जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

गणित : दार्शनिक पक्षको एउटा अंश

जगतबहादुर जोशी जगतबहादुर जोशी
प्रकाशित ३ श्रावण २०८०, बुधबार
निबन्ध भित्र
0
गणित : दार्शनिक पक्षको एउटा अंश

शून्यको स्वरुप :
शून्य भनेको रिक्तता होइन । शून्य अनन्तको प्रतीक हो । आधुनिक भाषामा यसलाई कण्टिन्यूअम (Continuem) भनिन्छ । शून्य एउटा विशुद्ध स्थिति पनि हो । यसलाई आधुनिक भाषामा क्वाण्टम (Quantum) पनि भनिन्छ ।

कुनै पनि पदार्थको खण्डखण्ड गर्दै गएमा पदार्थको अनन्त खण्ड हुन्छ तर त्यसको समाप्ति हुँदैन । पदार्थको खण्ड–खण्ड गर्दै जाँदा त्यसको सूक्ष्म स्वरुपको अनुमान मानिसको बुद्धिले गर्न सक्दैन । उसको युक्ति तर्कको जालले यसलाई समाउन सक्दैन अनि मानिसले त्यसलाई अनन्त भनेर चित्त बुझाउनुपर्ने हुन्छ । १ सेन्टीमीटरभन्दा लामो रेखामा कति विन्दुहरु छन् ? मानिसले गन्नै सक्दैनन् अनि अनन्त विन्दुहरु भन्ने गर्छन् । १ सेन्टिमीटरभन्दा लामो अथवा छोटो रेखाभित्र कति विन्दु छन् ? भनी सोधिए पनि अनन्त भन्ने नै प्रत्युत्तर आउँछ । कुनै वस्तु वा पदार्थलाई खण्डै–खण्ड गर्दै जाँदा त्यसको अन्त वा समाप्ति हुँदैन । त्यसैले शून्य भनेको रिक्तता होइन । १ से.मी. लामो रेखाभित्र हुने विन्दुहरुको संख्या पनि अनन्त १ से.मी. भन्दा लामो वा छोटो रेखाभित्रका विन्दुहरुको संख्या पनि अनन्त: द्विनद्वि मानिसको बुद्धि र जुक्तिले ती विन्दुहरुलाई गनेर पनि गन्न सक्दैन । त्यसैले यो अनन्त भयो । यस अनन्ततालाई व्यक्त गर्न मानिसले शून्यलाई प्रतीकको रुपमा लियो । त्यसैले गणितज्ञ श्रीधर तथा भास्कराचार्यहरुले शून्य+शून्य = ०, शून्य–शून्य = ०, शून्य ह शून्य = ० भनी भने ।

यही सिद्धान्तअनुसार शून्यले १ लाई भाग गरे पनि शून्य नै प्राप्त हुन्छ, शून्यले जतिसुकै ठूलो संख्यालाई भाग लिए पनि शून्य नै प्राप्त हुन्छ भन्ने कुरा व्यावहारिक हुन गयो ।

शून्यको ठीक ठीक परिभाषा अत्यन्त कठिन छ । त्यसैले कसैले यसलाई ख अर्थात् रिक्त आकाशको प्रतीक मानेर यदृच्छा विन्यते शून्य भनेर अज्ञात संख्याको रुपमा लिएका छन् भने कसैले यावत् तावत् अर्थात् जो सत् हो त्यही हो भन्ने अर्थमा लिएका छन् । जे भएतापनि शून्य विशुद्ध गतिको सँगसँगै विशुद्ध स्थिति अर्थात् वृत्तात्मक पथको स्थिति पनि हो । गतिशीलताको गति उत्पन्न भएको स्थानदेखि उत्पत्ति भएको स्थानसम्म आएर नौलो बाटो प्रारम्भ हुने स्थानमा एउटा वृत्तात्मक पथको निर्माण भैसकेको हुन्छ । त्यही वृत्तात्मक पथको परिधिको स्थिति पनि शून्य हो । सरल रेखाको पथ भनिने वृत्तात्मक पथ त्यसको एउटा सानो अंश(segment) मात्र हो । सीधा देखिने बाटो अथवा रेखालाई सिधै सिधा तान्दै लगेमा त्यसको अन्त वृत्ताकारमै हुन्छ । पृथ्वीबाट अन्तरिक्षमा सीधा पठाइने रकेट, उपग्रहहरु सबैले पृथ्वीलाई परिक्रमा गरी वृत्तात्मक पथ नै बनाएका हुन्छन् । अत: शून्य वृत्तात्मक गति र स्थिति पनि भयो ।

परिवर्तन र परिवर्तनको स्वभाव :

दिनहुँ सूर्य उदाउने र अस्त हुने गर्छ । उदय र अस्तको प्राकृतिक वृत्तात्मक (वक्रात्मक) प्रक्रियाको भित्र व्यस्त हुने सूर्य त्यही एउटै हो अथवा अर्कै नयाँ हो ? प्रत्येक पूर्णिमामा आउने चन्द्रमा त्यही हो अथवा अर्कै ? आमावस्या पूर्णिमाहरु आउने गर्छन्, जाने गर्छन् । त्यही रात, त्यही दिन, त्यही सूर्य, त्यही चन्द्रमा आइरहन्छ अथवा परिवर्तन हुने तत्व त्यही भएपनि त्यसभित्र भिन्नता पनि हुने गर्छ ? फेरि–फेरि फैलिरहने मौसम, सुन्तला, आँप, बेलाबेलामा फुल्ने फूलहरु सबैलाई नयाँ सृष्टि भन्ने हो भने पनि यिनीहरु पुनरावृत्ति र पुनर्जन्मको प्रभावबाट मुक्त छन् भन्न सकिन्न । मानिसहरुको जीवनमा धार्मिक, व्यावहारिक, दार्शनिक, आध्यात्मिक आदि विभिन्न पक्ष सबैले शून्यको पुनरावृत्ति, वृत्तात्मक गति र स्थितिबाट प्रभावित भएका देखिन्छन् ।

कार्ल माक्र्सको भनाइअनुसार परिवर्तनको परिमाणात्मक (Quantitative) र गुणात्मक (Qualitative) दुई स्थिति हुन्छ । पानी तातिने र चिसिने, पानीको स्थितिले पानीमा हुने परिवर्तनको स्थितिलाई जनाउँछ । पानीको तापक्रम १००० सेन्टिग्रेड पुग्ने वित्तिकै पानी तरल अवस्थामा नभएर वाफ बन्न जान्छ । त्यस्तै पानीको तापक्रम झार्दै लगिएमा ०० सेन्टिग्रेड पुग्दा पानी तरल अवस्थामा नभएर हिउँको ठोस बन्न जान्छ । पानीभित्र भैरहने परिवर्तन चरम विन्दुमा पुग्नेबित्तिकै गुणात्मक परिवर्तन हुने गरेको देखेर प्राकृतिक नियम नै यही रहेछ भन्ने अवधारणा मानिसले लिएका छन् ।

यही धारणाले समाजको सामाजिक, व्यावहारिक, धार्मिक, आध्यात्मिक, दार्शनिक आदि सबै पक्षलाई प्रभावित गर्ने गरेको छ ।
सूर्यलाई बीचमा पारी अन्य ग्रहहरुले परिक्रमा गरिरहेता पनि पृथ्वीवासीका दृष्टिले सौरमण्डलका अन्य ग्रहहरुले पृथ्वीलाई नै परिक्रमा गरेको देख्ने गर्छन् । प्राचीन खगोलविद्हरुले सूर्यलाई ताराका रुपमा नलिई ग्रहको रुपमा र चन्द्रमालाई पृथ्वीको उपग्रहको रुपमा नलिई ग्रहकै रुपमा गणना गर्ने गर्दथे । सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र र शनि यी सात ग्रहहरुले पृथ्वीको वर्षा, वायु, वायुमण्डल, वनस्पति र जीवजन्तुहरुलाई प्रभावित गरिरहेका हुन्छन् ।

त्यसैले पृथ्वी लोकवासी मानिसको जीवनको व्यवहार पक्षमा यी ७ ग्रहहरुको अत्यन्त ठूलो अपरिहार्य सम्बन्ध रहन गएको छ । अत: दिनहरुका नाम यिनै ७ ग्रहहरुका नाउँमा रविवार, सोमबार, मंगलबार, बुधबार, वृहस्पतिबार, शुक्रबार र शनिबार रहन गएका छन् ।

प्रकृतिको कोषमा जन्मेका सबै वस्तु परिवर्तनशील हुन्छन् । वस्तुको परिवर्तन परिमाणात्मक रुपबाट प्रारम्भ भएर गुणात्मक रुपमा परिवर्तन हुने गर्छ । पृथ्वीको दैनिक गतिले दिनको परिमाणात्मक परिवर्तनलाई अगाडि अगाडि सार्दै जान्छ । यस्तो रविवारबाट प्रारम्भ भएर शनिबारसम्म अगाडि अगाडि बढ्दै जान्छ । ७ दिनको परिमाणात्मक परिवर्तनलाई चमर विन्दुको परिणाम मानियो । जहाँबाट नयाँ दिनको गुणात्मक परिवर्तन हुन जान्छ । यसलाई १ हप्ता १ साता भनी नामाकरण गरियो ।

एउटा शून्यको वृत्तात्मक गति पूर्ण हुनेबित्तिकै गणितको क्षेत्रमा १ अङ्कको जन्म भएजस्तै हाम्रा सामाजिक, व्यावहारिक, धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पनि नयाँ नै अवस्था, स्थिति वा वस्तुको जन्म हुनजान्छ ।

७ ग्रहहरुको गतिशील प्रवाहले ७ दिनको एक हप्ता हुन गयो । सातौं अवस्था पार गर्ने बित्तिकै त्यहाँ गुणात्मक परिवर्तन हुनैपर्छ भन्ने धारणा दार्शनिक, सामाजिक, व्यावहारिक, धार्मिक चिन्तनहरुमा पनि आउन थाल्यो । यस प्रकारले ७ अङ्कले हाम्रो जीवनमा ठूलो भूमिका खेल्न थाल्यो ।
नेवार जातिमा न्हेन्हूमा बिगु प्रचलन :

नेवार जातिमा मृत व्यक्ति मरेको ७ दिनमा ७ दिनको भात न्हेन्हूमाको भात पकाई मृत व्यक्तिलाई खुवाउने चलन छ । व्यक्ति मरेको सातौं दिन बत्ती बाली चढाउने, सात खुड्किलो भएको बाँसको भर्‍याङ बनाइन्छ, मृत आत्माले सातौं दिनको दिन चढाइएको भात र अण्डा खान आउँछ भनी सिखर्नीमा झुण्डयाइएको हुन्छ । शरीरबाट अलग भएको जीवात्मामा सातौं दिन गुणात्मक परिवर्तन हुन्छ भन्ने प्रवल धारणा नै यसको पछाडि रहेको देखिन्छ । मृत्युपछि हाम्रो स्थिति जस्तो सुकै भए पनि मृत्यु भएको सातौं दिन पछि फेरि अर्को गुणात्मक परिवर्तन हुनैपर्छ भन्ने धारणाकै आधारमा न्हेन्हूमा दिने चलन नेवार जातिको समाजले अपनाएको देखिन आउँछ ।

सात पुस्ताको सम्बन्ध :
सात पुस्ताको रगत एउटै भएको परिवारबीच छोरीबेटी लिने दिने चलन समाजमा देखिंदैन । वर्तमान पुस्ताले गरेका कुशल वा अकुशल कर्मको प्रभाव सातौं पुस्तासम्म पर्ने गर्र्छ भन्ने धार्मिक तथा सामाजिक धारणा छँदैछ । यहाँ पनि सातौं पुस्ता पार हुनेबित्तिकै क्रान्तिकारी (गुणात्मक) परिवर्तन हुन्छ भन्ने धारणा नै व्याप्त भएको देखिन आउँछ ।

कुनै कुनै वैज्ञानिकहरुको मतानुसार सन्तान उत्पत्ति हुने शक्तियुक्त धातु (Gene) ८४ (अंश) भागले निर्मित भएको हुन्छ भन्ने मानिएको पाइन्छ । ती ८४ भागमध्ये ३८ भाग आफूले सेवन गरेका अन्नादिबाट उपार्जित हुन्छन् ।
२१ भाग बाबुको तरफबाट प्राप्त भएको हुन्छ ।
१५ भाग बाजेबाट प्राप्त भएको हुन्छ ।
१० भाग बाजेको बाबुबाट प्राप्त भएको हुन्छ ।
६ भाग बाजेको बाजेबाट प्राप्त भएको हुन्छ ।
३ भाग बाजेको पनि बाजेको बाबुबाट प्राप्त
भएको हुन्छ ।
१ भाग बाजेको बाजेको पनि बाजेबाट प्राप्त
भएको हुन्छ ।

यस प्रकारले वर्तमान पुस्ताको सम्बन्ध ७ पुस्ता अगाडिसम्म रहिरहन्छ । यही धार्मिक धारणा अनुसार वर्तमान पुस्ताले कुशल वा अकुशल कर्मले गर्दा ७ पुस्तासम्म स्वर्ग वा नर्क जानुपर्छ भन्ने धार्मिक तथा पारलौकिक धारणाको स्थापना हुन गयो ।

यस प्रकारले यस ७ को महत्वलाई लौकिक तथा पारलौकिक सम्बन्धसँग घनिष्ठता देखाउन वैज्ञानिक दृष्टिले पनि दरिलो आधार तयार गर्न खोजेको देखिन्छ । सातौं स्थितिले नै अन्तिम स्थिति हुन्छ भन्ने आधारमा नै पारलौकिक दृष्टिमा पनि जीव प्राणीहरु मुक्त नहुँदासम्म आ–आफ्ना कर्म, संस्कार तथा वासना अनुसार १. आदिलोक २. मोनादिक लोक ३. आत्मिक लोक ४. बुद्धिक लोक ५. मानसिक लोक ६. भुर्वलोक ७. भूलोक यी सातलोकमध्ये एउटा न एउटा लोकमा अलमलिई रहन्छन् । यी ७ लोक पार गरेपछि मात्र जीवको मुक्ति हुन्छ । यही नै सातौं अवस्थाको गुणात्मक रुप हुन आउँछ भन्ने अवधारणा यहाँ देखिन्छ ।

आध्यात्मिक तथा वैज्ञानिक चिन्तनमा ७ को प्रभाव :
वैदिक ऋषिहरुले सृष्टिलाई ७ दिदीबहिनीहरुको संगीत भनेर सप्त स्वसारो अभिसं नमन्ते भनी भनेका छन् । एउटै हालको आधारमा उभिएको यो ७ लोक गतिशील भैरहन्छ भनी ऋषिहरुले एक अखो बहति सप्तनामा भनी भनेका छन् । वैज्ञानिक दृष्टिले पनि हेरियो भने पदार्थलाई उर्जा अवस्थामा गुणात्मक परिवर्तन हुन ७ अवस्थानै पार गर्नुपर्ने हुन्छ । विश्वको साक्षात स्वरुप हेर्नलाई सूर्यको ७ किरणनै ७ वटा झ्याल भएको देखिन आउँछ ।

नाद ब्रह्मको समवेत स्वर नै निखिल ब्रह्माण्डको रुप हो भनी ऋषिहरुले भने जस्तै समस्त खगोललाई ७ प्रकारका धागोहरुको तानाबानाले बुनिएको जाल हो भनी सप्त तन्तून विताविन्रे भनी भने । आधुनिक वैज्ञानिकहरुले पदार्थको तीन अवस्था (ठोस, द्रव्य, गैस) लाई मात्र नमानी पदार्थमा ७ अवस्था मान्ने गरेको छन् । उनीहरुका मतअनुसार पदार्थका यी ७ अवस्था हुन्छन् १. ठोस २. द्रव्य ३. गैस ४. प्लाज्मा ५. न्यूट्रोन ६. एपी प्लाज्मा र ७. विकिरणक्षेत्र । सृष्टि रथका चक्र घुमाउने पदार्थका यी ७ अवस्था बाहेक अरु के हुन सक्छ ? पदार्थको यी सात अवस्था पूरा हुने बित्तिकै शून्यको ढोका खुल्न जान्छ जहाँ अस्ति नास्ति (छ, छैन) भन्ने सार प्रश्न निराधार हुन जान्छ भनी धारणा राख्ने अध्यात्मवादी चिन्तन हुन गयो । वैज्ञानिकहरुले शून्यको यही गति र परिस्थितिलाई कण्टिन्यूअम र क्वाण्टम भनी भन्ने गरेका छन् ।

पुनर्जन्म र अङ्क पुनरावृत्तिको प्रक्रिया :
घटना, मानिस र अंकले आफ्ना गतिको अवधि समाप्त गरेपछि फेरि फेरि पुनरावृत्ति गरिरहन्छ भन्ने कुराहरुको प्रमाण धेरै भेटिने गरेको छन् । केही घटनाको पुनरावृत्ति कति कति अवधिमा भइरहन्छ भन्ने कुरा निश्चित रुपले ठोकेर भन्न गाह्रो छ ।

यहाँ हामी अङ्कको पुनरावृत्तिलाई ७ नियमले कसरी नियन्त्रण गर्ने रहेछ, त्यतातिर चिन्तन मनन गरौं । गणितको क्षेत्रमा उत्पन्न हुने १, २, ३, ४, ५, ६, र ७ सम्मका अङ्कहरुले यस्तो संख्याको जन्म दिन्छ जुन संख्याभित्र तिनै तिनै अङ्कहरुले निरन्तर परिक्रमा गरिरहन्छन् । जस्तै ७ ले १ लाई भाग गर्दा १/७ को भागफल पूर्णाङ्कमा नआई दशमलवपछि आउने .१४२८५७ यिनै अङ्कहरुको संख्या क्रमिक रुपले अनन्तकालसम्म पुनरावृत्ति गरिरहन्छन् । आवर्त ९च्भअगचचष्लन० को रुपमा दोहोरिरहन्छन् ।
७ ले २ लाई भाग गरेमा अर्थात् २/७ को भागफल .२८५७१४ उनै ६ अङ्कको संख्या बन्न आउँछ । यही संख्याको ९क्भत० निरन्तर क्रमिक रुपमा पुनरावृत्ति भैरहन्छ । तर तिनका अङ्कहरु अगाडि पछाडि पर्ने गर्छन् ।
त्यस्तै ३/७ गर्दा भागफल .४२८५७१ आवर्त
४/७ गर्दा भागफल .५७१४२८ आवर्त
५/७ गर्दा भागफल .७१४२८५ आवर्त
६/७ गर्दा भागफल .८५७१४२ आवर्त
यसरी १ देखि ६ सम्मलाई ७ ले भाग गर्दा तिनै अङ्कहरु तलमाथि अगाडिपछाडि हुन्छन् । तर सातौं अवस्थामा ७ ले ७ लाई भाग गर्दा अर्थात् ७/७ गर्दा भागफल पूर्णाङ्क १ हुन आउँछ ।

७ ले १, २, ३, ४, ५ र ६ सम्मलाई भाग गर्दा दशमलव पछि आउने अङ्कहरुले नै स्थान परिवर्तन गर्दै पुनरावृत्ति गरिरहन्छ । तर त्यही त्यही अङ्कहरुको पुनरावृत्ति भए पनि प्रत्येक अङ्कको मान मूल्य बेग्लाबेग्लै हुन्छ । त्यही त्यही क्भत को संख्याले निरन्तर पुनरावृत्ति गरिरहेतापनि अङ्कको क्रम मात्र समान हुन्छ । संख्या र संख्याभित्रको प्रत्येक अङ्कको मान मूल्य फरक फरक हुने गर्छ । जस्तै १/७ भाग गर्दा भागफल .१४२८५७, १४२८५७, १४२८५७ निरन्तर पुनरावृत्ति भइरहन्छ । पहिलो दशमलव पछिको मूल्य १/१० हो भने दशमलव पछिको सातौं स्थान आउने त्यस्तै १ को मूल्य १/१००००००० अर्थात् पहिलो १ दश खण्डको १ खण्ड हो भने दशमलव पछि सातौं स्थानमा आएको १ को मूल्य एक करोड भागको एक भाग हुन आउँछ । यस्तै दिनहुँ विहान उदाएर साँझ अस्ताउने सूर्य, त्यही पुरानो सूर्य भएपनि दिनहुँ नयाँ नयाँ भएर आएजस्तै पूर्णिमापछि आमावश्या र आमावश्या पछि पूर्णिमा आउने जाने गरेपछि त्यही पूर्णिमा र आमावश्या नयाँ नयाँ रुप लिएजस्तै ७ अवस्था चरमविन्दुको अवस्था हुनेगर्छ । अनि त्यही अङ्क वा अङ्क समूह ९क्भत० को पुनरावृत्तिलाई त्यही अङ्क वा अङ्कहरुको समूह भन्न मिल्दैन भन्ने कुरा गणितको नियमले देखाउने गर्छ । प्रकृतिको विविधताको नियमलाई पनि यस्तै नियमले बुझ्न सकिन्छ ।

आइतबारदेखि शनिबारसम्म सात बारमध्ये आइतबार सृष्टि भएदेखि कति गइसके । कति जाँदै गर्नेछन् ! यसको गणना मानिसको मस्तिष्कले गर्नै सक्दैन । अनि त्यसलाई अनन्त आइतबार भनेर सन्तोष लिने गर्छन् । सोमबारदेखि शनिबारबारसम्मका प्रत्येक बारको गति पनि त्यही हो । तर जेसुकै भए पनि प्रत्येक जाने र आउने बार त्यही होइन । त्यसको पुनरावृत्ति मात्रै हो । प्रत्येक गइरहने बारको महत्व, मूल्य र महिमा तथा स्थानमा धेरै धेरै भिन्नता रहेको हुन्छ ।

वनस्पति, जीव, जन्तु, प्राणीहरुमा आइरहने परिमाणात्मक परिवर्तन गुणात्मक परिवर्तनका सातौं अवस्थासम्म जन्ममरण र पुनर्जन्मको चक्रमा घुम्नैपर्ने प्राकृतिक नियम नै हुनुपर्छ । सातौं अवस्थामा पुगेपछि गुणात्मक परिवर्तन हुनेबित्तिकै गणितको क्षेत्रमा नयाँ शून्यको स्थिति प्राप्त हुन जान्छ अनि नयाँ १ को सृष्टि हुन्छ । डार्विनले प्रकृतिको यही नियमको अर्थलाई आफ्नो विकासवादको सिद्धान्तको रुपमा प्रतिपादन गरे । कार्ल माक्र्सले द्वन्द्वात्मक भौतिकवादको रुपमा प्रतिपादन गरे । त्यस्तै पुनर्जन्म, मुक्ति मोक्ष वा निर्वाणमा, आस्था राख्ने पूर्वीय आध्यात्मवादी ऋषि, मनिषि, महात्माहरुले भौतिक संसारको संरचना गर्ने तत्व १. पृथ्वी, २. जल, ३. वायु ४. अग्नि ५. आकाश यी पञ्चतत्व मान्ने गर्छन् । यिनैको क्रिया अन्तक्र्रियाले जीव जगत्को स्वरुप – तिनमा मन, बुद्धि र आवश्यक इन्द्रियहरुको संरचना हुन पुग्छ । मानिस पनि यिनै पंचतत्वहरुमा चलिरहने अन्तरक्रियाका प्रक्रियाअन्तर्गत सिर्जना हुने प्राणी हो । अध्यात्मवादीहरुका अनुसार मानिसको स्थूल शरीरको देहका अन्त भएपछि पनि सूक्ष्म शरीरको अन्त भएको हुँदैन । यो सूक्ष्म शरीर केवल तीन तत्वले बनेको हुन्छ । ती तीन तत्व १. अग्नि, २. वायु र ३. आकाश हुन् । यिनैबाट सूक्ष्म शरीर बनेको हुन्छ – यो छाया शरीर हो । यसलाई आवतजावत गर्दा कुनै वस्तु बाधक हुँदैन । ढोका बन्द भएपनि सूक्ष्म शरीर जहाँ पनि उपस्थित हुन सक्छ । प्रेतहरुको पनि सूक्ष्म शरीर नै हुन्छन् ।

मानिसहरुका आ–आफ्ना कर्म, संस्कार र वासनाले अतृप्त मन, बुद्धि, अहंकारले (आत्माले) देहान्त पछि पनि तृप्तिका लागि प्रयत्न गरिरहन्छ । त्यसैअनुसार मानिसको देहान्तपछि उसको कर्म, संस्कार र वासनाले पञ्च तत्वमाथि क्रिया प्रतिक्रिया गर्न थाल्छ र सात लोकमध्ये उसलाई अनुकूल उर्वर पर्ने लोकमा उसको जन्म हुन जान्छ । यस्तैगरी संस्कार र वासनाले गर्दा मानिसको पुनर्जन्म सात लोकमध्ये एकलोकमा निरन्तर चक्कर लगाइ नै रहन्छ । मुक्ति, कैवल्य वा निर्माणको अवस्था त सातै लोकबाट मुक्त भएर गुणात्मक परिवर्तनको त्यो अवस्था जस्तै हुन्छ जहाँ गणितको नियममा गुणात्मक परिवर्तन भएर शून्यको स्थिति पुगिन्छ । शून्य त्यो पूर्ण अवस्था हो जसमा जति अङ्कले गुणा गरे पनि त्यसमा वृद्धि हुँदैन । शून्यको अवस्थामै रहिरहन्छ । जति खण्ड खण्ड गरेर जतिले भाग लिए पनि शून्यको अवस्थामै कुनै कमी वा ह्रास आउँदैन । अत: शून्य रिक्तताको स्थिति होइन । त्यो अनन्तताको प्रतीक सँग–सँगै एउटा विशुद्ध गति र स्थिति पनि हो जसमा केही थपे पनि वृद्धि हुँदैन, केही झिके पनि घट्दैन । यस्तै शून्यले जब एकोडह बहुस्याम अर्थात् म एउटै छु विविध रुपमा प्रकट हुन्छु भन्ने संकल्प गर्ना मात्रले गणितको क्षेत्रमा १, २, ३, ४ आदि अङ्कहरुको सृष्टि भएझैं भौतिक संसारमा प्रकृति भएर विविध रुप र आकारहरुको सृष्टि हुनथाल्छ । अनि सातौं अवस्था पूर्ण हुनेबित्तिकै परिवर्तन र पुनरावृत्तिको चक्र अनन्त रुपमा चल्न थाल्छ । यस भावचक्रबाट मुक्तिको अवस्था पनि छ जो शून्य हो, निर्वाण हो, मुक्ति हो ।

(द्रष्टव्य : नेपालभाषामा पाण्डुलिपिकै अवस्थामा अप्रकाशित रुपमा रहेको लेखकको कृति ल्याख:यागु सोंपा झ्यालं अर्थात् गणितको तीनवटा झ्यालबाट हेर्दाबाट परिमार्जित तथा संशोधित एउटा सानो अंश नेपाली भाषामा अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ । तीन झ्यालमध्ये १) गणित – मनोरञ्जन २) गणित – व्यावहारिक पक्ष र ३) गणित – दार्शनिक पक्ष । प्रस्तुत अंश गणित – दार्शनिक पक्षबाट उद्धृत एउटा सानो अंश हो ।)

जगतबहादुर जोशी
जन्म : वि.सं. १९८७ असार २५
तानसेन, पाल्पा
अवसान : वि.सं. २०६८ चैत्र २३

जनमत
त्रिशताङ्क (३०० अङ्क)


Tags: शून्यको स्वरुप
अघिल्लो पोष्ट

भेंडाहरूको शहरमा हराउँदा

पछिल्लो पोस्ट

साइबर सुरक्षा पुस्तक सार्वजनिक

जगतबहादुर जोशी

जगतबहादुर जोशी

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
साइबर सुरक्षा पुस्तक सार्वजनिक

साइबर सुरक्षा पुस्तक सार्वजनिक

लाखे

लाखे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शिक्षाविद् रमेशप्रसाद गौतमको ‘शिक्षा र नागरिक शिक्षा’ लोकार्पण

शिक्षाविद् रमेशप्रसाद गौतमको ‘शिक्षा र नागरिक शिक्षा’ लोकार्पण

४ माघ २०८१, शुक्रबार
गर्दै जाँदाका कुराहरू (१)

गर्दै जाँदाका कुराहरू (१)

३ जेष्ठ २०८०, बुधबार
अनेसास (नेपाल) को नेतृत्वमा राजेन्द्र केसी

अनेसास (नेपाल) को नेतृत्वमा राजेन्द्र केसी

३ जेष्ठ २०८०, बुधबार
गुरुपूर्णिमा

गुरुपूर्णिमा

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक