जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

ओ. हेनरी

योगेन्द्र तिमिल्सिना योगेन्द्र तिमिल्सिना
प्रकाशित ३२ श्रावण २०७८, सोमबार
अनुवाद भित्र
0
ओ. हेनरी

विश्वप्रसिद्ध अमेरिकी कथाकार ओ. हेनरीको खास नाम विलियम सिड्नी पोर्टर हो । उनको जन्म ११ सेप्टेम्बर १८६२ मा नर्थ क्यारोलिनाको ग्रीन्सबोरो शहरमा भएको थियो । विलियम सिड्नी पोर्टर, चिकित्सक अल्गेन सिड्नी पोर्टर र म्यारी जेन भर्जिनिया स्वाइम पोर्टरका तेस्रो सन्तान थिए । विलियम तीन वर्षका हुँदा उनकी आमाको देहान्त भएपछि बाबुले उनलाई हजुर आमाको घर पुर्‍याएका थिए । पढ्न सक्ने भएपछि विलियम परम्परागत शास्त्रीय पुस्तकदेखि उपन्यास लगायत सबैखाले पुस्तकहरु पढ्थे ।

विलियमले सन् १८७६ मा आफ्नै काकीको एभेलिना मारिआ पोर्टर स्कुलबाट प्राथमिक तहको शिक्षा प्राप्त गरेका थिए । त्यसपछि काकीकै रेखदेखमा उनी लिन्डसी स्ट्रीट हाईस्कुलमा भर्ना भए । उनी १५ वर्षका हुन्जेल काकीले उनलाई ट्युशन पढाउँथिन् । सत्र वर्षका भएपछि सन् १८७९ मा उनी ग्रीन्सबोरो स्थित काकाको औषधी पसलमा काम गर्न लागे । ३० अगस्त १८८१ देखि १९ वर्षको उमेरमा उनले फर्मासिस्टको प्रमाणपत्र लिए र आफ्नै औषधी पसल सञ्चालन गर्न लागे ।

सन् १८८२ मा उनी टेक्सास गए । त्यहाँ उनी एउटा गाई गोठमा काम गर्न थाले । त्यसपछि उनी अस्टिन स्थित फस्र्ट नेशनल बैङ्कमा टेलर (Teller)को काम गर्न थाले । सन् १८८७ देखि उनले अथोल एस्ते रोचसँगको आफ्नो विवाहको सम्झनामा संक्षिप्त हास्यप्रधान चित्रणहरु लेख्न थाले । सन् १८९४ मा उनले एउटा हाँस्यप्रधान साप्ताहिक द रोल्लिङ् स्टोन चलाए । त्यसमा असफल भएपछि उनी हस्टन पोष्ट नाउँको पत्रिकामा पत्रकार, स्तम्भकार र कार्टुनिष्टको रुपमा काम गर्न लागे । फेब्रुअरी १८९६ मा उनलाई बैङ्कको रकम हिनामिना गरेको अभियोग लाग्यो । उनका साथीहरुले उनलाई त्यहाँबाट होन्डुरसतर्फ भगाए । श्रीमती क्षयरोगबाट सिकिस्त विमारी भई अन्तिम अवस्थामा पुगेको खबर पाएपछि उनी फेरि अस्टिन फर्के । अन्त्यमा उनकी श्रीमतीको देहान्त भयो ।

बैङ्कले पनि उनको सम्वेदनशील अवस्थालाई ध्यानमा राखी उनकी श्रीमती बाँचुन्जेल उनलाई कुनै कारवाही गरेन । अपराधी साबित भएपछि उनलाई पाँच वर्षको काराबासको सजाय तोकिएता पनि राम्रो व्यवहार देखाए बापत उनलाई न्यूनतम तीन वर्ष र तीन महिनाको कैद सजाय सुनाइयो र सन् १८९८ मा ओहियोको कोलम्बसस्थित जेलमा उनी कोचिए । औषधी पसल सञ्चालन गर्दाको अनुभवको आधारमा उनले जेलभित्रका बिमारीहरुलाई रात्री स्वास्थ्य सेवा प्रदान गरे । यसबाट उनले केही आय आर्जन गर्न थाले । त्यस आम्दानीबाट उनले आफ्नी छोरी मार्गरेटलाई जीवन निर्वाह गर्न सहयोग पुर्‍याए । मध्य तथा दक्षिण–पश्चिम अमेरिकाका उनका साहसका कथाहरु पत्रिकामा छापिन थालेपछि उनी जनप्रिय हुन थाले । त्यसपछि बैङ्कको रकम हिनामिना सम्बन्धी आरोेपको सजाय काटेर जेलबाट निस्कने बित्तिकै विलियम सिड्नी पोर्टर, ओ. हेनरी भएका थिए । कथाकार ओ. हेनरीको नाउँबाट आज उनी विश्वभर प्रख्यात छन् ।

पोर्टरका कथाहरुको तुलना गोगोल, किप्लिङ्, मार्क ट्वाइन र मोपासाँ जस्ता विश्वप्रसिद्ध कथाकारहरुसँग हुन थाल्यो । ब्यङ्ग्यात्मक शैली र कथाको अनपेक्षित (Surprise) अन्त्य गर्न सक्ने विशिष्ट क्षमताले गर्दा उनी प्रसिद्ध भए । न्यु योर्कका गल्लीहरुमा बरालिँदै उनले समय काटे । यसै शहरभित्र उनले प्रहरी, होटलमा काम गर्ने वेट्रेस र तल्लोस्तरमा काम गर्ने सर्वसाधारण पात्रहरु फेला पार्थे, यिनै सर्वसाधारणका दैनिकी नै उनका कथाका सामग्री हुन् । घटना वा परिस्थितिको अपूर्व संयोग, सुन्दर वाक्य रचना र विशिष्ट शैलीमा हाँस्यपूर्ण र ब्यङ्ग्यात्मक चित्रण गर्नसक्ने अपूर्व गुण उनमा थियो ।
सन् १९०७ मा उनले ग्रीन्सबोरो स्थित बाल्यकालकी प्रेमिका सारा लिन्डसे कोलम्यानसँग विवाह गरे । दोस्रो विवाह गरेता पनि उनले जीवनमा कहिल्यै परिवर्तनको अनुभव गर्न सकेनन् । पोर्टरको अत्यन्त खर्चिलो जीवनशैलीको कारणले साराले सन् १९०९ मा उनलाई छाडिन् । उनका केही प्रमुख कथा सङ्ग्रहहरु यी हुन् :–

१. बन्दकोबी र राजाहरु (Cabbages and the Kings, 1904), २. पश्चिमको मुटु (Heart of the West, 1907), ३. चालिस लाख(The Four Million, 1909), , ४. विकल्पहरु (Options, 1909), ५. भाग्यको बाटो (Roads of Destiny, 1909), ६. व्यवस्थित बत्ती(The Trimmed Lamp, 1910), ७. असाध्य व्यावसायिक : चालिस लाखका अरु कथाहरु (Strictly Business : More Stories of the Four Million, 1910), ८. चक्करहरु (Whirligigs, 1910), ९. छ र सातहरु (Sixes and Sevens, 1911), , १०. भद्र घुस्याहा (The Gentle Grafter, 1919) र ११.गुड्ने ढुङ्गाहरु (Rolling Stones, 1919) ।
संयुक्त राज्य अमेरिकाको न्यु योर्क शहरमा कलेजोको पुरानो रोग बल्झी ५ जुन १९१० मा ओ. हेनरी अर्थात् विलियम सिड्नी पोर्टरको मृत्यु भएको थियो ।


Tags: ओ. हेनरी
अघिल्लो पोष्ट

भेनिससँगको तीन दिन

पछिल्लो पोस्ट

महिला लेखिकाहरुको गुणात्मक बृद्धि होस् : भुवन ढुङ्गाना

योगेन्द्र तिमिल्सिना

योगेन्द्र तिमिल्सिना

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
महिला लेखिकाहरुको गुणात्मक बृद्धि होस् : भुवन ढुङ्गाना

महिला लेखिकाहरुको गुणात्मक बृद्धि होस् : भुवन ढुङ्गाना

अन्धकारभित्रको अन्धकार – ४

अन्धकारभित्रको अन्धकार – ४

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जीउनी

जीउनी

४ जेष्ठ २०७९, बुधबार
मानवीय संवेदना र पीँधमा रहेका  सरोकारका विषयवस्तुले बढी छुन्छ : विमला तुम्खेवा

मानवीय संवेदना र पीँधमा रहेका सरोकारका विषयवस्तुले बढी छुन्छ : विमला तुम्खेवा

४ जेष्ठ २०८०, बिहीबार
अवसान

अवसान

४ जेष्ठ २०७८, मंगलवार
प्रथम महिला कथाकार देवकुमारी थापा

प्रथम महिला कथाकार देवकुमारी थापा

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक