जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज नियात्रा

रोमाञ्चकारी रेलयात्रामा

जीवनाथ धमला जीवनाथ धमला
प्रकाशित २९ चैत्र २०७७, आईतवार
नियात्रा भित्र
0
रोमाञ्चकारी रेलयात्रामा

फुचाउबाट तीव्र गतिको रेलमा घान्झाउ जाने भनेपछि मैले यसभन्दा धेरै पहिले गरेका रेलयात्रा सम्झिन पुगेँ । ०३५ सालमा जोगबनीमा पहिलोपटक रेल देखेको थिएँ । तर चढ्न भने २०४२ सालमा जोगबनीबाटै कटिहार नजिकसम्म पुगेर फर्केको थिएँ । त्यस्बेला मसँग मेरै साहिँला बडिबाका छोरा पिताम्बर धमला साथमा थिए । त्यो रेलयात्रा एकतर्फी ३ घण्टाजतिको थियो होला । त्यस्पछि २०५७ सालमा जर्मनीमा ३ महिना बस्दा त्यहाँको मेट्रो दिनहुँ चढ्नै पथ्र्यो । त्यसैताका सप्ताहान्तमा लण्डन पुगेका बेला त्यहाँको भूमिगत रेल पनि चढ्ने मौका मिलेको थियो । त्यसै फ्रान्सको भूमिगत रेल पनि एकपटक चढ्न भ्याएको थिएँ । पछि दक्षिण कोरिया जाँदा पनि त्यहाँको मेट्रो पटकपटक चढेको थिएँ भने चीनमै पनि सन् २००६ मा एउटा कार्यशालामा सहभागी हुन गएका बखत बेँजिङको मेट्रो ट्रेनमा यात्रा गरेको थिएँ । रेल चढेका यस्तै सम्झनाहरुका झल्का एकपछि अर्को गर्दै आउँदै जाँदै गरे । तर चीनमा तीव्र गतिको भूसतही रेलयात्रा भन्ने बित्तिकै अलि बेग्लै रोमान्च उत्पन्न भएको थियो यसपटक । 

त्यो दिन हामी निकै लामो रेलयात्रा गरी चेच्याङ प्रान्तीय राजधानी घान्झाउ आइपुगेका थियौँ दिउँसो २ बजेतिर, जुन १४, २०१७ का दिन । फुचाउबाट ९ बजे बिहान शुरु भएको हाम्रो रेलयात्रा झण्डै ८ सय कि.मि. जति थियो होला । रेलको गति कति छ भन्ने कुरा यात्रु बसेका डिब्बाका अघिपछिका ढोकामाथिको पर्दामा हेर्दा थाहा हुन्थ्यो । अधिकतम ३ सय कि.मि. प्रति घण्टाका दरले फुचाउदेखि घान्झाउसम्मको यात्रामा झण्डै २५÷३० वटा स्टेशनमा रोकिँदै, यात्रु ओराल्दै चढाउँदै रेल हुइँकिएको थियो ।

त्यस रेलयात्राले हामीलाई दक्षिणी चीनको ग्रामीण दृष्यलाई केही न केही बुझ्न मद्दत पनि ग¥यो ।

हामी २० जना मिडिया टिमका सदस्यहरु एउटै डिब्बमा बसेका थियौँ । हाम्रा झोला÷पोकपन्तरा (लगेज) निकै भएकाले तिनलाई मुस्किलले डिब्बाको पछिल्तिर अनि सिट माथिपट्टिको लगेज बक्समा खाँदेर राखियो र सिटसँगै पनि एकएक ओटा झोला त भई नै हाले ।

रेलको गति बढेसँगै झ्यालबाट बाहिर हेर्दा देखिने दृष्यहरुले हाम्रो ध्यान खिच्न थाले । सबै साथीहरु आफू बसेनेरका झ्यालबाट चियाउन थाले । 

चिनियाँ गाउँका दृष्यहरुले मनलाई खिच्दै गए । ग्रामीण परिवेश पिछडिएको अवस्थामै देखिन्छ । डाँडाकाँडा, भीर, जंगल, खोल्साखोल्सी, बुट्यानघारी, खोलो, पहिरो, सबै उस्तै छ, हाम्रो कुनै पहाडी बस्ती जस्तो । धेरै अग्ला पहाडहरु भने देखिएनन् । चिनियाँ पहाडहरु जताततै बाक्लो जंगलले ढाकिएका छन्, तिनका फेदीतिर एक तिहाईजति भागमा र त्यसभन्दा तलका समथल भागमा ग्रामीण बस्तीहरु छन् । २÷३ तले घरहरु ठ्याक्कै हाम्रो पहाडी क्षेत्रतिरकै जस्ता देखिन्छन् । ती घरहरु ढुंगामाटाले बनेका हुनुपर्छ । जहाँका पनि आधारभूत आवश्यकताहरु एउटै त हुन् नी । फेरि स–साना शहरहरु छिनछिनमा देखा पर्ने, उतिखेरै जंगल अनि फेरि उतिखेरै स–साना शहरहरु देखिँदै छन् । ग्रामीण परिवेशबाट क्रमशः शहरमा रुपान्तरण हुँदै गएका बस्तीहरु । शहरहरु यसरी नै बढ्ने क्रममा छन् चीनमा । साना बजारहरु धेरै देखिँदै छन् । कतै औद्योगिक क्षेत्रहरु देखिन्छन्, विद्युत स्टेशनहरु ठाउँठाउँमा छन् । कतै रातो माटोको पहिरो बगेको, ठाउँठाउँमा पानीका छाँगाहरु, खोलाका दायाँबायाँ भर्खर रोपाईँ गरेका खेतका गह्राहरु; कतै मेरो आफ्नै गृहजिल्ला ओखलढुंगाको पाखापखेरा नै पो हो कि क्या हो ! हो पहाडी भू–बनोटमा समानता छ, त्यहाँ हुने प्रकृतिको नियमितता एवं क्रमबद्धतामा समानता छ, र जीवनको लयबद्धतामा पनि समानता छ । प्रायः २५० कि.मि. प्रतिघण्टामा दौडने रेलको झ्यालबाट देखिने दृष्यहरु बग्दै छोडिँदै जान्छन् । 

पर्खेर हेर्ने भन्ने सम्भावनै छैन । आधाजति रेलमार्ग त सुरुङभित्र मात्रै छ । बाहिर हेर्दाहेर्दै सुरुङभित्र पसिसक्छ रेल, फेरि कहिले २÷३ मिनटमै फुत्त उज्यालो सतहमा, फेरि ५÷१० मिनटपछि सुरुङमा, चिनियाँहरुको मिहिनेतलाई म अनुमान गरिरहेँछु । भूसतही भनिए पनि वास्तवमा यो रेलयात्रा अर्ध भूमिगत खालको थियो । पहाडी प्रदेश भएकोले रेलमार्गका लागि सुरुङ नखनी हुँदैन । सोच्छु, नेपालमा कल्पनामा सीमित धेरै विकासका सम्भावनाहरु त्यहाँ यथार्थ भइसकेका छन् । वनजंगलको सुरक्षा र संरक्षण राम्रो देखिन्छ चीनमा । ठाउँठाउँमा पैह्रा त जहाँ पनि जाँदा रहेछन् । साथीहरुको गफ सुन्दैछु, प्लेनको भन्दा त रेलकै यात्रा राम्रो, जमिनमै त गुडिन्छ रेलमा कमसेकम । काठमाडौँ—गोञ्जाउ उडान सम्झेका होलान् साथीहरुले । प्लेन बादलभित्र पस्यो भने वास्तवमा मनमा पनि बादल मडारिन थाल्छ । फुचाउबाट घान्झाउसम्म आइपुग्न झण्डै ५ घण्टा लाग्यो । घान्झाउको रेल स्टेशन एशियाभरिकै ठूलो हो भन्दै थिए हाम्रा गाइडहरु ।

होटन नरादामा पुगेर झोला, लगेज थन्क्याए पनि रेलयात्रामा छुटेका दृष्यहरुको झझल्कोले छोडेकै थिएन । जे होस् एकदिनको रेलयात्रा भएपनि चिनियाँ ग्रामीण बस्तीलाई केही न केही बुझ्न राम्रै सहयोग पु¥यायो, त्यस यात्राले । चिनियाँ गाउँहरु र नेपाली गाउँहरुको मौलिकतामा खासै भिन्नता देखिएन । प्रकृतिका सिर्जनाहरु जहाँपनि उस्तै हुँदा रहेछन् ।


अघिल्लो पोष्ट

माननीय ज्यू

पछिल्लो पोस्ट

गुनासो

जीवनाथ धमला

जीवनाथ धमला

सम्बन्धित पोष्टहरू

ऐतिहासिक अवशेषमा पिलपिल
नियात्रा

ऐतिहासिक अवशेषमा पिलपिल

१२ पुष २०८०, बिहीबार
सुनेको मुस्ताङ, देखेको मुस्ताङ
नियात्रा

सुनेको मुस्ताङ, देखेको मुस्ताङ

७ भाद्र २०७९, मंगलवार
चित्लाङमा चित् खाइयो
नियात्रा

चित्लाङमा चित् खाइयो

२ श्रावण २०७९, सोमबार
लोकवार्ता – एक अभियान
नियात्रा

लोकवार्ता – एक अभियान

१४ असार २०७९, मंगलवार
पछिल्लो पोष्ट
गुनासो

गुनासो

आलश्यविरुद्ध

आलश्यविरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

११ बैशाख २०८१, मंगलवार
भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण

भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण

१० बैशाख २०८०, आईतवार
भीमनिधि तिवारीका पाँच कविता

भीमनिधि तिवारीका पाँच कविता

१० बैशाख २०८०, आईतवार
आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक