बालकृष्ण सम (वि.सं. १९५९–२०३८) नेपाली साहित्यमा कविता, नाटक, निबन्ध, कथा, आत्मजीवनीका अतिरिक्त ललितकला, रङ्गमञ्चशिल्प, फोटोग्राफी आदि कलागत विविध विषयहरूका पारखी र प्रयोगकर्ता पनि हुन् । उनको त्यस विराट् व्यक्तित्वका प्रमुख अङ्गहरूमा साहित्यिक सिर्जनाले प्रमुख स्थान लिएको पाइन्छ भने साहित्यिक रचनामा पनि उनको विशिष्टता कविता र नाटकमा बढी चहकिएको पाइन्छ । वि.सं. १९६७मा आठवर्षे किशोर वयमै कविताका पङ्क्तिहरू कोर्ने अभ्यासबाट साहित्यरचनामा प्रवेश गरेका बालकृष्णले २०३८ साल असार ९ गते नेपाल राजक्रीय प्रज्ञा प्रतिष्टानको कविता महोत्सवमा अन्तिम पटक कविता वाचन गरी आफ्नो काव्ययात्रा टुङ्ग्याएका थिए । यसरी उनी आफ्नो असीवर्षे जीवनमा सत्तरी वर्ष साहित्यसेवामा समर्पित भएको पाइन्छ र उनले कविता सिर्जना यात्रा टुङ्ग्याएको पाइन्छ । पिता समरशमशेरद्वारा लेखिएका कविताका पङ्क्तिहरू पढेर अनि उनलाई हुर्काने र पढाउने दिदी गुनकेशरीले बिहान–बेलुकी पाठ गर्ने गरेका भानुभक्तीय रामायण, सुब्बा होमनाथ केदारनाथकको कृष्णचरित्र र बैजनाथको महाभारतका विराट पर्वका श्लोकहरू सुनेर उनमा कविताप्रतिको आकर्षण बढेको थियो ।
वि.सं. १९६७ सालदेखि १९७७ सालसम्मको एक दशक लगभगको समय किशोर बालकृष्णको कविता सिर्जनाको अभ्यासकाल रह्यो । उनी कुनै पनि सानातिनादेखि ठूलासम्मका घटनाका प्रभावमा पर्दा कविताकै आधार खोज्थे, कवितालाई नै अँगालेर चुम्बन गर्थे र कविताकै शरणमा जान्थे । १९४२ सालमा नारायणहिटी दरबारमा भएको श्री ३ रणोद्वीपसिंहको हत्याकाण्डको विवरण दिदी गुनकेशरीबाट सुनेपछिको विरक्त हृदयले होस् वा जन्मदात्री आमाभन्दा बढी स्नेहिली गुनकेशरीको मृत्युको शोकाकुल अवस्थामा होस् उनले कविताकै अर्चना र भक्तिद्वारा आफ्नो हृदयको घाउ निको पार्ने प्रयास गरेको पाइन्छ ।
वि.सं. १९७० सालको फागुन महिनामा दरबार स्कुलमा चतुर्थ श्रेणी (सातौं कक्षा) मा भर्ना भएर पढ्न थालेपछि बालकृष्णको कविता अध्ययनको क्षितिज फराकिलो हुँदै गयो । अर्काे वर्ष १९७१ सालमा आठौं कक्षामा पुगेपछि नैउनले अङ्ग्रेजी कवि वर्डसवर्थको ‘लुसीग्रे’ कवितालाई नेपालीमा अनुवाद गरे । त्यस बेला विदेशी (अङ्ग्रेजी) साहित्यको अध्ययनले उनको साहित्यिक चेतनाको आकाश फराकिलो हुँदै जान थालेको थियो भने देशभित्रका कविहरू उनको कवितारचनाका प्रभावस्रोत बन्दै थिए । यसै क्रममा १९७३ सालमा बालकृष्णका हातमा लेखनाथ पौड्यालको ‘बुद्धिविनोद’ सहितको ‘ऋतुविचार’ आइपर्यो । उनलाई घरमै अङ्ग्रेजी पढाउने गुरू लेखनाथ देवकोटाबाट उक्त काव्यहरू पाएर पढेपछि उनको मनभित्र बसेकी इष्टदेवी कविता अरु प्रसन्न भइन् । बालकृष्णका मनमा कवितामाथिको विश्वास अरु बढ्दै गयो । उनी ‘मेरो कविताको आराधना आत्मजीवनीमा लेख्छन् –
