भारतीय नेपाली गीति साहित्य जो अति गहन विषय हो । भनिन्छ संगीत नै जीवको जीवन हो । यहि संगीतको गीत अन्तर्निहित छ । कीट–पतङ्ग, चरा–चुरुङ्गी र पशुहरु समेत संगीतमा मुग्ध मस्त हुन्छन् भने मनुष्य संगीतदेखि विमुख रहनै नसक्ने कुरा हो । वास्तवमा मान्छेको त जन्मदाको च्याँ च्याँदेखि नै गीतसँग सम्बन्ध हुन्छ । आमाले नानीलाई काखमा राखेर थपथपाउँदै वा कोव्रmोमा हालेर हल्लाउँदै आहो…लै…लै… नानीलाई भन्दै ललरी गाउँदै सुताउने गरेको क्षणदेखि मनुष्यको गीत प्रत्यक्ष वा परोक्ष रुपमा सम्बन्ध रहिआएको छ । यसकारण गीत भनेको जीवनको लय हो, जीवनलाई जीवित राख्ने छन्द हो । यो संसारमा गीतलाई मन नपराउने मान्छे सायद छैन भन्दा हुन्छ । गीतको प्राचीनताकै सन्दर्भमा भन्ने हो भने उद्गम स्रोत मानिने ऋगवेदका पंधसहिता वा ऋृचाहरु सबै लयात्मक नै छन्, जसलाई पठन गर्दा गायन रुपमै गरिन्थे र सामवेदमा त संगीत (गायन वादनको विधि) नियम वा सिद्धान्तकै सम्पूर्ण चर्चा रहेकाले गीतको मुहान नै वेद थियो । गीतकै सन्दर्भमा महाकवि जयदेवका १२ सर्ग रहेका गीत गोविन्द सन् ११०० तिरको रचनालाई गीत लेखनको एक अनुपम कृति मानिन्छ । नेपाली भाषामा भन्ने हो भने मौखिक परम्परा लोकगीतहरुबाट लेख्य गीति परम्परा प्रारम्भ भएको ठहर गर्न सकिन्छ । सवाइ र लहरी काव्यहरु नै लोक गीतहरु थिए । अहिले गीत भनिनेलाई लेखन सृजनात्मक विद्याको रुपमा विकशित भएको पाइन्छ ।
गीत मुख्य तीन प्रकारका हुन्छन्:–
१. शब्दाश्रित गीत
२. संगीताश्रित गीत
३. शब्द–संगीताश्रित गीत
१. शब्दाश्रित गीत:– त्यस्तो गीत हो जसमा संगीलाई भन्दा शब्दलाई प्राधान्य दिइन्छ अर्थात जुन शब्द रचनामा काव्यिक गुण (अलंकारिक सौन्दर्य र भाव गाम्भीर्य) सम्पन्न रहन्छन् जसलाई संगीतले अझै उजागर गर्ने प्रयासश गर्दछ ।
२. संगीताश्रित गीत:– त्यस्तो गीत हो जसमा शब्दभन्दा संगीतको प्राधान्य रहेको हुन्छ अर्थात शाब्दिक सौन्दर्य नभएपनि संगीतले नै गीतमा महक र मिठास भरिदिन्छ ।
३. शब्द–संगीताश्रित गीत:– यो यस्तो गीत हो जसमा शब्द र संगीत दुवै समान र सन्तुलित रहेको हुन्छ अर्थात शब्दमा संगीतले खुबै राम्ररी तालमेल राखेको हुन्छ, यस्तो गीत शब्द र संगीत दुवै पक्षबाट सम्पन्न हुँदछ । वास्तवमा यस्तै गीतनै लोकप्रिय र कालजयी बन्दछन् । एउटा कालजयी गीतको सृजना साँच्चै भन्ने हो भने शब्द र संगीतले मात्र हुँदैन । जबसम्म शब्द र संगीतले सजेको गीत कुनै सफल गायक वा गायिकाले जादुभरि कण्ठद्वारा श्रोताको मन अलादित र प्रभावित हुनेगरि प्रस्तुत हुँदैन तबसम्म एक लोकप्रिय एवं अमर गीतको जन्म हुँदैन । यस अर्थमा एउटा सर्वप्रिय एवं कालजयी गीत तयार हुनुमा शब्दकार, संगीतकार, संगात सयोंजक (म्युजिक एरेञ्जर) गायक–गायिका र केही हदसम्म श्रोताहरुको समेत योगदान रहेको हुन्छ । यसकारण भनिन्छ गीतको धरातल शब्द हो जसमाथि धुन तथा संगीत निर्माण हुँदछ जुन शब्द–संगीतलाई गायन कलाकारको गलाको कलाले वृहत क्षेत्रमा फैलाएर श्रोतावर्गको हृदयलाई नै अनुप्राणित गर्दछ । यसकारण शब्द शिल्पीलाई पनि महत्व दिनु अति आवश्यक छ जवो गीतकारलाई भारतीय परिप्रेक्ष्यमा प्राय: सामान्य चर्चामात्र हुन्छ । हाम्रो साहित्यमा गजललाई काव्य विधाको एक उपविधाको रुपमा स्वीकृति प्राप्त हुँदा गीतलाई भने एक छुट्टै उपविधाका रुपमा मान्यता मिलेकोे छैन ।
अब भारतीय नेपाली गीतलाई पनि एक अलग्गै उपविधाको रुपमा अध्ययन–अध्यापन गर्नुपर्ने समय भइसकेको छ । यो बारे हाम्रा प्राज्ञहरुले सोच्ने दिन आएको छ जो नेपाली विभागको पाठ्यक्रममा कलेजस्तरमा र विश्वविद्यालय स्तरमा राखिनुपर्छ भन्ने सोच आउनु अति जरुरी छ ।
गीतलाई मुख्यत: तीन भागमा विभाजन गर्न सकिन्छ:–
१. शास्त्रीय (उपशास्त्रीय, ठुमरी, कजरी, होरी, गजल) आदि ।
२. लोक गीत (जुवारी वा दोहोरी) आदि ।
३. आधुनिक गीत (अचेल पप र र्याप समेत) भनेर विभाजन गर्न सकिन्छ ।
यसबाहेक देशभक्ति गीत, ईश्वर भक्ति (भक्ति गीत) प्रेम प्रितीका गीत, चाढ–पर्वका गीत, ऋतु गीत, पर्यावरण गीत, शोक गीत, स्वागत गीत (उद्बोधनी), विज्ञापन गीत इत्यादि नामले वर्गीकरण गर्न सकिन्छ । यस्तै प्रकारले गीतलाई गाउने कलाकारको संख्याका हिसाबले एकल गीत, युगल गीत, समूह गीत पनि भनिन्छ । ऋुतु गीतभित्र पर्ने धान रोप्दा गाइने रसिया र असारे गीत, अंग्रेजको शासनमा दार्जीलिङमा अलकर्त रोडां पेल्दा गाइने गीतलाई ‘ढवाङ तान्ने गीत’ र पहाडंमा जंगला घाँस र गाइवस्तु चराउँदा गाइने गीतलाई ‘गोठाले गीत’ पनि भन्ने गरिन्छ ।
भारतीय नेपाली गीति साहित्यको कुरा गर्नु पर्दा सन् १९०० दार्जीलिङबाट प्रकाशित अनि हाजिरमान राईद्वारा कथित मिठा मिठा नेपाली गीतलाई नै भारततिरबाट रचित एवं प्रकाशित पहिले गीत संग्रह मान्नुपर्छ । यसपछि सन् १९१६ मा धनवीर मुखियाले नाटक र रंगमञ्चमा गीतहरु रहेको पाइन्छ र एउटा नाटक ‘हरिशचन्द्रमा’ उनले गीत रचेका थिए । उनले नै १९३२ मा दार्जीलिङमा गोर्खा दुख: निवारक सम्मेलन स्थापना भएपछि एउटा सरस्वती भजनस्तुतिको सृजना गरेका थिए । उनले भजन, गीतहरु लेखेको बुझिन्छ जुन युवा जागरण, धर्म, समाज, जाती, उत्थान र सेवामा आधारित पाइन्छ । यसपछि पारसमणि प्रधानले १९१९– मा खरसाङको गोर्खा पुस्तकालय भवन उद्घाटनको अवसरमा गीतहरु लेखेको पाइन्छ । सन् १९२७ तिर दार्जीलिङमा एलडी लामाले पनि धेरै गीतहरु रचेका थिए । त्यस समय हिराकुमार सिंह पनि एक मानिएका गीतकार थिए ।
भारतीय नेपाली गीतकारहरुमा बिर्सन नपाइने नाम हो बहादुर सिंह बराल । उनको बरालको आँशु भन्ने गीत०भजन संग्रह १९३८ मै देहरादुन भाग्सुबाट प्रकाशित भएको पाइन्छ । यस संग्रहमा मित्रसेन थापा, दिलिप, दुर्गामल्ल, मैतराज, पृथ्वीध्वज, रामशेर सिंह, जगतकारञ्जित, मनवीर, गंगावती, पवित्रादेवी आदिका गीत गजल र भजनहरु पनि समाविष्ट भएको पाइन्छ । सन् १९३८ मै मित्रसेन थापा र दिलिपका संयुक्त प्रतिष्ठामा ‘मनको बिहे’ शीर्षकमा देहरादुनबाट प्रकाशित भएको पाइन्छ । उनका खुबै प्रचलित गीतका मुखडांहरु यसप्रकार छन्:–
क. मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रै बैनीले…
ख. लाहुरेको रेलीमाइ फेशनै राम्रा
छत्रे टोपी रेलीमाइ खुकुरी भिरेको…
ग. अब त जाउँ कान्छी घरबाटो छ उकाली ओराली..
घ. धानको बाला झुल्यो हजूर दशैं रमाइलो…
ङ. काली ठेकी नारान काली काठको रातो ठेकी..
च. सासुज्यू भन्नुभयो घाममा लुगा सुका..
सन् १९४०–५० को दशकमा दार्जीलिङबाट भैयासिंह, हरिमदन गुरुङ, देवप्रकाश राई, साहित्यकार एम एम गुरुङले धेरै गीतहरु रचेका थिए । त्यस समय गायक कलाकार नवीन बरदेवा एक सफल गीतकार र संगीतकार थिए भने सन् १९६०– को दशकमा बहुप्रचलित उर्मिला श्रेष्ठले गायकी, गोपाल श्रेष्ठका संगीतले सजिएको गीत ‘सन्ध्या तिम्रो रिमिझिमतामा दु:खै दु:खले भरेको….’ निक्कै राम्रैसँग सबैले मनपराएका थिए । नवीन वरदेवाको गीतकुञ्ज १९६१– मा प्रकाशित कृतिमा अगमसिंह, मनबहादुर, कालुसिंह गहतराज, गगन गुरुङ, विषाशन लामा, अम्बर गुरुङ, पासाङ वाङबल, शिवप्रसाद सिंह, मानविर गुरुङ आदिका गीतहरु पनि प्रकाशित छन् । भारतीय नेपाली गीतकारहरुमा अर्को नाम हो नरेन्द्र प्रधान ‘अज्ञात’ । उनी संगीतकार र गायक पनि थिए । उनका धेरै कालजयी गीतहरु छन् जस्तै:
१. बगेको खोला फर्केर आउँदैन, गएको जोबन फर्केर आउँदैन…
२. छक छक आइपुग्यो रेल विदा हुने भइसक्यो बेला…
३. धानको बाला झुलेको हेर नाचेको हेर…
४. नरोऊ न्याउली पारी वनमा…
सन् १९५६– मा उनको सरगम गीत संग्रह प्रकाशित भएको थियो यसमा धेरै मिठा मिठा गीतहरु थिए । अगमसिंह गिरीको ‘कर्तव्य पथको पथिक तिमी’ र ‘नौलाख तारा उदाए’ जस्ता गीतमा अम्बर गुरुङले संगीत दिएका थिए भने जो अति प्रसिद्ध भएका थिए । उनले गोर्खा पत्रिकामा २५ वटा गीतहरु रचेका थिए । सातै धेरै बाल गीतहरु पनि रचेका थिए । अर्का प्रचलित नाम हो मनबहादुर गुरुङ जो गीतकार र नाटककार पनि थिए । संगीतकार श्री अशोक राई, गायिका दावा पासाङ वाङवलले रचेका गीतहरु अति प्रसिद्ध भएका थिए ती हुन्
१. म अम्बर हुँ तिमी धरती….
२. उ पनि त कोहि पराया त होइन…
३. घाम जुन पञ्च राखी वाचा मार…
४. ए कान्छा मलाई सुनको तारा खसाइदेउन…
५. उम्लने माया पोखिन्छ गम्भीर पिरती रोजन….
भारतको पूर्वाञ्चल भेकका पण्डित हरिनारायण उपाध्यायका गातमालामा ८७ वटा गीतहरु संग्रहित थिए । वनारसबाट मोतीराम भट्ट र शम्भुप्रसाद ढुङ्गेल आदिले गजल लेखेको बुझिन्छ । असमबाट प्रेमसिंह सुवेदीको ‘तीजको मैदानमा बहिनीको आँसु’ सन् १९५५ तिर गीत संग्रह प्रकाशन गरेको छ । त्यस्तै सन् १९५८– मा हिमालको फूल शीर्षक गीत संग्रह लिएर गोविन्द शर्मा गौतमले ११ वटा गीत लेखेका थिए । त्यस्तै गुवाहटीबाट गौतम प्रसादले गौतमले ‘पहाडीं गफ’ भन्ने गीत संग्रहको प्रकाशन सन् १९५८– मा गरेका थिए । असम डिगबोइबाट हरिभक्त कटुवालले सन् १९६० तिर लेख्दै १९७२ सम्ममा ‘सम्झना’ गीत संग्रह प्रकाशित गरेका थिए । जसमध्येका केहि कालजयी गीत यसप्रकार रहेका छन्:
१. पोखिएर घामको झुल्का भरी संघारमा…
२. मेरो यी गीतमा जुन मुच्र्छना छ..
३. मलाई नसोध कहाँ दुख्छ घाउ…
४. हाँगा हाँगा वनभरि चैत फुलेछस..
हरिभक्त कटुवाल
यसरी कटुवालले कवितासँगै गीतमा पनि धेरै प्रतिभा दर्शाएको पाइन्छ । कटुवालपछि पूर्वाञ्चलबाट धेरै गीतहरु छापिएको पाइन्छन् त्यो सबै शोधको विषय पनि हो ।
अब सिक्किमको सन्दर्भमा भन्ने हो भने सिक्किम भारत राष्ट्रमा विलय हुनुभन्दा पहिलादेखि बेञ्जामिन राई, सानु लामा आदि प्रमुख छन् । सानु लामाका प्रसिद्ध गीतहरुमा:
१. जहाँ बग्छ टिस्टा रंगीत…
२. बालापनको आँगन त्यागेर…
३. बैंशको कुरीसँग मायालु तिमीलाई…
४. मितेरी साइनो लाएँ हजूर…जस्ता नेपाली गीतहरु बेग्लै किसिमका भावनुभूतिलाई आफ्ना परिवेशिक शब्दशिल्पद्वारा कुँदेर श्रोतालाई भिन्नै स्वाद र मिठास दिनुमा सफल भएको छ । अर्को ओजस्वी गीतहरुको सृजना गर्ने शिल्पी हुन् श्री पवन चामलिङ ‘किरण’ । जसको गीत संग्रह मान्छेको साइनो (सन् २००८– मा प्रकाशित) मा धेरै मिठा मिठा गीतहरु संग्रहित छन् जहाँ माया–पिरती, जिन्दगीका औडांह र भाव र मान्छे हुनुको महता एवं मान्छेमा निहित सत्ताको अभिव्यञ्जना रहेको छ । त्यसबाहेक ‘उपमा, मेरो मुच्र्छना, समर्पण, मेरो वस्तीमा, नयाँ क्षितिझ, व्रmान्तीका धुनहरु, मेरो वस्ती’ गीत एल्बमहरुमा यी गीतहरु आइसकेका छन् । त्यसमध्ये केही गीतहरु यसप्रकार रहेका छन्:–
१. मान्छेको साइनो जातले होइन…
२. तिमी जसो भन जस्तै जातमा भन…
३. मान्छेको सुरक्षा कर्म हो मेरो…
४. हजार जुनीसम्म खोजी बसेँ तिमीलाई…
५. मलाई सिक्किम मनपर्छ..
यी गीतहरुलाई नेपालको प्रसिद्ध संगीतकार र गायक गायिकाद्वारा स्वरबद्ध गरिएका छन् भने यसको भीडियो एल्बम पनि बनिसकिएको छ ।
अर्का सिक्किमका एक चर्चित गीतकार हुन् बलि सुब्बा । जसले लगातार पाँचवटा गीति क्यासेट प्रकाशन गरिसकेका छन्, जसमा निम्न रहेका छन् :–
१. एकै गीतकार बली सुब्बाको गीतहरु
२. हजूरलाई जागृति गान
३. परेलीबाट
४. एउटै आँगन एउटै घर
५. गीतै भो आधार…इत्यादि ।
यी गीतहरुमा शान्ति ठटाल, अरुणा लामा, कुमार सुब्बा, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, एडविन पाख्रिन, देवकुमार दुमी, सुकमित अधिकारी, सुनिल मोहरा र अनेक गायन कलाकारहरुका स्वरहरुमा बाँचिरहेका छन् । अर्को सिक्किमबाट गीतकार रबिन गुरुङले राम्रा राम्रा गीतहरु सृजना गरेका छन्, त्यसमध्ये एक झलक यस्तो छ:–
१. चिठ्ठी मेरो आउँछ भनेर बाटो कति हेरौं…
२. खोला यहाँ बगिसक्यो बगर प्यासै रह्यो…
त्यसरी नै अर्का गीतकार हुन् रुद्र पौड्याल जसका गीति एल्बमहरुमध्ये १. घर–आगन, २. चेतना, ३. हाम्रो श्रद्धाञ्जली तिमीलाई र ४. स्मृतिका मूच्र्छनाहरु.. । यी गीतहरुमा लोक साहित्य, देशप्रेम , सामाजिक चेतना र समाजलाई केही सन्देश दिन शब्दकार सफल भएका छन् ।
अर्को गीतकारका रुपमा प्रधुम्न श्रेष्ठका गीतहरु ‘चाँदनी रात’ (श्री गणेश ढुंगेल, धनकुमार गुरुङ, धिरज सापकोटा) र ‘तिम्रो मुस्कान’ (गणेश ढुंगेल र दिपेन मगर) यी सीडी एल्बमबाट जम्मा १६ वटा गीतहरु बजारमा आइसकेका छन् भने चारवटा गीतहरुबाट भीडियो एल्बम पनि प्रदर्शन भइसकेका छन् । भर्खरै श्रीमती विमला प्रधानको संगीतमा १० वटा भजनहरुको संगालो ‘ॐ भजन मञ्जरी’ पनि बजारमा आइसकेको छ । अर्का गीतकार हुन् श्री पूर्ण योञ्जन । जसले ‘आत्मा विस्मृति’ सीडी एल्बममा राम्रा राम्रा गीतहरु सृजना गरेका छन् । अर्का गीतकार एल बी बस्नेत जोरथाङ्गे र सुवास सोताङले पनि थुप्रै गीतहरु लेखेको पाइन्छ । श्री अमर बानियाँ लोहोरो–को गीति एल्बम ‘आन्तरिक अनुगुञ्जन’ पनि बजारमा आइसकेको छ । श्री देवकुमार दुमीका गीतहरु धेरै प्रसिद्ध छन्, जो स्वयं गायक एवं शब्दकार पनि हुन् । यसरीनै फुटकर गीति रचनामा कलम चलाउनेहरुमा वीरु वाङ्देल, ध्रुव लोहागण, डिल्लीप्रसाद अधिकारी, थमन नौवाग, कालुसिंह रनपहेली, सिता शर्मा, चुन्नीलाल घिमिरे, अप्सरा दाहाल, पूजन लोहागण, थिरुप्रसाद नेपाल, दाउछो लेप्चा, विव्रmम प्रधान, धिरज प्रधान, भक्ति बस्नेत, जीविका अश्रु आदिको नाम सम्मानपूर्वक लिन सकिन्छ । अन्य धेरै गीतकारहरुको नाम यहाँ छुट्न गएको छ, जो शोधको विषय हो ।
हाम्रो अग्रज गीतकार र संगीतकार र गायकगायिकाहरुले हाम्रो समाजमा गीतको माध्यमबाट धेरै ऊर्जा, सहास र प्रभावित पारेका छन्, ती गीतहरु सधैं अमर रहनेछन् । तीमध्ये मलाई थाह छ सन् १९६०– मा एक रविदासले गाएको गीत सर्वप्रिय लाग्छ, जसको झलक यस्तो छ:–
१. स्वर्णीम रुपमा साथ संगाली तिमी निदायौ होली…
२. चन्द्रमामा पनि म कलंक देख्छु तर पनि किन हो म प्यार गर्छु…
अर्का गीतकार वैरागी काँइला पनि हुन्, जसले धेरै मिठा मिठा गीतहरु सृजना गरेका छन् र अम्बर गुरुङद्वारा संगीत भरिएका गीतहरुको झलक यसप्रकार रहेका छन् :–
१. औंलाहरु चुमेर औंलाभरि सलाम… मेरो हजूरलाई आँखाभरि सलाम
२. यो फूल तिम्रै हो तर नटिप यसलाई….
३. कसको जोबन अल्झीएछ चाँप गुराँसमा…
प्रसिद्ध कवि ईश्वर बल्लभले पनि दार्जीलिङमा बसेका समया गीतहरुको सृजना गरेका छन्, त्यसमध्ये एक गीत यस्तो छ:–
विरानाहरुको सभामा के हुन्छ गीतको अर्थ ।
वैरागी काँइला
अर्को नामी गीत एवं संगीतकार हुन् गगन गुरुङ । जसले १९६० तिर एक नामी गीत गाएका .. वारि खोला पारी खोला बीचैमा पानी दोभान .. जुन बहुप्रचलित गीत थियो अर्का दार्जीलिङका पोख्त गीतकार हुन् जीतेन्द्र बरदेवा । गीत अरुणा लामाले गाएकी थिइन् । जो यसप्रकार रहेको छ:–
१. हेर न हेर कान्छा डाँडांलाई फूलले ढाक्यो
२. देउरालीको पाखामा आज
३. यहाँ निश्चल छ जीवन
मनबहादुर मुखिया
मनबहादुर मुखियाको बहुचर्चित नाटक ‘अनि देउराली रुन्छ’ – मा एउटा गीत मार्मिक छ–हे फूल चुँडेंर लाने हो यहाँ माली रोएको देख्यौ के ? अर्का एक गीतकार हुन् नरदेव रुम्बा । जसले धेरै राम्रा राम्रा गीतहरु रचेका छन् तीमध्ये
१. बादलको दरबारमा पहाडंको मेला
२. फूललाई सोधे कहाँ गयो कता गयो भमरा
अर्का गीत छन् बद्री दुर्गा खरेलका संगीत र दुर्गा खरेलले गाएका गीत यसप्रकार छन्:–
१. बोलाउँ भने तिमीलाई बात लाग्ने डर..
गीतकार बन्नलाई प्रतिभा, समयबोध, सतत् साधना चाहिन्छ । गीतप्रतिको प्रतिबद्धता । भाषाको भाव नबुझी शब्दहरुको फोस्रो जडाउले गीत बन्दैन । लय र छन्दको मोल नजानी जबर्जस्तीको बोलले गीत हुँदैन । गीतकारहरु आज ओझेलमा परेका छन् । तरपनि साहित्यको विधामा गीतपनि एउटा विधा हो, जुन आज हामीले ग्रहण गर्नुपर्छ । भारतीय नेपाली गीतिसाहित्य धनी छ र नेपालको सन्दर्भमा भारतमा पनि कुनै कमी छैन भनेजस्तो लाग्छ । मेरो अध्ययनमा धेरै गीतकारहरुको नाम छुटेको छ त्यसमा । अग्रिम माफी चाहन्छु, जुन शोधकर्ताले शोध गर्ने विषय हो ।