अलेक्सान्द्र इसाएभिच सोल्झेनित्सिन

अलेक्सान्द्र इसाएभिच सोल्झेनित्सिन

नोबल पुरस्कार विजेता विश्वविख्यात रूसी लेखक सोल्झेनित्सिनद्वारा सन् १९६० मा लेखिएको प्रस्तुत कथा वास्तविक घटनामा आधारित छ । क्यान्सर (आबुर्द) रोगले ग्रस्त भएका लेखकले ताशकन्द (उज्बेकिस्तनको राजधानी) स्थित अस्पतालमा उपचारको समयको यसमा स्मरण गरिएको छ । लेखकले सन् १९६५ मा यो संस्मरणात्मक कथा तत्कालीन केही सोभियत पत्रपत्रिकाहरूमा प्रकाशनार्थ पठाएका थिए, तर सबैतिरबाट छाप्न अस्वीकार गरिएको थियो । त्यसपछि यो भूमिगत रूपमा स्वयंप्रकाशन (रूसी भाषामा सामोइज्दात) बाट अल्पसंख्यामा प्रकाशित गरिएको थियो । मास्कोमा ११ डिसेम्बर २०१८ (मंगलवार) का दिन उनको जन्मशताब्दीको सन्दर्भमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा सालिकको अनावरण गरियो ।

दाहिने पञ्जा

दाहिने पञ्जा

त्यस हिउँदमा म प्रायः मृत्युको पञ्जाबाट फुत्केर भनेजस्तै मरञ्च्यासे जीउ लिएर ताशकन्द पुगेको थिएँ । वास्तवमा भन्ने हो भने म...