‘लेखनाथको त्यो सानु कविताको पुस्तकले मेरो मनमा ममात्र होइन, समस्त नेपाली कविता जगत्मैपरिवर्तन ल्याएको रहेछ – मैले पछि थाहा पाए ।’ १९७४ सालमा दरबार स्कुलमा पढ्दै गरेका युवा बालकृष्णलाई उनका स्कुलका साथीहरूले उपहारस्वरूप ‘सूक्तिसिन्धु’ कवितासङ्ग्रह ल्याएर दिए । बालकृष्णले आफ्नी आमाले भन्दा पनि बढी स्नेहसिक्त हृदय खन्याएर अपार माया गर्ने गुनकेशरी दिदीको मृत्युशोकले उद्विग्न मनमा छँदाको अवस्थामा तात्कालीन कविहरूको श्रृङ्गारिक कविता सङ्ग्रह ‘सूक्तिसिन्धु’ पाएपछि उनले त्यसलाई उक्त शोकलाई बिर्साउने उपायका रूपमा लिए । कवितामा राम्रो शैली कसरी बन्छ भन्ने ध्याउन्नमा लागेका बालकृष्यणलाई ‘सूक्तिसिन्धु’ ले निकै आकर्षित गर्यो र उनलाई ‘सूक्तिसिन्धु’ भित्रका कविहरूको संसारभित्र आपूm पनि कुनै एक कुनामा बस्न पाए हुन्थ्यो भन्ने इच्छाले छोयो । उनी लेख्छन्:
‘कविहरूको कस्तो कल्पनामय दिव्य संसार–उनीहरूसँगै एउटा सानु कुनामा बस्न स्थान पाए पनि कस्तो हुन्थ्यो, म पनि त कविताको आराधक हुँ, भन्ने लाग्दथ्यो ।’ यस्तै मानसिक उदवेगमा ‘सुक्तिसिन्धु’ का कविताहरूबाट उत्प्रेरित बन्दै बालकृष्णले ‘प्रियवार्ता’ (१९७४) शीर्षकमा एउटा शृङ्गारिक कविता लेखे । आंशिक र माशुका नामका दुई प्रेमी प्रेमिकाका बीचको संवादस्वरूपको उक्त कविता कवि बालकृष्णका मनमा रहेको श्रृङ्गारिक कविताले प्रकाशित हुने अवसर भने पाएन । बरु ‘सूक्तिसिन्धु’सङ्ग्रहमाथि नै प्रतिबन्ध लाग्यो । यही समयमा उनका स्कुलका साथी तारापद मुखर्जीबाट उनले सेक्सपियरको प्रसिद्ध नाटक ‘रोमियो जुलिmयट’ का नायक नायिका रोमियो र जुलियटको रोमाञ्चक प्रेमकथा सुने । त्यो सुनेपछि उनलाई प्रेम सबभन्दा ठूलो अनुभूति हो, प्रेम परमेश्वर हो भन्ने भावनाको उदय हुन गयो ।
कवितामा सम्पूर्ण रुपले समर्पित भइरहेका बेला बालकृष्णका बाजे डम्बर शमशेरको दरबारमा नाच हेर्न आएका रूद्रराज पाण्डेले उक्त नाच हेरेपछि भोलिपल्ट भनेका कुराले बालकृष्णलाई भित्रैदेखि छोयो । रूद्रराजले भनेका थिए –‘कस्तो दु:खको कुरा नेपालमा नेपालीमा नाटक नभएर हिन्दीमा हुनु । कविता गरेर मात्र के, नाटक गराउन सके नेपाली भाषाको कत्रो उन्नति हुन्थ्यो ।’ बालकृष्ण लेख्छन् –
‘नाटकको कुराले रूद्रराजले मलाई रोममाञ्चित बनाइसकेका थिए, मैले मनमनममा नाटक लेख्ने सङ्कल्प गरिसकेको थिएँ ।’
बालकृष्ण समको नाटक लेख्ने उक्त सङ्कल्पको पृष्ठभूमिमा उनका बाजे डम्बर शमशेरको रङ्गमञ्चप्रियताको लामो इतिहास थियो । डम्बरशमशेर नाचगानका अत्यन्त प्रेमीथिए । उनले १९५० सालमा कलकत्ता पुगेर त्यहाँ सञ्चालित बेलायती शैलीका सभाकक्षहरु हेरी नेपालमा त्यसै अनुरूपका दुई नाचघरहरु बनाउन लगाएका थिएँ–एउटा नारायण हिटी दरबारमा अनि अर्काे अर्काे आफ्नै दरबारमा । आफ्नो दरबारमा निर्मित नाचघरममा डम्म्बरशमशेरले कैयन् सुसारे युवतिहरूलाई नाच गानको तालिमको व्यवस्था गरेका थिए । त्यही परिवेशमाजन्मी हुर्के–बढेका बालकृष्णका निम्ति त्यो नाचघर र त्यहाँका रङ्गमञ्चीय गतिविधिहरू नजानिदो किसिमले प्रेरणास्रोत बन्न पुगे । उनी त्यस रङ्गमञ्चमा रातको निकै पछिसम्म र बिहानको मिर्मिरे हुन नपाउँदैदेखि कहीँ न कहीँ सङ्गीत गुञ्जिरहेको पाउँथे । उनी लेखछन् :
‘पाँच वर्षको उमेरमा अक्षरारम्मगर्नुभन्दा अगाडि नै मेरा आँखालाई रङ्गमञ्चका चित्रित पर्दा, नृत्य र अभिनयले खिचिसकेका थिए, कानलाई गीत र कलापूर्ण कवितामय वार्ताले भरिसकेका थिए । मेरो सानो शरीर एक सानो ध्वनिविस्तारक नाट्यशाला बनिसकेको थियो ।’
एकातिर कविताको अविच्छिन्न उपासना र अर्काेतिर नाटक र रङ्गमञ्चमा घुलमिल हुन पुगेको बालकृष्णको जीवन । तैपनि उनी कवितालाई इष्टदेवी मानेर तिनकै आराधनामा मस्त रहे । यस बेला उनका कविता सिर्जनामा मुख्य तीन आदर्श थिए लेखनाथ, सोमनाथ र चक्रपाणि । यस्तैमा १९७५ सालमा उनको हातमा लेखनाथको ‘सत्यकलि संवाद’ आइपर्यो । त्यसबाट प्रभावित हुँदै बालकृष्णले‘यौटा बूढो मनमनमा भन्छ’ शीर्षकमा कविता लेखे । उनी नेपाली साहित्यको कविता विधामा समय समयमा प्रकाशित हुँदै देखापर्ने तात्कालीन प्रभावशाली कविहरूका कविता जति पढ्दै जान्थे र तिनको प्रभावमा परी जति कविताको रचना गर्दै जान्थे त्यसमा अपुगको मात्रा धेरैहुँदै उनी त्यसमा असन्तुष्ट बन्न पुग्थे । अनुप्रासमय वार्णिक छन्दका कविताहरू उनका लागि बोझिल बन्न थाले ।
दरबार स्कुलका अङ्ग्रेजीका अध्यापक र तिनका पठनपाठनमा निरन्तर संलग्न रहँदा बालकृष्णलाई अङ्ग्रेजी साहित्य र विशेष गरी सेक्सपियरले बढी आकर्षित गरे । स्कुलमा हेडमास्टर शारदाबाबु सेक्सपियरका पुस्तकहरूबाट महत्वपूर्ण पङ्क्तिहरू खोजीजोखी तिनको व्याख्या गर्थे । बालकृष्णले सेक्सपियरका रचनाहरूको सबै सङ्कलनहरू किनेर घरमा ल्याए । अब बालकृष्णका सेक्सपियरले उनलाई घरमै आएर अङ्ग्रेजी साहित्यको संसारतिर आकृष्ट गर्न थाले । ब्ल्याङ्कभर्स शैलीमा सेक्सपियरको अध्ययन र त्यस्तै शैलीमा नेपालीमा लेख्ने इच्छा उनमा बढ्दै गयो । उनी अन्त्यानुप्रासहीनअनुष्टुप छन्दमा कविता लेख्दाको पृष्ठभूमिको उल्लेख यसरी गर्छन् :
‘मलाई वार्णिक छन्द तथा अनुप्रासमा कविता लेख्दा एक सङ्गीतालयमा थुनिएकोअनभुव हुन थालेको थियो । सेक्सपियरले त्यसबाट मलाई मुक्त गराए– कवितामा नाटक’
यस प्रकारको अन्त्यानुप्रारहितअनुष्टुछन्दमा बालकृष्णको पहिलो प्रयोगका रूपमा जन्मियो ‘जम्पति प्रेम भङ्ग’ शीर्षक कविता । यस कविताको रचनामा कविको अन्त्यानुप्रास र वार्णिक छन्दबाट छुटकारा लिने अभिप्रायले केही ठाउँ पाए पनि अत्यधिक रूपमा गरिएका किलष्ट संस्कृत शब्दहरूको प्रयोगले गर्दा उनलाई कवितामा फेरि पनि असफलता हात लागेको थियो । अझै उनी कविता रचनामा आपूmले आदर्श मानेका नेपाली साहित्यका त्रिमूर्ति सोमनाथ, लेखनाथ र चक्रपाणिकको जस्तो आफ्ना कविताको शैली बनाउने धुनमा लागिरहे । यसरी लाग्दा उनले गुनकेशरी दिदीको स्मृतिमा ‘एक प्रभातस्मरण’, ‘आर्यघाट’ र आर्याघाट’ जस्ता लामा कविताहरूलाई काव्य र महाकाव्यको स्वरूप दिन खोजे तापनि ती अपूर्ण नै रहे । उनलाई संस्कृत क्लिष्ट शब्दहरू धेरै घुसाएमा कविता उत्कृष्ट हुन्छ भन्ने भ्रमले उपर्युक्त, संस्कृत शब्दबाहुल्य भएका लामा कविताहरू लेख्न लगाएको थियो । त्यो क्रम १९७६ सालसम्म चलिरह्यो । उक्त क्रममै उनी नाटकको रचनाका निम्ति पनि शैली खोज्दै थिए । त्यसै प्रयत्नमा उनको सोचाइ थियो :
‘साथसाथै म आफ्नो नाटकको निम्ति शैली खोज्दै थिएँ । धेरै संस्कृत शब्द घुसाएमामेरो सोमनाथ, लेखनाथ र चक्रपाणिको जस्तो राम्रो शैली बन्छ कि भन्ने धारणा थियो तर म असुन्तष्ट थिएँ, तर फेरि निराश थिइन ।’
यसरी १९६७ सालदेखि १९७६ सालसम्मका आभ्यासिक कवि बालकृष्णले आफ्नो कविता र मनमनै लेख्ने सोचाइ बनाएको नाटककानिम्ति भाषा शैलीको खोजीमा एक दशक समय बिताएको पाइन्छ । यता लेखनाथ, सोमनाथ र चक्रपाणिहरू संस्कृत भाषिक क्लिष्ट शब्दहरूलाई पचाएर अनि संस्कृत र हिन्दी सहित्यबाट प्रेरित हुँदै साहित्य सिर्जना गरिरहेको बेला बालकृष्ण पाश्चात्य अङ्ग्रेजी साहित्य संसारमा विचरणगरिरहेका थिएँ ।कविता र नाटकको शैली निर्माणमा निम्ति उनी पूर्वीय (संस्कृत) र पाश्ञ्वात्य (अङ्ग्रेजी) भाषा साहित्यको द्वन्द्वको चापमा परेका थिए । उनी आफ्ना अगे्रजी कविहरूसित आफ्नो अध्ययन क्षेत्रको तुलना गर्दै भन्छन् –
‘मभन्दा अगाडिकाले केवल संस्कृत र हिन्दीका ग्रन्थहरूको मनन गर्न पाएकका थिए, मेरो निम्ति अङ्ग्रेजी र त्यसद्वारा विश्वसाहित्यकै ढोका खुला थियो ।’
‘अब कवितामा लेखनाथहरू मेरा आदर्श रहेनन्, अङ्ग्रेजी कविहरूबाट विशेष प्रभावित भएको छँदो मैले नेपाली भाषामा नयाँ–नयाँ सृजना गरेर तिनै पृष्पपत्रले कवितामाताको आराधना गर्न चाहेँ ।’
उपर्युक्त प्रकारबाट वार्णिक छन्दका कविताको अभ्यासमा लाग्दालाग्दै थाकेको मानसिकतामा पुगेका बालकृष्णले संस्कृतको अनुष्टुप र सेक्सपियरको ब्ल्याङ्क भर्स शैलीका बीचको सरल सेतुका रूपमा अन्त्यानुप्रासहीन अनुष्टुप छन्दलाई पाए । यस छन्दको निम्ति उनले बैद्धिक छन्ददेखि दुर्गा सप्तसतीसम्मकाश्लोकहरूपनि प्रेरणास्रोत रहेको अनुभव गरे । अब यस अन्त्यानुप्रासहीन अनुष्टुपछन्दलाई उनले नाटकका निम्ति प्रयोग गर्ने मनसाय बनाए । उनीलेख्छन् :
‘वार्णिक छन्द शैलीममा मैले लेखनाथसित हार खाइसकेकै थिएँ, अनुष्टुप छन्द लिएर भने म दगुर्दै थिएँ, त्यसमा पनि मैले अनुप्रासरहित तथा गतिशील बनाएर सेक्सपियरीय ब्ल्याङ्क भर्सकै अनुरूप प्रयोग गर्न थालेँ ।’
कवि र कविता’ शीर्षक उनको पुटकर कवितामा उनले आपूm अरु वार्णिक छन्द र अनुप्रासमा सफल नबनी त्यसमा ठक्कर खाएपछि अनुष्टुप छन्दमै सन्तुष्ट बनेको अभिव्यक्ति यसरी दिएका छन् :
छन्दानुप्रासको भारी यो निर्धो बोक्न खोज्दछ, सक्दैन अनि दौडन्छ जथाभावी कता टिपी
पैँयामा कविता खान्छ ठूलो ठक्कर गिर्दछ, भुइँमा च्यापु ठोकेर
बालकृष्णले १९७७ सालमा लेखेको ‘दसै गयो’ शीर्षक कविताबाट संस्कृतका क्लिष्ट शब्दहरू प्रयोग गर्न छोडेर सरल कविता लेखनको सुरुआत गरेका थिए ।यसै साल उनी पहिलो पटक नाटक रचनामा प्रवेश गरेका थिए गद्यनाटक ‘मिलीनद’ बाट । (उनको लेखनका हिसाबले पहिलो भए पनि हालसम्म अप्रकाशित रहेको) उक्त नाटकपछि १९७९ सालमा उनले अन्त्यानुप्रासहिन अनुष्टुपछन्दमा ‘तानसेनको झरी’ नाटकको रचना गरे । यो उनको पहिलो पद्यात्मक नाटक थियो ।
‘तानसेनको झरी’ १९९० देखि ‘अन्धवेग’ १९९६ सम्मको झन्डै दुइदशकको बालकृष्णको नाट्ययात्राको अवधि पद्यात्मक नाटकको रह्यो । उनका सर्वाेत्कृष्ट नाटकहरू ‘मुटुको व्यथा’ (१९८६) ‘धु्रव’ (१९८६) ‘मुकुन्द इन्दिरा’ (१९९४) र ‘अन्धवेग’ (१९९६) यसै अवधिका सिर्जना थिए । उनका उल्लिखित कविता–नाटकहरूलाई जताततै प्रशंसाको ओइरो लागिरहेको थियो र उनी दार्शनिक चिन्तनहरूलाई पनि अन्त्यानुप्रारहीतअनुष्टुप छन्दमा नचाउन सक्ने बनिसकेका थिए । यसपछिउनले कविता नाटकका माध्यमबाट कविता देवीको आराधन गर्नमा आपूm सक्षम भएको पूर्ण अनुभव गरेको पाइन्छ ।
वि.सं.१९९६ पछिका बालकृष्णका सिर्जनामा पद्यनाटकले पनि शिथिलता लिन थाल्यो । उनले नाटकमा गद्यचनालाई अँगाले । फलत: २००९ सम्मका अवधिमा उनको सक्रियता निबन्ध र गद्यकवितातर्फ प्रवृत्त भयो । यसरीपूर्णगद्यशैलीलाई उनले ‘बोक्सी’ (१९९९), ‘उ मरेकी छैन’ (रच.१९९९) ‘भक्त भानुभक्त’ (२०००), ‘चिन्ता’ (रच.२००५) ‘म’(२००२) ‘प्रेमपिण्ड’ (२००९) आदि नाटक–एकाङ्कीमा अँगाले भने १९९१ मा शारदामा प्रकाशित ‘बर्दहामा शिकार’ प्रबन्ध, ‘नियमित आकस्मिकता’ (२००५) निबन्ध सङ्ग्रह,‘पराइघर’ (१९९१) देखिका कथा कृतिहरूले गर्दा उनी आख्यान र निबन्धजस्ता गद्य विधाका सशक्त स्रष्टाका रूपमा पनि देखापरे । त्यस्तै ‘स्वर्ग र देवता’ (२००४) लगायतका फुटकर गद्यकविताले र ‘आगो र पानी’ खण्डकाव्य (२०१५) द्वारा उनी नेपाली गद्य कविताका अग्रणी प्रतिभा बन्न पुगे । यद्यपि उनका ‘अमरसिंह’ (२०१०) र ‘भीमसेनको अन्त्य’ (२०१२) नाटकले उनको पद्यनाटकको मोह नछुटेको जानकारी दिन्छन् तापनि यी दुई नाटकबाहेक उनका गद्यनाटक, गद्यकविता, निबन्ध र आख्यानहरूले गर्दा यस अवधिमा बालकृष्णको प्रतिभा गद्य रचनामा नै बढी झाँगिएको देखापर्छ । उनी २००४ सालमा प्रकाशित उनको पहिलो गद्य कविताद्वारा गोपालप्रसाद रिमाल (आमको सपना–२००३) पछिका दोस्रो गद्यकविका रूपमा पनि स्थापित बन्न पुगेको पाइन्छ ।
बालकृष्ण समलाई पद्यनाटकको संसारबाट गद्य नाट्कजगत्मा आउन खास गरी विश्वनाट्यसाहित्यमा बढ्दोयथार्थवादी धाराको चापले प्रेरित गरेको हो भन्न सकिन्छ । उनको ‘मैले चेखबको यथार्थवादी नाटक त्यस बेलासम्म पनि पढ्न पाएको थिइनँ, सेक्सपियरकै आदर्शवादसित म प्रभावित थिएँ ।’ (वि.सं. १९८३) भन्ने कथनले उनी पद्यनाटकरचनाका उत्कर्षका क्षणहरूमा पाश्चात्य यथार्थवादी नाट्कयधारासित परिचित भइसकेका थिएनन् भन्ने बुझिन्छ । जब उनी अभिव्यञ्जनावादी, यथार्थवादी, प्रकृतवादी आदि पछिल्ला नाट्यधारबाट प्रभावित हुँदै गए त्यस अवस्थामा उनले इब्सेन, चेखब, गोर्की, गाल्र्सबर्दी, स्ट्रिन्डवर्गका नाट्यकृतिहरूको अध्ययन गरे । तिनकै प्रभावमा उनका ‘म’, ‘चिन्ता’, ‘तलमाथि’, ‘स्वास्नीममान्छे’, ‘भतेर’, (एकाङ्की) जस्ता नाट्यकृतिहरूको रचना भएको बुझिन्छ । यसै अवधिमा उनी ‘स्वर्ग र देवता’, मृत्युपछिको अभिव्यञ्जना’, ‘म पनि देउता मान्छु’ आदि फुटकर गद्यकविता र ‘आगो र पानी’ (२००१) जस्तो सशक्त गद्य–खण्डकाव्य लिएर नेपाली काव्यजगत्मा उभिएको देख्नसकिन्छ ।यस अवधिमा वैचारिक रूपमा परिष्कारवादी धारामै रहेर पनि शैलीगत रूपमा गद्यकवितालाई अँगालेर उनी सेक्सपियरेली आदर्शवादी धाराबाट क्रमश: मुक्त हुँदै नव–साहित्यिक धाराहरूतर्फ उन्मुख बनेको थाहा हुन्छ ।
बालकृष्ण समले १९६७ सालको किशोरावस्थादेखि जीवनका आखिरी दिनहरूसम्म पनि चालु राखेको साहित्यिक सिर्जनात्मक विधा कविता हो र उनले आफ्नो साहित्यिक जीवनको मार्गका रूपमा कविता विधालाई नै स्वीकृति दिन खोजेका हुन् । साहित्यसिर्जनाका प्रारम्भिक दिनहरूमा उनी कविता रचनालाई नै आफ्नो अभीष्ट मार्गका रूपमा खोजिरहे । जीवनको प्रारम्भ र अन्त्य दुवैको निकट अवस्थामा उनले गरेका फुटकर कविताहरूको रचनाले उनको लगभग सात दशकको साहित्ययात्राको सबभन्दा लामो अवधिको सिर्जनात्मक परिचय दिए पनि उनको मुख्य र प्रथम कोटिको परिचयभने कविका रूपमा भन्दा नाटककारका रूपमा नै स्थापित भएको छ । उनले फुटकर कविताका पङ्क्तिहरूमा हात हालेको दश वर्षपछि नै ‘मिलीनद’ नाटकद्वारा नाट्यसिर्जनामा प्रवेश गरेका हुन् र नाटकमै क्रमश: परिष्कार एंव सुधारतर्फ उन्मुख भई ‘तानसेनो झरी’ (रचना १९७९) पद्यनाटक लेख्दासम्म पनि कवितातर्फ उनको रूचि त्यतिकै तीब्र थियो । त्यतिबेला पनि उनले गुनकेशरी दिदीको मृत्युशोकमा शोककाव्य तयार गर्ने उद्देश्यले ‘एक प्रभात स्मरण’ कको लेखन गरी महाकाव्य लेख्ने मनसायबाट प्रेरित भई ‘आर्यघाट’ तथा आर्याघाट’ लेख्ने उपक्रम चालु राखे । तर १९८६ सालमा ‘मुटुको व्यथा’ र त्यही सालमा ‘धु्रव’नाटक सार्वजनिक भएपछि भने उनले आफ्नो सिर्जनात्मक मूल गन्तव्यका रूपमा नाटकलाई रोजे । त्यो उनले रोजेको नाट्यककारिताको सिर्जनाक्रम ‘मुकुन्द इन्दिरा’ ‘प्रहलाद’ हुँदै ‘अन्धवेग’मा पुगेर चुलियो अनि ‘म’ ‘स्वास्नीमान्छे’ र ‘भीमसेनको अन्त्य’ नाटकमा पुगेर त्यो अरू उच्च बन्यो ।
कविता विधामा उच्चता प्राप्त गर्ने आकाङ्क्षा भने बालकृष्ण समका मनमा सेलाइसकेको थिएन । उनले आफ्नो उत्कृष्ट पद्य नाटक ‘भीमसेनको अन्त्य’ (२०१२) प्रकाशित गर्नुभन्दा एक वर्ष अघि ‘आगो र पानी’ खण्डकाव्य (२०११) प्रकाशनमा ल्याइसकेका थिए । त्यसको तीन वर्षपछि ‘चिसो चुलो’ (२०१५) महाकाव्य प्रकाशित भयो । यी दुई विशिष्ट काव्यकृतिले र ‘स्वर्ग र देवता’ (२००४) यताका कतिपय फुटकर कविताले १९८६ सालभन्दा अघिका वर्षहरूमा उनीभित्र चल्मलाएको कवितामा लेखनाथहरूलाई जित्ने महत्वाकाङ्क्षालाई र्आशिकरूपमा सघाए पनि उनले रोजेको नाट्यसिर्जनाकै मार्ग उनको साहित्यिक यात्राको राजमार्ग बन्न पुग्यो र त्यस मार्गका उनी एकछत्र सम्राट् बन्न पुगे ।
बालकृष्ण समको साहित्यिक प्रतिभा मूलत: कविता र नाटकको दोहोरो घामछायामा नै प्रारम्भमा लहराएको र उनका यी दुवै विधागत सिर्जनाका बीचको अन्त:सम्बन्धमा नै उनको प्रतिभा धनीमूत बनेको पाइन्छ । उनको नाटककार व्यक्तित्वको ठूलो अंश पनि गद्य नाट्यककारिता नै हो मात्रात्मक र गुणात्मक दुवै दृष्टिले । कवितासाधनाले नै उनको उत्कृष्ट पद्यनाट्य यात्रालाई शैलीगत सामथ्र्य प्रदान गरेको हो भने उनको पद्यनाटकको साधनाले उनका कविताको अनुष्टुप् छन्दको यात्रालाई सक्षम बनाउनका साथै उनका फुटकर कविताभित्रको र खण्डकाव्य–महाकाव्यभित्रको संवादात्मक र आत्मालापात्मक सूक्ष्म आख्यानीकरणको भित्री अथ्र्यसामथ्र्यलाई र शैलीगत पक्षलाई सर्घाएको हुँदै हो । उनले वैचारिक स्तरमा समेत कविता र नाटकका सूक्ष्म अन्तर्वस्तुका बीच अन्तवीनिमय गरिरहेको पाइन्छ ।
समको मानवतावादी अध्यात्मचेतना पनि उनका कविता र नाटकमा पाइने सूक्ष्म अन्तर्वस्तुका विषय बनेका छन् । उनले आगालेको अनीश्वरवादतर्फ उन्मुख अध्यात्मवासना ‘स्वर्ग र देवता’, हुँदै ‘म पनि द्यौता मान्छु’ कविताका सिद्धान्तका रूपमा स्थापित भएको छ र ‘प्रह्लाद’ नाटकमा वीजाधान भई त्यसको द्वन्द्वात्मकताको विकास ‘आगे र पानी’ खण्डकाव्य र ‘चिसो चूलो’ महाकाव्यममा विस्तारित बनेको छ । उनको यो अद्र्धदार्शनिक वैचारिक संश्लेषण उनका नाटकहरूमा पाइने मावनतावादी चिन्तनगत अभिव्यक्तिको स्रोत पनि बन्न पुगेको छ । समको नाटक र कविताका बीच अन्तर्घुलित उपयुक्त बैचारिक चिन्तनप्रति इङ्कित गर्दै लक्ष्मीप्रसाद देवककोटाले उनलाई ‘अर्धदर्शनतारकका’ को विशेषता दिएकको बुmिभन्छ । त्यसमासमको वैज्ञानिक दार्शनिक निबन्धसङ्ग्रह नियमित अकास्मिकता’ ले अरू सघाएको प्रतीत हुन्छ । आफ्नो बौद्धिक चिन्तनतिर लक्ष्यित गर्दै ‘कविता भावनाको बौद्धिक कोमलता हो ।’ भनी ‘आगो र पानी’ खण्डकाव्यको भूमिकामा व्यक्त कथनले उनका ‘मुकुन्द इन्दिरा’, ‘प्रह्लाद’ आदि नाटकको बौद्धिक दार्शनिक चिन्तनलाई पनि समेटेको भेटिन्छ र ती पद्यनाटकमा पनि बौद्धिक अभ्यास गरी कविता र नाटकका बीच भावात्मक रूपमा अन्योन्याश्रय सम्बन्ध उनले कायम गरेको पाइन्छ ।
अन्त्यमा:
बालकृष्ण समले आफ्नो साहित्यिक यात्राको प्रारम्भिक समयलाई कविता सिर्जनाकै अवधि मानेको पाइन्छ । विधागत रूपमा त्यो अवधि उनको कवितारचनाको आभ्यासिककालखण्ड हुँदै हो । त्यसभन्दाबढी त्यो समय उनका कविता–नाटकको उत्कर्षको समयावधि पनि हो । यसैले उनले १९९१ सालसम्मको आत्मजीवनी समेटिएको ‘मेरो कविताको आराधन’ (प्रथम उपासाना–२०३३, द्वितीय उपासना–२०२९ र संयुक्त, २०५४) लाई कवितादेवीको उपासनाका रूपमा समर्पित गरेका छन् । चम्पु(गद्यपद्यमिश्रित रचना) भनिएको समको यस आत्मजीवनीको प्रत्येक अध्यायको कुनै न कुनै खण्डमा उनको कविता देवीप्रतिको अखण्ड, असीम र अगाध प्रेमपूर्ण भक्तिको धारा प्रवाहित भएको पाइन्छ । मूलत : आफ्नो कविता रचना र नाट्यरचनालाई पृथक विन्दुबाट नि:सृत भई एउटै धारमा मिसिएर बगेकी निर्मल नदीतुल्य कवितागङ्गाका परम उपासनाका रूपमा उनले प्रस्तुत गरेका छन् । यसैले कवि– नाटककार बालकृष्ण समले आफ्नो साहित्यिक यात्रामा खोजेको बाटो काव्यसिर्जना र रोजेको बाटो नाट्यसिर्जनालाई एउटै सङ्गमविन्दुमा पुन्याएर त्यस सङ्गमकेन्द्रका तपस्वीआराधकमा रूपमा आपूmलाई प्रस्तुत गरेका छन् । ती महान् साधकप्रतिभाले नेपाली साहित्यमा दिएका योगदानहरूमध्येको यो एउटा उल्लेखनीय पक्ष हो ।