जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

बालसाहित्यमा विजयराज आचार्य

खगेश्वर सापकोटा खगेश्वर सापकोटा
प्रकाशित २५ कार्तिक २०७८, बिहीबार
बाल साहित्य भित्र
0
बालसाहित्यमा विजयराज आचार्य

विजयराज आचार्य नेपाली बालसाहित्यको क्षेत्रमा समसामायिक युवा पुस्ताका एक प्रतिष्ठित बालसाहित्यकार हुन् । बालसाहित्यको क्षेत्रमा १०० भन्दा बढी कृतिहरू लेखन, सम्पादन र अनुवाद गरिसकेका छन् । उनले बालकहरूको भित्री मनलाई बुझेर नै बालसाहित्यमा हात हालेका हुन् । बालकहरूलाई कस्तो किसिमको कथा मन पर्छ, बालकहरू कस्ता किसिमका कथाहरू मन पराउँछन्, उनीहरूलाई कस्ता किसिमका चित्रहरू मन पर्छन्, कस्ता किसिमका नाटकहरू मन पर्छन् र कस्ता किसिमका उपन्यासहरू मन पराउँछन् त्यो कुरा उनलाई पनि थाहा छ । उनले बालकहरूको मनोभावनालाई बुझेका छन्, बालकहरूको बाल मस्तिष्कलाई बुझेका छन् र बालक्रीडा पनि उनले भित्री मनदेखि नै बुझ्न सफल भएका छन् र त उनले लेखेका, सम्पादन र अनुवाद गरेका धेरै पुस्तकहरू बालबालिकाहरूले मन पराएका छन् । उनका कृतिहरू बालकले मात्र होइन युवा र वृद्धहरूले पनि त्यतिकै मात्रामा मन पराएको पाइन्छ ।

प्युठान जिल्लामा पिता पीताम्वर आचार्य र माता मनकला आचार्यका सातौँ सन्तानका रूपमा वि. सं. २०३३ साल माघ ९ गते साविकको दाङवाङ ४ च्यान्धारा र हालको ऐरावती गाउँपालिका–१ मा उनले पहिलो पाइला टेकेका थिए । वि. स. २०७३ सालमा पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्र्र्तीण गरेका आचार्य स्रष्टा, सम्पादक, अनुवादक र प्रशिक्षक पनि हुन् ।

नेपाली बालसाहित्यको क्षेत्रमा वि.सं. २०५८ सालदेखि कलम चलाएका आचार्यको पहिलो मौलिक कृति “शान्तिको आत्मकथा” हो । यो कथा वि.सं. २०५९ सालमा प्रकाशन भएको हो र आचार्य औपचारिक रूपमा यही कृतिमार्फत साहित्यिक क्षेत्रमा सार्वजनिक भएका हुन् । आचार्यको “शान्तिको आत्मकथा” नेपाली भाषामा मात्र नभइकन नेवारी, मैथिली, थारु, हिन्दी र अङ्ग्रेजी भाषामा समेत अनुवाद भई प्रकाशन भइसकेको छ । जीवनका विभिन्न उकाली–ओराली र प्रतिकुलता विरुद्ध जुझ्दै बालसाहित्यका विभिन्न विधामा कलम चलाउन फल भएका छन् ।

कुनै पनि व्यक्तिको साहित्यिक पृष्ठभूमि उनको जीवनमा घटेका जीवन सङ्र्घषका अनुभूतिहरूले साहित्य लेखनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । आचार्यको साहित्यिक यात्रामा पनि उनको जीवनमा घटेका घट्नाहरूको प्रभाव पर्नु कुनै नौलो कुरा होइन् । उनको लगभग दुई दशकसम्मको साहित्यिक कृतिहरूको अध्ययन र अनुसन्धान गर्दा धेरै कृतिहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उनकै जीवन कहानीका छायाँहरू हुन् कि भन्ने लाग्दछ । आचार्य मूलतः बालसाहित्यको क्षेत्रमा प्रगतिवादी चेतनाबाट प्रेरित भएका बालसाहित्यकार हुन् । उनी बालबालिकाहरूलाई परम्परादेखि चल्दै आएको विकृति विरुद्ध सचेत मात्र गराउँदैनन् उनीहरूलाई त्यसको नेतृत्व गर्न पनि प्रेरित गर्दछन् । अन्धविश्वास, रुढीवाद, कुसंस्कार, शोषण, भेदभाव लगायतका नेपाली समाजमा व्याप्त कुरीति विरुद्ध उनी बालसाहित्यका माध्यमबाट बालबालिकाहरूलाई सचेत बनाउने उद्देश्यबाट अघि बढिरहेका छन् । यसरी उनले छोटो समयमा नेपाली बालसाहित्यको माध्यमबाट नेपाली समाजलाई परिवर्तन गर्नका लागि गरेको प्रयास आफैँमा उदाहरणीय साथै स्तुत्य रहेको छ ।

उनका बालकथाहरूमा सामाजिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक पक्षको चित्रण गरिएको पाइन्छ । उनका बालकथाले समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्याय, अत्याचार, शोषण, अपहेलना, राजनीतिक खराबीको अन्त्य गरी आशावादी जिन्दगीको बीजारोपण गरेका छन् । छोटा, छरिता, रोचक, ज्ञानवद्र्धक र सन्देशमुलक उनका बालकथाले आभाव, गरिब, सङ्घर्ष, पीडा, अपमान र रुढीवादी प्रवृत्तिको विरोध गरेका छन् । उच्च वर्गीय र निम्न वर्गीय पात्रहरूको स्वभाविक चित्रण गर्दै उच्च वर्गका पात्रमा देखिने शोषण र दमनको चित्रण र निम्नवर्गको गरिबी, अभाव, अशिक्षा र सङ्घर्षलाई उनले आफनो कथामा विशेष स्थान दिएका छन् । उनका कथाका पात्रहरू गरिब, दलित, सडक बालबालिका, मजदुर, किसान आदिका दुःख, आभाव बाध्यता र जीवन सङ्र्षलाई उनले कथामा उतारेका छन् ।

उनका बालकथामा वर्णनात्मक, संवादात्मक, आत्मगत शैलीको प्रयोग भएको पाइन्छ । उनका कथाहरू प्रथम पुरुष र तृतीय पुरुष शैलीमा लेखिएका छन् । आचार्य प्रगतिशील लेखक भएकाले देश र जनताका पक्षमा कलम चलाएर समाज परिवर्तन गर्नु पर्दछ भन्ने कुरा आफ्ना कृतिहरू मार्फत व्यक्त गर्दछन् । कम्युनिष्ट विचारधाराका पुस्तकहरू प्रकाशन गरेको आरोपमा जनयुद्धकालमा वि. सं. २०५८ साल पुष २८ गते तत्कालीन समयको निरङ्कुश राज्यसत्ताले उनलाई गिरफ्तार गरी ३ दिनसम्म बेपत्ता पारी तत्कालीन अन्धो सरकार र प्रशासनले तीन महिनासम्म हनुमानढोकामा हिरासतमा राखी अमानवीय किसिमका यातनाहरू दियो । तर पनि उक्त यातनाबाट उनी घायल कायल भएनन् । झन् उनी आरनमा खारिएको फलाम झैँ भएर देखापरे । हाल उनी त्यस्तै प्रगतिशील विचारधारका व्यक्तिहरूको कृतिहरू सम्पादन र प्रकाशन कार्यमा लागेका छन् भने उनले लेखेका कृतिहरू पनि त्यस्तै नै रहेका छन् ।

उनका बालकथा, बालनाटक, बालउपन्यास र जीवनीका बारेमा समय समयमा विशिष्ट समालोचक लगायतका समीक्षकहरूले विभिन्न समयमा गरेका समालोचनहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । यसले गर्दा बालसाहित्यमा उनको योगदान कत्तिको रहेको छ भन्ने कुरा प्रष्ट हुन आउँछ ।

विजयराज आचार्यले नेपाली बालसाहित्यमा पु¥याएको योगदान स्वरूप उनलाई विभिन्न संस्थाहरूबाट पुरस्कार र सम्मान गरिएको छ तर राज्यपक्षबाट दिइने पुरस्कार र सम्मानहरूमा उनी ओझेलमा परेका छन् । उनले पाएका पुरस्कारहरूमा सर्वेत्कृष्ट बालसाहित्य पुरस्कार २०६० (नेपाल बालसहित्य समाजबाट), पुष्कर गौतम बालसाहित्य पुरस्कार २०६७, पारिजात सर्वाेत्कृट बालसाहित्य पाण्डुलिपि पुरस्कार २०७०(बुबाको माया कृतिको लागि), दिलसरी–दल अतिरिक्त पुरस्कार २०७१ राप्ती साहित्य परिषद्वारा सम्मान गरिएको छ भने थुपुै संस्थाका दोसल्ला र सम्मानपत्र पनि ग्रहण गरेका छन् ।

निष्कर्ष ः
विजयराज आचार्य वि.संं. २०३३ साल माघ १० गते प्युठान जिल्लाको साविकको दाङवाङ ४, च्यान्धारामा जन्मिएका हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएकाले र उनका बाबु आमाका धेरै सन्तान भएकोले गर्दा उनको बाल्यकाल दुःख, कष्टका साथ वितेको थियो । त्यसैले उनका कृतिहरूमा पनि दुःख कष्टको स्पष्ट प्रतिविम्व देख्न र वुझ्न सकिन्छ । उनको पुख्यौली थलो प्युठान भए पनि उनको कर्मथलो भने नेपालकै राजधानी काठमाडौँ हुन पुग्यो । काठमाडौँ मै रहेर विवेक सिर्जनशील प्रकाशन प्रा.लि. स्थापना गरेर साहित्यलाई अगाडि बढाउने कार्य गरेका छन् । सर्जकले जीवनमा जे देख्छन्, जे भोग्छन् र जे अनुभव गर्छन् त्यसलाई साहित्यको माध्यमबाट सर्वत्र फिजाउने काम गर्दछन् । बास्तवमा साहित्य भनेको नै जीवनका आरोह र अवरोह नै हुन् । समाजमा घट्ने वास्तविक घट्नालाई फूलको थँुगाहरूलाई बटुलेर माला उनेझैँ उनेर सुन्दर बनाएर पाठकहरूसम्म पु¥याउन सक्नु उनको क्षमता अतुलनीय रहेको छ ।

विजयराज आचार्यले बालकथा, बालउपन्यास, बालजीवनी, बालअन्र्तवार्ता, बालचित्रकथामा कलम चलाउँदै आइरहेका छन् भने उनले १०० भन्दा बढी पुस्तकहरूको अनुवाद, लेखन, सम्पादन र प्रकाशनको काम पनि गरेका छन् । उनले मुख्यतः आख्यानमा कलम चलाएको पाइन्छ । उनले प्रसिद्ध बाल नाटककारहरू रविन्द्रनाथ टेगोर र टोल्सटोय जस्ता महान् नाटककारका बालनाटकहरू नेपाली भाषामा अनुवाद समेत गरेका छन् । आचार्यको बालसाहित्य लेखनको मुख्य स्रोत आफ्नै जीवन भोगाइ, समाज र परिवेश नै हुन् । समाजमा व्याप्त विकृति विसङ्गति राजनीतिक परिवेश, मानवीय संवेदना र मनोविज्ञान जस्ता विभिन्न क्षेत्रहरू रहेका छन् । उनले झमक कुमारी, केबलपुरे किसान, कान्छा कुमार, श्यामप्रसाद जस्ता कृतिमा प्रख्यात साहित्यकार र कलाकारको जीवनका यथार्थलाई आत्मकथा शैलीमा बालकथाको रूपमा प्रस्तुत गरेका छन् । यस्तो गर्न सक्नु उनको नयाँ र मौलिक विशेषता पनि हो । यसरी सामाजिक, आर्थिक विषयका साथै गरिब, दलित, बालबालिका, बालश्रमशोषण, बालयौनशोषण, बालआर्थिक शोषण जस्ता विभिन्न विषयवस्तुलाई आफ्ना रचनाहरूमा प्रस्तुत गर्दै विजयराज आचार्य नेपाली बालसाहित्यमा निरन्तर क्रियाशिल साहित्यकार हुन् ।

बालसाहित्यको क्षेत्रमा वि.सं. २०५८ सालदेखि हालसम्मको अवधिसम्म निरन्तर अगाडि बढिरहेका आचार्य सक्रिय र क्रियाशील भएकाले उनलाई नेपाली बालसाहित्यका सशक्त र सक्रिय साधकका रूपमा लिन सकिन्छ । यसरी बालसाहित्यको क्षेत्रमा लागेकाले उनले विभिन्न संस्थाहरूबाट प्रदान गरिने बालसाहित्यका पुरस्कारहरू हातपार्न सफल भएका छन् । यसरी हेर्दा उनी बालसाहित्यको क्षेत्रमा एक चम्किला नक्षत्रका रूपमा स्थापित भएका छन् ।
०००


Tags: खगेश्वर सापकोटाबालसाहित्यविजयराज आचार्य
अघिल्लो पोष्ट

इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

पछिल्लो पोस्ट

विजेता दुःख

खगेश्वर सापकोटा

खगेश्वर सापकोटा

सम्बन्धित पोष्टहरू

घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान
बाल साहित्य

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

२८ जेष्ठ २०८१, सोमबार
पछिल्लो पोष्ट
विजेता दुःख

विजेता दुःख

धार्मिक तथा सामाजिक क्रान्ति

धार्मिक तथा सामाजिक क्रान्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जम्नु हुँदैन पानीले

जम्नु हुँदैन पानीले

४ जेष्ठ २०८०, बिहीबार
यात्रा अनुभव ५ : पहिलो पुस्तक चुलिजा :गु स्वाँ

यात्रा अनुभव ५ : पहिलो पुस्तक चुलिजा :गु स्वाँ

४ जेष्ठ २०७९, बुधबार
धेरैथोकमा विभाजित विद्वान्  आनन्ददेव भट्ट

धेरैथोकमा विभाजित विद्वान् आनन्ददेव भट्ट

४ जेष्ठ २०७८, मंगलवार
कम्युनिज्मतर्फको मेरो यात्रा

कम्युनिज्मतर्फको मेरो यात्रा

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक