जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

मेलवादेवी ठुमरीकी रानीसित जोडिएका प्रसङ्गहरु

डी. आर. पोखरेल डी. आर. पोखरेल
प्रकाशित १८ भाद्र २०७८, शुक्रबार
कला, संगीत भित्र
1
मेलवादेवी  ठुमरीकी रानीसित जोडिएका प्रसङ्गहरु

मेलवादेवी नेपालकै प्रथम गायिका हुन् भनेर धेरैले लेखेका छन् । नेपाली सङ्गीतको स्वर्णिम युग नामक पुस्तकमा प्रकाश सायमीले पनि यही कुरो लेखेका छन् । पूर्वी नेपाल (ओखलढुङ्गा, रुम्जाटार, चण्डिगाउँ)को लामिछाने गुरुङ परिवारमा जन्मिएकी र ७ वर्षमै (दरबार पसेकी आफ्नी आमासित) काठमाडौं आई सङ्गीत–साधना गरेर यति ठूलो उचाइमा उठ्नु सानोतिनो कुरो होइन । प्रतिभा र लगन दुवै कुरो मिल्यो र वातावरण अनुकूल भयो भने एउटा साधारण परिवारको व्यक्ति पनि यति माथि उठ्न सक्छ भन्ने यो एउटा उदाहरण पनि हो ।

रुम्जाटारमा जन्मेकी थिइन् मेलवादेवी भन्ने कुरा त भनिसकिएकै छ । तर मिति भने कसैले १९५६, कसैले १९५९ र कसैले १९६४ भन्ने गरेको देखिन्छ । यो पङ्क्तिकारले भने वि.संं १९५९ लाई मान्दै आएको छ । यसको आधार उनकी फुपूकी छोरी बलमायादेवीसित २०५४ सालमा रुम्जाटार स्मारिकाको प्रकाशन गर्ने सिलसिलामा अन्तर्वार्ता लिएको थियो, त्यसमा उनले आफ्नो उमेर ९८ वर्ष बताएकी थिइन् र मेलवादेवी आफूभन्दा ३ वर्ष कान्छो भएको बताएकी थिइन् । यस हिसाबले मेलवादेवीको जन्म १९५९ साल हो कि भन्ने देखिन आउँछ ।

मेलवादेवीलाई कतिपयले रामेछापको हाराहारीमा जन्मेकी पनि भनेका छन् । लेखकहरूमा यस्तो भ्रम नहुनुपर्ने हो । किनभने स्वामी प्रपन्नाचार्य लगायत स्वयम् मेलवादेवीकी छोरीले पूर्व ३ नं. रुम्जाटार भनेर लेखिसकेकी छिन् । तर लेखेर के गर्नु स्वयम् अन्वेषक र भाषाशास्त्रीहरूले नै रुम्जाटार नै रामेछापमा पर्छ भनिदिएपछि । नेपालका वरिष्ठ विद्वान्हरू रुम्जाटारबारे लेख्छन् – वर्तमान जनकपुर अञ्चलको रामेछाप जिल्लामा पर्ने, सन्त ज्ञानदिलदासले सन्तपरम्पराको गहिरो प्रभाव छोडेको प्रसिद्ध स्थान । (पृ. ११४७, प्रा. बालकृष्ण पोखरेल (सं.) नेपाली वृहत् शब्दकोश, काठ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५२ दो.सं.)

शब्दकोशमै यत्रो ठूलो गलत कुरो लेखेका छन् हाम्रा प्राज्ञहरूले । अरू मुलुकमा भए मुद्दा लाग्थ्यो होला, तर हाम्रो मुलुकमा उल्टो यो पङ्क्तिकारलाई नै मुद्दा लाग्न बेर छैन । तर्क, युक्ति, मनोभाव, नियम, नियत आदिका आधारमा कुनै कुराको छानबिन हुने भए पो केही लाग्छ । दम्भका आधारमा, धनसम्पत्तिका आधारमा, सरकारी पदहरूका आधारमा फुइँ झर्न थालेपछि कसको के लाग्छ ?

यो प्रसङ्गलाई यहाँ किन ल्याइएको हो भने मेलवादेवीलाई पनि कतिपयले रामेछापतिरकै ठानेका छन् । ठान्न नै भए, रुम्जाटार नै रामेछापमा परेपछि । अनि मेलवादेवी स्वतः रामेछापमा परिन् । यस्तो छ हामी नेपालीको अन्वेषण गर्ने बुद्धि । सन्त ज्ञानदिलदासबारे अर्थात् जोसमनी सन्तपरम्परा र साहित्य जनकलाल शर्माले २०२० सालमै प्रकाशित गरेका हुन् । यसमा रुम्जाटार कहाँ पर्छ भन्ने कुरा सविस्तार लेखेका छन् । हाम्रा विद्वान्हरू अर्काको किताब नै पढ्दैनन् जस्तो छ । पढेको भए यस्तो गलत कुरो किटेर किन लेख्थे !

