मधुरो जूनको प्रकाश, शीतल मन्द बतास, छङ्ग खुलेको आकाश, स्वच्छन्द डुलेको आभास, तप्पतप्प शीत झ्रेर पातमाथि त्यही शीतको भारले लच्कको दुबो, चौरभरि बिच्छ्याइएको गलैंचा, त्यहीमाथि कोमल पैतालाको डोब । म अघिअघि, एउटा छायाँ मेरो पछिपछि । हामी गइरहन्छौं निरन्तर अगाडि । कहाँ किन थाहा छैन । शीतमा चिप्लेर लड्न लाग्दा कसैले मेरो हात च्याप्प समाउँछ । मसँग मेरो छायाँ छ बस् मलाई यति थाहा छ ।
पहाडको टुप्पोबाट उन्मुक्त बैँस छचल्काउँदै झ्रेको छाँगो ढुङ्गाको कन्दरामा आएर समागम हुन्छ । एक अनौठो ध्वनि छाँगाको शीतल बतास, मेरो पछ्यौरी उडाएर चुम्छ अङ्ग–प्रत्यङ्ग । जूनको मधुरो उज्यालोभित्र नियाल्छु झ्रनाको सुन्दरता, कताकता ईष्र्या लाग्छ उसको जवानी र स्वतन्त्रतामाथि ।
म खोलाको एक चेप्टो पसारिएको ढुङ्गामा उभिएकी हुन्छु पानीभित्रको माछालाई हेर्दै त्यो मौसम एकदम मनपर्छ । हुन सक्छ जीवनमै यस्तो सुनौलो पल कहिल्यै आएको थिएन ।
परी ! कस्तो लाग्यो यहाँको वातावरण ? के तिमी कहिल्यै यहाँ आएकी थियौ ?सामुन्नेको ढुङ्गामा ठिङ्ग जिजीविषाझ्ैं उभिएर छाँगोले प्रश्न गर्छ ।
अहँ । आजभन्दा पहिले म यहाँ आएकी छैन । साँच्चै तिमीले मलाई यहाँ किन ल्याएका ?
ऊ पर क्षितिजमा चाँदीका टुक्राझ्ैं गुच्छा परेर रहेको बादल नियाल्दै र एकनासले टोलाउँदै जवाफ दिन्छ – केही भावनाको कुरा गर्न, केही मायाको कुरा गर्न । तिमीसँग केही लिन र केही दिन । हो परी ! म वर्षौदेखि तिमीलाई यही ठाउँमा यसरी नै भेट्न चाहन्थेँ तर समय कहिल्यै अनुकूल भएन । आज वर्षौंको तपस्या पूरा भएको छ । यस अर्थमा म ज्यादै खुसी छु ।
उसको भावुकता, गहिरो अभिव्यक्ति, तरल एकदम तरल सोचाइले अलिकति झ्स्काउँछ मलाई ।
किन र छायाँ ? तिमीले भनेको जस्तो कुरा गर्न अन्त सकिँदैन र ?
सकिँदैन ! कहिल्यै सकिँदैन, कहाँ छ चोखो भूभाग ? कहाँ छन् नि:स्वार्थी मन, तिम्रो हात समाउन, तिम्रो केसहरू मुसार्न मलाई यही स्थान चाहिन्थ्यो, बुझयौ ?
म आँखा उठाएर उसलाई हेर्छु । सुन्दर युवक, चम्किलो मुहार, गोला आँखा झ्मििक्क झ्म्क्यिाउँदै हेरिरहन्छ ऊ मलाई । झ्सङ्ग हुन्छु, एकछिन अगाडिसम्म आफ्नै छायाँ तुल्याएको थिएँ उसलाई, तर म गलत रहेछु । कताकता डर लाग्छ । शून्य रात, कीराको आवाज, झ्रनाको ध्वनिबाहेक उही हामीले फेरेको स्वासको आवाज मात्र सुनिन्छ । म भूइँमा लत्रेको मयत्रो हातले सियारेर शरीर छोप्ने प्रयास गर्छु । भ्यागुुतो उफ्रेझ्ैं उफ्रेर ऊ मैले टेकेको ढुङ्गामा आइपुग्छ । मलाई भने भय, त्रास र शङ्काले गाँजेर लुलो बनाउँछ । अलिकति पछि हट्ने प्रयास गर्छु । बलियो हातले च्याप्प समाउँछ मलाई ।
छाडिदेऊ मलाई ! कुन अधिकारले समाउँछौ मेरो नाडीमा ? म कसैको छोरी हुँ । यसरी सुनसान रातमा मेरो पिछा गर्दै हात समाउनु ठीक होइन ।
म उसको हात फुत्काउने प्रयास गर्छु तर खलखल पसिना छुट्छ ।
किन र परी ? मैले समाएको हुँ, अरूले होइन । आज तिमी र मबीचमा कोही आउने छैन । यतिसम्म कि बतासलाईसम्म रोक्ने साहस छ मेरो । ऊ हेर ! पहाडबाट झ्रेको छाँगो, तिमी भन्छौ भने रोकिदिन्छु त्यसलाई पनि । तिमी मेरो आसय बुझिदनौ परी, मैले समाउनुअगावै कसैले यी हातहरू समाउने प्रयास गरेको भए मात्र पनि भस्म बनाउँथेँ उसलाई ।
नभन्दै एकछिन अगाडि मात्र चिसो बतास ओकल्दै झ्रेको छाँगो बीचमै रोकिन्छ । मन्दमन्द तातो हावा खोलाको किनारैकिनार सुसेल्न थाल्छ । नचाहेरै पनि म मयत्रो शरीरबाट झ्किेर ढुङ्गामा थपक्क राख्न पुग्छु । च्याप्प अठ्याउँछ उसले मेरो कम्मर ! हात फुत्काउने हिम्मत ममा रहन्न ।
पानी परेको साबुनजस्तै भतक्क भएर गल्छु आफूभित्रै गल्नु के थियो र डराउनु मात्र । अघि छाँगो खसेको ठाउँमा एउटा सुन्दर ढोका देखापर्छ । छायाँले अँगालोमा बोकेर लान्छ त्यही ढोकाबाट भित्र, जहाँ एक अलौकिक सजिसजाउ कोठा हुन्छ जुन कोठाको डेकोरेसन पहिलो कहीँ कतै देखेकी हुन्न मैले । यस्तो लाग्छ स्वर्ग त्यही हो । कोठाको बीचमा सुन्दर पलङ्ग, चारैतिर झयालमा रेसमी पर्दाहरू, छायाँले त्यही पलङमा सुताउँछ मलाई र ऊ बिस्तारै पल्टन्छ मैमाथि । बस्, यतिसम्मको याद छ त्यसपछिको दृश्यहरू धमिलो हुँदै आँखाबाट ओझ्ेल पर्छन् ।
परी ए परी ! बाहिर झ्लमल घाम लागिसक्यो । तँ भने अझ्ै सुतिरहेकी छेस् । हे भगवान् ! कस्ती अल्छीपाटे छोरी जन्माइछु मैले । आज शनिबार मन्दिर जाने भनेका थियौ रे, साथीहरू तल पर्खिरहेका छन् । छिटो तयार भएर मुन्टी ।
टेबलमा चिया राखेर धोती उचाल्दै आमा कोठाबाट बाहिर निस्कनुहुन्छ । छ्या ! कस्तो नराम्रो सपना देखेँछु । यस्तो त कहिल्यै देखेकी थिइनँ । हजुरआमा भन्नुहुन्थ्यो – बिहानीपखको समयमा देखेको सपना सत्य हुन्छ । नाइँ–नाइँ यस्तो नहोस् । जे होस्, सपना रोमान्टिक थियो । कसलाई भन्नु, कसलाई सुनाउनुु ? म बिस्तराबाट जुरुक्क उठ्न खोज्छु, शरीर भारी भएझ्ैं लाग्छ । हातगोडाका मांसपेसीहरू पट्पट् फुट्ला झ्ैं दुखेको, टाउको भारी गह्रौँ हुन्छ । सिरक मिलाउन खोज्दा एउटा कालो सर्प सलल खाटमुनि ओर्लन्छ । म बेस्सरी चिच्याउँछु – आमा ! बाबा, सर्प … सर्प । चिच्याएको आवाज सुनेर बाबा–आमा, बहिनी र साथीहरू मेरो कोठामा आउँछन् । के भो ? किन चिच्याएकी ? चिट्चिट् पसिना काड्दै बिस्तराबाट झ्र्छु । सर्प एउटा कालो सर्प, मेरो सिरकमुन्तिर झ्रेको छ । सबैजना त्यतै हेर्छन् तर त्यहाँ केही हुँदैन । छोरी ! सपना नराम्रो देख्यौ कि कसो ? त्यसैको तर्कना आएको होला – बाबा भन्नुहुन्छ । म फेरि झ्सङ्ग हुन्छु – ला ! बुबाले थाहा त पाउनुभएन ? होइन, होइन मैले देखेको सपना उहाँले कसरी थाहा पाउनु ? भर्याङ्ग झ्र्न लाग्दा चाल पाएँ, तल्लो पेट असहज तरिकाबाट दुखेको छ । आखिर किन यस्तो भयो ? त्यो सपना र मेरो शरीरको अस्वाभाविक परिवर्तन, आपसमा किन मेल खाइरहेछ ? किन म उसै भड्किरहेछु । त्यो सर्प कहाँ गयो ? मनभरि जिज्ञासा, प्रश्न, कौतूहलता तँछाडमछाड कुस्ती खेल्न आउँछन्, म भने साथीहरूसँग मन नलाईनलाई मन्दिरतिर जान्छु ।
अरू मोटाएको देखेर खूब ईष्र्या गर्थें म । दराजमा राखेको चौठाबाट कैयौंपटक आमाको आँखा छलेर थुर्पीका थुर्पी घिउ चोरेर नखाएको पनि होइन तर पनि पटक्कै मोटाउन सकेकी थिइन । साथीहरू उ जन्ममा मासु बेचेर खाएको आरोप लगाउँथे । म थिएँ नै त्यस्तै । बाँसका मकै भुट्ने कप्टेराजस्ता हातपाखुरा देखेपछि नभनुन् पनि कसरी ? उनीहरूको कसिलो पाखुरा र छिनेको कम्मर देखेर सधैं थुक निल्नु मेरो अन्तिम विवशता रहँदै आएको थियो । दैवी चमत्कारझ्ैं गएको एक महिनायता आफसेआफ मोटाउँदै आएकी छु । महिना नाघेको डेढ महिना भइसक्यो । हिजो पनि आमाले सोध्दै हुनुहुन्थ्यो – तेरो महिना नाघ्यो, किन हो ?
खै, म आफै बिलखबन्दमा थिएँ भने जवाफ कसरी दिन सक्छु र ? हिजोआज पिरो, अमिलो एकदम मनपर्न थालेको छ । घरपछाडिको कागतीको बोटै रित्तियो एउटा–एउटा चोरेर नूनसँग खाँदा । मनमा किन यस्तो परिवर्तन आइरहेछ ? पहिलेको कपडा एउटा पनि मिल्दैन, मागेर लगाएको झ्ंै हुने सरुवाल, कुर्ता टिपिक्क पर्छ । त्यसो त म आफैँलाई थाहा छ छाती पनि पहिलेको तुलनामा गोला, ठूला र कसिला भएको । महिनावारी रोकिनु, मोटाउनु, अमिलो–पिरो देहले माग्नु यो त राम्रो लक्षण होइन । म साइन्सको विद्यार्थी । मलाई थाहा छ पुरुषको शुक्रकीट र महिलाको डिम्बबेगर कुनै पनि महिला गर्भवती बन्न सक्दिन । सत्र वसन्त पार गरेर अठार वसन्तमा टेक्दाको यो घडीसम्म पनि कुनै परपुरुषलाई छोएकी छैन । मात्र त्यही सपनाको रहस्यमय घटनाबाहेक । के सपनामा भएका त्यस्ता क्रियाकलापले पनि बिपनामा गर्भ रहन सक्छ र ? सोचाइका तन्द्राहरूमा नै दिनरात बित्छन् मेरा । कहिलेकाहीँ के हुन्छ कुन्नि, निदाउनै सक्दिनँ । कोल्टे फर्कदै रात आँखैमा बित्छ । कस्तो ! डिप्रेसन हुन पो लाग्यो क्यारे मलाई । भतभत पोल्छ मन । निसासिरहन्छु हर घडी ।
मनमा बलेको आगो निभाउन मैले मेडिकल टेस्ट गर्नैपर्छ । साइन्सले पनि आजभोलि निकै सजिलो बनाइदिएको छ । आफूले कसैलाई थाहै नदिई प्रिग्नेन्सी टेस्ट गर्न सकिने वा ! क्या चमत्कारी व्यवस्था । बिहान कलेजबाट घर फर्कदा बाटोमा पर्ने औषधि–पसलबाट प्रिग्नेन्सी टेस्टको सिवर किनेर ल्याएँ । यसलाई प्रयोग गर्ने तरिका पनि त्यहीँ लेखेको रैछ । घरमा कोही नभएको मौका छोपेर युरिन टेस्ट गरेँ । शङ्का साकार भएर निस्कियो याने कि रिजल्ट पोजेटिभ आयो । यस्तो कसरी हुन्छ ? वास्तविक भोग्नु त परै जाओस् कल्पना पनि गर्न नसकिने घटना म आफैँ भोगिरहेछु प्रत्यक्षदर्शी भएर । यदि यो घटना अरूमा घटेको भए म आफैँ पत्याउने थिइनँ । संयोग मैमाथि खनियो । भगवान् जिसस् क्राइस्ट त एउटी कुमारी आमाको गर्भबाट जन्मिएका थिए रे । त्यो समय र अहिलेको समय बेग्लै छ । कलियुगमा कुन भगवान्ले जन्म लिन्छन् ? फेरि अधिकांश मानिसहरू नास्तिक भएर गएको बेला । म कोठामा फुईफुई रिंगिरहन्छु फनफने लागेको खसीझ्ैं । अब बाबाआमाले थाहा पाएपछि के भन्नुहोला ? कसरी मुख देखाउन सक्छु ? के वास्तविकता म उहाँहरूको अगाडि राखौं ? पत्याउलान् र ? सपनामा मरेको देख्दा विपनामा पनि मर्ने भए बेग्लै कुरा । पिउँदै नपिएको विष ओकल्दै छु । थाहा छैन उक्त विषको असर परिवारमा कतिको पर्ने हो ?
दिदी ! बाबाआमाले भन्नुभएको तिमी बैठककोठामा आऊ रे, अति महŒवपूर्ण सल्लाह गर्नुछ भन्दै हुनुहुन्थ्यो – तनावग्रस्त सोचाइमा उग्राइरहेकी म बहिनीको आवाजले वास्तविक भोगाइमा आइपुग्छु । मलाई सुनाएर ऊ फर्किसकेकी हुन्छे । बोलाउनुको कारण पक्कै यही हो, तीव्र्र भइदिन्छ मुटुको धड्कन । लरबरिन्छ पाउ, अनायासै आँखाबाट आँसु त्रिशूली बनेर ओइरिदिन्छ – हे भगवान् ! कुन जुनीको सजायँ दिंदै छौ तिमी मलाई । कुनै पुरुषको सम्पर्कविना नै कसको भ्रूण हुर्कंदै छ मेरो पेटमा । वास्तविकता कसरी ओकल्न सक्छु म । न उहाँहरूले पत्याउनुहुन्छ ।
भगवान्सँग मनमनै गुनासो गर्दा बैठककोठामा प्रवेश भइसक्छन् मेरा पाउ । हेर्छु, अँध्यारो मुहारमा रणचण्डी बनेकी छिन् आमा । बुबा पनि त्यस्तै । कसरी बसौँ म उहाँहरूका अगडि ?
के उभिरहेकी अलच्छिनी ! बस् त्यो सोफामा ! – आमा भन्नुहुन्छ । म काम्दै बस्छु, फेरि मौनता कोठाभरि छरिन्छ । रोक्न लाख प्रयास गर्दागर्दै सिमसारमा पानी रसाएझ्ैं रसाउँछन् आँखा, आँसुलाई भित्र दबाउने प्रयास असफल भएर बाटो हुँदै बग्छ । हत्तनपत्त अरूले नदेखून् भन्दै म्याग्सीको फेरले पुच्छु । बाबा र आमा शून्यतामा मुखामुख गर्दै शङ्का–उपशङ्काको खेती गर्दै हुनुहुन्छ । उहाँहरूको मौनताबाट म स्पष्ट बुझन सक्छु । यस्तो लाग्छ विषयको उठान गर्न उहाँहरूलाई पनि खूब गाह्रो भएको छ । केही समयको मौनता तोड्दै आमा बोल्नुहुन्छ – परी ! तेरो महीनावारी रोकिएको कति भयो ?
चार महिना ।
कसरी यस्तो भयो ?
थाहा छैन ।
मेरो जवाफ नटुङ्गिदै आमाको हातको चड्कन वर्सिन्छ मेरो गालामा । कुन पापीको नासो बोकिस् कुलङ्गार्नी, पेट बोक्ने तँ, दुनियामा रासलीला मनाउने तँ, थाहा कसलाई हुन्छ ? मलाई ?
आमाको हात असिनाझ्ैँ मैमाथि वर्षिन्छ, बाबाले रोक्दै – जे नहुनु थियो त्यो त भइसक्यो । छोरीलाई पिटेर समस्या समाधान हुन्छ र ? के गरेको तिमीले ? आमाको मन पनि किन यस्तो पत्थरजस्तो ?
बुबाले आमाको हात समाएपछि आमा आफैँ बुबालाई अँगालो मारेर रुन थाल्नुभो ।
म के गरूँ त परीका बुबा ? छोरीकी आमा कसैले बन्न नपरोस्, त्यो हुनुको पीडा आज जलेर सहिरहेछु । भरोसा रहेन आफ्नै सन्तानमाथि । म हारेँ । अब के गर्नुपर्छ तपाई आफै गर्नुस् ।
आमाको क्रन्दन, बुबाको उदास चेहरा, बहिनीको चिन्ताग्रस्त मुहार म उसै कमजोर बन्छु । रुवाइको डाँको भित्ता छेडौला झ्ैं गुञ्जायमान हुन्छ । समयको गोरो अनुहारमा रातले अँध्यारो हाँडीको मोसो पोतेझ्ैं मेरो इज्जत, अस्मिता अनभिज्ञताको एउटा ढकीमा कसैको भ्रूण पलाउँदैछ, फूलको कोपिला बनी । मेरा थाकेका इन्द्रियहरू हराउन खोज्छन् आफैलाई तर वास्तविकता कता हो कता टाढा भइदिन्छ र त हृदय सुकसुकाइरहन्छ हरपल । नजिकै बसेर कपाल मुसार्दै भन्नुहुन्छ बुबा – छोरी ! जानी–नजानी रहरमा, कहरमा, स्वीकारमा अथवा जबर्जस्ती थाहा छैन कसरी यो घटना घट्यो । कुनै समयको तीतो सत्यलाई अँगाल्नुपर्छ हामीले । भन छोरी, यो पाप कसको हो ? हामी उसैलाई जिम्मा लगाइदिन्छौँ । यसैमा सबैको कल्याण हुन्छ तिम्रो, हाम्रो, उसको र बच्चाको ।
अप्रत्यासित आफ्नो निधारमा लागेको कालो टीको मेट्नका खातिर म कसरी अरूलाई आरोप लगाउन सक्छु त्यही हो यो बच्चाको बाबु भनेर । मेरो मुखबाट कुनै जवाफ निस्कदैंन । बाबाआमाको अगाडि बसिरहन पनि दिएन नैतिकताले । म आफ्नो कोठामा जान्छु ।
एउटा सुन्दर बालक प्रत्येक सपनामा लुट्पुटिन आउँछ मेरो काखमा, म पन्छाउँछु उसलाई । कलिलो ओठ फट्याउँदै बोल्छ ऊ – म तिम्रो छोरो हुँ, बाँच्न जन्मन चाहने, किन तिमी तिरस्कार गछ्र्यौ ? मलाई स्नेहको थाङ्नामा बेरेर तिरस्कारको सर्दी हटाउँदैमा के बिग्रन्छ र ? आनन्दको छायाँमा होइन जन्मनुको मायामा बढ्दैछु । मैले धर्तीको दर्शन गर्नु छ । त्यति जिम्मेवारी तिमी पूरा गर । बाँकी कर्मदाताले सम्हाल्नुहुन्छ ।
कर्मदाता ! आखिर को हो ऊ ? कुन जुनीमा गरेको पापको फल चखाउँदै छ उसले मलाई कुमारी आमा बनाएर ? उसको के स्वार्थ छ मप्रति ? सुनौलो बिहानीमा कावा खाँदै आनन्द र हर्षको दुवोमाथि टेकेर जीवन सजाउने बेला पीडा, व्यथामिश्रित बालुवाको थुप्रोमा विधवाको सारीजस्तो फरफराइरहनुपरेको छ । अब त यस्तो लाग्छ कम्मरमा तृप्तीको कलश बोकेर पोल्टामा आनन्दको मकै भटमास चपाउँदै हिँड्ने दिन कहिल्यै आउँदैन । ममाथि समयको तुफान चल्यो, उडाउँछ क्यार रहरका उद्वेगहरू, चाहना भुवा बनेर बतासिंदै बादलमाथि । म धर्तीबाट नियालिरहेछु एउटा काकाकुलझ्ैं । भयानक पीडा हृदयमा च्वास्स काँडा बनेर बिझछ । निसासिनु, छट्पटिनु मात्र विकल्प छ मसँग ।
घाँटीमा समयको पासो लगाएर महिना फुत्त–फुत्त चिप्लदैं गयो । न मैले आफ्नो गर्भ कसैलाई जिम्मा लगाउन सकेँ, न गर्भपतन नै, कुनै न कुनै बहानाले चेपेर नौ महिना लाग्छ । बाबाआमा मुख बोल्नु परै जाओस्, मेरो कोठामासम्म फर्केर हेर्न चाहनुहुन्न । बहिनी बिचरी जेनतेन खाना कोठासम्म ल्याइदिन्छे । घरको सङ्घार छिचोलेर बाहिर ननिस्केको पाँच महिना बितिसकेछ । बहिनी भन्दै थिई – हामीले तँ मामाघर गएकी छस् भनेका छौँ गाउँलेहरूसँग, के गर्नु इज्जत बचाउन ढाकछोप गर्नैपर्यो । ऊ रुन्छे मेरो छेउमा आएर । तातो कराइमा माछा निसासिएझ्ैं छट्पटी हुन्छ मलाई । त्यसो त अजीबको सपना देखेको रातदेखि कहिले म ढुक्कसँग बस्न सकेकी छु र ?तेरो बच्चा जन्मेपछि रातारात ….. बाबाले भन्नुभएको छ – डराई–डराई बहिनी मसँग भन्छे ।
रहस्यमय ढङ्गबाट बसेको गर्भको बच्चा कस्तो होला ? मलाई हेर्न आतुर लागिरहेछ । अरूको बच्चा देख्दा त बोक्न मन लाग्ने बानी, आफ्नो बच्चा कसरी पठाउन सक्छु होला । झ्नै सोचाइले चिमोटिरहन्छ । पछ्यौरी फिँजाएर बिहान उदाए पनि घुम्टो ओढेर रात लस्के पनि मलाई सधैँ औंसीको अँध्यारो रात नै लाग्छ । बन्द कोठाभित्र सांसारिक दुनियाबाट लुकेर म निसासिँदै छटपटिँदै रुँदै चिच्याउँदै समयसँग लडिरहेछु । भित्ताहरूले जिस्क्याउन थालेका छन् अचेल, सिलिङहरू पाखुरी सुर्कन्छन्, कहिलेकाहीँ झयालका कापबाट बिस्तारै चियाएर माउसुली मेरै उपहास गर्छ । पोखिएर जूनको प्रकाश छताछुल्ल मलाई भिजाउन आइपुग्छ । कहिलेकाहीँ यस्तो लाग्छ किन दिन र रात बन्यो । मात्र रात भइदिएको भए त्यो पनि औंसीको, एउटा छुट्टै मज्जा आउँदो हो मजस्तो पीडितका लागि ।
एकरात बेस्करी मुसलधारे पानी ओइरिन्छ, पानीको आवाज सुन्दै यस्तो लाग्छ आकाशबाट झ्रेको होइन, कसैले आरीबाट खन्याइरहेछ । धर्ती थर्कमान पारेर बिजुली चम्कन्छ । एकैछिन झ्लमल भएको कोठा निस्पष्ट अँध्यारोमा परिवर्तन भइदिन्छ । अन्धकार उम्रेको चपरी पल्टाउन एउटा मैनबत्ती सल्काउँछु । झयालबाट चियाउँदा रात तीर्थ पुगेर आउने हिन्दू नारीजस्तै मुडुलो देखिन्छ उसको कालो जगल्टा खरबारीमा खर काटेझ्ैं सित्तित्त खौरेको छ मैनबतीको प्रकाशले ।
बिस्तारै तल्लो पेट धमिराले काठ कोपरेझ्ैं कोपर्न थाल्छ । सहन सकुन्जेल दुई हातले थिचेर घोप्टो परी बस्छु । जब पीडाको चरम सीमा शरीरका अङ्ग–अङ्ग सुमसुम्याउन थाल्छु तब कराउँछु पीडा मत्थर बनाउन । चिच्याइले घरको पर्खाल नाघ्न थालेछन् सायद आमा र बहिनी इमर्जेन्सी लाइट हातमा बोकेर मेरो कोठामा आउँछन् । के भन्नु थियो र त्यतिबेला म प्रसवपीडामा चर्लुम्म डुबिसकेकी हुन्छु । आमा कम्मर मुसारेर साहस दिन थाल्नुहुन्छ । बहिनी खुट्टामुनि बसेर पिलपिलाउँदो मुख लगाउँदै हुन्छे । व्यथाको रन्कोमा कति समय हराउँछु त्यो म आफैलाई थाहा हुँदैन । जब बच्चाको कारुणिक चीत्कार कानमा पर्छ तब म होस्मा आउँछु । बच्चा भुइँमा झ्र्नेबित्तिकै विषादी काँडा निकालेजस्तो सञ्चो हुन्छ मलाई । म भुल्छु कि त्यो बच्चा म आफैले जन्माएकी हुँ । बाबाआमा आत्तिरहनु भएको छ भन्ने कुरा उहाँहरूको मुहारबाटै स्पष्ट झ्ल्कन्छ । सोच्दै हुनुहुन्छ होला कतिखेर उज्यालो हुन्छ र बच्चालाई ……. मा पुर्याउनु । ठीक त्यति नै बेला कोठै उज्यालो पारेर बिजुली चम्कन्छ । सोही चम्काइसँग हाम्रो अगाडि छायाँ देखापर्छ ।
परी ! त्यो बच्चा मलाई देऊ । यो हाम्रो मायाको निसानी हो । मलाई थाहा छ मैले गर्दा तिमीले धेरै दु:ख झ्ेल्नुपर्यो तर विवशता, त्यसोे नगरी सुख पनि त थिएन । मेले जे गरेँ हाम्रै भलाइको लागि गरेँ ।
कलिलो शिशुलाई काखमा चपक्क उठायो उसले । भुइँमा रोइरहेको बच्चा उसको काखमा जानेबित्तिकै चुपचाप भयो । उक्त दृश्य देख्दा यस्तो लाग्थ्यो जन्माउने आमा म नभएर छायाँ नै हो । जब बच्चा उसको काखमा मुसुक्क मुस्कायो तब त्यहाँ झ्लमल्ल उज्यालो भयो । मानौं सात सूर्य उदायो । बाबाआमा हेरेका हेर्यै हुनुभयो, कारण झयालढोका बन्द हुँदाहुँदै छायाँ कोठामा आउनु, उसको उज्यालोले कोठा झ्लमल्ल बन्नु, एउटा अनौठो घटना घटिरहेको थियो । एक अनौठो गन्ध कोठाभरि छरपस्ट फैलिएर त्यो ठाउँ अर्को लाग्ने वातावरण सिर्जना भइरहेको थियो । अचानक फेरि बिजुली चम्कदा छायाँ र मैले जन्माएका बालक त्यहाँ हुँदैनन् । कोठा पुन: अँध्यारो भइदिन्छ मैनबत्तीले उज्यालो पार्न नसकेको दृश्य । म बिस्तराबाट जुरुक्क उठ्छु शरीर एकदम हलुका, फूलको थुँगाजस्तो बन्छ । बच्चा जन्माएको नामनिसाना कतै हुँदैन । मैनको उज्यालोमा ऐनाअगाडि उभिन्छु म, पहिलेको भन्दा सुन्दर, सुकोमल, स्वच्छ भएको छ मेरो स्वरूप । आफैलाई गर्व लाग्छ । बाबा, आमा र बहिनी आँखा माड्दै मलाई नै नियाल्नुहुन्छ । म भने एउटा अजीबको संसारमा पुगेको कल्पनामा मुसुक्क मुस्काइदिन्छु । त्यति नै खेर झ्ट्ट बिजुली आउँछ । हामी देख्छौं कि बन्द झयालको खापाबाट एउटा सानो सर्प र ठूलो सर्प बाहिरिन्छन् ।