विश्वका विभिन्न देशका राष्ट्रगान समेटिएको ‘विश्वका राष्ट्रिय गान’ पुस्तक प्रकाशन भएको छ। नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा १९५ देशका राष्ट्रगान नेपाली भाषामा छन्।
फाउन्डेसनका अध्यक्ष विप्लव ढकालले पुस्तकको सम्पादन र प्रदीप निरौलाले अनुवाद गरेका हुन्।
सम्पादक ढकालका अनुसार पुस्तकमा संयुक्त राष्ट्रसंघका १९५ सदस्य र दुई पर्यवेक्षक राष्ट्रका गानहरू समेटिएका छन्। ‘यो पुस्तक विश्व शान्ति, सद्भाव र भाइचाराको कामनासहित नेपाली पाठकहरूमा देशभक्ति र राष्ट्रियताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रकाशित गरिएको हो,’ उनले भने।