जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

कोभिड सङ्क्रमण अनुभव र अनुभूति

रुद्र ज्ञवाली रुद्र ज्ञवाली
प्रकाशित १ माघ २०७८, शनिबार
सँस्मरण भित्र
0
कोभिड सङ्क्रमण अनुभव र अनुभूति

नेपालमा दोस्रो व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपश्चात् सरकारले २०७६ चैत्र ११ गतेदेखि देशैभर लकडाउनको घोषणा गर्‍यो । पहिलो पटक लगाइएको लकडाउन २०७७ साल जेठ ३२ सम्म कायम रह्यो । यस अवधिमा सञ्चार माध्यम र सामाजिक सञ्जालले कोरोना सङ्क्रमणको वीभत्स र कुरुप तस्वीर प्रस्तुत गरे । तथ्यहरुको अतिरञ्जना गरियो । रछ्यानमा हलक्क हुर्केको विरुवा जस्तै सामाजिक सञ्जालमा हल्लाका खेती मौलाए । केही टिभी च्यानलले त सङ्क्रमित र मृतकको विवरण घण्टाघण्टामा सुनाउन थाले, जसले सामान्य मानिसको मानसिकतामा नराम्रो असर गर्‍यो ।

कोरोनाले गतिविधि सङ्क्रमण गरिरहे पनि जीवनको गति सधैँ अवरुद्ध हुन सक्दैनथ्यो । म कार्यरत कार्यालय प्राय: बन्द हुँदैनथ्यो । त्यसैले नियमित कार्यालय आउजाउ गरिरहेको थिएँ । घरबाट कार्यालय आउजाउका लागि कार्यालयले सवारीसाधनको व्यवस्था गरिदिएको थियो । त्यसैले सार्वजनिक यातायातमा भन्दा अलि सुरक्षित रहेको मनोविज्ञानले पनि कामकाज सहज बनाइरहेको थियो ।

यसै बीचमा लकडाउन खुल्यो । कोरोना हाम्रो समाजको अभिन्न हिस्सा बनेर हामीसँगै विचरण गरिरह्यो । यसैक्रममा म पनि यसको चपेटामा परेँ ।
सन २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेर विश्वलाई नै सन्त्रस्त बनाइरहेको कोभिड १९ को सङ्क्रमण अन्तत: म मार्फत मेरै घरमा पनि प्रवेश गर्‍यो । यसले घरमा उपस्थित सबैलाई सङ्व्रmमित गरेरै छोड्यो ।

२०७७ मङ्सिर २६ गते शुव्रmबार एउटा विवाहमा सामेल हुनुपर्ने भएकाले कार्यालयबाट बिदा लिएको थिएँ । कोभिड सङ्क्रमण सुरु भए यता जति गर्मी नै भए पनि नुहाउन तातो पानीको प्रयोग गर्दै आएको थिएँ । त्यसदिन बिहान नुहाउने क्रममा एकदुईपटक हाच्छिउँ आए पनि त्यस्तो असामान्य केही थिएन । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर एकजना मित्रको निजी सवारीमा विवाहस्थलमा पुगी भोजनपश्चात् तुरुन्तै घर फर्कियौँ । तर त्यसै दिन साँझपखबाट नाकको भित्री भाग चिलाएजस्तो हुन थाल्यो । क्रमश: शरीर रन्के जस्तो हुन थाल्यो । ज्वरो नाप्दा ९८.५ हुन्थ्यो, तर शरीरभित्र आगो बालेजस्तो अनुभव हुन थाल्यो । साँझको समयमा आठदसपटक हाच्छिउँ आएपछि केही हलुका भएजस्तो भयो । मलाई बेलाबेला एलर्जीले सताउने भएकाले यसलाई पनि नियमित एलर्जी होला भन्ने अनुमान गरे पनि ज्वरो नचढोस् भनेर एउटा सिटामोल खाएर सुतेँ ।

रातीदेखि नै टाउको भारी हुन थालेको थियो । मस्तिष्क रन्केको थियो । भोलिपल्ट ज्वरो नाप्दा ९९.५ थियो । बिहान वाफ लिने, गुर्जो लगायतका स्थानीय जडीबुटीका चिया बनाएर सेवन गर्ने गर्दा पनि खासै फाइदा गरेन । शरीरभरि आगो लगाए जसरी पोल्न थाल्यो । शरीरका जोर्नी जोर्नीमा कुनै वस्तुले अँठ्याएजस्तो हुन थाल्यो । मसलहरु कुनै जनावरले लुछेको हो कि जसरी दुख्न थाल्यो । खानापश्चात् सिटामोल र घरेलु परम्परागत ओखती खाँदै रहेँ । ज्वरो क्रमश: बढेर १०१ पुग्यो । छातीमा कुनै गरुङ्गो वस्तु राखेको जस्तो लागिरहेको थियो । छोरी आसमा स्वास्थ्यकर्मी भएकीले मलाई निगरानी गरिरहेकी थिइन् । पिसिआर गराउने कि भन्ने सल्लाह भयो ।

त्यस दिन पनि आजलाई विचार गरी हेरौँ भनेर सिटामोल मात्रै खाएर सुतेँ । भोलिपल्ट ज्वरो केही मत्थरिए जस्तो भएको थियो, तर खानामा अरुचि थियो । कोरोना सङ्क्रमण हुँदा गन्ध र स्वाद हराउँछ भन्ने पढेसुनेको थिएँ । त्यसैले घरेलु विधिबाट परीक्षण गरौँ न भन्ने विचार आयो । खाना खाँदा अमिलो, पिरो, नुनिलो सबैको स्वाद आयो, तर कुनै पनि खाने कुराको गन्ध आएन । शङ्का लाग्यो र कागतीको बोक्रा सुघेँ । अहँ गन्ध छैन । सुनिश्चित गर्न सुन्तलाको बोक्रा नाकमा लगेर निचोरेँ । अहँ बासना वा गन्ध छैन । छँदै छैन । अब भने मलाई पक्कै सङ्क्रमण भयो भन्ने लाग्यो ।

लक्षण देखिएपछि म छुट्टै कोठामा सरेँ । खाना खाएर २.५ कि.मि. टाढा रहेको स्वाव सङ्कलन केन्द्रमा पैदलै गएँ र स्वावको नमुना दिन गएँ । लक्षणहरुको आधारमा कोरोना सङ्क्रमण हो भन्ने कुरामा विश्वस्त नै थिएँ ।

स्वाव दिएर फर्केपछि म छुट्टै बस्न खोज्थेँ, तर श्रीमती र छोरीले मलाई एक्लो बस्न दिएनन् । घर आएपछि छोरीले डाक्टरसँग सल्लाह गरेर कोभिड सङ्क्रमितलाई चलाउने औषधी चलाउन सुरु गरिन् । साँझ मोबाइलमा परीक्षणको नतिजा पोजिटिभ रहेको सन्देश आयो । यो सन्देश अपेक्षित रहेको र यसलाई व्यहोर्न मानसिक रुपमा तयार रहेकोले त्यसको खासै असर परेन । दिनको तीनपटक सिटामोल, एन्टिवायोटिक, जिङ्क, भिटामिन लगायतका घरेलु जडीबुटीको सेवनले ज्वरो नियन्त्रणमा आयो ।

सबै सामान्य रुपमा चलिरहेको थियो । म एसिडिटी, उच्च रक्तचाप, मधुमेहको बिरामी भएकाले खानपानमा उच्च सर्तकता अपनाइएको थियो । केही परिहाले आकस्मिक उपचारको सहजताको लागि घरमै अक्सिजन लगाउने व्यवस्था मिलाइएको थियो । घरमा ब्लडप्रेसर नाप्ने र मधुमेहको लेभल जाँच्ने उपकरण उपलब्ध थिए । त्यस बाहेक इमरजेन्सीमा आवश्यक पर्ने औषधी पनि घरमै थियो । एक किसिमले घर नै अस्पताल जस्तो भएको थियो ।

भोलिपल्टदेखि श्रीमतीलाई पनि कपाल भारी हुने, आँखा पोल्ने र मन्द ज्वरो आएजस्तो हुन थाल्यो । पिसिआर परीक्षण गर्दा श्रीमतीको पोजिटिभ र छोरीको नेगेटिभ नतिजा आयो, तर पनि सबै ठीकठाकै चलिरहेको थियो । म बिहान नित्य मर्निङ वाक गर्ने र करिब एक घण्टा योग प्राणायाम गर्ने गर्छु । सङ्क्रमित भएपछि प्रात: भ्रमणमा गएको थिइनँ, तर कोठामा बसेर अरु नित्य कर्महरु गरिरहेको थिएँ ।

सबै ठीकठाकै चलिरहेको थियो । ज्वरो बसेको थियो । अक्सिजन लेभल पनि सामान्य नै थियो । नियमित जस्तै पुस १ गते बिहान पाँच बजे उठेर योग प्रणायामपश्चात् सामान्य अवस्थामै नास्ता खाएँ । खाना पनि अघिपछिको जस्तै सामान्य नै खाई नियमित औषधी सेवन गरेँ, तर एक छिनपछि शरीरमा कताकता केही असहज भएजस्तो लाग्न थाल्यो । खाना खाएको लगभग एक घण्टापछि छटपटी हुने रिङटा लाग्ने र उभिँदा चक्कर आउने हुन थाल्यो । छोरी घरमै थिइन् । उनले जाँच गर्दा ब्लडप्रेसर र सुगरको लेभल बढेको देखियो । ब्लडप्रेसरको औषधी घरमै रहेकाले तत्कालै थप गरियो । तुरुन्तै इन्सुलिन मगाएर इन्सुलिन पनि लगाइयो ।

औषधी थप गरेपछि पनि मलाई चक्कर आइरहेको थियो । सुत्न र बस्न समेत असजिलो भइरहेको थियो । उठ्दा आँखामा अँध्यारो छाउँथ्यो । मलाई कोरोना अस्पताल बुटवलमा भर्ना गर्ने कुरा भयो, तर एम्बुललेन्स पाउनै सकस । बहिनी, ज्वाईं र भान्जाहरुको अथक प्रयत्नपछि एउटा एम्बुलेन्स उपलब्ध भयो । सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले धेरै ठाउँ खोजखबर गरिदिएपछि मात्रै एम्बुलेन्स पाइयो । मलाई भने उभिँदा समेत चक्कर आइरहेको थियो । कथंकदाचित् म ढलेँ भने ढलेको ढल्यै हुन्छु । कसैगरी अस्पताल पुग्न पाए ज्यान जोगिएला भन्ने कुराले बल प्रदान गरिरहेको थियो ।

कोही छोइन नहुने । छोइए सङ्क्रमण सर्ने । श्रीमती आफैँ सङ्क्रमित । कसले उठाएर एम्बुलेन्ससम्म पुर्‍याउनु । घस्रीघस्री घरको सिँढी ओर्लेँ । श्रीमती र छोरीले समाएर एम्बुलेन्ससम्म पुर्‍याए ।

सञ्चार माध्यमहरुले देखाएको भयावह तस्बिर मानसपटलमा घुमिरहेकै थियो । एम्बुलेन्समा सुतिसकेपछि त्यो झनै तीव्र भयो । छत्तीस वर्षको जागिरको उपलब्धि यत्ति यौटा घर । फेरि फर्केर यो घरमा आउन पाइने हो होइन जस्तो लाग्यो । आँखा खोलेर आँखाले भ्याए जति घर हेरेँ । घर बनाउने क्रममा पाछिएका औँलाका छाला सम्झेँ । चसक्क कतै दुख्यो । मन भरियो । आँखा रसाए ।

मलाई सरासर लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना क्लिनिकमा लगियो, तर त्यहाँका सबै सेवा बन्द रहेछन् । आइसियु बन्द । भेन्टिलेर पनि मर्मतमा रहेछन् । धेरैबेरको माथापच्चीपछि लुम्बिनी प्रादेशिक अस्पतालकै फिभर क्लिनिकमा भर्ना गरियो, त्यो पनि कुनै शक्ति केन्द्रको भनसुनबाट ।

बुटवलको फिभर क्लिनिकमा रगत परीक्षण र एक्सरे जाँच भयो । घरमा चलिरहेकै औषधीलाई नै त्यहाँ पनि निरन्तरता दिइयो । म लगभग पन्ध्र घण्टा त्यो क्लिनिकमा रहेँ । त्यो अवधिमा त्यहाँ न कुनै चिकित्सक आए न औषधी परिवर्तन भयो । त्यहाँ जे गरे पनि ड्युटीमा रहेका नर्सहरुको भर रहेछ । संयोगले ड्युटीमा रहेका दुईजना नर्स नै भैरहवाका रहेछन् । ती छोरीहरुले आफूले सक्दो सबै सहयोग गरे । उनीहरुलाई त्यहाँ पाउँदा भने गएको ज्यान पनि फर्किए जस्तो भयो ।

अस्पतालमा भर्ना गरिएपछि मलाई थप समस्या देखिएको थिएन, तर फिभर क्लिनिकको कन्त विजोग भने भनी साध्य थिएन । लगभग कुनै शवगृह जस्तै थियो त्यो ठाउँ । जीर्ण तथा ढुसी लागेका भवनका भित्ता । फोहोर नै फोहर शौचालय । हुन त त्यहाँ एसीजडित दुईवटा केबिन खालका बेड खाली थिए । ती अलि सफा पनि भएकाले त्यता सर्न खोज्दा प्याक भइसकेको बताइयो, तर म बसेको रातभर ती बेड खालीको खाली नै रहे ।
खै के सल्लाह भयो कुन्नि । भोलि थप उपचारका लागि काठमाडौँ जाने भन्ने सूचना मैले राती नै पाएँ । भोलिपल्ट पुस २ गते हामी अघिल्लो दिनकै एम्बुलेन्समा काठमाडौँतर्फ लाग्यौँ । यहाँ मैले एम्बुलेन्सको प्रसङ्ग किन राखेको भने एम्बुलेन्सका चालक आँखामा राखेर पनि नबिझाउने व्यवहारका थिए । उनले हामीलाई अत्यन्तै सहयोग गरिरहेका थिए । दिउँसो चार बजे सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगियो ।

हामी नराम्रा कुराहरुको तुरुन्तै प्रचार गर्न र खरको आगो जसरी नकारात्मक सूचनाहरु प्रवाह गर्न खप्पिस छौँ, तर राम्रा कुराहरुको प्रशंसा गर्न भने त्यति विधि जाँगर गर्दैनौँ । मैले सशस्त्र प्रहरी बल अस्पतालबाट जस्तो सेवा र उपचार पाएँ, यदि त्यो उल्लेख गरिनँ भने मेरो कृतघ्नता ठहरिन्छ ।

म लगभग १५ घण्टा बुटवलको फिभर क्लिनिकमा रहँदा नर्सिङ र सफाइ कर्मचारी बाहेक कसैको दर्शन गर्ने सौभाग्य जुरेन, तर बलम्बु अस्पताल पुग्दा डा. रोशन झा स्ट्यान्डबाई अवस्थामा हुनुहुन्थ्यो । उहाँ आफैँ एम्बुलेन्सको नजिकै आएर सबै विवरण लिनुभयो । उहाँको व्यवहार यस्तो थियो कि म कुनै अस्पतालमा नभएर कुनै आत्मीय जनको घरमा पुगेको छु । सबै अवस्था बुझेपछि उहाँले भन्नुभयो –“तपाईंको अहिलेको अवस्था त्यति जटिल छैन । छोरी पनि स्वास्थ्यकर्मी हुनु हुँदोरहेछ । उहाँ साथै रहनुभयो भने तपाईंहरुलाई पनि सजिलो हुन्छ । हामीलाई पनि सहयोग हुन्छ । केही असहज भए हामी तुरुन्तै यता सिफ्ट गर्छौं । तीन बेडका क्याबिनमा तपाईंलाई राख्दा कसो होला । त्यहाँ अक्सिजनको सुविधा छ र तपाईंकी छोरी पनि सँगै रहन सक्नु हुन्छ ।

यति भनेर उहाँले मेरो प्रतिक्रिया खोज्नु भयो । त्यो त हाम्रा लागि खोजेकै कुरा भयो । पिसिआर रिपोर्ट नेगेटिभ आए पनि छोरी आसमा हामीसँगै थिइन् । उनलाई बाहिर कहाँ राख्ने भन्ने पिरलो थियो । डाक्टरको कुराले त्यसको अन्त्य गरिदियो ।

वार्डमा सिफ्ट हुने बेलामा एकजना सशस्त्र प्रहरी निरीक्षक वर्दीमै आउनुभयो र केही आवश्यकता अथवा असजिलो पर्‍यो भने यो नम्बरमा फोन गर्नु होला भनेर फोन नम्बर दिनु भयो । हामी वार्डमा पुग्नासाथ एकजना कर्मचारीले खाजा खाँदै गर्नुस् भनेर खाजाको पोको ल्याइदिनु भयो । केही छिनमा तपाईंहरुको औषधी तयार छ, लिन आउनुस् भन्ने खबर आयो । यद्यपि नियमित सेवन गर्ने औषधीहरु हामीले साथै लगेका थियौँ र पनि अस्पतालमा बसुन्जेल अस्पतालबाटै औषधी उपलब्ध गराइयो ।

अब कुरा गरौँ अस्पतालका स्वास्थ्यकर्मीहरुले बिरामीप्रति गर्ने व्यवहारको । मलाई सबैभन्दा प्रभावित गरेको पक्ष नै यही हो । विदेशमा डाक्टरहरुले आफ्ना बिरामीलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छन् र बिरामीलाई आवश्यकीय सल्लाह दिन्छन् भन्ने कुरा विदेशमा रहेका आफन्तहरुबाट सुन्दा मलाई पत्याउन धौधौ पथ्र्यो । सो किनभने नेपालमा चिकित्सकहरुबाट त्यस्तो व्यवहार पाएकोे अनुभव मलाई आजसम्म थिएन । अझ कोरोना सङ्क्रमितको त नजिक पनि नपर्ने र उचित उपचारको अभावमा बिरामीहरु अस्पतालमै मरेको वा अस्पालको चक्कर काट्दाकाट्दै मृत्यु वरण गर्न बाध्य भएका समाचार हामीले पढ्दै र सुन्दै आएको हो, तर मैले उपचार गराएको अस्पतालका चिकित्सकहरुको व्यवहार आफैँले भोगेपछि अस्पताल र चिकित्सकप्रतिको मेरो धारणा पुरै बदलिएको छ ।

अस्पताल भर्ना भएपछि पहिलो काम रगत जाँच भएको थियो । रगतमा अक्सिजनको मात्रा केही कम देखिएपछि तुरुन्तै नाडीको मूल नसाबाट रगत निकाली जाँच गर्दा पनि केही कम देखिएपछि चिकित्सक आएर मलाई सो कुराको सूचना दिई केही समय अक्सिजन दिइएको थियो । राती रगत जाँचको रिपोर्ट आएपछि सोबारे फोनबाट जानकारी गराइयो । भोलिपल्ट राउन्डमा आएका चिकित्सकले अवस्था जोखिमयुक्त नभएको कुरा बताएका थिए । भोलिपल्ट हाम्रो छातीको एक्सरे जाँच र केही रगतको जाँच भएका थिए । त्यसको रिपोर्ट चिकित्सक स्वयम्ले फोन गरी बताएका थिए । भोलिपल्ट राउन्डमा आएका चिकित्सकले उपचार प्रक्रियाबारे कुरा गरेका थिए । मलाई आई.भि.बाट एन्टिबायोटिक, सिटामोल लगायतका औषधी दिइएको थियो । ज्वरो बसेकाले सिटामोल हटाउँदा हुँदैन र मैले जिज्ञासा राखेको थिएँ ।

कोरोना आफैँमा एक रोग त हुँदै हो । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता दुर्बल बनाउने हुँदा अरु दीर्घ रोग बल्झाइदिने र नयाँ थप सङ्क्रामक रोगको आक्रमण हुने जोखिम रहन्छ । यसले विशेष गरी फोक्सोलाई सङ्क्रमित गरी निमोनिया गराउने र निमोनियाले स्वास्थ्यमा जटिलता ल्याउने हुँदा हामी सुरुमै यसलाई केन्द्रमा राखेर निरोधात्मक उपचारमा जोड दिन्छौँं । त्यसैले अहिले चलेका औषधी अरु एक हप्ता निरन्तर चल्छन् । फोक्सोमा निमोनिया भई नसकेको भए पनि केही फरक त आउँछ नै । त्यसैले तपाईंको अवस्थालाई पुरै सामान्य भन्न पनि मिल्दैन । राम्रो कुरा त्यस्तो जोखिम पनि केही छैन । यस्तो अवस्थामा हामी डेक्सोना चलाउँथ्यौँ, तर डेक्सोनाले रगतमा सुगरको मात्रा अत्यधिक बढाउने र तपाईंको यसै पनि सुगर लेभल बढी रहेकाले अहिल्यै त्यो चलाउँदैनौँ, तर तत्कालै सिटामोल हटाउन भने मिल्दैन । चिकित्सकले सुझाएका थिए ।

अस्पताल बसेकै अवस्थामा पनि मेरो रक्तचाप तलमाथि भइरहन्थ्यो । सुगर लेभल पनि स्वाट्ट झर्ने र एक्कासि बढ्ने गथ्र्यो । धन्न अक्सिजन लेभल भने सामान्य नै थियो । श्वास–प्रश्वासमा समस्या थिएन, तर श्रीमतीलाई भने दुई दिन अक्सिजन सपोर्टमा राख्नु पर्‍यो । थोरै दम भएजस्तो भएकाले त्यसको उपचार पनि सुरु भएको थियो ।

सो अस्पतालमा रहँदा दिनको चारपटकसम्म ज्वरो, रक्तचाप र सुगर जाँच गरिन्थ्यो । आवश्यक पर्दा त्यो भन्दा पनि बढीपटक । एघार दिन अस्पतालमा बस्दा कुनै पनि कर्मचारी, डाक्टर वा नर्सिङ स्टाफहरु झर्केको र कड्केको आवाज मैले सुन्नु परेन । उनीहरु मध्ये केही आफैँ पनि सङ्क्रमित भइसकेकाले आफ्ना अनुभव सुनाएर आत्मबल बढाइरहन्थे । म पनि पाँच दिन यसै बेडमा सुतेको हुँ । ड्युटीका डाक्टरले अनुभव सुनाउँथे । डाक्टर आशिष त आफ्नै परिवारका सदस्य जस्तै घुलमिल हुन्थे । नर्सिङ स्टाफ मध्ये बबिता त आफ्नै छोरी जस्तै लाग्थिन् ।

बस्दा केही असजिलो त भएको छैन ? हामीले केही सुधार गर्नुपर्ने छ कि ? खाना कस्तो छ ? खाजा नास्ता समयमा आएको छ छैन ? डाक्टरहरु बारम्बार सोधिरहन्थे । बिरामीको सुविधाको लागि हामीलाई राखिएको ब्लकमा वासिङ मेसिन र माइक्रो ओभन पनि राखिएको थियो । कर्मचारीहरु ती सामान निर्धक्क प्रयोग गर्न सुझाउँथे । खानेपानीका लागि युरोगार्ड राखिएको थियो । अस्पताल भने पनि कुनै गन्ध दुर्गन्ध थिएन । दैनिक स्यानिटाइजेसन हुन्थ्यो ।

अस्पतालमा रहँदाकै एउटा कुरा सम्झनामा छ । छातीको एक्सरे गर्ने क्रममा एकजना बिरामी खुइय गर्दै चिसो घाँसमा बसेका थिए । उनलाई अलि बढी गाह्रो भयो कि भनेर मैले खोज खबर गरेको थिएँ । उनी ओखलढुङ्गाबाट आएका रहेछन् । सुरुमा काठमाडौँको एउटा निजी अस्पतालमा भर्ना भएका रहेछन् । दस दिन अस्पताल बस्दा उनको अवस्था झनै नाजुक बनेछ । यसपछि उनलाई यो अस्पतालमा ल्याइएको रहेछ ।

“त्यो पापी अस्पतालको कुरा नगरौँ सर । दस दिनमा साढे छ लाख पैसा खायो र धन्नैधन्नै ज्यान पनि खायो । भाग्यले यो अस्पतालमा भर्ना हुन पाएँ र ज्यान बाँच्यो । अहिले त धेरै ठिक भएको छ । अब त बाँचियो सर । यहाँको त अस्पताल पनि राम्रो । डाक्टर पनि राम्रो । उपचार पनि राम्रो ।”

सशस्त्र प्रहरी बल अस्पतालको अरु फ्याकल्टीको सेवा कस्तो छ त्यो त मलाई थाहा भएन, तर कोभिडको उपचार अत्यन्तै उत्कृष्ट लाग्यो । मेरो यदाकदा सुगर लेभल ह्वात्तै बढ्थ्यो । त्यो जानकारी गराएको पाँचसात मिनेट भित्रैमा मेडिकल स्टाफ आएर इन्सुलिन लगाइदिन्थे । दिनरात साँझ बिहान जति बेला पनि एउटा मेडिकल टिम आकस्मिक उपचारको लागि तमतयार हुन्थ्योे । जताततै भताभुङ्ग अवस्था भएको हाम्रो देशको एउटा सरकारी अस्पतालमा यो स्तरको सेवा र व्यवहार मेरो कल्पना बाहिरको थियो । गर्नेलाई केहीले छेक्दो रहेनछ भन्ने उदाहरण थियो बलम्बु अस्पताल ।

प्रत्येक क्षेत्रमा चुस्तदुरुस्त व्यवस्थापन, कसिलो र प्रभावकारी उपचार पद्धति, चिकित्सक र स्वास्थ्यकर्मीमा सेवाप्रतिको तन्मयता र बिरामीप्रतिको असल व्यवहारको आधारमा यो अस्पतालको सेवा मलाई उत्कृष्ट र अनुकरणीय लाग्यो । चाहने हो भने नेपालका अन्य सरकारी अस्पताललाई पनि सुधार्न सकिने मनग्य अवसर कोभिडले प्रदान गरेको छ ।

यो सङ्क्रामक रोग जो कसैलाई पनि लाग्न सक्छ । यसबाट जोगिने पहिलो आधार भनेको स्वास्थ्य मापदण्डको पालना नै रहेछ । यदि सङ्क्रमण भइहाल्यो भने समयमै चिकित्सकको निगरानी, औषधोपचार र त्योभन्दा बढी पारिवारिक वातावरण अपरिहार्य रहेछ ।


Tags: कोभिड सङ्क्रमरुद्र ज्ञवाली
अघिल्लो पोष्ट

झर्रोवादी आन्दोलनका हस्ती चूडामणि रेग्मी

पछिल्लो पोस्ट

‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

रुद्र ज्ञवाली

रुद्र ज्ञवाली

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

'पनौतीको बाह्रवर्षे मकरमेला' लोकार्पण

पराजुलीको श्वेत पर्वत सार्वजनिक

पराजुलीको श्वेत पर्वत सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण सुरू

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण सुरू

४ जेष्ठ २०८०, बिहीबार
सञ्जाल

सञ्जाल

४ जेष्ठ २०८०, बिहीबार
मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’

मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’

५ जेष्ठ २०८१, शनिबार
वलिरहूँ म बलिरहूँ

वलिरहूँ म बलिरहूँ

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक