जनमत साहित्य डटकमले तीजको अवसर पारेर १० नारी हस्ताक्षरहरुलाई एउटै आगनीमा उभ्याएको छ । कार्यक्रममा नारी स्रष्टाहरुका कविताहरु सुन्दै सुनाउदैं शुभकामना आदान प्रदान गरियो । आइ ओपनर मिडिया प्रालिको प्राङ्गणमा भएको कार्यक्रममा पछिल्लो समय निकै सक्रिय रहेका नारी स्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बाबा बस्नेत, डा रजनी ढकाल, डा विन्दु शर्मा, विमला तुम्खेवा, सरस्वती चिमोरिया, सविता श्रेष्ठ, समा श्री, दिव्या बज्राचार्य, रमी प्रिया, एलिसा ढुंगाना लगायतले सशक्त दुई दुई कविता सुनाएका थिए । कार्यक्रममा कलाकार सरिता डंगोल विशेष अतिथिका रुपमा खोकना सम्बन्धी कविता सुनाए । कार्यक्रममा वाचन गरिएका सबै कविताहरु जनमत डट कममा आज देखि क्रमश प्रशारण गर्दे जानेछ ।
हिउ“फूलहरु फुलाउन
जीवनको भारी खेप्दा खेप्दै
हिउ“ पहिरोमै तिमी पुरिएपछि
मेरो जोवनका गु“रासहरु भन्ज्याङमा
फुल्न छोडेर परेलिमा बास माग्न आईपुगेका छन्
भनन म के गरौ ँ
(बाबा बस्नेत — रामसाईंला)
साहित्यकार बाबा बस्नेतले ‘रामसाईला र भीरहरु र सल्लो ’ कविता वाचन गरेपछि १० नारी स्रष्टाका कविता वाचन कार्यक्रमको सुरुवात भयो । प्रकृति र जीवको अविच्छिन्न सम्बन्धलाई उनले कवितामा व्यक्त गरेकी थिईन् । मानिसलाई प्रकृतिको आवश्यकता बोध गराएसंगै उनले कलमजिवि महिलाहरुले तीजलाई यसरी मनाउ“दा महिला अग्रगामिता र हकहित अधिकारका पक्षमा परिवर्तनका आवाज उठाउन सहज हुने बताईन् ।
महिलाको शक्ति र सामर्थ्यलाई उजागर गर्ने प्रत्येक कवितामा नारी संवेदनामात्र होइन समाजमा नारीलाई उनीहरुको सीप र योग्यताले प्राप्त स्थान पनि लेखिएको छ । महिला लेखकलाई रोनाधोनामा सिमित मान्नेहरुलाई यहा“ वाचन गरिएका कविताले गतिलो जवाफ दिएको छ ।
आमा
ओक्कल दोक्कल पिपल पातको
रमाईलो खेल खेलाउ“दै
सधैं झुक्यायौ र सोधिरह्यौ
तिम्रा माथि कसको हात ?
(डा.बिन्दु शर्मा – ओक्कल दोक्कल पिपल पात )
कार्यक्रममा एउटा आमालाई सम्बोधन गर्दै र एउटा बाबालाई सम्बोधन गर्दै डा.बिन्दु शर्माले कविता वाचन गरेकी थिईन् । उनले कवितामा माईती आ“गन र बालापनका मिठा पललाई सुन्दर ढंगले प्रस्तुत गरेकी थिईन् । कविता वाचन गर्नुभन्दा पहिला उनले सुन्दर पहिरन पहिरिएर, चिटिक्क परेर, राम्रो भएर गीत गाएर नाच्नु मात्रै तीजको मुख्य अस्तित्व नभएको । रमाईलो संगसंगै तीज पर्वलाई विस्तारै सिर्जनाको माध्यमबाट परिवर्तनको धारमा ल्याउन सकिन्छ र रचनाबाट बिचारलाई प्रबल बनाउन सकिन्छ भन्ने कुरालाई नकार्न नसक्ने बताईन् ।
त्यसो त, बदलिंदो समयसंगै तीज मनाउने तौरतरिकामा पनि रुपान्तरण आएको छ । दःुख बेदना र माइतीबाट पर रहेर गुनासो व्यक्त गर्ने किसिमका विरही गीतहरुमात्र गुन्जिने तीजमा पछिल्लो समय नारी सशक्तिकरणका गीतसगीत गुन्जिन थालेका छन् । समाजका हरेक तह र तप्काका मानिसहरुले आ–आफ्नै शैलीमा तीजलाई उत्सवको रुपमा मनाउन थालेका छन् । यही क्रममा जनमत साहित्य डटकमको आयोजनामा तीजको अवसरमा दश नारी हस्ताक्षर कार्यक्रम भयो ।
यो घर कहिल्यै मेरो भएन
म कहिल्यै यो घरको हुन सकिन
त्यसैले अब म अर्कै घर बनाउने सुरमा छु
तुम्खेवा नानी,
मेरो कथाको पनि कथा लेख्नु है
(विमला तुम्खेवा— मेरो कथाको पनि कथा लेख्नु है )
कवितामा प्रयोग भएका शब्द र भाव मात्र होइन तीजका लागि ठा“टिएर आएका महिला स्रष्टाहरुले नारी लेखकका चुनौती र अप्ठ्याराहरुका बारेमा अनौपचारिक चर्चा पनि गरेका थिए । कवि विमला तुम्खेवाले आफुले तीज कहिल्यै नमनाएता पनि गाउ“घरमा तीज पर्व मनाएको देखेको र केही रमाईला मेला पर्वका पलहरुको सम्झना रहेको बताईन् । उनले वाचन गरेको कवितामा महिलाले घर गृहस्थीमा भोग्नु परेको पिडा र संघर्षलाई सजिलै महसुस गर्न सकिन्छ ।
सगरबाट पग्लेको अहम्
हरदम रुझाईरहन्छ र
पखाली रहन्छ जराले भेटेको माटोको माया
(डा रजनी ढकाल — फूल)
कोभिडको कहरमा जीवनलाई बुझ्ने सुनौलो अवसर पाएको स्मरण गर्दै रचनाले संस्कारलाई भूल्ने, मेट्ने र छोड्ने होईन संस्कार संस्कृतिसंग जोडिएको हुन्छ र संस्कृति स“स्कारसंग अलग हुन सक्दैन भन्ने कुरालाई मनन् गरेको बताईन् । जसले परिवर्तन चाहन्छ उसले संस्कृृतिलाई जोगाएर परिवर्तन गर्नु पर्नेमा जोड दिइन् ।
बर्षै पिच्छे नया सालको क्यालेण्डर फेरिन्छ
यो क्रम आज पनि दोहोरि“दैछ
(सविता श्रेष्ठ, बेहाशी— क्यालेण्डर)
कार्यक्रममा धरानकी कवियत्री सविता श्रेष्ठले उदासी भरिएका शब्दहरुमा नारी अन्तरमनलाई उजागर गरिन् ।
धर्तीका सम्पूर्ण ऐश्वर्यले किन नपुरीयोस्
र जुनसुकै स्वर्ग किन नजितोस्
उसको अहंले खा“टी तुष्टी भेट्न
आखिर –
यही साँघुरो गल्लीमा फर्कने गर्छ ऊ ।
(रमी प्रिया — साधना)
तीज पर्वलाई सम्मान गर्दै कविता वाचन गर्न पाउ“दा खुशी भएको भाव स्रष्टाहरुको मुहारमा देख्न सकिन्थ्यो ।
भ्रमले उब्ज्याएको डरलाई
मान्छेले रगत दिंदै गयो
(ईश्वर अवश्य मर्नेछ —समा श्री)
मान्छेले मर्न नडराउने हो भने सहि तरिकाले जीवनलाई बाच्न जान्दछ भन्ने भाव समा श्री को कवितामा पाउन सकिन्छ ।
दिव्या बज्राचार्यले तीजको शुभकामना दि“दै कलाकार शीर्षकको कविता वाचन गरेकी थिईन् ।
जन्मले त नारी पुरुष हुन्छन् दुबै बराबर
नारी मात्रै दोषी देख्नु गल्ती जस्तै हु“दैन र
(नारी —सरस्वती चिमौरीया )
अबको तीजले स्वतन्त्र परिवेशमा निर्भिक भएर बा“च्न सक्ने परिवर्तनको लहर ल्याओस् भन्ने चाहना कविताबाटै व्यक्त गरिन् । अझै पनि महिला र पुरुष वीचको भेदभावको अन्त्य नभएको गुनासो पनि कविताबाटै पोखिन् ।
कार्यक्रममा विशेष अतिथि चित्रकार सरिता डंगोलले आफुले रंगस“ग खेल्न जानेको तर शब्दस“ग खेल्न नजानेता पनि कहिलेकाहीं कलाकारको मन भएकाले चित्र कोर्दा कविताको भाव आउने व्यक्त गर्दै कविता सुनाईन् ।
३८ वर्षदेखि प्रकाशित साहित्यिक पत्रिका जनमतको अनलाईन संस्करण यसै वर्ष असार २९ गतेदेखि सुरु भएको हो । जनमत साहित्य डटकमले अवदेखि हरेक महिना साहित्यिक कार्यक्रम गर्ने तयारी गरेको छ । यसैको थालनी स्वरुप महिला स्रष्टाहरुको तीज विशेषको कार्यक्रम पहिलो कार्यक्रम भएको जनमत साहित्य डटकमकी सम्पादक सिर्जना दुवालले बताइन् ।