पाटन चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीमा ‘इनस्पायर इन्कुलुजन’ शीर्षकमा शुरु गरिएको सामूहिक चित्रकला प्रर्दशनीमा २९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु प्रदर्शन गरिएका छन् ।
महिला कलाकारहरुको कलाको सम्मान र प्रोत्साहनका निम्ति महिलाहरुद्वारा नै सिर्जना गरेका चित्रकलाहरुको सामूहिक प्रर्दशनी गरिएको छ ।
ग्यालरीले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला कलाकारहरुका मला प्रदर्शनी गर्दै आएको छ ।
महिला विकास र सशक्तिकरणका निमित्त क्लासिक ग्यालरीले कला मार्फत् निरन्तरताका सहायता गरिरहको उनको मत छ । प्रर्दशनीमा चित्रकलामा १७ जना, प्रिन्टमेकिङबाट ७ जना, सेरामिकबाट ५ जना कलाकारहरु सहभागी छन् ।
कलाकारहरुको सिर्जनामा आ–आफ्नो अनुभूति तथा समाजमा भइरहेको घटना, समसमायिक विषयमा आधारित कलाकृतिहरु सिर्जना गरेका छन् ।
वैशाख ८ गते सम्म जारी रहने प्रदर्शनीमा शशिकला तिवारी, डा. सिमा शर्मा शाह, सम्झना राजभण्डारी, सुनिता राणा, मुना भडेल, सौरगंगा दर्शनधारी, प्रमिला बज्राचार्य , नम्रता सिंह, सरोजा खड्गी, सरिता डंगोल, अञ्जली, शर्मिलादेवी, यमुना श्रेष्ठ , चाँदनी बज्राचार्य,चन्दा श्रेष्ठ, दिपमाला महर्जन, इन्दु पन्त, रोशनी श्रेष्ठ, सुविधा लामा, जुनु खनाल शर्मा, योती प्रिया ठाकुर, सुमित्रा बराल,रबिता किसी,रुकुमणी श्रेष्ठ तथा श्रीया दुवाल लगायतका कलाकारहरुका कलाकृतिहरु प्रदर्शनमा छन् ।