जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

‘हलो काटेर मुङ्ग्रो’ बनाउने विद्धता

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १८ भाद्र २०७८, शुक्रबार
विविध, साहित्य रिपोर्ट भित्र
2
‘हलो काटेर मुङ्ग्रो’ बनाउने विद्धता

सरकारले खरीद गरेछ
देवकोटाको घर
महाकवि लक्ष्मीप्रसाद
देवकोटाको पुरानो घर
बिक्री भएता पनि
त्यसमा सामेल छैन
उनका विपुल काब्य
–विमल निभा

सरकारले महाकवि लक्ष्मिप्रसाद देवकोटाको डिल्लीबजारस्थित घर खरिद गरेर सरकारी स्वामित्वमा ल्याएपछि कवि विमल निभाले यो कविता लेखे । जुन ०७७ कात्तिक ८ गतेको अनलाइनखबरमा प्रकाशित भयो ।
सरकारले देवकोटाको घरलाई सही अर्थमा संरक्षण गर्ला र ? निभाले कवितामार्फत आशंका गरेका थिए । नभन्दै ९ महिनाभित्रै त्यो आशंका सत्यतामा परिणत भएको छ । अब देवकोटाको घरमा विपुल काव्य सामेल हुनेछैन ।
२०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सरकारले देवकोटाको ‘कविकुञ्ज’ खरिद गरेको थियो । देवकोटा परिवारलाई दुई करोड ५० लाख रुपैया“ तरेर १२ आना एक दाम क्षेत्रफल रहेको उक्त जमिन किनियो । सरकारले किनेर घरसहितको जमिन प्रज्ञा प्रतिष्ठानलाई दियो । प्रतिष्ठानले देवकोटाको संग्राहालय बनाउने योजना बुन्यो । महाकविको संग्राहालय बन्ने कुरा सुखद थियो । सबै स्रस्टा सर्जक पुलकित थिए । तर अहिले प्रतिष्ठानले कविकुञ्जको मौलिकताको बेवास्ता गर्दै घर भत्काउन थालेपछि सबैतिरबाट यसको विरोध भइरहेको छ । खासगरी पुरातत्व, कला र संस्कृतिका पारखीहरु यसबाट क्षुव्ध छन्, चिन्तित छन् ।
नेपाली मौलिकताका एकजना घनघोर पक्षपाती हुन्, रविन्द्र पुरी । उनी ऐतिहासिक सम्पदाहरुको संरक्षण कर्ममा जट्दै आए अभियन्ता नै हुन् । देवकोटा निवासलाई संग्राहालय बनाउने सरकारको निर्णयपछि उनी औधि खुसी भएका थिए । अझ उनलाई प्रज्ञा प्रतिष्ठानबाटै संग्राहालय बनाउने विषयमा छलफल गर्न डाकिएपछि ‘राम्रो काम हुने भयो’ भनेर गद्गदिएका थिए । अहिले देवकोटाको घरमा निर्ममतापूर्वक डोजर चलेको देखेर उनी विचलित भएका छन्, वेचैन छन् ।

रविन्द्र पूरी

‘घर भत्काएको तस्वीर र समाचारले म त छाँगाबाट खसेजस्तै भएँ । यो स्रस्टामाथि गरिएको अपराध हो’, जनमत साहित्यडटकम संगको कुराकानीमा उनले भने, ‘प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुलाई मैले घर भत्काउनु पर्दैन, विग्रेका दलिन र पानी चुहिएको ठाउँहरु टालटुल गरेर जस्ताको तस्तै बनाउन सकिने कुरा बताएको थिए“ । तर प्राज्ञहरुको प्रतिष्ठानले नै यस्तो कदम चाल्छ भने अरु क्षेत्रबाट के आश गर्ने ?’
पुरीले बनाएको भक्तपुरको ‘नमूना घर’ लगायतका अरु मौलिकता समेटिएका घरहरु चर्चित छन् । प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरु ‘नमूना घर’ हेर्न पनि गएका रहेछन् । पुरीले देवकोटाको कविकुञ्ज नमूना घरभन्दा बलियो हुन्छ मौलिकता विगार्न हुन्न भनेपछि प्रतिष्ठानका पदाधिकारीले उनीसंग सहमति जनाएका पनि थिए ।

२०७६ पुसमा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले पुरानै ढाचामा सबलीकरण गरी निर्माण गरिने र त्यसअघि विज्ञहरुसंग परामर्श गर्ने बताएका थिए । पुरीसंगको छलफल त्यसैको कडी थियो । प्रतिष्ठानसंग छलफल भएपछि पुरी ढुक्क जस्तै थिए । कोरोना कहरका कारण देवकोटाको घरलाई संग्राहालय बनाउने कुरा ओझेलमा परेको थियो । ‘एकाएक घर भत्काइएको तस्वीर देखेपछि त्यसले भावुक बनायो’, पुरी भन्छन्, ‘भत्काउनै थियो भनेपनि हामीजस्ता थुप्रै विज्ञहरु छन्, किन परामर्श नगरेको ? यही हो सरकारको सम्पदाप्रतिको माया र संरक्षण ? प्रतिष्ठानको यो कामले साह्रै निराश बनायो ।’
पुरीका अनुसार, अन्तराष्ट्रिय प्रचलन नै छ, स्रस्टाका घरलाई जस्ताको तस्तै राख्नुपर्ने । देवकोटा कहा“ बस्थे ? उनको भान्सा कस्तो थियो ? पढ्लेख गर्ने कोठा, सुत्ने ओछ्यान, उनले प्रयोग गर्ने ती तमान बस्तुहरुको संरक्षण आवश्यक थियो । ‘संग्राहालय भनेको यिनै कुराहरुको संकलन त हो’, पुरी थप्छन्, ‘त्यही घरलाई संरक्षण गर्दा एक डेढ करोड भन्दा बढि लाग्दैन भन्ने सुझाव दिदादिदै मोटो रकममा ठेक्का दिनुले नियत मात्रै उदाङ्गिएको छैन, स्रस्टा र देशप्रतिकै दायित्वबोध नभएको पनि प्रस्ट भएको छ ।’

२०७२ सालको भूकम्पमा जीर्ण बनेको सिंहदरबारको पश्चिमी खण्ड पनि सरकारले सुरुमा भत्काउनै खोजेको थियो । प्राविधिक प्रतिवेदनमा भत्काउनुपर्ने निचोड निकालिएको थियो । तर, पुरी लगायतका सम्पदाकर्मीहरुले नभत्काउन सुझाव दिएपछि पश्चिमी मोहोडा बचेको थियो । तर, देवकोटाको कविकुञ्ज संरक्षणमा प्रज्ञा प्रतिष्ठानले सम्पदाविद्का कुरा सुनेन ।

प्रज्ञा प्रतिष्ठानको यो हर्कतबाट पुरी लगायतका सम्पदाविद्हरु मात्रै बेखुसी छैनन्, साहित्यकार, कलाकारको ठूलो पंक्ति आक्रोशित छ । तिनका आक्रोशजन्य अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पोखिएका छन् ।

कवि श्रवण मुकारुङले देवकोटाको घरमा डोजर चलेपछि लामै स्टाटस लेखे, ‘हाम्रा महाकवि देवकोटाभन्दा १२ बर्षअघि सन् १९०१ मा जन्मिएका द.कोरियाका प्रख्यात कवि शिम हुन (Shim Hun) को घर ( संग्रहालय ) हेर्ने अवसर जुरेको थियो । परालले छाएको, बास, काठ र माटो प्रयोग गरिएको सानो र असाध्यै पुरानो लाग्ने घर देखेर हामी चकित भएका थियौं । हामीले सोधेनौ तर त्यो , रेट्रोफिटिङ गरिएको हुनुपर्छ । केही पर त्यसलाई संरक्षण गर्ने अफिसियल घर भने विशाल र अत्याधुनिक थियोे । चार बर्षअघि पुगेको, अहिले पनि कविको उक्त पुरानो घर सम्झेर रोमाञ्चित एवं कल्पनातीत हुन्छु म ,र ती कविलाई गहिरो सम्झिन्छु । कुनै दिन फेरि कोरिया पुग्ने अवसर जुरेछ भने त्यो घरले मलाई जबर्जस्त तान्ने छ । त्यस्तै , महाकविका नाममा अब बन्ने नया घरले पनि भोली कुनै कोरियन कविलाई मैतिदेवीसम्म तान्ला… ? मेरो कामना रहनेछ, संसारलाई तानोस् ।’
साहित्यकार नयनराज पाण्डेले चाहि मुकारुङको जस्तो नरम आलोचना गरेनन्, निन्दा नै गरे । लेखे, ‘हुन त नेपाल प्रज्ञा प्रतिष्ठानका जागिरे प्राज्ञहरूसित महाकवि देवकोटाको मूल घर भत्काएर नया संरचना निर्माण गर्नुका अनेक तर्क होलान् । तर यो भ्रष्ट, मूर्खतापूर्ण र बहुलठी निर्णय हो । यस्तो दरिद्र सोचको निन्दा गर्छु ।’

कवि मणि लोहनीले त प्राज्ञको विद्धतामै शंका व्यक्त गरे । उनले लेखे, ‘भएको कविकुञ्जलाई भत्काएर आधुनिक नयाँ भवन बनाउने रे । हरे हाम्रा प्राज्ञको बुद्धि, योभन्दा अदूरदर्शी र आलोकाचो निर्णय अरु के होला ।’
लोहोनीको ‘स्टाटस’ आक्रोश मात्रै होइन, वास्तविकता हो । कसरी भने, प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुले कम्तीमा देशको कानुनको त ख्याल राख्नु पथ्र्यो । त्यो पनि वेवास्ता गरेको देखियो ।

साहित्यकार सरुभक्त नेप्रप्रका कुलपति लगायत सबैलाई सचेत गराउदैं आफ्नो फेसबक वालमा लेखे , आज बिहान अश्विनी कोइरालाले महाकवि देवकोटाको कविकुञ्ज सम्बन्धमा कविलेखकले स्टाटस किन हटाएका होलान् भनी प्रश्न गरेको भेटें ।हटाउनेहरूले भावुक भइयो नेपाल प्रज्ञा प्रतिष्ठानले दिएको तर्क ठीक भन्ठाने कि के , थाहाभएन ।मैले पनि कमेन्टमा विचार पोखेको थिएँ । अहिले पनि मेरो विचार यही छ ।आफू अहिलेको नेप्रप्रको माउ संस्था नेराप्रप्रको अन्तिम कार्यकालको परिषद सदश्य भएको र अहिलेका प्रज्ञहरूभन्दा ( कुलपतिभन्दा पनि ) उक्त संस्थामा जेठो रहेकोले आफ्ना विचारलाई अरू प्रष्ट पारूँ र नेप्रप्रको ध्यान आकृष्ट पारूँ भन्ने मनसायले यी शब्दहरू लेख्दैछु । महाकवि देवकोटा नेपाली साहित्यका विराट प्रतिभा हुन् भन्ने सबैलाई थाहा छ ।उनले २००० सालमा आफै निर्माण गरेर बसेको मैतीदेवीस्थित कविकुञ्जमा बसेर रचेका अनेक ग्रन्थमा आमुख लेख्दा ठेगानामा कविकुञ्ज उल्लेख गर्थे ।यसको अर्थ , घरसित महाकविको भावना जोडिएको थियो ।अहिले त्यस घरलाई संग्रहालयमा परिणत गर्ने भनी भत्काउदै गरेका तस्वीर सार्वजनिक भएका छन् ।साथै , नयाँ बन्ने घरको नक्शा पनि सार्वजनिक भएको छ ।नयाँ घरको नक्शा कविकुञ्ज भन्दा भिन्न भएको देखिन्छ ।नेप्रप्रले नयाँ घर बनाउँदा ” साविकको बाहिरी स्वरूप आउने गरि ” भनेको छ । यसको अर्थ , स्वरूपमा व्यापक परिवर्तन गरिने निश्चित भयो ।नेप्रप्रले नया घरका विभिन्न तलामा के के कुरा राखिने भन्ने पनि सार्वजनिक गरेको छ ।यसबाट नेप्रप्र महाकविको ऐतिहासिक कविकुञ्जलाई विनाश गरि संग्रहालय बनाउने दिशामा अघिबढेको प्रष्ट बुझिन्छ । कविकुञ्ज विनाश गर्नु अपराध हो ।नेप्रप्रले भनेझै ” सवलीकरण गर्न नसकिने प्राविधिक ठहर भए , जीर्णाोद्वार गर्न नसकिने भन्ने ( यसमा नियत माथि शङ्का गर्न सकिन्छ ।हाम्रै देशमा पनि हजारैै/ साैयाैं बर्ष पहिले बनेर ध्वस्तप्राय भएका मन्दिर , भवन आदि बैज्ञानिक विधिले जीर्णोद्धार गरिएका छन् ।त्यसैले जीर्णोद्धार हुनैनसक्ने भन्ने तर्क हावादारी हो ।) त्यस तर्कलाई मान्ने नै हो भने पनि कविकुञ्जलाई आधुनिक प्रविधिले निर्माण गरि बाहिरी र भित्री स्वरूप पहिलेकै स्वरूपमा ल्याउनु जरूरी छ ।पहिलेको स्वरूपमा निर्माण गरि महाकविले जे जे कुरा जसरी प्रयोग गर्थे त्यसरी राख्नु जरूरी छ ।अनि मात्र कविकुञ्जले पूनर्जीवन प्राप्त गर्नेछ । कविकुञ्जमा संग्रहालय पनि होस् , अरू महत्व थपिन्छ ।तर कविकुञ्जको माैलिक संरचना विनाश गरि संग्रहालयमा मात्र जोड दिइय‍ो वा नेप्रप्रले सुविधाको दृष्टिले आधुनिक र कलाको दृष्टिले नेपाली माैलिकता कायम हुने गरि अनि हेर्नआउनेहरूका लागि सुविधा हुनेगरी भनेर जवरजस्ती फरक संरचनाको घर वा भवन निर्णाण गरियो भने यो इतिहास र वाङमयलाई धोखा हुनेछ ।म नेप्रप्रका कुलपति लगायत सबैलाई सचेत गर्न चाहन्छु ।उपकुलपति जगमान गुरूङ इतिहास , संस्कृति र पुरातत्वका ज्ञाता हुन् ।कम्तीमा उनलाई यस्तो अनर्थ गरिए भविष्यमा इतिहासको कठघरामा उभिनु पर्नेछ भन्ने वोध हुनैपर्छ ।म उनीमार्फत् सबैलाई यस सम्बन्धमा पुन विचार गर्न र कविकुञ्जको अस्तित्वलाई जोगाउन अनुरोध गर्छु । चित्रमा सेक्शपियरको जन्मघर ।सोह्रो सताब्दीमा अधिकांश काठले निर्माण भएको घर ।यस घरलाई सेक्शपियरकालीन अवस्थामै राखिएको छ ।उनले बालककालदेखी कुन कोठामा के गर्थे भन्ने सबै ।चिसोमा आगो ताप्ने ठाउँ , अोछ्यान आदि सबै ।संग्राहलय पनि छ तर घरको वातावरण पहिलेजस्तै परिएको छ । सेक्शपियरले काम गरेको ग्लोव थिएटर ।सन् 1599 मा निर्मित ।सन् 1613 मा आगो लागेर नष्ट भएपछि 1614 मा फेरि निर्माण गरियो ।पछि प्युरिटन शासकहरूले नाटकघरहरू बन्द गराउँदा यो पनि बन्द भयो । धेरै पछि 1997 मा पहिलेका संरचनालाई सकेसम्म कायम राखी पहिलेभन्दा 230 मिटर पर सुरक्षित स्थानमा थिएटर निर्माण ।निर्माण पछि ग्लोव थिएटरको नाम सेक्शपियरको सम्मानमा सेक्शिपयरर्स ग्लोव नाम दिइयो ।यो पूरै काठले बनेको गोलो आकारको तीन तला भएको थिएटर हो जहाँ एकसाथ पन्ध्र सय दर्शक अटाउँछन्।भित्र संग्रहालय पनि छ । हाम्रो प्रयास पनि सकेसम्म माैलिकता जोगाउने हुनुपर्छ ।महाकविप्रेमीहरू महाकविको कविकुञ्ज हेर्नचाहन्छन् , आधुनिक भवन होइन ।कसैकसैले कविकुञ्ज पुरातात्विक महत्वको थिएन भनी तर्क गरेका छन् जुन सही होइन ।महत्व हामीले नै दिने हो ।७८ बर्ष पुरानो घर सय बर्ष नाध्न कति समय लाग्छ र ।बचाइराखे महत्व हुने हो ।यसै पनि साहित्यिक महत्वक‍ो पहिलेदेखि नै थिय‍ो । नेप्रप्रको ध्यान जावोस् भन्ने सकारात्मक अभिप्रायले यी कुरा लेखिएका हुन् ।घरको नक्शा जनभावना र ऐतिहासिक महत्वलाई ध्यानमा राखेर फेर्न पनि सकिन्छ ।

‘प्राचीन स्मारक संरक्षण ऐन २०१३’ ले भन्छ– ‘इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्यकलाको दृष्टिकोणले महत्व राख्ने एक सय वर्ष नाघेको मन्दिर, स्मारक, घर, देवालय, शिवालय, मठ, गुम्बा, विहार, स्तूप आदि सम्झनु पर्छ ।’ सोही ऐनको दफा १६–क मा ‘यो ऐनमा अन्यत्र जेसुकै कुरा लेखिएको भए तापनि एक सय वर्ष ननाघेका अद्धितिय किसिमका कलाकृति तथा कुनै समयको महत्व दर्शाउने स्मारकहरु पुरातत्व विभागले संरक्षण गर्न, गराउन सक्नेछ’ लेखिएको छ । अर्थात् प्रज्ञाको गैरजिम्मेवार कदम सच्याउन अब यो ऐनअनुसा पुरातत्व विभाग सुर्नपर्ने आवश्यकता देखिएको छ ।

हामीहरु आर्थिक समृद्धिको सपना देख्छौं । तर, जबसम्म सोच र मानसिक समृद्धि हासिल हुदैन, आर्थिक समृद्धि प्राप्त भएपनि समाज अपुरो रहन्छ । खासमा सम्पदाको मौलिक संरक्षण नै हाम्रो समृद्धि हो । गगनचुम्बी भवन र कम्प्लेक्सहरुले देशको सम्पन्नताको मापन हुनसक्दैन । विश्वमा कयौं प्रख्यात स्रस्टाहरुका संग्राहालय छन् । ती मौलिक, पुरातात्विक दृष्टिले संरक्षित छन् । तर, हामी संरक्षण हुनसक्ने कुरालाई पनि अनेक स्वार्थ र आग्रहबाट प्रेरित भएर फुलबुट्टा भर्नतिर लाग्छौं ।

तस्बिरहरु : पदम देवकोटा र डा. अरुणा उप्रेतीको फेसबुक वालवाट

देवकोटा संग्राहलय बारे प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले लेखेका यी पंक्ति नै हेरौ न, कति कस्मेटिक लाग्छन् । उनी लेख्छन्, ‘जब तपाईं मैतिदेवीस्थित देवकोटा मार्गको प्रवेशद्धारबाट भित्र छिर्नुहुन्छ, आखामा हरियाली नाच्नेछन् । पानीका फोहोराले तपाईंलाई स्वागत गर्नेछन् । उद्यानहरुमा देख्न पाउनुहुनेछ, उभिएर एकनासले सोचिरहेका महाकवि लक्ष्मीप्रसाद देवकोटा । आँगनको त्यो रमाइलो दृश्यले तान्दै घरभित्र लैजानेछ । जब दैलोबाट तपाईंका पाइला भुइँतलामा सर्नेछन्, लाग्नेछ– के देवकोटा अझै बाँचिरहेका छन् ? शब्दहरुमा बा“चिरहेका देवकोटालाई अजिबले महसुस गर्न पाउनुहुनेछ ।’
बन्दै गरेको संग्राहालयबारे सदस्य सचिवका शव्दहरुले त्यसको तामझामको बयान त गर्छ तर त्यहा“ कविकुञ्जको मौलिकताको स्वाद भेटिदैन । सायद यसलाई नै भन्छन् होला, ‘हलो काटेर मुङग्रो बनाउने काइदा ।’ बाह, क्या विद्धता !


Tags: गंगाप्रसाद उप्रेतीमणि लोहनीरविन्द्र पुरीलक्ष्मिप्रसाद देवकोटाविमल निभासरुभक्त
अघिल्लो पोष्ट

बालकृष्ण समको साहित्यिक यात्रामा कविता र नाटक

पछिल्लो पोस्ट

रामायण महाभारतको पुनर्लेखन र सत्यको नित्य नवीकरण प्रक्रिया

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
रामायण महाभारतको पुनर्लेखन र सत्यको नित्य नवीकरण प्रक्रिया

रामायण महाभारतको पुनर्लेखन र सत्यको नित्य नवीकरण प्रक्रिया

त्यस पछि तिमीले पनि भुल्नेछौ

त्यस पछि तिमीले पनि भुल्नेछौ

प्रतिक्रिया 2

  1. Nai Prasai says:
    5 years ago

    राम्रो लेख लेखेकी रहिछौ छोरी, मैले पढेँ । बेलायतका स्रष्टा कृष्ण बजगाईँको पोस्टमा दुईदिन अघि मैले यस्तो कमेन्ट लेखेकी थिएँ ।
    ‘भिल्लको देशमा मणि मिल्कन्छ नै’ निकै गहिरो छ, हाम्रो नेपालमा त जताततै पहिरो छ हजुर !
    भन्दा धेरै भनेजस्तो हुन्छ, नभन्दा सकस हुन्छ ।
    ‘साथी, यस्तै छ यहाँको हाल… ‘
    उनै देवकोटाले भनेको उस्तै त होइन अझै बेहाल पो छ त ।
    अहिले देवकोटा जिउँदा हुन्थे भने ‘पागल’ कविताले मान्दैनथे ‘महापागल’ लेख्ने थिए !

    Reply
  2. krishna bause says:
    5 years ago

    अब सरूभक्त, निभा , नई, श्रवण , रवीन्द्र , बजगाइँ र सिर्जनाजस्ता नेपाली साहित्य र संस्कृतिका सँच्चा पहरेदारहरूलाई प्रज्ञाप्रतिष्ठानको नेतृत्वले चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ , नत्र बदनियतकालागि सजाय भोग्न तयार हुनुपर्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गीतल प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

गीतल प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

२४ फाल्गुन २०८०, बिहीबार
आवाजका लहरहरु

आवाजका लहरहरु

२४ फाल्गुन २०८०, बिहीबार
भक्तिकाव्य परम्परामा भक्तिमाला

भक्तिकाव्य परम्परामा भक्तिमाला

२३ फाल्गुन २०७९, मंगलवार
धिरेन्द्र प्रेमर्षीको गजल (पानीले पानीमा नाम लेख्छ पागल)

धिरेन्द्र प्रेमर्षीको गजल (पानीले पानीमा नाम लेख्छ पागल)

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक