हरेक प्रहर अस्तित्व सङ्कटमा देखिन्छ!
न बलिदान देखिन्छ न इतिहास लेखिन्छ!
कालापानी,सुस्ता काठमाडौँ भन्दा टाढा छ!
स्वाभिमानी को शिर यहाँ किन रेटिन्छ?
घुम्दै ,चहार्दै देशको मानचित्रमा कोही!
लिपु लेकमा त कहिले टनकपुरमा भेटिन्छ!
डर लाग्न थालेको छ हिंस्रक पिपासु देखि!
सिंहदरबारको कुर्सी माथिकै नक्सा मेटिन्छ!
बुर्जुवा सत्तामा जब देखि लिप्त भए मनहरू!
स्वच्छ “आकाश”मा कालो रङ किन पोतिन्छ?
हार्दिक आभार!
जनमत / सृजना प्रति।