जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

गोपाल अश्क गोपाल अश्क
प्रकाशित १४ पुष २०८१, आईतवार
जनमत समीक्षा भित्र
0
घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

मातृका पोखरेल (२०२३) द्वारा रचित ‘घाम झुल्किनुअघि’ शीर्षकको कथाले पन्ध्र वर्षअघि अर्थात् वि.सं. २०६५ असोज महिनामा कौशिकी (मासिक) को पचासिऔं पूर्णाङ्कमा प्रकाशित भई नेपाली पाठकहरुको ध्यान आफूतिर आकर्षित गरेको देखिन्छ । प्रत्येक इमान्दार रचनाकारझैँ पोखरेलले पनि आफूले देखे भोगेको, अनुभव तथा अनुभूत गरेको विषयलाई जीवन्ततापूर्वक अभिव्यक्त गरेका छन् । नेपालले पटक–पटक विभिन्न राजनैतिक आन्दोलनहरुको स्वाद चाखेको छ । आम नेपाली यस कुरामा बडो गर्व गर्ने गर्दछन् कि नेपालले कुनै स्वाधिनता दिवस मनाउँदैन । किनभने नेपाल कहिल्यै कुनै विदेशीको गुलाम भएन । आम नेपालीले यसरी गर्व गरिरहेको बेला मुख पनि बिगार्ने गरेको देख्न सकिन्छ । किनभने आम नेपालीले कहिल्यै पनि वास्तविक प्रजातन्त्रको स्वाद चाख्न पाएनन् । हो, प्रजातन्त्रको नाउँमा, गणतन्त्रको नाउँमा अरु नै खालको स्वाद चाखेका छन्, जो निश्चित रुपमा मिठो छैन, स्वादिष्ट छैन । धेरै अमिलो छ ।

‘एक दशकअघि कटारी–ओखलढुङ्गा सडक खण्डको निर्माण कार्य शाही सेनाले जिम्मा लिएपछि माइलीजस्ता धेरै ग्रामीण युवतीहरु सेनाका वैद्य या अवैद्य पत्नी बन्न पुगे’ (पृ.सं. १५) । प्रस्तुत कथामा प्रयुक्त भएको यो वाक्य खाली वाक्य होइन, तत्कालीन नेपाली समाजको एउटा यथार्थ चित्र पनि हो । सैनिकहरु कुनै काम विशेषले समाजसँग नजिकिँदा यो र यस्ता घटनाहरु घटेका कथाहरु प्रशस्त लेखिएका पाइन्छन् । कुनै बेला सेनाहरुले प्रेमीको रुपमा प्रकट भई ग्रामीण सीधासाधा युवतीहरुलाई आफ्नो प्रेम–जालमा फसाएर आफ्नो कामवासना शान्त गरेका र पछि उनीहरुलाई मर्नको लागि एक्लै छाडेर बेपत्ता भएका कथाहरु सुनिएका छन् भने कुनै बेला घाँसदाउरा गर्न गएकी ग्रामीण युवतीलाई आफ्नो वासनाको शिकार बनाएका कथाहरु सुनिएका छन् । यस कथाकी मुख्य पात्र ‘माइली’ पनि शाही सेनाको एक जवानको लोभ प्रलोभनको सिकार भएकी छन् । शाही सेनाद्वारा त्यसरी सिकार भएको कारणले गर्दा उनी सेनाको नामै सुन्न चाहँदिन । कतै कुनै बेला सेनालाई देखिई हालिन् भने मुख बिगार्छिन् । बाध्यताबस सैनिक जवानले भनेको कुरो मान्छिन्, तर मनमनै घृणा गर्छिन् । सेना देख्नासाथ यसरी घृणा गर्नुको कारणलाई कथाकारले यसरी प्रकट गरेका छन्, ‘शाही सेना भन्नेबित्तिकै उसको (माइली) मनमा घृणाको एउटा विशाल पोखरी निर्माण भएको छ । शाही सैनिककै रुपमा उसको जीवनमा एउटा मान्छेले प्रवेश गर्यो र उसको व्यक्तिगत संसारलाई हिरोशिमा र नागाशाकीमा अमेरिकाले खसालेको एउटा बमले झैँ पलभरमै खण्डहर बनाइदियो । उसको मात्र होइन, उसका कैयौँ केटी साथीहरुको जीवनलाई पनि उनीहरुले खेलौनामा परिणत गरिदिए’ (पृ.सं.१६) ।

कथाकार मातृका पोखरेल प्रत्येक इमानदार रचनाकारझैँ आफ्ना कथामा यथार्थको धरातलमा उभेर मानवताको गीत गाएका छन् । भोक, गरिबी, शोषण, तथाकथित ठूलाबडाहरुको अत्याचार, समाजमा विभिन्न कारणले उत्पन्न भएका असन्तुष्टिहरुलाई जीवन्ततापूर्वक रेखाङ्कन गरेका छन् । यति मात्र होइन, ‘कथाकार मातृका पोखरेलले आफूभित्रको राजनैतिक आस्थालाई आख्यानीकरण गर्नका लागि आवश्यक कलात्मक अनुशासन निर्वाह गरेका छन् (श्रेष्ठ, २०७५, पृ.सं. २८८) । ’हातिको देखाउने दाँत एक, खाने दाँत अर्को’ भन्ने उखान यिनमा लागु हुँदैन । मान्छेको रुप रङ्गसमेत चिन्न नसक्ने वर्तमान समयमा कथाकार पोखरेल बाहिर र भित्र जे छन्, जस्ता छन्, दुरुस्त त्यस्तै आफ्नो कथामा प्रस्तुत भएका छन् । उनी प्रगतिवादी कथाकार हुन् र आफ्नो राजनैतिक आस्थाप्रति निष्ठावान छन् ।

प्रस्तुत कथा माओवादी जनयुद्धताकाको हो । यस कथामा त्यो बेला नेपाली समाजले भोगेको तितो सत्यलाई विषयवस्तु बनाइएको छ । माओवादी लडाकुहरु देशभरि फैलिएर आफ्नो मुहिममा लागि परेका थिए भने तत्कालीन सत्ता शाही सेनालाई ब्यारेकबाहिर निकालेर माओवादीहरुलाई तह लगाउनमा लागेका थिए । यत्ति मात्र होइन, माओवादीहरुको टाउकोको मूल्यसमेत तोकिएको थियो । तर यथार्थ यत्ति मात्र थिएन, अरु पनि थियो । हुन त अझै हामी हाम्रो मुलुकबाट गरिबी र भोकलाई पर धकेल्न सकेका छैनौँ । तर यो पहिलाको निरन्तरता मात्र हो । भोक र गरिबी पहिला पनि थियो । नेपाली समाज भोक र गरिबीबाट के कत्ति ग्रसित थियो, त्यसको साक्ष्यको रुपमा प्रस्तुत वाक्यांशलाई राख्न सकिन्छ, ‘ऊ त छँदै थिई, खाने पेट अर्को पनि बढ्यो । दुई जनाका लागि छाक जुटाउन चानचुने कुरा थिएन’ (पृ.सं. १५) । कस्तो कहालिलाग्दो अवस्था ? कस्तो चरम गरिबी ? जाबो दुई जनाको पेट पनि भर्न सक्ने सिर्जित भएको स्थिति ? आगो लागेको बेला, समाजमा चीत्कार हाहाकार मचेको बेला, कोही इमानदार र सजग स्रष्टा कसरी चुप लाग्न सक्छ ? कथाकार पोखरेल चुप लागेनन् र आफ्नी कथानायिकाको मुखबाट आवाज गुञ्जित गरे, ‘अब एकैछिनपछि महाभारतमा घामको किरण पर्नेछ र त्यसपछि यो अनाथको कामिरहेको शरीरमा न्यानो हुनेछ’ (पृ.सं.१७) ।

