त्यस हिउँदमा म प्रायः मृत्युको पञ्जाबाट फुत्केर भनेजस्तै मरञ्च्यासे जीउ लिएर ताशकन्द पुगेको थिएँ । वास्तवमा भन्ने हो भने म अन्तिम सास छोडेर मर्न भनी नै त्यहाँ पुगेको थिएँ ।
तर मलाई केही समय अभै जिउन भनेर फर्काइयो ।
एक महीनापछि अर्को महीना र फेरि पनि अर्को महीना बित्यो । झ्याल बाहिर ताशकन्दको निडर वसन्त गुज्रेर गयो र ग्रीष्म सुरु भयो । जताततै हरियाली छाइसकेको थियो र निकै न्यानो पनि थियो । अनि म पनि धर्मराउँदै पाइला सारेर घुम्न निस्कन थालें ।
मलाई बिसेक हुँदैछ भन्ने आफैलाई विश्वास गर्न गार्हो परिरहेको भए तापनि मेरो जीवनको म्यादमा थपिएको अवधि वर्षहरूले होइन, महीनाहरूले मात्र नाप्ने ज्यादै काँचो कल्पनामा म यदाकदा अनायासै चहार्न पुग्थें । म सुस्त सुस्त पाइला सार्दै ट्रामगाडी हिंड्ने बाटामा बिछ्याइएको पटरी पार गरेर मेडिकल इन्स्टच्यिूटका भवनहरूको वरपर भ्mयाम्मिएको पार्कको अस्फाल्ट ठोकेको गोरेटोमा डुल्न पुग्दथें । यसरी डुल्दा मैले बारम्बार बसेर आराम लिनुपर्ने अवस्था आउँथ्यो भने कहिलेकाहीं त रेन्टगेनको वाक्वाकी लाग्ने प्रतिक्रियाबाट छुटकारा पाउन तलसम्म मुन्टो निहुराएर थुचुक्क बस्नु समेत पर्दथ्यो ।
म एक हिसाबले मेरो वरिपरि रहेका अन्य बिरामीहरूसरह थिएँ भने अर्को हिसाबले उनीहरूबाट एकदमै भिन्न पनि थिएँ । उनीहरूको तुलनामा म निकै अधिकाररहित थिएँ र उनीहरूले जस्तो निर्धक्क भएर बोल्न पाउँदिनथें । उनीहरूलाई भेट्न आफन्तहरू आउँथे र उनका नातेदारहरू उनीहरूका लागि आँसु पनि खसाल्दथे । उनीहरूको चिन्ता एउटै मात्र थियो र लक्ष्य पनि एउटै थियो,स्वास्थ्यलाभ । मेरा लागि भने बिसेक हुनुको समेत कुनै ठोस तात्पर्य थिएन । त्यस वसन्त ऋतुमा पैंतीस वर्षको उमेरमा पनि संसारभरिमा मेरो आफन्त भन्ने कुनै मान्छे थिएन, न त कोही नातेदार नै थियो । यति मात्र कहाँ र ? मसँग त पासपोर्ट समेत थिएन । अनि अहिले नै बिसेक भइहालियो भने यो हरियाली पनि छोड्नुपर्ने थियो, थरी थरीका फलफुलको प्रदेश पनि त्यागेर आफ्नो त्यही रूखो मरुभूमितर्पm फर्किनुपर्ने हुन्थ्यो जहाँ म सदासर्वदाका लागि निर्वासित गरिएको थिएँ । त्यहाँ मैले हरेक दुई सातामा एकपल्ट हाजिर जनाएर प्रत्यक्ष निगरानीमा रहनुपरेको थियो । त्यहाँबाट मलाई मर्नै आँटेको भए पनि निकै लामो समयसम्म औषधोपचारका लागि कमेन्डान्टले छोड्ने अनुमति नै दिएको थिएन ।
मेरो वरिपरिका स्वतन्त्र बिरामीहरूलाई म यसबारे बताउन सक्तिनँथें । बताएकै भए पनि उनीहरूले बुभ्mन सक्तैनथे…
परन्तु मन्द गतिले मनन–चिन्तनको दश वर्ष पार गरिसकेपछि मैले के सत्य बुझिसकेको थिएँ भने जीवनको खास स्वाद भनेको आधिक्यमा होइन कि अल्पतामा सन्निहित हुन्छ । अभैm कमजोर गोडाले यस धरमराउँदो पाइलासराइमा त्यसको अनुबोध हुन्छ । छातीमा शूलले घोचेको जस्तो पीडा नहोस् भनेर सतर्कतापूर्वक सास फेर्ने क्रममा त्यो राम्ररी बुझिन्छ । तिहुनको झोलबाट ठिहीले नमारेको आलुको एक टुक्रा भेट्टाउनुमा त्यसको अनुभूति हुन्छ ।
त्यो वसन्त मेरो जीवनमा अति पीडादायी र अत्यन्त रमाइलो पनि रह्यो ।
सबै कुरा मेरो निम्ति अदृश्य र विस्मृतिमा लीन भएभैंm थिए भने सबै कुरा अभिरुचिपूर्ण पनि थिए ः आइसक्रीमको ठेला होस् वा कुचोले कसिङ्गर बढार्ने मेहतर होस्, अझ लाम्चो आकारको मूलाहरूको मुठो नै किन नहोस् । यी सब त के र ? पर्खालको तगारो बुर्लुक्क नाघेर हरियो–परियो चर्न पसेको घोडाको त्रछेडो समेत…
दिन प्रतिदिन म आफ्नो क्लिनिकबाट टाढा नै पर्ने पार्कसम्म डुल्ने आँट गर्दथें । सके त्यो पार्कमा बोटबुट्यानहरू गतः शताब्दीको अन्त्यतिर नै रोपिएका हुँदा हुन्, जतिखेर खम्बादार खुला बरण्डा भएका ईंटका यी पक्की भवनहरू पनि बनाइएका थिए । दक्षिणको चम्किलो सूर्योदयदेखि पूरै दिन र अझ छिप्पिएको साँझसम्म नै पहेंलो बिजुलीबत्तीको उज्यालोमा पार्कमा निकै चहलपहल रहन्थ्यो । तङ्ग्रिएकाहरू फटाफट पाइला सार्दथे भने बिरामीहरू चाहिं हतारो नगरीकन बिस्तारै हिंड्थे ।
कैयौं उद्यानपथहरूको सङ्गमस्थलबाट मूल ढोकातर्पm लाग्ने एउटै मात्र फराकिलो उद्यानपथको मिलन–बिन्दुनेर जुँगामा पाषाण मुस्कानसहित स्टालिनको सेतो रङ्गको ठूलोे शालिग खडा थियो । त्यहाँबाट ढोकातिर तन्किएको बाटोमा अन्य नेताहरूका अलि सानो आकारका तर एकैनासका शलिगहरू पनि लहरै राखिएका थिए । त्यसपछि कापी–कागजको पसल थियो । त्यहाँ प्लास्टिकका शिशाकलम र चिटिक्क परेका नोटबुकहरू बेच्न राखिएका थिए । तर मसँगको पैसो कसेर गिन्ती गरेर राखिएका हुनाले त्यसबाट एक चुनदाम पनि खर्च गर्न मिल्दैनथ्यो । अनि लेख्ने नोटबुकहरू चाहिं मेरो जीवनमा हुँदै नभएका होइनन्, तर पछि ती चाहिने ठाउँमा पुग्दैनथे । बरु यस्ता नोटबुकहरू कहिल्यै नभएको बेस भनी तर्क गर्ने अवस्थामा म पुगिसकेको थिएँ ।
मूलढोकैनेर फलफूलको पसल र चियाखाना थियो । हामी बिरामीहरूलाई अस्पतालबाटै दिइने धर्के पाइजामा लगाएर चियाखानामा पस्न नै दिइँदैनथ्यो । तर त्यसको ढोका खुलै राखिने हुँदा चियाएर भित्र हेर्न सकिन्थ्यो । मैले जीवनमा कुनै चल्तीको चियाखाना देखेकै थिइनँ । त्यहाँ हरेकका लागि ग्रीनटी र ब्ल्याकटी हालिएका बेग्लाबेग्लै चियादानीहरू राखिएका हुन्थे । त्यस चियाखानामा टेबुल–मेचले सजाइएको यूरोपीय खण्ड र भुइँमा सतरञ्जा बिछ््याइएको उज्बेकी खण्ड पनि थियो । टेबुलतिरको खण्डमा सटासट खाना खाइन्थो र चिया पिइन्थ्यो, अनि चिया खाएर रित्तिएको प्यालामा नै खाएको पैंसा तिर्न खुद्रा राखेर गाहकहरू बाहिरिन्थे । गर्मीका दिनहरूको निम्ति बनाइने नरकटले छाएको छानामुनि सतरञ्जा बिछ््याइएको खण्डतिर भने गाहकहरू घन्टौंसम्म र कोही कोही त दिनभरि बसेर वा आधा पल्टिएर एकपछि अर्को चियादानीबाट थप्दै चिया पिउँथे, पासा खेल्दथे । यस्तो प्रतीत हुन्थ्यो, मानौं लामो दिनले उनीहरूलाई कुनै दायित्वबोध गराउँदैनथ्यो ।
फलपूmलको पसलमा भने बिरामीहरूले पनि किनमेल गर्न सक्तथे । तर मैले निर्वासनवापत् पाउने गरेको नगण्य रकम त्यहाँको मोल देखेर नै कक्रक्क चाउरिन्थ्यो । म बदाम, किसमिस, भर्खर टिपिएका रसिला चेरीको फल ध्यान दिएर हेर्दथें र त्यहाँबाट हिंडिहाल्थें ।
त्यसपछि अग्लो पर्खाल आउँथ्यो । बिरामीहरूलाई मूलढोकाबाट बाहिर निस्कने अनुमति थिएन । त्यस पर्खालबाहिरबाट चिकित्सालय–नगरीको सानो घेराभित्र दिनको दुई वा तीन पटकसम्म मलामी–बाजाको धून घुस्तथ्यो (कारण के त भने अस्पताल क्षेत्रको बाहिर नजिकै चिहानघारी रहेको थियो) । मुर्दा लिएर बिस्तारै गइरहेको मलामीको लामले अस्पताल क्षेत्र पार नगरुञ्जेल दश मिनट जति यस्तो शोक–संगीत गुञ्जन्थ्यो । उराठलाग्दो धूनलाई बी–बीचमा सुनिने ढोलकको चड्का आवाजले अझ कर्कश तुल्याइदिन्थ्यो । हुललाई भने यस आवाजले कत्ति पनि प्रभावित पारेको हुँदैनथ्यो । मानिसहरूको हिंडाइ अझ तीव्र हुन्थ्यो । निरोगीहरू एक पटक पुलुक्क हेर्दथे र फटाफट आफ्नो गन्तव्यतिर पाइला सारिहाल्थे (कुन कुराको जरुरत छ भन्ने उनीहरूलाई राम्रो ज्ञान थियो) । तर बिरामीहरू चाहिं यस्तो मलामी–बाजा सुनिंदा टक्क रोकिई निकै बेरसम्म शोक–धून सुन्दथे र अस्पतालभित्रै भए पनि भ्mयालबाट मुन्टो बाहिर झिकेर हेर्दथे ।
मैले रोगबाट मुक्ति पाउँदै गएको मलाई जति आभास हुँदै जान्थ्यो त्यही अनुपातमा म अब बाँच्ने भएँ भन्ने विश्वास जाग्दथ्यो । यस अनुभूतिबाट म अझ बढी निराश हुन्थें र चारैतिर शोकाकूल दृष्टि फिराउँथे ः यो सब छोडेर जानुपर्ने कुराले म चिन्तित हुन पुग्दथें ।
चिकित्सकहरूको स्टेडियममा सेता आकृतिहरूले टेनिसको बाटुलो सेतो बल एक अर्कातर्पm हुत्याइरहेका हुन्थे । जीवनभर मैले टेनिस खेल्ने चाहना पालेको थिएँ, तर खेल्ने मौका नै पाइएन । भिरालो ढिस्कोमुनि धमिलो र पहेंलो द्रुतवाहनी सालार खोल्सो कलकलाइरहेको थियो । पार्कमा पाँच–सातकुने ठूल्ठूला पातवाला मैपल (कुट्टिमपत्र) का बोटहरू, हाँगा पैmलिएर अग्लिएका बाँझका रुखहरू, सुकोमल जापानी बबूलका बुटाहरू उभिइरहेका थिए । आठकुने फोहराले स्वच्छ पानीको मसिनो शुभ्र धारा माथितिर फ्याँकिरहेको थियो । अहा ! क्यारीहरूमा कति राम्रा घाँसहरू उम्रिरहेका थिए ः हरिया र रसिला ! मैले उहिले नै तिनको अस्तित्व बिर्सिसकेको थिएँ (बन्दीशिविरमा शत्रुलाई जस्तै यस्तो घाँसलाई डढाउने आदेश दिइन्थ्यो भने मेरो निर्वासनको इलाकामा चाहिं उम्रँदै उम्रदैनथ्यो) । त्यस घाँसमा पल्टेर बस्दा मात्र पनि निकै मजा आउँथ्यो भने पारिलो घाम तापेर चूपचाप सास फेर्दै त्यसको बास्ना सुँग्दा त वर्णनातीत आनन्दानुभूति नै हुन्थ्यो ।
त्यहाँ, घाँसमा म मात्र बसेको हुँदैनथें । मेडिकल इन्स्टीच्यूटका हिसी परेका छात्राहरू पनि आफ्ना पाठ््यपुस्तकका मोटा ठेली पल्टाएर कण्ठाग्र गरिरहेका हुन्थे अथवा हतारिएर एक–आपसमा कुरा गर्दै जाँच दिन जान्थे । कोही भने खेलकूदको सामान हालिएको सुटकेस हल्लाउँदै घामले रापिएको स्टेडियमबाट निस्किरहेका हुन्थे । साँझपख टन्न कसिएका वा खुला जम्फर लगाएका युवतीहरू उद्यानपथमा सरसराहटको आवाज निकाल्दै फोहरातिर घुम्न निस्कन्थे । गोधुली उज्यालोमा अनुहार ठम्याउन नसकिने हुँदा उनीहरू झन् तीनगुणा बढी आकर्षक लाग्दथे ।
म अक्सर कसै न कसैको लागि निकै पीडित हुन पुग्दथें । कुन्नि कसका लागि हो ः देम्यान्स्कीमा जाडोले कक्रिरहेका आफ्ना दौंतरीहरूका लागि हो वा ओस्वेन्चिममा ग्यास च्याम्बरमा जलाइएकाहरूका लागि हो, जेज्काज्गानमा मारिएकाहरूका लागि हो वा टाइगामा मर्न लागिरहेकाहरूको लागि हो ! जे भए तापनि यी युवतीहरूलाई हामीहरूमध्ये कसैले पाउने होइन । अथवा यिनै युवतीहरूका लागि पो हो कि मेरो चिन्ता ! सके पीडाबोध कुन कारणले पनि भइरहेको थियो भने न त मैले उनीहरूलाई मनको कुरा कहिल्यै बताउन पाउने छु, न त उनीहरूले नै कहिल्यै थाहा पाउने छन् ।
दिनका दिन ट्रामगाडीको बाटोमा र अस्फाल्ट ठोकेको गोरेटोमा खास गरी आईमाई नै आईमाईहरू ओइरिरहेका हुन्थे ः युवा डाक्टर्नीहरू, नर्सहरू, प्रयोगशाला र एक्सरेकक्षका कामदार्नीहरू, भान्सेनी र परिचारिकाहरू, मेडिकल इन्स्टिच्यूटमा पढ्ने छात्राहरू र अस्पताल परेका बिरामीहरूलाई भेट्न आउने आफन्त र नातेदार्नीहरू । हिउँभैंm सेतो उपर्ना पहिरेका वा दक्षिणी भेकको चहकिलो रङ्गको र पातलो, अक्सर अर्धपारदर्शक, जम्फर लगाएका युवती र महिलाहरू मैरै बगलबाट गुज्रेर जान्थे । सम्पन्न खालका महिलाहरू घाम छेक्न टाउको माथि बाँसको डाँठवाला चिनियाँ पैmसनदार छाता घुमाउँदै लस्केर हिंड्थे ः हरियो, गुलाफी वा सप्तरङ्गी ! एक छिनका लागि झलक्क देखापर्ने उनीहरूमध्ये प्रत्येकले पूरै कथानक दिन सक्ने थियो ः मैले देख्नुभन्दा अगाडि उसले भोगेको जीवन र मसँग उसको सम्भावित (सम्भवनारहित) भेटपरिचय… ।
मेरो रूप दयनीय थियो । मेरो मरन्च्यासें अनुहारले नै मैले भोगेको जीवनको साक्षी बकिरहेको थियो ः चाउरी परेका निधारमा बन्दीशिविरको विवश उदासीनता, भर्खरै लागेको रोगको बिख र औषधिको समेत कुप्रभावले ग्रस्त भई कठोर बनिसकेको फुस्रो छालामा मरणासन्नताको छाप लागेको थियो । यी सबैले गर्दा गालामा समेत नीलोतुथो पोतिएको जस्तो टाटा देखिन्थे । पालोपहराले गर्दा आदेश पालना गर्ने र लुकाउने बानी परिसकेकाले मेरो ढाड कुप्रिसकेको थियो । विदुषकको जस्तो धर्से कुर्ता कति छोटो थियो भने मेरो पेटसम्म मात्र पुग्दथ्यो, अनि धर्से पाइन्ट पनि गोडाको गोलीगाँठोभन्दा माथि नै टुङ्गिन्थ्यो । पुरानो भएर खैरो रङ्गमा परिणत भएको थोत्रो मोजाको फाटेको किनाराले बन्दीशिविरकै थेप्चे नाकवाला जुत्ताबाट बाहिर चियाइरहेको हुन्थ्यो ।
ती महिलाहरूमध्ये गएगुज्रेकी चाहिं समेत मेरो बगलमा सङ्गै हिंड्ने अठोट सायदै गर्थी होली !.. तर म स्वयं पनि आपूmलाई यसको लागि योग्य सम्झिदैनथें । परन्तु उनीहरूको भन्दा ज्यादै तीक्ष्ण मेरा आँखाले मेरो अन्तरमा भित्य्राउँथ्यो… संसारलाई ।
यसरी नै एकपल्ट साँझपख म मूलढोकैनेर उभिएर नियालिरहेको थिएँ । मेरो अगिल्तिरबाटै सामान्य जनप्रवाह चलिरहेको थियो ः छाताहरू घुमिरहेकै थिए, रेशमी जम्फरहरू, चहकिलो पेटीमा कत्ले पाइन्टहरू, बुट्टा भरिएका कमीजहरू र त्युबेतेइका भनिने चारपाटे टोपीहरू झल्किरहेकै थिए । कतै गुनगुन आवाज सुनिन्थ्यो, फलपूmलको बेचबिखन भइरहेको थियो, कठबारले बारेको ठाउँभित्र चियापान भइरहेकै थियो, पासाहरू पनि गुडिरहेकै थिए । कठबारनेर खम्बामा अडेस लगाएर एउटा होचो कदको कुप्रो न कुप्रो मान्छे उभिइराखेको थियो… भीखमङ्गाजस्तै । कहिलेकाहीं ऊ मुस्किलले सास तानेर मसीनो स्वरमा भन्दथ्यो ः
‘कामरेड… साथी…’ !
रङ्गीविरङ्गी मानिसहरूको हुलले उसको आवाज सुनिरहेको थिएन । उसको छेवैमा गएर मैले सोधें ः
‘बूढाबा ! तपाइँलाई, के चाहियो ?’
त्यस मान्छेको भुँडी निकै बढेको थियो, गर्भवती आर्ईमाईको भन्दा पनि ठूलो, मानौं धोक्रो झुण्डिइरहेको होस् ! उसले खुज्मुजिएको धुलौटे रङ्गको पुरानो बर्दी र त्यस्तै खालको पाइन्ट पनि लगाइराखेको थियो । तलुवा थोत्रिइसकेको र धुलोमाटो लागेको उसको बूट निकै गह«ौं थियो भने उसले बेमौसममा लगाइराखेको बाक्लो ओभरकोटको चाहिं कलरमा मयलको टाटो देखिन्थ्यो र बाहुलाको बीट समेत घिस्सिइसकेको थियो । अगाडिका टाँक खोलेर लगाइराखेको त्यो ओभरकोट कुममा झुण्डिरहेभैmं देखिन्थ्यो । उसको टाउकोमा पनि बुख्याचालाई सुहाउने खालको पुरानो फेसनको थोत्रो छत्तेटोपी थियो । उसका सुन्निएका आँखाहरू धमिला देखिन्थे ।
उसले बल्लतल्ल एउटा हातको मुठी पारिराखेको हर्थुङ्गो उचाल्यो । उसको मुठीबाट मैले एउटा गुज्मुजिएको र पसिनाले भिजेको कागज लिएँ । त्यो बोब्रोभ भन्ने नागरिकले मसी चोपलेर लेख्ने होल्डरको निबले छड्के अक्षरमा लेखेको अस्पतालभर्नाका लागि अनुरोधपत्र थियो । त्यसमा नीलो र रातो मसीद्वारा दुई ठाउँमा तोक पनि लागेको थियो । नीलो मसीले नगरस्वास्थ्य विभागद्वारा तर्कपूर्ण अस्वीकृति जनाइएकोे तोक लेखिएको थियो भने रातो मसीको तोकमा चाहिं मेडिकल इन्स्टच्यूटको अस्पतालमा रोगीलाई भर्ना गर्ने आदेश थियो । नीलो मसीको तोक हिजोको थियो भने रातो मसीको चाहिं आजकै मितिको थियो ।
ब्हिरोलाई जस्तै मैले उसलाई चर्को स्वरमा भनें ः
‘ठीक छ ! तपाईंले बिरामी भर्ना गर्ने ठाउँमा जानुपर्ने छ ! त्यो पहिलो भवनमा छ । ऊ, यी शालिगहरू हुँदै सरासर सोभैm जानुस् !..’
अनि मात्र मैले लक्षसम्म पुग्नुअगावै उसको शक्ति क्षीण भइसकेको भेउ पाएँ । अगाडि गएर सोध्नु र फेरि अस्फाल्ट ठोकिएको चिल्लो बाटोमा पाइला सार्नु त परै रहोस्, डेढ किलोग्राम जति गह«ौं थोत्रो झोला समेत हातमा उचाल्न ऊ असमर्थ भइसकेको थियो । अनि मैले निर्णय गरें ः
‘ठीक छ, बूढाबा ! तपाईंलाई म त्यहाँसम्म पु¥याइदिन्छु, हिंड्नोस् ! खै, त्यो झोला दिनोस् !’
ऊ राम्ररी नै सुन्न सक्तो रहेछ । हलुङ्गो सास फेरेर उसले मलाई आफ्नो झोला थमाइदियो, मैले तन्क्याएको हातमै आफ्नो शरीरको बोझ पनि बिसायो र गोडा अलिकति उचालेर अस्फाल्ट ठोकेको बाटोमा सुस्तरी बूट घिसार्दै हिंड्न लाग्यो । मैले उसको धूलोले खैरिएको ओभरकोटको बाहुलामुनि काखीमा हात घुसारेर टेवा दिंदै डो¥याएँ । फुलेको ठूलो भुँडीले बुढोलाई मानौं अगिल्तिर झुण्डिन लगाउँथ्यो । ऊ बारम्बार लामो सास तान्दथ्यो ।
यसरी हामी दुईजना झुत्रेझाम्रेहरू त्यही उद्यानपथमा हिंडिरहेका थियौं, जहाँ म आफ्नो कल्पनामा ताशकन्दका सुन्दरी युवतीहरूको हात समातेर हिंडिरहेको हुन्थें । निकै समय लगाएर हामी दुवै आवक्ष शालिगहरूको मूक पंक्तिलाई छिचोल्दै थियौं ।
अन्त्यमा हामी एकातिर मोडियौं । हाम्रो बाटोमा पिठ््यूले अडेस लिन हुने बेन्च तेर्सिएको थियो । मेरो सहयात्रीले एक छिन आराम लिन आग्रह ग¥यो । मलाई पनि अलि बढी धपेडी पर्न गएकोले बान्ता आउला जस्तो भइसकेको थियो । हामी बेन्चमा बस्यौं । त्यहाँबाट फोहरा टडकारै देखिन्थ्यो ।
बाटोमा बूढोले मलाई केही वाक्य भनेको थियो र अब केही बेर आराम लिइसकेपछि फेरि थप्यो । उसले उराल जानुपर्ने थियो र उसको पासपोर्टमा पनि उरालकै ठेगाना थियो । समस्याको गाँठी कुरा पनि यही नै थियो । तर रोगले भने उसलाई त ताहिआ–तासेम भन्ने ठाउँमै छोपिहाल्यो (मलाई सम्झना भएअनुसार त्यहाँ एउटा ठूलो नहर बनाइँदै थियो, तर पछि त्यो काम रोखियो) । उर्गेन्च भन्ने ठाउँमा उसलाई एक महिनासम्म अस्पतालमा राखियो, पेट र गोडामा भरिएको पानी झिकियो, तर नराम्रो कुरा त के भने त्यत्तिकैमा उसलाई अस्पतालबाट डिस्चार्ज गरिहाले । चारजोउ भन्ने ठाउँमा ऊ रेलबाट उत्रियो र उर्सात्येभ्कातिर लाग्यो । तर कतै पनि उसलाई औषधोपचारका लागि भर्ना गरिएन र उसको निवासस्थान दर्ता गरिएको उरालमै जान भनी पठाइदिए । रेल चढेर त्यति टाढा जान सक्ने उससित न तागत थियो, न त टिकट किन्ने पैंसा नै । त्यसैले उसले ताशकन्दमा दुई दिनको धामापछि बल्लतल्ल अस्पताल भर्ना गरिदिने तोक प्राप्त गरेको थियो ।
दक्षिणी भेकमा ऊ के गर्दथ्यो र किन ऊ यहाँ आइपुगेको थियो भनी मैले सोधपूछ गरिनँ । मेडिकल रिपोर्टअनुसार उसको रोग उल्झनपूर्ण थियो भने उसको रूपरङ्गबाट नै यो उसको जीवनको अन्तिम रोग हो भन्ने छर्लङ्ग हुन्थ्यो । कैयौं बिरामीहरूलाई हेर्दाहेर्दै म रोगको लक्षण पहिल्याउन सक्ने बनिसकेको थिएँ । उसमा जीवनशक्ति एकदमै क्षीण भइसकेको छ भन्ने सहजै अडकल काट्न सकिन्थ्यो । उसका ओंठहरू कलेंटी परिसकेका थिए र बोली पनि स्पष्ट थिएन । अनि उसका आँखामा एकतमासको धमिलोपना देखिन्थ्यो ।
उसको छत्तेटोपी समेत उसका लागि बोझ बनेभैंm प्रतीत हुन्थ्यो । सकी नसकी हात उचालेर उसले टोपी काखमा राखेको थियो भने बल्लतल्ल हातले टोपीे टाउकोसम्म पु¥याएर लगाउन समेत धौधौ पर्न जाने सम्भावना थियो । उसले फोहोर हातले निधारको पसीना पुछ््यो । कपाल झरेर उसको टाउकोको मध्यभाग खल्वाट भएको थियो भने तालुवरिपरिका बाँकी रौं नकोरिएका र धूलोले धुस्रो–फुस्रो भए तापनि अभैm कैला नै थिए । बुढ्याइँले नभई रोगले उसलाई एकदमै कमजोर तुल्याइदिएको थियो ।
उसको घाँटीमा टीठलाग्दो गरी एकमाथि अर्को टाँसिएजस्तै पातलो छालाका थुप्रै पत्रहरू झुण्डिरहेका थिए भने तीनकुने रुद्रघण्टी चाहिं अलग्गै अगिल्तिर चलिरहेको देखिन्थ्यो ।
मुन्टोले समेत अडिने आधार के पाएको थियो कुन्नि ? हामी मेचमा बस्न मात्र के बसेका थियौं, टाउको तत्कालै उसको छातीमा लत्रिहाल्यो, च्यूँडोको भरमा ।
यसरी ऊ काखमा राखिएको टोपीमा निश्चल भयो, टन्न आँखा चिम्लेर । आराम लिन भनी हामी एक मिनटका लगि मात्र बसेका हौं र छिटै अस्पताल भर्ना हुने ठाउँमा पुग्नुछ भन्ने पनि उसले भुसुक्क बिर्सियो क्या रे !
हाम्रो अगिल्तिर नजिकै फोहराको प्रवाहको चाँदीरङ्गे त्यान्द्राहरू प्रायः निशब्द नै मास्तिर हानिएर झर्दै थिए । हाम्रो छेवैबाट दुईजना युवतीहरू त्यसतर्पm गए । मैले उनीहरूको पीठमा आफ्ना नजर गाड्दै आँखाले पछ््याएँ । एउटीले सुन्तलारङ्गी फ्रक लगाइराखेकी थिई भने अर्की चाहिं गाढा बैजनी रङ्गको फ्रकमा थिई । दुवै नै मलाई निकै मन परेका थिए ।
मेरो सहयात्रीले छातीमा टाउको गुडाएर लामो सास फे¥यो र आखाँका कैला ढकनी उघारेर तल्तिरबाट मतर्पm पुलुक्क हे¥यो ।
‘साथी, तपाईंसँग चुरोट त होला नि ?’
मैले जोड दिएर भनें ः
‘चुरोट–सुरोटको विचार गर्न नै छाड्नोस्, बूढाबा ! तपार्इं–हामीले चुरोटको सर्को नतानेर भए पनि धरतीमा अभैंm बूट घिसार्न सके हुन्थ्यो नाइँ ! एकपल्ट आफ्नो अनुहार ऐनामा त हेर्नोस् न ! चुरोट रे… !’
(मैले आपैmले पनि चुरोट खान छोडेको एक महिना मात्र बितेको थियो र बल्लतल्ल यो लतबाट मुक्त हुन सकेको थिएँ ।)
उसले लामो सुस्केरा लियो र फेरि आफ्ना आँखाका रक्तहीन ढकनी उघारेर तल्तिरबाट मतर्पm ट्वाल्ल पर्दै हे¥यो, कुकुरले ताकेर हेरेजस्तै ।
एक छिनपछि उसले भन्यो ः
‘जे भए तापनि तीन रुबल जति सापट देऊ न, साथी !’
म दिऊँ कि नदिऊँ भनेर चूपचाप सोच्न थालें । जे जस्तो भए तापनि म अभैंm जागिरे नै थिएँ, तर ऊ भने थला पर्नै आँटेको बिरामी थियो । हुन त मैले कति वर्षसम्म त्यहाँ काम गरिसक्दा पनि मलाई तनखा दिइएकै थिएन । अनि जब तनखा दिन थालियो त तलबकट्टा गरेर मात्र ः बन्दीशिविरमा बत्ती बालेको, खोले खाएको, पालो–पहरा राखेको, हाकिम र कर्मचारीको व्यवस्था गरिएको समेत असूल–उपर हुन थाल्यो ।
मैले जोकरको लुगाजस्तो धर्से कुर्ताको छातीनेरै भएको सानो खल्तीबाट आफ्नो थोत्रो थैली निकालें र त्यसमा भएका नोटहरूतर्पm पुलुक्क हेरें । अनि लामो सास तानें र तीन रुबलको नोट झिकेर बूढोतिर पसारें ।
‘धन्यवाद !’ – ऊ सुस्तसुस्त फुस्फुसायो र बल्लतल्ल हात उचालेर त्यो तीनको नोट लियो । त्यसपछि उसले त्यो गोजीमा घुसा¥यो र यसरी फुक्का भएको हात तत्कालै उसको काखमा फ्यात्त खस्यो । उसले टाउको पनि फेरि च्यूँडोको आड लिएर छातीनेरै बिसायो ।
हामी दूवैजना मौन थियौं ।
त्यत्तिकैमा एउटी महिला हाम्रो अगिल्तिरबाट गई । त्यसपछि दुईजना युवतीहरू पनि पार भए । ती तीनैजना मलाई खूबै मन परे ।
वर्षौंसम्म न आईमाई स्वर सुन्न पाइएको थियो, न त उनीहरूका जुत्ताको ऐडी भुईमा बजारिएको आवाज नै सुनिएको थियो ।
बेस भयो कि तपाईंले तोक लगाएर ल्याउनुभयो !’ – मैले बूढालाई भनें । – ‘नत्र भने यहाँ हप्तौंसम्म लाममा बस्नुपर्दो हो ! यो त सामान्य कुरो हो । धेरैलाई यस्तो अवस्था आइपर्ने गरेको छ ।’
उसले छातीबाट च्यूँडो बटारेर मतिर हे¥यो । उसको आँखामा कुनै तात्पर्य झल्कियो, स्वर कामिरहेको भए पनि उसले भनेको प्रष्ट बुझिन्थ्यो ः
‘भाइ ! मलाई अस्पताल किन भर्ना गरिंदै छ भने म प्रतिष्ठित मान्छे हुँ । म क्रान्तिको भेटरान हुँ । स्वयं सेर्गेइ मिरोनिच किरोभले चारिच्चिनोको काँठमा मसित हात मिलाएका थिए । मलाई विशेष भत्तासहित पेन्सन दिइने छ ।
गर्दनको कमजोर गति तर कलेंटीदार ओंठमा गर्वको मुस्कान ! उसको दाह«ी नखौरेको अनुहारमा यसको झल्को तडकारै देखियो ।
मैले उसको थोत्रो लुगा र उसैलाई पनि फेरि नियालेर हेरें ।
‘किन पेन्सन दिएका छैनन् त ?’
उसले लामो सुस्केरा हालेर भन्यो
जीवनले यस्तै मोड लियो । अब मलाई कसैले गन्दैन । कतिकसा अभिलेखागारहरू आगोको लपेटामा मासिए, केही प्रमाणपत्रहरू हराएर गए । साक्षीहरू पनि सबै बटुल्न सकिंदैन । सेर्गेइ किरोभको हत्या गरिहाले… पमाणपत्र जतनसँग थन्क्याएर नराख्नु मेरै भूल थियो.. यी, यो यौटा मात्र बाँकी छ…’
दाहिने हातको पञ्जा – औंलाका गाँठाहरू सुन्निएर बाटुलो परेका थिए भने औंलाहरू पनि फुलेर आपसमा एक दोस्रालाई घचेटिरहेका प्रतीत हुन्थे । उसले त्यो पञ्जा गोजीसम्म पु¥यायो र हस्याङफयाङ गर्दै घुसार्न थाल्यो । तर उसको यस्तो छोटो सजीवता तत्कालै रोकियो र फेरि उसको हात फ्यात्त तल खस्यो भने टाउको पनि लत्रेर टक्क अडियो ।
सूर्य अस्पतालका भवनहरूको पछिल्तिर ओझेल हुन थालेको थियो र भर्ना लिने कक्षसम्म पुग्न हतारिनुपर्ने भइसकेको थियो (यद्यपि त्यहाँसम्म पुग्न सय कदम जति मात्र बाँकी थियो) । अस्पतालमा ठाउँ पाउन कहिल्यै पनि सजिलो थिएन ।
मैले बूढोको कुम समातेर भनें ः
बूढाबा ! उठ्नोस् ! ऊ, ढोका देख्नुहुन्छ ? देख्नुभो ? म गएर जनाउ दिन्छु, तपाईं बिस्तारै आउँदै गर्नोस् है ! सक्नुहुन्छ ? सक्नु हुन्न भने मलाई पर्खिनोस् ! तपाइँको झोला म बोकेर लगिदिन्छु ।’
उसले बुझेभैंm गरी टाउको हल्लायो ।
भित्ताहरूको लिउन खुस्केको ठूलो कोठाको एकातिर नयाँ बिरामी भर्ना लिने ठाउँ थियो । त्यो भद्दा फल्याकले बारिएको थियो (त्यस्को पछिल्तिर कतै स्नानागार, नुहाउँदा लुगा फुकाल्ने कक्ष र कपाल छाँट्ने कक्ष पनि थिए) । दिउँसो सधैं त्यहाँ बिरामीहरूको भीड रहन्थ्यो । उनीहरू भर्ना नपाउञ्जेल लामो समय काटिरहेका हुन्थे । तर अचम्म ! त्यतिखेर त्यहाँ एकजना बिरामी पनि थिएन । मैले पट्टा लगाएर बन्द गरिराखेको खिर्कीमा टकटक गरें । जुत्ताको चुच्चो घुसारेर एउटी तरुनी नर्सले खिर्की खोली । उसले ओंठमा रातो होइन कि गाढा बैजनी रङ्गको लाली पोतिराखेकी थिई ।
के चाहियो ?’ – टेबुल पल्तिर मेचमा बसेर सके कुनै जासूसी उपन्यास पढिरहेकी नर्सले सोधी ।
उसका आँखा निकै चपल र चञ्चल थिए ।
मैले दुईटा तोक लागेको आवेदनपत्र उसतर्पm तेस्र्याएर भने ः
बिरामी निकै कमजोर छ, हिंड्न पनि सक्तैन । म उसलाई लिएर आउँछु ।’
भो, कसैलाई ल्याउनु पर्दैन !’ – उसले कागजतिर हेर्दै नहेरेर कड्केर भनी – ‘के नियम थाहा छैन ? बिरामीलाई बिहान नौ बजेदेखि मात्र भर्ना गरिन्छ !’
उसलाई नै बरु ‘नियम’ थाहा थिएन । उसले खिर्कीको फलेंटो मेरो अगिल्तिर ढप्काउन नपाओस् भनेर मैले खिर्कीभित्र सकेसम्म मुन्टो घुसारें । अनि तल्लो ओंठ बङ्ग्याएर गुरिल्ला बाँदरको जस्तो अनुहार पारेर जिस्क्याउँदै हुल्याहाको जस्तो आवाज निकलेर फतफताउँदै भनें ः
ए, मैयाँ, सुनिस्योस् ! साँच्चै भन्ने हो भने म हजुरको चाकरी गर्न आएको होइन !’ उसले निधार खुम्च्याई, आफ्नो मेच कोठाको अभैm भित्रतिर धकेली र औपचारिक स्वरमा भनी ः
अहिले भर्ना लिइन्न, सज्जन ! भोलि बिहान नौ बजे आउनोस् !’
एकपल्ट कागजतिर नजर त दिइस्योस् न !’ – मैले मधुरो तर रुखो स्वरमा नर्सलाई राम्रो सल्लाह दिएँ । उसले कागज लिएर पढी र झर्कंदै भनी ः अँ, पढें लौ ! नियम सबैका लागि एकैनासको छ । भोलि पनि सके ठाउँ नहुन सक्छ । आज बिहान पनि ठाउँ थिएन ।’ – उसले निकै मजा लिएर यो कुरा सुनाई ।
उसले आज बिहान पनि ठाउँ थिएन’ भनेर मलाई नराम्रोसित चिमोट्न खोजेकी थिई । त्यसैले मैले जोड दिएर भनें ःत्यो मान्छे यहाँको होइन । उसको जाने ठाउँ कतै पनि छैन । के यत्ति पनि बुभ्mनुहुन्न ?’
मैले खिर्कीबाट टाउको बाहिर निकाल्दै लगेको र हुल्याहा पाराको बोली फेर्दै गएको अनुपातमा उसको अनुहारमा पनि पहिलेकै जस्तो खिज्याउने खालको कठोर अभिव्यक्ति झल्केको थियो ः
यहाँ सबै अन्तैबाट त आएका हुन्छन् नि ! सबैलाई कहाँ ठाउँ दिने ? सबै पालो पर्खेर बस्तछन् ! कोठा भाडामा लिएर बसोस् न !’
तपाइँ बाहिर निस्केर त हेर्नोस् एकफेरा ! उसको हालत कस्तो छ ?!’
अरु केही काम नभएजस्तो ! के मैले बिरामी खोज्दै हिंड्ने ? जान्नँ ! म स्वयंसेविका होइन !’
गर्वपूर्वक उसले गोडामा लगाइराखेको जुत्ताको नाक भुईंमा ठोकी । उसले यस किसिमबाट छिटो–छरितो ढङ्गले उत्तर फर्काउने गरेकी थिई कि मानौं उसको जिब्रोमा स्प्रिङ्ग जडिएको होस् !
‘त्यसो भए तपाईं यहाँ कसका लागि काम गर्नुहुन्छ हँ ? बन्द गर्नोस् सबै ढोका !’ – मैले पनि झर्केर बोल्दैै खिर्कीको फल्याकमा कुमले ठोक्दा भित्ताको केही लिउन उप्केर झ¥यो ।
‘तपाईंलाई सोध्नुप¥यो मैले ?!ंं.. हरामी !’ – ऊ पड्किई र जुरुक्क उठेर फनक्क फर्किई । अनि बाहिर निस्केर करिडोरमा देखापरी र भन्न लागी ः
‘तपाईं को ? मलाई सिकाउनु पर्दैन ! हामीकहाँ ‘एम्बुलेन्स’ ले बिरामी ल्याउँछ !’
ओंठमा गाढा बैजनी रङ्गको लाली नदलेको भए र औलाका नङमा पनि त्यस्तै रङ्गको पालिस नलगाइएको भए ऊ वास्तवमै हिसी परेकी देखिने थिई । उसको नाक निकै सुहाउँदिलो थियो भने अर्थपूर्ण आँखीभुर्इँ पनि निकै आकर्षक थिए । गर्मीले गर्दा उसले लगाइरोको नर्सको उपर्ना छाती देखिने गरी खुलै थियो । त्यहाँ सुनकेस्रे कपालको चुल्ठो र ब्लाउजमा कम्सामोल को ब्याच पनि देख्न सकिन्थ्यो ।
‘एहे ? यदि ऊ आपैm यहाँ नआएको भए बीच सडकबाट ‘एम्बुलेन्स’ ले उसलाई तपाईंकहाँ ल्याइदिन्थ्यो र तपाई खुरुक्क अस्पलात भर्ना गर्नुहुन्थ्यो ! नियम यस्तै छ, होइन त ?!’ – मैले मुर्मुरिंदै भनें ।
उसले गर्विलो टाउको उठाएर मेरो रूपरङ्ग नियालेर हेरी भने मैले पनि उसतर्पm ताकेर दृष्टि दिएँ । मेरो फाटेको मोजाको किनाराले समेत जुत्ताबाट बाहिर चियाइरहेको कुरा मैले भुसुक्कै बिर्सिएँ । उसले नाक चेप्य्राई, मुहार रुखो बनाई र अन्तिम निर्णय सुनाई ः
‘हो, बिरामी दाइ ! यस्तै नियम छ !’
यति भनेर ऊ बारेको ठाउँभित्र पसिहाली ।
मेरो पछिल्तिर सरसराहटको आवाज सुनियो । मैले फर्केर हेरें । मेरो सहयात्री आइपुगेको रहेछ । उसले कुरा सुनिसकेको थियो र त्यसको तात्पर्य बुझिहाल्यो । भित्तामा भर पर्दै आगन्तुकहरूका लागि राखिएको लामो बेञ्चतिर घस्रिन खौज्दै ऊ घिसिएर फाट्नै आँटेको पाकेटब्याग दाहिने हातको पञ्जाले च्यापेर सकीनसकी हल्लाउँदै फतफलाउन लाग्यो ः
‘ई… ई… यो… उसलाई देखाउनोस् !… उसले यो पढोस् न !… ई…यो…’
मैले दगुरेर उसलाई आड दिएँ र बेञ्चमा बसालें । ऊ कमजोर औंलाले पाकेटब्यागबाट आपूmसँग बाँकी रहेको एक मात्र प्रमाणपत्र झिक्न खोजिरहेको थियो, तर कसै गरी झिक्न सकिरहेको थिएन ।
अन्त्यमा उसले प्रमाणपत्र निकाल्यो । मैले उसको हातबाट पट््याइएका ठाउँमा फाट्न लागेको त्यो झुत्रो कागज लिएँ । त्यसको उल्टोपट्टिका रेखाहरूमा कागजका टुक्राहरू टाँसिएका थिए । मैले बिस्तारै कागजको पाना पूरै खोलें । त्यसमा टाइपराइटरद्वारा बैजनी रङ्गका अक्षरहरू टङ्कण गरिएका भए तापनि पंक्तिबद्ध नभई कुनै माथि त कुनै तल उछिट्टिएभैंm गरी छापिएका थिए ।
“विश्वका मजदूरहरू, एक होऊ !
प्रमाणपत्र
यस दस्तावेजद्वारा के प्रमाणित गरिन्छ भने कामरेड बोभ्रोभ म.क. विश्वव्यापी क्रान्तिका लागि गठित …गुभेर्नियाको गौरवपूर्ण विशेष टुकडीमा सन् १९२१ मा वास्तवमा नै रहेका थिए र उनले बचेखुचेका गद्दारहरूको कत्लेआम आफ्नै हातले गरेका थिए ।
कमिसार…।”
हस्ताक्षर ।
साथै फिक्का परिसकेको बैजनी रङ्गको छाप ।
हातले छाती मुसार्दै मैले बिस्तारै प्रश्न गरे ः
त्यो कस्तो ‘विशेष टुकडी’ हो नि ? केका लागि ?’
आँखाको पलक बन्द नहोस् भन्ने प्रयास गर्दै उसले भन्यो ः
‘बताउँला नि ! पहिले यो कागज नै उसलाई देखाउनोस् न !’
मैले उसको हात देखें । उसको दाहिने पञ्जामा मेरो नजर प¥यो ः खैरा नसाहरू सुन्निएर फुलेको निकै सानो पञ्जा ! औंलाका गाँठाहरू पनि निकै सुन्निएका थिए र पाकेटब्यागबाट प्रमाणपत्र झिक्न झण्डै असमर्थ थिए । घोडाको पीठबाटै पैदलै हिंडिरहेकोलाई एकै मारमा कसरी छपक्क पारिन्थ्यो, त्यस पैmशनको मलाई भ्mवास्स सम्झना भएर आयो ।
अचम्म… हात फनक्क घुमाएर जोडले तरवार चलाइन्थ्यो र यसै दाहिने पञ्जाले टाउको, गर्दन र कुमको केही हिस्सा सफाचट् पारिन्थ्यो । तर अहिले जाबो पाकेटब्याग समेत समात्न असमर्थ भइसकेको थियो…
म फल्याकले ढप्काइएको त्यसै खिर्कीनेर पुगें र त्यसलाई फेरि धकेलें । बिरामी भर्ना लिने नर्स टाउको उचाल्दै नउचालेर त्यही जासूसी उपन्यास पढ्नमा तल्लीन थिई । त्यस किताबको पानामा हातमा पेस्तोल लिएर भ्m्यालको तख्तामा उफ्रनै लागेकोे एक दयामूर्ति गुप्तचरको चित्र देखें । मेरो ठाउँबाट हेर्दा उसको टाउको मतिर र गोडा अर्कोतिर फर्केको देखिन्थ्यो ।
मैले सुस्तरी नर्सले पढिरहेको किताबमाथि नै झुत्रिएको प्रमाणपत्र थपक्क राखिदिएँ । अप्ठेरो गरी मोडिएर उसको छातीतिर लगातार ताकिरहँदा वाक्वाकी लागेर म बाहिरतिर लम्किएँ ।
‘किन यहाँ कागज राख्नुहुन्छ ? छिटै टिपेर लिनोस् !’ – युवतीले खिर्कीबाट मतिर शब्दको झटारो प्mयाँकी ।
भेटरान चाहिं बेन्चमा झोक्राएर बसिरहेको थियो । टाउको मात्र होइन कि गर्दन समेत उसको धडमा थचक्क टाँसिइरहेजस्तै देखिन्थ्यो । उसको कमजोर हातका औंलाहरू फाटेर झुण्डिरहेभैंm थिए । खुला ओभरकोट लत्रक्क परिरहेको थियो । भुक्क बढेको बाटुलो भुँडी उसका पिडौंलाको कापोमा अनौठो किसिमले ढल्किरहेको थियो ।
अनुवादक ः कृष्णप्रकाश श्रेष