जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

माननीय ज्यू

राममणी पोखरेल राममणी पोखरेल
प्रकाशित २८ चैत्र २०७७, शनिबार
कथा भित्र
0
माननीय ज्यू

Diwakar Chhetri


त्यसबेला म मालपोत कार्यालय अगाडि बसेर लेखनदास या अभिकर्ताको काम रुपमा कार्यरत थिए । प्रत्येक लेखनदासका आफ्ने कार्यालय थिए । लामो टिनले छाएको गाउँले गुवाली आकारको घर थियो । त्यही घरमा बीच बीचमा अभिकर्ताहरूलाई स्पेश बाडेर कोठा बनाएर कार्यसंचालन गर्ने प्रबन्ध मिलाइएको थियो ।लहरै हाम्रा कार्यालयहरु थिए । एउटा दराज साना तिन जनिया बेञ्च, र दुईटा कुर्सि प्रत्येक लेखनदासका थिए ।

सरकारी जमिनमा धैरै लगानी लगाएर बनाएको आलिशान भवन थियो मालपोत कार्यालयको तीनतले कोठैकोठा थियो । प्रत्येक कोठामा जनता र कर्मचारीको सुविधाका नीम्तिआधुनिक उपकरण जोडिएको थियो । लगभग तीन लाख जनसंख्या भएको यो जिल्लामा जनताका सुविधाका नीम्ति सम्बन्धित निकाय प्रयत्नशील छ भन्ने जानकारी पाईन्थ्यो ।

श्रावणको महिना किसानहरु खेत िकमाइमा व्यसत हुन्थे ।। लेखापढीमा अनिकाल लागे जस्तै हुन्थ्यो । लेखनदासहरु आफ्ना ग्राहकको पर्खाइमा हुन्थे । काम नपाउँदा झिंगा मार्ने काम गर्दथे । चिया पसलमा गएर चिया पिउने आदि काम हुन्थ्यो । कोही कोही व्यक्ति त नशालु पदार्थमा लटपटिन पनि पछि परेका हुँदैन थे ।

अभिकर्ताहरु सामान्य तीन प्रकारका प्रबृतिका थिए, हुन्थे । एक प्रकारका व्यक्तिहरु पैसाको चाजोपाजो टुङ्गो नलागे सम्म कलम र कागज समाउन चादैन थे । एक खाले व्यक्तिहरु काम समाप्त भए पछि रकम कलम माग गर्दथे । र प्रत्येक फाँटमा आफै दौडने गर्दथे ।अर्का खाले लेखनदासहरु ग्राहकको ईच्छा तजविज काम पुरा भएपछि जति रकम हात पारे पनि चित बुझाउने गर्दथे ।यति उति देउ भनेर दलाली गर्दैनथे । म तेश्रो तहमा पर्ने अभिकर्ता थिए ।

पानी पर्ने गम्बर गर्दै थियो । दिनको त्यस्तै एक बज्न लागेको थियो । लेखनदासहरु दिकदार मानेर आफ्नै इजलासमा उघ्दै थिए । दिनहरु ज्यादै लामा भएका थिए । समय काट्न कठिन भएको थियो ।मंगलबारको दिन थियो । झललल घाम लागेका भए पनि आकाशमा काला बादल दौडने तरखर गर्दै थिए । 

मालपोत कार्यालय गेटमा हेर्दा सरिफ जस्तो लाग्ने एकजना व्यक्ति हामी तिर नजर घुमाउँदै उभियो । उसको हातमा राम्रो व्याग थियो । दुई मिनट जति गेटमा उभिएर उ फटाफट मेरो इजलासमा पाइला राख्न आइपुग्यो । टेबुलमा कुइना अड्याएर बसेको  थियो । उसलाई बस्न आग्रह गरे । ऊ थचक्क बेञ्चको एक छेउमा बस्यो । व्याग टेबुलमा राख्यो , गेटतिर आँखा कुदाउन थालयो । सडकको छेउमा गेटमै आएर दुइटी महिला उभिएको देखिए । उसले हातको यशाराले आफूतिर बोलायो ।ती दुइटी महिला लामा लामा पाइला सार्दैै मेरो कार्यालयमा आइपुगे । बेञ्चमा थचक्क बसे । एउटी अधबैसे महिला थिइन र अर्की भर्भराउँदी तरुनी । बेञ्चमा बसे पछि मुखामुख गरे । ती तीनजना महिला पुरुष आदिबासी जनजातीका थिए ।

पुरुषले भन्यो “कागज पत्र निकाल । ” 

“मेरो नाम लोचन हो । म कुनै समयको यस जिल्लाको माननीय हुँ । यी दुबै महिला मेरा श्रीमती हुन । मेरा नाममा तनि बिघा जमिनको यो जग्गा धन िप्रमाण पुर्जा छ । बराबरी पारेर अंशबण्डा गर्नु छ । तीन जनाको नाउमा रजिष्ट्रेशन पास गर्ने कानूनी रित पु¥याएर कागज लेखाई देऊ ।”

मैले जग्गा धनी प्रमाण पुर्जा ओल्टाइ पल्टाइ हेरे । निकै पुरानो रहेछ । च्यातिन लागेको थियो । धुँवा लाग्ने ठाउँमा राखेको बुझिन्थ्यो । मैले रजिष्ट्रेशनका लागि लेखिने राजिनामाका छवटा छापिएका फाराम निकाले बिस्तारुे मिलाएर पट्याए ।

यो मेरी जेठी स्वास्नी हो । यसका दुइटी छोरी छन । एउटा छोरो थियो ।मोटरसाइकल दूर्घटनामा केही समय अघि बित्यो । बुहारी छ, नाति छ । यो आइमाईसँग, मेरा बाऊले म सानै हुँदा विवाह गरिदिएका थिए । यसले मेरा बाउको सेवा गर्न  पाइन । आमाको पालन पोषण भने गरी । म पढन घर बाहिर जाँदा घर खेती थेगी । मेरो घरमा भित्रिएर दुख त धेरै गरेकी थिइ । त्यो गुनलाई भुल्न नसकेर अंश दिदै छु । रुपकी नराम्री भएकीले मैले अर्की रामैी कान्छी श्रीमती भित्र्याए ।  राजधानीमा हुने गोष्ठी , सेमिनारमा लिएर हिडन लाज लागर अर्की विवाह गरेको हुँ ।पाल्न कर लागेकोले ओपसानी हाले जति भए पनि जेथो मेथो दिएर पन्छाउन खोजेको हुँ । मैले दिएको जेथोले पालिन सकी भने त ठीकै छ । नत्र भने बनी बुतो गर्छे खान्छे नि । आफलाई पूर्व माननीय हुँ भनेर परिचय दिने लोचन नामको व्यक्तिले मेरो फाराममा आएर यती कुरा बखान्यो । उसका कुरा सुनिरहेको थिए ती दुवै महिला ।  मैले एकपल्ट ती दुवै महिलालाई नियालरे हेरे र आफ्ना आँखा लोचनको अनुहारतिर फर्काए । उसमा कुनै सम्बेदनशीलता थिएन । उसका आँखा चञ्चल थिए । ऊ छटपट छटपट गर्दै थियो । ऊ हतारिएको थियो । 

लोचन नामको जग्गाधनी प्रमाण पुर्जा मेरो हातमा थियो । दुई किता जमिन मिलाएर तीन बिघा पुग्थ्यो ।  तीन भाग लगाउनु पर्ने , अन्य जेथोमेथोका बारेमा तत्काल केही प्रश्न उठेको थिएन । मैले कानूनी तरीकाले कागज तयार पारे । विधि पूर्वक लेखे । बाउ बाजेको नाम सोधे । सही छाप गराउन खोजे ।  लोचन मंगला र लौकीको नाममा अलग अलग राजीनामा तयार गरेर सही गराए । 

मेले लोचनलार्य हास्दै भने “नेता ज्यू आज मालपोतको काम भ्याइदैन । टोकन मात्र लिन्छु । दुुई भन्दा बढी समय गै सक्यो । दर्ता गराउँछु । भोलि तपाइँहरु अलि छिटै आउनु । किताकाटमा जानु पर्दछ ढिला हुन्छ ।नापी शाखामा त यसो भेटी पनि चढाउनु पर्दछ । यदी थप कागज लेखनु पर्दछ भने आजै सकौं । 

ल्याप्चे लगाएको औलाको कालो पुछ्दै गर्दा लोककिा आँखा मसँग जुधेँ । गम्भिरता पूर्वक हेर्न खोजे । रून्चे मुख देखे । आँखा रसिला पारेर रुन खोज्दै थिइन । म छक्क परे कागजमा ल्याप्चे लगाए पछि उनको आँखामा आँशु किन । उनका अाँखा रसिला देखे पछि मलाई लोचन र मंगला प्रति घृणा लाग्यो ।वास्तवमा मानिस अति स्वार्थी हुँदोरहेछ भन्ने लाग्यो । निश्चय नै कुनै पनि व्यक्ति सिद्धान्त पढेर मात्र विवेकी हुँदैन । उसको भित्रि आत्मा सुध्रिनु जरुरी छ । मनको स्वार्थ हट्नु पर्दछ । सिद्धान्त  र दर्शनको कुनै अर्थ हुँदैन ।   लोचन जस्तो आफूलाई समाज र राष्ट्रको भलो गर्छु भन्ने मान्छेले आफूले सिन्दूर हालेर ल्याएकी स्वास्नीलाई पनि आफ्नो उचित राखन नचाहनु उपेक्षा गर्नु हकले भेटने अंश दिन नचाहनु , लोचनको स्वार्थी पन होइन ? भावुक भए । केही क्षण गम खाएर त्यो कुनै बेलाको तथाकथित पूर्व माननीय ज्यू लाई घृणा पूर्वक हेरे । उनको अनुहारमा गम्भिरता मानवीयता सम्बेदनशीलता पटकै थिएन । ऊ बज्र स्वाठ जस्तै उभिएको थियो ।लौकी भाउजुको शरीर थररर कामै जस्तै लागो । चौरीमा उभिएकी थिइन । कता कता लौकी भाउजुले मसँग केही भन्ने चासो देखाए जस्तो गरीन । दुई पाइला सारेर वकिल साहेवलाई केही भन्न सोध्न पाउँछु  कि भनेर नजिकै आइन । उनलाई मायालु पाराले मैले सम्झाउदै भने , भाउजु तपाई भोलि अड्डा लाग्नु भन्दा आधाघण्टा पहिला यहाँ आउनुहोस् । केही कानूनी व्यवहारिक सल्लाह गरौला भनेर बिदा गरे । झोल घोप्ट्याएको खाली भाँडो जस्तो अनुहार लिएर उनले बाटो समातिन । 

भोलि पल्ट बिहानको नौ बजे म कार्यालय पुगे । कार्यालय परिसर सुनसान जस्तै थियो । गेटमा बस्ने पालेले भर्खर गेट खोलेको थियो । बाहिर सडकमा पातलो सरकारी कर्मचारी र साधारण नागरिक सडक नाप्दै थिए । श्रावणका दिन भए पनि पानी पर्ने सम्भावना देखिएको थिएन । अघिल्लो दिनका काला बादल फाटेका थिए । तिब्र गर्मी थियो । सडक नाप्दै गरेका कतिपय व्यक्तिका निधारमा पसिना उम्रेका थिए । हपक्क गर्मीले प्रत्येक व्यक्तिलाई प्रभावित पारेको थियो । हटियाको दिन भएकोले पहाडतिरबाट तरकारकिा भारी झर्दै थिए । बोका पाठा डो¥याएर बाटो नाप्नेहरुको ताती नै देखिन्थ्यो । खसी डो¥याउनेमा महिलाको संख्या बढी देखिन्थ्यो । 

आलमाडी खोलेर हिजोका फाइल निकाले ।टेबुलको धुलो पुछेर कुर्सिमा बसे । अघिल्लो दिनको लोचनको राजिनामा निकालेर पढे । ती लौकी भाउजू प्रति दया लागेर आयो । छिटै आउनु भनेको थिए । किन यतिबेला सम्म आएनन त आफैलाई सोधें ।सडकबाट आँखा बिछ्याएर पर सम्म बाहिरी गेटबाट भित्र पस्दै गरेकी लौकी भाउजूलाई देखे ।खुशी लाग्यो । ती भाउजूसँग अरु मानिस पनि आउँदै थिए । सायद उनका नाता गोताका मानिस होलान भन्ने अन्दाज  गरे । तिनीहरु सबै मेरो कार्यालयमा पाइला राख्न आए । सानो बेञ्चमा बस्न आग्रह गरे । चुपचाप बसे । उक जना युवती थिइन , कल्कलाउँदो उमेर र अनुहार अनि होचो कद्की , सामान्य पोशाक लगाएकी शुद्ध ग्रामिण किसान महिला भन्न सुहाउने । 

त्यै उमेरकी अर्की एक जना महिला थिइन । झट्ट हेर्दा एकल जस्ती लाग्ने , उनको लवाईले बुझिन्थ्यो । उनका नाक र कान बुच्चे थिए । सायद आदिबासी जातीका महिलाहरुको गहना लगाउने प्रचलन छैन , हुदैन की जस्तो पनि मनमा लाग्यो । लौकी भाउजूसँगै आएका दुईजना युवक थिए । एक जना किसान जस्तो लाग्थ्यो अर्को बुद्धिजीवी जस्तो । राता वर्णका थिए । दुबै पातला सामान्य नेपाली उचाइृका लौकी भाउजू एउटा कुर्सिमा बसेकी थिइन ।लौकी भाउजूले खुशी भएर ती आफूसँगै आउने महिला र पुरुषको परिचय गराइन मलाई । यी    दुबै युवक मेरा ज्वाँइ हुन , एक जना यही त्रियुगा उपत्यकाको एउटा कुनामा खेती कमाई गरेर  जीवन घिसार्दै छन । आज मलाई सहयोग पु¥याउन यहाँ आएका हुन । हिजो यहाँ बाट घर गए पछि आउन समाचार पठाएकी थिए । अड्डा जाउ भनेर लिएर आएकी ।

उहाँ मेरो अर्को ज्वाँइ हो यही बजारमा एउटा संस्थामा काम गर्नु हुन्छ । संस्थाबारे त्यति ज्ञान छैन मलाई । यो छोरी हो । बाउ र सौतिनी आमाले मेरी सोझी आमालाई अंशमा ठग्न खोजेकी छन भन्ने थाहा पाएर आएकी । यो मेरी बुहारी हो जो मसँगै बस्छे । 

“तपाई मलाई कुनै जाली कागजमा सही छाप नगराउनु होला । ” म सोझीलाई न मार्नोस ।

लौकी भाउजुका कुरा सुनिसके पछि म केही क्षण भावुक हुन पुगे । वास्तवमा लोचनको परिवारमा निकै जटिलता थुप्रिएका रहेछन । उनी माथिल्ला पदमा पुगेर जनताका लागि नीति निर्माण कर्ता भए पनि परिवारको समस्या समाधान गर्न असक्षम रहेछन भन्ने पो लाग्यो । प्रत्येक मान्छेले आफ्नो परिवारको मानवीय समस्याको उचित समाधान प्रेमले श्रद्धाले आत्मियताले गर्दछ ।परिवार चलाउन उदार मन बनाउनु पर्दछ । सम्पति राजकीय पदको अहमताले व्यबहारमा सन्तुलन ल्याउनु हुन्न । समानताका सरल रेखाहरु तान्नु पर्दछ । आफूले सानै उमेरमा भित्¥याएकी दुखकी श्रीमतीलाई हेला गर्नु कुनै पनि पतिको कर्तव्य होइन । श्रीमती प्रति समानताको व्यबहार गर्ने व्यक्तिले कसरी राष्ट्र निर्माण गर्दछ त ? एउटी श्रीमती सुनका गहनाले पुरिने बैंकमा खाता उनकै नाममा हुने , उसका छोरा महङ्गा विद्यालयमा पढ्न पाउने जवकी अर्की श्रीमती जसले दुखको समयमा साथ दिइन , तिनका सन्तान भोकै हुने , पेटभरी खान नपाउने यस्ता भेद भावको अमानवीय व्यबहार गर्ने व्यक्ति पनि मानवीय हुँदा रहेछन , जनताले त्यस्ता मानिसलाई किन मत दिने भन्ने लाग्यो । 

त्यसबेला घडीले एघारको घण्टी हान्दै थियो । मालपोत कार्यालयको कर्मचारी आफ्ना आफ्ना फाँटमा बसेर काम गर्दै थिए । सेवाग्राही जनता पनि पातलो कर्मचारीको कोठामा प्रवेश गर्दैै थिए । 

जीवन भोगाईका कष्टकर दिनहरु वारे मैले लौकी भाउजूलाई सोध्नु थियो । उनकै मुखबाट केही भनाउनु थियो । म प्रश्न सोध्न उत्सुक थिएँ । एक प्रकारको छटपटाईमा थिए म । फाइल थन्क्याएर लौकी भाउजूतिर मोडिए । शरीर उनितिर फर्काए । मलाई बडो सजिलो भएको थियो । मैले सोधेका प्रश्नहरुको उतर सुन्ने किनाराका साक्षी उनका छोरा बुहारी र ज्वाँइ पनि थिए ।  लौकी भाउजूलाई आफू सामु देख्दा मेरो मुटुको धड्कन तिब्र रुपमा बढेको थियो । प्रत्येक मानवका जीवनमा दुई पाटा हुन्छन भनेर पढेको थिएँ । यथार्थवादी र कल्पनावादी पाटो दृश्य र अदृश्यवादी पाटो । यी जीवनका पाटामा यो तथाकथित पूर्व ाननयि भनिएको लोचन नामको व्यक्तिलाई कता कहाँनिर राखेर मूल्यांकन  गरौ भन्ने चिन्तन मनमा पलायो । 

भाउजू आज जग्गा पास हुन्छ । तपाईका नाममा लालपूर्जा बन्छ । किताकाटको समयमा लोचन दाइ र उनकी कान्छी मंगला पनि आउँछिन । लौ त केही थप कुरा तपाइका गुनासा ठगिएका पाटाछन भने मलाई भन्नोस म सकेको तपाइलाई मद्धत गर्छु । मैले हँसिलो मुख पारेर ती लौकी भाउजूका अनुहारमा आँखा तेस्र्याउँदै भने । उनी के भनौ के भनौ भन्नेमा थिइन । केही क्षण घोत्लिएर ज्वाँइका मुखमा हेरिन । 

आफ्नो मातृभाषा र नेपाली भाषालाई छासमिस पारेर बोल्दै थिइन । हेर्नोस वकिल साहेव यो मेरो लोचन सानै छँदा यसका बाउ बितेका थिए । यसको आफ्नो जमिन अर्काले हड्पेर कमाएर खाएका थिए । यो लोचन बोल्न सक्दैनथ्यो । एकजना हाम्रै छिमेकी ठूला पञ्च थिए ।, काजी साहेव । उनका छोरासँग खेलथ्यो त्यो , फुर्सदमा दिनभरी खोलामा गएर बल्छीमा माछा मार्ने गर्दथ्यो । साँझमा घरमा आएर आमा र दिदीलाई गाली गर्दथ्यो । छिमेकी काजीको घरमा गएर बासी भात खान्थ्यो । उनिहरुकै बाख्रा हेर्नै, गोठालासँग नारिएर हिड्थ्यो । काजी साहेवका छोरी माइतबाट घर जान लाग्दा पु¥याउने पोके भएर जाने गर्दथ्यो । यसले गरेको यस्तो दमनिय व्यवहार मेरा दाजुलाई पचेको थिएन । 

मेरा दाजु नन्दु असल र व्यवहारिक मानिस थिए । यो लोचनलाई घरमा बोलाएर सम्झाएर विद्यालय भर्ना गरिदिएका थिए । तिमी पछि यो काजी सरहको मान्छे हुन्छौ , पढ विद्यालयमा मेहनत गरेर हामी आदिवासी पछि परेका छौ । तिमी इमान्दार र मेहनती बन । यसकी आमा बाऊ मरे पछि मानसिक सन्तुलन गुमाए जस्ती अर्ध पागल भएकी थिइन । मेरो दाजु नन्दुकै सहयोग र निगरानीमा योसँग मेरो विवाह भएको थियो । यिनले आफ्नो विवाह गर्न धेरै ठाउँ केटी खोजी हिडेका थिए । तर यसकी आमाको कारण कुनै अभिभावकले यसलाई छोरी दिन मानेका थिएनन । मसँग विहे गरे पछि मेरा दाजुको प्रयत्नमा काजी साहेवकोमा यसको आउन जान टुटो सम्बन्ध पातलियो । यसको मुल कारण मेरा दाजु नन्दुको अभिभावकत्व नै थियो । हावा  चलेको थिएन । हपक्क गर्मी थियो । मानिसहरु थपिदै थिए । आसपासका बोटबिरुवाको मनमोहक दृश्य मानिसहरु नियाल्न पछि परेका थिएनन ।   

केही क्षणको मौका पछि लौकीमायाले आफ्ना छोरी जुवाइ र बुहारीका अनुहारमा एक नजर लगाइन । मेहन्दी लगाएका आफ्ना हात एक पल्ट हावामा हल्लाइन । आफ्ना गुनासा या पीडाका पोका पुन यसरी व्यक्त गर्न थालिन ।  लौकीमायाले लामो सास तानिन फुल्न लागेका केश कन्याइन । आँखाले घुँडा सम्म हेर्दै भनिन “यो लोचन मेरो कुनै छाप नछुटिएको दलको सदस्य बनेको रहेछ बिद्यार्थी काल देखि नै । मुलुकमा पविर्तन आयो । वयवस्था वदलियो । हाम्रो गाउँ नजिक पक्का सडक बन्यो । जमिनको मूल्य आकासियो । यसले केही जमिन बिक्री गर्यो । छोरा छोरीको विवाह गर्नुको साटो आफ्नो विवाह गर्यो । मलाई सौता हाल्यो । सौतालाई स्वर्गको सुख दियो । मलाई नर्कको वास गरायो । मेरा सन्तानले आफ्नो पहल र रोजाईमा विवाह गरे । नयाँ सम्बन्ध जोडे । लोग्ने स्वास्नीको केही भनाभन भयो भने तँलाई एकधुर जमिन दिन्न भनेर हपकाउन थाल्यो । म झीरको मासु भएर बााच्न विवश भए, बाँचेकी छु ।

अहिले अरुका दवावका कारण मलाई थोरै घाउँ पुछ्याउनी अंश दिन यहाँ बोलाएको हो । लोचनले त मलाई खास केही भनेको छैन मंगलाले भने अंश लिइदिए हुन्थ्यो भनेर अतालिएकी छे । दिनको बाह्र बजेर एक्काइस मिनट गएको थियो । लोचन र उसकी कान्छी मंगला जोडी बाँधिएर ढल्कदै मालपोत कार्यालयको परिसरमा पाइला टेक्न आइपुगे । त्यसबेला  लोचनका बिधवा बुहारी छोरी र दुवै ज्वाँइ मेरै फाराममा निर्धक्क भएर बसेका थिए । ज्वाँइलाई देखे पछि तिनीहरु दुवै जना केही डराएका या झस्किएका जस्ता भए । लोचनको अनुहार मलिन जस्तो देखियो । छोरी देवियाले पनि बाबु र सौतेनी आमालाई कुनै सत्कार पूर्वक नहेरी डेडा आँखाले हेरी । त्यहाँ बसेका उसका नातादार व्यक्ति कसैले पनि उनीहरु प्रति कुनै सद्भाव देखाएनन । आफ्ना सन्तानले उनीहरु प्रति देखाएको रुखो व्यवहारले संकेत गर्दथ्यो कि दालमा कालो छ । लोचनका विगत र बर्तमानका व्यवहार परिवार प्रतिन्यायिक र सद्भावपूर्ण थिएनन् । मैले लोचनको अनुहारमा नजर तेस्र्याउँदै भने हिजो छिटो आउनु नापी शाखामा अलमल हुन्छ भनेको थिए । हिजोकै समयमा आउनु भयो त ? तपाईको समय सारिणी आफ्नै खाले रहेछ । 

कुन आन्तरिक कारणले हो हिजो भन्दा आज लोचन केही नरम भएका थिए । मंगला बोलेकी थिइनन । “वकिल साहेव मेरो काम के हुँदै छ त ?” लोचन ले सोधे । लोचनले असभ्य र बेचैनको हेराइ देखायो , ती आफ्ना सन्तानप्रति उनीहरु दुवै जना मौन थिए । हिजो दर्ता गरेर टोकन लिएका थिए । आज प्रथम चरणमै नापी शाखामा किटा काटमा जाने भनेको थियो । तपाईहरु ढिला गर्नु भयो र उहाँहरु आएर हिजो लेखेका कागज पत्रहरु हेर्न देखाइदिएँ । कागज पत्रको फाइल उहाँहरुसँगै छ । मैले अर्को काम पनि पाएको थिए  । यो तपाईको काम फते नगरी अर्को काम लिन सकिन । यो तपाइँको अंशबण्डाको काम पक्षपातपूर्ण भयो भनेर आक्रोस पोख्तै हुनुहुन्छ । दुवै पक्ष बसेर कुरा मिलाए छिटो हुने राजधानीको घरको भाग नभए यी कागज पत्र च्यातेर फाल्दिने भन्दैछन् । हामी तपार्यको पर्खाइमा छौ ।

लोचन अक्क न बक्क भयो । केही बोल्न सकेन । तम्तमाइलो अनुहार पारेर घोरियो । मंगलाका मुखमा नजर कुदायो । उनी पनि गम्भिर मुद्रामा थिइन ।  सायद लोचनको उद्देश्य  त आफूले कमाएको सम्पति सबै एकछत्र भोग्न पाउने शोचमा थियो । उनको शरीरमा ढुङ्गा लाग्ने जस्तो भयो  । तिनीहरु झस्किएका थिए ।

कान्छो ज्वाइ देवचरणले लोचनको अनुहारमा आँखा कुदाउँदा भन्यो “हरेक मान्छेमा मानवीय दृष्टीकोण र न्यायिक व्यवहार हुनुपर्दछ । एक पल्ट विगत सम्झेर दिमाग सफा पारे कसो होला ” लौकीमाया तीन सन्तानकी आमा हुन दुर्घटनामा छोरो गुमाई ।  केही क्षणको लागि सब जना मौन भए । मैले लेखेका कागज जम्मा गर्न खोजे । उनीहरुका हात बाट लिन हात लम्काए ।

यसै बीच  धेरै दिन देखि काइयोसंग भेट नभएको गिङरिङ केश राती रिसले बलेको अनुहार पार्दै दाहिने हातको चोर औला लोचनको अनुहार सामु पार्दै लौकीमायाले आफ्नो आक्रोस यसरी पोखिन “तँ अपराधि रण्डो हो । यसका पेटमा दया माया छैन । यो हृदयहिन व्यक्ति हो । यसका आमाको गु मूत मैले प्याकेको हुँ । यसका आमा बाउ मरे पछि बौलाएकी थिइन । महिनामा उक पल्ट बेथाले भेट्थ्यो । यसका बाउ मरे पछि कान्छी स्वास्नी भित्राएको हो यो नक्कली ढोगी छ । मेरो पोई खोस्न आएकी हो । महिला अधिकारका कुरा बखान गर्न ज्यादै सिपालु छ । आफ्नू आङका भैसी नदेखने अर्काको आङको जुम््रा नियाल्छे ।


अघिल्लो पोष्ट

‘कलाकारको हृदय विश्वव्यापी हुनुपर्दछ’ ः महादेवी बर्मा

पछिल्लो पोस्ट

रोमाञ्चकारी रेलयात्रामा

राममणी पोखरेल

राममणी पोखरेल

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
रोमाञ्चकारी रेलयात्रामा

रोमाञ्चकारी रेलयात्रामा

गुनासो

गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मधेश

मधेश

४ जेष्ठ २०७९, बुधबार
गुन्जनले विभिन्न स्रष्टा सम्मान

गुन्जनले विभिन्न स्रष्टा सम्मान

४ जेष्ठ २०८०, बिहीबार
जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

५ बैशाख २०८२, शुक्रबार
तसलिमा तिम्रो कलमको शक्ति

तसलिमा तिम्रो कलमको शक्ति

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक