जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

‘सेतो बाघ’का उपन्यासकार

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १५ आश्विन २०७८, शुक्रबार
स्मृतिमा स्रस्टा भित्र
0
‘सेतो बाघ’का उपन्यासकार

सेतो बाघ उपन्यासका चर्चित उपन्यासकार । साहित्यलेखनबाट नै आफूलाई आत्मीय र भौतिक सुख प्राप्त भएको सगौरव बताउने एकजना सफल लेखक र निरङ्कुश राजनीतिक कालमा सेनामा रहेर पनि प्रजातन्त्रका लागि आफूलाई समर्पित तुल्याएका एकजना साहित्यकार । राजनीतिमा नेपाली कांग्रेस पार्टीका सक्रिय कार्यकर्ता तथा समर्थक रहेर पनि आफ्नो भावनामा आफ्नो पार्टीभित्र पनि भिन्न दृष्टि राखी आफूलाई निष्कलङ्कता जोगाउन सफल एकजना स्वाभिमानी राजनीतिज्ञ । सेनामा रहेर पनि प्रजातन्त्रका लागि केही न केही गरेकै कारणले दण्डसजाय भोगेका एकजना कर्मनिष्ठ राष्ट्रसेवक । २००७ सालमा प्रजातन्त्र प्राप्ति भयो तर प्रजातन्त्रको नाममा भएगरेका कृयाकलापहरु र नेताहरुको बानीव्यहोरा देखेर उनी आफ्नो जीवनकालमा सन्तुष्ट भएनन् । उनी हुन् उपन्यासकार डायमन शमसेर राणा । जिउँदो छँदा आफ्नो बह यसरी पोख्ने गर्छन् –“अहिले त त्याग, तपस्या, विद्वता, इमान्दारिताभन्दा पद, पैसा, चाकरी, बेइमानी पो ठूलो ठानिन थालेको छ ।”

राणाखलकमा जन्मेर पनि राणाशासनको निरङ्कुश शासन व्यवस्थाको विरोधमा यिनी निरन्तर सङ्घर्षरत भएको देखिन्छ । राजनीति निष्ठामा खिया पर्न नदिएकै कारणले यिनी सबैका प्रियप्रात्र बने । पञ्चायती कालरात्रिमा यिनी २०१७ सालदेखि २०२३ सालसम्म बन्दी बन्न वाध्य भए ।सेतो बाघ जस्तो ऐतिहासिक उपन्यास जेल जीवनमा बन्दी छँदा यिनले लेखे । र उक्त उपन्यास देश र विदेशका पाठकहरुले निकै रुचाए । यहि सेतो बाघको सिर्जनाबाट यिनको छुट्टै पहिचान साहित्यिक जगत्मा स्थापित भएको देखिन्छ । यस कृतिले उनको नाममात्र स्थापित भएन, यस कृतिले जीवन गुजारा गर्नसमेत निकै सघाउ पुर्‍याइदियो । पहिलोचोटि साझा प्रकाशनबाट प्रकाशित उक्त उपन्यासको बिक्री उल्लेख्य रह्यो । पुस्तकको अनुवाद धेरै विदेशी भाषामा मात्र भएनन् चलचित्रमा छायाङ्कन गर्न रु. एक लाख चालिस हजार पेश्कीस्वरुप निर्माताबाट पाए । यिनी सेतो बाघको बिक्री र उत्कृष्ट उपन्यासका रुपमा मूल्याङ्कन भएकोमा खुसी हुँदै लेखे – “साहित्यसाधना गरेर पनि घर आँगनमा लक्ष्मी नचाउन सकिन्छ । मैले त लक्ष्मीलाई छमछम नचाएँ ।”

साहित्यसाधना गरेर लक्ष्मी नचाउन सफल उपन्यासकारका रुपमा प्रख्यात् डायमन शमशेर राणाको जन्म वि.सं. १९७५ असार २१ गते पाल्पा, ठूटेपिपल गाउँमा पिता बुद्ध शमशेर राणा र माता मोहनकुमारी राणाको कोखबाट भएको हो । बालिका राणाको न्यानो मायामा जीवन गुजारेका यिनी एक छोरा र एक छोरीका बाबु हुन् । औपचारिक शिक्षा त्यति लिएको देखिँदैन तापनि सेनामा सेकेण्ड लेफ्टिनेन्टसम्म रहेर यिनले सेवा पुर्‍याएको देखिन्छ । राणा शासनकालमा राणाविरोधी आन्दोलनका नेतृत्व गर्दै आएको कारणले डायमन शमसेर राणालाई मृत्युदण्डसम्मको सजाय दिने निर्णय भइसकेकोमा यिनलाई सेनाहरुले उक्त दण्डबाट जोगाएको देखिन्छ ।

निकै हक्की, प्रष्ट विचार राखिहाल्ने उपन्यासकार डायमन शमसेर राणासँग दुईचारपल्ट उनकै कुपण्डोलस्थित निवासघरमा र कार्यक्रमहरुमा भेटघाट भएको र कुराकानी गरेको सम्झना छ । उक्त कुराकानी र भेटघाटमा प्रत्येकपल्ट उनी भन्ने गर्थे –“साहित्य लेखेर म सन्तुष्ट भएँ । साहित्य साधना गर्न पाउँदा मेरो खुसीको सीमा रहेन । मेरा ऐतिहासिक उपन्यासहरुको विक्रीले म प्रफुल्लित भएँ – साहित्य सिर्जनाको विक्रीबाट म धनाढ्य भएँ – मलाई साहित्य फाप्यो ।” प्रजातन्त्रलाई मन र विश्वासमा साँचेर राणा खलककै भएर पनि राणाहरुको निरंकुश शासनसत्ताको विरोधमा आफूलाई समर्पित तुल्याएर गएका एकजना प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा चर्चित उपन्यासकार डायमन शमसेर राणा साहित्यिक इतिहासमा बिर्सन नहुने विशिष्ट प्रतिभा हुन् । मलाई पनि उनले साहित्यिक सिर्जनामार्फत् देश र जनताका पक्षमा जुटिरहन साहस थपिदिएका प्रसङ्गहरु बिर्सन गाह्रो छ । आफ्नो सही अडान नछोडेका कारणले प्रजातन्त्र प्राप्तिपछि श्री ५ त्रिभुवनले पुन: सेनामा भर्ती गराएको कुराहरु सुनाउने गर्दथे । फरासिला स्वभावका धनी लेखक डायमन शमसेरले साहित्यलाईआफ्नो परिभाषामा यसरी परिभाषित गरेका छन् –“साहित्य सत्यम्, शिवम् र सुन्दरम् हो ।” नीलो रङ्ग मन परेको बताउने उनी नेवारहरुको खाना अति स्वादिष्ट रहेको बताउने गर्छन् । शाही सेनामा दीर्घसेवा पुर्‍याएका डायमन शमसेरले आफूलार्ई मनपर्ने स्वदेशी साहित्यकारहरुमा देवकोटा, लेखनाथ र समको नाम उल्लेख गर्ने गर्छन् र विदेशी लेखकहरुमा यिनी सेक्सपियर, शेली र किट्सबाट विशेष प्रभावित थिए ।

उपन्यासकार डायमन शमसेर राणाको दृष्टिमा यस देशमा स्रष्टाहरुप्रति उचित व्यवहार र सम्मान भएको छैन । त्यसैले उनी असन्तोष व्यक्त गर्दै भन्छन् –“साहित्यलाई असाहित्यले कुल्चिराखेको छ । यस स्थितिबाट देशलाई मुक्त नराखेसम्म देशको प्रगति सम्भव छैन ।” साहित्यको उन्नति भएपछि देशको उन्नति स्वत: हुन्छ भनी उनी भन्ने गर्छन् र साहित्यप्रति आफ्नो विश्वसनीयता यसरी पोख्छन् –“साहित्य भनेको स्वच्छ हृदयको एउटा जीवन्त अभिव्यक्ति हो । हृदयको अभिव्यक्तिलाई नै उत्कृष्ट साहित्य मान्दछु ।” राजनीतिबाट प्रभावित हुँदै लेखक हुन पुगेका उनले जेलजीवनबाट नै साहित्य लेख्न सुरु गरेका हुन् । वि.सं. १९९८ सालमा नै शारदा मासिकमा पहिलोचोटि कथा प्रकाशित गराएर साहित्यिक जगत्मा देखापरेका यिनी जनताबाट ठूलो सम्मान पाएको छु भनी सन्तुष्टि पोख्ने गर्छन् । कहिले पनि यिनले निराशा आफ्नो मनमा साँचेनन् । र आफ्ना थुप्रै उपन्यास कृतिमार्फत् उपन्यासकारका रुपमा आफूलाई परिचित तुल्याएका यिनी साहित्य नपुगेको ठाउँमा, साहित्य नपढ्ने देशमा, साहित्यलाई अर्थहीन सम्झिने समाजमा मानवीय विकासको कल्पना गर्नु व्यर्थ हुन्छ भन्छन् । साहित्यकारहरुको उचित सम्मान नहुने राष्ट्रमा विवेकको बत्ति निभेको जस्तो प्रतीत हुन्छ – उनले सन्दर्भमा पोखेका यी यावत प्रसङ्गहरु उल्लेख गर्न लायकका छन् । र यिनले लेखेका छन् –“प्रजातान्त्रिक व्यवस्थामा साहित्यकारहरुलाई ओझेलमा राख्न खोज्दा देशको प्रगति होइन दुर्गति बढ्छ । प्रजातान्त्रिक राष्ट्रका लागि साहित्यको महत्व ज्यादै हुन्छ । साहित्य र राजनीतिको सम्बन्धले नै देशलाई उँभो गतिमा पुर्‍याउँछ ।”

९२ वर्ष बाँचे यिनी । आफूले बुझेअनुसार र देखेअनुसार स्वाभिमानलाई गिर्न नदिई प्रजातान्त्रिक आन्दोलनमा र साहित्यिक सिर्जनामा यिनी एकनासले लागिरहे । यिनी साहित्यको मूल जरो प्रजातन्त्रलाई मान्ने गर्छन् र प्रजातन्त्रको मूल आधार पनि साहित्य हो भन्ने गर्छन् । साहित्यप्रति शासकहरुको दृष्टि नपुगेकोमा उनी चित्त दुखाउँछन् र आफ्नो मनको कुरा यसरी व्यक्त गर्छन् –“सत्तामा पुग्नेले साहित्यमा राम्रो विवेक पुर्‍याइरहेका छैनन् । साहित्योत्थानका निम्ति दान पुरस्कारसमेत आफ्ना वरिपरि रहने चाकडी, खुसामद गर्नेहरुलाई थम्याएर सम्मान दुरुपयोग गरिरहेका छन् । देशले खास कवि, साहित्यकार, चित्रकारलाई चिन्न सकेनन् । जनताले योगदान गरेको कुरामा पनि धाँधली हुने गरेका छन् । राजनीतिक पार्टी र सरकारी नेताहरुले साहित्यमा देखाइरहेको उपेक्षा भावले देशको प्रजातान्त्रिक अर्थ र गौरवमा खिया पार्दैन र ?” २०६७ फागुन २० गते अवसान भए डायमन शमसेर ।

प्राज्ञहरु समेत भागवण्डा गर्ने प्रचलन बढ्दै गएको यो अवस्थालाई डायमन शमसेरहरु के भन्दा हुन् ?


Tags: डायमन शमसेर राणासेतो बाघ
अघिल्लो पोष्ट

ईश्वर

पछिल्लो पोस्ट

रित्तोपनको आभाष

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
रित्तोपनको आभाष

रित्तोपनको आभाष

यारी, मेरा याराना

यारी, मेरा याराना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बीपी महोत्सवमा चार सत्र

बीपी महोत्सवमा चार सत्र

२३ फाल्गुन २०८०, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२२ फाल्गुन २०८१, बिहीबार
माटो झुठ बोल्दैन

माटो झुठ बोल्दैन

२२ फाल्गुन २०७८, आईतवार
साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक