काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा नेपालका देवताहरू नामक कला प्रदर्शनी भइरहेको छ।
दोस्रो संस्करणको यो प्रदर्शनीमा विभिन्न कलाकारहरूले बनाएका देवी देवताहरूको मूर्तिकला, प्रस्तरकलाका साथै चित्रकला पनि राखिएको छ।
देवी देवताका मूर्तिसँगै नेपालका मन्दिर र विहारहरूलाई समेत समेटिएको प्रदर्शनीमा १६२ कलाकारका करिब २२० कलाकृतिहरू समाविष्ट छन्।
नेपालका देवीदेवताहरू नामक बृहत् कलामा देवीदेवताहरूको लोक परम्परागत र समसामयिक कलालाई एउटै धरातलमा अन्तर्निहित गरी प्रस्तुत गरिएको एक प्रमुख विषयगत प्रदर्शनी हो । यस प्रदर्शनीमा नेपाली कलाकारहरूले देवीदेवताहरूको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानहरूको सौन्दर्यतालाई सजाउने पवित्र उद्देश्यका साथ विभिन्न तरिकाबाट प्रस्तुत गर्दै आएका छन् । यस प्रदर्शनीले देवीदेवताहरूप्रति सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकहरूलाई विविधतामा विचार गर्न प्रेरित गर्दै विभिन्न कलाकारहरूको अभिव्यक्ति र प्रेरणाको सद्भाव र समर्पणमा जोडिन प्रेरित गर्नेछ ।
नेपालको सांस्कृतिक र कला सम्पदाको विविधताका बारेमा लोककला, परम्परागतकला, समसामयिककला / समकालीनकला, मूर्तिकला, चित्रकला र प्रतिस्थापनकलाको माध्यमद्वारा कलात्मक नेपाली देवदेवताबारे आम मानिसलाई सुशिक्षित र जागरूक तुल्याउने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ।
काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल कला परिषद् र हस्तकला महासंघले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेको हो।
प्रदर्शनी आगामी जेठ २८ गतेसम्म जारी रहने छ।