६० वर्षअघि चोरिएको पाटनको ओकुबहाल नजिकैको थापाहिटी पानीधारामा रहेको पुरातात्विक सम्पदा उमामहेश्वरको प्रस्तरमूर्ति बेलायतको लन्डनस्थित ब्रिटिश म्युजियममा फेला परेको छ ।
उमामहेश्वरको म्र्तिू बाह्रौं शताब्दीको सृजना भएको मानिएको छ । नेपाली सम्पदाको खोज तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, हिन्दु परम्परा र बिम्बमा शिव–पार्वतीको जोडासहित छोराहरु गणेश, कुमारसहितको कुँदिएको प्रस्तर शिल्पी यो मूर्तिमा रहेको छ । यो सम्पदाका बारेमा स्वीस अन्वेषक उल्रिच भोन स्क्रोडरले आफ्नो ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम–१, हिन्दु)मा उल्लेख गरेका छन् ।
ओकुबहाल नजिकैको यही स्थानबाट नेपाल संवत १८५ को सूर्य आकृति हराएकोमा अहिले यसलाई पाटन म्युजियमको संकलनमा राखिएको छ ।