ओ ! सुनाखरी,
चन्द्र्माको चमकतामा
ताराहरुको नृत्यमा
गाजलु तिम्रा आखा
लाग्छ- आकाशगङ्गा जस्तै गहिरो/ गोप्य
जिवनमा भरिरहन्छौ
इन्द्रेणीको रङ्ग
देखिन उत्तौली एक्लोपनामा
सम्हालिन्छौ बारम्बार लज्जामा
ओ ! सुनाखरी,
तिम्रो सामु
मानौ -घाम टक्क उभिन्छ
हेरिरहन्छ
अशान्त सुमुन्द्र शान्त मुद्रामा
संगीत बजाउछ
प्रेमिहरु मुटुको धड्कन सुनाउछन्
बाचाहरु बाध्छ्न
असुरक्षित महसुस गर्दैनन्
जङ्गलमा फुलिरहन- तिमी जस्तै
र
बनाउन चहान्छ
एउटा दुर्लभ प्रेम कहानी
ओढेर जिवनका सिङ्गो बसन्त/ शिशिरहरु
सपनाहरु फुलाउदै
यादको नोस्टाल्जियामा सयर गर्नु
कति शक्तिशाली हुनु रहेछ
ओ! सुनाखरी, साच्चै
तिम्रो एउटा स्पर्शले
कोमल आगो निभाउछ।।