शारदा पत्रिकाको प्रकाशनले हास्यव्यङ्ग्यलाई थप मार्गप्रशस्त गरेको कुरामा विश्लेषकहरु एकमत छन् । लक्ष्मीप्रसाद देवकोटा, बोधविक्रम अधिकारी, हरिनाथ खनाल, प्रेमराज शर्मा हुँदै अघि बढेको यो यात्रालाई भूतको भिनाजु उपनामले चर्चित बासुदेव शर्मा लुइँटेल (१९७४—२०६३) ले निकै माथि उठाए । वि.सं २००६ सालमै प्रकाशित उनको भूत छैन शीर्षकको निबन्धसङ्ग्रह हास्यव्यङ्ग्य क्षेत्रको बेजोड प्रस्तुती हो । वि.सं २००८ सालमा दाह्री शीर्षकमा निबन्ध लेखेका लीलाध्वज थापा पनि हास्यव्यङ्ग्य क्षेत्रमा जोडिएका छन् । यस क्षेत्रलाई प्रवासबाट अच्छा राई रसिक, तिलक राई, प्रेम थापाजस्ता लेखकले पनि उठाउँदै लगे । ह्रदयचन्द्र सिंह प्रधान, केशवराज पिँडाली, लक्ष्मीप्रसाद देवकोटा हुँदै भैरव अर्याल (१९९३—२०३३) को पालामा आएर जयभुँडी प्रकाशन भएपछि हास्यव्यङ्ग्यले उत्कर्ष स्वरुप ग्रहण गरेको देखिन्छ । श्रीधर खनाल, विष्णु नवीन, रामकुमार पाँडे, बालमुकुन्द देव पाण्डे, श्याम गोतामे, सूर्यबहादुर पिवा, लोकेन्द्रबहादुर चन्द, हरि बन्दी, मोहनराज शर्मा, विश्व शाक्य, नरेन्द्रराज पौडेल, मुकुन्द आचार्य, चोलेश्वर शर्मा, खगेन्द्र संग्रौला, विमल निभा, रुद्र खरेल, प्रकाश प्रेमी, विष्णु प्रभात, नरनाथ लुइँटेल, उत्तमकृष्ण मजगैयाँ, मुन पौडेल, चट्याङ मास्टर, मनोज गजुरेल, लक्ष्मण गाम्नाङे, खगेन्द्र लुइँटेल, डम्बर घिमिरे, विवश पोखरेल, शैलेन्द्र सिंखडा, नवराज कार्की, डा. बमबहादुर थापा जिताली, हरि खनाल ‘हरे’, अर्जुन पराजुली, दिनेश के.सी (रवि), कृष्ण घिमिरे ‘मैदेली’, माणिकरत्न शाक्य आदिसम्म आइपुग्दा हास्यव्यङ्ग्य क्षेत्र निकै सशक्त भइसकेको छ । संस्थागत रुपमा सिस्नुपानी नेपाल यस क्षेत्रको उन्नयनमा लागि परेको छ । अभिनय गरेर दर्शक हसाउने कला चलचित्र क्षेत्रमा प्रवेश गरेपछि यसले थप सशक्तता प्राप्त गरेको पाइन्छ । गोपालराज मैनाली, बसुन्धरा भुसाल हुँदै विकसित चलचित्रमा हास्य पक्ष अहिले पनि कुनै न कुनै रुपमा समावेश भइरहेको देखिन्छ । यद्यपि चलचित्रमा प्रस्तुत हास्यपक्षमा सामाजिक पक्षमा परिहास गरिएको पाइन्छ । टेलिचलचित्रको विकासपछि यसलाई कलाकार सन्तोष पन्त, मदनकृष्ण र हरिवंश आचार्य, दीपकराज गिरी, साम्दे शेर्पा, सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली), मनोज गजुरेल, दमन रुपाखेती, जितु नेपाल, शिवहरि पौडेल, किरण के.सी, अर्जुन घिमिरे, कुमार कट्टेल आदिको भूमिका सशक्त रहेको देखिन्छ । छापा माध्यममार्पmत कार्टुन व्यङ्ग्यमा बलराम थापा, रविन सायमी, बासु क्षितिज, खोकना, दुर्गा बराल वात्सायन आदिले सशक्त भूमिका निर्वाह गरिरहेका छन् । अभिनय कलासहित हास्यरस पस्किएर दर्शक हँसाउनु जति सहज लेखनमा हुँदैन । किनभने लेखनमा अक्षरहरुले अभिनय गर्दैनन् । हास्यरसपूर्ण शब्दले कुतकुत्याएर मात्र पाठकलाई हँसाउँछन् ।

हास्यव्यङ्ग्यलाई साहित्यको मीठो आचार मान्ने गरिन्छ । पाठकलाई भित्रैदेखि काउकुती लगाएर हसाउने र सामाजिक, राजनीतिक क्षेत्रको विसङ्गतिलाई कलात्मकताले पूर्ण बक्रोतिको माध्यमबाट प्रहार गर्ने कार्य हास्यव्यङ्ग्यमा गरिन्छ । हास्यरस नभएको चाहिँ व्यङ्ग्य मात्र हुन्छ । यस अर्थमा आँसु, पीडा तथा क्रन्दन पनि व्यङ्ग्यको रुपमा आउन सक्छ । हाँस्न मिल्ने विषयवस्तुहरुमा भने हास्यरस र व्यङ्ग्यको सुन्दर संयोजन रहन्छ । आत्मपरक, वस्तुपरक वा वर्णनात्मक जुन ढङ्गले लेखिए पनि हास्यव्यङ्ग्यले हास्यरस प्रदान गर्दै सुधार गर्नुपर्ने पक्षलाई औंल्याउने नै हो । यसले समाजको अवस्थालाई व्यङ्ग्यात्मक ऐनामा देखाउँछ । समाजलाई बदल्ने सन्देश दिन्छ । साथै हास्यरसका कारण यसले व्यक्तिको स्वास्थ्य सुधारमा समेत महत्वपूर्ण निर्वाह गर्दछ । असल हास्यव्यङ्ग्यले हानी नोक्सानी होइन सकारात्मक तवरले समाज सुधारको मार्ग प्रशस्त गर्दछ । (जोनाथन स्विफ्ट)

