कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट वाग्मती बग्छ’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंस्थित सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, पत्रकार एवं निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संयुक्त रुपमा कविता संग्रह विमोचन गरे ।
देवव्रतका कविताबारे बोल्दै कवि मुकारुङले कवितामा लयविधान समेटिएको बताएका थिए । ‘यो संग्रहमा मैले असाध्यै आनन्द लिने कविता छन् । कतिपय कविता पढ्दा ईर्श्या पनि लाग्यो, पछिल्लो पुस्तामा नयाँ शैलीमा लेख्ने कविहरूमध्ये देवव्रत हुन्,’ उनले भने, ‘उनका प्रत्येक कविता पढ्दा संगीत गुन्गुनाए जस्तो हुन्छ।’कवि देवव्रतको कविता पुस्तक इन्डिगो इंकले प्रकाशन गरेको हो ।