भेटुँभेटुँ लाग्ने हतार कस्तो होला
भेटेपछि झन् प्यार कस्तो होला
सफरमा व्यग्र ओछ्याएर नजर
हेर्नुछ तिम्रो सवार कस्तो होला
छायौ भने मनमन्दिरमा तिमी
सँगको वसन्त बहार कस्तो होला
एकअर्काको न्यानो बाहुमा बेरिँदा
त्यो पल कस्तो संसार कस्तो होला
होमिदै छौँ मायाको भवसागरमा
अब हाम्ले तर्ने जँघार कस्तो होला |