लगातारको शीतलहरपछि घाम लाग्न थालेको हुनाले पश्चिमी तराई गर्माउँदै छ । त्यहीँको सानो गाउँ अनि अभावै अभावमा बाँचेका र दु:खलाई आफ्नो पुख्र्यौली पेवा मान्दै आएका त्यहाँका गाउँलेहरु कुनामा गुटुमुटु परेको जाँगर बिस्तारै फुकाउँदै छन् । बढेका केटाकटीहरु आप्mना वस्तुभाउ फुकाएर चराउन व्यस्त देखिन्छन् भने ससाना भुराहरु यताउता उफ्रँदै रमाएका छन् । वयस्कहरुलाई पनि आ–आप्mनो कामको चटारो छ तर बूढाबूढी भने न्यानो कपडाबिहीन बुढ्यौलीज्यान घाममा तताउँदै आनन्द मानिरहेछन् । गाउँमाझको सानो घर तर घर भन्न नसुहाउने किनकि, अग्लो मान्छे सोझै छिर्न सक्दैन । साह्रै साँघुरो, झिंगटीले छाएको तर हेर्दाचाहिँ चिटिक्क देखिन्छ सायद लिपपोतले होला । अलि पर ठाउँ–ठाउँमा फाटेको नाम मात्रको गोठ छ तर वस्तुभाउ फुकाएकोले होला खाली छ । आँगनमा केही भुराहरु खेलिरहेका छन् । गोठ नजिकै एउटी युवती गुइँठा पार्दै छ । हिउँदमा सिख्रिएको रुखजस्तो उसको शरीरमा कहीँ आकर्षण छैन । थोत्रा मैला कपडा उसको जिउमा यसरी बेरिएका छन् मानौं त्यो मान्छे नभइ सुकेको काठ हो । एकतमासले गोबर उठाएर गुइँठा बनाउँदै कहिले केही सुक्न लागेका र कहिले आला गोबरका थाप्रामा ऊ यसरी हराउँछे मानाँै ऊ नै गोबर हो अनि गुइँठा उसको नियति ।
तीस नाघेकी छैन तर अनुहारभरि बुढ्यौलीका धर्साहरु देखिन थालिसकेका छन् । नदेखिउन पनि किन ? पाँच सन्तानको बोझ अनि जँड्याहा लोग्नेको साथमा अनेक शारीरिक र मानसिक यातना खेप्दै आएकी छे उसले । दिनभर ज्याला मजदुरी गरेर राति जाँड खाएर रित्तो खल्ती घर आउनु अनि बेलामा खान नपाएको र अन्य स–साना कुरामा निहुँ खोजेर स्वास्नी कुट्नु उसको लोग्नेको दैनिकी नै हो । अब त उसलाई त्यो सबै सहने बानी परिसक्यो त्यसैले कुनै दिन लोग्नेको गाली वा मुक्का पाइन भने उसलाई के नपुगे–नपुगेजस्तो लाग्छ । घरव्यवहार बालबच्चा सबैको जिम्मेवारी उसैको थाप्लोमा छ । खेल्दै गरेको उसको दुई वर्षे छोरो आएर उसका भित्ता लागेका छातीमा आहारा खोज्न थाल्छ । सुकेको पहरोझैं उसको छाती कहाँबाट रसाउला खै ! तैपनि बालक जिद्दी गरिरहन्छ । उसलाई झनक्क रिस उठ्छ अनि बालकलाई गाली गर्छे । ऊ रुन थाल्छ । छोराछोरीले दुख दिँदा उसलाई रिस उठ्छ किनकि ती सन्तान न उसको रहरले जन्मेका हुन् न त कुनै मायालु पलका उपज नै हुन् । ती सबै त उसको बाध्यता र जँड्याहा लोग्नेको आवेगका परिणति मात्र हुन् ।
रिसाए पनि विद्रोह गरे पनि आखिर नारी मन न हो आप्mना सन्तानको आर्तनाद सुनिरहन कहाँ सक्छ र ? ऊ पनि तीमध्यकी नारी, एउटी आमा । उठेर गोबरे हात घुर्यानले पुछेर छोरालाई च्याप्न पुग्छे । अबोध त्यो बालक पनि उसको छातीमा मुन्टो घुसारेर असीम आनन्द लिन थाल्छ । ऊ भने छोराको ख्याउटे शरीर मुसार्न थाल्छे । परबाट एउटी वयस्क महिला आइरहेकी छ । नजिकै आएर परालको सुकुलमा बस्दै भन्छे “अरे हो चुलुवा ! तिमीले थाहा पायौ ? रमियाको बेटी त सहर जान्छ रे । बढिया घरमा काम करने……….।”
“हाँ चाची ! हामीले पनि सुनेको थियो …….।”
“किस्मत बडा अच्छा छ लडकीको । अब दो चार वर्ष सुखमा बस्ने छ । सहरको बात कुछ अलग छ । अरे तँ पनि बचपनमा सहर बसेको होइन ? तब के सहरको बात सुनाउने ?”
“हो चाची उता सबै बढिया हुन्छ । खाने लगाउने, सिनेमा और मोटरगाडी ……।”
“एक बात भनँु ? तेरो भलाइको खातिर………..।”
“बताऊ न चाची त बात के छ ?”
“तेरा तीन बिटियामे एक बढी बिटियाको सहर भेजिहाल न ………।”
“मेरी बेटीको सहर भेजने………..।” अनौठो प्रतिक्रिया निस्कन्छ चुलुवाको अन्तरमनदेखि ।
“और के त ? छोटेमालिक अपने पडोसीके लिए दो लड्की खोजेको छ । एक त रमियाकी बेटी छ, दुसरी तँ आप्mनी बेटी दे । दोचार पैसा मिल्छ, तेरो थोरबहुत दुख टर्छ । उस बेचारीको पनि वहाँ सुख मिल्छ ।” चुलुवा गहिरो सोचमा डुब्छे । ‘सहर’ शब्दले उसको मनमा थोरै डर, थोरै शंका अनि अलि बढी रोमाञ्चकता पैदा गर्छ । उसको भाव बुझ्न नसकेर बूढी बोल्छे ।
“अरे सोच्ने के छ ? भेजने हो त आज साम घरमे बात कर । भोलि हामी मालिकको भनिदिन्छु । हामी त तेरो दु:ख देखेर भनेको । बेचारी कबै सुख भएन मरद जो खराब भएपछि ………..।”
ऊ यस्तै केही बोल्दै आफ्नो बाटो लाग्छे ।
उसका कुराले चुलुवाको शान्त सरोवररुपी मनमा पत्थर हानेझैं अनेक लहर र तरङ्ग उठ्छन् । ऊ आप्mनी एघार वर्षे छोरी सम्झन्छे । घरि छोरी घरि सहरको परिदृष्य आँखासामु आइरहन्छ । सडक, भव्य घर, मोटरगाडी, सफासुग्घर घरमा ग्यास बिजुली, टिभी आदि सुविधा अनि थरिथरिका खानेकुरा, राम्रा लुगाकपडा र सुकिला हातगोडा आदि सबै सम्झेर ऊ उत्साही बन्छे । सम्झना अनि कल्पना त सबैले गर्न पाउँछ । कुनै मूल्य चुकाउन र कर तिर्न नपर्ने । के धनी के गरिब के ठूलो सानो सबैको साझा । त्यसैले चुलुवा आफुलाई बिर्सेर सम्झनामा डुब्छे । सम्झनाको त्यही एउटा पल सधैं उसलाई रोमाञ्चित बनाउन आउने गर्छ । अहिले पनि उसका आँखामा त्यही पल सल्बलाउँदै छ ।
तराईवासी चौधरीकी बाह्र–तेह्रवर्षे छोरी काठमाडौं पुगेकी छ । त्यहाँको रमाइलो वातावरण, सुखद जीवनशैली देख्दा ऊ चकित छे । वरिपरिको वातावरण आँखामा समेट्न उसलाई धौधौ परेको छ । काली अनि अनुहारमा पनि उसको खासै आकर्षण छैन । हाँस्दा चम्कने सेता दाँतले भने गुफाभित्रको बत्तीभैंm उसको सौन्दर्यमा ढाडस दिएको छ । घरेलु कामदारका रुपमा आएकी ऊ आपूmले काम गर्ने घर नयाँ परिवेश र नौलो रहनसहनमा अलि असहज ठानिरहेकी छे आपूmलाई ।
“चुलुवा, यो कस्तो नाम हो तेरो ?” मालिककी छोरी तर उसैको उमेरकीले अचम्म मान्दै सोध्छे । ऊ अलिकति लज्जा र अलिकति हीनताबोधले निहुरिन्छे ।
“अोइ ! नराम्रो मानेकी त होइनस् ? हामीले तँलाई जिस्क्याएका होइनौ । बरु तेरो नाम फेरेर अर्कै राम्रो नाम राख्न खोजेको । हुँदैन र ?” मालिककी ठूली छोरीले प्रस्ताव राख्दा मालिक्नीले पनि समर्थन गर्छे । उनीहरु चुलुवालाई राख्ने नयाँ र राम्रो नामको खोजीमा लाग्छन् । हेमा, सविता, पूजा, बनिता, सलोनी, रबिना आदि ….।
“नाम त छोटो मीठो हुनुपर्छ ताकि बोलाउन सजिलो होस् ।”
“हेमा राखौं न त ………..।”
“आ ! ममी पनि हेमा मालिनी भनेर जिस्क्याउलान् नि ! फेरि यो नाम त मलाई मन परेन ।”
“उसो भए पूजा राखौं न त । हँुदैन र दिदी ?”
“छि ! त्यो पल्लो घरकी केटीको नाम पनि पूजा रे । एउटै नाम त के राख्नु ?”
“अँ यसको नाम रुपा राखौं न त ।” आमाको यस भनाइमा दुबै छोरी सहमत भए । रुपा नाम राखेर उनीहरुले चुलुवाको पुन: न्वारन गरे । कस्तो विडम्बना । जसलाई रुपले ठगेको छ उही बेरुपी केटी अब रुपा भई । आप्mनो नयाँ नाम र उनीहरुको सहानुभूतिमा ऊ मख्ख छे ।
चुलुवाले नयाँनाममात्र पाएकी होइन उसले त्यहाँको रहनसहन तथा ‘सियो’ लगाएर बोल्ने भाषाशैली पनि सिकी । एवम् रीतले उसले सहरिया जीवनका धेरै कुरा सिकी । यसबीच उसले दुईवर्ष बिताई । इमानदार, जाँगरिली अनि आफ्नो काममा पनि सिपालु हुनाले घरमा सबैले उसलाई मन पराउँछन् । उसले रेडियो टि.भी. चलाउन, फोन रिसिव गर्न सबै जानिसकेकी छ । फोन उठाउने काम त प्राय: उसैको हुन्छ । हो, यही टेलिफोन उसको जीवनको एउटा अनौठो मोड बनेर आयो ।
घरमा कोही नभएको बेलामा फोनको घण्टी बजेपछि रुपाले उठाएर सोध्छे – “कसलाई खोजिसेको ?”
“अँ तपार्इं को बोल्नुभएको ?” उताबाट पुरुष बोल्छ ।
“म रुपा …… । हजुर को बोलिस्या ? कसलाई ………?”
“ओहो तपाईको स्वर त कस्तो मीठो मलाई त तपाईंसँगै कुरा गरिरहूँझैं लाग्यो ।”
“आम्मै ! के भनिसिएको ? म त ……..।”
“ल ल पहिलोचोटिमै सबै कुरा के गर्नु ? म पछि फेरि फोन गर्छु है ?” लाइन काटिन्छ । रुपा क्षणभरका लागि स्तब्ध हुन्छे । रिसिभर हातको हातैमा रहन्छ । कोही आएको थाहा पाएपछि ऊ सम्हालिएर आफ्नो दैनिकीमा लाग्छे । भर्खर अल्लारे अवस्थामा पाइला टेकेकी युवतीलाई कुनै अपरिचित युवकले पहिलोचोटि प्रशंसा गरेर बोलेको मीठो लाग्नु स्वभाविकै हो । बिर्सन खोजेर पनि उसले त्यो क्षण बिर्सन सकेकी हुन्न बरु सम्झना अझै बल्झन्छ । चार दिनपछि फेरि :
“हलो कसलाई. ……?”
“मैले तिमीलाई नै खोजेको हुँ । तिमी रुपा होइनौ ?”
“ओहो कसरी ठ्याक्कै चिनिसिएको ? तर हजुर को……?” ऊ अलि हड्बडाउँछे ।
“म उही हुँ । तिम्रो मीठो बोलीले मलाई त जादु नै गर्यो । यति मीठो बोली म कहाँ बिर्सन सक्छु र ?” अनायास आफुलाई तिमी भन्दै प्रशंसा गरेको सुन्दा रुपा मख्ख पर्छे । उसलाई पनि त उसैको प्रतीक्षा थियो ।
“घरमा अरु को को हुनुहुन्छ ?”
“अहिले त कोही पनि होइसिन्न । ”
“ए ! अनि कहाँ जानुभएको छ त ?”
“ममीबाबा अफिस, दादा र दिदीहरु कलेज ।”
“अनि तिमी एक्लै घरमा ? डर लाग्दैन ?” युवकले जिस्किएर सोध्छ । उसले पनि मस्केर जवाफ दिन्छे । मन फुकाएर हाँस्छे ।
“अनि फोन किन गरिसिएको त ?”
“तिमीसँग कुरा गर्न ।”
अब त त्यो युवकसँग फोनमा कुरा गर्नु रुपाको दैनिकी नै बनेको छ । प्राय: दिनदिनै अनि लामो समय उनीहरु कुरा गर्छन् । आफुलाई केटाले त्यसरी मन पराएर फोन गरेको हुनाले रुपाले आफु त्यस घरकी नोकर्नी हुँ भनिन । खै, किन भनिन ! यसबाहेक उसले अरु पनि धेरै झुटो बोली किनकि, अब त्यस युवकको कल्पनामा उसको निद हराइसकेको थियो । युवकले पनि उसलाई मन पराएको कुरा गरेको र आफु यही सहरमा घर भएको र कलेज पढ्ने आदि परिचय दिएको थियो । रुपाको कुरा गराइबाट पनि ऊ प्रभावित थियो । पढाइबारे कुरा गर्दा र “कलेज किन नगएकी नि” भन्दा रुपाले “मलाई त पढ्न मनै लाग्दैन” भन्दै ठट्टा गर्थी । “अचेलका केटीले यस्तै भन्छन्” भन्दै ऊ पनि ठट्टा गथ्र्यो ।
पहिलो प्रेम हरेकको जीवनमा एउटा छुट्टै प्रभाव र अमिट छाप छोड्न सफल हुन्छ । रुपा पनि आफ्नो त्यो प्रेम गुमाउन कहाँ चाहन्थी र ? मस्की मस्की ऊसँग अनेक गफमा मस्त रहन्थी । एक दिन मालिककी छोरी मोनिकाले चोर पक्रेझैं गर्छे “रुपा अचेल तेरो चाला नै बेग्लै छ जतिबेला देख्यो फोनमै हुन्छेस् । कोसँग कुरा गर्छेस् हँ ?”
“त्यस्तो केही होइन दिदी……..।” अलि अकमकाउँछे ।
“हेर है ! कुरा नलुका फेरि म त ममीलाई भनिदिन्छु नि…….।”
“नाइँ दिदी म सबै कुरा भन्छु,, कसैलाई नभनिसियोस् है ।” उसले मोनिकालाई सबै कुरा भन्दै त्यो केटाले आफुलाई मन पराएको र बिहे गर्छु भनेर भेट्न समेत बोलाएको बताउँछे ।
“तँ बहुलाउन त लागिनस् ? चिन्नु न जान्नुको केटाले फोन गर्दैमा तैंले पत्याइहालिस् ? हेर है सहरका केटाहरु तैंले सोचेजस्ता हँुदैनन् ।”
करस्
“होइन दिदी ! त्यसले साँच्चै मलाई मन पराउँछ । बिहे पनि गर्छु भनेको छ । भोलि भेट्न बोलाएको छ ।”
“लौ न ! यो त साँच्चै बहुलाइछ ।” ऊ खितखिताएर हाँस्छे । रुपा भने रोलीझै गरेर आफ्नो प्रेम साँचो भएको विश्वास दिलाउने प्रयास गर्छे ।
“अनि कहाँ बोलाएको छ त भेट्न ?”
“पर चोकमा उभिइराख म आउँछु भनेको छ ।”
“तँ त्यसलाई चिन्छेस् त ?”
“अहँ ! तर उसले मलाई कालो पाइन्ट र सेतो टिसर्ट लगाएर हातमा पत्रिका समातेर चोकको बिजुलीको खम्बानेर उभिन्छु भनेको छ । ठीक चारबजे ऊ आउँछ रे ।” रुपाको कुराले मोनिका दोधारमा पर्छे के गर्ने के नगर्ने भन्दै तर पछि उसले त्यस कुरालाई खासै महत्व दिइन किनकि, उसलाई राम्ररी थाहा थियो सहरको पढेलेखेको केटो कसैको घरमा काम गर्ने, त्यो पनि त्यस्ती काली र अनुहारले बिर्सेकी केटीको प्रेमी हुन सक्दैन ।
भोलिपल्ट मोनिका कलेजबाट आउँदा सदाझैं रुपा खाजा लिएर आउँदिन । केहीबेर पर्खदा पनि उसको कुनै अत्तो पत्तो भएन । आमा अफिसबाट आइसक्दा पनि रुपा घरमा भेटिन्न । सबैलाई उसको खोजी हुन्छ । मोनिकाले हिजोको सबै कुरा भनेर चोकतिर लाग्छे । साँझ पर्न लागेको छ । खम्बाको आड लागेर रुपा झोक्रिएर बसेकी रहिछ । उसको हात च्याप्प समातेर भन्छे “ल हेर ! यो त यहाँ पो रहिछे । घरमा खोज्दा खोज्दा हैरान । ल हिँड घर जाऔं ।”
“म घर जान्न दिदी मलाई यही छोडिदिसियो …….।”
“होइन के भन्छे यो काली ? अनि आयो त तेरो हिरो ?”
“आयो अनि गयो । मोटरसाइकलमा आएको त्यो राम्रो केटोले ‘रुपा तिमी नै हो’ भनेर सोध्यो । मैले हो भन्नासाथ मोटरसाइकल कुदाइहाल्यो ।” रुन्चे स्वरमा रुपाले भनी ।
“मैले भनेकी थिइन ? यस्ता केटाले तँसँग प्रेम गर्छ त ? अब त भूत झर्यो होला नि ? हिँड अब घर” भन्दै चपक्क हातमा समातेर मोनिकाले रुपालाई घर पुर्याउँछे । उसका आँखा टिलपिल हुन्छन् । कालो अनुहार असीम वेदनाले झनै कालो बन्छ ।
भोलिपल्ट मोनिकाको परिवार अस्पतालमा रुपालाई होस आउने पर्खाइमा छन् । उनीहरुको अनुहारमा भय र दुख एकैसाथ देखिएको छ । रुपालाई केही भयो भने उसको परिवारलाई के बुझाउने ? पे्रममा सफल नभएकोमा उसले बगैंचामा किरा मार्न ल्याएको विष खाइछ । धन्न राति नै थाहा भयो र अस्पताल ल्याउन सकियो ।
“म को हुँ ?” होसमा आउनासाथ ऊ बर्बराउँछे ।
“तँ रुपा होस्, रुपा ।”
“नाहीँ हम रुपा नाहीँ । हम चुलुवा है । नाहीँ चाही हमे यह नाम ….. ।” यस्तै फलाकेर ऊ बेसरी रुन्छे । उसलाई उपचारपछि सकुशल उसैको घरमा पुर्याइन्छ ।
“नाइँ हम अपनी मुनरियाको सहर नपठाउने । वह ठाउँ राम्रो छैन । हामी बडा घरमा गएर बडे बडे सपना हेर्नु छैन । हमलोग यही धुलमैलमा रमाउनुपर्छ ।” चुलुवा एक्लै बडबडाउँदै छ । उताबाट उसको जँड्याहा लोग्ने लड्खडाउँदै आइरहेछ ।