जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

साहित्य एक राजमार्ग हो : ब्याकुल माइला

जनमत जनमत
प्रकाशित १० मंसिर २०८०, आईतवार
अन्तर्वार्ता भित्र
0
साहित्य एक राजमार्ग हो : ब्याकुल माइला

राष्ट्रिय गान सयौं थुंगा फूलका हामी का रचनाकार प्रदीपकुमार राई/ व्याकुल माइला कानुनशास्त्र स्नातक तथा जनप्रशासन (एमपीए) अध्ययनरत छन्। कानुनी सेवा (अधिवक्ता) का रूपमा राजधानीमा कार्यरत राईको साहित्यिक लेखन थालनी २०४६ सालमा भएको हो। राईले रचना गरेको सयौं थुँगा फूलका हामी एउटै माला नेपाली बोलको गीत प्रतिष्पर्धामार्फत २०६४ जेठ ४ गते राष्ट्रिय गानका रुपमा घोषणा भएको हो । जनमतले उनको साहित्य यात्रा र साहित्य प्रतिको दृष्टिकोणमा केन्द्रित रहेर गरेको कुराकानी : 

० हाल तपाईं के लेख्दै हुनुहुन्छ ?
संस्कृति विषयको अध्ययन–अनुसन्धानमा छु । सिर्जनात्मक लेखाइ अलि कम छ । समय–समयमा गीत, कविता लेख्छु ।

० प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईंको दृष्टिकोण के हो ?
साहित्य एक सत्मार्ग हो । चेतनाको चिराग बाल्दै सज्जनहरु यस मार्गमा हिँड्छन् ।

० तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
समाज, राष्ट्र र मानव जीवनलाई सकारात्मक ऊर्जा दिने र सही मार्गनिर्देश गर्नसक्ने लेखन नै उत्कृष्ट लेखन हो ।

० साहित्यकारहरुको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रस्ट पारिदिनुहोस् ।
साहित्यकार व्यावहारिक हुनु पर्दछ । आँखा चिम्लेर होइन समाजप्रति उत्तरदायी बनेर लेख्नु पर्दछ । आफ्नो लेखाईबाट समाजले के सिक्छ ? के हित गर्छ ? भन्ने कुरा सोचेर लेख्नुपर्ने हुन्छ । समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने कोसिस गर्नु पर्दछ ।

० हालसालको साहित्यलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
प्रविधिको विकासले साहित्य पनि सहज भएको छ । अहिले पहिलेजस्तो नेपाली साहित्य राजधानी केन्द्रित छैन । मोफलसलमा पनि साहित्यिक गतिविधिहरु उल्लेखनीय रुपमा हुने गर्दछ । हर दृष्टिकोणले साहित्य व्यापक बन्दै गएको छ । लेखाइमा गहनता भने अलि खस्किँदो छ ।

० तपाईं आफू कुन–कुन साहित्यकार, चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
आफ्ना सबै अग्रजहरुबाट उत्तिकै प्रभावित छु ।

० तपाईंको लेखकीय जीवनको शुरुवात कसरी भयो ? र तपाईंको साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ? कृपया सबभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख, रचना उल्लेख गर्नुहोस् ।
वि.सं. २०४६ सालको जनआन्दोलन सफल भएसँगै गाउँमा राजनीतिक र सामाजिक कार्यमा सक्रिय भइयो । युवा समूहको बैठक तथा सभा बस्ने, भाषण गर्ने गरियो । त्यही क्रममा एसएलसीको रिजल्ट आयो । पास भइएछ । क्याम्पस पढ्न काठमाडौं आउनुपर्ने भयो । सहर आएपछि भाषणको सट्टा कविता लेख्न थालियो, तब साहित्यतर्फ यात्रा शुरु भयो । मेरो पहिलो प्रकाशित रचना ‘नव वर्षको शुभकामना तिमीलाई…’ शीर्षक छोटो कविता हो । वि.सं. २०४८ सालको बैशाख २ गते समीक्षा साप्ताहिकमा प्रकाशित भएको थियो ।

० तपाईंलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनु हुन्छ कि ?
आफ्नो रुचि र लगाव नै मुख्य कुरा हो । धेरथोर प्रेरणा त आफ्ना अभिभावक र अग्रजहरुबाट मिल्यो । खासमा भन्ने हो भने सहरमा गाउँको सम्झनाले पिरोलेपछि नै कविता लेख्न थालियो ।

० तपाईंले कुन–कुन विधामा कलम चलाउनु भएको छ । समालोचना विधाको लेखनमा के तपाईं सन्तुष्ट हुनुहुन्छ ?
कविता, गीत आदि विधामा कलम चलाउँछु । समालोचना बढी प्राज्ञिक विधा हो । यसप्रति मेरो सम्मान छ । यो विधा विभिन्न आग्रह—पूर्वाग्रहबाट मुक्त हुनु आवश्यक छ ।

० साहित्यकारको रुपमा तपाईंको सही मूल्याङ्कन भएको छ कि छैन ?
मैले हेक्का राखेको छैन । अहिले भएको रहेन छ भने पनि भविष्यमा होला । लेख्न अझ बाँकी नै छ ।

० साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
यी दुवै खासमा राष्ट्र निर्माणकै विषय हुन् । तर, राजनीति राज्यसत्ताको प्राप्ति, सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित छ भने साहित्य ज्ञान, विज्ञान, चेतना, बुद्धि, विवेक, कला, संस्कृति आदिको निर्माणमा केन्द्रित हुन्छ ।

० कृपया तपाईंको साहित्यिक यात्रा र साहित्यिक सिर्जनाका जीवन–यात्राहरु बताइदिनुहोस् ।
रुचिको कारण साहित्यमा पाइला चालियो । यो क्रम पनि तीन दशक बितिसक्यो । साहित्य नै जीवनको मूलबाटो बन्यो । ‘राष्ट्रियगान लेख्ने कवि’ भनेर चिनिने सौभाग्य पाएँ । मेरो सिर्जनाहरु हालसम्म फुटकर रुपमा मात्र प्रकाशित छन् । तिनलाई सक्दो छिट्टै पुस्तकको रुप दिने कोसिसमा छु । निकै गीतहरु रेकर्ड भएका छन् ।

० एकजना सफल लेखक हुन के के गुणहरु आवश्यक हुन्छ ? तपाईंको विचार राख्नुहोस् ।
आफूले कलम चलाउने निश्चित विधा रोज्न सक्ने निर्णय शक्ति, विधागत् ज्ञान, जीवनभर लागिपर्ने दृढता, सकारात्मक भावना, आफ्नो लेखनको औचित्य बुझ्न सक्ने खुबी र समाजलाई नयाँ दृष्टिकोण दिनसक्ने बुद्धि चाहिँ कमसेकम पनि हुनुपर्‍यो ।

० ‘लेखक स्वतन्त्र हुनुपथ्र्यो’ यस भनाइप्रति तपाईंको भनाइ के छ ?
आफ्नो सिर्जनालाई सार्वभौमिक र वस्तुनिष्ठ बनाउन लेखक स्वतन्त्र हुनु आवश्यक छ । तर, लेखकले कुनै न कुनै सिद्धान्त तथा दर्शनको चस्मा लगाइ दिइहाल्छ ।

० राष्ट्रमा साहित्यको गहनता र आवश्यकताको व्याख्या गर्दा तपाईं आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
साहित्यले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस विषयमा खट्किरहेको कुरालाई समेथ उजागर पारिदिन्छ । समाजलाई गतिशील हुन मद्दत गर्दछ । म पनि यही परिधिमा रहेर लेख्ने गर्दछु ।

० नेपालका प्रज्ञा प्रतिष्ठानहरु लेखक कलाकारहरुको स्वतन्त्र संस्था हुनुुपथ्र्योे ।” यस भनाइप्रति तपाईंको टिप्पणी के छ ?
हो । खासगरी यसको गठन र सञ्चालन प्रक्रिया स्वतन्त्र र व्यवस्थित हुनसक्यो भने भाषा, साहित्य, कला, सम्पदा, संस्कृति, इतिहास आदि क्षेत्रको संरक्षण र विकास कार्यमा प्रतिष्ठानले प्रभावकारी रुपले काम गर्न सक्दछ । गरिमा पनि बच्छ ।

० जीवनमा कहिल्यै कठिनाई अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
साहित्यकार हुन मुस्किल लागेर पेशागत् रुपले कानुनी क्षेत्रतर्फ मोडिँदै थिएँ । संयोगले त्यही बेला राष्ट्रियगानको रचनाकार भएँ । तब बल्ल साहित्यमा अडिएँ ।

० तपाईंको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरु छन् भने कृपया बताइदिनुहोस् न ।
म सानै छँदा आमा बित्नु भयो । उहाँको मुहार कस्तो थियो भन्ने एक झल्कोसम्म सम्झना हुन नसकेको कुराले जीवनभर बिस्मत बनाइदिएको छ । राष्ट्रियगान छानिएको परिणाम सुन्दाका ती क्षण नै मेरो जीवनको सबैभन्दा सुखद् र अविस्मरणीय क्षण हो ।

० भविष्यमा तपाईंको के योजना छ ?
त्यस्ता योजना केही पनि छैन । धेरथोर सिर्जनाको माध्यमले समाज र राष्ट्रलाई निरन्तर योगदान पुर्‍याइरहने इच्छा छ ।

० तपाईंको कुनै खास अम्मल छ कि ?
छैन ।

० तपाईंको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथी–सङ्गाती सम्बन्धमा ?
सानैदेखि गुन्दु्रक–ढिँडो, च्याँख्ला–सिस्नु मन पथ्र्यो । अहिले पनि मनपर्छ । साथी–सङ्गातीका कुरा गर्नु पर्दा जीवनको यो मोडसम्म आइपुग्दा समय, परिस्थिति अनुसार प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थुप्रै साथीभाइहरुसँग सहकार्य एवं सहयात्रा गरियो । हरेक साथीहरुसँग म सम्मानपूर्ण व्यवहार गर्न मन पराउँछु ।

० रोगब्याधीले कत्तिको सताउने गर्छ ?
पिनास र ग्यास्ट्रिक समय समयमा बल्झिन्छ । प्रेसरको नियमित औषधि खाइरहेछु । अस्ति कोभिडले पाँच दिन वीर हस्पिटल पुर्‍यायो ।

० अन्तमा जनमत र पाठकहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
जनमतले साहित्यिक पत्रकारिता जगत्मा आफ्नो सुनौलो इतिहास बनाइसकेको छ । यसको योगदान सम्मान गर्न चाहन्छु । निरन्तरताको कामना गर्दछु । पाठकवर्गको सदा माया मिलिरहोस् यही शुभेच्छा व्यक्त गर्दछु ।


Tags: ब्याकुल माइला
अघिल्लो पोष्ट

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

पछिल्लो पोस्ट

‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
सपनाहरू भयावह हुन्छन् किन ?

सपनाहरू भयावह हुन्छन् किन ?

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’

खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’

२३ फाल्गुन २०७९, मंगलवार
सिथि नख:

सिथि नख:

२३ फाल्गुन २०७८, सोमबार
निर्मल लामाको अभिनन्दन : सम्झनामा

निर्मल लामाको अभिनन्दन : सम्झनामा

२३ फाल्गुन २०७९, मंगलवार
फागु पर्वको विधिवत् सुरुवात : वसन्तपुरमा ठड्याइयो चीर

फागु पर्वको विधिवत् सुरुवात : वसन्तपुरमा ठड्याइयो चीर

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक