ईश्वरको विश्वासले त मान्छेको जीवनलाई झन् धेरै जड बनाइदिएको छ, भलै ईश्वरलाई उत्पन्न गरी जिउँदै राख्ने अध्यात्मवादको आधारमा आत्मा शरीर, लोकपरलोक, बन्धन–मोक्ष, अन्तर–बाह्य आदि बुज्रुक कुरा चलिरहोस् । त्यसो त दुनियाँमा ईश्वरमाथि विश्वास गर्नेहरूकै सङ्ख्या धेरै छ, फेरि पनि अन्यत्रका मानिसहरू खास गरेर पश्चिमा संसारका मानिसहरूले ईश्वरलाई मान्दामान्दै पनि र अध्यात्मवादमा विश्वास राख्दाराख्दै पनि खास गरी भौतिक उन्नति र सांसारिक विकासका कामहरूबाट मुख फर्काएका छैनन् । ईश्वरलाई पाउनमा र आध्यात्मिक बुज्रुक कुरा गरेरै पनि त्यहाँका मानिसहरू प्रगति र विकासतिरको होडमा संलग्न छन् ।
त्यसो त भारतले पनि संसारको सभ्यता तथा विकासको सुरुसुरुमा प्रशस्त भौतिक उन्नति गरेको थियो । भनिन्छ, संसारमा भौतिक उन्नतिका कामहरूमा चेतना र प्राण छर्ने र यतातिर दुनियाँका आँखा तान्नेवाला भारत नै हो । तर पछि भारतले क्रमश: ईश्वरको नशामा लट्ठिएर एवं अध्यात्मवादलाई परमोत्कृष्ट सम्झेर भौतिक तŒव तथा संसारलाई घृणाको आँखाले हेर्न थाल्यो । त्यसपछि यसले केही भौतिक उन्नतिको लीकमा हिँड्ने, भौतिकवादी र ईश्वर तथा परलोक आदिको विश्वासमाथि टीकाटिप्पणी, तर्कवितर्क गर्ने, तिनको विश्वासमाथि कुनै पनि आस्था नराख्नेहरूलाई टेढो आँखाले हेर्न थाल्यो । ईश्वरवाद तथा अध्यात्मवादका अगुवाहरू अहिले पनि यस्ता (भौतिकवादी) व्यक्तिहरूलाई फुटेको आँखाले पनि देखिसहन्नन् ।
ईश्वरवाद र अध्यात्मवादको प्रचार तथा भावना कति धेरै बढेको छ भने हाम्रा नसानसामा–रौँरौँमा यो भरिएको छ र शिक्षित–अशिक्षित सबै यिनै कुरामा लागेर जुनसुकै वेला वेदान्तका कुरा गर्न थाल्छन् । बस, यही एकमात्र कारणले हाम्रो जाति, समाज र दुनियाँ एकदमै थोत्रा भएका छन् र हाम्रो चलिरहेको उन्नति एवं नाचिरहेको प्रगति र हाँसिरहेको विकास सबै एकदमै ठप्प भएका छन् । वेदान्तका कुरामा त हाम्रा बच्चाबच्चासमेत उस्ताद छन्, चाहे तिनका सिद्धान्तअनुसार आचरण र व्यवहार गर्नमा हामीमा आकाश र जमिनको फरक किन नहोस् । अपसोचको कुरो के छ भने यसो गर्दा आखिरमा हामी ‘धोबीको कुकुर न घरको न घाटको’ जस्तै ‘न यताको न उताको’ भनेभैmँ हामी न अध्यात्मवादकै अनुसार पवित्र नै हुन सक्यौँ, न भौतिक उन्नति पाएर सुखी नै हुन सक्यौँ । यतै पतन, उतै पतन, चाट्नका लागिसमेत केही पाएनौँ, कति दु:खको कुरा हो ।
ईश्वर काल्पनिक खोजमात्र हो —
हामी हावा खाएर बाँचिरहेका छैनौँ, न शीतोष्णमा तप्त भएर बसिरहेका छौँ । हामी सामाजिक प्राणी हौँ, हामीले समाजमा रहनुपर्छ र व्यवहार गर्नुपर्छ । हामीलाई अनेक सुखसुविधाको आवश्यकता छ । हाम्र्रा आवश्यकताहरू र सामाजिक आवश्यकताहरू वेदान्तका कुराहरूले पूरा हुनै सक्दैनन् । यसका निम्ति हामीले नै सामाजिक र व्यावहारिक हुनुपर्दछ । त्यसैले हामीलाई कोरा आध्यात्मिक हुनु पर्याप्त छैन, बरु अधिकतम भौतिक हुनुपर्दछ । भोक मेटाउन हामीलाई खाना चाहिन्छ । ईश्वरवादीका अनुसार ईश्वरको मानवसृष्टिको प्रारम्भमा, म त के भन्न चाहन्छु भने बिहानीमा जब मानिसले केहीकेही सोच्न जानेको थियो तब संसारका खास गरी प्रकृतिका केही भयङ्करता र आश्चर्यमय तŒवहरूलाई देखेर कुनै अज्ञात शक्ति अर्थात् ईश्वरलाई मान्छेले कल्पनामा सृष्टि गर्यो र ईश्वरको सृष्टिपछि त्यस ईश्वरलाई जीवित राख्नका लागि अध्यात्मवादको आविर्भाव गर्यो । त्यस समय, कालपरिस्थितिमा मान्छेहरूको गणना थोरै, आवश्यकताभन्दा थोरै चाहनाहरू थोरै अर्थात् सम्भावनाहरू कम र जमिन धेरै र फसल धेरै थियो, आवश्यकता थोरै थिए, जिन्दगी धेरै थिए । अचेलको जस्तो पसिनामा डुबेर खाना पाउन मुस्किल र शिर फोडेर पनि समाज तथा व्यवहारमा टिक्न कठिन स्थिति त्यस समयमा थिएन । ताराहरू गनेर रहँदा पनि साँझबिहान चुलोमा रोटी पाक्थ्यो । तब जागृत दिमाग भएका केही बुजुर्गहरूले दुनियाँका चारैतिर दृष्टि दिन थाले र यस संसारलाई कसले बनायो होला भन्दै त्यसको उपस्थितिको कल्पना गर्न थाले । उनीहरूले के सम्झे भने जब कुनै साधारण वस्तुको पनि निर्माता हुन्छ भने यति ठूलो संसार आपैm कसरी बन्न सक्छ ?त्यसैले यसलाई सृष्टि गर्ने कुनै न कुनै स्रष्टा छ । बस, यही ‘छ’मा ईश्वरको जन्म भयो । यही ‘छ’ सिद्धान्त बन्यो र यसैको खोजमा दिमागको सम्पूर्ण शक्ति लगाइयो । आकाशदेखि पातालसम्म खोजेपछि ती बुजुर्गहरूको दिमागले के पत्ता लगायो भने त्यो त बाहिर कतै छैन, आपूmभित्रै बसेको छ । तब बाहिर छोडेर भित्र खोज्ने जोडदार प्रयास गर्न थाले । बाहिरबाट भित्रतिर खोज्ने यही अभियान नै अध्यात्मवाद हो ।
मान्छे विचारहरूको अस्तित्व हो र विचारहरूलाई उमङ्गित एवं उत्साहित राख्नु नै मान्छेको अस्तित्व हो । मान्छेले सुरुदेखि आजसम्म विचार गर्दै आएको छ । संसारलाई देखेर, प्रकृति र उसको भयङ्करता तथा आश्चर्यमयतालाई देखेर यसको स्रष्टा र सञ्चालकको अनुमान र अनुभव गर्यो । उसले संसार बनाउने र चलाउने कोही अवश्य छ भन्ने ठान्यो । बस, उसको यही ठहर नै दर्शन हो र यस दर्शनअनुसार त्यस अज्ञातलाई पाउनका लागि मनको खोजी गर्नु र सूक्ष्मभन्दा सूक्ष्म ठम्याउनु नै आध्यात्मिकता हो ।
यस्तो विचार बनाएपछि मान्छे अज्ञात ईश्वरलाई पाउन र त्यसलाई पाएर त्यसैमा विलीन हुनका लागि छट्पटाउन थाल्यो । उसले के ठान्न थाल्यो भने संसार दु:खको समुद्र हो, जहिलेसम्म त्यस अज्ञात परमेश्वरलाई पाउन सक्दैन तहिलेसम्म मान्छे यो दु:खको समुद्ररूपी संसारमा जन्मँदै र मर्दै गर्नेछ । यस जन्म–मृत्युको चक्रबाट मुक्ति पाउनु नै मनुष्यको मुक्ति हो । त्यसैले त्यस अज्ञात ईश्वरलाई प्राप्त गरी त्यसैमा विलीन भएर मोक्ष प्राप्त गर्नु नै जीवनको लक्ष्य हो । अत: यसका लागि संसारबाट टाढै रहनु, अन्त:स्करण शुद्ध गरी बाहिरी मोह र प्रभावबाट विमुक्त भएर भित्रतिर बढ्नु एवं सूक्ष्म र सूक्ष्मतर पहिचान गर्नु यही भावना र उत्कण्ठा मान्छेमा हुन थाल्यो । बस, यही सचेष्ट भावना र उत्कण्ठा नै अध्यात्मवाद हो । अर्थात् त्यस अज्ञात ईश्वरको अनुसन्धानकै नाम अध्यात्मवाद हो ।
साँच्चै भन्ने हो भने त्यस अज्ञातका बारेमा सोच र चिन्तन नै मान्छेको विचारशक्ति उत्पादनको बीजतŒव हो र अध्यात्मवाद नै विकासको विन्दु हो । ईश्वरको सोच र अध्यात्मवादले मान्छेका बौद्धिक तन्तुहरू झङ्कृत गरिदियो । त्यस समयदेखि नै मान्छेमा सोच्ने प्रेरणा बढ्दै गयो । ऐश्वरिक चिन्तन र अध्यात्मवादको उदयले अन्धकारमय संसार अथवा मानवजगत्मा विकासको बिहानी छायो । यस कृतज्ञताको ज्ञापन मैले माथि नै गरिसकेको छु । वेद, उपनिषद्, रामायण, महाभारत आदि महान् ग्रन्थ यस्तै सोच, चिन्तन र आध्यात्मिक उपसर्गको सुपरिणाम हुन् जो विश्वमा विचारसञ्चारका सूत्रपात हुन् र जसलाई आज पनि महान् ग्रन्थ मान्ने गरिन्छ । ईश्वरको स्थापना र अध्यात्मवादका माध्यमबाट तत्कालीन हिंसाप्रवृत्त र युद्धलिप्सित अविकसित युगमा प्रशस्त मात्रामा शान्ति पनि छाएको थियो । ईश्वर र परलोकको विश्वासमा तरहतरहका दर्शनहरू निस्केर अध्यात्मवादको विस्तृत मैदानमा घोडाहरूसरह अगाडि दगुरिरहेका थिए । ईश्वर, परलोक र अध्यात्मवादको विश्वास कति धेरै बढ्यो भने यो सारा संसारमा पैmलियो । प्राय: दोस्रो स्थान एवं जातिमा चाहिँ यसको विश्वासका साथै भौतिक तŒवमाथि श्रद्धा र विश्वास प्रशस्त मात्रामा थियो, छ र भइरहनेछ तर हाम्रोमा यस हिन्दू, आर्य वा सनातनी भनिने जातिमा अभैm पनि खालि अध्यात्मविश्वासलाई सर्वोपरि मानिँदै छ । आजसम्म पनि यिनै विश्वासको जादूले हामीलाई मोहित पारिराखेको छ । भौतिक तŒवलाई हामी फुटेको आँखाले पनि हेर्न चाहन्नौँ । वास्तवमा हामी भौतिक क्षेत्रमा पनि कम छेनौँ । हाम्रा प्राचीन ग्रन्थहरूको अवलोकनबाट के थाहा हुन्छ भने यस क्षेत्रमा पनि हाम्रो पर्याप्त प्रवीणता थियो । तर दु:खको कुरा, हाम्रो प्रवीणता मात्र ‘थियो’ मा नै मूर्त रहन गयो; ‘छ’ मा हाँसेर जिउँदो रहिरहने भाग्य उसले पाउन सकेन । आध्यात्मिक भूमिमा मात्र होइन, भौतिक क्षेत्रमा पनि हामी विश्वगुरु हौँ । हामीले नै प्रगति र विकासका बीउहरू रोपेका थियौँ, हामीले नै वैज्ञानिक साधनहरूको सुरुवात गरेका थियौँ । अहिले हामी दावीहरूका दावेदारमात्र रहन गयौँ तर स्थिति हुन पुगेको छ—‘गुरु गुँड नै रह्यो चेलो चिनी भयो ।’ हामी जसलाई असभ्य सम्झन्थ्यौँ ती सबै र सारा संसार हामीभन्दा अगाडि निस्किसक्यो र निस्किरहेको छ । दु:खको कुरा, फेरि पनि हाम्रो मनमा घाम लाग्न सकेको छैन, अभैm पनि अगाडि बढ्नका लागि इख, प्रेरणा र जोस हामीमा उत्पन्न भएको छैन । अगाडि बढ्नमा त हामी सङ्कल्पसम्म गर्दैनौँ । आफ्ना प्राचीन पोथीहरूको भारले लादिएर रहन र तिनबाट पाना पल्टाईपल्टाईकन अरूद्वारा गरिएका प्रगति र वैज्ञानिक सृजनाहरूलाई आफ्नै नक्सा तथा नमुनाहरूमा खडा गरिएका र आफ्ना सम्झेर मस्त हुँदैमा हामी आजसम्म दिन बिताइरहेका छौँ ।
मैले माथि नै भनिसकेको छु, ईश्वर, परलोक र अध्यात्ममाथि कुनै न कुनै रूपमा संसारका प्राय: जसो मानिसहरूको विश्वास छ तर अरू दुनियाँका मानिसहरू ईश्वर र परलोकमा श्रद्धा तथा विश्वास राख्दै संसारलाई पनि अङ्कमाल गर्छन् । दुनियाँलाई घृणा र निन्दा गरी ईश्वर र परलोकका पछाडि दगुर्दैनन् र भौतिक तŒवहरूको पनि कदर गर्दै अध्यात्मलाई पुज्दछन् । तर हामी यस्ता छैनौँ, ईश्वर र परलोकप्रति श्रद्धा एवं भक्ति राख्नका लागि जगत्बाट बिरानो हुनु नै हामी आवश्यक ठान्दछौँ । दुनियाँको भुलभुलैया र भूmटा कुराहरूमा भुलेर हामी ईश्वर र सुगति प्राप्त गर्न सक्दैनौँ भन्ने हाम्रो धारणा छ । सच्चा ईश्वर प्राप्त गर्नका लागि भूmटो दुनियाँलाई घृणा गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो अध्यात्म भौतिक तŒवलाई पूर्णत: अछुत सम्झन्छ । भौतिकवादका साथमा रहनु र चल्नुलाई हाम्रो अध्यात्मवाद पतन सम्झन्छ । त्यसैले नै हाम्रो रहेभएको उन्नति पनि सदाका लागि सुत्यो र भौतिक विश्वास उड्यो । अध्यात्मको अत्यधिक प्रचार, प्रसार र प्रभावका कारण भौतिक प्रेरणा बीचैमा दबियो, किनभने अध्यात्मको महात्म्य र प्रचारमा भौतिकवादको निन्दा हुन्छ । कहाँसम्म भने भौतिक तŒव र जगत्लाई अस्पृश्य र अस्पृहनीय सम्झिने गरिन्छ । बस, कुन मूर्ख भौतिक जगत्मा फसेर जन्ममृत्युको चक्करमा घुम्न मन गरोस् ! अध्यात्मको ‘छोटो बाटो’बाट सोभैm मोक्ष वा ईश्वरको पास पुग्न छाडेर ? अध्यात्मको प्रभाव जो छ ? अनि यही भयो । सबै अध्यात्मका पछाडि दगुर्न थाले । यस्ता व्यक्ति पनि त्यतै लागे जसमा अध्यात्मशक्ति र आध्यात्मिक उत्सर्गता थिएन किनभने भौतिक क्षेत्रमा पाइला राखेर निन्दा र घृणाको पात्र बन्न को चाहोस् ? केही हुँदैन र बन्दैन भने खालि गफ छाँटेर पनि अध्यात्मवादका दम्भ भर्ने गरिन्थ्यो । वास्तवमा आध्यात्मिक परिणाम के हुने गर्छ, त्यो “त्यही भगवान्” नै जानोस्, तर भौतिक ह्रासको परिणाम हाम्रो शिरमाथि नाच्न थाल्यो र चारैतिर अभाव नै अभाव भोगेर हामी बर्बादीको खाडलमा खस्दै गइरहेका छौँ ।
असली दुनियाँलाई सोभैm भूmटो सम्झेर काल्पनिक ईश्वर र परलोकलाई परम्सत्य किन सम्झिँदै छ, मलाई आश्चर्य लाग्छ । ईश्वरीय र पारलौकिक विश्वासमा मान्छेको भावुकता र भावनाले कतिसम्म रङ्ग ल्याएको छ भने त्यसलाई धुन सक्नु पनि असम्भवजस्तै भएको छ । म सम्झन्छु, मान्छेको यो धारणा एउटा भयानक सङ्क्रामक रोग बन्दै छ । दुनियाँका मानिसहरूमध्ये पनि हामी हिन्दू, आर्य वा सनातनी भनिनेहरू त तमाम सुखसाधनहरूलाई तिलाञ्जलि दिएर ईश्वर र परलोकप्रति नै मरिमेट्दे छौँ । अन्य मानिसहरूसरह कुनै खास निश्चित समयमा ईश्वरको पूजाउपासना गरेर मात्र हाम्रो ऐश्वरिक भोक शान्त हुँदैन, बरु त्यसका लागि जीवनको सम्पूर्ण समय र क्षण अर्पण गर्दै त्यसैमा ध्यानमग्न भएर विलीन बन्दछौँ, तबमात्र हामी आपूmलाई पूर्ण तृप्त पाउँछौँ ।
कृत्रिम चन्द्र बुद्धभन्दा पहिले नै उडिसकेको हुन्थ्यो
दुनियाँलाई फुटेको आँखाले नसहेर ईश्वर र परलोकका लागि मान्छेले किन टाउको फोर्छ, मेरो समझमा आउँदैन । मेरो धारणा त के छ भने मानिसको यही ईश्वर र परलोकसम्बन्धी विश्वासले नै उसको अग्रगतिमा बाधा हालिरहेको छ । यसबाट दुनियाँको दौड अचानक नै सुुस्त हुन पुगेको छ र मान्छेको सुखप्राप्तिमा धेरै कमी आएको छ । आज हाम्रो शिरमाथि बालचन्द्रहरू (स्फुतनिक) उडिरहेका छन् । चन्द्रलोकमा पुग्ने ताकमा छन् उनीहरू । यदि हामी ईश्वरीय सपनाको पछाडि दगुरेर ‘जगन्मिन्थ्यावाद’को घेरामा परी संसारबाट विरक्त हुँदैनथ्यौँ, त्यसको प्रभावले हाम्रा नसाहरू मुर्झाउँदैनथे, हाम्रो मस्तिष्क सुक्दैनथ्यो र हाम्रो रगत चीसो बन्दैनथ्यो भने यस्ता बालचन्द्र (स्फुतनिक) हरू हजारौँ शताब्दीपहिले नै हाम्रो हजारौँ पुस्ताअघि नै कम्तीमा पनि बुद्धभन्दा पहिले हामीकहाँ उडिसकेका हुन्थे र हामी जसमा चन्द्रलोक, मङ्गललोक र यस्ता कैयन् लोकहरूमा जमिनदार, मिलमालिक, उद्योगपति आदि बनेर चैन गरिरहेका हुन्थ्यौँ । न दुई रोटीका लागि बारम्बार दावा गरी धनीहरूको टाउको फुटाइदिने कम्युनिस्टहरू जन्मनुपथ्र्यो, न एउटा चपरासी या क्लर्कजस्ता जागिरका लागि एम.ए., बी.ए. जस्ता शिक्षितहरूले दरखास्त दिएर प्रतीक्षा गर्नुपथ्र्यो । नयाँनयाँ लोकहरूमा गएर जति गोडा पसार्न सक्यो त्यति आफ्नै जमिन बनाई आबाद गर्न सकिन्थ्यो । आजजस्तो जता पनि भकारी लुट्न र सयपचास रूपैयाँका लागि मान्छेको रगत पिउने हत्याराको काम कतै पनि सुन्न मिल्ने थिएन । जति आबाद गर्न सक्यो उति जमिन मिल्ने थियो र जति कमाउन सक्यो त्यति धन प्राप्त हुने थियो । पेटका लागि रुनेवाला र रोजगारका लागि टाउको ठोक्नेवाला कुनै हुन्थ्यो भने त्यो कामचोर र ठगमात्रै हुन्थ्यो । तर म सम्झन्छु, यस्तो स्थिति हुँदा ईश्वरवादीहरूको टाउको दुख्नेछ किनभने यदि यस्तो भयो भने त तिनको मालिक ईश्वरको नर्कलोक एकदम खाली हुनेछ र ईश्वरको मोजमस्तीमा बट्टा लाग्नेछ, हानि हुनेछ ।
ईश्वर एक संस्कारगत विश्वासमात्र हो
ईश्वरको विश्वासमा करोडौँ होइन, अर्बौँ मानिसहरू मरिसकेका छन्, र जो बाँच्दै छन् र पछि जन्मनेछन् तिनलाई समेत यस विश्वासले कब्जा गरिदिएको छ । त्यसोभए के यस हल्लामा दगुर्नेहरू सबै मूर्ख थिए र मूर्ख छन्् ? अथवा ज्ञानी, विद्वान् र सत्यका मर्मज्ञ ? होइन, होइन, दुवै कुरा सत्य होइनन्— सबै मानिस मूर्ख पनि हुँदैनन् र सबै ज्ञानी पनि हुँदैनन् । मानिसमा ईश्वरको जुन विश्वास भइरहेछ त्यसमा प्राय: मानिसको आफ्नो निर्णय, निश्चय र निष्कर्षमात्र होइन, निजी दृष्टिकोण पनि केही छैन । म देख्छु, यो खालि मान्छेको संस्कारमात्र हो, आनुवंशिक र सांसर्गिक एक संस्कारमात्र हो, पूर्वविचारक, दार्शनिक र संपृक्त द्रष्टाहरूका विचार, दर्शन र सम्पर्कताको प्रवाहमात्र हो । सबै मानिस स्वयं विचार गर्दैनन्, यो धेरैजसो मान्छेहरूको स्वभाव हो । त्यसोहुँदा आपैm नसोच्नेले पूर्वविचारकका संस्कार र प्रवाहमा बग्नु नै पर्नेछ । बस, ईश्वरको विश्वास एक संस्कार बनेर नै मान्छेहरूका बीचमा दुनियाँमा चल्दै आइरहेको छ । योबाहेक अरू केही होइन । पुराना संस्कार र प्रवाहमा नडुब्ने मान्छे ईश्वरीय विश्वासलाई मान्दैन । तिनीहरूमा चार्वाक पहिलो व्यक्ति हुन्, दोस्रो व्यक्ति जन्मे महावीर वद्र्धमान । तर यस्तो स्वयं सोच्नेवालाहरूमा बुद्ध र कार्लमाक्र्स दुनियाँका आँखामा आज सर्वोपरि छन् । त्यसो त बुद्ध पनि परलोक र पुनर्जन्मलाई मान्दछन् र उनको सिद्धान्त सन्न्यास–प्रधान छ तर फेरि पनि उनी संसार र समाजलाई घृणा गर्दैनन् बरु समाजलाई उठाउनमा संसारलाई शान्तिपूर्ण र प्रगतिशील बाटोमा ल्याउनका, लागि वर्णभेद, लिङ्गभेद, जातपात, छुवाछुत, यज्ञयाग इत्यादि सामाजिक कुरीति, अन्धविश्वास आदि खराबीहरूलाई उनले टाढा भगाए । यस्ता जातपात, छुवाछुत आदि खराबीहरू र अन्धविश्वासमाथि सामाजिक क्रान्ति र विद्रोह सञ्चालन गर्ने पहिला व्यक्ति संसारमा बुद्ध नै हुन् । उनी शान्ति र अहिंसाका विश्वमै अग्रदूत हुन् नै, संसारमा सङ्घीय व्यवस्था, भाषणप्रणाली, जनतन्त्र तथा स्वतन्त्रताको जग बसाल्ने प्रथम व्यक्ति पनि उनी नै हुन् । “मेरो वा अन्य कुनै पनि विचारलाई सहजै विश्वास नगर, बरु आपैm सोचेर राम्रो बाटो समात” यस्तो सोच्ने स्वतन्त्रता र आलोचनालाई यिनीभन्दा पहिले संसारमा कसैले पनि स्थान दिएको थिएन । उनले बुद्धि र स्वतन्त्रताको कदर गर्दै नारीलाई पुरुषबराबरको स्थान र मनुष्यमात्रलाई समानताको हक दिएका थिए । मतदान, चुनावीप्रथा, सभाको स्थापना, प्रस्ताव प्रस्तुत गर्ने रीति आदि आधुनिक प्रजातान्त्रिक पद्धतिको सूत्रपात गर्ने मानिस पनि बुद्ध नै हो । त्यसैले बुद्धलाई आजको संसारको प्राण, सामाजिक गोरेटो, शान्ति र अहिंसाका दूत, प्रगतिशील पथप्रदर्शक, क्रान्तिकारी नेता, कुरीतिविरोधी नेता आदि आदि सम्झिन्छ, यद्यपि उनी परलोक–पुनर्जन्मका समर्थक र सन्न्यासवादी पनि हुन् ।
नयाँ कुरा सोच्ने कुनै प्रभावशाली व्यक्ति यस धरतीमा आएपछि धेरैजसो मानिसहरू त्यसको रङमा रङ्गिन्छन् र कालान्तरमा त्यसको सिद्धान्त मान्छेहरूमा जीवनसंस्कार बन्दछ । जस्तो पहिलेपहिले मान्छेको विचार ‘शून्य’ थियो अर्थात् कुनै पनि ‘छैन’ केही पनि ‘छैन’ को विचार प्रबल थियो, केही थियो भने मात्र खानु, पिउनु र त्यसका लागि सामग्री जुटाउनु । सङ्क्षेपमा भन्ने हो भने जब मान्छे पशुसमान थियो त्यस वेला एकजना मानिसको मस्तिष्कमा ईश्वरको अस्तित्वसम्बन्धी विचार उत्पन्न भयो । यसै ऐश्वरिक विचारले आत्मालाई जन्मायो अनि अध्यात्मको आविर्भाव भयो । यही विचार र विश्वास मानिसहरूमा संस्कार बनेर बसे । त्यसको केही समयपछि यस ईश्वरको अस्तित्वको विपरीत एकअर्को विचार निस्क्यो जसअनुसार ईश्वर, आत्मा, परलोक आदि केही पनि छैन, जे छ त्यो यही जगत् छ, यसै जगत्मा छ; यसभन्दा पर केही छैन । यो पनि एउटा सिद्धान्त बन्यो । यस्तो विचारका पहिला प्रवर्तक थिए चार्वाक । तर यो विचार त्यति प्रचारित र प्रसारित हुन सकेन । थोरै मानिसहरूमात्र यस विचारको प्रभावमा आए । त्यसैले यो विचार शक्तिशाली संस्कार बनेर जम्न सकेन । यसपछि जैनमतका प्रवर्तक महावीर निस्के । उनी पनि ईश्वर, आत्मा आदिमाथि विश्वास गर्दैनथे । ‘जैनमत’को नामबाट उनको विचार जगत्मा जिउँदो भएर रह्यो । उनको विचार पनि संसारमा एउटा संस्कार बनेरै रह्यो । यस संस्कारले पनि दुनियाँका धेरै मानिसलाई तानेको छ । यसको समसामयिक कालमा नै बुद्धको विचार जन्म्यो जो पापपुण्य, परलोक, पुनर्जन्म, बन्धन, मुक्ति आदिलाई मान्दामान्दै पनि ईश्वर र आत्मालाई मान्दैन । बुद्धको यस्तो विचार त झन् शक्तिशाली संस्कार बन्यो । यसका अनुयायीहरू धमाधम बढ्न थाले । यसपछि द्वैत, अद्वैत, द्वैताद्वैत, सगुण, निर्गुण आदि अनेक विचारहरू उत्पन्न भए । तिनका संस्कारहरू पनि दुनियाँमा प्रशस्तमात्रामा रहेका छन् र अनुयायी पनि थोरै छैनन् ।
गतिशील संसारको गति कस्तो छ भने बीचबीचमा प्रभावशाली व्यक्तिको जन्म भइरहन्छ र उसका विचार वा सिद्धान्त अनन्तकालसम्म रहन्छन् । यस्ता विचार सत्य भएकैले स्थायी भए भन्ने कुरा होइन, असत्य मान्छे नै धेरै हुन्छन् (अहिलेसम्म यस्तै छ) । त्यसैले कुनै प्रभावशाली व्यक्तिको विचारले साधारण मानिसको हृदयमा घर बनाउँछ र उसका विचार, संसर्ग र प्रभाव साधारण मानिसको मनमा विश्वास बनेर जम्दछ र कालान्तरमा त्यही विचार र विश्वास संस्कार बन्दछन्— पक्का संस्कार ।
ईश्वर, परलोक आदिको विचार र विश्वास पनि मूलत: एक संस्कार मात्र हो । यो सबैभन्दा पुरानो विचार र विश्वास हुनाले तथा दुनियाँका तमाम मानिसहरू सुरुमा तिनकै प्रभाव र संसर्गमा आएकाले आजको संसारका अधिकांश मानिस तिनै विचार र विश्वासको संस्कारमा डुबेका छन् । मान्छेभित्र ईश्वरको विश्वास कति शक्तिशाली ढङ्गले घुसेको छ भने बुद्धजस्ता महान् व्यक्ति आएर ती कुराहरूलाई असत्य साबित गर्दा पनि त्यो मान्छेको संस्कारबाट हट्न सकेन र बुद्धपछि माक्र्सजस्ता विचारक आए र आज उनको विचार संसारको हरेक क्षेत्रमा प्रयोग भएको देखिँदै छ जसले के स्पष्ट पार्छ भने यथार्थमा ईश्वरको कुनै आवश्यकता छैन र उनको साथसाथमा आधुनिक विज्ञानले पनि के साबित गरिरहेको छ भने ईश्वरको कुनै अस्तित्व छैन, मान्छेले सबै कुरा गर्न सक्छ तर पनि अधिकतर मानिसहरूका नसाहरू ईश्वरको विचार र विश्वासले भरिएकै छन् ।
कति शक्तिशाली संस्कार ! — असत्य ईश्वरलाई पनि सत्यको आभासमा जिउँदैजस्तो बनाइदिएको छ । ठूलाठूला विचारका अन्वेषक, सत्यज्ञ र सूक्ष्मदर्शीहरू पनि ईश्वरीय सत्यतामा सन्देह हुँदाहुँदै पनि तिनका आनुवंशिक संस्कारहरू तिनलाई प्रभावित पार्नमा आज पनि सशक्त छन् । त्यसैले म भन्छु, ईश्वर र त्यसको केही अस्तित्व छ भने बस, यही संस्कारमात्र हो , यसबाहेक केही होइन । भूत वा शैतान मान्छेको बस्तीबाट अब टाढा हुँदै गइरहेछन् किनभने अब तिनका संस्कारहरू कम हुँदै गइरहेछन् किनभने मान्छेका जानकारीहरू बढिरहेछन्, यिनले वास्तविकतालाई चिन्न थालेका छन् तथा सच्चाइको खोज र त्यसको पहिचानमा तल्लीन छन् । मलाई के आस छ भने यसरी नै ईश्वर र त्यसको अस्तित्व पनि दुनियाँको बस्तीबाट हट्नेछन् र वस्तुत: पहिलेको भन्दा केही तेज गतिमा दुनियाँबाट त्यसको विश्वास भागिरहेको पनि छ । यसको मूल कारणचाहिँ त्यसको संस्कार डुब्दै जानु नै हो ।
‘त्यत्तिकै केही पनि बन्दैन, यही हो ईश्वरको प्राण
ईश्वरवादीहरू ईश्वरमा विश्वास गर्ने मानिसहरूको सबैभन्दा ठूलो तर्क र जिकिर के छ भने कुनै चीज कसैले नबनाई त्यत्तिकै बन्दैन, बनाएपछि मात्र सबै बन्छ । जब एउटा सानो सियोलाई त बनाउनेवाला छ भने यति ठूलो दुनियाँलाई बनाउनेवाला नहोला ? यति सुन्दर संसार नबनाइकनै हुन सक्छ ?एक साधारण मोटर, एक कुनै इन्जिनको त निर्माण हुन्छ र नचलाएसम्म त्यो एक डेग चल्दैन भने यति विशाल जगत्को निर्माता नहोला ? के कसैको सञ्चालनविना यति ठूलो दुनियाँ ठीकठीक गतिमा चल्न सक्छ होला ? एकदमै असम्भव !
तर्क सामान्य छैन र उनीहरूका तर्क अरू पनि छन् तर सबैभन्दा शक्तिशाली तर्क यही हो । संसार कसैले बनाइदिएको चीज होइन । मान्छेद्वारा निर्मित चीजको उदाहरण यसमा लागू हुन सक्दैन । यो प्राकृतिक हो, प्रकृतिको संयोगले बनेको हो र प्राकृतिक संयोगले नै यसमा गति आउने गर्छ र चलिरहन्छ । यी तथ्यहरूमा तिनीहरू अलिकति पनि विश्वास गर्दैनन् । उनीहरूको जोडदार तर्क छ, जब कुनै चीज त्यत्तिकै बन्दैन र बनिरहन सक्दैन भने यति ठूलो विश्व आपैm कसरी बन्छ ? पक्कै यसलाई बनाउनेवाला कोही छ । बस, त्यो अदृश्य निर्माता नै ईश्वर हो । बस, ईश्वरको अस्तित्व यदि आजसम्म अस्तित्वमा जीवित छ भने यही एउटा शक्तिशाली तर्कमा । यस तर्कको उत्तर दिन पनि सजिलो छैन । तर अन्य कुनै पनि कुरा र गतिविधिमा ईश्वर भएको प्रमाणित हुँदैन । यदि कुनै खास नेता हुन्थ्यो भने उसको नेतृत्वमा संसारको प्रबन्ध राम्ररी चल्थ्यो, ‘जसको लाठी उसको भैँसी’को नीति किन हुन्थ्यो ? यस्तो अराजकता किन पैmलन्थ्यो ? के ईश्वरको बयानअनुसार संसारमा कुनै प्रमाण पाइन्छ ? यी सबैको उत्तर पनि त चाहियो । जब यी कुराका कुनै उत्तर छैनन् र ईश्वर भएका कुनै प्रमाण छैनन् भने ‘बनाउनेवाला अदृश्य कुनै छ’ भन्ने तर्क पनि खालि तर्कमात्रै हो ।
‘ईश्वर अनुभूतिमा छ’ भूmटो तर्क हो
फेरि अधिकतिर ईश्वरवादीहरूको भनाइ के छ भने ईश्वरलाई तर्क र उदाहरणले जान्न सकिँदैन, उसको निर्माता तर्क र उदाहरणहरूमा नभई मात्र अनुभूतिमा हुन्छ, अनुभूतिबाट नै उसलाई जान्न सकिन्छ । अनुभूतिविना उसलाई प्रत्यक्ष पाउने त कुरै छाडौँ, उसको आभाससम्म प्राप्त गर्न सकिन्न । म भन्छु, मान्छेहरूको विश्वासमा अहिलेसम्म ईश्वर बाँचेको छ र सास फेर्दै छ भने त्यो मात्र तर्क र प्रमाणको आधारमा मात्रै छ । अनुभूतिको उल्लेख गर्नु भनेको सपनालाई सत्य ठान्नुजस्तै मात्र हो । मुग्ध र उन्मुक्त भएर कुनै व्यक्ति जब त्यसलाई पाउनका लागि उत्सुक हुन्छ, त्यसैको ध्यानमा हरहमेसा तल्लीन बन्छ तब त्यसलाई नपाएर पनि पाएजस्तो अनुभव उसलाई भइरहन्छ । त्यसलाई पाएर आनन्दित हुँदै रात्रिको नीदमा उसले सपना त देख्छ नै, त्यसबाहेक जागृत समयमा पनि कहिलेकहिले दिवास्वप्न देख्छ होला । ‘ईश्वर अनुभूतिले मात्र जान्ने गरिन्छ’ भन्ने कुरा पनि बस यस्तै प्रकारको एउटा कुरा मात्रै हो । कुनै असम्बन्धित राजकुमारीमाथि जसलाई पाउनु उसका लागि असम्भव पनि छ तर पाउने आशामा ऊ मुग्ध हुन सक्दछ र सपनामा त आपूmप्रति पे्रम नै गरिरहेकी राजकुमारी नै पाउँछ । यसलाई पनि अनुभूति नै भन्न सकिन्छ । तर यथार्थमा उसप्रति राजकुमारीको पनि प्रेम छ भन्ने कुरा पूर्णत: असत्य हो किनभने अन्जान र असम्बन्धित प्रेम हुनु असम्भव छ । फेरि पनि राजकुमारीप्रति मन मुग्ध हुनाले उसले सपनामा राजकुमारीलाई पनि पे्रमोन्मत्ताको स्थितिमा पायो । यो पनि एक अनुभूति हो । असत्य पनि सत्यको रूपमा पाइयो । मान्छेको कुनै भावना अति तीव्र र उन्मत्त हुँदाको क्षणमा कुनै कुरा नहुँदा पनि त्यसको अस्तित्व आभासित हुन जान्छ । चिन्तामणिको वशमा परेको भावना प्लावित विल्वामङ्गललाई भयङ्कर विषधारी सर्पमा पनि डोरीको अनुभव भयो । संयोगले सर्पले डस्ने मौका पाएन र विल्वामङ्गल बाँच्यो तब उसका लागि सर्प पनि डोरी नै सिद्ध भयो । भावावेशमा कविहरूलाई जडवस्तु पनि चेतन भएको अनुभव हुन थाल्दछ ।
तपाईं भन्नुहुनेछ द्रौपदीलाई पनि ईश्वर भएको अनुभव छ किनभने विपत्तिका वेला उनले ईश्वरलाई पुकारिन् र उनको रक्षा भयो । वास्तवमा केही हात साडी तानेर द्रौपदीलाई नाङ्गी बनाउने चेष्टा गरिएको थियो तर ईश्वरका मदतले कति लामो भइदियो भने तान्दातान्दै दु:शासन थाक्यो । तपाईं भन्नुहुनेछ गजेन्द्रको अनुभव छ ईश्वर अवश्य छ, त्यसैले गोहीले खान लाग्दा पनि ऊ बाँच्यो किनभने उसले ईश्वरलाई पुकारेको थियो । तपाईं भन्नुहुनेछ प्रह्लादलाई यथार्थमै ईश्वर भएको अनुभव छ किनभने पहाडबाट खसालिदिँदा पनि उसलाई केही भएन, लप्लपाउँदो आगोमा फालिदिँदा पनि ऊ बाँच्यो । उसलाई मार्न हिरण्यकशिपुले कस्ताकस्ता जघन्य कर्म गरेन ? तर उसलाई सबै उल्टा साबित भए किनभने प्रह्लादले ईश्वरलाई सदैव तन, मन र वचनले मनन, चिन्तन र धारण गरेको छ ।
यदि यी सबै कुरा सत्य हुन् भने म भन्नेछु यस्तो अनुभव इसामसीहलाई किन प्राप्त भएन ? सदैव ईश्वरीय पक्षमा रही त्यति धेरै सत्य कुरा भन्ने र लोककल्याणमा नै जीवन अर्पण गर्ने महात्मालाई दुष्ट र मूर्खहरूले किला ठोकीठोकीकन मारिदिए ? प्रह्लादलाई सबै प्रहारमा विपरीत फल मिल्यो भने इसालाई किन मिलेन ? उनका लागि सबै किलाहरू किन पूmल बनेनन् ? म भन्छु, के सुकरात, प्रह्लाद, द्रौपदी, गजेन्द्र आदिभन्दा कम थिए ? नत्र भने उनका लागि विष अमृत हुन किन सकेन ? किन उनको मृत्यु दुष्टहरूले दिएको विषपानबाट भयो ? म सोध्छु, के गान्धी प्रह्लादभन्दा कम सत्याग्रही थिए ? के उनी गजेन्द्रभन्दा साना भक्त थिए र द्रौपदीभन्दा कम सच्चरित्र थिए ? फेरि पनि किन यस्ता महापुरुष र ईश्वरभक्तलाई नाथुरामको गोली साँच्चै गोली नै साबित भयो !
के आजको मान्छे ईश्वरका निम्ति उपेक्ष्य भयो ?
जब वैदिक र पौराणिक युगहरूमा एउटा पनि यस्तो आस्तिक, भक्त र कल्याणकारीलाई कुनै पनि दुष्टको दुष्टताबाट ईश्वरले मर्न दिएन, कसैलाई पनि बेइज्जत र अपमानित हुन दिएन भने ऐतिहासिक तथा हाम्रो दृष्टिगत युग अर्थात् आधुनिक युगहरूमा मात्र ईश्वरको यस्तो उपेक्षा किन ? के वैदिक र पौराणिक युगहरूका देवता, मान्छे र प्राणीहरूमात्रै ईश्वरका लागि सबै कुरा हुन् ? पछिका मान्छे र प्राणी उसका लागि केही पनि होइनन् ? वैदिक तथा पौराणिक युगमा प्रत्येक सानातिना कुराहरूमा आफ्ना विचार, न्याय, करुणा आदि राख्ने र आफ्नो सक्रियता हरक्षण देखाउने ईश्वर अब अर्थात् ऐतिहासिक युगमा किन मौन छ ? किन ऊ उभिएर तमासा हेरिरहेको छ ?
के ईश्वर तमासाबाज हो अथवा सन्न्यासी भयो ?
तपाईंलाई सम्झना होला, सन् १९४५ बङ्गालमा भारी अनिकाल परेको थियो जसलाई ऐतिहासिक अनिकाल भन्न सकिन्छ । त्यसमा हजारौँ–लाखौँ मानिसहरूको अकाल मृत्यु भएको थियो । गर्भिणीहरू पेटमा बच्चा लिएर मरिरहेका थिए, बच्चाहरू आमाको स्तनको दूध चुस्दाचुस्दै हैरान भएर भोकै मरिरहेका थिए । मानिसहरू एकएक दानाका लागि तड्पिरहेका थिए र तड्पिँदातड्पिँदै कालको मुखमा समाहित भइरहेका थिए । कहाँसम्म भने फोहर नाली र हिलोमा फालिएका अन्नका दानाहरू टिपी पानीले धोईधोईकन खाइरहेका थिए र अन्नको भण्डार भएका व्यक्तिहरू तथा परिवारहरूद्वारा फोहरमा फालिएको जुठो अन्नमा कुकुर र मान्छेको सङ्घर्षसमेत भएर कुकुरको हमलाबाट तिर्खाले क्षीण भएका मान्छे मारिएका थिए । के त्यस समय तपाई्रको ईश्वरको कानमा जुम्रो पनि घस्रेको थियो ? तपाईंको ईश्वर त दयासागर थियो नि ? के त्यस समय उसको दयालाई कसैले उधारोमा लगेको थियो ?
तपाईंलाई सम्झना होला, बङ्गालमा दुर्भिक्ष भएको करिब डेढदुई वर्षपछि नै सन् ४७ मा बङ्गालकै भूमि नोआखलीमा एक ऐतिहासिक रक्तपातपूर्ण काण्ड भएको थियो । एउटै धर्तीका दुई भाइ र एकै मनुष्यत्वका दुई जाति हिन्दू र मुसलमानका बीच बापवैरी साँध्दै गाडिएका मुर्दाहरू उखेल्ने भावना खडा भएको थियो । हिन्दूको सङ्ख्या थोरै थियो र मुसलमानको समूह ठूलो । त्यसैले त्यहाँ मुसलमानहरूलाई हिन्दूमाथि अत्याचार गर्न धेरै सुविधा भयो । उनीहरूले हिन्दू दाजुभाइहरूमाथि घोर जुलुम गरे; हत्या गर्नुका साथै मूलत: अपहरणका काम गरे । असङ्ख्य हिन्दूका दिदीबहिनीहरू, छोरीहरूलाई अपहरण गरी जबर्जस्ती मुसलमान बनाइयो । अन्त्यमा गान्धीले गएर सम्झाइ–बुझाइ गरेर त्यस उत्पातलाई शान्त बनाए । गान्धीले मुसलमानहरूद्वारा अपहरित दिदीबहिनी, छोरीबुहारीहरूलाई फर्काउने र उनीहरू फर्केपछि तिनलाई ससम्मान अपनाउने सल्लाह पनि दिए । गान्धीको यस्तो सल्लाह र समझदारीका कारण हिन्दूहरूलाई जबर्जस्ती मुसलमान बनाएर आफ्ना पाँचै औँलालाई घिउमा डुबाउन मुसलमानले चाहेनन् र हिन्दूहरूको जाति पनि टुक्राटुक्रा हुनबाट बच्यो । स्वामी दयानन्दले सुरु गरेको हिन्दूरक्षा आन्दोलनको यो दोस्रो शानदार अध्याय हो । कट्टरपनलाई नै अँगालेर आपूmलाई मात्र पवित्र मानी हिन्दूहरू खालि ‘ॐ शान्ति’मा नै बसिरहन्थे भने आजसम्म हिन्दूको सङ्ख्या त्यसको आधा पनि बाँकी हुन्नथ्यो । फेरि पनि नोआखलीमा धेरै नै धनमाल र ज्यानको नोक्सानि भइसकेको थियो । तपाईंको सर्वज्ञ, सर्वान्तर्यामी, सर्वशक्तिमान्, सर्वहितैषी ईश्वर हातमा हात राखेर बसिरह्यो । हजारौँ–लाखौँ मानिसहरूको पुकार सुनेर पनि ऊ आफ्नो ठाउँबाट टसमस भएन । त्यो बडो निष्पक्ष छ हैन र ? त्यसैले तटस्थ रहेको होला !
तपाईंले बिर्सनुभएको छैन होला, हिन्दूहरूले मुसलमानहरूमाथि नोआखलीको बदला पटनामा लिए । नोआखलीकाण्डको केही दिनपछि नै पटनामा जहाँ नोआखलीको ठीक उल्टो हिन्दूहरूको सङ्ख्या धेरै थियो, त्यहाँ हिन्दूहरूले मुुसलमानहरूमाथि चर्को अत्याचार गरे । हत्याहरू भए । मुस्लिम महिलाहरूमाथि अत्यन्त अमानुषिक अत्याचार गरे । उनीहरूका स्तनहरू काटेर फालिए, योनीहरू चिरिए, केके गरे भनेर साध्य छैन । सङ्क्षेपमा भन्ने हो भने अत्यन्त कुत्सित कर्महरू गरे । हेर्नुहोस् त्यो नोआखलीको बदला हो । नोआखलीको करिम मियाँले हत्या गरेको थियो, त्यसैले पटनाको रहिम मियाँले फाँसीमा भुन्डिनुपर्यो किनभने ऊ मियाँ थियो, नोआखलीमा हिन्दूहरूको हत्या गर्ने जाति र हिन्दूहरूको पकडभित्रको मियाँ थियो । पटनाका हिन्दूहरूले मुसलमानहरूका हज्जारौँ लासहरू गनीगनी नोआखलीमा हराएका हिन्दूहरूको बदला लिए । आखिरमा त्यस पटनाकाण्डमा पनि गान्धीले नै आफ्नो ज्यानको बाजी लगाएर शान्तिस्थापना गरे । साँच्चै भन्ने हो भने तत्कालीन यी हिन्दूमुसलमान काण्डहरूको सुरुवात नोआखलीमा मुसलमानहरूद्वारा नै भएको थियो । दोस्रो मुसलमानको कलङ्कको कुरा हो जिन्ना आदि तत्कालीन मुस्लिम नेताहरूद्वारा कुनै खास शान्तिप्रयास नगरिनु । तर हिन्दू नेताहरूले धेरै प्रयास गरे । गान्धी त हत्केलामा ज्यान राखेर कुदे र ती काण्डहरूलाई शान्त पारेरै छाडे । हिन्दू नेताहरूको खास गरी गान्धीको यस आदर्शलाई संसारले कहिल्यै बिर्सनेछैन । फेरि पनि अत्याचारका कारण नोआखलीमा हिन्दूको जस्तै पटनामा मुसलमानहरूको नराम्ररी दुर्गति भयो । त्यस समय तपाईंको घटघटवासी ईश्वर जो हिन्दू र मुसलमान दुवै जातिमा मात्र नभई संसारकै तमाम जातिहरूको नेता अझ परमनेता हो— कम्मरमा हात राखेर आरामसित तमासा त देखिरहेकै थियो होला नि ! मौजी पनि छ नि है तपाईंको ईश्वर !
तपाईंलाई सम्झना होला, सन् १९४७ मा नै, नोआखली र पटनाकाण्डकै समयको वरिपरि पन्जाब(लाहौर) मा हिन्दूमुसलमानको कत्लेआम र भयङ्कर हत्याकाण्ड भएको थियो । त्यो काण्ड कति दर्दनाक र भयङ्कर थियो भने सुन्दैमा रौँ खडा हुन्छन् र कलेजो काँप्न थाल्दछ । अमानुषिकताको हद त्योभन्दा बढी हुन सक्दैन । त्यस काण्डलाई देखेर मान्छेलाई अभैm पनि जङ्गली, बहसी र सैतान भनियो भने अत्युक्ति हुनेछैन । लाहौरको जमिन लासहरूका थुप्राहरूले ढाकिएको थियो । रगतको नदी बगिरहेको थियो । अर्धमृत मानिसहरू छुरी, तरबार र खन्जरहरूका चोटले चीत्कार गरिरहेका थिए र मर्न बाँकी जिउँदा मानिसहरू आपूmलाई मृत्युको घाटमा उभिएको पाएर भय र त्रासले कहालिइरहेका थिए । “सालेलाई मार, काफिरलाई मार !” इत्यादि जेहादका नाराहरूले आकाश गुन्जिरहेको थियो । लाहौरका प्राय: घर, धनमाल आगोका लप्काहरूमा परी खरानी भइरहेका थिए । त्यस समय कति धनमाल र ज्यानको विनाश भयो, केही हिसाब छैन । त्यस समयमा के तपाईंको ईश्वर सृष्टि र निर्माणको कामबाट वाक्क भएर दिल बहलाउन ती काण्डहरूबाट रसानुभव गरिरहेको थियो ? के त्यो काण्ड तपाईंको ईश्वरका लागि मनोरञ्जनको विषय बनेको थियो ? होइन भने एउटी द्रौपदी, एउटा प्रह्लाद र एउटा हात्ती(गजेन्द्र)को ज्यान बचाउन त्यस्तो तदारुकताका साथ आफ्नो शक्ति र प्रभाव देखाउने ईश्वरले हजारौँ–लाखौँ मानिसहरूको ज्यान र धनमाल तथा धर्मलाई बचाउन किन कुनै कदम उठाएन ? के ती काण्डमा परेका मानिसहरूले ईश्वरलाई पुकारेनन् होला ? के तिनको पुकारमा आर्तनाद थिएन ? के तिनको चीत्कारमा मार्मिकता थिएन ? हुँदैन ? के पन्जाबका ती सबै मानिसहरूमा एकजना पनि भक्त र धार्मिक थिएन ? हुँदैन ? के ती सबै नास्तिक थिए ? जसले गर्दा तपाईंको ईश्वरले मदत गरेन ?
तपाईंले प्रत्येक वर्ष देख्नुभएको होला, सुन्नुभएको होला, सायद भोग्नुभएको पनि होला— भूकम्प, आगलागी, बाढी, आँधीबेहरी, अतिवृष्टि, रोगको महामारी आदि दुष्कालबाट दुनियाँमा कति मान्छेहरूको अन्त्य हुने गर्छ र भइरहेको छ । तिनको त गन्ती नै गर्न सकिन्न । सन् १९३४ मा भारत र नेपालको भूकम्प,ज्ञढ सन् १८८७ को चीनको बाढीद्दण् , प्लेगद्दज्ञ, सन् १९२७ को चेचकद्दद्द , सन् १९५८ को लू ले कति धेरै शिशु र बालक अनाथ भए होलान्, कति सपुतहरू आमाका काखबाट लुटिए हुनन्, कति तरुनीहरूको निधारको सिउँदो मेटियो होला र कति मानिसहरूले आफ्नी जीवनसँगिनी गुमाए होलान् । तपाईं चाहनुहुन्छ भने यी सबैको जानकारी लिन सक्नुहुन्छ, पत्ता लगाउन सक्नुहुन्छ । यी सब त ऐतिहासिक प्रकोपमात्र हुन् । यस्तै साधारण प्रकोपहरू त हरेक वर्ष दुनियाँमा कहीँ न कहीँ भई नै रहन्छन् । यस्ता कुराको त गन्ती नै हुँदैन । के ईश्वरसम्म यी कुराहरूको खबर पुग्दैन, त्यसैले उसलाई थाहा नै छैन ? त्यसोभए मारकोनीले, बेलले र राइट ब्रदर्सले धेरै ठूलो गल्ती गरे, क्रमश: उनीहरूले आफ्ना आविष्कृत वायरलेस वा रेडियो, टेलिफोन र विमानहरू मध्येबाट प्रथम एकएक सुट वायरलेस वा रेडियो, टेलिफोन र विमान ईश्वरलाई भेट गर्थे भने वायरलेस वा रेडियो र टेलिफोनबाट तुरुन्तै खबर थाहा हुने थियो र विमानमा चढेर उचित समयमा घटनास्थल पुग्न ईश्वरलाई सजिलो हुने थियो । तपाईं सायद भन्नुहुनेछ— मनुष्यनिर्मित वायरलेस, रेडियो, टेलिफोन, विमान आदिको ईश्वरलाई के आवश्यकता छ ? ऊ त घटघटवासी, सर्वान्तर्यामी र सहजगामी छ । यसोभए ईश्वर वैदिक र पौराणिक युगबाहेक यताका युगका मानिसहरूको केही मूल्य नै सम्झँदैन ? अथवा द्रौपदी, गजेन्द्र, प्रह्लाद, ध्रुव आदिको जस्तो पवित्र र धार्मिक आत्मा नभएकाले वैदिक र पौराणिक मनुष्यलाईजस्तो नबचाएर मर्न दिइरहेको छ ?
तपाईं भन्नुहुनेछ पापका प्रभावले यस्ता दैवी प्रकोपहरू हुने गर्छन्; यी सबै पापहरूकै परिणाम हुन् । ईश्वरका दावेदार र ठेकेदारहरूले यस्तै भन्ने पनि गर्छन् । त्यसोभए के यस्तो प्रकोपहरूबाट मर्नेजति सबै पापीमात्र हुन् र बचेकाहरू सबै धर्मात्मामात्र हुन् ? तपाईं ‘हो’ भन्न सक्नुहुनेछैन किनभने तपाईंलाई स्पष्टसँग थाहा होला— प्रकोपबाट मर्नेहरूमा धर्मात्माहरू पनि छन् र बाँच्नेहरूमा धेरै अपराधी/पापी पनि छन् । यदि तपाईं सहमतिमा नआएर जिद्दी नै गर्नुहुन्छ भने फेरि म तपाईंलाई भन्न सक्छु, तपाईंको ईश्वर अरू केही गर्नुको साटो अँधेरामा ढुङ्गा फाल्छन्, पापीहरूको लक्ष्यमा । तपाईं नै भन्नुहोस्— “धान खाने मुसो चोट पाउने भ्यागुतो” को उखान चरितार्थ भयो कि भएन ? जबकि पाप गर्नेहरू बच्दछन् र धर्म गर्नेहरू दु:खले मरिरहेछन् ।
भूकम्प आदि दैवी वा प्राकृतिक प्रकोप पापहरूको अतिशयताको कारण हुन्छ भन्ने भनाइलाई विज्ञानले एकदमै भूmटो साबित गरिदिएको छ । जाग्रत र प्रगति तथा उन्नतिशील मुलुकहरूमा यस्ता प्रकोप हुँदाहुँदै पनि प्राय: खासै हानि हुन पाउँदैन । हैजा आदि महामारीको प्रकोप त सायदै हुन्छ । हाम्रा मानिसहरूलाई त आफ्नो धर्मको आधारप्रति पूरा विश्वास छ— युरोप पापको क्रीडाभूमि हो, तर आश्चर्यको कुरा के छ भने हाम्रो देशमाजस्तो दैवी पं्रकोपको दाल त्यहाँ गल्दैन, रोगहरूको महामारी त त्यहाँ प्राय: हुँदै हुँदैन । तर हाम्रो पुण्यभूमिमा हेर्नुहोस्, सदैव दैवी प्रकोपको खतरा बनिरहन्छ र हामी पुण्यात्मा भनिने मानिसहरू हरेक वर्ष हजारौँ–लाखौँको सङ्ख्यामा यी प्रकोपहरूको लपेटामा पर्दछौँ ।
ईश्वरको कारखानामा ठूलो सङ्ख्यामा मानिसहरू तयार हुन्छन्, त्यसैले दुनियाँमा मानिस धेरै सस्तो भएको छ । त्यसैले त उनीहरूको शिरमा हरहमेसा आपत्ति र विपत्तिले ताण्डवनृत्य गरिरहँदा पनि ईश्वरले नदेखेभैmँ र नसुनेभैmँ गरिरहन्छ । के ईश्वर निर्माता वा स्रष्टामात्र हो ? त्यो संरक्षक र पालक होइन ? के केही वैदिक तथा पौराणिक–केही पात्रहरूको संरक्षणमा नै उसको संरक्षणशक्ति खत्तम भयो ? नत्र त सन् १९४५ मा बङ्गालमा त्यस्तो भयङ्कर दुर्भिक्ष परेर त्यति धेरै मानिसहरू मरे, ऊ किन आफ्नो प्रभावलाई काममा ल्याउँदैन ? सन् १९४७ मा नोआखलीमा, पटना र पन्जाबमा सुरक्षाको त्यस्तो अभाव भयो, त्यस्तो भयानक अराजकता पैmलियो, त्यतिखेर पनि ऊ किन आफ्नो शक्तिको प्रयोग नगरी ‘किंकर्तव्यविमूढ’ बनिरहेको थियो ?
वैदिक तथा पौराणिक युगहरूमा देखिएको ईश्वरको सक्रियता अब के सुतेको छ ? त्यसोभए सम्झनुहोस् तपाईंको ईश्वर मर्यो ! यस कुरालाई त तपार्इं मान्नुहुनेछैन ? त्यसोभए ऊ बूढो भयो, प्राचीनकालमा जस्तो जताततै पुग्न सक्दैन होला । ए, यो पनि होइन ? अच्छा, त्यसोभए ऊ कमजोर भयो ? यो पनि होइन ? त्यसो भए ऊ विलासी भयो, लहडी भयो र तमासाबाज भयो ? तब न ऊ यस्तायस्ता काण्डहरूमा घोर विपत्तिमा पनि मानिसलाई सहयोग गर्दैन ! अथवा ऊ सन्न्यासी भयो । त्यसैले संसारसित कुनै मतलब नै राख्दैन ? यो पनि तपाईं मान्नुहुन्न । त्यसोभए महाशयज्यू, म पनि कसरी विश्वास गरूँ कि तपाईंको ईश्वर संसारको स्रष्टा हो, संरक्षक हो, पालक हो, त्यस्तै ऊ सर्वान्तर्यामी, सर्वशक्तिमान् छ, दयालु छ, विवेकी छ, न्यायी छ, कल्याणकारी छ, यो छ, त्यो छ, सबै हो भनेर म कसरी मानूँ ? जब आवश्यकता पर्छ तब त उसबाट केही बन्दैन ! पौराणिक युगपछि यति लामो समयमा एउटा पनि यस्तो उदाहरण तथा परिणाम देखिन्न भने तपाईंको ईश्वरलाई दिइने वस्ता लम्बाचौडा विशेषणर उपाधिहरूमाथि कसरी विश्वास गर्न सकिन्छ ? द्रौपदी, प्रह्लाद र गजेन्द्रका सबै पौराणिक कुराहरू काल्पनिक छन्; रचयिताको आफ्नो मनका उपज हुन् । यस्तो भन्दा तपाईं रिसाउनुहुन्छ मानौँ यस्तो भन्ने व्यक्ति तपाईंको शत्रु नै हो । तुरुन्तै तपाईं उसलाई राताराता आँखाले हेर्न थाल्नुहुन्छ । तर म हैरान छु र मलाई दु:ख छ, यी सबै कुराहरूका सत्यताका आधारहरू– उदाहरणहरू खोजेर पनि दुनियाँमा नमिल्नाले तपाईंलाई प्रसन्न पार्न, “हो हजुर, तपाईंले ठीक भन्नुभयो” भन्नका लागि दुई शब्द पनि मुखमा आउँदै आउँदैन । त्यसैले बाध्य भएर भन्नै पर्छ “होइन हजुर !”
जब व्यवहार र क्रियाकलापमा ईश्वरको अस्तित्वको कुनै चिह्न र परिचय पाइँदैन तब उसको अनुभूति हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ? व्यवहार र क्रियाकलापमा पाउनु र नपाउनु के अनुभूति होइन ? भावनको तीव्रतामा त्यसलाई पाउनुलाई नै कसरी अनुभूति भन्न सकिन्छ ? मैले माथि पनि भनिसकेको छु, यो मात्र कोरा सपना हो ।
ईश्वर हुनु त रामै्र हो, त
तपाईंको ईश्वरसित मेरो कुनै शत्रुता छैन, न त त्यसको उपस्थितिलाई नै म मन पराउँदिनँ । एक असल संरक्षक, उच्च अभिभावक, अनन्य हितैषी, सुखदायी साथी, सर्वशक्तिमान् अस्तित्व र नेताहरूको पनि नेता हुनुलाई भला कुन मूर्ख मन नपराउला ? एक मात्र होइन, यस्तो शक्तिको अस्तित्वलाई त म हजारहजारमा चाहन्छु । यो कुरा सत्य होस्, ईश्वरको अस्तित्वको कुरा सत्य सिद्ध होस्, यस्तै कामनामा मेरो उमेरका सारा वर्षहरू बिते अर्थात् मेरो जिन्दगीका हिजोसम्मका सारा भागहरू बिते तर आज म बदलिएको निश्चयमा आइपुगेको छु । त्यो के भने ईश्वर वास्तवमा छँदै छैन । त्यसैले आफ्नो चाहना र कामना पूरा नहुँदा म अफसोचमा छु । कति राम्रो हुन्थ्यो यदि हाम्रा ग्रन्थहरूले गरेको बयानअनुसार नै र हाम्रै कामनाअनुसार नै हुन्थ्यो भने ! हामीलाई कति सहयोग मिल्थ्यो र हामी कहिल्यै दु:ख पनि पाउन्नथ्यौँ ।
तपाईंको ईश्वरको अस्तित्वमा विश्वास नहुँदानहुँदै पनि तपाईंलाई खुसी पार्ने लोभमा आफ्नो निश्चय म प्रकट गर्दिनँ, अर्थात् आफ्नो विचार प्रकट गरी तपाईंलाई अप्रसन्न पार्दिनँ । तर म किन हैरान भएको छु भने ईश्वरको अस्तित्वको विश्वासले दुनियाँमा, दुनियाँको कुरा केही समयलाई छाडौँ, विशेषत: हाम्रो क्षेत्रमा— हिन्दू जगत्मा विकास, प्रगति र जागरणका सबै बाटाहरूमा अवरोध तेस्र्र्याएको छ । हाम्रो एकतामा, हाम्रो बन्धुत्वमा, हाम्रो राष्ट्रियतामा यसले दरारहरू पैदा गरिरहेको छ । उसको अस्तित्वको विश्वासमा आधारित हाम्रो हिन्दू धर्मले त जातपात, छुवाछुत आदि विभिन्न भेदभाव गरेर आफन्तहरूलाई नै पराई बनाइरहेको छ एवं मानवताबाट खसेर मनुष्यताकै अपमान गरिरहेको छ र हाम्रो मुलुकलाई– हाम्रा क्षेत्रहरूलाई एकदमै उजाड पारेर हामीलाई समाप्त पारिरहेको छ । यी सबै देखीदेखी म हैरान भएको छु । त्यसैले मेरो आफ्नो विचार पनि तपाईंसामु प्रस्तुत गरिरहेछु र तपाईंलाई के निवेदन पनि गर्छु भने परम्परागत संस्कारको प्रभावमा नबाँधिएर खोजिएको तथ्यलाई पैmलाउनुहोस् र विकास तथा प्रगतिलाई हामीकहाँ पनि नाच्न दिनुहोस् । तपाईं नराम्रो मान्नुहुन्न भने एउटा कुरा भन्न चाहन्छु । त्यो के हो भने ईश्वरको अस्तित्वको विश्वास दुनियाँका लागि वरदान साबित कहिल्यै भइरहेको छैन । हामी हिन्दू धर्म मान्ने सनातनीहरूका लागि त यो झन् अभिशाप नै बनिरहेको छ किनभने जातपात, छुवाछुत, मन्दिरमा प्रवेश र निषेध आदि भेदभावपूर्ण विभिन्न झमेलाहरू उसैबाट उत्पन्न भएका छन् । उसैका कारण हामी सङ्कीर्णतामा परेर अनेक एकमा अर्थात् समष्टिबाट व्यष्टिमा गिर्दै छौँ । त्यसैले यो ईश्वरको अस्तित्वको विश्वास अरू जातिका मानिसहरूको अपेक्षा हाम्रा लागि धेरै खतरनाक छ । तपाईं जताततै के देख्नुहुन्छ भने हामीमा पनि जो यस विश्वासमा बढी कट्टर छ ऊ बढीमात्रामा भेदभाव र सङ्कीर्णताको व्यवहार गर्छ । त्यसैले म तपाईसँग के सल्लाह र निवेदन गर्छु भने यो विश्वास छाडेरमात्र तपाईं आपूmलाई मदत हुनेछ र तपाईंलाई मिलेको मदत तमाम दुनियाँलाई मदत हुनेछ, बन्नेछ । के म खराब भन्दै छु ? फेरि पनि तपाईंलाई नराम्रो लाग्यो भने माफ गर्नुहोला । तर याद राख्नुहोला, तपाईं त यस लोकपछि परलोकमा रम्ने व्यक्ति हुनुहुन्छ, त्यहाँ तपाईंले भोकै रहनुपर्नेछ । किनभने तपार्ईंको छोरो होइन भने पनि नाति त अवश्य नै यस अन्धविश्वासबाट मुक्त हुनेछ । तब तपाईंलाई तर्पण कसले दिनेछ ? र कसरी तपाईंको भोक मेटिनेछ ? हरेक वर्ष पितृपक्षको निधनको दिन पृथ्वीलोकमा आएर आफ्ना छोरा–नाति–पनातिद्वारा गरिएको श्राद्धतर्पणबाट तपाईंले वर्षभरिका लागि पेट भर्नु छ तर हरेक वर्ष निराश भएर लामो नि:श्वास फेर्दै उनीहरूलाई श्राप दिएर तपाईंले पितृलोकमा फर्कनुपर्नेछ ।द्दघ किनभने अबको नयाँ पुस्ता अर्थात् भावी पिँढी पनि यस्तो काल्पनिक विश्वासमा रहनेछ र रम्नेछ भन्ने आशा र विश्वास गर्न सकिँदैन ।
वास्तवमा ईश्वरको अस्तित्व मान्नुमा मलाई कुनै आपत्ति छैन, सरम छैन, सङ्कोच पनि छैन र म ईश्वरको अस्तित्व चाहन्नँ भन्ने जिद्दी पनि गर्दिनँ । ल भैगो, केही समयका लागि म मान्छु— ईश्वर छ । त यसबाट फाइदा के भयो ? मैले मान्नु र नमान्नुले दुनियाँलाई लाभहानि के हुनेछ ? केही पनि छैन । त्यो ‘छ’ भने पनि के काम ? ‘छ’ भन्नाले मात्र के धर्म प्राप्त हुन्छ ? के ‘छ’ भन्नाले मात्र हामी उसका प्यारा बन्छौँ ? के त्यति गर्नाले मात्र हामीलाई मोक्ष मिल्छ ? “पुलिस छ”को निश्चयले मात्र के चोरी हुन छाड्छ ? अथवा त्यसरी मात्र के चोरिएको सामान फिर्ता हुन्छ ? दौलतदास उत्तम श्रेणीमा प्रथम भएर डाक्टरी पास भयो । यो कुरा सत्य हो भने के दौलतदास डाक्टर हुनाले मात्र त्यस सहर वा दुनियाँका गरिब रोगीहरूको रोग निको हुन सक्छ ? “पुलिस छ, दौलतदास डाक्टर भयो” को महŒव तब हुन्छ जब उनीहरू जहाँ छन् त्यहाँको सीमित ठाउँमा नै सही, चोरी नहोस्, चोरी भई नै हाल्यो भने पनि तुरुन्त चोर पक्रियोस् र गरिब रोगीहरूको सहानुभूतिपूर्वक उपचार गरियोस् । तब न “पुलिस छ, दौलतदास डाक्टर भयो”को फाइदा दुनियाँलाई हुनेछ ।
“ईश्वर छ” भन्नाले मात्र पुण्य हुनेछ र “छैन” भन्नाले मात्र पाप हुनेछ भनियो भने न्यायको कुरा भएन । न त यसमा कुनै वैज्ञानिकता नै छ । “छ” अथवा “छैन” यो त मानिसको एक विचार मात्र हो— सही होस् कि गलत चाहे जे होस् । कसैको विचार सही हुन पनि सक्छ, गलत पनि । यसको के अर्थ ? लौ, केही समयनिम्ति यो पनि म मानिदिन्छु—“छ” भन्नु मानिसमात्रको कर्तव्य हो, जरुरी छ र त्यसलाई पाउनका लागि वा खुसी पार्नका लागि मानिसहरूले भएभरको शक्ति लगाएर पसिना निकाल्नुपर्छ , यदि “छैन” भन्यो भने त्यसको पतन अवश्यम्भावी छ । यो त मान्छेको कर्तव्य, दायित्वको कुरा हो । ठीक छ, यो मान्छेको कर्तत्य हो, जिम्मेवारी हो रे । तर ईश्वरको पनि त आफ्नो कर्तव्य र दायित्व हुनुपर्ने हो ! मानिसहरूप्रति तपाईंजस्ता दुनियाँप्रति ईश्वरले पनि त कर्तव्य पूरा गर्नुपर्ने हो । त्यस्तै ईश्वर “छ” भने “छ”को उपस्थिति सक्रियता, परिचय र परिणाम पनि त दुनियाँमा हुनुपर्छ वा दुनियाँलाई मिल्नुपर्छ । जब दुनियाँमा खुल्लमखुल्ला लुटमार, हत्याहिंसा भइरहेछ जब सोझासिधा मानिसहरू लुटिँदै, कुल्चिँदै छन्, जब दुनियाँको चारैतिर हाहाकार र कोलाहल मच्चिँदै छ तब ईश्वरको सक्रियता देखाइदिनु पर्दैन ? जताततै अराजकता, गुन्डागर्दी र जसको लाठी उसैको भैँसी भइरहेछ भने ईश्वर हुनुको के मतलब ? र उसलाई तथा उसको अस्तित्वलाई मानेर के फाइदा ?
गीताको अवतारवाद
भन्नलाई त के भनिन्छ भने गीता भन्ने व्यक्ति साक्षात् ईश्वर हो र उसले भनेको छ— “जबजब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ तबतब साधु पुरुषहरूको उद्धारका लागि, पापीहरूको विनाशका लागि एवं धर्मको स्थापना राम्ररी गर्नका लागि म युगयुगमा प्रकट हुन्छु अर्थात् अवतार लिने गर्दछु ।”द्दद्ध तर यस कुराको सच्चाइ, प्रामाणिकता र व्यवहार दुनियाँमा कहीँ पनि देखिएको छैन । यस वाचालाई उसले कहाँ र कसलाई पूरा गरेको छ ? उदाहरणका लागि फेरि दोहोर्याउने आवश्यकता छैन, माथि नै ठाउँठाउँमा प्रशस्त उदाहरणहरू दिइसकेको छु— हजारौँ–लाखौँ मानिसहरू बारम्बार थिचिँदा–किचिँदा–पिसिँदा र मारिँदा पनि उसले कहिले कसको रक्षा गरेको छ ?
मसिनो गरी हेर्दा मोटै रूपमा के देखिन्छ भने उसको “यदायदा हि धर्मस्य” र “परित्राणाय साधुनां”को वाचा, सिद्धान्त अर्थात् “अवतारवाद”को कुरा नै सक्रियता र दायित्वका दृष्टिले कति धेरै खोक्रो र लापरवाह छ ? के उसको यस कुरामा कुनै पनि सक्रियता र जिम्मेवारी छ ? यस कुरामा मान्छेहरूप्रति कुनै खास चिन्ता प्रकट हुन्छ ? के अवतारविना ईश्वरले धर्म र मानवताको रक्षा र उद्धार गर्न सक्दैन ? त्यसोभए उसले सदैव अवतार लिनुपर्नेछ किनभने धर्मको हानि र साधुहरूमाथि दिनहुँ अत्याचार हुने गर्दछ । यति ठूलो दुनियाँमा उसको यो भनाइ खालि हिन्दू जगत् वा क्षेत्रका लागि मात्रै त सीमित हुनेछैन किनभने संसारमा ईश्वरलाई एउटै र सर्वव्यापी भनिएको छ । यदि हिन्दूक्षेत्रका लागि मात्र यो भनाइ हो भन्ने हो भने पनि हरेक दिन उसले अवतार लिनुपर्ने देखिन्छ । दुष्ट र सज्जनका बीचको स्थितिका पनि त धेरै मानिसहरू संसारमा रहन्छन् । तिनीहरू कसैमाथि अन्याय पनि गर्दैनन्, न कसैको उपकारनिम्ति तत्पर र तल्लीन नै हुन्छन् अर्थात् जो आफ्नै सुखसुुविधाको उद्देश्यले चल्छन् जसलाई सोझासिधा भन्न सकिन्छ । अबोध बालबालिकाहरू पनि यसै परिधिका मानिस हुन् । तिनलाई अत्याचार र जबर्जस्तीबाट बचाउनु पनि त ईश्वरको कर्तव्य हो । साधुहरूबाहेकका यस्ता मानिसहरू पनि त दुष्टहरूद्वारा नित्य सताइएका–मारिएका छन् । तब युगयुगमा अर्थात् सुदूर समयको अन्तरालमा अवतार लिएर आवश्यकता पूरा हुन सक्छ ?
तिनको उपर्युक्त भनाइमाथि दोस्रो आलोचना के गर्न सकिन्छ भने के ईश्वरले प्रत्येक मान्छेको जीवनलाई ‘जीवन’का रूपमा स्वीकार गर्दैन ? के ईश्वरले प्रत्येक मानिसलाई आफ्नो जीवन उत्तिकै प्रिय छ र हरेक मान्छेको जिन्दगीको मूल्य छ भन्ने सम्झँदैन ? ईश्वरले हरेक मान्छेको जीवनलाई स्वीकार गथ्र्यो र जीवनको मूल्य सम्झन्थ्यो भने उसले हरेक व्यक्तिको संरक्षण गर्ने थियो र एकएक दुष्टको नाकमा दम गरिन्थ्यो । ऊ कहिल्यै अवतारका लागि रोकिने–ढिलाइ गर्ने थिएन र दु:स्थितिलाई अगाडि बढाएर ‘अति’सम्म पुर्याउने मौका दिने थिएन । दु:स्थिति वा दुष्टता ‘अति’सम्म पुग्दानपुग्दै कति मान्छे वा साधु घस्रिँदै–पिटाइ खाँदै–पिसिँदै मारिने गर्छन् र जीवनका साथै कति धनमाल विपत्तिको बाढीमा बग्ने गर्छन् भन्ने कुराको अनुमान सहजै गर्न सकिन्छ । के यी सबैलाई बचाउनु आवश्यक छैन ? यदि त्यसमा(ईश्वरमा) क्षमता छ भने, शक्ति छ भने एकजनालाई पनि व्यर्थमा मर्न नदिनु उसको कर्तव्य होइन ? ऊ आफ्नो सर्वशक्तिमत्ताको परिचय अवतारमा दिने अभिनय किन गर्छ ? जबकि रङ्गभूमिमा उत्रँदासम्म लाखौँ–करोडौँका जनधनको क्षति भइसक्छ ? उसलाई यदि यस्तो अभिनय नै बढी मन पर्छ भने उसले दिनहुँ र प्रत्येक क्षण अवतार लिएर रङ्गभूमिमा उपस्थित भइरहनुपर्छ ताकि यति ठूलो दुनियाँमा एउटा पनि मानिस र मानिसको एउटा पनि प्रिय चीज दुर्जनहरूका हातले नष्ट हुन नपाऊन् ।
गीताको भनाइअनुसार ‘यदा यदा हि’ र ‘युगेयुगे’बाट के अभिप्राय निस्कन्छ भने दुनियाँमा हत्याहिंसा र गुन्डागर्दी आदि दुष्टता सदैव हुँदैनन्, समयको अन्तरालमा अर्थात् कहिलेकहिले मात्र हुने गर्छन् । त्यसैले “जबजब’ अत्याचार हुनेछ तबतब अवतार लिने कुरा भनिएको छ । अपसोच ! ईश्वर कति भूलमा छ । ‘जबजब’ त भनिएको छ तर उनको ‘जबजब’ र ‘अवतार’को हिसाबकिताबबाट के थाहा हुन्छ भने संसारमा दुष्टहरू कहिलेकहिले मात्र हुन्छन् र अत्याचार पनि सदासदा भइरहन्नन् । ठीक पनि हो, गीताको कथन ‘यदायदाहि’ र ‘युगेयुगे’का अनुसार यति लामो समयावधिमा मात्र दशवटा अवतारमात्र आजसम्म भएका छन् । ‘राम’देखि ‘कृष्ण’ र ‘कृष्णदेखि बुद्धसम्मको लामो अन्तरालमा मात्र तीन अवतारमात्र भएका छन् । के यिनीहरू नभएको समयमा र अन्य समयमा कुनै अत्याचार भएन ? के त्यति वेला कुनै पनि दुष्ट जन्मेकै थिएन ? अथवा त्यस समयभित्र अत्याचारमा परेका अरू मानिसहरूको कुनै मूल्य नै थिएन ? ती समयमा कति मान्छेको जिन्दगी धुलोमा मिसियो, के ईश्वरसँग त्यसको हिसाबकिताब छैन ? वास्तवमा दुनियाँमा अत्याचारको विनाश गर्न अवतार लिएका राम, कृष्ण, बुद्ध आदि ठूला अथवा समर्थ हुँदासम्मन् कति धेरै अत्याचार भइसकेको हुन्थ्यो त्यसको गणना नै गर्न सकिँदैन ।
गीताको प्रवचन दिने कृष्ण जब एक मान्छेका रूपमा हाम्रा सामु उभिन्छ तब ऊ एक महापुरुष अवश्य हो, अभूतपूर्व क्रान्तिकारी हो, पुष्ट कूटनीतिज्ञ हो, पारङ्गत विद्वान् हो, दूरदर्शी, न्यायी र अत्यन्त शक्तिशाली तथा प्रभावशाली व्यक्ति हो । उसले समाजमा प्रशस्त उथलपुथल र क्रान्ति गरेको छ । लोकजीवनमा घुलमिल भएर उसले सामाजिक उत्थान र सांस्कृतिक अभ्युदय गरेको छ । मान्छेललाई ज्ञान दिएर कृष्णले जीवनलाई जति उच्च बनाएको छ त्यति नै जीवनमा रस भरेर उसले मान्छेलाई आनन्दित पनि बनाएको छ । त्यसैले ऊ मान्छेका लागि जति ज्ञानदाता एक ऋषि हो, त्यति नै रसस्रष्टा सुन्दर पनि हो । संसारमा ऊ एकजना अद्वितीय कर्मयोगी पनि हो किनभने उसले स्वयं कर्म गर्दै अरूलाई काम गर्न सिकाएको छ । ऊ कर्म गरिरहने एक सन्न्यासी पनि हो जसले स्वयं सक्रिय भएर मानिसलाई कर्म गरेर अर्थात् कर्मको कर्तव्य सम्झेर फलको आशा नराख्नमा सन्न्यासभावको प्रवृत्ति ल्याउन सिकाएको छ । “कर्म गर फलको आशा नराख”द्दछ कति कर्मनिष्ठ र कति सन्न्यासी !
तर जब ऊ मानिसबाट उठेर ईश्वर बन्दछ तब आलोचनाको पात्र बन्दछ । सबैभन्दा अनौठो कुरो के छ भने उसले ईश्वरभित्र जति शक्ति छ भनी बताएको छ त्यति शक्ति ईश्वरमा छँदै छैन र उसले ईश्वरको परिभाषा जसरी गरेको छ, त्यसमा कुनै वास्तविकता देखिन्न । झन् खराब कुरा त के छ भने उसको ईश्वरघोषणा र ऐश्वरीय प्रतीकले समाज र संसारका नैतिकता र भावनाहरूलाई नै बिगारिदिएको छ । उसको “नराणां च नराधिपम्”द्दट को घोषणाले राजाहरूलाई कति धेरै प्रश्रय दियो भने कर्तव्यबाट च्युत हुँदै आएका राजाहरू दुरुत्साहित हुनुपर्नेमा प्रोत्साहित भए । यद्यपि अवतार लिनुको उसको मुख्य काम खराब राजाहरूलाई खत्तम गर्नु नै थियो र उसले केही खराब राजाहरूलाई पूरा सजाय पनि दियो तर आश्चर्यको कुरा के छ भने उसले कुन कुन र कति राजाहरूलाई राम्रा देखेर ‘यो कुरा भन्यो’, समझमा आउँदैन । के राजा साँच्चै जनताका लागि सदैव हित गर्ने र जनताकै कल्याण निम्ति जिउने व्यक्ति हो ? राजालाई जुन शक्ति सुम्पिएको छ, उसलाई जुन शक्ति प्रदान गरिएको छ, के राजा त्यस शक्तिको वातावरण र प्रकृतिमा असल बनेर नै रहने कुनै सम्भावना छ ? मैले एकदुई राजा राम्रा निस्कून् तर वास्तवमा राजा राम्रो, शान्ति र कल्याणकारी व्यक्ति हुनै सक्दैन किनभने उसमा एकाधिपत्य र सम्पूर्ण अधिकार हुनाले उसमा मनोमानी निरङ्कुशता र उच्छृङ्खलता आउने सम्भावना हुन्छ, छ । प्राय: यस्तो भई नै हाल्छ र यो स्वाभाविक पनि हो । उसको इच्छा नै कानुन र न्याय हुन जान्छ एवं प्रजामाथि शोषण गरी उसले मोजमज्जा गर्नु सामान्य कुरा हुन्छ । दोस्रो कुरा, राजा, राज्य र रियासत बढाउनु र अन्य राजाहरूलाई आफ्नो वश–अधीनमा राख्नुलाई ऊ आफ्नो इज्जत सम्झन्छ, त्यसैमा आफ्नो शान देख्छ । त्यसैले ऊ सदैव युद्ध गरिरहन्छ, आक्रमण भइरहन्छन् । फलस्वरूप मुलुक लुटिइरहन्छ, लुट्ने काम भइरहन्छ । यसप्रकार दुनियाँमा शान्ति कहिल्यै हुँदैन ।
राजाहरूका यस्ता आनीबानी र अत्याचारबाट दुनियाँ वाक्क भए, हैरान भए र दुनियाँको मनमा राजाप्रति जुन श्रद्धा थियो त्यो घृणामा बदलियो र यही घृणा दिमागमा पुग्यो जसको प्रतिक्रिया भयो— “राजाको कुनै आवश्यकता छैन, राजाबाट सुख मिल्ने कुनै सम्भावना छैन ।” फेरि के थियो ? दुनियाँमा बादशाही–राजशाही हल्यो किनभने मानिसहरूको भावना सबैभन्दा महान् शक्ति हो । बस, यसै नयाँ भावनामा संसारमा एकपछि अर्को गर्दै एवं रीतले राजतन्त्र बग्दै गयो । जनताको एकत्रित शक्तिका अगाडि राजतन्त्रका गढहरू तासको घरजस्तै ढले र ढल्दै गइरहेका छन् । राजतन्त्रका ठाउँमा जनतन्त्रका किल्लाहरू उठ्दै छन् र दुनियाँमा सुखको नयाँ बिहानी भएर सबै आनन्द र प्रसन्नताको सास फेर्दै छन् ।
गीता
केही कुराहरूमा सहमत नहुँदानहुँदै पनि म गीतालाई संसारका केही उत्कृष्ट ग्रन्थहरूमा एउटा सम्झन्छु र त्यसप्रति श्रद्धा राख्दछु । अति प्राचीन भएर पनि गीता आज पनि नवीन भइरहेको छ । त्यसमा जमानाअनुसार प्रशस्त क्रान्तिकारी विचार छन्, जगत्लाई सुन्दर बनाएर मान्छेमा शिवत्व देख्ने आकाङ्क्षा छ । त्यसैले गीतालाई आधुनिक प्रगतिको अत्यन्त शैशव र क्रान्तिको एउटा मोड भन्न सकिन्छ । अध्यात्मप्रधान हुँदाहुँदै पनि गीताले भौतिक धरातलमा उठेको समाज र संसारलाई घृणाको आँखाले हेर्दैन, बरु प्रेमले हेर्न सिकाउँछ र परलोक र अध्यात्मको ढोल बजाएर व्यक्तिहरूलाई बहकाउँदैन; यसलोक र भौतिक जगत्को प्रगति एवं व्यवधानका लागि पनि दिल खोलेर सल्लाह दिन्छ । तर सामन्तवादीहरूलाई प्रोत्साहन, वर्ण, जाति, लिङ्गभेद आदि सङ्कीर्णताको समावेशजस्ता केही अप्रिय तŒव पनि परेकाले गीताको सत्यता फिक्का हुन गयो; यसको शिवत्व किरकिरे भयो र यसको सुन्दरतामा दाग लाग्यो ।
गीतामा उपनिषद् तŒवको समावेशलाई आजको प्रगतिशील युग पनि तिरस्कार गर्न चाहन्न यद्यपि त्यसमा आजका लागि सबै कुरा स्वागतयोग्य छैनन् । त्यसमा मनुस्मृतितŒवका केही भेद्भावमुखी कुरा फोहोर छन् जसलाई देखेर आजका मान्छे नाक नखुम्च्याई रहन सक्दैनन् । मलाई के कुरामा शङ्का पनि छ भने कतै वर्णाश्रमधर्मी कट्टर हिन्दूहरूले आफ्नो स्वार्थ बचाइराख्नका लागि पछि गीताभित्र मनुस्मृतितŒवलाई घुसाएका त होइनन् ? जसबाट उनीहरूको मत र स्वार्थ अझ पुष्ट हुन सकोस् ! यदि मेरो यो शङ्का मात्र शङ्का ठहरिन्छ भने उक्त विचार कृष्णका लागि घोर कलङ्क हो ।
ईश्वरवादीहरूको तुलना गर्दा के थाहा लाग्छ भने हिन्दू ईश्वरको दाहिने हात हो, उसलाई ईश्वरको नजिक बस्ने जति अवसर मिल्छ त्यति सायदै अरू सम्प्रदाय वा जातका मानिसलाई मिल्छ होला । अन्य सम्प्रदाय वा जातिको ईश्वर खालि पिता नै रहन्छ तर हिन्दूको त ऊ छोरो पनि बन्दछ । ऊ रामको रूपमा हिन्दूको छोरो बन्यो, कृष्ण र बुद्धका रूपमा पनि हिन्दूकै छोरो बनेको छ । कति भाग्यमानी छ हिन्दू जाति ! ईश्वरले समयसमयमा अवतार लिएर हित गर्ने जुन वाचा गरेको छ त्यस वाचाको ठेक्का पनि एक्लै हिन्दूले नै पाएको छ । एउटै ईश्वर भएर पनि अन्य सम्प्रदाय वा जातिमा अवतार नलिनु ईश्वरले गरेको पक्षपात नै हो अथवा उसले जवाफ दिनुपर्नेछ— वध गर्नेसम्मका दु:ख र आततायीहरू के हिन्दूहरूमा मात्र हुने गर्छन् ?
मलाई अचम्म लाग्छ, संसारमा ईश्वर यदि एउटैमात्र छ भने ईश्वरीय नियम, नीति, विधान सबै एकैप्रकारका हुनुपर्ने हो र धर्म पनि एउटै हुनुपर्ने हो । अलगअलग सम्प्रदायहरूमा के त्यस्तो कुनै एकता छ ? ईश्वरका नाममा मान्छेहरूबीचमै मारपिट र रक्तपात किन हुन्छ ? ईश्वरको अस्तित्वमा या सबै विभिन्नता र खराबीको उत्पत्ति देखेर मलाई लाग्छ, ईश्वरवाद मानिसहरूका लागि एक अभिशाप हो अथवा गोरखधन्दामात्र हो ।
निर्गुणवाद र सगुणवाद
ईश्वरवादीहरूका ‘वाद’ जति व्यक्ति त्यति नै मुख भनेजस्तै विभिन्न छन्, फेरि पनि मोटामोटीमा दुई छन्— निर्गुणवाद र सगुणवाद । विशेषत: इसाई र इस्लाम निर्गुणवादी छन् । उनीहरू ईश्वरको रूपलाई सङ्कीर्ण घेरामा हेर्न चाहन्नन् । उनीहरूको विश्वासमा ईश्वर सूक्ष्म रूपमा स्थित विशाल छ, त्यसैले त्यसको रूप हुँदैन, त्यो अमूर्तमा व्याप्त रहन्छ । त्यसैले तिनका गिर्जाघर र मस्जिदहरू खाली रहन्छन् । तिनमा ईश्वरलाई आँखाले खोज्ने गरिन्न, भावना अर्थात् मनद्वारा नै त्यसलाई खोज्नुपर्दछ । त्यसो त इसाई र इस्लामीका अतिरिक्त हिन्दू जाति र सम्प्रदायमा पनि निर्गुणवादी व्यक्ति प्रशस्त छन् । निर्गुणवाद हिन्दू सम्प्रदायको पनि एउटा प्रमुख वाद हो । हिन्दूका ठूलाठूला साधु सन्त, योगी आदि महात्माहरू प्राय: यसै वादका वादी छन् । तर अधिकांश हिन्दूहरू सगुणवाद मान्दछन् र सगुणवाद हिन्दूहरूको एकलौटी ‘वाद’ हो ।द्दठ
तर मेरो हेराइमा निर्गुणवाद र सगुणवाद यी दुवै ईश्वरवाद खालि गोरखधन्धा भएर पनि सगुणवादले मानवसभ्यतालाई धेरै कुरा दिएको छ । उसको देनको मानवसभ्यता खास गरी हिन्दूजगत् धेरै ऋणी छ । हिन्दू सम्प्रदायको यो सगुणवाद अर्थात् मूर्तिपूजाबाट संसारलाई के लाभ भयो भने यसबाट मूर्तिकलाका आविष्कारका साथमा चित्रकला, स्थापत्यकला आदि शिल्पको अत्यन्त उन्नति भयो । विश्वविमोहित अत्यन्त सुन्दरसुन्दर पत्थर, धातु, काष्ठ, माटो आदिका विभिन्न मूर्ति, मन्दिर, चित्र सगुणवाद अर्थात् मूर्तिपूजाकै उद्भव, उपज वा उन्नति हुन् । कहाँसम्म भने सगुणोपासनाका कारण कतिपय नृत्य र सङ्गीतको पनि उद्भव भएको छ । नटेश्वरको उपासनाले नृत्यको उन्नति भयो भने सरस्वतीको मूर्तिबाट सङ्गीतको ।
मूर्तिपूजा
सगुणवादको मूर्तिपूजा सायद लाभदायक हुनाले होला, अनीश्वरवादी बुद्धका अनुयायीहरूले पनि यस मूर्तिपूजालाई अँगाले र उनीहरूले यसलाई अपनाएपछि त मूर्तिकला, वास्तुकला, चित्रकला, नृत्यकला आदि शिल्पहरूको झन् प्रगति भयो । आज पनि जति हाम्रोमा अर्थात् हिन्दू र बौद्ध क्षेत्रमा यी कला र शिल्पहरूको जति उन्नति र प्रगति छ त्यति संसारको कुनै क्षेत्रमा छैन । यसको एकमात्र कारण सगुणको मूर्तिपूजा नै हो । यस दृष्टिले म पनि ईश्वरीय भावात्मक सगुणवाद र त्यसको मूर्तिपूजालाई ईश्वरमाथि विश्वास नगर्दा नगर्दै पनि श्रद्धा गर्दछु । तर अफसोचको कुरा के छ भने अन्धविश्वासमा जन्मेका कतिपय अत्यधिक सुन्दर मूर्तिहरू अन्धविश्वासमै मरिरहेछन् । कस्ताकस्ता सुन्दर मूर्तिहरूलाई अन्धविश्वासीहरूले चन्दन घोटीघोटीकन र प्रणामका रूपमा टाउको ठोकीठोकीकन चौपट गरिदिएका छन् । चन्दनको रगडाइ, स्नानको रूपमा पानीको धुवाइ र प्रणामको रूपमा टाउकाको नित्यठोकाइले मूर्तिको शरीर, नाक, आँखा र मुखकान घिसिएर बरबाद भएका छन् र भइरहेका छन् । फेरि पनि कतिपय सुन्दर मूर्तिहरू अहिले पनि ठाउँठाउँमा सुरक्षित छन् जसलाई छुने गरिँदैन अथवा मान्छे तिनको पास(नजिक) पुग्नबाट वञ्चित छन्, मात्र दर्शनका रूपमा टाढैबाट तिनलाई हेर्नसम्म सकिन्छ । नेपालको पशुपतिनाथ, जगन्नाथ, रामजानकी मन्दिर, दत्तात्रय आदिका मूर्तिहरू त्यसैले नै आजसम्म कुरूप भएका छैनन् । फेरि पनि पुजारीहरूद्वारा नित्य रूपमा बिगार्ने काम त भइरहेकै छ । भइरहन्छ नै भने कति दिनसम्म सुरक्षित रहन सक्लान् र ? तर कालिगढहरूले यस्तायस्ता बलिया पत्थरहरू खोजेर र चुनेर मूर्तिहरू बनाएका छन् जसलाई हजारौँ वर्ष मनुष्यहरूका हातले घिसारीघिसारी रगड्दा पनि घिसिँदैनन् र अझैसम्म ती जस्ताका तस्तै छन् ।
वस्तुत: ईश्वरवादको सगुणतŒवबाट केही शैल्पिक लाभ त अवश्य भएको छ, त्यसकै कारण धेरै मानिसहरूको हातमा शिल्पकारहरू जन्मे र मानिसलाई एक विशेष रोजगारी प्राप्त भयो । तर यसबाट हिन्दू सम्प्रदायलाई धेरै नोक्सानी भयो र यसको दुर्दशा भयो एवं यसको अस्तित्व डुब्दै छ । यसकै कारण हिन्दू जातिलाई सामाजिकता र एकतामा घाटा भई दु:खको ऋण कति थपिन गयो भने त्यसबाट प्राप्त भएको फाइदा त कता हो कता, भएको कुरा पनि सुरक्षित हुन सकेन । हो, बौद्धहरूलाई भने लाभैलाभ भयो, कुनै घाटा परेन किनभने उनीहरूको मूर्तिपूजाको भावना एक महापुरुषको सत्कारसम्म सीमित छ, ‘धर्म’ वा ‘वाद’मा गएर छिन्नभिन्न हुँदैन । त्यसैले यसमा साम्प्रदायिक गन्ध आउन पाएन । तर हिन्दूको मूर्तिपूजा यस्तो छैन; यो ‘संस्कार’भन्दा बाहिर गएर कोरा ‘सम्प्रदाय’ वा ‘वाद’ बन्न गएको छ । जस्तो अचेलका पार्टी वा गुटबन्दीकेन्द्री राजनीति छन् । के पार्टी वा गुटबन्दी गर्ने समूहका मानिसहरू आफ्नो पार्टी वा गुटबाहेक अन्य पार्टी वा गुटको झन्डा देख्न पनि मन पराउँछन् ? ठीक यस्तै छन् सगुणवादी । अर्थात् मूर्तिपूजावादी हिन्दूहरू पनि विष्णुलाई मान्ने वैष्णव, शिवलाई मान्नेहरू शैव तथा शक्तिलाई मान्नेहरू शाक्त बनेर आफ्नो मान्यदेवताको मूर्तिपूजा गर्छन् । यतिसम्म त कुनै कुरा छैन, कुनै आपत्ति छैन तर दु:खको कुरा के छ भने एउटा मूर्ति मान्नेले अर्को मूर्ति मान्नेलाई जथाभावी भन्दछ । त्यतिमात्र होइन, मारपिट गर्नसमेत पछि हट्दैन । आफ्नै हिन्दू जातिमा पनि मूर्तिपूजाका कारण विष्णुमार्गी, शिवमार्गी, गणेशपन्थी, हनुमानवादी आदि अनेक मार्गी भएर एकअर्कालाई नामेट पार्न लागिपरेका छन् । हिन्दू समाजमा सदैव तँ–तँ म–म र लाठीचिम्टा चल्न थाले । शिवतिलक लगाउनेलाई विष्णुतिलकधारीले वा विष्णुतिलकधारीलाई शिवतिलकधारीले आफ्नो मुहूर्तमा केही गरी देखिहाले भने अपशकुन मान्दछन् । यदि ऊ अलिकति तातो दिमागको रहेछ भने त लडाइँझगडासम्मको स्थिति आउँछ ।
साम्प्रदायिकताको अन्योन्याश्रयी मूर्तिवाद र जातिवादले सारा हिन्दू र हिन्दूस्तानलाई अस्वस्थ बनाइदिए, उनीहरूको मनमस्तिष्कलाई नै बिगारिदिए । मध्ययुगलाई त यी वादहरूले माटोमै मिलाइदिए । यी साम्प्रदायिक सङ्क्रामक रोगले गर्दा बुद्धभूमि नेपालका बौद्धहरू बौद्ध हुँदाहुँदै पनि अत्यन्त मूर्तिपूजक र जातिभेद मान्ने भएका छन् । उनीहरू हिन्दूहरूकै सरह अछुत मानिने जाति र विधर्मीहरूलाई छुन पनि घृणा मान्छन् । मूर्तिवादको झगडा र जातिवादको निन्दनीय व्यवहारबाट तल खस्दै गरेको हिन्दू समाजलाई कबीर, नानक, चैतन्यदेव, तुलसीदास आदिले केही सँभाले, तिनीहरूका सन्देश–उपदेश आदि सत्प्रयासबाट हिन्दूहरूका आँखा केही खुले र अन्त्यमा भारतको आधुनिक युगका जन्मदाता महात्मा गान्धी आएर जातिवादसित टक्कर नै लिए एवं सबैसबै सम्प्रदाय र देवताका मूर्तिहरूलाई मानी मूर्तिवाद र सबै सम्प्रदायका धर्म र ईश्वरवादलाई पनि फिक्का पारिदिए । अर्थात् जति पनि ईश्वरका प्रतीक मूर्तिहरू र समस्त सम्प्रदायका धर्म र ईश्वरलाई मानियो— त्यसबाट मौन रूपमा एवं प्रत्यक्ष रूपमा मानव मनस्तŒवमा मूर्ति, धर्म र ईश्वर भन्ने कुरा कुनै खास चीज होइन भन्ने भाव जागृत भयो । यसको प्रतिक्रिया के भयो भने मानवता नै मानिसलाई मानिस बनाउने मुख्य तŒव हो र यसबाट नै मान्छेलाई सुख, शान्ति एवं सफलता मिल्न सक्छ भन्ने बोध हुन थाल्यो । मानवताबाट मान्छेमा भ्रातृत्व उत्पन्न हुन्छ र भ्रातृत्वबाट ‘आत्मसात्’को भावना उत्पन्न हुन्छ । यो नै मान्छेका लागि मोक्ष र परम कल्याण हो । त्यसैले गान्धीको सक्रियता कतिपय क्रान्तिकारी विचार, प्रगतिशील व्यवहार र सबै कुरामा देखेर उनले मूर्ति, धर्म र ईश्वरलाई मान्दामान्दै पनि म उनलाई वास्तविक अर्थमा यी कुरा मान्ने मान्छे ठान्दिनँ । यो उनको सन्तुष्टिद्वारा शान्तिस्थापना गर्ने एउटा अक्किलमात्र हो । म सम्झन्छु— उनले मूर्ति, ईश्वर र धर्मलाई मान्नु कुनैलाई पनि महŒव नदिनु हो । यद्यपि उनी वा ईश्वरका प्रतीक मूर्ति र धर्मलाई सायद मान्दछन् पनि, फेरि पनि सत्य के हो भने उनी मानवतालाई पुजेर जिउन चाहन्छन् र समाजलाई जपेर मर्न ।
कतिपय साधुसन्त र महात्मा गान्धीजस्ता सहृदय, चतुर र विचित्र व्यक्तिको सत्प्रयास भइसक्दा पनि हिन्दू र हिन्दूस्तानको निद्रा राम्ररी अझै खुलेको छैन । अझै पनि उनीहरू निद्राकै तन्द्रामा कोख फेर्दै छन् । उदारताको प्रकाश पाउँदा पनि आँखा चिम्लेर सङ्कीर्णताको अँध्यारो मन पराउँछन् ।
मन्दिरप्रवेश आन्दोलन
हिन्दूहरूलाई नर्कमा लैजाने जातिवाद अर्थात् विशेषत: अछुतवादलाई त ईश्वरवादको सगुणतŒव अर्थात् मूर्तिपूजाले राम्ररी पालनपोषण गरेको छ । यो पनि मूर्तिवादको एउटा विशेष दोष हो । अछुतहरूलाई मन्दिरमा प्रवेश गर्न दिइँदैन, तिनलाई मूर्तिलाई छुने अधिकार छैन । यसबाट पनि समाजमा अस्पृश्य–भावना अर्थात् अछुत भनिने वर्गका मानिसहरूलाई नीच देख्ने भाव झन् बढी जागृत तथा ताजा भयो । जागृत अछुतहरूले यसै विषयलाई लिएर लडाइँझगडा गर्न थाले एवं जबर्जस्ती मन्दिरमा प्रवेश गर्नका लागि आन्दोलन सुरु गर्न थाले ।
वास्तवमा मूर्तिवाद वा मूर्तिपूजाले हिन्दूहरूमा धेरै वैमनस्यभाव फैलाएको छ जुन आजसम्म पनि समाप्त हुन सकेको छैन । आज यी सम्पूर्ण सङ्कीर्णताहरू र अन्धविश्वासहरूमा पालितपोषित सगुण निर्गुणवाद अर्थात् ईश्वरवाद अन्तिम सास फेर्दै छ । फेरि पनि मलाई के शङ्का छ भने यी खराबीहरू हाम्रा एकदुई पुस्तासम्म अझै रहनेछन् किनभने यिनले हाम्रो संस्कारलाई नै नराम्ररी असर गरेका छन् । यद्यपि हामीले अहिले नै के जानिसकेका छौँ भने हामी गलत बाटोमा छौँ तथापि यी अन्धविश्वासहरू र सङ्कीर्णताहरूलाई जरैदेखि उखेलेर फाल्नका लागि हामीले जागरुक भएर प्रयत्न गरिरहनुपर्नेछ किनभने हामी धेरै नै पछि परिसकेका छौँ र तलतल खसिरहेका छौँ । हामी यिनै कुराहरूमा हिँड्यौँ भने यी नशाहरूमा हाम्रा पछिल्ला अनेक पुस्ताहरू फस्न सक्छन् ।
तर ईश्वरको एकाधिकारी ठेकेदार सवर्ण हिन्दूहरू एवं तिनका पुरोहितहरू पनि कम बहादुर छैनन्, अछुतहरूको हैरानीबाट उनीहरूको रौँ पनि हल्लँदैन भन्ने सम्झन्छन् । यदि सङ्घर्षमा डटेर पनि हारे र अछुतहरूले मन्दिरमा प्रवेश नै गरेर छाडे भने भने पनि उनीहरू आँसु र पसिना पुछ्दै बस्नेवाला छैनन्, तुरुन्तै अर्को मन्दिर बनाएरै सास फेर्छन् । उनीहरू के कुरा राम्ररी जान्दछन् भने भगवान् हामै्र साथमा छन् भने डराउने किन ? भगवान् पनि त मूर्ख छैन, शिरदेखि पाउसम्म जोड लगाएर पनि जो पेट भर्न सक्दैनन् यस्ता दीनहीन अछुतले आपूmलाई के मीठोमीठो भोग चढाउन पो के सक्लान् र ?त्यसैले प्रत्यक्षत: अछुतहरूको पाउ पर्नासाथ भगवान् आफ्नो बोराबिस्तरा उठाएर अर्को मन्दिरमा गइदिन्छन् किनभने भगवान्लाई के कुरा थाहा छ भने अछुतहरूको स्पर्श समाजका सर्वेसर्वा आफ्ना सवर्ण भक्तहरूलाई मन पर्दैन । त्यसो त भगवान् अछुतहरूलाई पनि आफ्नो छोरा नै सम्झन्छन् जब तिनीहरू सवर्णी हिन्दूहरूका आँखा छलेर आइदिन्छन् । अचेल भगवान् पनि निकै दिक्दारीमा छन् । एकातिर सवर्ण हिन्दू सम्प्रदायका ठूलाठूला नेताहरू आफ्ना पूर्वजहरूका पुराना विचार एवं संस्कारबाट अलिकति पनि यताउता हुँदैनन्, अर्कातिर अछुत वर्ग आफ्ना खोसिएका अधिकारहरू र आत्मसम्मान पाउनका लागि ज्यान हत्केलामा लिएर डटिरहेका छन् तथा ज्यान लगाएर परिश्रम गरिरहन्छन् । अझ मुस्किलको कुरा के छ भने सरकार पनि तिनीहरूकै साथमा छ र जननेता भनिनेहरू पनि तिनीहरूकै पिठिउँमा धाप दिइरहेछन् ।
तर यी सबै कठिनाइहरूका बाबजुद ईश्वर अझैसम्म सनातनी अर्थात् पुराना संस्कारवालाकै पक्षमा छ किनभने तिनै संस्कारहरूमा उसले बाँच्नुपर्दछ, तिनको पराजय वा अवसानमा त ईश्वरको मृत्यु नै हुनेसम्मको डर छ ।
म सोच्छु, अचेल हिन्दूहरूको ईश्वरलाई निद्रा नै लाग्दैन होला, किनभने कहिले यता त कहिले उता अछुतहरूको ‘मन्दिर–प्रवेश’ आन्दोलन चली नै रहन्छ । अछुतहरूलाई तिनकै परम्परागत स्थानमा राखिराख्नका लागि धेरै प्रयास गर्नुपर्नेछ तर अचेलका विकास र प्रगतिको काखमा पालितपोषित अछुत मानिसहरू मान्नेवाला नै कहाँ छन् र ? यस्ता सम्झौताहरूमा फँसेर उनीहरू घाटामा पर्न किन स्वीकार गर्थे ? हालैको घटना हो, सनातनीहरू अर्थात् सवर्ण हिन्दूहरूको शक्तिशाली किल्ला काशीको विश्वनाथ मन्दिरमा अछुतहरूले प्रवेश–आन्दोलन गरी नै छाडे र शिवलिङ्गलाई छोएरै छाडे ।
करपात्री र भगवान्को भागदौड
यता सनातनीहरू पनि हार मानेर हातमाथि हात राखी बस्नेवाला प्राणी कहाँ हुन् र ? आफ्नो गाडीको ‘प्रवेश–निषेध’का चक्काहरू पन्चर भएर अछुत दुस्मन मानिसहरू भित्र घुस्नासाथ सनातनी सेनापति श्री महाराज करपात्रीजीले भगवान्लाई नै त्यहाँबाट भगाइदिए । केही टाढा यता आएर केही खुल्ला मैदानमा सनातनीहरूको भीडमा खडा भई धर्मसङ्घ स्वामी करपात्रीले घोषणा गरे—“काशीको विश्वनाथ मन्दिरमा अब भगवान् रहेनन् ।”द्दड कारण बताउँदै उनले भने— “किनभने त्यसलाई हरिजनहरूले अपवित्र बनाइदिएका छन् ।” त्यसपछि उनले जनतालाई सल्लाह दिए— “यस लिङ्गको पूजा गर्नु पाप सम्झन्छु ।”
करपात्री महाराज बडो प्रसन्न लाग्दछन्; मन्दिरमा अछुतहरू घुुसे त के भो, अब त्यहाँ मूर्तिको प्राणपखेरु उडिसक्यो अर्थात् त्यो लास भइसकेको छ । मानौँ करपात्री विनाचोट, विनाघाउ आफ्नो दलबलसहित पछि हट्दै छन् । स्वामी करपात्रीले अन्तिममा तुमुल ध्वनिमा सिंहघोषणा नै गरे— यदि हरिजनहरू र सरकारले मन्दिरलाई फेरि अपवित्र गरे भने उनले फेरि अर्को मन्दिरको निर्माण गर्नेछन् चाहे यो काम हजारपटक नै गर्न किन नपरोस् । कुराकुरामा र रातरातमा यी बहादुर जवानले काशीमा नै अर्काे मन्दिर बनाएर पहिलेको मन्दिरबाट भगाइएको विश्वनाथ भगवान्लाई त्यसैमा बसालिदिए । स्याबास ! भारतका लालहरूमा तँ हीरा होस् हीरा ! एकजना मात्र सनातनी यस संसारमा बाँकी रहेसम्म उसले तेरो उपकार बिर्सनेछैन । अचेलका अछुतहरू पनि खूब छन् । भगवान्लाई पनि भागदौडमा पार्दै छन् । बिचरा भगवान्लाई एउटा लँगौंटी सम्हाल्दै यताबाट उता र उताबाट यता भाग्दैमा फुर्सद छैन । बिचराले आफ्नो ठाउँका मालसामान छोड्नुपर्छ होला ! के गरून्, दिनदशाले कसैको पिछा छाड्दैन । हरेक नयाँ दिन दशा र विपत्तिको मार भगवान्ले नै भोग्नुपरिरहेछ । आजको दुस्परिस्थितिलाई देखेर कतै आफ्नो अस्तित्व नै गुमाउनु नपरोस्, यस कुराको चिन्ता पनि लागिरहेको होला अचेल भगवान्लाई ।
स्वामी करपात्रीजीलाई अहङ्कार र विश्वास थियो— उनी सनातनी धर्मको राम्ररी प्रतिनिधित्व गर्दै छन् । त्यसको हित र पक्षमा उनी जे बोल्नेछन् त्यसलाई सबै सनातनीहरूले मान्यता दिनेछन् । तर आश्चर्य र दु:खको कुरा के छ भने उनले गरेको भाषणपछिका केही दिनपछि नै श्री बालकृष्ण धर्मालङ्कार, प्रधानमन्त्री, अखिल भारतीय युवक मण्डल, अ.भा. श्री सनातन धर्म महावीर दल र श्री मन्दिर रक्षा कमिटी दिल्लीले उनको आलोचना गरिदिए । खरीखोटी सुनाउँदै तिनले भने, “करपात्रीजीका कुरा भ्रमपूर्ण र सनातन धर्मका प्रतिकूल छन् ।” तिनले विरोधमा कहाँसम्म भने भने हरिजन हिन्दूजातिका प्रमुख अङ्ग हुन्, हरिजनहरूको मन्दिरप्रवेश तिनीहरूको जन्मसिद्ध अधिकार हो ।
स्वामी करपात्रीलाई वास्तवमा अछुतहरूको कुनै डर छैन; संसारका समस्त अछुतहरू जम्मा भएर प्रतिस्पर्धा गरे पनि उनी तिनीहरूसँग टक्कर लिन तयार छन् । अछुतहरूले मन्दिरमा प्रवेश गरेर उनलाई दिक्क गर्छन् भने उनी पनि हजारपटक अरू मन्दिरहरूको निर्माण गरेर तिनीहरूलाई हैरान पारिरहनेछन् । तर उनको आफ्नै वर्गबाट, आफ्नै घरबाट श्री बालकृष्ण धर्मालङ्कारजस्ता विभीषणहरू निस्किरहेका छन्, यही नै उनका लागि दु:खको कुरा हो । हो पनि, आफ्नैबाट जब यस्तो विरोधी निस्कन्छ भने बिचरा करपात्रीजीजस्ता कट्टर सनातनीहरूको के लाग्ला ? अब लाग्छ, उनीहरूका लागि हातमा कात्रो लिएर चल्ने वेला आएको छ ।
हिन्दूको, त्यसमाथि मूर्तिवादीहरूको ईश्वर पनि बडो दयनीय वस्तु हो : भङ्गी, चमार आदि सानासाना जातिहरूले छुनासाथ अपवित्र हुन्छ र ब्राह्मण, क्षेत्रीजस्ता ठूलाठूला जातिले छुनासाथ पवित्र हुन्छ । यसबाट के थाहा हुन्छ भने ईश्वरमा ज्यान त छैन नै, साथमा उसको आफ्नो व्यक्तित्व पनि छैन । फेरि पनि यस्तो जाबो कुराबाट हिन्दू जगत्चैँ के आशा गरेर सदैव घुँडा टेकिरहेको छ ? समझमा आउँदैन । जो एक चमारले छुनुमात्रबाट, एक भङ्गीको आँखा पर्नुले मात्र अशुद्ध हुन्छ, दाग लागेर बेकम्मा हुन्छ, यस्तो कमजोर र प्रभावहीन वस्तुबाट के लाभ पाइएला भन्ने आशा ब्राह्मण, क्षत्रिय आदि ठूला जातका मान्छेलाई छ ? बुझ्न सकिन्न । मेरो विचारमा अछुत भनिने जाति र वर्गले पनि, यदि तिनीहरूमा रगत छ भने ठूला जाति र वर्गले हरेक क्षेत्रका अधिकारबाट वञ्चित गरिएको विरुद्धमा घृणा र तिरस्कार गरिएको विरुद्धमा, तिनीहरूलाई अन्याय गरिँदा पनि न्याय नगरी चुपचाप बस्ने ईश्वरप्रति विद्रोह गर्नुपर्छ र त्यसलाई अलिकति पनि श्रद्धा र मान्यता दिनु हुँदैन । यस्तो अन्यायी ईश्वरप्रति अछुत वर्गमा प्रतिशोधको भावना जाग्नुपर्छ । मन्दिरमा बसेको मूर्ति छुने प्रयत्न गर्नुलाई सायद तिनीहरू सवर्ण हिन्दूजातिलाई चुनौती दिएको सम्झँदा हुन् तर म ठान्छु, यो काम चुनौती त पटक्कै होइन, उल्टै हिन्दूवर्गका सामु घुँडा टेकेर आपूmलाई नीच स्वीकार गर्नुमात्र हो ।
त्यसो त ईश्वरवाद नै जगत्का लागि अभिशाप हो जसले प्रगतिमा बाधा खडा गरी मानिसको एकतालाई छिन्नभिन्न पार्दछ । त्यसमा पनि हिन्दूहरूको सगुणात्मक ईश्वरवाद अर्थात् मूर्तिवाद त प्रगतिका लागि प्रत्यक्ष मृत्युघाट हो र एकता ध्वस्त पार्ने साक्षात् आगलागी हो । विभिन्न रूप वा मूर्तिहरूको उपासनाकै कारण वैष्णव, शैव, शाक्त आदि भएर हिन्दूहरू आपसमै टुक्राटुक्रा भए । साम्प्रदायिकता कतिसम्म बढ्यो भने एकले अर्कालाई शत्रु सम्झन थाले र कट्टरता कति बढ्यो भने आफ्नो मूल आधार अध्यात्म त्यसैमा दबिएर मर्नेतिर ओह्रालो लाग्यो । हिन्दूहरूका मन्दिरमा गैरहिन्दूहरूलाई प्रवेशस्वतन्त्रताको त कुरै छैन किनभने हिन्दू गैरहिन्दूलाई नीच ठान्दछ र उसको प्रवेशले अपवित्र हुने डर मान्दछ । त्यतिमात्र होइन, गैरहिन्दूलाई छाडौँ, आफ्नै हिन्दूहरूमा पनि सबैलाई मन्दिरमा प्रवेश गर्न छुट छैन । अवर्ण हिन्दूलाई पनि सवर्ण हिन्दूहरू नीच ठान्दछन् र तिनको प्रवेश वा तिनको स्पर्शले अपवित्र भइने विश्वास गर्छन् । सवर्ण हिन्दूहरूमै पनि एकप्रकारको मूर्तिलाई मान्नेले अर्कोप्रकारको मूर्ति भएको मन्दिरलाई कुनै सम्मानको दृष्टिले हेर्दैनन् । उल्टै तिरस्कार गर्नमा हिच्किचाउँदैनन् र कुनै समदर्शी विचार भएको व्यक्तिले मन्दिरमा प्रवेश गर्यो वा गर्न खोज्यो भने पनि मन्दिरका खास उपासक वा अधिकारीहरू राम्रो मान्दैनन् । त्यसैले हिन्दू धर्म सबैभन्दा पुरानो र हिन्दूजाति सबै जातिहरूमा सभ्यतामा जेठो भएर पनि उसको धर्म सफलतापूर्वक संसारमा फैलन सकेन, फैलने केही सम्भावना भएर पनि उसको गति अवरुद्ध हुन गयो ।