भाषाशास्त्री महानन्द सापकोटाको १२७ औं जन्म जयन्तीको अवसर पारेर उहाँकै जन्मस्थल इलामको इरौंटार देवान छापमा चार जना श्रष्टालाई सम्मान गरियो ।
महानन्द पुरस्कार बाट झापाका कोमल प्रसाद पोखरेल, महानन्द प्रोत्साहन पुरस्कार बाट चुलाचुली इलामका कवि सुन्दर कुरूप , भवानी घिमिरे रङ्ग/ पुण्य स्मृति पुरस्कार बाट कवि बिमल वैद्य र हिरा आकाश पुर्ण/टुङ्ग पुरस्कार बाट पाँचथरका प्रेम ओझा सम्मानित भए ।
प्रमुख अतिथि अग्रज कवि तथा गीतकार दिनेश अधिकारीले पुरस्कृत श्रष्टाहरूलाई दोसल्ला र सम्मानपत्र नगदसहित अर्पण गर्नु भएको थियो । समारोह महानन्द पुरस्कार समितिका अध्यक्ष कवि केशव आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । सम्मानित श्रष्टाहरूका बारेमा पत्रकार चन्द्र भण्डारीले बोल्नु भएको थियो