साहित्यपोस्टले हरेक वर्ष डेब्यु लेखकहरुलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरुमा अर्पण गरेको छ ।
यस वर्षको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’लाई प्रदान गरिएको छ भने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ सागर खड्काको उपन्यास ‘राइपाली भन्ज्याङ’लाई प्रदान गरिएको छ ।
त्यस्तै, ‘साहित्यपोस्ट उत्तम गैर–आख्यान पुरस्कार’ उमाकान्त पौड्यालको अनुसन्धानात्मक कृति ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको छ । विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशिका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।