रचनाकार जीवित रहनुको प्रमाण पनि उनको इमानदार रचनाधर्मिता नै हो । कथाकार पोखरेलले आफ्ना अन्य महत्वपूर्ण रचनाझैँ ‘घाम झुल्किनुअघि’ शीर्षक कथाको माध्यमबाट पनि माओवादी विद्रोह ताका शाही सेनाद्वारा गरिएको क्रूरताको प्रकटीकरण गरेका छन् । यस कथाको बुनोट जति सरल र सहज देखिन्छ, यसमा निहित घटना, प्रसङ्ग, स्थिति तथा कार्य–व्यापार आदि त्यत्ति नै हृदयविदारक देखिन्छ । यस कथामा प्रकटीकरण भएका घटना, प्रसङ्ग, संवाद तथा संकेतादिको निहितार्थ बिस्तारै बिस्तारै खुल्दै जान्छ । राजनैतिक आस्था हुनु एउटा कुरा हो भने रचनामा आफ्ना आस्थालाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु अर्को कुरा हो । कथाकार पोखरेलले आफ्नो यस कथालाई बडो सरलता एवम् गम्भीरतापूर्वक प्रस्तुत गरेका छन् । साँच्चि भन्ने हो भने यिनको सरलता कथा भन्ने ढङ्गमा रहेको छ र संश्लिष्टता कथावस्तुमा निहित रहेको छ । यसो गर्न सक्नेमा यिनको कलात्मकता प्रस्तुत गर्ने श्रम मात्र नभएर जीवनमा आर्जन गरेको ज्ञान पनि रहेको देखिन्छ । गहन अनुभव र अनुभूतिको अभावमा रचनाकार आफ्ना रचनामा त्यो प्रभावकारिता उत्पन्न गर्नबाट वञ्चित हुन जान्छन् जसको अपेक्षा पाठकले गरेको हुन्छ । कथाकार पोखरेलले आफ्ना पाठकलाई ढाँटेका छैनन्, यही यस कथाको मुख्य विशेषता हो ।

समकालीन नेपाली कथालेखनमा कथाकार मातृका पोखरेललाई एक फरक धारमा प्रवाहित भइरहेको पाइन्छ । जहाँ केही अन्य कथाकारहरुले आफ्ना कथालाई बोझिल रचनाविधानको संरचनामा कथिराखेका देखिन्छन्, त्यहाँ यिनले आफ्नो ‘घाम झुल्किनुअघि’ शीर्षक कथालाई एकदम सहज रचनाविधानको संरचनामा उनेका छन् । यस कथाको सन्दर्भको बारेमा कुरा गर्ने हो भने २०५२ सालदेखि थालिएको माओवादी जनयुद्ध र त्यस जनयुद्धमा शाही सेनाबाट प्रकट गरिएको क्रूरता रहेको छ ।
माओवादी जनयुद्धताका नेपाली समाजले विभिन्न प्रकारले पीडा सहेको यथार्थलाई बिर्सन सकिँदैन । यस जनयुद्धमा सत्र हजार नेपालीहरुले ज्यान गुमाउनु परेको तितो यथार्थ रहेको छ । जनयुद्धमा सामेल नेकपा(माओवादी) र तत्कालीन नेपाल सरकारले एक अर्कालाई आफ्नो शिकार बनाएकै हुन् । दुवैको आक्रमणमा परेर नेपाली जनताले प्राण त्यागैकै हो । माओवादी जनयुद्धलाई हेर्ने दृष्टि भिन्न भिन्न पाइन्छ । तर माओवादी जनयुद्धबाट प्राप्त उपलब्धिको आधारमा भन्ने हो भने २०५२ देखि २०६२ सम्म दश वर्षे जनयुद्ध समाज रुपान्तरणको सघन प्रक्रिया तथा वर्गसङ्घर्षको उच्चतम अभिव्यक्ति थियो’ (पौडेल, २०७९, पृ.सं. ५१) ।

‘घाम झुल्किनुअघि’ सात व्यञ्जन स्वरहरुको संयोजन मात्र होइन, सात सुरको प्रस्फुटन पनि हो । घाम झुल्किनुअघि गहन अँध्यारो छाउँछ, यो निर्विवाद सत्य हो । कथाकार पोखरेलले बडो कलात्मक ढङ्गबाट गहन अँध्यारोपछि उज्यालो हुन्छ भन्ने आशावादी सोच प्रकट गरेका छन् । स्थितिको भयावहतामा कथानायिका, उनको छोरा, हतकडी लगाएर शाही सैनिकहरुको बीचमा कामिरहेको एउटा मान्छे देखिएका छन् । कथामा भयावहताको स्थिति के कस्तो रहेको छ, त्यसको छनक कथामा गराइएको सानो संवादले प्रस्तुत गर्दछः
‘म त माओवादी हुँदै होइन हजुर !’
’तेरो भाइ भएपछि तँ पनि माओवादी नै होस् ।’
‘भाइसँग मेरो एक वर्षदेखि भेटै भएको छैन ।’
‘तैँले खोजिस् भने भेट्न सक्छस् ।’
‘छाड्दििनुस् हजुर, म माओवादी होइन ।’
‘एक वर्षअघि तेरो घरमा आएर ऊ बास बसेको प्रमाण छ हामीसँग ।’
‘ऊ आएर बसेको त हो हजुर ।’
‘आतङ्कारीलाई सहयोग गर्ने पनि आतङ्कारी नै हुन्छ ।’ (पृ.सं.१७)

नेपालमा भएको माओवादी जनयुद्धताका घटेको यो एउटा दृश्य मात्र हो, यस्ता दृश्यहरु कत्ति छन होलान् कत्ति ! त्यसताका सत्ता एकदम क्रूर बनिसकेको थियो, क्रूरताको सीमासमेत नाघ्न बेर लगाउँदैन थियो । माथि प्रयुक्त गरिएको संवादले त्यही क्रूरतातिर संकेत गर्दछ । शाही सेनाको क्रूरताको सीमा यस वाक्यमा प्रस्फुटित भएको छ, एउटा सैनिकले त्यो एक्लो मान्छेमाथि एक लात्ती हान्यो र ऊ अर्कोतिर पुगेर लड्न मात्र के लागेको थियो, अर्कोतिरबाट अर्को सैनिकले फेरि अर्को लात्ती बर्सायो’ (पृ.सं.१८) । यो पनि वाक्य मात्र होइन, त्यसताका नेपाली समाजमा शाही सेनाको स्थापित भएको छविको रेखाङ्कन हो । त्यस ताकाको नेपाली समाजले सत्ता र सत्ताले परिचालन गरेको शाही सेनालाई के कस्तो रुपमा लिएका थिए भन्ने कुरोको अभिव्यक्ति हो ।

भनिन्छ, रात जति कालो किन नहोस्, बिहान अवश्य हुन्छ र बिहान हुनासाथ धर्तीमा छाएको गहनभन्दा गहन अँध्यारो हराएर जान्छ, चारैतिर उज्यालो फैलिन्छ र त्यसपछि प्रकृति र मानवलाई नयाँ जीवनको गीत गाउनबाट कसैले रोक्न सक्दैन। ‘महाभारत डाँडामा घामको झुल्को आइपुग्न अझै केही समय बाँकी नै थियो’ कथाको अन्तिम वाक्य हो । यस वाक्यले कथाकार स्वयं र नेपाली समाजलाई आशावादी बनाउनमा सफल भएका छन् । कथाकार पोखरेलले देखेको आशाको किरण आज नेपाली समाजले पनि देखेको छ । नेपाली राजनीतिरुपी महाभारतको डाँडामा घाम झुल्किसकेको छ र त्यसको घमाइलो वातावरणमा नेपाली समाजले साँस फेर्न पाएको छ । कथाकारले समाजवादलाई यथार्थको धरातलमा उभ्याएर माओवादी जनयुद्धको वास्तविक प्रक्रियालाई प्रस्तुत गर्दै ‘सर्वहारा’को कसीमा कसेर ‘घाम झुल्किनुअघि’ लेखेका छन्,जो एउटा राम्रो उदाहरण बन्न पुगेको छ ।

कथाकार मातृका पोखरेलको कथाकारिताबारे गरिएको मूल्याङ्कन एकदम सटिक लाग्छ, –‘मातृका पोखरेल युगीन चेतना भएका संवेदनशील कथास्रष्टा हुन् । त्यसैले एकातिर उनले देशकै समस्याका रुपमा रहेका नारीहिंसा, बढ्दो भ्रष्टाचार, वैदेशिक रोजगारप्रतिको आकर्षण, चेलीबेटीको बेचबिखन, सहरी संस्कृतिभित्रका विकृति, दुव्र्यसनी युवाहरुको स्थिति आदिलाई आफ्ना कथाहरुको विषयवस्तु बनाएका छन् भने अर्कातिर दशवर्षे द्वन्द्वकालमा देशमा सर्वत्र भएका हत्या–हिंसा, दुराचार आदिलाई राजनैतिक दृष्टिले दुराग्रहरहित भएर प्रस्तुत गरेका छन् । प्रतिबद्ध प्रगतिवादी भएको नाताले उनले प्रयोगप्रति कति पनि रुचि देखाएका छैनन्’ (श्रेष्ठ, २०७५, पृ.सं.२८८) ।

कथाशिल्पी मातृका पोखरेलले आफ्नो युगको वास्तविकतालाई द्वन्द्वात्मक रुपमा देखेका छन् । वास्तविकतालाई लुप्त गर्ने सरकारी ‘कूट संरचना’ लाई राम्ररी चिनेका छन् र त्यसको पर्दाफास गर्नका लागि ‘घाम झुल्किनुअघि’ र यस्ता अनेकौँ कथा लेखेका छन् । जनताको प्रत्येक आवाजलाई समाप्त पार्नका लागि सरकार र प्रशासकले जुन तरिका अपनाउँछन्, त्यसमा ‘कुनै एक नतीजामा पुग्न कठिन हुन्छ । तर जनता र समाज सजग हुँदा त्यो कठिनाइको पहाड उक्लिन सकिन्छ । जनता र समाजलाई त्यो कठिनाइको पहाड चढ्नका निम्ति सजग पार्ने र प्रोत्साहित गर्ने काम रचनाकारहरुले गर्नु पर्दछ । यस सत्कार्यमा कथाकार पोखरेल निरन्तर लागि परेका देखिन्छन् । गरिबी, भोक, भ्रष्टाचार, अत्याचार र दमनबिरुद्ध आवाज उठाइराख्ने कथाशिल्पी हुन् मातृका पोखरेल र यिनको ‘घाम झुल्किनुअघि’ कथा यसको राम्रो उदाहरण हो ।

मुख्य सन्दर्भ ग्रन्थ सूची
१.पोखरेल, मातृका (२०६५), घाम झुल्किनुअघि (कथासङ्ग्रह), ललितपुरः साझा प्रकाशन
२.पौडेल, प्रा.डा. गोपीन्द्र (२०७९), कथा परिशीलन, काठमाडौँः भुँडीपुराण प्रकाशन ।
३.श्रेष्ठ, प्रा.डा. दयाराम (२०७५), प्रज्ञा आधुनिक नेपाली कथाकोश, काठमाडौँः नेपाल प्रज्ञा–प्रतिष्ठान ।


अघिल्लो पोष्ट

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

पछिल्लो पोस्ट

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

गोपाल अश्क

गोपाल अश्क

सम्बन्धित पोष्टहरू

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
‘स्वर्गको दरबार’ ले मुखरित गरेको सन्देश
जनमत समीक्षा

‘स्वर्गको दरबार’ ले मुखरित गरेको सन्देश

१५ फाल्गुन २०८०, मंगलवार
पछिल्लो पोष्ट
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

चितवन साहित्य परिषदद्वारा समालोचक रमेश प्रभात पुरस्कृत

चितवन साहित्य परिषदद्वारा समालोचक रमेश प्रभात पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

१४ जेष्ठ २०८०, आईतवार
चौतारा र रहर

चौतारा र रहर

१४ जेष्ठ २०७८, शुक्रबार
मातृभाषाका स्रष्टा र साहित्य

मातृभाषाका स्रष्टा र साहित्य

१४ जेष्ठ २०८०, आईतवार
नीलो दह

नीलो दह

१५ जेष्ठ २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (556)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक