सिरमाया
पोहोर रोज डे मा
तिम्रो हातमा रातो गुलाब पर्दा
तिमी लाजले गुलाबी देखिएथ्यौ
प्रपोज डे मा उसले
प्रेम प्रस्ताव राख्दा
मदहोसी आँखाले
सोच्दै नसोची हुन्छ भनिथ्यौ
त्यो १४ फ्रेवुअरीको साँझ
मलाई अझै याद छ सङगी
मेरै घरको बाटो भएर
तिमी दुई बत्तासिएको
भोली पल्ट चलेथ्यो हल्ला
सिरमायाले अब मोटर चढ्ने भई
अलिशान महलमा राज गर्ने भई
हरिश साहु दाहिना भएछन्
भाग्य त लिएरै आईछे
आज ठीक एक वर्ष पछी
तिमी आईछौ एक्लै
मेरै घरको बाटो भएर
आज
खै त ? देखिन
हातमा रातो गुलाब
देखिन त्यो गुलाबी ओठ
देखिन मदहोसी आँखा
देखें बरु राता आँखा
निलो ओठ
चिरिएको छाती
शायद भ्यालेनटाइनको
उपहार
पहिलो वर्ष गुलाब हुन्छ
अर्को वर्ष काडाँ