रुम्जाटारले मेलवादेवीभन्दा अघि नै सन्त ज्ञानदिलदास जस्ता प्रख्यात प्रतिभाको ममता पाइसकेको थियो । रुम्जाटारमै बसेर सन्त ज्ञानदिलदासले अनेक टुक्का र झयाउरे भजनको रचना गरिसकेका थिए ।
रुम्जाटारको कोदोको पिठो निर्गुणको दाउन ।
(झयाउरे भजन ।। ८ ।।, जोसमनी सन्त परम्परा)
यस्तै गरी अर्को ः
फटिक षम्बा बैरागी जम्मा
यो रुम्जाटारैमा
(झयाउरे भजन ।। ३ ।।)

भनेर पनि लेखिसकेकै हुन् । यसरी भानुभक्तकालीन सन्त ज्ञानदिलले भजनहरू र उदयलहरी मार्फत् रुम्जाटारको महिमागान गरेको देखिन्छ । यसअघि पृथ्वीनारायण शाहको पालामा त्रिलोचन पोखरेलले पनि माझ्किँरातको सांस्कृतिक एकीकरण गर्नमा रुम्जाटारमै बसेर योगदान पु¥याएको र रुम्जाटारको नामलाई प्रख्यात तुल्याउँदै आएको देखिन्छ ।

मेलवादेवी पछिल्लो कडी हुन् चन्द्रशमशेरको जमानाकी । उनले पनि परोक्ष रूपमा भए पनि रुम्जाटारको नामलाई रोशन गरेकी छिन् । उनले त रुम्जाटारको मात्र नभएर नेपालकै नाम फैलाएकी छन् । भारतमा गएर गीत गाएर उनले ‘ठुमरीकी रानी’ उपाधि पाइन् । धेरै ठाउँमा सुनको तक्मा पाइन् । नेपाली गीतलाई कलकत्ता गएर हिज मास्टर्स भ्वाइसमा रेकर्ड गराउने र नेपाली गीत गाउने पनि उनी पहिलो गायिका भइन् । बबरशमशेर लगायतका मानिसहरूले दुःख दिँदा उनले दरबार छोडिन् । दरबार मात्र नभई नेपाल नै छोडेर भारत, कलकत्तातर्फ लागिन् । उनले सहिद शुक्रराज शास्त्रीलिखित नारी–जागरण सम्बन्धी गीत गाएर राणाहरूको हुकुमी शासनका विरुद्ध आफूलाई उभ्याइन् । त्यो जमानामा यति गर्नु चानचुने कुरो थिएन ।

अर्को कुरा, मेलवादेवीका बाआमाको नाम पनि त्यति प्रस्ट रूपमा आएको देखिँदैन । मेलवादेवीको जन्मस्थलमै यो लेखन्तेको पनि घर भएका कारणले र सानामा उनको सवारी मेरो रेलैमा भन्ने गीत गाउँदा ज्येष्ठ नागरिकहरूबाट सुन्न पाएको हुनाले २०५४ सालमा रुम्जाटार (ओखलढुङ्गा) मै मेलवादेवी सम्बन्धी गोष्ठी गरिएको थियो । त्यहाँ उनकी भदैनी उपस्थित भएर मेलवादेवीका बाबाको नाम ज्ञानबहादुर गुरुङ र आमाको नाम सतनदेवी गुरुङ भएको बताएकी थिइन् । रुम्जाटारमा अहिले हाइस्कुल भएको ठाउँनजिकै चण्डीगाउँमा उनी जन्मिएकी हुन् भनेर उनकी भदैनीले ठोकुवा गरेकी थिइन् ।

मेलवादेवीका गीतहरूमध्ये अति नै प्रख्यात गीत सवारी मेरो रेलैमा… अझ्ै पनि रुम्जाटारका केही बूढाबूढीहरूले गाउन सक्छन् होला । २०५४ सालतिर त दुईचारजनासित यही लेखन्तेले यो गीत सुनेको थियो । स्मारिकामा छाप्नका निम्ति रुम्जाटारका तिलक गुरुङ र यो लेखन्ते रेडियो नेपाल गई चारवटा गीत रेकर्ड गरेर ल्याएका थियौं । पाँचवटा गीत छ भनेका थिए, तर हाम्रो क्यासेटमा चारवटा मात्र रेकर्ड भएको रहेछ । हामीले त्यसलाई स्मारिकामा छापेका छौं (रुम्जाटार स्मारिका, २०५४, पृ. ७२) । ती गीतहरू वा बोलहरू थिए ः
१. हाय मेरो परदेशी प्रीतम छोडेर जानुभो ।
२. न घरलाई घर कहिन्छ नारी नै दरबार हो ।
३. छानी–छानी रस लिने अति निष्ठुरी डुलुवा भवरा ।
४. आउन बसौं पियारी मिर्मिरे झयालैमा ।

यी चारवटा गीतहरूका पूरै पङ्क्ति रुम्जाटार स्मारिकामा छापिएको छ । यस्तै गरी २०६१ सालमा सहिद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर चितवनको स्मारिका वन्दनामा ठुमरीकी रानी मेलवादेवीको रामकहानी भन्ने शीर्षकमा यो लेखन्तेको एउटा लेख छापिएको छ ।

२०५४ सालमा रेडियो नेपालबाट कपी गरिएका ४ वटा गीतको क्यासेट २०६२ सालमा मैले चितवनको सिनर्जी एफएमलाई दिएँ । उसले एक दिन बजायो पनि । क्यासेट दिएपछि सिनर्जीले मलाई सीडी बनाएर दिएको छ र यी गीतहरू मैले मेरो कम्प्युटरमा सुरक्षित राखेको छु ।

यस्तै अर्को प्रसङ्ग पनि बताउनु जरुरी ठानेको छु । त्यो के भने मेलवादेवीकी माइँली बहिनीकी छोरी यही चितवनमा बखानसिंह गुरुङकी बुहारी भएर आउनुभएको रहेछ । उहाँसित उहाँका छोरा शुक्रध्वज गुरुङमार्फत् भनपा २, क्षेत्रपुरमा २०६१ सालमा भेट भएको थियो । उहाँले बताएअनुसार मेलवादेवीकी कान्छी बहिनीले एक चीनियासित विवाह गरेकी थिइन् । साथै मेलवादेवीकी छोरी, विमला दीक्षित जो कानपुरमा विवाहिता भएर बसेकी थिइन्, उनी नेपालमा आमाकाबारे खोजी गर्न आउँदा भेट भएको थियो भनेर बताउनुभयो । शुक्रध्वज गुरुङकी आमाले म रुम्जाटारको भएको हुनाले माइती देशको भनेर साह्रै माया गर्नुभएको थियो ।

कुरो बुझदै जाँदा मेलवादेवी आजभन्दा ७०÷८० वर्षपहिले नै यो औलोको घर चितवनमा आएकी थिइन् । इतिहासविद्हरू भन्दछन् – चितवन एक ऐतिहासिक सिकारस्थल हो । यहाँको जङ्गलमा देश–विदेशका बडेबडे राजा–महाराजाहरूले सिकार खेलेका थिए । नेपालका चन्द्रशमशेर पनि सिकारका ठूला सौखिन थिएन । उनले धेरैपटक चितवनमा सिकार गरेको कुरो पढ्न पाइन्छ । (डा. देवीप्रसाद कँडेल, चितवन एक ऐतिहासिक सिकारस्थल, चितवन महोत्सव स्मारिका, २०५७) यसरी सिकारमा आउँदा दरबारको ठूलो फौज आउने गर्दथ्यो र त्यसमा भाइभारदार, हुक्के, द्वारे, सुसारे, केटी नर्तकी, गायक, वादक सबै आउने गर्दथे । मेलवादेवी स्वरकी धनी थिइन् । चन्द्रशमशेरले छोरीसरह उनलाई माया गर्दथे भनिन्छ । त्यसो भएकाले मेलवादेवीको मधुर स्वर सुन्नका निम्ति उनलाई सिकारस्थलमा ल्याउने गरिन्थ्यो । जनश्रुति त कतिसम्म छ भने मेलवादेवीले गीत गाउँदा जङ्गलका मृगबच्चाहरू ट्वाँ परेर सुन्थे । यसरी मेलवादेवीको कोकिलकण्ठले लठ्ठ परेका मृगबच्चाहरूलाई नमार्नु भन्ने चन्द्रशमशेरको आदेश नै थियो रे । यस कुराको उल्लेख २०२८ सालमा सङ्गीत सरितमा मेलवादेवीकै छोरी विमला दीक्षितले पनि गरेकी छिन् ।

ठुमरीकी रानी उपाधिजस्तै रानी थिइन् मेलवादेवी, रामकी रानी । ठुमरी एक राग हो । भारततिर यसलाई गीत (गाना)का रूपमा पनि गाइन्छ । गीतका रूपमा यो स्थायी र अन्तरा मात्र भएको गीत हो भने रागका रूपमा यो बेजोड राग हो । यही राग गाउँदा भारतको इलाहावाद सङ्गीत सम्मेलनमा मेलवादेवीले ठुमरीकी रानीको उपाधि प्राप्त गरेकी थिइन् । सुनको मेडल पाएकी थिइन् । भारतमा उनले यस्ता धेरै मेडलहरू पाइन् । उनको मृत्युपछि ५० वटा त मेडलहरू नै जलाइएको थियो भनिन्छ । यो कुरा उनका धर्मपुत्र रामचन्द्र गुप्ताबाट जानकारी भएको उल्लेख पाइन्छ ।

त्यतिखेरको चलनअनुसार नेपाल अधिराज्यका विभिन्न गाउँबाट दरबारमा नवयुवतीहरू झ्किाइन्थ्यो । गाउको दुःखले गर्दा युवतीहरू दरबार जान रौसिन्थे र परिवारजनले पनि अरूको देखासिकी गरेर आफ्ना तरुनी छोरी–बहिनी दरबार पठाउथे । रुम्जाटारबाट धेरै गुरुङ चेलीहरू दरबार भित्रिएका थिए । मेलवादेवी ७ वर्षकै उमेरमा आफ्नी आमा सतनदेवीसंग काठमाडौं भित्रिएकी थिइन् । उनकी आमा दरबारकी केटी थिइन् (दरबार पसेकी थिइन्) । मेलवादेवी प्रतिभाशाली थिइन् । उनले दरबारमा ठूला सङ्गीतज्ञहरू (बालाप्रसाद शर्मा, ढुण्डे खा, गणपत, खेमचन्द्र, माधवप्रसाद आदि उस्तादहरू) संग सङ्गीत सिक्ने अवसर पाइन् । उनको स्वर पनि राम्रो भएकाले गायनक्षेत्रमा पनि अघि बढिन् । उनी सुमधुर स्वरकी धनी बनिन् । तामदान (डोली) चढेर उनी राणाहरूका विभिन्न दरबारहरूमा आयोजना हुने कार्यक्रमहरूमा गीत गाउन जाने गर्थिन् भन्ने उल्लेख भएको पाइन्छ । उनको स्वरबाट राणा प्रधानमन्त्री प्रभावित थिए र प्रभावित भएकाले नै सिकारमा जाने टोलीमा पनि मेलवालाई लिएर जान्थे भनिन्छ । तर नेपाललाई सतीले सरापेको देश भनेझ्ैं मेलवादेवीको प्रतिभाको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा उनको प्रतिभाको ईष्र्या र दुस्मनी गर्नेहरू भित्रभित्रै जगमगाउन थाले र खानेकुरामा विष मिसाई कोकिलकण्ठी मेलवादेवीको स्वर बिगारिदिए भन्ने पनि पाइन्छ । मेलवादेवीको स्वर नबिग्रियोस् भनेर चन्द्रशमशेरले बेलायतबाट डाक्टर झ्किाएका थिए भनिन्छ ।

उच्च मूल्यबोध भएकी प्रतिभाशाली गायिका दरबारिया कलाको मूल्य थाहा नभएका मान्छेहरूको माखेजालमा टिक्न सकिनन् । अर्कोतिर उनको सम्बन्ध शुक्रराज शास्त्रीजस्ता क्रान्तिकारी व्यक्तित्वसित नजिकिएको थियो । राणाहरूको अत्याचार सहन उनलाई मुस्किल भएको थियो । त्यस्तो भएकोले उनी दरबारबाट निस्किइन् । उनी निस्कँदा सिंहदरबारको अघिल्लो ढोकाबाट निस्किइन् ।

सङ्गीतक्षेत्रकी यति विराट प्रतिभा नेपालबाट पलायन भएर कलकत्तामा गई सङ्गीतको स्कुल चलाएर बसिन् भन्दा मन खिन्न हुन्छ । के गर्ने ? लेखनाथले भनेकै छन् – भिल्लको देशमा मणि । माल पाएर चाल नपाएपछि यस्तै हुन्छ । राणाहरू सौखिन त थिए तर कलाका पारखी थिएनन् भन्ने कुरालाई यसले प्रमाणित गरेको छ । नत्रभने भारतमा भएका सङ्गीत सम्मेलनमा समेत अब्बल उभिएकी, गुरुङ परिवारबाट आएकी एक होनहार नेपाली चेलीलाई देशबाट खेद्दा शासकहरूको मन रुनुपर्ने हो । तर के रुन्थ्यो बबरशमशेरले त धेरै दुःख दिए भनिन्छ । भगतकृष्णसित जुन विवाह भयो मेलवादेवीको, त्यो गहिरो मिलन थिएन, दरबारिया षड्यन्त्रको परिणाम थियो भन्ने कुरा भगतकृष्णलाई छोडेर दुईजना छोरी र दुईजना छोराहरू लिएर एक्लै कलकत्ता प्रस्थान गर्नुले नै बताउँछ । तर कलकत्तामा उनका छोराहरू बचेनन् । दुइ वटी छोरीहरू शान्ता र विमला कतै भारततिरै विवाह गरेर बसेका छन् भनिन्छ । पछि २०१२ सालतिर कलकत्तामै मेलवादेवीको स्टोभ पड्केर दुःखद मृत्यु भयो भनिन्छ ।

सरकारी तहबाट मेलवादेवीको खोजी नभए पनि जनस्तरबाट अहिले मेलवादेवीको केही अध्ययन भइरहेका छन् । रामशरण दर्नाल, सुबी शाह, प्रकाश सायमी जस्ता लेखकहरूले मेलवादेवीलाई प्रकाश पार्ने काम गरिरहेका छन् । यस्तै, उनकै जन्म गाउँकी सङ्गीता गुरुङले मेलवादेवीको जीवनी, व्यक्तित्व र कृतित्वबारे स्नातकोत्तर तहको शोध गरेकी छिन् । उनकै गाउँबाट केही उत्साही व्यक्तिहरूले मेलवादेवीको सोधखोज गर्ने, गोष्ठीहरू गर्ने, पत्रिका, स्मारिका प्रकाशन गर्ने आदि काम गरिरहेका छन् । यसरी नै यो कृतिकार पनि यसै लाममा लामबद्ध बनेको छ ।

मेलवादेवीको गायनमा मौलिकता छ, नेपालीपन छ र छुट्टै स्वरको गुञ्जायस छ भन्ने मूल्याङ्कन विद्वान्हरूले गरेका छन् । उनी मधुर स्वरकी धनी र उच्च मूल्यबोध भएकी नेपाली जाति गायनकी एक शीर्ष व्यक्तित्व थिइन् । उनी नेपाली गीत रेकर्ड गर्ने पहिलो र गाउने पनि पहिलो गायिका हुन् । उनको गायनमा शास्त्रीय सङ्गीतको प्रभाव र लोकसङ्गीतको परिष्कृत अभिव्यक्ति पाइन्छ भनिन्छ । वास्तवमै मेलवादेवी गीत–सङ्गीतक्षेत्रकी एक नायिका हुन् । भेडीगोठ, राढीपाखी उद्योग आदि पेसा र दरबारमा पस्ने प्रवृत्ति भएका मध्यम वर्गको गुरुङ परिवारमा जन्मेकी मेलवादेवीले जुन साहस, दृढता, धैर्य, स्वाभिमान देखाइन र गीत–सङ्गीतका क्षेत्रमा जुन प्रवीणता हासिल गरिन्, उनको स्वरमा जुन लालित्य र मधुरता थियो, यी सबैको हिसाब गर्ने हो भने मेलवादेवी नेपालकी एक गौरव हुन् । उनीबाट आज हामीले धेरै कुरा सिक्न सक्छौं भन्ने कुरा सगर्व भन्न सकिन्छ ।


Tags: ठुमरीनेपाली सङ्गीतमेलवादेवी
अघिल्लो पोष्ट

उधारो सपना

पछिल्लो पोस्ट

महिनावारी

डी. आर. पोखरेल

डी. आर. पोखरेल

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
महिनावारी

महिनावारी

कविको कोठा

कविको कोठा

प्रतिक्रिया 1

  1. Hari Manjushree says:
    4 years ago

    मेलवादेवी गुरुङको सालिक शब्दयात्रा प्रकाशनले बनेपामा राखेको छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बुकर पुरस्कार जितेको ‘रेत समाधि’

बुकर पुरस्कार जितेको ‘रेत समाधि’

४ जेष्ठ २०७९, बुधबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

५ जेष्ठ २०८१, शनिबार
उधारो सपना

उधारो सपना

४ जेष्ठ २०७८, मंगलवार
कौशीमा नाटक ‘वेडिङ एल्बम’

कौशीमा नाटक ‘वेडिङ एल्बम’

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक