१. गाउँ खाने कथाको परिचय
लोकसमाजको बौद्धिक क्रियाकलापजन्य अभिव्यक्तिको मुख्य माध्यम लोकसाहित्य हो । लोक– समाजका व्यक्तिहरू कहिले लोककथा हालेर, कहिले गीत र गाथा गाएर, कहिले कुरैपिच्छे उखान प्रयोग गरेर मनोरञ्जन गर्छन् । अलिकति फुर्सद भए तिनीहरू गाउँखाने कथा प्रयोग गरेर रमाउन चुक्दैनन् । लोकसाहित्य लोकसमाजको अभिव्यक्ति हो, जसमा लोकसमाजका इच्छाआकाङ्क्षा र परिस्थितिहरू अभिव्यक्त भएका हुन्छन् । त्यसैले लोकसाहित्यका माध्यमबाट लोकभावना बुझ्न सकिन्छ । गाउ“खाने कथा लोकसाहित्यको एक महŒवपूर्ण मनोरञ्जक वा बौद्धिक व्यायामको सशक्त विधा हो ।
नेपाली लोकजीवनमा गाउँखाने कथाको विशिष्ट भूमिका छ । दिनभर कठोर श्रम गरी थकित भएर साँझमा घर फर्केका ग्रामीण नरनारीहरू अ“गेनाको डिलमा, मझेरी, पिँडी, आँगन, धनसार वा केही मान्छे भेला हुन सकिने ठाउ“मा जम्मा भई गाउँखाने कथाको सम्पादन वा प्रयोग गर्ने गर्दछन् । ख्यालख्यालमै गाउ“खाने कथा सुरु हुन्छ । एउटाले समस्या राख्छ, अर्काले फुकाउ“छ । सो फुकाउन नसके गाउ“ दिन्छ अनि गाउ“ खाए–पाएपछि समस्या राख्नेले नै गा“ठो फुकाइदिन्छ । कहिले त यो अघोषित रूपमा प्रतिस्पर्धा नै हुन्छ– तैंले अड्काउने कि मैले अड्काउने भनेर । हात्ती छि¥यो, पुच्छर अड्क्यो । के हो ?भन्दैएउटाले प्रश्न राख्छ, अर्काले लुगा सिएको भनी जवाफ दिन्छ । जवाफ दिन नसके गाउ“ दिन्छ र प्रश्न राख्नेले नै उत्तर बताइदिन्छ । नेपाली गाउ“खाने कथाको सम्पादन–प्रक्रिया यही हो । यसबाट मनोरञ्जन, समयकटनी र बौद्धिक कसरत पनि हुन्छ । त्यसैले मनोरञ्जन र बुद्धिपरीक्षालाई गाउ“खाने कथाको उत्पत्तिका कारक तŒव तथा मुख्य प्रयोजन पनि मानिएको छ (उपाध्याय, १९७७ : १९४, १९८) ।
आज सहरबजारमा मनोरञ्जन वा मनोविनोदका थुप्रै साधन उपलब्ध छन् । गाउ“घरमा आज पनि मनोरञ्जनका साधन पुगेका छैनन् । पहिलेको कुरै के गर्नु ? त्यस्तो अवस्थामा लोकसाहित्य मनोरञ्जनको भरपर्दो र सुलभ साधनका रूपमा रहेको थियो । लोकसाहित्यको एउटा विधाका नाताले गाउ“खाने कथाले पनि लोकमानसलाई मनग्गे मनोरञ्जन र बौद्धिक खुराक प्रदान गर्दै आएको छ । लोकसाहित्यका अन्य विधाका तुलनामा गाउ“खाने कथामा बौद्धिक कसरत बढी हुने हु“दा यसतर्फ लोकसमाजको बढी आकर्षण पाइन्छ । यसले लोकजीवनलाई रसमय बनाइआएको छ (पराजुली, २०५८ ः १७१) । गाउ“खाने कथामा वाक्चातुर्य हुने र त्यसैबाट मनोरञ्जन पनि हुने हुँदा गाउँखाने कथालाई भाषिक कला ९खभचदब िबचत० र भाषिक खेल (vemrba lgae) पनि भन्ने गरिन्छ ।
१.१. नामकरण
मानिसहरू एकै ठाउ“मा भेला भएपछि मनोरञ्जन र बौद्धिक क्रियाकलापका रूपमा कुरैकुरामा उत्तर आउने खालको समस्या राखिने र वातावरण कुतूहलपूर्ण हुने अनि अर्कोले आफ्नो बुद्धिले भ्याएसम्म त्यसको उत्तर दिने झन्डै प्रश्न–उत्तरमूलक लोकसाहित्यको एउटा सशक्त विधा गाउँखाने कथा हो । बाहिर काली कोइली, भित्र तामा चोइली । के हो ?(मसुरो)÷ नौतले घरको न झ्याल न ढोका । के हो ?(बा“स) ÷ धार्नी न बिसौली, दुई हातले उचाली । के हो ?(टोपी लगाएको) ÷ वनतिर जाँदा घरतिर मुख, घरतिर जा“दा वनतिर मुख । के हो ?(बन्चरो÷बन्दुक) ÷ यो मेरो टेक्ने, यो मेरो छेक्ने, परिआएको बेलामा पुर्पुरो सेक्ने । के हो ?(लौरो) आदि गाउ“खाने कथाका केही उदाहरण हुन् ।
लोकसाहित्यको यस्तो विधालाई बुझाउन नेपालीमा . गाउँ खाने कथा भनिन्छ । भिन्न स्थान, भाषा र व्यक्तिले विभिन्न नामबाट यसलाई चिनाउ“दै र पुकार्दै आएका छन् । त्यसैले यहा“ यस सम्बन्धमा त्यसको सामान्य लेखाजोखा गरिन्छ । विभिन्न अध्ययनकर्ताले उल्लेख गरेअनुसार नेपालका भिन्नभिन्न स्थानमा गाउँखाने कथालाई भिन्नभिन्न नामले सम्बोधन गरिन्छ, जस्तै ः
अड्को – पूर्वी नेपाल र पूर्वोत्तर भारत (बन्धु, २०५८ ३०९)
आईन – महाकालीमा (भट्ट, २०५४ २४)
उधिन्ने सिल्लक – हुम्ला (पाण्डे, २०५८ ४४)
कठ्यौरा हाल्नु – जुम्लातिर (पराजुली, पूर्ववत् b१७५)
घाउटा, झिट्टा, झ्या“गा – पश्चिमी नेपाली (भाषिका ?)
(बन्धु पूर्ववत् ः ३०९)
साइतर अथवा सातर – कर्णाली (रिमाल, २०५३ ः ६२, देवकोटा,
२०५८ ः ४१९)
जान्नेकथा – कतैकतै (?) (बन्धु, पूर्ववत् ः ३०९, ३११, ३२१)
गाउ“दिने कथा –स्याङ्जा (वनबासी, २०५५ ः ३४, ४२)
भन्ने र चिन्ने कथा — गोरखा (श्रेष्ठ, २०५४? ः १२१)
यी तथ्यबाट नेपालका सबै ठाउ“मा समान रूपले . गाउँ खाने कथा वा कुनै अन्य शब्दको प्रयोग नभई भिन्नभिन्न स्थानमा भिन्नभिन्न नामले गाउँ खाने कथालाई चिनाइन्छ भने कही“ एकै स्थानमा विभिन्न नामले गाउ“खाने कथालाई पुकारिन्छ भन्ने बुझिन्छ । पहेली, अड्को, गौंडा, घाउटा, झिट्टा, झ्या“गा, जान्ने कथा, गाउ“दिने कथा, सातर वा साइतर, आइन, उधिन्ने सिल्लक, भन्ने र चिन्ने कथा आदि जुन नामले चिनेचिनाए पनि ती गाउ“खाने कथा नै हुन् । घाउटा, झिट्टा वा झ्या“गा आदि अलिक विशिष्ट देखिन्छन् । यिनमा गीत्यात्मकता हुन्छ । घाउटामा दोहोरी गीतको ढा“चा पनि पाइन्छ । यसो भए तापनि यी सबैको मूल स्वरूप समान हुन्छ । प्रश्न राख्नु र उत्तरको अपेक्षा गर्नु, अड्काउनु वा रनभुल्लमा पार्नु जस्ता विशेषता रहेकाले घाउटा, झिट्टा वा झ्या“गा पनि गाउ“खाने कथा नै हुन् । स्थानभेदले थोरै थप विशेषता र भिन्न नामबाट तिनलाई पुकारिएको मात्र हो । त्यसैले यहा“ यी सबैको साझा अर्थमा गाउ“खाने कथा भनिएको छ ।
गाउँ खाने कथालाई भिन्नभिन्न भाषामा भिन्नभिन्न नामले चिनाइन्छ,–
अङ्ग्रेजी – रिडल्स ९चष्ममभिक० (बन्धु, पूर्ववत् ः ३०९)
अवधी – बुझौवल (ऐजन)
भोजपुरी – बुझौवल (ऐजन)
मगही – बुझौवल (ऐजन)
मैथिली – बुझौवल (ऐजन)
थारू – पेहनी (ऐजन)
जर्मनी – ¥याक्टसेल ९चबअतकभ०ि (पराजुली, पूर्ववत् ः १७५)
जापानी – नाजो–नाजो (ऐजन)
संस्कृत – प्रहेलिका (उपाध्याय, पूर्ववत् ः १९५)
हिन्दी – पहेली (ऐजन)
नेवारी – क्वा (सत्यमोहन जोशीबाट प्राप्त जानकारी)
यी विभिन्न भाषामा यी नाममात्र फरक छैनन्, तिनको स्वरूप र अर्थमा पनि धेरथोर फरक पाइन्छ । उदाहरणका लागि अङ्ग्रेजीको रिडल्स् र जर्मनीको ¥याक्टसेल शब्दले गाउ“खाने कथालाई बुझाउ“छन्, तापनि तिनको खास अर्थ नीतिपूर्ण कथा वा उपदेश हुन्छ (पराजुली, पूर्ववत् ः १७५) । नेपाली गाउ“खाने कथाले भने नैतिक उपदेश दिन्नन्, मनोरञ्जन प्रदान गर्छन् ।
लोकसाहित्यका अनुसन्धानकर्ता चूडामणि बन्धुले गाउ“खाने कथालाई ‘पहेली’ शब्दको प्रयोग गरेका छन् (बन्धु, पूर्ववत्, ः ३०९–३२९) । ‘पहेली’ ले नेपाली बृहत् शब्दकोशमा पनि प्रवेश पाएको छ (पोखरेल, २०४० ः ८०४) ।यो एकल शब्द भएकाले प्रयोगमा सरलता हुन्छ, तर नेपालीमा पहेलीका तुलनामा बढी प्रचलनमा रहेको र सर्वस्वीकार्य शब्द भने गाउ“खाने कथा नै हो (बन्धु, पूर्ववत् ः ३०९) । यो शब्द विश्लेषणात्मक रूपमा छ (बन्धु, पूर्ववत् ः ३१३) । नेपाली लोकसाहित्यका अध्येता र अन्वेषक–सङ्कलक (पराजुली, पूर्ववत् ः १७१–२७५;पराजुली, २०४९ ः १४०;श्रेष्ठ, २०४४ ः २७, ३२, ३५–४२;पाण्डे, पूर्ववत् ः ४४;कोइराला, २०५५ ः २६, १४६;रिमाल, पूर्ववत् ः ६२;सुवेदी, २०५४÷०५५ ः ३२), लामिछाने (२०४८ तथा २०६०) हरूले व्यापक रूपमा गाउ“खाने कथा शब्दलाई नै प्रयोग गरेका छन् । नेपालीइतर मातृभाषाभाषी नेपालीहरूले पनि यसलाई गाउ“खाने कथा भन्दै आएका छन् । पहेलीका तुलनामा बढी प्रचलनमा रहेको र सर्वस्वीकार्य शब्द भने गाउ“खाने कथा नै हो भन्नेबारेमा बन्धुको पनि सहमति रहेको छ (बन्धु, पूर्ववत् ः ३०९) । त्यसैले लोकसाहित्यको यस विधालाई पर्यायवाची शब्दका रूपमा पहेली भनिए पनि गाउ“खाने कथा भन्नु नै उपयुक्त देखिन्छ । विश्लेषणात्मक यो शब्द व्यापक प्रचलनमा पनि रहिआएको छ ।
नेपाली लोकसमाज र शिक्षित समाजमा समेत अधिकतर गाउ“खाने कथा प्रयोग भइआएको भए पनि यो शब्द शब्दभन्दा पनि पदावलीस्तरमा रहेको छ । तसर्थ यही अर्थमा, गाउ“खाने कथाकै व्यापक अर्थमा नेपाली लोकसमाजका विभिन्न स्थानमा प्रचलित अड्को, झ्याँगा, झिट्टा या बौद्धिक जगत्मा प्रचलित पहेलीमध्ये कुनै शब्दलाई प्रयोग गर्नु अनुचित देखिंदैन । लोकसाहित्यका कविता, कथा, नाटक, उखान, टुक्का आदिमा यस्तो स्थिति छैन । यी सबैलाई एक÷एक शब्दले द्योतन गर्दछन् । लोकप्रचलन तथा बौद्धिक जगत्मा पनि गाउ“खाने कथाले व्यापकता पाइसकेकाले लोकसाहित्यको यस विधालाई पर्यायवाची शब्दका रूपमा पहेली भनिए पनि गाउँखाने कथा भन्नु नै उपयुक्त देखिन्छ ।
१.२. गाउ“खाने कथाको परिभाषा
समयसमयमा विद्वान्हरूले गाउ“खाने कथालाई परिभाषित गर्दै र अथ्र्याउ“दै आएका छन् । त्यस्ता परिभाषाबाट गाउ“खाने कथालाई बुझ्नबुझाउन सजिलो हुने हँदा यहाँ केही विद्वान्का गाउँ खाने कथासम्बन्धी उद्गार तथा परिभाषाहरू प्रस्तुत गरिएका छन् ।
सत्यमोहन जोशी :
यसमा गाउँघरे मानिसको हृदयको उद्गारस्वरूप, त्यस उद्गारमा तिखारिएको बुद्धिको देन पनि देखापर्दछ जुन मामुली भए पनि अर्थपूर्ण हुन्छ र समस्यापूर्तिको रूपमा प्रश्न बनेर सबका सामुन्ने खडा हुन्छ (जोशी, २०१४ ः २६) ।
कृष्णप्रसाद पराजुली :
दैनिक व्यवहार तथा बसाउठीमा मानिस बुद्धिपरीक्षाका निम्ति आफ्नो कथन घुमाईफिराई अरूले हम्मेसि ठम्याउन नसक्ने पार्न चाहन्छ । त्यस बेला ऊ अरूले सहजै बुझ्न नसक्ने भाषा–भङ्गिमाको प्रयोग गर्न थाल्छ र वातावरणलाई रोचक तुल्याउ“छ । वस्तुतः यही कथनले गाउ“खाने कथाको रूप धारण गर्छ (पराजुली, पूर्ववत् ः १७४) ।
गाउँखाने कथा मनोरञ्जन तथा बौद्धिक कुशलतामा सलबलाएको लोकजीवनको सामाजिक–सांस्कृतिक प्रतिबिम्ब हो । …… लोकजीवनको सुखदुख, सपना–विपनाको प्रतीकात्मक तŒव नै नेपाली गाउ“खाने कथा हो (ऐजन ः २०७, २०८) ।
चूडामणि बन्धु :
गाउँखाने कथा नेपाली लोकसाहित्यको एउटा विधा भइसकेको छ । यो कथा भनिए पनि एक किसिमको प्रश्न हो जसको उत्तर श्रोताले जान्नुपर्दछ । यसकारण कतै–कतै गाउ“खाने कथालाई जान्ने कथा पनि भनिन्छ (बन्धु, पूर्ववत् ः ३११) ।
धर्मराज थापा :
फाँकी मिलेको वा नमिलेको गद्यपद्य वा उखान–टुक्का जुन प्रकारको जेजस्तो अभिव्यक्ति होस ्– कूट किसिमले जनसमक्ष बिछ्याइएको बाङ्गोटिङ्गो भनाइ नै कूट रचना हो – कूट कथन हो । अनि यही विभिन्न प्रकारका कूट रचनाहरूको फा“टमा विकसित छिटोछरिटो र ट्वाक्क किसिमको स्वादिलो चटनी हो गाउ“खाने कथा (थापा, २०४१ ः ४४०) ।
हंसपुरे सुवे :
श्रोताबाट अड्को फुकाउने आकाङ्क्षा राख्दै प्रश्नात्मक अड्को हाल्ने, श्रोताले अड्को नफुकाए गाउ“ दिनुपर्ने र गाउ“ खाई अड्को फुकाउने कथा गाउ“खाने हुन् । यी साना चुड्किला उखानजस्तै लघुरूपका गेयात्मक हुन्छन् । यिनमा सोच्नुपर्ने खालको प्रश्न वा समस्या राखिएको हुन्छ र प्रश्नात्मक गा“ठो कस्ने प्रस्तोता पनि तीखो बुद्धिका हुन्छन् । अतः गँ“ठो खुकुल्याउने श्रोताले पनि बुद्धिमत्ताकै परिचय दिन्छन् । यसैले यो बौद्धिक कसरतको रमाइलो कडी हो (सुवेदी, पूर्ववत् ः ३३) ।
तेजप्रकाश श्रेष्ठ :
गाउँखाने कथा लोकसाहित्यको एउटा रमाइलो विधा हो (श्रेष्ठ, पूर्ववत् ः ३५) ।
शिवकुमार राई :
गाउँखाने कथा पनि एकथरीको अड्को नै हो । अड्कोको गा“ठो खोल्न नसक्दा गाउ“ दिनैपर्ने हुनाले यस थरीको अड्कोको नाउ“ गाउ“खाने कथा रहन गयो (बन्धु, पूर्ववत् ः ३०९) ।
नेपाली बृहत् शब्दकोश :
वक्ताले प्रश्नका रूपमा अड्को हाल्ने र श्रोताले नाउँमात्रको गाउँ दिएपछि सो अड्को फुकाउने कथा जान्ने कथा; कूट; पहेली (पोखरेल, पूर्ववत् ः ३३५) ।
महानन्द सापकोटा :
‘अड्को लाउने वा जान्ने कथा’ गाउ“खाने कथा हो (पराजुली, पूर्ववत् ः १७६)।
रविलाल अधिकारी :
कुनै पनि वस्तुको छोटो बिम्ब खडा गरेर त्यो वस्तु के हो ? जान भनी प्रश्न गरिने कथा गाउ“खाने कथा हो (अधिकारी, २०५१ ः २९) ।
कृष्णदेव उपाध्याय :
पहेली वाग्विलासका वस्तु हुन् र बुद्धिपरीक्षाका अन्यतम साधन हुन् (उपाध्याय, पूर्ववत् ः १९८) ।
दिनेशप्रसाद :
पहेली लोकमानसको एक पुरातन अभिव्यक्ति हो (प्रसाद, १९७३ ः १२१)।
कुन्दनलाल उप्रेती :
यसमा मानिसको चित्रण र विश्लेषण छिपेको हुन्छ (पराजुली, पूर्ववत्, पृ. १७६)।
सत्येन्द्र :
पहेली यथार्थमा कुनै वस्तुको वर्णन हो, त्यस वर्णनमा अप्रकृतद्वारा प्रकृतको सङ्केत हुन्छ (ऐजन) ।
सरोजनी रोहतगी :
गाउँखाने कथा विशेषतः कला हो, जसद्वारा बौद्धिकताको स्वरूप चम्कन्छ र त्यसमा एक प्रकारको तीव्रता आउ“छ । यो सोद्देश्य रचना हो । त्यसको सम्बन्ध बुद्धिको समाहार–शक्तिस“ग छ । यसप्रकार गाउ“खाने कथाको उद्देश्य त्यसैमा अन्तर्निहित रहन्छ (ऐजन) ।
श्रीराम शर्मा :
मान्छे आफ्नो मनोरञ्जनका लागि चिरपरिचित वस्तुका सम्बन्धमा आफ्नो कथनलाई लयात्मक, रहस्यात्मक र प्रश्नात्मक रूपमा भन्छ र त्यसको उत्तरको अपेक्षा अन्य व्यक्तिबाट गर्छ भने त्यसलाई पहेली भनिन्छ (कोइराला, पूर्ववत् १४८) ।
द्विजराम यादव :
सामान्यतया पहेली भन्नाले सम्झन नसकिने उक्ति हो (ऐजन) ।
यी र यस्ता परिभाषा, परिभाषात्मक कथन र उद्गारबाट गाउ“खाने कथालाई बुझ्नबुझाउन सरल हुन्छ । गाउ“ दिने र गाउ“ खाने प्रचलन संस्कृत, हिन्दी, अवधी, भोजपुरी, अङ्ग्रेजी आदि भाषाका गाउ“खाने कथा–प्रक्रियामा रहेको पाइन्न । यो नेपाली गाउ“खाने कथाको वैशिष्ट्य हो । उल्लिखित विद्वान्हरूका परिभाषाका सहयोगबाट नेपाली गाउ“खाने कथाको परिभाषालाई निम्नअनुसार पुनर्निर्माण गर्न सकिन्छ :
एक पक्षले समस्या वा प्रश्न राख्ने र अर्को पक्षले त्यसको उत्तर दिने वा उत्तर दिन नसके गाउ“ दिने र प्रश्नकर्ताले नै नाममात्रको गाउ“ लिएर आफूले राखेको समस्या वा प्रश्नलाई फुकाउने लोकसाहित्यको मनोरञ्जक बौद्धिक कसरत हुने एउटा सशक्त र स्वतन्त्र विधा गाउ“खाने कथा हो ।
गाउँखाने कथा शब्दमा ‘कथा’ को योग भए पनि यो कथा होइन, यसमा कुनै पनि आख्यान वा कथानक हु“दैन । केही गाउ“खाने कथामा कथात्मकता भने पाउन सकिन्छ । त्यत्तिका आधारमा गाउ“खाने कथालाई कथा ठान्नु र कथा भन्नु उचित देखिन्न । त्यसैले यसमा ‘कथा’ शब्द भए पनि यो एउटा स्वतन्त्र विधा नै हो ।
निष्कर्षमा के भन्न सकिन्छ भने गाउ“खाने कथा लोकसाहित्यको एक मनोरञ्जनपूर्ण बौद्धिक कसरतको सशक्त र स्वतन्त्र विधा हो । विभिन्न भाषामा विभिन्न नाम र नेपालीमै पनि विभिन्न स्थानमा विभिन्न नामबाट यसलाई चिनाइए पनि लोकप्रचलन र स्तरीय नेपालीमा गाउ“खाने कथा भनिन्छ । संस्कृतको प्रहेलिका र गाउ“खाने कथामा केही अन्तर पाइए पनि मूलतः उस्तै देखिन्छन् । एक पक्षले समस्या वा प्रश्न राख्ने र अर्को पक्षले त्यसको उत्तर दिने वा उत्तर दिन नसके गाउ“ दिने र गाउ“ खाएर प्रश्नकर्ताले नै प्रश्न फुकाउने, यसो गर्दा बौद्धिक कसरत र मनोरञ्जन हुने विधा गाउ“खाने कथा हो । गाउ“खाने कथा लोकसाहित्यका अन्य विधा उखान, लोककविता, लोककथा आदिभन्दा भिन्न र विशिष्ट देखिन्छ । गाउ“खाने कथा अन्य विधाभन्दा यसको बौद्धिकता, प्रश्नात्मकता, खिरिलोपन आदिले गर्दा अलग वा फरक देखिएको हो ।
२. वस्तु तथा रूपको सामान्य परिचय :
साहित्यका प्रमुख दुई पक्ष हुन्छन्– वस्तु र रूप । साहित्य–रचनाको सामग्री वा विषयवस्तु वस्तु हो र त्यस वस्तुले खास आकार–आकृति प्राप्त गर्नु रूप ९ायचm० हो । प्रकारान्तरले भन्ने हो भने बाह्य रूपमा साहित्यलाई चिनाउने स्वरूप–संरचना, आकृति, माध्यम भाषा आदि सबै नै रूपको वृत्तभित्र पर्न आउ“छन् । रूपगत विशेषताहरूले साहित्यिक विधालाई चिनाउ“छन् । साहित्यको वस्तु त्यही रूपको आवरणमा प्रस्तुत भएको हुन्छ । भाषाका माध्यमबाट रचनाकारले वस्तुलाई रूप प्रदान गर्दछ । त्यसरी वस्तुले रूप प्राप्त गर्नु भनेको नै साहित्य–रचना हुनु हो भन्न सकिन्छ ।
रूपका विभिन्न सन्दर्भपरक अर्थ छन् । सामान्य अर्थमा रूप भन्नाले कुनै व्यक्ति र वस्तुको आकार–प्रकार, वर्ण वा रङ, बनौट आदिलाई बुझिन्छ भने भाषा–व्याकरणका सन्दर्भमा रूप भन्नाले सबैभन्दा सानो सार्थक भाषिक एकाइलाई बुझिन्छ । यस्तै, रूप भन्नाले विभक्ति वा प्रत्यय गा“सिएर बन्ने शब्दको रूपान्तरण तथा रूपतŒव भन्नाले शब्दको बनोटमा पाइने पूर्वसर्ग, परसर्ग र मध्यसर्ग आदिलाई बुझिन्छ (पोखरेल, २०४० ः ११४८)। भाषाका विभिन्न भाषिक एकाइलाई भाषिक रूप ९ष्लिनगष्कतष्अ ायचm० भनिन्छ (यादव, २०५९ ः ५३)। भाषाको उत्पादन बोलेर वा लेखेर गरिन्छ भने बोलेर उत्पादन गरिएको भाषिक रूप वा भाषाको उच्चरित रूप कथ्य रूप हो अनि लेखेर उत्पादन गरिएको भाषिक रूप वा भाषाको लिखित रूप लेख्य रूप हो (यादव, पूर्ववत् ः ५५) । साहित्यका सन्दर्भमा रूप भन्नाले साहित्यिक कृतिको आकार–प्रकार र शिल्पसौन्दर्य हो भन्ने बुझिन्छ । वस्तु र रूपको सम्मिलनबाट मात्र साहित्य निर्मित हुन्छ । यस अर्थमा साहित्य भन्नु कुनै वस्तुले निश्चित रूप प्राप्त गर्नु हो । कुनै वस्तु वा अन्तर्वस्तुलाई त्यसको माग वा अपेक्षाअनुरूप रूप प्रदान गरिन्छ । “मोटामोटी तवरले साहित्यलाई सामग्री (विषयवस्तु) र रूप (शिल्प) का आधारमा पनि हेर्न सकिन्छ भने सामग्री (विषयवस्तु) जेजस्तो बनौट वा निर्मिति प्राप्त गरी साहित्य बन्न आउ“छ त्यो बनौट, निर्मिति वा संरचना रूप हो । अथवा साहित्य भन्ने जुन समग्रता, समष्टि वा सम्पूर्णता हो त्यो त्यसका अङ्ग–अङ्ग या त्यसका अवयव–अवयवको जुन अन्विति, गठन, समन्वय, संयोजन वा सामञ्जस्य तथा तत्सम्बन्धी तारतम्यको फलस्वरूप प्राप्त हुन्छ भने यही प्रक्रिया वा यसको प्राप्ति रूप हो (त्रिपाठी, २०३६ ः ६५९) ।” अतः रूप भनेको साहित्यको बाहिरी पक्ष, कला र सौन्दर्यपक्ष तथा त्यसको आकार वा आकृति, निर्मिति वा बनौट र संरचना पनि हो ।
रूपवाद बीसौं शताब्दीमा पाश्चात्य समालोचनामा देखापरेको एक समालोचना प्रणाली हो । वस्तु र रूप एउटै एकाइका अविभाज्य दुई पक्ष्ँ हुन्, तर रूपको सर्वोपरिता मान्नु रूपवादको विशेषता हो (त्रिपाठी, २०३६ ः ६६८) । वस्तुतः रूप भन्नु र रूपवाद भन्नु दुई अलग कुरा हुन् । रूपको कुरो उठाउ“दैमा रूपवाद र रूपवादी भइ“दैन । प्रस्तुत सन्दर्भमा रूपलाई रूपवादका रूपमा नलिई सामान्य अर्थमा लिंदै नेपाली गाउ“खाने कथाको सामान्य तवरले रूपपक्षको अध्ययन–विश्लेषण गर्ने अभीष्ट राखिएको छ ।
३. रूपात्मक विश्लेषणको आवश्यकता :
लोकसमाजको बौद्धिक क्रियाकलापको परिणामस्वरूप उत्पत्ति र विकास भएको गाउ“खाने कथा लोकसाहित्यको महŒवपूर्ण विधा हो । यसले लोकसमाजलाई बौद्धिक र स्वस्थ मनोरञ्जन दिइआएको छ । हरेक उमेरसमूहका मानिसहरू फुर्सदमा गाउ“खाने कथाको उपयोग गर्दछन् । यता आएर मनोरञ्जनका अन्यान्य सुलभ साधनको उपलब्धताले गर्दा लोकसाहित्यका अन्य विधाको झैं गाउ“खाने कथाको प्रयोग र प्रचलनमा पनि कमी आउन थालेको छ । त्यसैले नेपाली गाउ“खाने कथाको सङ्कलन र विविध पक्षको अध्ययन गरेर तिनको संरक्षण र सम्बद्र्धन गर्नु आवश्यक भइसकेको छ ।
नेपाली गाउँ खाने कथाको सङ्कलन, अध्ययन र विश्लेषणको कार्यको थालनी भएको भए पनि अहिलेसम्मका कार्यहरू पर्याप्त छैनन् । त्यसैले त्यत्तिमै सन्तुष्ट हुन सकिने अवस्था छैन । गाउ“खाने कथाको अध्ययन र विश्लेषण गर्ने विभिन्न आधार छन् । त्यस्ता आधारमध्ये तिनको वस्तु वा अन्तर्वस्तु र बाह्य स्वरूप–संरचना मुख्य आधार हुुन् । नेपाली गाउ“खाने कथाको केही विषयात्मक अध्ययन भएको भए पनि रूपात्मक अध्ययन भने अत्यन्त कम भएको छ । नेपाली गाउ“खाने कथाका अध्येताहरूले नेपाली गाउ“खाने कथाको रूपात्मक अध्ययनमा रुचि देखाएको पाइ“दैन । कृष्णप्रसाद पराजुलीले रूपात्मक अध्ययनमा गाउ“खाने कथाको बनौट–प्रक्रिया केलाइने तथा त्यसका बाह्य पक्षकै रूप हेर्ने प्रयास हुने बताउ“दै नेपाली गाउ“खाने कथालाई आकारप्रकारगत, अनुप्रासयुक्त, लयात्मक, उपमानमूलक र प्रश्नात्मक गरी सरसरती पा“च प्रकारमा वर्गीकरण गरेका छन् । साथै उनले रूपका आधारमा शब्दविन्यास, वाक्यगत संरचना, ध्वनिचमत्कार आदि दृष्टिले वर्गीकरण गर्न सकिने भए पनि यसमा सैद्धान्तिक पक्ष बढी पर्ने भएकाले विद्वान्हरूको रुचि विषयका आधारमा विभाजन गर्ने पक्षमा बढी देखिन्छ भन्ने मान्यता राखेका छन् (पराजुली, २०५८ ः १९६) र आफूले पनि विषयात्मक अध्ययनलाई महव दिएका छन् । बन्धुले नेपाली गाउ“खाने कथालाई एकवाक्यात्मक, बहुवाक्यात्मक, कवितात्मक, गीतात्मक र कथात्मक गरी पा“च भागमा बा“डेका छन् (बन्धु, २०५८ ः ३२२–३२४) । बन्धुको यो वर्गीकरण रूपात्मक वर्गीकरण नै हो । ‘नेपाली पहेलीका विषयवस्तु’ अन्तर्गत उनले विषयका आधारमा नेपाली गाउ“खाने कथाको छुट्टै अध्ययन गरेका छन् । थापा र सुवेदीले ¤या“गा प्रकार र टुक्का प्रकार भनी नेपाली गाउ“खाने कथालाई दुई भागमा बा“डेका छन् (थापा र सुवेदी, २०४१ ः ४४९) । त्यसमा पनि रुया“गा र गौंडे गीतलाई रुया“गा प्रकारमा राखेका छन् भने चुड्किला र कवितात्मक छोटा गाउ“खाने कथालाई टुक्का प्रकारमा राखेका छन् (ऐजन ः ४४९–४५५) । यो वर्गीकरण वा छुट्याइ रूपात्मक देखिन्छ । भट्टले रूपात्मक वर्गीकरणमा शब्दसंयोजन, वाक्यगत संरचना, ध्वनिचमत्कार आदि दृष्टिले वर्गीकरण गर्न सकिने भए तापनि यसमा सैद्धान्तिक पक्ष बढी पर्ने भएकोले विद्वान्हरूको रुचि गाउ“खाने कथाको विषय वस्तुगत वर्गीकरण नै बढी व्यावहारिक देखिन्छ भन्ने टिप्पणी गरेका छन् (भट्ट, २०५५ ः ३१), जुन टिप्पणी पराजुलीको भन्दा भिन्न छैन । साथै, भट्ट आफू स्वयम् पनि रूपात्मक अध्ययनबाट विमुख भएका छन् । उनले बैतडेली गाउँ खाने कथाको रूपात्मक वर्गीकरण असम्भव देखेका छन् (ऐजन ः ४३) । उता भण्डारीले रूपात्मक आधारमा वर्गीकरण गर्दा पनि सम्पूर्ण गाउ“खाने कथालाई सजिलैस“ग वर्गीकरण र विश्लेषण गर्न गाह्रो छ भन्दै यसको विश्लेषण गर्नबाट अलग भएका छन् (भण्डारी, २०५७ ः ८१) । यी तथ्य र विवरणबाट नेपाली गाउ“खाने कथाको रूपात्मक विश्लेषण कार्य अद्यावधि उपेक्षित नै रहेको प्रस्ट हुन्छ । रूपात्मक दृष्टिले के–कस्ता छन् नेपाली गाउ“खाने कथा ? यो प्राज्ञिक र बौद्धिक चासोको विषय हो । त्यसैले नेपाली गाउ“खाने कथाको रूपात्मक विश्लेषणको औचित्य र आवश्यकता देखिन्छ ।
साहित्यको जस्तै गाउ“खाने कथाको बाह्य स्वरूप–संरचना भन्नु त्यसको रूप हो । प्रस्तुत पत्रमा रूपको सामान्य परिचय दिंदै रूपका दृष्टिले नेपाली गाउ“खाने कथा के–कस्ता रहेका छन् भनी सङ्क्षिप्त विश्लेषण गर्ने अभीष्ट राखिएको छ ।
४. नेपाली गाउँ खाने कथाको रूपात्मक विश्लेषणका आधार
नेपाली गाउँखाने कथाको बाह्य पक्षको विश्लेषणको एक मुख्य आधार रूप हो । वस्तुपक्षलाई छाडेर रूपपक्षलाई मात्र हेर्दा नेपाली गाउ“खाने कथालाई प्रश्न, आकार र शब्दसङ्ख्या, क्रियापद, भाषिक रूप वा भाषिक अभिव्यक्ति, अक्षर–संरचना, सङ्गठन, शब्दसंयोजन आदिका आधारमा वर्र्गीकरण गर्न सकिन्छ । पराजुलीले नेपाली गाउ“खाने कथाको आकारप्रकारगत, अनुप्रासयुक्त, लयात्मक, उपमानमूलक र प्रश्नात्मक गरी रूपात्मक वर्र्गीकरण गरेका छन् (पराजुली, पूर्ववत् ः १९५–१९६) भने बन्धुले संरचनात्मक दृष्टिले एकवाक्यात्मक, बहुवाक्यात्मक, कवितात्मक, गीतात्मक र कथात्मक गरी पा“च प्रकारमा वर्र्गीकरण गरेका छन् (बन्धु, पूर्ववत् ः ३२२–३२४) । लामाछोटा र एकवाक्य, अनेकवाक्य आदिलाई आकारगत, अनुप्रास, लयात्मक, कवितात्मक, गीतात्मक र कथात्मक आदिलाई भाषिक रूपअन्तर्गत राखेर अध्ययन गर्न सकिने देखिन्छ । गाउ“खाने कथाको भाषिक मूल रूप कथ्य भएकाले यसको वर्र्गीकरण अक्षर–संरचनाका दृष्टिले पनि अपेक्षित छ । अक्षरको सम्बन्ध उच्चारण वा कथ्य भाषासित छ । त्यसैले प्रश्नात्मकता, आकार, क्रियापद, भाषिक रूप, अक्षर–संरचना र सङ्गठन आदिका आधारमा नेपाली गाउ“खाने कथाको रूपात्मक विश्लेषण सही ढङ्गले हुन सक्छ । यिनका अतिरिक्त शब्दसंयोजन, हरफ, चरण वा पाउ आदिका आधारमा पनि नेपाली गाउ“खाने कथाको रूपात्मक विश्लेषण हुन सक्ने भए तापनि प्रस्तुत सन्दर्भमा प्रश्नात्मकता, आकार, शब्द, क्रियापद, भाषिक रूप, अक्षर–संरचना र सङ्गठनका आधारमा नेपाली गाउ“खाने कथाको रूपात्मक विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
५. नेपाली गाउ“खाने कथाको रूपात्मक विश्लेषण :
५.१ प्रश्नका आधारमा
नेपाली गाउ“खाने कथाको संरचनामा प्रश्न अनिवार्य रूपले रहेको हुन्छ । बन्धुले नेपाली गाउ“खाने कथा मूल रूपमा प्रश्न हुन् भनेका छन् (बन्धु, पूर्ववत् ः ३१७) भने प्रसादले गाउ“खाने कथा प्रश्नात्मक भए पनि विध्यर्थक भए पनि त्यो हरहालतमा प्रश्न नै हुन्छ भनेका छन् (प्रसाद, १९७३ ः १२१) । पराजुलीले नेपाली गाउ“खाने कथाको रूपात्मक वर्गीकरण गर्दा एउटा आधार प्रश्नात्मकतालाई पनि बनाएका छन् (पराजुली, पूर्ववत् ः १९६) । यी कथ्य र तथ्यले नेपाली गाउ“खाने कथाको संरचनामा प्रश्न रहेको कुरालाई पुष्टि गर्दछन् । त्यो प्रश्न नेपाली गाउ“खाने कथामा दुई प्रकारले प्रकट भएको हुन्छ । पहिलो त, गाउ“खाने कथाको मूल संरचनाभित्र प्रश्नवाचक सर्वनाम के÷क्या… आएको हुन्छ । दोस्रो, गाउ“खाने कथाको मूल संरचनाभित्र प्रश्नात्मक सर्वनाम के÷क्या … नभएमा गाउ“खाने कथाको परिधीय वा अन्तमा के हो ? लगाइन्छ ।
(क) (१) आमा गइन् मेलापात, बाबु गए गाउ
ढोकामा बसे लट्टे जोगी आफू कता जाउ।
(२) एकै र मुठी जिरीको साग, घिउतेलले झानन
धरतीमुनि सुनको फाली यो क्या हो जानन ।
(ख) (१) पात एकै नाइ, हगा लेखै नाइ“ । (के हो ?)
(२) हा“गा एकै नाइ“, पात लेखै नाइ“ । (के हो ?)
(३) एउटा ठुटामा दुईवटा च्याउ,
त्यो कथा नजाने मुसा पोली खाऊ । (के हो ?)
माथिका उदाहरणमा (क) समूहका गाउ“खाने कथाको मूल संरचनाभित्रै प्रश्नार्थक सर्वनाम (कतारक्या) छन् भने दोस्रो (ख) समूहका गाउ“खाने कथाको मूल संरचनाभित्र यस्तो प्रश्नार्थक सर्वनामको अभाव छ, तर यसको प्रयोगकर्ता वा सम्पादनकर्ताले गाउ“खाने कथाका अन्तमा परिधीय रूपमा के हो ? समेतको प्रयोग गर्दछ । पहिलो समूहको (२) लाई झ्या“गा पनि भनिन्छ । पहिलो समूहका गाउ“खाने कथा गीत्यात्मक छन् भने दोस्रो समूहका गाउ“खाने कथा लयात्मक रहेका छन् । कथनात्मक रहे पनि के हो ? प्रश्नको योगले गर्दा ती घुमाईफिराई प्रश्नात्मक नै बन्न गएका छन् । यसबाट नेपाली गाउ“खाने कथाको मूल संरचना प्रश्नात्मक हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
गाउँखाने कथाको सम्पादन दुई पक्षमा पूर्ण हुन्छ । पहिलो सम्पादनकर्ता प्राश्निक हुन्छ, ऊ प्रश्न राख्छ र दोस्रो सम्पादनकर्ता उत्तरदाता हुन्छ, ऊ उत्तर प्रस्तुत गर्छ । प्राश्निक र उत्तरदाता अर्थात् दुवै सम्पादनकर्ताको समष्टिगत सम्पादनबाट मात्र गाउ“खाने कथाको सार्थकता झल्किन्छ । यस सम्पादनका दृष्टिले पनि गाउ“खाने कथाको संरचनामा मूलमै प्रश्नात्मकता रहेको प्रस्ट हुन्छ ।
५.२ आकारका आधारमा
नेपाली गाउँखाने कथा सबै समान आकार–प्रकारका छैनन् । कुनै छोटा र कुनै लामा पनि छन् । लामा र छोटा छुट्याउने पनि तिनकै सापेक्षमा हो । गाउ“खाने कथामा प्रयुक्त शब्दको सङ्ख्याका आधारमा तिनलाई छोटा वा लघु आकारका, मध्यम आकारका र बृहत् आकारका भनी छुट्याउन सकिन्छ । पराजुलीले गएपछि नफर्कने (वाण हानेको),चिचीमाथिको पापा (नङ) आदिलाई पनि सङ्कलन गरेका छन् (पराजुली, पूर्ववत् ः २२५, २२९) । यसबाहेक दुई र त्यसभन्दा कम शब्दका गाउ“खाने कथा पाइ“दैनन् । यस्तै पराजुलीकै सङ्कलनमा परेको निम्नलिखित गाउ“खाने कथा नवसृजित भए पनि सर्वाधिक लामो र बृहत् आकारको रहेको देखिन्छ ।
चौकुना मिलेको टारी, गाउ“मा सुक्खा कुवा चार,
अठार चोरले एक नारीलाई गर्न खोज्छन् प्यार,
सुराक लगाई, एक प्रहरी आयो, कुटी–कुटी मजा चखायो,
एक–एक गर्दै सकेजति सबैलाई कुवामा खसायो ।
(क्यारिम खेल) (पराजुली, पूर्ववत् ः २३०)
यसमा २८ शब्द रहेका छन् । यसबाट दुईदेखि अठ्ठाइस शब्दसम्मका गाउ“खाने कथा रहेको प्रस्ट हुन्छ । त्यसमा पनि २ देखि ६ शब्दसम्मका र १६ देखि २८ सम्मका शब्द भएका गाउ“खाने कथा कम पाइन्छन् । यसै आधारमा सजिलोका लागि गाउ“खाने कथामा निहित शब्दहरूको सङ्ख्यासमेतका आधारमा नेपाली गाउ“खाने कथालाई निम्नअनुसार तीन समूहमा विभाजन गर्न सकिन्छ :
५.२.१ लघु आकार :
दुईदेखि छ शब्दसम्मका नेपाली गाउ“खाने कथालाई लघु आकारका गाउ“खाने कथा भन्न सकिन्छ । नेपालीमा एकशब्दात्मक गाउ“खाने कथा पाइन्न । यस्ता एकशब्दात्मक गाउ“खाने कथा अफ्रिकाली गाउ“खाने कथामा पाइन्छन् (प्रसाद, १९७३ ः १२५) । नेपालीमा लघु आकारका गाउ“खाने कथाका पर्याप्त उदाहरण उपलब्ध छन् । दुईवटा शब्दका सीमित गाउ“खाने कथा उपलब्ध छन् । तल प्रत्येक शब्द–सङ्ख्याका उदाहरण प्रस्तुत गरिएको छ ः
दुई शब्द ः गएपछि नफर्कने । (बाण हानेको)
चिचीमाथिको पापा । (नङ)
तीन शब्दः गणेशजीको पछाडि इनार । (पानस)
आमाभन्दा छोरी कुप्री । (निहुरो)
चार शब्द ः अत्ती न पत्ती पिंधमा बत्ती । (जुनकिरी)
छोरी कुट्छे, आमा रुन्छे । (लोहोरो र सिलौटो)
पाँच शब्द ः छोड्छोड् बूढा, म अघि जान्छु । (लौरो टेकेको)
नौतले घरको ¤याल न ढोका । (बा“स)
छ शब्दः चार भाइ लडे, सय भाइ बढे । (मकै)
पात एकै नाइ“, हा“गा लेखै नाइ“ । (सिउ“डी)
धार्नी न बिसौली, दुई हातले उचाली । (टोपी लगाएको)
५.२.२ मध्यम आकार :
७ देखि १५ शब्द भएका गाउ“खाने कथालाई मध्यम आकारका गाउ“खाने कथा मान्न सकिन्छ । बढीजसो नेपाली गाउ“खाने कथा मध्यम आकारकै रहेका पाइन्छन् । तल प्रत्येक शब्द–सङ्ख्याका उदाहरण प्रस्तुत गरिएको छ ः
सात शब्द ः अन्न खान्छु सानी किरी ¤यालबाट फुत्त छिरी । (घुन)
आठ शब्द ः चार चुच्चे मुख बुच्चे, पानीमा नुहाई घाममा सुत्छे । (रुमाल सुकाएको)
घाँटीमा झुन्ड्याई गालामा हाने, मीठो स्वरमा बोल्दछ साने । (मादल)
नँै शब्द ः आ“खा छ देख्दैन, कान छ सुन्दैन, मान्छे हो बोल्दैन । (सालिक÷तस्वीर)
दस शब्द ः यो मेरो टेक्ने, यो मेरो छेक्ने, परिआएको बेला पुर्पुरो सेक्ने । (लौरो)
लपकने बाख्राको झपकने कान, एक हातले नसके दुई हातले तान । (मुला उखेलेको)
एघार शब्द ः माटामुनि बास मेरो हिउ“जस्तो रूप, केटाकेटी धेरै छन् काम लाग्छु खुप । (लसुन)
बाह« शब्द ः घट्टमा बस्छ घटेरो होइन, भ“ुभ“ु गर्छ भ“मरो होइन, जनै लगाउ“छ बाहुन होइन । (घट्टको चरो)
तेह« शब्द ः चार पाउकी चुप्प रानी दिनहु“ उठी नुहाउ“छिन्,
दालरोटीको मर्म नबुझी का“चा रोटी बुकाउ“छिन् । (चकला)
बजाउन हुन्छ बाजा होइन, लगाउन हुन्छ
औंठी होइन, गोलो छ रिङ पनि होइन । (चुरा)
चौध शब्द ः डरलाग्दा आ“खा छन् चितुवा होइन,
राघेपाटे छ बाघ होइन,
लामो पुच्छर छ बा“दर होइन । (बिरालो)
पन्ध्र शब्द ः रामु तल श्यामु माथि, श्यामु तल रामु माथि
यो खेल नजान्नेलाई भने हुन्छ लाटालाटी ।
(ढिकीच्याउ“)
५.२.३ बृहत् आकार :
१६ देखि माथि जतिसुकै शब्द भए पनित्यस्ता गाउ“खाने कथालाई बृहत् आकारका मानिएको छ । बढीमा २८ शब्दसम्मका गाउ“खाने कथा भेटिएका छन् । यस समूहका गाउ“खाने कथाका प्रत्येक शब्द–सङ्ख्याका उदाहरण हाल प्राप्त भएका छैनन्, खोजी गर्दै जाने हो भने पाइने सम्भावना रहेको छ । फेरि पनि बृहत् वा अति लामा नेपाली गाउ“खाने कथा व्यापक रूपमा प्राप्त हुने सम्भावना भने कमै छ । हाल जो प्राप्त छन् र जसलाई सङ्कलन गरिएको छ, तिनलाई तल उदाहरणमा दिइएको छ ।
सोह« शब्द ः भ“ुभु“ गर्छ भ“मरा होइन,
उडेर जान्छ चरा होइन,
सिनो खान्छ गिद्ध होइन,
सु“ढ छ हात्ती होइन । (झिँगा)
सत्र शब्द ः गजुर छ मन्दिर होइन,
पखेटा छ चरा होइन,
करङ छ मान्छे होइन,
घुम्रिएको पुच्छर छ कुकुर होइन । (छाता)
अठार शब्द ः मुख भने एउटै हो बाह्रबटा आँखा
दुई–तीन औँला औधी चनाखा,
हल्लाउ“छ त्यसले पुच्छर हरदम
छिन–छिन बोल्छ टिकटिक टमटम । (घडी)
बीस शब्द ः रातो सिउर छ कुखुरो होइन,
गलामा कन्ठी छ मुजुर होइन,
लामो पुच्छर छ बाँदर होइन,
चार खुट्टा छन् जनावर हेइन । (छेपारो)
बाइस शब्द ः जन्मन्छ वनमा, त्यो मिल्छ धनमा
रुन्छ बरा बाहिरै परी
तस्वीर छैन खाली पगरी,
खुट्टा छन् वरिपरि
बस्ने बेला थुचुक्क
हिड्दाचाहिँ घोडा चढी । (डोको)
अठ्ठाइस शब्द ःचौकुना मिलेको टारी, गाउ“मा सुक्खा कुवा चार,
अठार चोरले एक नारीलाई गर्न खोज्छन् प्यार,
सुराक लगाई, एक प्रहरी आयो, कुटी–कुटी मजा चखायो,
एक–एक गर्दै सकेजति सबैलाई कुवामा खसायो । (क्यारिम खेल)
यसरी आकारका दृष्टिले हेर्दा नेपाली गाउ“खाने कथा विभिन्न आकारका पाइन्छन् । बृहत् आकारका गाउ“खाने कथा एकदमै कम देखिन्छन् भने लघु आकारका गाउ“खाने कथा पनि मध्यम आकारका गाउ“खाने कथाका तुलनामा कमै पाइन्छन्, तर मध्यम आकारका गाउ“खाने कथा भने सबैभन्दा बढी सङ्ख्यामा पाइन्छन् ।
आकारका दृष्टिले गाउँखाने कथालाई लामा र छोटा गरी दुई समूहमा विभाजन गर्न सकिन्छ, तर लघुत्व र लम्बत्वको कुनै सीमा नै नभएकोले कतिसम्मका गाउ“खाने कथालाई छोटो भन्ने ? भन्ने समस्या रहिरहन्छ र त्यो विवादमुक्त हु“दैन । त्यसैले शब्दसङ्ख्याका आधारमा छुट्याउनु औचित्यपूर्ण देखिन्छ ।
५.३ क्रियाका आधारमा
नेपाली गाउँखाने कथा प्रायः वाक्यस्तरका छन् । वाक्यमा समापक क्रियापदको अनिवार्यता रहन्छ । खास भाषिक प्रयोगमा विधेय रूपले रहेको क्रियापद नरहन पनि सक्छ, तर त्यस्तो अवस्थामा पनि वाक्यको आन्तरिक संरचनामा भने क्रिया रहेकै हुन्छ । व्याकरणमा उपस्थित अंशका सहायताले अनुपस्थित अंशलाई अध्याहार गरिन्छ ।
अधिकांश नेपाली गाउँखाने कथा क्रियायुक्त नै छन् भने केही गाउ“खाने कथा क्रियामुक्त रहेका पाइन्छन् । त्यसैले क्रियाका आधारमा नेपाली गाउ“खाने कथालाई दुई समूहमा वर्र्गीकरण गर्न सकिन्छ : क्रियायुक्त र क्रियामुक्त ।
५.३.१ क्रियायुक्त :
नेपाली गाउ“खाने कथाको मूल स्वरूप–संरचना क्रियायुक्त हुनुमै रहेको छ । अधिकांश गाउ“खाने कथा क्रियायुक्त नै छन् । एउटा वाक्यमा कम्तीमा एउटा क्रिया हुन्छ, तर जटिल (संयुक्त र मिश्र) वाक्यमा एकाधिक क्रिया हुनैपर्छ । नेपाली गाउ“खाने कथा क्रियामुक्त, एकक्रियायुक्त र बहुक्रियायुक्त समेत रहेका छन् । क्रियाको आसन्नताका दृष्टिले एक क्रियादेखि बढीमा आठवटा क्रिया भएका गाउ“खाने कथाहरू रहेको पाइन्छ । यहा“ वाक्यको बाह्य संरचनामा क्रिया भएका गाउ“खाने कथाहरूबाट प्रत्येकको उदाहरण दिइएको छ ।
एक क्रिया ः हात न खुट्टा उखेल्छ बुट्टा । (पहिरो)
दुई क्रिया ः हात्ती छि¥यो पुच्छर अड्क्यो । (लुगा सिएको)
तीन क्रिया ः अघि म हरियो थिए“,पछि भए“राती,
यही बैरीका फेलापरें कागजस्ती काली । (चुक)
चार क्रिया ः आमा गइन्मेलापात, बुबागएगाउँ
ढोकामाबसे लट्टे जोगी आफू कता जाउँ ।
(ढोका ताल्चा मारेको)
पा“च क्रिया ः कराएको सुनिन्छ देख्न सकिन्न,
जताततै पस्छ रोक्न सकिन्न,
त्यो नभई फेरि बाँच्न सकिन्न । (हावा)
छ क्रिया ः आ“खा छ देख्दैन, कान छ सुन्दैन, मान्छे हो बोल्दैन । (सालिक÷तस्वीर)
हातछ खुट्टा छैन, जिउ छ आँखा छैन, गर्दन छ टाउको छैन । (कमिज)
सात क्रिया ःजीउभरि रवैंरउँ भालु होइन,
हातखुट्टाचलाउँछ स्याल होइन,
बच्चा च्यापी हिँड्छ मान्छे होइन,
रुखरुखमा चढ्छ बिरालो होइन । (बाँदर)
आठ क्रिया ः रातो सिउर छ कुखुरो होइन,
गलामा कन्ठी छ मुजुर होइन,
लामो पुच्छर छ बाँदर होइन,
चार खुट्टा छन् जनावर होइन । (छेपारो)
५.३.१ क्रियालुप्त :
वाक्यको बाह्य संरचनामा क्रिया नभएका वाक्यात्मक गाउँखाने कथालाई क्रियामुक्त वा क्रियालुप्त गाउँखाने कथा मानिएको छ । नेपाली गाउँखाने कथा क्रियालुप्त रूपमा पनि पाइन्छन् । केही उदाहरण :
(१) अँजुलीभरि सुनका मुन्द्रा । (बोहोता)
(२) एक भाइका चार खुट्टा । (खाट)
(३) दाँत बाहिर ओठ भित्र । (मुसल)
(४) गाई गोठमा हार वनमा । (फर्सी र लहरो)
(५) अँध्यारो कुनामा काली बूढी । (हाँडी)
(६) एक सिङ्गे गोरु होक्काँ † होक्काँ † (जाँतो पिंधेको)
यस्ता क्रियामुक्त गाउँखाने कथा क्रियायुक्त गाउ“खाने कथाका तुलनामा कम छन् । यिनका बाह्य संरचनामा क्रियाको उपस्थिति नभए पनि क्रिया भएसरह अर्थद्योतन गर्न सक्षम रहेका पाइन्छन् । अ“जुलीभरि सुनका मुन्द्रा । के हो ? को आन्तरिक संरचना ‘अ“जुलीभरि सुनका मुन्द्रा छन् । त्यो के हो ?’ भन्ने हो ।यहा“ ‘छन्’ क्रिया लुप्त छ । यसरी क्रिया लुप्त भई गाउ“खाने कथा क्रियामुक्त अवस्थामा प्रकट हुन्छन् । क्रियामुक्त वा क्रियाहीन भए तापनि गाउ“खाने कथा वस्तु वा विषयको लक्षण व्यक्त गर्न समर्थवान् रहेको पाइन्छ ।
५.४ भाषिक अभिव्यक्तिका आधारमा
गाउ“खाने कथाको अभिव्यक्तिको माध्यम भाषा हो । भाषिक माध्यमबिना गाउँखाने कथा प्रकट हुन सक्दैनन् भने त्यो भाषा मूलतः गद्य र अंशतः लयात्मक वा कवितात्मक रहेको पाइन्छ । त्यसैले भाषिक रूपका आधारमा नेपाली गाउ“खाने कथालाई गद्यरूप र कवितात्मक रूप गरी दुई भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
५.४.१ गद्यात्मक अभिव्यक्ति
नेपाली गाउँखाने कथाहरू मुख्यतया गद्यरूपका रहेका छन् । हिंड्दै छ धोती सुकाउँदै छ, के हो ?(चिप्लेकिरा)÷हाँस्दै पनि छ रुँदै पनि छ, के हो ?(घामपानी)÷हिंड् पुड्की भात खान जाऊ“, के हो ?(लोटा) आदि गाउ“खाने कथा गद्यरूपमै प्रकट भएका छन् ।
गद्यमा रहेका गाउँखाने कथाहरू पनि सबै व्याकरणसम्मत पदक्रममा छैनन् । लोकसमाजको रागात्मकता वा सौन्दर्यचेतका कारण पदक्रममा विचलन भएको, क्रिया नै नरहेको अवस्थासमेत पाइन्छ । पुड्के बाहुनको सुर्के चन्दन । (मास)÷ एक मूलका दस धारा । (दूधका सिर्का)÷ यी गाउ“खाने कथामा क्रियापद छैन र क्रियापद नभएरै पनि अर्थद्योतन भएको छ ।
आमा गइन् मेलापात, बुबा गए गाउँ
ढोकामा बसे लट्टे जोगी आफू कता जाउँ ।(ढोकामा ताल्चा मारेको)
यस गाउँखाने कथामा चारवटा वाक्यखण्ड छन्, जसमध्ये पहिलो र दोस्रो वाक्यखण्डमा क्रियापद (गइन्, गए) कर्ता (आमा, बुबा) र पूरक कर्ता (मेलापात, गाउ“) का बीचमा आएको छ । तेस्रो वाक्यखण्डमा कर्ता (जोगी) र क्रिया (बसे) भन्दा पछि रहेको छ । यी वाक्यखण्ड साधारण र व्याकरणिक पदक्रममा भए निम्नअनुसार हुन्छन् –
आमा मेलापात गइन् ।
बाबु गाउँ गए ।
ढोकामा लट्टे जोगी बसे ।
म (आफू) कता जाउँ ?
यसबाट के निष्कर्षमा पुगिन्छ भने गद्यरूपका गाउ“खाने कथामा पनि रागात्मक र सौन्दर्यचेत रहेको पाइन्छ । लोकजीवनमा रचना भएर पटक–पटक भनिदै–संशोधन–परिमार्जन ह“ुदै आएकाले गाउ“खाने कथामा यस्तो खारिएको भाषा रहन गएको हो । अलिखित रूपमा वा लोकसमाजका मुखमुखमा (मौखिक परम्परामा) सर्दै आएकाले सबै ठाउ“को गाउ“खाने कथाका रूपमा एकरूपता पाइ“दैन । एकै ठाउ“का गाउ“खाने कथामा पनि सम्पादनकर्ताको स्तर र परिवेशअनुसार पाठान्तर पाइरहनुको कारण यही हो ।
५.४.२ कवितात्मक अभिव्यक्ति
गाउ“खाने कथाको माध्यम मुख्यतया गद्य भाषा नै भए पनि नेपाली लोकसमाजको रागात्मक र सौन्दर्यचेतले गर्दँ गाउ“खाने कथाहरू कवितात्मक रूपमा समेत प्रकट भएका पाइन्छन् । नेपाली गाउ“खाने कथामा लयात्मकता, आलङ्कारिकता, प्रतीकात्मकता, बिम्ब आदि पनि पाइन्छन् । यी कुराहरू खासगरी कविताका सन्दर्भमा चर्चा हुने गर्दछन् । यिनको उपस्थितिले नेपाली गाउ“खाने कथा कवितात्मक रूपमा प्रकट भएका छन् । गाउ“खाने कथा भनिने र सुन्नेले सम्झेर राखी अर्को सन्दर्भमा पुनः प्रयोग गरिने हु“दा त्यो स्मरणीय हुनु जरुरी छ । कवितात्मकताले स्मरण गरिराख्नका लागि मद्दत पु¥याउ“छ । अनुप्रास वा तुकबन्दीयुक्त गाउ“खाने कथा गद्यरूपका गाउ“खाने कथाहरूका तुलनामा बढी सम्झन सकिने हुन्छन् । वस्तु वा कथ्य वा भाव, कल्पना, लय र विशिष्ट भाषाशैली यी कविताका तŒव वा उपकरण हुन् । कविता मनका कुरा वा स्वस्पूmर्त भाव वा अनुभूति कविताको वस्तु हो, जसलाई कथ्य वा विचार वा भाव पनि भनिन्छ । सो वस्तुलाई लयात्मक ढङ्गमा भाषाका माध्यमबाट प्रस्तुत गरिन्छ, त्यसैले लय र भाषाशैली पनि कविताका तŒव हुन् । जतिसुकै वस्तुनिष्ठ वा यथार्थमा आधारित भए पनि कवितामा कल्पनाको विशिष्ट भूमिका हुन्छ । कुनै पनि नयँ“ कुरा सोच्नु र त्यसलाई कवितामा उतार्नुलाई कल्पना भनिन्छ । यसरी विशिष्ट भाषाशैलीमा लयात्मक पारामा जीवनजगत्को नवसृजन कविता हो भत्रे बुझिन्छ । गाउ“खाने कथा लोकसाहित्यको स्वतन्त्र विधा हो । यो कविता वा लोककविता होइन । फेरि पनि यसमा कवितात्मकता भने पाइन्छ ।
५.४.२.१ लयात्मकता
साहित्यका अन्य विधाबाट कवितालाई अलग्याउने मुख्य कारक तत्व लय हो । माध्यम, वस्तु र क्रिया अन्य विधामा पनि उत्तिकै हुन्छन् । अन्य विधामा लयात्मकता भए पनि लय अनिवार्य हुन्न । कवितामा लय अनिवार्य हुन्छ । यही लयको विधान गर्न छन्द अ“गालिन्छ । छन्द भनेको लययोजनाकै शास्त्रीय नियम हो । यति, गति र लय मिलेको वर्ण, मात्रा आदि गणनाअनुसार पद्यात्मक रचना गरिने निश्चित मानलाई छन्द भनिन्छ (पोखरेल, २०४० ः ४४१) ।
संस्कृतको ‘छद्’ धातुमा ‘घञ्’ प्रत्यय लागेर ‘छन्द’ शब्द बनेको हो । यसको शाब्दिक अर्थ प्रसन्न गर्नु, रक्षा गर्नु आदि हुन्छ । साहित्यका सन्दर्भमा ‘छन्द’ भन्नाले लयविधानको शास्त्रीय विधानलाई बुझिन्छ । छन्दका सन्दर्भमा ‘गति’ भन्नाले स्वरसाम्ययुक्त उच्चारण प्रवाह भन्ने बुझिन्छ (त्रिगुणायत, १९७४ ः ३) । यस्तै उच्चारण गर्दा बीचबीचमा वा चरणान्तमा आउने अडान वा विश्रामलाई ‘यति’ भनिन्छ । यस्तो यति अनुप्रासयुक्त र अनुप्रासमुक्त दुवै हुन सक्छ । लयका धेरै सन्दर्भपरक अर्थ भए पनि कविताका सन्दर्भमा यसले स्वरको आरोह–अवरोहलाई बुझाउ“छ । यस्तो लय मुक्त र बद्ध गरी दुई प्रकारको हुन्छ । गद्यकविता मुक्तलयमा हुन्छ भने छन्दमा लेखिएका कवितामा बद्धलय हुन्छ । कुनै गाउ“खाने कथामा छन्दविशेषको नियमअनुरूप मात्राविधान पाइनु आश्चर्यजनक छैन, तापनि गाउ“खाने कथामा मात्राको समानताभन्दा लयको बढी महŒव रहेको हुन्छ । हरेक भाषाका गाउ“खाने कथामा तिनै छन्दको उपयोग भएको पाइन्छ, जुन त्यहा“ लोकप्रिय भएको हुन्छ (प्रसाद, पूर्ववत् ः १२४–१२५) । कवितात्मक नेपाली गाउ“खाने कथाहरू शास्त्रीय छन्दमा नभएर नेपाली लोकलयमा आधारित छन् । लयात्मक गाउ“खाने कथाका केही उदाहरण ः–
(१) अकासका तारा धर्तीमा आए
धर्तीमा आउ“दा मौरी रमाए । (तोरी फुलेको)
(२) अकासको फल धर्तीमा झर्यो
झर्नेबित्तिकै बिलाई मर्यो । (असिना)
(३) अकासमा आगो पातालमा पानी
म्वाइँ खान जा“दा चिच्याउने बानी । (तमाखु खाएको)
(४) आमा गइन् मेलापात, बाबु गए गाउँ
ढोकामा बसे लट्टे जोगी आपूm कता जाऊँ।
(ढोकामा ताल्चा मारेको)
(५) जन्मन्छ वनमा
त्यो मिल्छ धनमा
रुन्छ बरा बाहिरै परी
तस्वीर छैन
खाली पगरी छन् वरिपरि
बस्ने बेला थुचुक्क
हिंड्दाचाहि“ घोडा चढी । (डोको)
(६) एकै र मुठी जिरीको साग घिउतेलले झानन
धरतीमुनि सुनको फाली यो क्या हो जानन ।
५.४.२.२ आलड्ढारिकता
अलङ्कार साहित्यको शोभा हो । अलङ्कार साहित्यका सबै विधामा भए पनि खासगरी कविताका सन्दर्भमा बढी उपलब्ध हुन्छ । गहनाले मान्छेको सौन्दर्य बढाएझैं अलङ्कारले साहित्यको शोभा बढाउ“छन् । अलङ्कार मान्छेलाई गहना अनिवार्य नभएझंै साहित्यमा अनिवार्य छैनन् । संस्कृत काव्यशास्त्रीले अलङ्कारको व्यापक चर्चा गरेका छन् । कतिपय काव्यशास्त्रीले अलङ्कारलाई नै काव्य मान्न पुगेका छन् । यस अतिवादका पछि लाग्न नसके पनि अलङ्कारले काव्यकवितामा सुनमा सुगन्ध भर्ने काम गर्छन् । शब्दालङ्कार र अर्थालङ्कार गरी अलङ्कारका मुख्य दुई वर्ग छन् भने यी दुवैका अरू थुप्रै प्रकार पाइन्छन् । अनुप्रास एक शब्दालङ्कार हो । सम–विषम ध्वनि, अक्षर र वर्णको पटकपटक हुने आवृत्ति वा पुनरावृत्तिबाट जुन शब्दालङ्कार बन्छ, त्यो नै अनुप्रास हो । लोकसाहित्य साहित्यशास्त्रीय नियममा हिंड्दैन । लोकसाहित्यको आÏनै विधान हुन्छ । फेरि पनि साहित्य साहित्य नै हो । लोकसाहित्यमा साहित्यका तŒवहरू हुनु वाञ्छनीय हुन्छ । नेपाली गाउ“खाने कथामा रूपक, अनुप्रास आदि अलङ्कारको व्यापकता पाइन्छ । अकासको फल धर्तीमा झ¥यो, झर्ने बित्तिकै बिलाई म¥यो ।यस गाउ“खाने कथामाझ¥यो रम¥योको अन्त्यानुप्रास अलङ्कार रहेको छ । अलङकी रानी पलङमा सुत्छे, सुर्जेलाई देख्दा लुपुक्क लुक्छे । यस गाउ“खाने कथामासुत्छे रलुक्छेको अन्त्यानुप्रास रहेको छ । खाऊ“–खाऊ“ रोटी खाई नसक्नू, दाऊ“–दाऊ“ बहर दाई नसक्नू, टेकू“–टेक“ू लौरी टेकी नसक्नू । यस गाउ“खाने कथामा खाऊ“–खाऊ“, दाऊ“–दाऊ“ र टेकू“–टेक“ूको ध्वनिसाम्यताबाट अन्तरअनुप्रास झल्केको देखिन्छ । यस्तै आलङ्कारिकता तलका गाउ“खाने कथामा पनि पाइन्छ –
(१) खुट्टा नहु“दा जमिनमा हिंड्न पाएन
पखेंटा नहु“दा अकासमा उड्न पाएन । के हो ? (माछो)
(२) चारचुच्चे मुख बुच्चे
पानीमा नुहाई घाममा सुत्छे । के हो ?
(रुमाल धोएर सुकाएको)
(३) तामे नली फलामे फली
यो कथा नजान्ने मेरो हली । के हो ? (फापर)
(४) बाहिर काली कोइली
भित्र तामा चोइली । के हो ? (मसुरो)
(५) वनतिर जा“दा घरतिर मुख
घरतिर जा“दा वनतिर मुख के हो ? (बन्चरो÷बन्दुक)
(६) यो मेरो टेक्ने यो मेरो छेक्ने
परिआएको बेलामा पुर्पुरो सेक्ने के हो ? (लौरो)
५.४.२.३ प्रतीकात्मकता
गाउ“खाने कथामा कुनै वस्तुको विवरण वा लक्षण घुमाउरो ढङ्गले दिंदै त्यही विवरण वा लक्षणका आधारमा वस्तु जान्ने चेष्टा हुन्छ । त्यस्ता लक्षण वा वर्णनले सोझोे अर्थ दिन्नन् । सोझो अर्थभन्दा पर तर त्यस्तैत्यस्तै वर्णन वा लक्षणद्वारा त्यस वस्तुलाई बुझाइन्छ । यसरी बुझाउनुलाई प्रतीक भनिन्छ । त्यसैले गाउ“खाने कथामा प्रतीकको प्रयोग भएको पाइन्छ । प्रतीकात्मकता नेपाली गाउ“खाने कथाको विशेषता हो । धार्नी न बिसौली, दुई हातले उचाली । के हो ? यसमा धार्नीेको पनि नभएको बिसौलीको परिमाण पनि नभएको कुनै वस्तुलाई दुई हातले उचाल्ने काम सामान्यार्थ होइन । यो वर्णन हो, लक्षण हो । अब यसबाट तौल वा वजन खासै नभएको तर दुई हातले उचाल्नुपर्ने वा उचालिने वस्तुको खोजी गर्नुपर्ने हुन्छ र त्यस्तो वस्तु टोपी हुन्छ । टोपी (ढाका टोपी) लगाउ“दा त्यो वजनदार नभए पनि त्यसलाई दुई हातले उचाली मिलाएर लगाइन्छ । यस्तै, अत्ती न पत्ती पिंधमा बत्ती के हो ? (जुनकिरी) ÷ सानो–सानो दह सिन्का परे नसह के हो ?(आ“खा) ÷ हेरे दुईवटा नहेरे एउटा, हेर् त“लाई देख् मलाई, के हो ?(ऐना) ÷ अलङकी रानी पलङमा सुत्छे, सुर्जेलाई देख्दा लुपुक्क लुक्छे के हो ? (शीत) ÷ आफू छ कागत ठूलो छ ताकत के हो ?(नोट) आदि उदाहरणमा पनि प्रतीकात्मकता पाइन्छ ।
५.४.२.४ बिम्ब
बिम्ब भनेको कुनै पनि वस्तुको मस्तिष्कमा पर्ने छायाँ हो, प्रतिबिम्ब हो र बिम्बविधान भनेको त्यस्तै बिम्बहरूको सृजना गर्ने काम हो । भाषाका माध्यमबाट श्रोेताका मनमस्तिष्कमा वास्तविकताको झलक दिनु वा यथार्थको भ्रम सृजना गर्नु नै बिम्बको सृजना गर्नु हो । नेपाली गाउ“खाने कथामा व्यापक रूपमा बिम्बविधान भएको पाइन्छ । केही उदाहरण हेरौं ः –
(१) अकासका तारा धर्र्तीमा आए
धर्तीमा आउँदा मौरी रमाए । के हो ? (मौरी)
(२) अकासको फल धर्तीमा झ¥यो
झर्नेबित्तिकै बिलाई म¥यो । के हो ? (असिना)
(३) आफू छ कागत ठूलो छ ताकत । के हो ? (नोट)
(४) एउटा ठुटामा दुईवटा च्याउ
यो कथा नजाने मुसा पोली खाऊ । के हो ? (कान)
(५) नौतले घरको झ्याल न ढोका । के हो ? (बँ“स)
यी गाउ“खाने कथामध्ये पहिलोमा आकाशका तारा धर्तीमा आएको र धर्तीमा आएको कारणबाट मौरी रमाएको बिम्ब, दोस्रोेमा आकाशको फल धर्तीमा झर्नेबित्तिकै बिलाएको, तेस्रोेमा सानो कागतको ठूलो तागत भएको, चौथोमा एउटा ठुटामा दुईवटा च्याउ भएको र पा“चौंमा झ्याल, ढोका नभएको नौतले घरको बिम्ब श्रोेता वा पाठकको मस्तिष्कमा पर्छ ।
नेपालीमा केही यस्ता गाउ“खाने कथा पनि छन्, जो लय, अनुप्रास, प्रतीक, बिम्ब आदि उपस्थित भई कवितात्मक रूपमा प्रकट भएका छन् । नेपाली गाउ“खाने कथामा व्यापक रूपमा कवितात्मकता पाइन्छ । कविताका लयात्मक, आलङ्कारिकता, प्रतीकात्मकता र बिम्बजस्ता तŒवहरू गाउ“खाने कथामा व्यापक रूपमा रहेकाले नेपाली गाउ“खाने कथाको भाषिक रूप कवितात्मकसमेत रहेको पुष्टि हुन्छ । कवितात्मक भाषिक रूपका गाउ“खाने कथाको सङ्ख्या उल्लेख्य रहेको पाइन्छ । गद्यमै रहेको गाउ“खाने कथामा पनि रागात्मक चेत मुखरित भएको पाइन्छ ।
५.५ अक्षर–संरचनाका आधारमा
५.५.१ अक्षर र अक्षर–संरचना ः
सासको एक आघात र झोक्कामा उच्चारण हुने वा बोलिने ध्वनि वा वर्णसमूहलाई अक्षर भनिन्छ । अक्षर एकै श्वासप्रवाहमा उच्चारण भइसक्ने ध्वनिहरूको समूह हो (यादव, पूर्ववत् ः १०२)। अक्षरको रचना वर्णबाट हुने भए पनि स्वरवर्ण अनिवार्य घटकका रूपमा रहेको हुन्छ । व्यञ्जन वर्ण एक्लैले अक्षर बनाउन सक्दैनन् । स्वरवर्ण आफै अक्षर पनि हुन् र व्यञ्जनसित मिलेर स्वरले अक्षर पनि बनाउ“छन् । त्यसैले स्वरवर्ण अक्षरको केन्द्रक ९लगअभिगक० हुन्छ । केन्द्रकका अघि आउने व्यञ्जन वा व्यञ्जनहरूलाई आरम्भक ९यलकभत० तथा केन्द्रकका पछि आउने व्यञ्जन वा व्यञ्जनहरूलाई समापक ९अयमब० भनिन्छ (ऐजन) । केन्द्रक र समापक दुवैलाई एकैसाथचाहि“ अन्तक ९चजथmभ० भनिन्छ (ऐजन) ।कलम शब्दमा लेखाइमा तीन वर्ण देखिन्छन् भने यसको उच्चारण कलम् हुन्छ । त्यसैले अक्षरको गणना गर्दा यसमा दुई अक्षर भएको मानिन्छ । एक स्वरले एउटा अक्षरको निर्माण गर्दछ । स्वर र व्यञ्जनको संरचनाका दृष्टिले यस शब्दलाई क्+अ+ल्+अ+म् गरी देखाउन सकिन्छ । यसमा दुईवटा स्वर (अरअ) भएकाले यसमा दुई अक्षर छन् भन्ने निष्कर्षमा पुगिन्छ । यस विश्लेषणका आधारमा भात् लाई तलको आरेखमा निम्नअनुसार देखाउन सकिन्छ –
भात
आरम्भक अन्तक
केन्द्रक समापक
भ् आ त्
अक्षरको सम्बन्ध उच्चारणसित भएकाले विश्लेषण गर्दा उच्चारणलाई नै आधार बनाइन्छ । नेपालीमा एउटा अक्षरको सुरु वा आरम्भकमा शून्यदेखि बढीमा तीनवटासम्म व्यञ्जन आउन सक्छन् भने अन्तकमा शून्यदेखि एउटासम्म व्यञ्जन रहनसक्छ । यस तथ्यलाई अक्षरसूत्रमा निम्नअनुसार देखाउन सकिन्छ –
अघ०खअज्ञ०
यस अक्षरसूत्रमा अ ले व्यञ्जन ९अयलकयलबलत०तथा ख ले स्वर ९खयधभ०ि लाई सङ्केत गरेका छन् । यसैगरी ० ले व्यञ्जन नरहने वा शून्य रहने अवस्था तथा ज्ञ र घ ले व्यञ्जन एक र बढीमा तीनवटासम्म रहने अवस्थालाई सङ्केत गरेका छन् । अन्तमा व्यञ्जन भएको अक्षरलाई बद्ध अक्षर तथा अन्तमा स्वर भएको अक्षरलाई मुक्त अक्षर भनिन्छ (यादव, पूर्ववत् ः १०४) । अक्षर–विभाजन गर्दा त्यसको लेख्य रूप जेजस्तो भए पनि औच्चार्य वा कथ्यरूपलाई नै लिइन्छ । दुई अक्षरलाई छुट्याउन तिनका बीचमा (.) चिह्नको प्रयोग गरिन्छ (ऐजन) । कलम शब्दभित्रका अक्षरलाई क्+अ .ल्+अ+म् गरी विभाजन गर्न सकिन्छ । परन्तुयहा“ नेपाली गाउ“खाने कथामा अक्षर छुट्याउ“दा सो (.) चिह्नको प्रयोग नगरी सोझै अक्षर–सङ्ख्यामात्र उल्लेख गरिएको छ ।
अक्ष्ँर–संरचना र अक्षर–सङ्ख्या शब्दका तहमा खोज्ने प्रचलन रहिआएको छ । गाउ“खाने कथा वाक्यस्तरका रचना भएको तथा आफैंमा एक सङ्कथन पनि भएको हु“दा अक्षरलाई पूरै सङ्कथन वा सिङ्गो गाउ“खाने कथामा पनि हेर्न सकिने देखिन्छ । यहा“ यही प्रयत्न गरिएको छ ।
नेपाली गाउ“खाने कथा लामा र छोटा पनि छन् । अक्षरका दृष्टिले प्राप्त नेपाली गाउ“खाने कथा ६ अक्षर–सङ्ख्यादेखि ६७ अक्षर–सङ्ख्यासम्मका रहेका छन् । त्यसमा पनि ६ अक्षर–सङ्ख्यादेखि २४ अक्षर–सङ्ख्यासम्मका गाउ“खाने कथा बढी देखिन्छन् । त्यसपछि २५ अक्षर–सङ्ख्यादेखि माथिका गाउ“खाने कथा कम पाइन्छन् भने ३८ अक्षर–सङ्ख्याभन्दा माथिको अक्षरसङ्ख्याका गाउ“खाने कथा झनै कम पाइन्छन् । यसबाट नेपाली गाउ“खाने कथा ६ देखि २४ सम्मका अक्षरसङ्ख्यामा सक्रिय, २५ देखि ३७ सम्मका अक्षर–सङ्ख्यामा कम सक्रिय र ३८ देखि माथिका अक्षर–सङ्ख्यामा निष्क्रिय रहेको निष्कर्षमा पुग्न सकिन्छ । तल (५.५.२ मा) क्रमिक अक्षर–सङ्ख्याका गाउ“खाने कथाका उपलब्ध भएसम्मका उदाहरण प्रस्तुत गरिएको छ ः–
५.५.२ नेपाली गाउ“खाने कथा र अक्षर–सङ्ख्या ः
(१) एक मूलका दस धारा । (दूधका सिर्का)
१ + २ + १ + २ = ६ अक्षर
(२) कान तान्दा मुख बाउ“छ । (थैली)
१ + २ + १ + ३ =७ अक्षर
(३) आमाभन्दा छोरी कुप्री । (निउरो)
४ + २ + २ = ८ अक्षर
(४) पुड्के बाहुनको सुर्के चन्दन । (मास)
२ + ३ + २ + २ =९ अक्षर
(५) अत्ती न पत्ती पि“धमा बत्ती । (जुनकिरी)
२ + १ + २ + ३ + २= १०अक्षर
(६) ढुङ्गो न माटो स्वर्ग जाने बाटो । (काठको भ¥याङ)
२ + १ + २ + २ + २ + २ = ११अक्षर
(७) वल्ला घरको नरे पल्ला घर सरे । (आग्लो लगाएको)
२ + २ + २ + २ + २ + २ = १२ अक्षर
(८) जता प¥यो ओराली उतै मन बराली । (पानी)
२ + २ + ३ + २ + १ + ३ = १३ अक्षर
(९) अघिअघि रतुवा पछिपछि कलुवा । (डढेलो)
४ + ३ + ४ + ३ = १४ अक्षर
(१०) अन्न खान्छु सानी किरी झ्यालबाट फुत्त छिरी । (घुन)
२ + २ + २ + २ + ३ + २ + २ = १५ अक्षर
(११) चार चुच्चे मुख बुच्चे, पानीमा नुहाई घाममा सुत्छे ।
(रुमाल सुकाएको)
१ + २ + १ + २ + ३ + ३ + २ + २ = १६ अक्षर
(१२) आ“खा छ देख्दैन, कान छ सुन्दैन, मान्छे हो बोल्दैन ।
(सालिक÷तस्वीर)
२ + १ + ३ + १ + १ + ३ + २ + १ + ३ = १७ अक्षर
(१३) आई गुजी पाई गुजी पानीदेखि डराई गुजी । (जुत्ता)
२ + २ + २ + २ + ४ + ३ + २ = १७ अक्षर
(१४) गैरी बारी भुलभुले पानी, झ्वाम्म खस्दा रूप फेर्ने बानी ।
(सि“ंगान पुछेको)
२ + २ + ३ + २ + २ + २ + १ + २ + २ = १८ अक्षर
(१५) आकासको फल धर्तीमा झ¥यो, झर्नेबित्तिकै बिलाई म¥यो ।
(असिना)
३ + १ + ३ + २ + ५ + ३ + २ = १९ अक्षर
(१६) घा“टीमा झुन्ड्याई गालामा हाने, मीठो स्वरमा बोल्दछ साने । (मादल)
३ + ३ + ३ + २ + २ + २ + ३ + २ = २० अक्षर
(१७) अलङकी रानी पलङमा सुत्छे, सुर्जेलाई देख्दा लुपुक्क लुक्छे ।
(शीत)
३ + २ + ३ + २ + ४ + २ + ३ + २ = २१ अक्षर
(१८) आकाशमा आगो पातालमा पानी, म्वाइ“ खान जा“दा
चिच्याउने बानी । (तमाखु खाएको)
३ + २ + ३ + २ + २ + २ + २ + ४ + २ = २२ अक्षर
(१९) यो मेरो टेक्ने, यो मेरो छेक्ने, परिआएको बेलामा पुर्पुरो सेक्ने । (लौरो)
१ + २ + २ + १ + २ + २ + ५ + ३ + ३ + २ = २३ अक्षर
(२०) एउटा ठुटामा दुईवटा च्याउ, त्यो कथा नजाने मुसा पोली खाऊ ।
(कान)
३ + ३ + ४ + २ + १ + २ + ३ + २ + २ + २ = २४ अक्षर
(२१) खुट्टा नहु“दा जमिनमा हि“ड्न पाएन, पखेटा नह“ुदा आकासमा उड्न पाएन ।
(माछो)
२ + ३ + ३ + २ + ३ + ३ + ३ + ३ + २ + ३ = २७ अक्षर
(२२) अघि म हरियो थिए“, पछि भए“ राती, यही बैरीका फेला
परें कागजस्ती काली । (चुक)
२+१+३+२+२+२+२+२+३+२+२+३+२ = २८ अक्षर
(२३) आमा गइन् मेलापात, बाबु गए गाउ“
२ + २ + ४ + २ + २ + २
ढोकामा बसे लट्टे जोगी आफू कता जाउ“m ।
(ढोकामा ताल्चा मारेको)
३ + २ + २ + २ + २ + २ + २ =२९ अक्षर
(२४) चरो होइन चुच्चो छ, जन्तु होइन खुट्टो छ
२ + ३ + २ + १ +२ + ३ +२+ १
आफू बिराम गर्दैन, परिआए पछि सर्दैन । (चुलेंसी)
२ + २ + ३ + ४ + २ + ३ = ३२ अक्षर
(२५) खाऊ“–खाऊ“ रोटी खार्ई नसक्नू
२ + २ + २ + २ + ३
दाउ“m–दाउ“m बहर दाई नसक्नू
२ + २ + २ + २ + ३
टेक“ू–टेकू“ लौरी टेकी नसक्नू । (सूर्य, बाघ र सर्प)
२ + २ + २ + २ + ३ = ३३ अक्षर
(२६) भ“ुभु“ गर्छ भमरा होइन, उडेर जान्छ चरा होइन,
२ + २ + ३ + ३ + ३ + २ + २ + ३
सिनो खान्छ गिद्ध होइन, सु“ड छ हात्ती होइन । (झि“गा)
२ + २ + २ + ३ + १ + १ + २ + ३ = ३७ अक्षर
(२७) जीउभरि रवैंरउ“ भालु होइन, हातखुट्टा चलाउ“छ स्याल होइन,
४ + ४ + २ + ३ + ३ + ४ + १ + ३
बच्चा च्यापी हि“ड्छ मान्छे होइन, रूखरूखमा चढ्छ
बिरालो होइन । (बा“दर)
२ + २ + २ + २ + ३ + ३ + २ + ३ + ३ = ४६ अक्षर
(२८) जन्मन्छ वनमा, त्यो मिल्छ धनमा रुन्छ बरा बाहिरै परी
३ + २ + १ + २ + २ + २ + २ + ३ + २
तस्वीर छैन खाली पगरी, खुट्टा छन् वरिपरि
२ + २ + २ + ३ + २ + १ + ४
बस्ने बेला थुचुक्क हि“ड्दाचाहि“ घोडा चढी । (डोको)
२ + २ + ३ + २ + २ + २ + २ = ५० अक्षर
(२९) चौकुना मिलेको टारी, गाउ“मा सुक्खा कुवा चार,
३ + ३ + २ + ३ + २ + २ + १
अठार चोरले एक नारीलाई गर्न खोज्छन् प्यार,
३ + २ + १ + ४ + २ + २ + १
सुराक लगाई एक प्रहरी आयो, कुटी–कुटी मजा चखायो,
२ + ३ + १ + ३ + २ + २ + २ + २ + ३
एक–एक गर्दै सकेजति सबैलाई कुवामा खसायो । (क्यारिम खेल)
१ + १ + ४ + ४ + ३ + ३ = ६७ अक्षर
यसरी हेर्दा नेपाली गाउ“खाने कथा ६ देखि २४ अक्षरसम्म लगातार र त्यसपछि २७, २८, २९, ३२, ३३, ३७, ४६, ५० र ६७ अक्षर–सङ्ख्यामा क्रियाशील भएको पाइन्छ । त्यसमध्ये पनि ६ अक्षर–सङ्ख्यादेखि २४ अक्षर–सङ्ख्यासम्मका गाउ“खाने कथा बढी पाइन्छन् । २५ अक्षर–सङ्ख्यादेखि माथिका गाउ“खाने कथा कम पाइन्छन् भने ३८ अक्षर–सङ्ख्याभन्दा माथिको अक्षरसङ्ख्याका गाउ“खाने कथा झनै कम पाइन्छन् । यसबाट नेपाली गाउ“खाने कथा ६ देखि २४ सम्मका अक्षरसङ्ख्यामा सक्रिय, २५ देखि ३७ सम्मका अक्षर–सङ्ख्यामा कम सक्रिय र ३८ देखि माथिका अक्षर–सङ्ख्यामा निष्क्रिय वा अत्यन्त कम सक्रिय रहेको पुष्टि हुन्छ ।
५.६ . गाउँ खाने कथाको सड्डठन :
गाउँ खाने कथा लोकसाहित्यका लोककथा, लोकगाथा, लोकनाटक आदिका तुलनामा छोटो–छरितो विधा हो । आकारप्रकारका दृष्टिले यसको सम्बन्ध उखानको नजिक रहेको पाइन्छ भने छोटोछरितो भएकाले अधिकांश विद्वान्ले गाउ“खाने कथालाई लोकसाहित्यको प्रकीर्ण विधाअन्तर्गत थन्क्याइदिएको पाइन्छ । हिन्दीको लोकसाहित्यसम्बन्धी शोधप्रबन्धमा पनि यसलाई प्रकीर्ण विषयभित्रै राखेको पाइन्छ (प्रसाद, पूर्ववत् ः १२१) । छोटोछरितो भए पनि यसको आÏनै प्रकारको स्वरूप–संरचना तथा आङ्गिक सङ्गठन रहेको पाइन्छ । लघुकाय भए पनि मुसाको निश्चित आङ्गिक संरचना भएझैं छोटोछरितो विधा भए पनि गाउ“खाने कथाको निश्चित आङ्गिक संरचना रहेको छ ।
बन्धुले गाउँ खाने कथाका चार अङ्गको उल्लेख गरेका छन् (बन्धु, पूर्ववत् ः ३१३–१५) । ती हुन् – पृष्ठभूमि वा प्रारम्भ, विषयको विवरण, त्यस विषयको पहिचानमा बाधा पर्ने बाधक तŒव वा तŒवहरू र उपसंहार । भारतीय विद्वान् दिनेश्वर प्रसादले पनि यस्तै चार भागको चर्चा गरेको पाइन्छ (प्रसाद, पूर्ववत् ः १२४) । गाउँखाने कथाको सुरुको भाग पृष्ठभूमि वा प्रारम्भ हो, जहा“ विषयको उठान गरिएको हुन्छ । त्यसको लगत्तै विषयको विवरण दिइन्छ र तत्पश्चात् त्यस विषयको पहिचानमा बाधा पु¥याउने खालको बाधक तŒव हुन्छ र अन्त्यमा उपसंहार हुन्छ । बन्धु र प्रसादका अनुसार पनि हरेक गाउ“खाने कथामा यी चारवटै अङ्ग हुन्छन् भन्ने केही छैन । अधिकांश नेपाली गाउ“खाने कथामा विषयको विवरण वा लक्षण दिइएको हुन्छ र श्रोताले त्यही लक्षणका आधारमा लक्षणअनुरूपको उत्तरको खोजी गर्नुपर्ने हुन्छ । मरेको गोरु . गाउँ बेसी डुल्ने । के हो ?यसमा पृष्ठभूमिबिना नै सोझै विषय–विवरण वा विषय (वस्तु) को लक्षण दिइएको छ । गोरु सजीव प्राणी हो । यो हि“डडुल गर्छ, तर मृताअवस्थामा पुगेको गोरु गाउ“बेसी आउजाउ गर्न सक्दैन । त्यसैले विषयको पहिचानमा ‘मरेको’ शब्दले असङ्गति उत्पन्न गरेको छ, बाधक तŒवको काम गरेको छ । मरेको गोरुको छालाबाट बनेको हल्लु“डो भने मानिसद्वारा गाउँ बेसी गरिन्छ र त्यहींबाट यस गाउ“खाने कथाको अर्थ खुल्न आउँछ ।
यही गाउँ खाने कथाको कथन–प्रकार यस्तो पनि रहेको छ –
एकै र मुठी जिरीको साग, घिउतेलले झानन
मरेको गोरु. गाउँ बेसी गर्ने यो क्या हो जानन ?
एकै र मुठी जिरीको साग, घिउतेलले झानन
मरेको गोरु गाउँबेसी गर्ने हल्लु“डो जानन ।
गाउँखाने कथाको यस्तो कथन–प्रकारमा भने पृष्ठभूमि भाग रहेको छ । यस्तो झ्या“गाको पहिलो पङ्क्तिले पृष्ठभूमिको काम गरेको छ । वास्तवमा गाउ“खाने कथामा पृष्ठभूमि र उपसंहार (मुखबन्ध र समापन) हुँदैन । गाउँखाने कथामा विषयको विवरण र श्रोतालाई विभ्रान्त गरिदिने खालको चमत्कारको सृष्टि गर्ने बाधक तŒव भने नभई हँदैन (प्रसाद, पूर्ववत् ः १२४) । एउटा ठुटामा दुईवटा च्याउ, त्यो कथा नजाने मुसा पोली खाऊ ।यस गाउ“खाने कथाको पहिले पङ्क्तिमा विषयको विवरण रहेको छ । यसको मुख्य भाग नै पहिलो पङ्क्ति हो । दोस्रो पङ्क्तिको ‘खाऊ’ ले ‘च्याउ’ सित समतुकान्त पदको भूमिका खेलेको छ भने समग्रमा दोस्रो पङ्क्ति उपसंहार भागमात्र हो, जुन निरर्थक रूपमा प्रयुक्त भएको छ । यस्तै, कथा न कुथुङ्ग्री कन्डापट्टि गा“ड, यो कथा नजान्ने बोक्सीको रा“ड । (आग्लो) ÷ बाहिर खस्याङमस्याङ भित्र लोहोरो, यो कथा नजान्ने बैरीको छोरो । (मकै)÷ वरिपरि पर्खाल माझमा घ्वाइ“, यो कथा नजान्ने स्यालको ज्वाइ“ । (अगेनु)÷ उ“भो थली, उ“धो नली, यो कथा नजान्ने मेरो हली । (कर्कलो) आदि गाउ“खाने कथा पनि यस्तै प्रकृतिका हुन् ।
६. उपसंहार तथा निष्कर्ष:
साहित्यिक रचनाको निर्मिति वा बनोटका दुई मुख्य आधार वस्तु र रूप हुन् । त्यसैले साहित्यिक रचनाको विश्लेषण यिनकै आधारमा हुनु स्वाभाविक र आवश्यक पनि छ । वस्तुको बाह्य स्वरूप–संरचना, स¨ठन वा निर्मिति आदि रूपअन्तर्गत पर्दछन् । वस्तुले रूप प्राप्त गर्नु नै साहित्यको रचना हुनु हो । साहित्यिक रचनाबाट रूपलाई झिकिदिने हो भने त्यो रचना रचना नै हु“दैन । यस्तै, साहित्यिक रचनाबाट वस्तुलाई निकालिदिने हो भने त्यो रचना पनि रचना नै हु“दैन । त्यसैले साहित्यिक रचनाका लागि रूप र वस्तु दुवै अनिवार्य संरचक तŒव हुन् । लोकसाहित्यमा पनि यही नियम लागू हुन्छ ।
लोकसाहित्यको एउटा महŒवपूर्ण विधा गाउँ खाने कथा रूपात्मक दृष्टिले विविधतापूर्ण देखापर्छ । आकारका दृष्टिले लघु आकार, मध्यम आकार र बृहत् आकारको देखापर्छ भने शब्द–सङ्ख्याका दृष्टिले दुई शब्ददेखि बढीमा अठ्ठाइस शब्दसम्मका गाउ“खाने कथाहरू देखापरेका छन् । गाउँखाने कथा सामान्यतया वाक्यस्तरका लोकरचना हुन् र वाक्यमा वाक्य–रचनाका दृष्टिले क्रिया हुनु सामान्यतः आवश्यक हुन्छ । नेपाली गाउ“खाने कथालाई यस दृष्टिले विश्लेषण गर्दा नेपाली गाउ“खाने कथाहरू क्रियायुक्त र क्रियामुक्त दुवै प्रकारका पाइन्छन् । क्रिया अर्थात् समापिका क्रिया नहु“दा पनि तिनले अर्थद्योतन गरिरहेको पाइन्छ । वाक्यको बाह्य–संरचनामा क्रियाहीनता भए पनि वाक्यको आन्तरिक संरचनामा भने क्रिया रहेकै हुन्छ । क्रियायुक्त गाउ“खाने कथाका तुलनामा क्रियामुक्त गाउँ खाने कथा केही कम रहेको पाइन्छ । क्रियायुक्त गाउ“खाने कथाहरू घटीमा एक क्रियाको र बढीमा आठ क्रियाको रहेको पाइन्छ । एकदेखि आठ क्रियायुक्त गाउ“खाने कथाहरू उपलब्ध छन् भने आठवटाभन्दा बढी क्रिया भएकोे गाउ“खाने कथा भेटिंदैन । आठवटाभन्दा बढी क्रिया भएको. गाउँ खाने कथा उपलब्ध नहुनुको खास कारण यसको लघुस्वरूप नै रहेको देखिन्छ । भाषिक रूपका दृष्टिले नेपाली गाउँ खाने कथा गद्यरूप र कवितात्मक रूपका रहेका पाइन्छन् । गाउँ खाने कथा मुख्यतया गद्य विधा भए तापनि लोकसमाजको सौन्दर्यचेतना तथा सम्झेर पुनःपुनः प्रस्तुत गर्नुपर्ने भएकाले गाउ“खाने कथामा लयात्मकता, आलङ्कारिकता, प्रतीकात्मकता, बिम्बको प्रधानता र अन्योक्तिमूलक कथनको व्यापकता पाइन्छ । यिनै गुण वा विशेषताले गर्दा नेपाली गाउ“खाने कथाहरू कवितात्मक रूपमा समेत व्यापक मात्रामा प्रकट भएका छन् । कवितात्मक भाषिक रूपका गाउ“खाने कथाको सङ्ख्या उल्लेख्य रहेको छ । कम मात्रामा पाइए पनि केही गाउ“खाने कथा मुक्तकका रूपमा प्रकट भएका छन् । गद्यमै रहेका गाउ“खाने कथामा पनि लोकसमाजको रागात्मक चेत मुखरित भएको पाइन्छ ।
वाक्यात्मक स्तरका नेपाली गाउँ खाने कथालाई अक्षर–संरचनामा दृष्टिले विश्लेषण गर्दा न्यूनतम छ अक्षर–सङ्ख्याका गाउँ खाने कथा पाइन्छन् भने छदेखि क्रमशः चौबीस अक्षर–सङ्ख्यासम्मका गाउ“खाने कथा पनि पाइन्छन्, तर त्यसभन्दा माथि भने फाट्टफुट्टमात्र पाइन्छन् । सर्वँधिक बढी अक्षर–सङ्ख्या ६७ सम्मको गाउँखाने कथा पाइन्छ भने त्यसभन्दा माथिको अक्षर–सङ्ख्या भएको गाउ“खाने कथा पाइ“दैन । यसो हुनुको खासै कारण देखिंदैन । गाउ“खाने कथा वाक्यस्तरका लघुआकारका लोकरचना हुनु नै एउटा मुख्य र सामान्य कारण देखापर्छ ।
प्रश्नात्मकता नेपाली गाउँ खाने कथाको संरचनात्मक मूल विशेषता हो । गाउँ खाने कथा मुख्यतया प्रश्नात्मक रूपमै प्रकट हुन्छन् । जसको बाह्य स्वरूप–संरचनामा प्रश्नवाचक शब्द रहेको छैन, त्यसको पनि आन्तरिक संरचनामा प्रश्न वा सोधनी रहेकै हुन्छ । विध्यर्थक वा कथनात्मक गाउँखाने कथामा पनि के हो ?को योग गरी अन्ततोगत्वा त्यसलाई प्रश्नात्मक नै बनाइन्छ । त्यसैले नेपाली गाउ“खाने कथाको बाह्य रूप प्रश्नात्मक रहेको पाइन्छ. त्यसको स्वरूप–संरचना प्रश्नात्मक रहेकै हुन्छ ।
गाउ“खाने कथा लघुआकारको भए तापनि त्यसको निश्चित बनोट वा स¨ठन रहेको छ । लघुआकारको भएकाले नै यसमा लामो पृष्ठभूमि वा भूमिका बा“ध्ने र उपसंहार वा निष्कर्ष दिने अवसर रहंदैन । त्यसैले नेपाली गाउ“खाने कथामा मुख्यतया विषयविवरण वा वर्णन दिइएको हुन्छ । यो वर्णन वा विवरण वा लक्षण खासगरी श्रोतालाई घोरिएर सोच्नुपर्ने वा रनभुल्लमा पार्ने वा रल्ल्याउने खालको हुन्छ । झ्या“गा, घाउटामा पृष्ठभूमि पाइन्छ भने एउटा ठुटामा दुईवटा च्याउ, यो कथा नजाने मुसा पोली खाऊ जस्ता केही गाउ“खाने कथामा पाइने यो कथा नजाने मुसा पोली खाऊ जस्ता अंश निरर्थक रूपमा प्रयुक्त भएका पाइन्छन्, जसलाई उपसंहार भाग भन्न सकिन्छ । यस्तो अंशबाहेक गाउ“खाने कथाको स¨ठनमा अर्को कुनै उपसंहार भाग पाइ“दैन ।
यी प्राप्तिबाट नेपाली गाउँ खाने कथा विविध रूपमा प्रकट भएका छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । प्रश्नात्मक रूपमा, गद्य रूपमा, ६ देखि ६७ अक्षर–सङ्ख्याका रूपमा, एक क्रियादेखि आठ क्रियाका रूपमा आदि विविध रूपमा नेपाली गाउ“खाने कथा प्रकट भएका छन् । लोकसमाजमा लामो समयसम्म लोकसमाजको अभिन्न अ¨ बनेर रहेका गाउ“खाने कथालाई यति लोकप्रिय तुल्याउनमा यसको रूप पक्षको पनि अहम् भूमिका रहेको छ । जबसम्म वस्तुले रूप प्राप्त गर्दैन, तबसम्म त्यस वस्तुको कुनै अर्थ, औचित्य र महŒव हु“दैन । उपयुक्त वस्तुले उचित रूप प्राप्त गर्नु भनेको उत्कृष्ट साहित्यिक रचना बन्नु हो । लोकसाहित्यको स्रष्टा मूलतः अपठित वा अल्पपठित ग्रामीण समुदाय हो । त्यो निरक्षर वा अपठित हुन सक्छ, तर नजान्ने, नबुझ्ने भने हु“दैन । लोकसमाजमा सौन्दर्यचेतना रहेको हुन्छ । त्यही सौन्दर्यचेतले गर्दा नेपाली गाउ“खाने कथा रूपगत विविधतायुक्त बन्न पुगेका छन्, विभिन्न रूपमा प्रकट वा अभिव्यक्त भएका छन् । नेपाली गाउ“खाने कथाको रूपात्मक दृष्टिले अझ विस्तृत विश्लेषणका साथै सौन्दर्यशास्त्रीय विश्लेषण पनि अपेक्ष्ँित देखिन्छ ।
(जनमत १२६)