यी दुई शब्दहरु हास्य र व्यङ्ग्यको संयोजन हो । हाँसो र व्यङ्ग्य दुबै रहेको विषयमात्र हास्यव्यङ्य हुन्छ । समाजलाई आवश्यक नभएको वा चासो नभएको कतै त्रुटि नरहेको अथवा सुधार गर्नुनपर्ने विषयवस्तुलाई लिएर गरिने हाँसोमा व्यङ्ग्य हुँदैन केवल प्रस्तुति विशेषत शब्दको खेलले हाँसोमात्र भर्न सक्छ । त्यस्तै आनन्दविनाका वा हास्यविनाका त्रास, घृणा, भय आदि बोक्ने शब्दजाल व्यङ्ग्य हुँदैन त्यो त केवल कुनै विषयको भत्सर्ना मात्र हुन सक्छ । तर जब कुनै विषय समाजसँग जोडिएको छ र त्यहाँ विकार पनि छ भने त्यसलाई बक्रोतिका रुपमा गरिने छेडछाड र छेडछाड गर्दा प्रवाह गरिने हास्यरसले त्यसलाई हास्यव्यङ्ग्य बनाउँछ । यस्ता हास्यव्यङ्यहरु आशावादी र निराशावादी दुबै किसिमका हुन सक्छन् । हास्यव्यङ्ग्यमा कुनै विषयवस्तुको बारेमा बढाइचढाइ, प्यारोडी, उल्टापाल्टा अर्थात् बक्रोति आदिको प्रचुरता हुन्छ भने प्रतिकात्मकता, विरोधाभाष, विपरितता, बोलीचालीको भाषाका प्रयोग, अनुत्कर्ष अर्थात चरमोत्कर्षमा नपुग्ने, अश्लीलता, हिंसा, विविधता तथा बढाइचढाइ वा अतिरञ्जना रहेको हुन्छ तर कुनै व्यक्ति विशेषलाई यसको पात्र बनाइएको छ भने भूmटा तथ्य र सूचनालाई आधार बनाएर व्यक्तिविशेषलाई धज्जी उडाउनु नैतिक पक्ष भित्र पर्दैन । कथा, कविता, निबन्ध, नाटक, गजल, मुक्तक, प्यारोडी, अर्थात् गीतसङ्गीत, घटना, चलचित्र, प्रहसन, कार्टुनचित्र आदि विविध आयामबाट हास्यव्यङ्ग्य प्रकट गर्न सकिन्छ ।

३. माणिकरत्न शाक्यको ‘अर्को झ्याइ“कुटी’
हास्यव्यङ्ग्येका क्षेत्रमा क्रियाशील युवा हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्यको हास्यव्यङ्ग्य कृति अर्को झ्याइँकुटीलाई सामान्य परिक्रमा गर्ने प्रयास गरिएको छ ।

क. लेखक परिचय ः वि.सं २०२४ साल श्रावण १८ गते वकुटोल बनेपामा जन्मिएका माणिकरत्न शाक्य माता पूर्णलक्ष्मी र पिता हिरामान शाक्यका पुत्ररत्न हुनुहुन्छ । घोर्ले, हरिलठ्ठक, पाकचा, रेशमा शाक्य, हुँकार सिंह, मणि, विशु, झ्याइँकुटी आदि विभिन्न उपनाम रहेका उहाँले उन्नाइसभन्दा बढी पत्रपत्रिकाको सम्पादन तथा सङ्कलन गर्नुभएको छ । दैनिक गुजाराका लागि राष्ट्रसेवामा समर्पित शाक्य बचेको समयमा साहित्य सिर्जनामा साधानारत हुनुहुन्छ । विभिन्न दश प्रकारका सम्मान तथा पुरस्कार प्राप्त माणिकरत्न हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील साधक हुनुहुन्छ ।

हास्यव्यङ्ग्यात्मक संस्मरण सङ्ग्रह आफ्नै झ्याइँकुटी (२०६९) (रत्नपुस्तक भण्डारबाट प्रकाशन)बाट शुरु भएको उहाँको यात्राको दोस्रो संस्मरण कृति हो अर्को झ्याइँकुटी, २०७२ । यस कृतिभित्र गल्र्यामगुर्लुम, च्वाँचेको मासु, आफ्नै मान्छे त हो नि !, नक्कली सालो, उट्पट्याङ १ र २, सारिराख् न कुनै दिन काम लाग्छ, बिकटे काइँलो, खलाँसी, हो ! हो !, जँड्याहाको चुप्पा, बीस हजारले झन्नै गायक बनाएको, बूढाको दाँतमा होली, तिमी पनि प्रधानमन्त्री.., लक्ष्मीमाता, ठट्टा १, २, ३, ४ र ५ मह माहात्म्य, पेटिकोटको कमाल, उनीहरु हाईहाई हामी बाईबाई, मीतज्यू, बिहेको दिन, शिवरात्रीमा झन्नैले, तपाइँकै पैसाले, छिमेकी नम्बर १, के गर्नु बाबै !, ह एस एम एस, विमोचनमा हात, बटारिया स्वीपर, भुँडे हाकीम, खजान्चीको जीउ, तालुखुईले, फच्च्या, ट्वाइलेटमा, छिमेकी नम्बर २, चिट्ठीको करामत गरी ३९ ओटा संस्मरणात्मक शैलीमा लेखिएका हास्यव्यङ्ग्यहरु सङ्ग्रहित छन् । पुस्तकको अन्ततिर माणिक माहात्म्यभित्र गाम्नागे गथासो, कसले के भने ? जस्ता स्तम्भ पनि राखिएका छन् । यस कृतिबाट प्राप्त लेखकस्वलाई मिर्गौला पीडितहरुको उपचारमा लगाउने उद्घोष गरिएको छ ।

४. अर्को झ्याइ“कुटीको विषय चर्चा
माणिकरत्न शाक्य विशेषतः सामाजिक हास्यव्यङ्ग्यकार हुन् भन्ने कुरा उहाँको अर्को झ्याइँकुटीभित्र समाविष्ट विभिन्न ३९ ओटा सरल र संक्षिप्त हास्यव्यङ्ग्यहरुले पुष्टि गर्दछन् । उहाँका सबै ३९ हास्यव्यङ्ग्यभित्र तिमी पनि प्रधानमन्त्री, तालुखुइले शीर्षकका दुई हास्यव्यङ्ग्यमा बाहेक अन्यत्र राजनीतिक साइनो र सम्बन्ध देखिँदैन । उनले जति पनि हास्यव्यङ्ग्य यसभित्र दिएका छन् ती सबै सामाजिक सेरोफेरोभित्र घटेका घटनालाई आत्मकेन्द्रित शैली एवं संस्मरणात्मक शैलीमा प्रकट गरिएका छन् । कृतिभित्र समाविष्ट विभिन्न शीर्षकगत संस्मरणको झिल्काहरुलाई यहाँ छाम्ने प्रयास गरिएको छ ।

४.१. आमपात्रहरु इङ्गीत
गल्र्यामगुर्लमः यस पुस्तकभित्रको पहिलो हास्यव्यङ्ग्य हो । यसले विहेको प्रसङ्ग उप्काउँदै आपूm जन्ती भएर गएको र अरुले अग्लो ठाउँमा बस भन्दा चुल्होमा बस्न पुगेको र गल्र्यामगुर्लम लडेको कुरा रसदार रुपमा व्यक्त गरिएको छ । यसले जन्ती बन्न जानेको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ भने प्रस्तुतिमा हास्यरस बगेको छ ।

च्वाँचेको मासु दोस्रो व्यङ्ग्य हो । यसले लेखक खैरेनी बस्दा च्वाँचेको मासु खाएको र घरमा भन्दा चोख्याउन परेको घटना विस्तार गर्दै परम्परामाथि र हास्य तरिकाले व्यङ्ग्य गरिएको छ । आफ्नै मान्छे त हो नि! भन्ने शीर्षकको हास्यव्यङ्ग्यमा महिलालाई आफ्नै मान्छे त हो नि भन्दा पत्नी भनेको अर्थ लाग्नाले थप बबाल भएको र जोशी सरले त्यसलाई साम्य पारेको प्रसङ्ग राखिएको छ । यसले मानिसको बुझाइप्रति व्यङ्ग्य गरेको छ भने यसलाई हास्यरसले रोचक बनाएको छ । नक्कली सालो शीर्षकको चौथो संस्मरणले मानिसले आफ्नो समस्यामूलक परिवेशमा सहयोगको हात माग्दा त्यसबापत कसरी ठग्छन् भन्ने दृष्टान्त पस्केको छ । यस कृतिभित्र दुईओटा उटपट्याङ शीर्षकका हास्यव्यङ्ग्य रहेका छन् । पाँचौं र उनन्चालीसऔं क्रमशः १ र २ हुन् । यी दुवै शीर्षक लेखकको कपाल उमार्ने चाहनासँग जेलिएको छ । १ नम्बरमा लेखकले सो कार्यका लागि कार्यालयकै गार्डको गोबर र अन्य चिज मिलाएर लगाउने भन्ने खराब सल्लाहको कारण कार्यालय आउँदा दुर्गन्धित बनेको प्रसङ्ग छ । उनन्चालीस औंमा साथीले त्यही कपाल उमार्ने औषधिका रुपमा बज्र पी पी हा हा असनको धारा नजिकको पसलमा पाइन्छ भनेर लेखि दिए र सो किन्न जाँदा पसलेहरुलाई मनोरञ्जनको पात्र बनेको र साथीले झुक्याएको कुरा विस्तार गरिएको छ । छैठौं सूचीमा रहेको सारिराख् न कुनै दिन काम लाग्छः भन्ने शीर्षकको व्यङ्ग्यले कक्षामा गुरुहरुले सिकाइमा गर्ने गरेको व्यवहारप्रति कटाक्ष गरेको छ । यसै कृतिको पृष्ठ १३० मा टिप्पणी गर्ने योग प्रशिक्षक दिपककुमार शर्माले यस विषयको मौनसाक्षी आपूm पनि भएको भनेबाट यो काल्पनिक नभई घटेकै घटना रहेछ भन्ने बलियो आधार दिन्छ । हास्य भन्दा व्यङ्ग्यको मात्राले यसमा राज गरेको देखिन्छ ।

हास्यव्यङ्ग्यकार माणिकले यस कृतिभित्र तीनओटा ठट्टा शीर्षक राखेका छन् ः ठट्टा १, ठट्टा २, ठट्टा ३, ठट्टा ४ र ठट्टा ५ । ठट्टा भनिएका यी संस्मरणहरु सूचीगत रुपमा क्रमशः पन्ध्रौं, सोह्रौं, सत्रौं, छब्बीसौं र सत्ताइसौं रहेका छन् । पहिलोमा पिसाव फेर्ने कहाँ भन्ने कुराको शब्द उटपट्याँसलाई मजाक बनाइएको छ भने दोस्रोमा पनि त्यस्तै प्रकारको शब्द उटपट्याँस अर्थात सिटबाट झरेर खाना खान गएकी बूढीआमाले फर्कंदा लेखकलाई आफ्नो सिटमा बसेको देखेर ‘मान्छे खान गएको भन्दा भन्दै अर्काको सिटमा बस्ने’ भन्ने वाक्यांशलाई नै प्रमुख बनाइएको छ र यो पनि सामान्य ठट्टाकै रुपमा रहेको देखिन्छ । ठट्टा तेस्रो चाहिँ चुट्किला पाराको रहेको छ । बाबुले छोरालाई कुकुर भनेर गाली गर्दा छोराले कुकुरको बाउ को नि भन्दा भोटेकुकुर भनेको विषय उल्लेख छ । अघिल्ला दुई ठट्टाका तुलनामा यो हास्य र व्यङ्ग्य दुबैको सन्तुलित र रोचक देखिन्छ । ठट्टा नं ४ ले नेपाली चलचित्र र गीतहरुमा भित्रिएको नग्नतालाई व्यङ्ग्य गरेको छ भने हजूरआमाको जिज्ञासा नकच्चरीहरु भन्ने र जाडो हुँदैन कि क्या हो भन्ने अभिव्यक्तिसँग हास्यरस सम्मिलन भएको छ । सत्ताइसौं क्रममा रहेको .ठट्टा ५ मोबाइल प्रयोगकर्ताहरुको असावधानी र लापर्वाहीतर्पm कटाक्ष गरिएको छ ।

खलाँसी यस कृतिको आठौं सूचीमा रहेको संस्मरण हो । यसमा पनि बोलीचालीको भाषामा गरिएका लापर्वाही र त्यसले ल्याउने अर्थको विषयमा व्यङ्ग्य र हास्य गरिएको छ । हो हो ! डेरा गरी बस्दाको संस्मरण हो । पुस्तकभित्र नवौं सूचीमा रहेको यस संस्मरणमा एकजना पात्र हरिदाइ खाली हो हो मात्र भन्ने रुपमा प्रस्तुत छन् । प्रतिवाद गर्नुभन्दा हो हो भन्दिए पुग्छ भनेर मुलुकमा भएको चाकडीप्रति यसले परिहास गरेको देखिन्छ । जँड्याहाको चुप्पा दशौं सूचीमा रहेको संस्मरण हो । यसभित्र हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गर्न लेखक आपूmले सफलता पाएको कुरा छ भने कलाकारको उत्ताउलो पाराले गर्दा एक जँड्याहाले चुम्वन मागेको रोचक प्रसङ्ग प्रस्तुत गरिएको छ ।

एघारौं सूचीमा सूचीकृत संस्मरण बीस हजारले झन्डै गायक बनाएको एक पूर्ण सामाजिक व्यङ्ग्य हो, जुन लेनदेनसँग सम्बन्ध छ । दिदीभाइको नाता जोडियो र लेनदेनमा पुग्यो । देन भएपछि लेन गर्न गाहो भयो । किस्ताकिस्तामा पैसा उठाइयो । ऋण तिर्नुपरेकोले नाता पनि सकियो भन्ने निष्कर्ष रहेको छ । बाह्रौं सूचीमा रहेको बूढाको दाँतमा होली शीर्षकको व्यङ्ग्यले होलीको विकृत पक्षलाई रमाइलो तरिकाले उजागर पारेको छ । लोला हान्नेलाई लखेट्दा बूढाबाको दुई दाँत भाँच्चिएको प्रसङ्ग यसमा उठाइएको छ । तेह्रौं सूचीमा रहेको तिमी पनि प्रधानमन्त्रीः व्यङ्ग्य झट्ट सुन्दा राजनीतिक लागे पनि यो सामान्य ठट्टाको रुपमा प्रस्तुत भएको देखिन्छ । यसमा प्रहार वा व्यङ्ग्य भन्दा पनि हास्य रहेको पाठकलाई अनुभूति हुन्छ । डा. बाबुरामले अस्कल पढ्दा भाँडा माझेका थिए । तिमी पनि माझ्छौ भनेपछि तिमी पनि प्रधानमन्त्री बन्छौ भन्ने आशय र अभिव्यक्ति यसमा बगेको छ । ठट्टाकै शैलीमा प्रस्तुत छ चौधौं सूचीमा रहेको लक्ष्मीमाता । ढुकुटीको नजिकै शौचालय भएको विषय उठ्दा लक्ष्मीमातालाई दिशापिसाव गर्न जोखिम नहोस् भनेर दिइएको हास्य जवाफ नै यसको केन्द्रविन्दुमा रहेको छ । उन्नाइसौं सूचीमा रहेको पेटीकोटको कमाल नाम सुन्दै आकर्षक रहेको छ । यस संस्मरणमा लेखकले व्यापारीको प्रवृत्तिमाथि तीखो प्रहार गर्नुका साथै पेटीकोटलाई हास्यको साधन बनाएर लेखनलाई गन्तव्य दिनुभएको छ । उनीहरु हाइहाइ हामीबाइबाइः लेखकले मानिस कसरी आफ्नो मतलव पूरा भएपछि अरुप्रति कृतघ्न बन्छन् भन्ने दृष्टान्त पस्किएका छन् । यसमा हास्य परिवेश भने साथीभन्दा साथीको केटी साथी ठूलो भएको र बसमा बस्दा आपूmहरु बेवास्ता परेको तथा गम्छा राखेर उनीहरुलाई छेकिदिएका शब्दहरुबाट हास्यरस प्रवाह गरेका छन् । मीतज्यू शीर्षकको स्मरणमा व्यापारी मीतले बास दिए पनि गास र मानवीय व्यवहार नदिएको विषय रहेको छ । बिहेको दिन उनको बाइसौं सूचीमा रहेको संस्मरण हो । यसका मुख्य पात्र उहाँ र उहाँकी पत्नी हुनुुहुन्छ । बिहे गरेर अन्माउनु पूर्व नै पत्नी रोएको, कारमा हाल्न निकै गाह्रो परेको र रोइरहेपछि चिमटेको रोचक प्रसङ्ग राखेर संस्मरणलाई कुतकुतीपूर्ण बनाइएको छ । मधेशी महिला पशुपतिमा बेहोश हुँदा रेयुकाइको नाममा सेवा गर्न बसेका लेखकले समातेर उद्दार गर्न खोज्दा मेरी पत्नीलाई किन समाइस् ? मरे मेरै बूढी मर्छे भन्दै मानिसहरु कुट्न आइलागेको प्रसङ्ग शिवरात्रीमा झन्नैले भन्ने शीर्षकको संस्मरणमा रहेको छ । धर्मको कुरा गर्नेले आफ्नै पत्नीको हालत सुधार्न भन्दा पनि स्पर्शदोष देख्नमा ध्यान केन्द्रित गरेको प्रसङ्गलाई बेजोडले उठाएका छन् । आपतकालमा समेत सांस्कृतिक रुढीवादमा अलमलिनेहरुप्रति कटाक्ष गरिएको यो व्यङ्ग्यमा लेखकले हास्य भन्दा ज्यादा कटाक्ष गरेका छन् । अर्को झ्याइँकुटीको २४ औं सूचीमा रहेको संस्मरण हो तपाइँकै पैसाले । अर्काको पैसा आफ्नो खर्च भन्दै प्रतिदिन वियर थप्दै खुवाउँदै गर्ने प्रेसवालाको चालामाथि कटाक्ष गरेर लेखकले यस्ता पात्रहरु यत्रतत्र छन् भनेर होशियार बनाउन यो संस्मरण समावेश गर्नुभएको देखिन्छ । पहिलो दिन एक बोतल, दोस्रो दिन दुई गर्दै प्रत्येक दिनअनुसार बोतल बढाउने कुरा र पैसा तपाईंको खर्च मेरो भन्ने कुरा पाठकलाई कुतकुती लगाउने शब्द हुन् ।

हास्यव्यङ्ग्यकार शाक्यले यस कृतिभित्र दुई छिमेकीलाई ठड्याउनु भएको छ । छिमेकी नम्बर १ र छिमेकी नम्बर २ । छिमेकी नम्बर १ मा लेखकले घर बनाउँदा छिमेकीसँग सरसहयोग आदान प्रदान गरेका र सोही सिलसिलामा नयाँ ड्रम किनेर ल्याएपछि छिमेकीले लगेको र नदिएको, एकवर्षपछि बल्लतल्ल लिएको त्यो पनि दुबैतिर भ्वाङ पारेको कुरा लेख्नुभएको छ । यो नम्बर १ छिमेकीले अर्को छिमेकीको यस्तै व्यवहार खपेको र त्यसको बदला नयाँ आएका लेखक छिमेकीसँग लिएको कुरा अनौठो लाग्ने गरी यहाँ प्रस्तुत भएको छ । छिमेकी नम्बर २ संस्मरणको ३७ औं क्रमाङ्कमा रहेको छ । लेखक जग्गा नजिक डेरा सरेको तर डेरावालले पेस्की भाडा रकम नलिई भित्र पस्न नदिएकोे, बसाइ शुरुभएपछि पनि दिनदिनै कचकच गर्ने गरेको, तीन महिना मुसकिलले गुजारेको र सर्ने बेलामा आपूm मास्टर्नी भएको पोल खोल्दै प्रशिक्षण दिएको कुरा राखिएको छ । यो संस्मरणले मानिस जतिसुकै पढेलेखेको भएपनि जुनसुकै पेशा गर्ने भएपनि प्रवृत्तिका कारण खराब हुन्छ भन्ने देखाउँछ । घरबेटीको करकरलाई लेखकले सकारात्मक रुपमा ग्रहण गर्दै आपूmले उनकै करकरका कारण घर बनाउन सकेको सुखद निष्कर्षमा समापन गर्नुभएको छ ।

३१ औं सूचीमा रहेको बटारिया स्वीपरमा लेखकले सफाइ राम्ररी भएन भन्दा स्विपरले झाडु, बाल्टिन सामुन्नेमा राखेर लौ कसरी हो तपाइँ नै गरेर देखाउनुहोस् भनेपछि आफ्नो बोली बन्द भएको कुरा प्रस्तुत गर्नुभएको छ । त्यस्तै जियमको भुँडीमा ठोकाएको कारण सरुवा हुनुपरेको प्रसङ्ग भुँडे हाकीम शीर्षक (३२ औं) को संस्मरण रहेको छ । ३३ औं सूचीमा रहेको खजान्चीको जीउ र …..समान प्रकारले संस्मरणमा जमेका देखिन्छन् । ….मा टेलेफोनमा म हैन भन्दा भन्दै हो भन्ने र खजान्चीको जीउ हेरेर छोरीले मन पराएकी छे बिहे गर्नुपर्छ भन्ने मान्छे उस्तै प्रवृत्ति बोकेका पात्र देखिन्छन् । दुबैलाई हास्यपरक तरिकाले लेखकले प्रस्तुत गर्नुभएको छ । ३४ औं सूचीमा रहेको तालुखुइले संस्मरणमा राजनीतिक अस्थिरताले निम्त्याएको मुलुकको परिवेशको चित्रण गरिएको छ भने हिंडाइ र कुकुरले समेत दुःख दिएको प्रसङ्ग रहेको छ । शीर्षक तालुखुइले किन भयो भनेर पाठकहरु अलमलमा पर्ने गुञ्जायस यसमा रहेको छ ।

४.२. किटिएका व्यक्तिविशेषमा केन्द्रित हास्यव्यङ्ग्य
हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्यको यस कृतिभित्र धेरै व्यक्ति केन्द्रित हास्यव्यङ्ग्यहरु पनि छन् । विषयवस्तु र व्यक्तित्वको हिसाबले बिकटे काइँलो (सातौं), महमाहात्म्य (अठारौैं), विमोचनमा हात (३० औं), ह एस एम एस (२९ औं), चिट्ठीको करामत (३८ औं), फच्च्या (३५ औं), ट्वाइलेटमा (३६ औं), के गर्नु बाबै २८ औं) विशेष देखिएका छन् । बिकटे काइँलोमा हास्यव्यङ्यकार श्याम गोतामेको चरित्रको पटाक्षेप गरिएको छ । जसले कविता भन्न गएकालाई कवि होइन भन्दा बस्नुस् भनेको र कविता सुनाउन नपाएको घटना प्रस्तुत गरिएको छ । बाटोमा पनि औपचारिकताको कुरामा गर्दा मन नपराएको विषयलाई उजागर गरिएको छ । यसमा व्यङ्ग्य भन्दा पनि विवरणात्मक संस्मरण छ । महमाहात्म्यमा मबाट आउनेहरु विमोचनमा जम्मा भएका र म बाहेक ह बाट आउने हरिवंश मात्रै भएको चर्चा गर्दै अन्तमा खाजा पनि म बाट आउने मकै दिएको संस्मरण पोखिएको छ । त्यस्तै २८ औं अर्थात के गर्नु बाबै ! गामनाङ् भन्ने नआएर बसुन्धरा दिदीले ग्वामलाङे भनेको कुरालाई नै लेखनको विषय बनाइएको छ । २९ औं सूचीको हारमा रहेको ह एस एम एस मा कलाकार हरिवंशलाई एसएम एस नगरी हाते पत्र लेखेको र उनैले फोन गरेर किन यसो गरेको भन्दा आपूmलाई एस एम एस गर्न नआउने र सासुकी छोरी गुहानूपर्ने भन्दा रोचक भएको प्रसङ्ग राखिएको छ । ३० औं हारमा रहेको विमोचनमा हातले महजोडीतर्पmको आकर्षण देखाएको छ । लेखकको बाबुलाई महजोडी मन परेको कारण तीन दिनसम्म उनीहरुसँग मिलाएको हात नधोएको अतिशयोक्तिपूर्ण प्रसङ्ग लेखकले उल्लेख गरेर पाठक हँसाएका छन् । ३५ औं हारमा रहेको फच्या शीर्षक बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाको व्यवहारसँग जोडिएको छ । लेखकले हास्यव्यङ्ग्यकारको नालीबेली प्रकाशन गर्न रु २०० प्रतिलेखक उठाएको तर खगेन्द्र संग्रौलाले नदिएको, फारम पनि भर्न समय लगाएको, पैसा मागेपछि विरोधमा कान्तिपुरमा लेखेको कुरा राखिएको छ । साथै विरोधमा लेखिएको लेखबापत कान्तिपुरबाट आएको पारिश्रमिक त दिनुपर्ने नि तर दिनु भएन भनेर कटाक्ष गरिएको छ । जे भएपनि प्रकाशित किताबको विज्ञापन गरिदिनुभयो भन्दै लेखकले फच्या भनेको कुरा सटिक छ । यसैभित्र समावेश भएको ३६ औं संस्मरण ट्वाइलेटमा भन्ने रहेको छ । भ¥याङबाट लडेको कुरा र चट्याङ मास्टरले भेटेको कुरा यसमा उल्लेख छ । भेटमा चट्याङले आपूmले प्रेसरका कारण लडेर हात भाँचेको कुरा गर्दै तिमी पनि मजस्तै बन्छौ भनेको कुरा उल्लेखित छ । ३८ औं सूचीमा रहेको चिठ्ठीको करामत पोखराका विश्व शाक्यलाई लेखकले पत्र लेख्दा मित्र भनेको र पछि भेट्दा आपूm भन्दा पाका पाइएकोमा पछुतो लागेको प्रसङ्ग राखिएको छ । त्यस्तै बैङ्कको खाममा विश्व शाक्यले पत्र पाउँदा आपूmले नलिएको ऋण तिर्नुपर्ने कसेरी भयो भनेर पत्र नखोलुञ्जेल तनाव महसुस गरेको रोचक पक्ष पनि उद्घाटन गरिएको छ ।

५. हास्यव्यङ्ग्यको कसीमा माणिकरत्नको झ्याइ“कुटी
क. शब्दवाण अर्थात् आक्रमण
सामान्यतया हास्यव्यङ्ग्यमा हास्यरससहितको आक्रमण हुन्छ । पहिलो प्रकारको आक्रमण त्यो हो जसमा, व्यङ्ग्यवाण भद्र प्रकारको हुने र त्यसको उद्देश्य केवल पाठकलाई आनन्द दिने र सामाजिक परिवर्तनको चाहनातर्पm परिलक्षित हुने प्रकारको हुनसक्छ । मानिसको मनोदशालाई पनि यसमा उजागर पार्ने प्रयत्न गरिन्छ । अर्को प्रकारको हास्यव्यङ्ग्य व्यक्ति विशेषतर्पm लक्षित हुन्छ र यस्ता आक्रमण विशेषत राजनीतिक तथा सार्वजनिक व्यक्तिहरुमा केन्द्रित हुनेगर्छ । यी सबै आक्रमणमा शब्दलाई प्रतीकात्मक बनाएर प्रस्तुत गरिन्छ । हास्यव्यङ्ग्यकार माणिकरत्नको यस अर्को झ्याइँकुटी धेरैजसो पहिलो वर्गमा पर्दछ तर केही व्यक्ति केन्द्रित हास्यव्यङ्ग्य पनि छन् । ती व्यङ्ग्यहरु व्यक्तिका प्रवृत्तितर्पm मात्र कटाक्ष गर्दछन् । कटाक्ष गर्ने हतियार भनेको शब्द हो । शब्दलाई धारिलो बनाएर प्रहार गर्नुपर्ने ठाउँमा दाग्न सक्नु व्यङ्ग्यकारको सफलता हो । हास्यव्यङ्ग्यमा शब्दसँगै प्रवाह हुने हास्यरसले पाठकलाई मनोविनोदप्रिय बनाउनुका साथै सुधारका लागि सन्देशसमेत प्रवाह गर्दछ । हास्यव्यङ्ग्यकार शाक्यको रचनामा शब्दवाण कम तर हास्यरस केही बढी देखिन्छ । यद्यपि शब्दप्रहार भद्र प्रकारको हुनु यसको विशेषताका रुपमा नि लिन सकिन्छ । व्यक्तिकै नाम किटेर व्यङ्ग्य नगरेर साझा पात्र बनाएर गरेको भए पनि हुन्थ्यो भन्ने बहस उहाँको रचनामा पनि गर्ने ठाउँ भने रहेको छ ।

ख. व्यङ्ग्यको विषयवस्तु छनौट
कस्तो विषयमा व्यङ्ग्य गर्ने भन्ने कुरा निकै महत्वपूर्ण छ । व्यक्ति होस् वा प्रवृत्ति कस्तालाई कटाक्ष गर्ने ? लेखकले निर्णय गर्ने विषय हो । उदाहरणका लागि एकजना मस्तिष्क बिग्रेर मन्दिर वा पाटीमा बसेकालाई कटाक्ष गर्नुको कुनै अर्थ छैन तर तिनीहरुको उद्दारमा कार्य नगर्ने सार्वजनिक निकाय व्यङ्ग्यको विषय हुन सक्छ । हास्यव्यङ्ग्यकार माणिकरत्नले छान्नुभएका धेरै विषय उपयुक्त देखिन्छन् तर केही विषय छनौटमा किन परेको होला ? भन्नुपर्ने अवस्था पनि छ । उदाहरणका लागि गल्र्यामगुर्लम, तिमी पनि प्रधानमन्त्री, महमाहात्म्य, बिहेको दिन, के गर्नु बाबै, विमोचनमा हात, ट्वाइलेटमा जस्ता हास्यङ्ग्यको प्रयोजन हास्यरसका लागि उपयुक्त भएपनि व्यङ्ग्य वा कटाक्ष साँध्न आवश्यक हुन् कि होइनन् भनेर पाठकमा मत विभाजन भने अवश्य आउन सक्छ ।

ग. शब्दको खेल
शब्दलाई रसमय बनाएर मानिसलाई कुतकुत्याउन सक्ने क्षमता हुन्छ । हास्यव्यङ्ग्य लेखकले गर्ने पनि त्यही हो । स्वर्गीय भैरव अर्यालको शब्द नचाउने र उचाल्ने क्षमता अद्भूत भएकै कारण उनको कृति जयभुँडी उच्च कोटीमा रहेको छ । भैरव अर्यालले शब्द प्यारोडी बनाएर उखान टुक्काको प्रयोग गरेर शब्दलाई उद्याएर धारिलो बनाउँदै प्रहार गर्ने गरेका पाइन्छन् । केशवराज पिँडालीले आत्मकेन्द्रित ढाँचामा कथानक र संस्मरणात्मक पाराले शब्दहरुलाई तिखार्दै आक्रमण गरेका देखिन्छन् । आत्मकेन्द्रित र संस्मरणात्मक शैली भैरव अर्याल र केशवराज पिँडाली दुबैको हास्यव्यङ्ग्यमा भेटिन्छ । हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्यले भने यो शैलीलाई थप सरल र सहज बनाउन लघु आकारमा लेखन गर्नुभएको छ । कुनै एकघटना प्रधान हुने र त्यसकै हास्य र व्यङ्ग्यमा सकिने ढाँचा उहाँको लेखनीमा रहेको छ । संस्मरणात्मक शैली अपनाएर विकृति र विसङ्गतिमाथि परिहास गरेका पाइन्छन् । उहाँको लेखनीमा शब्दप्यारोडी र उखान टुक्काको प्रयोग भने निकै न्यून देखिन्छ । यस कृतिभित्र विन्यास गरिएका शब्दहरु जुरुजुरु उठ्छन् तर नृत्यचाहिँ गर्दैनन् । यद्यपि घटना क्रमले उत्सुकता पैदा गराउँदै पाठकको ध्यान तान्न भने सफल छ ।

घ. व्यञ्जना (विम्ब र प्रतीकको संयोजनसहित)शक्ति
हास्यव्यङ्ग्यका प्रयुक्त शब्दहरु व्यञ्जकका रुपमा आउनुपर्छ । विम्ब र प्रतीकको कुशल संयोजनले शब्दहरुलाई (व्यञ्जक बनाउँछन्) भरपूर शब्द मट्याङ्ग्राहरु निर्माण गराउन मद्दत गर्छन् । शब्द मट्याङ्ग्राहरु जति वजनदार हुन्छन् त्यति नै त्यसले गर्ने प्रहार सशक्त हुने मानिन्छ । जोन हर्नङ (सन २००२) का अनुसार विम्ब र प्रतीकलाई सम्वादसँग संयोजन गरेर प्रकट हुने अभिव्यक्ति सशक्त हुन्छ । अर्को झ्याइँकुटीमा व्यङ्यकार शाक्यले सान्दर्भिक विम्बको प्रयोग गर्नुभएको छ । यद्यपि प्रतीकको प्रयोगमा भने कमी देखिन्छ । जस्तै, “तिमीले खाएको च्वाँचेको मासुले आमालाई घोचेको घोच्यै ग¥यो रे । कि तिमीलाई गोबरपानीले नुहाउनु प¥यो रे कि घरलाई (च्वाँचेको मासु), भुँडी फुट्ने गरी बियर र मासु खाएर मरेछ बजियाले.. (नक्कली सालो), आखिर पास हुनलाई चोर्नैपर्छ भने नदुखेको टाउको दुखाएर किन सिकाइ माग्नु प¥यो होइन त ! (सारी राख् न कुनै दिन काम लाग्छ), उपाय एउटै छ परिवार नियोजन भनेझैं जसले जे भने पनि हो हो भनेर …. (हो ! हो !) बीसहजारले झन्नै गायक बनाएको (शीर्षक उही), बाटोमा गाँसिएको सम्बन्ध बाटो मै टुट्यो (बीसहजारले झन्नै गायक बनाएको), लक्ष्मीमातालाई बेलाबेलामा दिसापिसाब गरिरहनु पर्छ (लक्ष्मीमाता), मान्छे खान गएको भन्दाभन्दै अर्काको सिटमा बस्ने ? (ठट्टा २), बायोडाटाको पनि पारिश्रमिक चाहिन्छ भन्ने कुरा उहाँबाट हात लागेको दिन थाहा पाउन पाएको भए …. (फच्या),” आदि यसका उदाहरणहरु हुन् ।

ङ. हाँसो अर्थात हास्यरस
हास्यरस हास्यव्यङ्ग्यको अनिवार्य अङ्ग हो । मानिसलाई के ले हँसाउँछ ? भन्ने कुराका केही सामान्य सिद्धान्त हुन्छन् तर हरेक व्यक्तिभित्र कुतकुती जगाउन एकै प्रकारको साधन वा रचना पर्याप्त नहुन सक्छ । एउटै कुराले कसैलाई अट्टाहास आउने गरी हसाउन सक्छ भने कसैमा सामान्य हाँसो मात्र । सामान्यतया व्यक्तिहरु तीन कुराले हाँस्छन् (मुसेवर्गर प्रिसिला, २०१७ इ.सं,) अनपेक्षित कुराले, हाँसो जगाउने प्रकारका कुराले र सत्य कुराले अर्थात कुनै नभएको कुरा गर्दे सत्य पक्ष देखाउने कुराले । वास्तवमा हास्यव्यङ्ग्यले हास्यरस पैदा गर्ने कारण पनि त्यही हो । हाँसोले व्यक्तिको आन्तरिक मनोवेगमात्र प्रकट गर्दैन यसले त व्यक्तिको सकारात्मक अनुभूतिलाई अरुका माझमा साझेदारी गर्छ । परिणामस्वरुप निकटस्थ अन्य व्यक्तिहरु पनि हाँस्न थाल्छन् (ग्रिफिन मोर्गन) । हास्यव्यङ्ग्यकार मोहनराज शर्माका अनुसार हास्यरचनाले व्यक्तिलाई स्मित (मनमनै कुतकुती लगाउने र ओठ नखोलीकनै आन्तरिक हास्य पैदा गर्ने), हसित (दाँत देखाएर हल्का रुपमा कुतकुती प्रकट हुने), विहसित (आवाजसहित हाँसो प्रकट हुने र आँखीभुइँ खुम्चिने), उपहसित (अलिअलि खित्का छुट्ने नाकको पोरा फुल्दै कुमसमेत हल्लने), अपहसित (खित्कासहित हाँस्ने र आँखामा आँसुसमेत निस्कने प्रकारको हँसाइ) र अतिहसित (बाह्य प्रतिक्रिया ज्याँदा गराउने जस्तै अट्टाहास गर्ने, जीउ दोबार्ने वा पेट मिचिमिची हँसाउने) गरी ६ प्रकारले (शर्मा, २०६६) हास्य पैदा गराउने क्षमता राख्दछ । यी ६ प्रकारका हाँसोलाई मुसकान, प्रष्फुटित (मध्यम प्रकारको हाँसो) र अट्टाहास (आँसु निकालेर र जीउ दोबार्ने गरी आवाज निकाल्दै हाँस्ने) गरी तीन श्रेणीमा बाँडिएर हेरियो भने लेखक माणिकका हास्यव्यङ्ग्यहरुमा यी सबै प्रकारका हास्यरसहरु कतै न कतै बगेका पाइन्छन् । जस्तै गल्र्यामगुर्लुम, बिकटे काइँलो, खलासी, लक्ष्मीमाता, सारीराख् न कुनै दिन काम लाग्छ, हो हो, उनीहरु हाईहाई हामीहरु बाईबाई, बीसहजारले झण्डै गायक बनाएको, मीतज्यू, ठट्टा २, शिवरात्रीमा झन्नैले, ठट्टा ४, बटारिया स्वीपर, भुँडे हाकिम, विमोचनमा हात, फच्या, चिट्ठीको करामत, उटपट्याङ २ आदिजस्ता व्यङ्ग्यहरुभित्र लिखित संवादहरु पहिलो र दोस्रो प्रकारका हास्यरस उत्पादन गर्न सफल देखिन्छन् । त्यस्तै च्वाँचेको मासु, आफ्नै मान्छे त हो नि, नक्कली सालो, उटपट्याङ १, जँड्याहाको चुप्पा, बूढाबाको दाँतमा होली, ठट्टा १, ठट्टा ३, ठट्टा ५, पेटीकोटको कमाल, बिहेको दिन, छिमेकी नम्बर १, खजाञ्जीको जीउ, छिमेकी नम्बर २, आदि रचनाभित्र विन्यास भएका शब्द र सम्वादलाई उचित तरिकाले प्रकट गर्ने हो भने दर्शक र पाठकलाई मजैले हँसाउन सक्ने देखिन्छ । यस कृतिभित्रका अधिकांश हास्यव्यङ्ग्यहरु मन्द मुस्कान ल्याउने र हाँसो फुटाउने खालका देखिन्छन् ।

च. सुधारको उद्देश्य
साहित्यको मूल हेतु आनन्द दिनु हो तथापि आनन्द मात्रका लागि लेखकहरु लेख्दैनन् । चेतन मनबाट लेखिने शब्दहरुले समाज सुधारको अपेक्षा राख्दछ । हास्यव्यङ्ग्य यसैतर्पm परिलक्षित हुन्छ । उद्देश्यको गहनता र महत्व कतिसम्म हुने भन्ने फरक पक्ष हो तर माणिकरत्नको लेखनमा उद्देश्य स्पष्ट झल्केको देखिन्छ । कतै व्यक्तिमा रहेका खराब प्रवृत्ति सुधारका लागि कटाक्ष गर्नु त कतै समाजमा रहेका बेथितिप्रति व्यङ्ग्यवाण चलाएर सुधारका अपेक्षा गर्नु । यी बाहेक कसैप्रति सम्मान जगाउनु (विमोचनमा हात, महमाहात्म्य) पनि उनको हास्यव्यङ्ग्यको उद्देश्य बनेको देखिन्छ ।

६. उपसंहार
म हसाउँदै छु लेखकले भन्ने कुरा होइन त्यो त पाठकले पठनबाट वा दृश्यबाट अनुभव गर्न पाउनुपर्छ । व्यङ्ग्यमा प्रयोग हुने आकर्षक विशेषण, सशक्त क्रियापद, प्यारोडी वा समश्रुतिपूर्ण शब्दको गति र यति, पुराना कुरा भएपनि नयाँ तरिकाले अभिव्यक्त गर्ने शैली (हनर्ङ, २००२), विम्ब तथा प्रतीकको कलात्मक प्रयोगले त्यसलाई हास्यव्यङ्ग्य बनाउँछ । नेपाली परिवेशमा प्रयोग हुने उखान टुक्काहरुको प्रयोग, जनबोलीको आधिकता, अनुकरणात्मक शब्दहरुको सान्दर्भिक प्रयोग (शाक्यले यसको प्रयोग सकेसम्म गर्नुभएको छ) गर्दै घटनाको चरमोत्कर्षमा पु¥याउन सके त्यो हास्यव्यङ्ग्य सशक्त हुने विश्वास गरिन्छ ।

माणिकरत्न शाक्यको अर्को झ्याइँकुटी पूर्णतः निजात्मक शैलीमा लेखिएको हास्यव्यङ्ग्य हो । हास्यव्यङ्ग्यमा सामाजिकता, स्पष्टता र लेखनमा सरलता, निजात्मकता (म पात्र र परिवेश तथा घटनामा आफ्नै संलग्नता) उनको विशेषता देखिन्छ । जीवनका उकाली–ओरालीहरुमा भोगिएका विषयलाई समातेर त्यसमा प्रस्तुत हुने उहाँको कला यस कृतिमा प्रकट भएको छ । प्रस्तुत शब्दहरु सलल बगेका छन् । नदीको जलप्रवाहमा यदाकदा देखिने उछाल र सुसाइहरुमा जसरी आनन्द पाइन्छ त्यस्तै आनन्द हरेक लेखनीमा लेखकले दिन सक्छ । यसका लागि शब्दशृङ्गार आवश्यक पर्छ । यस विषयमा चनाखो हुन सके र विषयवस्तुको वजन छामेर मात्र त्यसमाथि आफ्नो हास्यव्यङ्ग्यकला भर्ने प्रयत्नमा निरन्तरता दिन सके माणिकरत्नको हास्यव्यङ्ग्यले उत्कर्ष गन्तव्य समात्न सक्ने छ । लेखकलाई अर्को झ्याइँकुटीका लागि बधाइ र निरन्तरताको शुभकामना ।


Tags: . माणिकरत्न शाक्यझ्याइँकुटीहरि खनाल
अघिल्लो पोष्ट

सूक्ष्मदर्शी आँखो

पछिल्लो पोस्ट

पारिजातको २९ औं स्मृति सभामा पारिजात स्मृति सम्मान

हरि खनाल

हरि खनाल

सम्बन्धित पोष्टहरू

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा
समालोचना

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा

२६ माघ २०८१, शनिबार
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन
समालोचना

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

१५ पुष २०८१, सोमबार
घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
पछिल्लो पोष्ट
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

पारिजातको २९ औं स्मृति सभामा पारिजात स्मृति सम्मान

बर्खी फुकाउँदा

बर्खी फुकाउँदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक

ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार
पर्वत जिल्लाको साहित्यिक गतिविधि

पर्वत जिल्लाको साहित्यिक गतिविधि

४ जेष्ठ २०७९, बुधबार
रामायण महाभारतको पुनर्लेखन र सत्यको नित्य नवीकरण प्रक्रिया

रामायण महाभारतको पुनर्लेखन र सत्यको नित्य नवीकरण प्रक्रिया

४ जेष्ठ २०७८, मंगलवार
निरुत्तर

निरुत्तर

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक