जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

पूर्वको पशुपति हलेसी

यात्रा गर्न रमाइलो लाग्नेलाई बेला–बेलामा यात्रामो निम्ता आइरहन्छ

हिरण्यकुमारी पाठक हिरण्यकुमारी पाठक
प्रकाशित १३ भाद्र २०७८, आईतवार
सँस्मरण भित्र
0
पूर्वको पशुपति हलेसी

यात्रा गर्न रमाइलो लाग्नेलाई बेला–बेलामा यात्रामो निम्ता आइरहन्छ । एकाविहानै साथीहरुले फोन गरे, “हलेसी जाने ?”, “जाने–जाने ।” भनेँ मैले । छोरोको फोनमा कुरा भएन मनमा खुलदुली लागिरह्यो । कता हो हलेसी, कसरी जाने, को–को जाने । दिनभरि मनमा अनेक चाहनाहरु पलाउँदै गए । साथीहरु आए, “हामीले त बस रिजर्म गरिसक्यौं भोलि विहानै गौशालामा ७ बजे आउनु होला । हामी २५–२६ जना छौं – आफ्नै साथीहरु” । “अहो ! कस्तो संयोग साथीहरुसँग मिलेर हातेमालो गर्दै भगवानको दर्शन गर्न पाउनु कति रमाइलो कुरा हो । पर्यटकीय दृष्टिले त म अवश्य नै आउँछु, तर मलाई राम्रो सिट दिनु है, खुट्टा दुख्छ नि ।” सबै साथी हाँसे र सानुले, “हुन्छ–हुन्छ हामी राम्रै सिट मिलाउँछौं” भनिन् । म घरमा आफ्नो ताँजोपाँजो मिलाउनपट्टि लागेँ ।

२०६६ साल हामी आफ्ना तीर्थयात्राका सहभागी साथीहरु श्री किरण राणा, श्री कान्छु राणा, भुवनेश्वरी श्रेष्ठ तथा अन्य १४ जनाको सहभागी साथीहरु सहित झण्डै २० जनाको टोली पूर्वको पशुपतिका नामले विख्यात हलेसी महादेवको दर्शन र सगरमाथा अञ्चलको खोटाङ जिल्लाको प्राकृतिक सौन्दर्यले परिपूर्ण स्थलको अवलोकन गर्न मिलीजुली प्रस्थान गरियो । कतै समतल भूमि त कतै घुमाउरो बाटो हुँदै हामी अत्यन्त रमाइलो गर्दै गुड्दै–गुड्दै यात्रामा अगाडि बढिरहेका छौं । आफ्नो देशको अलौकिक दृश्य, चारैतिर पहाडै पहाडले दर्शन दिइरहेको बाटोमा विभिन्न साथीहरुसँग अनेकौँ कुराहरु, समस्याहरु र सुखद तथा दुःखद अनुभवहरु आदानप्रदान गर्दै बाटोले नेटो काटेको पत्तै भएन । बाटो अलि सारै नै कच्ची भए तापनि हाम्रो पाइलटले राम्ररी झुलामा झुलाएसरी बाटोमा हल्लाउँदै–हल्लाउँदै पुराए दुधकोशीको छेउमा । अब त्यहाँबाट बेलिब्रिज पार गरेपछि मात्र हलेसीको यात्रा पुनः शुरु हुने रहेछ । पुल पार गर्न लाइनमा लाग्नुपर्ने रहेछ । उताबाट आउने एउटा र त्यसपछि यतापट्टिको बस जान पाउने रहेछ । पालो आएपछि हामी पनि झोलुङ्गे पुलमा हल्लिंदै, दुधकोशीलाई नमस्कार गर्दै पारी पुग्यौं । त्यहाँबाट माथि चढाई आइपुग्यो । बिच–बिचमा स–साना चिया पसलले हामीलाई स्वागत गरिरहेको थियो । हामी गन्तव्यमा पुग्न आतुर थियौं र रोकिएनौं । तर पाइलटलाई नै ओर्लिनपर्ने जरुरी भएकोले एउटा चिया पसलमा गाडी रोकियो र १५ मिनेटको टाइमको पनि उर्दि सुनाए हाम्रो पाइलट लक्ष्मीले । उनी कता गए, हामी चाहिँ चिया पसलमा चियाको अर्डर गरेर स्वस्थ हुन कुना–काप्चा खोज्दै साथीसँगै मिलीजुली फ्रेस भएम । चियाको तातो, मिठोले शरीरमा ऊर्जा पनि दियो । सूर्यले हामीलाई चाडै जाउ भन्ने संकेत गर्दै आफू ओझेलमा पर्ने अग्रसर भइरहेको थिए । अलि–अलि सांझ पर्दै बाटो उकालोमा उक्लिंदै थियो हाम्रो बस । बिस्तारै हामी हलेसी महादेवको छेउमा पुग्यौं । तर राती भएकोले पहिले बस्ने बास खोज्नेपट्टि लाग्यौं । यतिबेला हलेसीको राम्रो विकास भैसकेको रहेनछ । अलि ठाडै उक्लिन पर्ने र अनिमात्र मन्दिरको छेउमा पुग्यौं । वरिपरि स–साना कटेराहरु लामवद्ध भएर हामीलाई पर्खिरहेका जस्तो लाग्यो । तर धेरैजसो त पर्यटकबाट ओगटीसकेका रहेछन् । जसोतसो हाम्रो जत्थालाई दुइटा ठुलै कोठा पाइयो र हामी मिलीजुली आफ्नो पोकापुन्तरालाई राख्यौं ।

बिहान सबेरै भगवानको दशैन गर्न नुहाउनु पर्ने हाम्रो बानी हो । तर हलेसीमा त पानीको दुःख रहेछ । तल वसाहा गुफा क्षेत्रको धारोबाट त्यहाँका महिलाहरुले गाग्रीमा पानी बोकी माथी ल्याउने रहेछ । होटलको खानाहरुको लागि पनि यस्तै व्यवस्था रहेछ । कति दुःख गाउँघरका महिलालाई । चित्र कटक्क दुख्यो मलाई । हाम्रो टोलीले त्यो गाग्रीको कष्ट गरि ल्याएको पानी भन्दा तलै धारामा गएर नुहाउने भन्ने सल्लाह अनुसार सबै वासाह गुफा क्षेत्रको धारोमा गएर मज्जाले नहाएम ।

त्यसपछि हामी हलेसी मन्दिरतिर पूजा–आजा गरि दर्शन गर्न माथी उक्लियौं । हलेसी महादेवको पुजारी गिरी रहेछन् । त्यहाँ १२ वर्ष उमेरसम्मका बाल कुमारले पूजा गर्ने चलन रहेछ । यसबारे सोधपुछ गर्दा वि.सं. १८६१ देखि यहाँ गिरी पुजारी रहेका हुन् भन्ने जानकारी भयो । हलेसी नामाकरणमा पनि अनेकौँ किवदन्ती रहेछन् । त्यहाँका स्थानीयसँग जानकारी लिंदा “हालेसुङ” नामक राजाले बसाएको थलो हुँदा यसको नाम हलेसी रहेको रहेछ । यहाँ सतीदेवीको हर पतन भएकोले पनि हलेसी रहन गएको भनिन्छ । अर्को पनि कुरा सुनेँ, द्वापरकालीन कृष्णका दाजु बलरामले हलो जोत्दै जांदा यहाँ हलो अड्केकाले हलेसी नाम चलेको हो भन्ने पनि थाहा पाएँ । यस्तै अरु पनि धेरै नै किवदन्तीहरुको जानकारी त्यहाँ सुन्दै मन्दिरतफै लागेँ । मन्दिर हेर्दा सानो तल गहिरो रहेछ । तल निकै तलसम्म भरेङ्गबाट जानुपर्ने र तल अँध्यारो, चराहरुको बिष्टाले फोहर पनि तुलाएको देख्दा नमिठो लाग्यो । भगवान हलेली सानो मूर्तिमा फलामको घेराभित्र सुरक्षित राखिएको र पुजारीले पूजा गर्ने रहेछन् । हामी सबैले बडो अस्थासाथ पूजा ग¥यौं । त्यहाँ मन्दिरभित्रै धर्मात्माद्वार पनि रहेछ । जसबाट वार पार गरेका पुण्य मिल्ने भन्ने पनि रहेछ र हामी सबैले हाँस्दै–हाँस्दै पुण्य प्राप्त ग¥यौं । मन्दिरको प्रांगणमा प्राकृतिक शिवलिंग र त्यसको माथिपट्टि गौथुन छ जहाँबाट थोपा–थोपा दूध झर्ने गर्दछ । गुफाको आकार ठुलै छ तर गुफामा चमेरो र परेवाले चारैतिर आफ्नो अस्तित्व जमाएका छ ।

हलेसी गुफै गुफाले सिंगारिएको तीर्थ स्थल लाग्यो मलाई । यहाँ धेरै नै पुरातात्विक शैलीको आकर्षक गुफाहरुले पर्यटकहरुलाई यसतर्फ आकर्षक तुल्याउन सफल हुन्छ भन्ने मलाई लाग्यो । यहाँको ढुंगे धाराबाट माथी वसाहा गुफा एउटा अद्भूत गुफा रहेछ । गुफाको भित्ताभित्ता तथा सिलिङ्गमा महादेवको अनेकौँ लिलाहरु पार्वतीका साथमा छन् भने विभिन्न प्राकृतिक आकृतिहरु गणेश, देवी, कुमार, नाग ब्रह्मा अािदको हिन्दू, बौद्ध सबैले पुज्दछन् । अचम्म त्यहीँ भित्तामा एउटा शंख आकारको शिलामा सानो प्वाल रहेछ र त्यस प्वालमा कान राखि सुन्दा अनेकौँ आवाज शंख ध्वनीहरु आउँदो रहेछ । त्यसको पनि आनन्द लियौं । यसरी महादेवका अनेकौँ लिलाहरु ढुंगामा कुदिएका दृश्यहरुको आनन्द लिंदै हामी सबै माथि आफ्नो खाना खाने तर्फ लाग्यौं । र विस्तारै गन्तव्यतिर जाने तरखर पनि गर्न थाल्यौं । वास्तवमा हलेसीको सुन्दर मनोहर दृश्यलाई अवलोकन गर्न, पुरातत्व शैलीहरुको अध्ययन गर्न कम्तिमा पनि एकहप्ता त्यहाँ बसेरै अध्ययन गर्नुपर्छ जस्तो मलाई लाग्यो ।

अत्यन्त रमाइलो दृश्यलाई हृदय र आँखामा कैद गर्दै हामी अब फर्किने तर्फ लाग्यौं । बसमा हलेसीमा प्राप्त गरेको आत्मियता, आनन्द र अनेकन प्राकृतिक दृश्यहरु देख्दा, आ–आफ्ना विचारहरु प्रकट गर्दै–गर्दै दूधकोशी आएको पत्तै भएन । अब हामी पुल तरी पारी जानुपर्ने छ । तर त्यहाँ निकै भिड–भाड थियो वारी र पारी दुवैतर्फ बसहरु लाइन लागि पर्खिरहेका देखियो । के रहेछ भनेर बुझ्दा त झौलुंगे पुलको एउटा ठुलै पुर्जा बिग्रिएछ र त्यहाँ बन्न सकेन । अब त्यो पुर्जा नआए सम्म गाडी चलाएन नपाउने भन्ने सूचना पाइयो । अब बडो असम्जसमा परेम सबै । अँध्यारोले आफ्नो तन्न ओछ्याउन थालिसकेको थियो । अन्तमा अब त्यहीँ वारी नै रात बिताउने कुरो भयो सबै जना । त्यहीँ अलि माथिका छाप्राहरुमा आ–आफ्ना जत्थाहरुलाई मिलाई बस्यौं र त्यहीँ हाम्रो रात्रीभोज पनि भयो ।

भोलिपल्ट बिहान पनि अब पुलको सामान काठमाण्डुबाट मात्रै आएमा बन्छ भन्ने समाचार आयो । तर अझै त्यहाँका संरक्षकहरुले काठमाण्डु सामान लिन मानिस पठाएका छैनन् । फसाद ! अब कति दिन रात यहाँ यसरी कुर्ने । तर समस्या भएपछि समाधान पनि भै हाल्छ भनेजस्तै, पुलमा मानिस ओहरदोहोर गर्न त भै हाल्दोरहेछ । वारीका बस वारी नै, पारीका बस पारी नै थिए पाइलटहरुले अक्कल लगाए पारीका यात्रुहरु आ–आफ्नो झोला बोकी पारी गयौं र पारीका यता आए । पारीमा एउटा बस रिजर्भ गरी हामी फेरि घरतर्फ फर्कने यात्रामा लाग्यौं । रमाइलो दुधकोशीमा एकपटक बसबाट र एकपटक झोलुङ्गे पुलमा हिंड्दाको छुट्टै अनुभव र रोमाञ्चकारी अनुभव पनि भयो ।

जेहोस् हलेसी यात्रा सदैव आफ्नो स्मरणमा रही रहने गरि यात्रा गरियो ।

यति राम्रो प्रकृति दृश्यले समेटिएको हलेसीको संरक्षण गर्नु, पर्यटकहरुलाई अकर्षित गराउनु सरकारको आर्थिक स्रोतको विकास गर्नु हो । हलेसी गुरुयोजना, हलेसी विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समितिहरु सबै नै रहेछ तर पनि यसतर्फ संरक्षण र व्यवस्था मिलाउन कार्य भएको छैन । त्यहाँका वासिन्दाहरुसँगको जानकारीमा हलेसीको राम्रो संरक्षण, पानीको व्यवस्था, लजहरुको व्यवस्था भएमा पर्यटकीय दृष्टिले हलेसी एउटा नमूना, आकर्षक, रमणीय स्थल बनाउन सकिन्छ भन्ने सुनेँ ।


अघिल्लो पोष्ट

साहित्य अभिव्यक्तिको शाब्दिक कला हो पूर्ण वैद्य

पछिल्लो पोस्ट

नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव

हिरण्यकुमारी पाठक

हिरण्यकुमारी पाठक

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव

नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव

धेरैथोकमा विभाजित विद्वान्  आनन्ददेव भट्ट

धेरैथोकमा विभाजित विद्वान् आनन्ददेव भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

याक्थुङ् भाषाका कथा साहित्य र कालक्रम

याक्थुङ् भाषाका कथा साहित्य र कालक्रम

५ असार २०८१, मंगलवार
डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र-परराष्ट्र’

डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र-परराष्ट्र’

५ जेष्ठ २०८१, शनिबार
नेपालबाट चोरिएका सम्पदा जुरिच र बेइजिङमा लिलामीमा

नेपालबाट चोरिएका सम्पदा जुरिच र बेइजिङमा लिलामीमा

४ जेष्ठ २०८०, बिहीबार
नेपाली कविहरूका कविता उर्दु भाषामा

नेपाली कविहरूका कविता उर्दु भाषामा

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक