आज माइली अन्यौलमा परेकी छिन्, कतै ठाडो अनुहार लगाएर पनि हेर्न सकेकी छैनन् । शरीरका नशा–नशा दूषित भइसकेका छन् । मानौं ती रक्त रक्त नभएर रक्त बिष हुन् । बिस्तारै उक्लिन्छे माइली आफ्नो देशको डाँडामा । उही माटो, उही भञ्ज्याङ्ग, उही चौतारो जता हेरेपनि आफ्नै लाग्ने । पर त्यो ओडारमा उसले कति यौवनका उमङ्गरूपी आनन्द लिएकी छिन् । एकैछिन टक्क अडी माइली, उसलाई त्यही थचक्क बस्न मन लाग्यो । पर डाँडामा घाम डुब्न अझै निक्कै बेर छ । सुनौलो बादल छवि भित्र–भित्र आफ्ना अतीतका पाना पल्टाउन खोज्छे माइली ।
हो कति रमाइलो थियो ती बाल्यकाल दौडी दौडी यिनै भञ्ज्याङ्ग, चौतारीमा दिनमा कति पटक ओहोर दोहोर गरिन्थ्यो । सानैदेखि राम्री माइली १२ वर्ष नपुग्दै यौवनको स्वादमा डुबी । ठूला ठूला आँखा, सलक्क परेको नाक, हिस्सी परेका हाँस्दा खोविल्टा पर्ने गाला, अलि अलि काली भए पनि अति नै हिस्सी परेकी थिई माइली । आफ्नो बाल्यकालको रमणीय सम्झनामा यसै यसै डुबुल्की मार्छे माइली । घाँसपात गर्दा पल्ला घरको १४ वर्षे रामेले उसलाई बाह्र वर्षकै उमेरमा स्वाद चखाइ दियो । त्यही ओडारभित्र खेल्दा खेल्दै रामेले उसलाई के के ग¥यो के के । उसले पत्तै पाइन । एकै छिनमा ऊ एउटा नौलो मिठास र दर्दको संगममा डुबुल्की मार्दै रामेसँग बाहिर निस्की । रामेले उसलाई मायालु आँखाले हे¥यो र कसैलाई नभन्नु भन्यो । त्यसपछि सधैं भेट्ने वाचा पनि ग¥यो । एकछिन बाहिर बसी माइली अलमल परी । एकैछिन अघिका दृश्य उसले सम्झी । उसको छातीमा उम्रेका सारा सारा डल्लालाई कस्तरी माडेको रामेले । उसका सम्पूर्ण अङ्गसँग कसरी खेलेको रामेले । उसलाई सबै कुरा मन नपरेपनि मन प¥यो । एकैछिन पछ्यौरीमा मुख छोपी हाँस्न थालेकी माइली अझै आफै सम्झी हाँस्न थाली एक्लै ।
पर पर आकाशमा काला काला बादल झुप्पा झुप्पा भई गर्जी पानी पर्न ठीक्क छ । तर माइलीलाई आज त्यहाँबाट उठ्न मन छैन । विगतका पानाहरू पल्टाउँदै छ ऊ । अब दिनका दिन रामे र ऊ त्यही ओडारभित्र यौवनको आनन्द लिन ब्यस्त भए । एक दिन रामेलाई शहर जाने काम प¥यो र दुई तीन दिनमा आउने वाचामा शहर गयो । भोलिपल्ट ओडार नजिकै पुग्दा माइलीलाई शून्य लाग्यो । उसका सारा शरीरले रामेलाई खोज्न थाल्यो । ऊ चारैतिर रामेलाई पछ्याउन थाली । तर रामे त थिएन । अलि पर पर गएपछि एउटा हरूवा भुसतिघ्रेले उसलाई नराम्रो दृष्टिले हे¥यो । ऊ तर्सी फनक्क फर्केर जान लागी तर त्यसले च्याप्प समाति हाल्यो । सौन्दर्यकी मूर्ति माइलीलाई त्यही जंगलमा धुजाधुजा पारी छताछुल्ल पा¥यो । त्यस वनमान्छेको पिपासु आक्रमणले माइली एकैछिन विचलित भई, आज रामेको जस्तो दौतरी आनन्द उसलाई लागेन । आज उसका सम्पूर्ण शरीर शिथिल भएको छ र रक्तश्राब भइरहेको महसुस गरी । आज माइलीलाई दुःख लाग्यो । यस्तो नकाम तृष्णाको फल नराम्रो हुन्छ भन्ने चेतना जाग्यो तर के गर्ने माइली दलदलमा फसिसकेकी थिई ।
भोलिपल्ट त्यही वनमान्छे जस्तो भुसतिघ्रेले पुन उसँग यौन सम्पर्क गर्न खोज्यो । माइली सतर्क भइसकेकी थिई र घोर विरोध गरी । तर एकैछिनमा त्यस मान्छेको नगिचको सम्पर्क र उसले माइलीलाई शहर लगि राम्रो बनाइदिने, काममा लगाउने आश्वासन दिंदा फेरि चिप्ली माइली । एवं रीतले दिन बित्दै गए । माइलीको बासनाको चाहना बढ्दै गयो उसको यौवन पनि फुट्दै गयो । राम्री अति राम्री भई माइली । अब त गाउँमा स्वछन्दता पूर्णरूपले आफूले चाहेको केटासँग सम्पर्क गरी आनन्द लिनेतर्फ ढल्की माइली । एकदिन ऊ त्यही भुसतिघ्रेसँग शहर पसी । शहरमा उसले त्यसै ठाउँमा लगिदियो, जसको फाइदा आफूले पनि उठायो । जवानीको जोसमा राम्रो केटीको माग जताततै हुन लाग्यो । होटल, रेष्टुँरा र घर घरमा माइली अब माइली हैन मिस रेनाको नामबाट परिचित भई । जताततै मिस व्युटी रेनाले मान्छेको मनमा घर बसाई । रेना मख्ख थिई । आफ्नो सफलतामा भविष्यको सोच नराखी उसले थुप्रै पैसा कमाई । काठमाडौंमा राम्रो घर, मोटर सबै सबै भए । २२ वर्षको उमेरमा उनी यौवनमा चढ्दैका उमेरमा ठूला ठूला आकांक्षा राख्दै कुइरेसँग अमेरिका गई । अमेरिकाको स्वतन्त्र जीवनमा ऊ अकाशिंदै गई । आकाशिंदै गई । क्याफे, डान्सबारदेखि लिएर नेकेड डान्ससम्म उसको नाम र रूपको प्रशंसा भयो । उसले थुप्रै डलर कमाई । जताततै क्लबमा उसको माग भयो । ऊ मख्ख परी । हरिया डलरको हावा खाँदा रेनालाई बारम्बार आफ्नै डाँडापाखाको त्यही ओढारको सम्झना मीठोसँग आउँछ र अनि रामेलाई, जसले उसलाई यस्तो जीवन पट्टि डोहो¥यायो । अहो ! रामे रामे । मेरो पहिलो यौन साथी कता होला ? भेटेँ भने उसलाई यही डलरले तिरिदिन्थे उसको ऋण । एकैछिन रेनालाई रामेसँगको सम्बन्धमा भएको सुखद् कल्पनाले विभोर बनायो ।
तर एकदिन रेनाको जीवनमा नराम्रो घटना घट्यो । उसलाई एउटा अति धनाढ्य व्यक्ति कहाँ पु¥याइयो र दुई दिन दुई रात त्यसैसँग विभिन्न यौन क्रियाकलापमा व्यस्त भइन् र उसलाई पूर्ण रूपले खुशी तुल्याइन् । आफ्नो फ्लेटमा आएपछि नगिचैको छिमेकीले उसलाई अलिकति कस्तो कस्तो पाराले हेरिरह्यो । रेनालाई नमीठो लाग्यो । एकै छिनपछि फोनको घण्टी बज्यो । फोन उठाएर कुरा सुन्दा रेना छानाबाट खसे झैं भइन् । उसलाई कतिपय नाइट क्लब र डान्स रेष्टुरामा अब देखि उसको आवश्यकता नभएको भन्ने खबर आयो । किन किन रेना एकछिन अलमल्लमा परी । उसले आफ्नी साथी रूममेट पिटरलाई फोन गरेर सोधी । उसको जवाफले ऊ झनै छक्क परी । पिटरले भन्यो “डार्लिङ्ग रेना ! आजदेखि म तिमीसँग सुत्दिन मलाई नपर्खनु है” भन्दै फोन काटिदियो । एकैछिन रेना रनभुल्लमा परी किन यस्तो परिवर्तन भयो । रात भइसकेकोले सुत्ने प्रयास गरी । रातभरि ऊ फेरि उही आफ्नो भञ्ज्याङ्गमा रामेको अँगालोमा भित्रिएको कल्पनाले अर्ध निद्रामा रात बिताई । भोलिपल्ट बिहानै उसको एउटा डान्सर साथी उसलाई भेट्न आई । जुलीलाई देखेर रेनालाई केही सान्त्वना भयो र आफूलाई परेको मारको सबै वृत्तान्त सुनाई । जुलीले त्यसको कारण रेनालाई सुनाउँदा उनी झण्डै मुर्छित भइन् । जुलीले रेनालाई अंगालोमा भिœयाउँदै भनिन् –“रेना तिमी डलरको लोभमा मानिस हेरिनौ । त्यो हिजोको तिम्रो ग्राहक एड्सपीडित छ । त्यसकारण त्यसकहाँ अरू जाँदैनन् । तर तिमी कसरी फस्यौ । त्यो खबर सबैलाई थाहा भइसक्यो रेना । अब तिमीसँग कसैले पनि सम्पर्क गर्न पाउँदैन, यहाँको नियम हो ।” जुली भन्दै गई, रेना कुन संसारमा पुगी उसलाई पत्तो छैन । एकैछिन हिजोको ग्राहकलाई सम्झिन्छे भने अर्कोतिर त्यसकहाँ पु¥यायो ब्रोकरलाई अनि फेरि त्यहाँबाट पाएको थुप्रै हरियो डलरहरूलाई बडो प्रेमले उनले दराजमा राखेकी थिइन् । दराज खोलेर हेर्छे छिनमा ती डलरहरू नभएर कुहिएको रायोको साथ झैं गन्हायो रेनालाई । उनी जुलीलाई अँगालो मारेर रून्छिन् । कराउँछिन् । तर अब के गर्ने जे हुने भैसक्यो । उसलाई त्यहाँ बस्ने पनि अधिकार हुँदैन रे । उसलाई एड्स गृहमा लैजान्छन् भन्ने सबै कुरा जुलीले सुनाइन् ।
रेना एकैछिन अन्धकारमा डुबे झैं भइन् । बिस्तारै–बिस्तारै उनीसँग सबै साथीहरूले छाडे । उनी एक्लै भइन् । आफ्नो यस्तो गति होला भन्ने रेनाले सोचेकै थिइनन् । उनलाई फेरि त्यही डाँडा र पाटीपौवाको सम्झना आयो । यहाँ अपहेलित भएर बस्नु भन्दा आफ्नै गाउँमा गएर आफू जस्तो बाटो बिराएका थुप्रै माइलीहरूलाई रेना बन्न नदिने अठोट गर्दै आफ्नो गाउँ माटोमा लुटपुटिन आएकी हुन् । आफूसँग भएको सम्पूर्ण रकम यस्तै समाजसेवी कार्यमा लगाउने दृढ संकल्प लिएर आएकी माइली उर्फ रेना आफ्नो गाउँको धर्तीमा लामो स्वास फेर्दै नयाँ जीवनको गोरेटो कोर्न आइपुगिन् । उनको हृदयमा उम्रिएको छटपटिका भावना जान्दा नजान्दै जोस होसको अधीनबाट बाहिरिएर आर्जन गरेका खुशी र आनन्दका ती दिनहरू आज माइलीलाई आफूले नै नरकको खुड्किलो बनाए झैं लाग्छ । एकैछिन ती विषालु कार्यबाट आर्जन गरेको धन पनि उनको लागि आज विषालु सर्प झैं भएको छ । छुन पनि मन लागेको छैन । हेर्न पनि उनी चाहन्नन् । लामो स्वास फेर्छिन् माइली आफ्नो गाउँको स्वच्छ हावालाई सकभर भित्र भर्न चाहिन्छिन् । बेलुनमा भरे झैं । अनि सम्पूर्ण शरीरको दुषित रगतलाई स्वच्छ बनाउन खोज्छिन् माइली । तर समय बायुपङ्खी घोडा झैं दौडिसकेको छ । जिन्दगीको सुनौलो दिनहरू आज बिकराल रूप लिएर खडा भएको छ माइलीको सामु । अन्धकार बढ्दै छ रात छिप्पिंदै छ मनमा अनेक तर्कनाहरू आउँदै जाँदैछन् भोलिको भविष्यको बारेमा । अनि बिहानीको मिर्मिरे स्वच्छ हावाले मधुमय हौसला दिन्छ माइलीलाई । उनका सम्पूर्ण शरीर हलुका भए झैं लाग्छ । गाउँघरको विकार र चेलीको सही मार्ग डोराउँदै जिन्दगीमा विश्राम दिने दृढ संकल्पका साथ ब्याग बोकी अघि लागिन् माइली ।