तृष्णा लाग्नु स्वाभाविकहो
तर तृष्णा पूर्ति गर्न आफू बेचिनु अपराधहो ।
मनमा धेरै खालका तृष्णाहरु हुन्छन्
तर तृष्णा पूरा गर्न जे पनिगर्न सोच्नु दुःखहो ।
धनको तृष्णा माननीय रोग हो
यसैका लागि आफू बेचिनु मात्र महारोग हो
महारोगीहरु यो–त्यो भन्दैन धनको तृष्णामा
गर्नु हुने पनि गर्छन् गर्न नहुने पनि मन पराउँछन् ।
धनको तृष्णा उदेक लाग्दो र आश्चर्य लाग्दो पो हुदो रहेछ
लोभमा लटपटिन्छन्, चाटन हुने सबै ठाउँमा चाट्छन्
इज्जत भन्दैनन् जहा“ पनि धनको जादूमा लठ्ठिन्छन्
सबैले देख्ने गरी कञ्जुसको रुपमा विख्यात बन्छन् ।
धनको तृष्णा मात्र मनमा राखेर महाजन हुन खोज्नेहरु
कल्पना, सपना, विपना, विजय, आदर्श बनेर अरुलाई डस्छन्
धनको जपना, धनकै सपना सोचेर आफूलाई महान बनाउन खोज्छन्
हेर्दा हेर्दैमा धनको डोरीले आफूलाई बाँधेर धनकै भक्त बन्छन् ।
धनको तृष्णा मात्र गर्नेहरुको कुरा गरेर साध्य छैन
यिनीहरु त हुन आमालाई बिर्सेर – आफै सर्वेसर्वा हुन खोज्छन्
ए धनका लोभमा मात्र बाँच्न खोज्नेहरु
तिमीहरु एकपल्ट ऐनामा गहिरिएर हेर तिमीहरुको रुप कस्तो छ ?
मैले त देखिरहेछु धनको मात्र तृष्णा गरेर आफूलाई धन्य सम्झिनेहरु
बलात् आफ्नै मनले कस्तो ‘कुरुप’अनुहार बनाउ“दै गएको ?
ए धनका लोभमा मात्र बाँच्न खोज्नेहरु
तिमीहरु एकपल्ट ऐनामा गहिरिएर हेर तिमीहरुको रुप कस्तो छ ?❤️अहा !!