मैले एउटा कथा सुनेको थिएँ । जन्मने वितिक्कै अभिभावक भएनन् वा समाज भएन भने बालबालिका कस्तो होला त ? यसको परीक्षणका लागि बैज्ञानिकहरुले एउटा अनुशन्धान गरेछन् । एउटा बालकलाई जन्मने वितिक्कै चारैतिर सिसाले घेरिएको ठुलो बाकसमा राखेछन् । बाकसमा सास फेर्नका लागि आवश्यक अक्सिजनको मात्रा पु¥याएर एउटा सानो ढोका मात्र राखेछन्, जहाँबाट एक मानिस आऊ जाऊ गर्न सक्थ्यो ।
बालकलाई भोक, प्यास त लाग्छ । दिसा पिसाब त लाग्छ । त्यसका लागि उनीहरुले ढोका राखेका थिए । एक जना त्यही ढोकाबाट जान्थे । खानपिन, दिसापिसाब गराएपछि खुरुक्क त्यही ढोकाबाट फर्कन्थे । चुइँक्क पनि बोल्दैन थिए उनी । चुपचाप चुपचाप सबैतिर । विस्तारै बालक ठुलो हुँदै गए । अब के गर्छन् त बालकले ? चासोको विषय थियो यो । केही समय पछि बालक हिँड्न लागे । यताउता हेर्न लागे । चल्न लागे । बालक त्यही खानाखुवाउन जाने मासिनजस्तै सुटुक्क ढोकाबाट निस्कन्थे । यताउता हेर्थे । केही बोल्दैन थिए । फेरि सुटुक्क बाकसमा छिर्थे अनि चुइयँ चुइयँ गर्थे । मुख आँ आँ गर्थे । खान्थे बास् ।
यो चुइयँ चुइयँ चाहिँ के गरेको रहेछ ? अचम्म लाग्यो बैज्ञानिकहरुलाई । उनीहरुले धेरै विचार गरे अनि पत्ता लगाए । एक जना मानिस खानापिना, दिसापिसाबका लागि जाँदा ढोका खोल्थे । ढोका लगाउँथे । ढोका खोल्ने, लगाउने व्रmममा ढोका चुइयँ चुइयँ गर्दो रहेछ । बालकले त्यही सुने अनि त्यही जाने । ती बालक जानेको त्यति रह्यो । ढोका चुइँकिए जस्तो चुइँकिने अनि लुसुक्क आउने जाने गर्ने त्यति हो ।
त्यसपछि बैज्ञानिकहरु प्रष्ट भए यदि सुनसान जङगलमा मानिस जन्म्यो भने उसले बोल्न होइन रुख जस्तो सुसाउन जान्ला, जनावरहरु जस्तो व्यवहार गर्न जान्ला । त्यस पछि ती बालकलाई समाजमा ल्याइयो । घुलमिल गराइयो र बोल्न, खेल्न सिकाइयो ।
यो एउटा कथा हो । तर यो कथा जस्तो मात्र नलाग्ला । हामीले भन्दै आएको, सुन्दै र जान्दै आएको कुरा हो, बालकहरु गिलो माटो हुन् । जसलाई ठुलाले वा जान्नेले जस्तो आकार दियो, त्यस्तै बन्छन् । ठुला वा जान्ने भनेको संवभत अभिभावक नै होलान्, चाहे ती अभिभावक बाबुआमा, हजुरआमाबुबा वा दाजुदिदी, धाइआमा वा गुरुहरु वा समाजका कोही । जो हुन्, ती अभिभावकविना एउटा बालक के होला ? हामी सहजै अनुमान लगाउन सक्छौँ र अभिभावकको जिम्मेवारी कति छ भन्ने कुरामा हामी कुनै आँकलन सहित भन्न सक्ने अवस्थामा रहँदैनौँ ।
नेपाली बृहत शब्दकोश अनुसार अभिभावक भनेको पालनपोषण गर्ने, हेरविचार गर्ने, संरक्षक, छात्रछात्राको जिम्मा लिने वा जिम्मेदारी वहन गर्ने, वशमा पार्ने, आमाबाबु वा संरक्षक व्यक्ति । यो परिभाषाभित्र नअट्ने अभिभावक सायदै होलान् । त्यसकारण हामी सबै अभिभावक हौँ, आजका वा भोलिका । ती अभिभावकले गिलो माटो रुपी बालबालिकालाई आकार प्रदान गर्न, संरक्षण प्रदान गर्न धेरै ज्ञान, सीप, कलाकौशल, तौरतरिका चाहिन्छ, जसको प्रमुख जरुवा, स्रोत, सामाग्री बालपुस्तक हुनसक्छ, हुन्छ । त्यसकारण प्रत्येक अभिभावकले बालपुस्तक अध्ययन गर्नुपर्छ । अध्ययन गर्न जरुरी छ ।
के हो त बालपुस्तक :
बालपुस्तक शब्दले नै बताउँछ बालपुस्तक के हो भन्ने कुरा । बालबालिकालाई लक्षित गरी, उनीहरुको उमेर, रुचि, अवस्था, व्यवहार र मनोविज्ञानलाई ध्यानमा राख्दै उनीहरुका लागि उपयुक्त हुने गरी लेखिएका विविध पुस्तकहरुलाई नै बालपुस्तक भनिन्छ । उनीहरुको बालमनोविज्ञानमा आधारित रहेर खेल, भाषा, साहित्य, आनीबानी, व्यवहार, सत्यतथ्य, संस्कार, संस्कृति, चालचलन आदि जस्ता विषयवस्तुहरुमा लेखिएका पुस्तक नै बालपुस्तक हुन् ।
अभिभावकले बालपुस्तक किन पढ्ने त ?
अभिभावकले बालपुस्तक पढ्ने ? अभिभावक भन्ने वितिक्कै पाका मानिस वा ठुलो उमेरका मानिस भन्ने नै बुझिन्छ अपवाद बाहेक । यसैले पनि अभिभावकले बालपुस्तक बढ्ने भन्ने कुरा सुन्दा हाँसो लाग्न सक्छ । तर पाका मानिसका लागि बालपुस्तक कति प्रिय र आत्मीय हुन्छ भन्ने कुरा बालपुस्तक पढ्न सुरु गरे पछि मात्र थाहा लाग्दो रहेछ ।
बाल्यकालमा फर्कनका लागि:
बाल्यकाल कसलाई मन पर्दैन र ? प्रत्येक मानिसलाई लाग्दो हो, आफुलाई बालक बनाउन, बाल्यकाल फर्काउन पाए, फेरि एक पटक हुन सकिन्छ भनेँ बालक हुन पाऊँ । ती बालपन, ती बालमन, ती बालचञ्चलता, रमाइलो, खुल्ला हृदय, उन्मुक्त हाँसो, रोदन आहा सम्झनुस् त कति आनन्द थियो त्यो बालक हुँदाको समय, बाल्यकाल ! हो, बालपुस्तकले फेरि एकपटक पाका मानिसलाई बालक बनाइदिन्छ । भौतिक रूपमा बालक नबानाए पनि अभौतिक रूपमा बालक बन्न पाइन्छ । बालपुस्तक पढ्दै गर्दा आप्mना बाल्यकाललाई झल्झल्ति सम्झन, त्यसमा रमाउन, आहा म पनि यस्तै गर्थे वा हत्तेरी हो त म पनि यस्तै थिएँ ! यसरी आप्mनै बाल्यकालको मजा लिन पाइन्छ बालपुस्तक पढ्दा । त्यो बालककालको सम्झनाका लागि, बालककाल केही अंश फर्काउनका लागि ठुला मानिसले बालपुस्तक पढ्न जरुरी छ, जसले बाल्यकालको रस प्रदान गर्छ । जसले उमेर ढल्किसकेको भानलाई, उमेरले डाँडा काटिसकेको अवस्थालाई बिर्साएर एक पटक बाल्यअवस्थामा पु¥याइदिन्छ । बालपुस्तक एउटा योग हुन सक्छ । मष्तिस्कमा झंकार पैदा गरी, मष्तिस्कका नशाहरुलाई आनन्द प्रदान गर्दै, तनावहरुलाई कम गराउन मदत गर्दछ । यसकारण पाका मानिसहरुका लागि बालपुस्तकको महत्व छ ।
बाल्यकाल फर्कदैँ गर्दा आफुलाई चोट पुग्ने खालका घटनाहरु फर्किन, झझल्कोमा आउन थाल्यो भने तुरुन्तै त्यस्ता बालपुस्तक पढ्न छोड्नु पर्छ । यदि त्यसले अरु बालबालिकाहरुलाई पनि चोट पुग्न सक्छ भने उनीहरुलाई पनि पढ्न दिनु हुन्न ।
असल अभिभावकत्वका लागि
माथि नै भनिसकेँ कि हामी कुनै न कुनै रूपमा अभिभावक हौँ । हाम्रा पछाडि भावी पुस्ताहरू छन्, जसलाई हामी सुन्दर भविष्य कोरिदिनका लागि तत्पर छौँ । भावी पुस्तका लागि हामी चिन्तित छौँ । यो अभिभावकको कर्तव्य पनि हो । भावी पुस्तालाई गोरेटो प्रदान गर्न पनि अभिभावकले बालपुस्तक अध्ययन गर्नु जरुरी छ ।
अभिभावकलाई आफ्ना सन्तानप्रतिको चिन्ता जहिले पनि रहन्छ । कतिलाई त्यो चिन्ताप्रति चिन्तन, मनन गर्न मन लाग्छ । खोजतलास गर्न मन लाग्छ । कतिलाई मन लाग्दैन । खोजतलास गर्नेले त बालपुस्तक लगायत अनेकन उपाउ लगाउँछन् । खोज तलासै गर्न नसक्ने, नजान्ने, चासो नभएकाहरुकै लागि पनि बालपुस्तक अति उत्तम उपाय हो ।
असल पुस्तक छनौटका लागि
पुस्तकहरु वास्तवमै असल हुन्छन् । पुस्तकले ज्ञानगुन र आनन्द दुवै प्रदान गर्छ । तर सबै पुस्तक सबैका लागि उपयुक्त नहुन सक्छ । अझ बालबालिकाका हकमा त बालबालिकाका उमेर, रुचि, आनीबानी आदि अनुसार फरक फरक पुस्तकहरु दिनु पर्ने आवश्यकता हुन्छ । बालपुस्तक भन्दैमा जुनपायो त्यही पुस्तक दिने वा पढ्ने गर्नाले फाइदा भन्दा बेफाइदा हुन सक्ने, पुस्तकप्रति नै वितृष्णा बढ्न सक्ने संभावन समेत रहन्छ । पहिलो उमेर समूहका बालबालिकाका लागि तस्रो उमेर समूहको पुस्तक दियो भने पुस्तक पढ्न अफ्ठेरो लागेर उसले पुस्तकलाई जटिल चिज भनेर सम्झन थाल्छ वा पढ्नै अल्छी गर्न थाल्छ । त्यसकारण आफ्नाबालबालिकालाई कस्तो पुस्तक पढ्न दिने त ? कुन पुस्तक आप्mनो बालबालिका सुहाउँदो छ त ? उसलाई कुन र कस्तो खालको पुस्तक आवश्यक छ ? त्यो छानेर मात्र बालबालिकालाई दिनु पर्ने भएकाले पुस्तक छनौटका लागि अभिभावकले बालपुस्तक पढ्नु जरुरी छ ।
बालबालिकासँग गर्ने व्यवहार सिक्नका लागि
बालबालिकासँग असल व्यवहार गर्न सकिएन भने त्यसले भोलि विकराल रूप लिन नसक्ला भन्न सकिन्न । बाल्यअवस्थादेखि उनीहरुलाई सकरात्मक तरिकाले, उनीहरुलाई सुहाउँदो व्यावहार गर्न सकियो भने बालबालिका हुर्कदै जाँदा उनीहरुले सकारात्मक व्यवहार सिक्दछन् । असल व्यवहार सिक्दछन् । बालबालिकासँग कसरी व्यवहार गर्ने भनेर विभिन्न पुस्तकहरु पनि पाइन्छन् । यी पुस्तकहरु अभिभावहरुलाई नै लक्षित गरी तयार गरिएका हुन्छन् तर यी पुस्तकहरु मात्र अपूर्ण हुन सक्ने मेरो ठम्याई छ । प्रत्येक बालक वा प्रत्येक बालिका जसरी मानिसका अनुहार फरक फरक हुन्छन्, त्यसै गरी उनीहरु पनि फरक फरक शैली, सोच, व्यवहारका हुन्छन् । त्यसैले बालपुस्तकहरुमा उनीहरुकै मनोविज्ञान समेटिएका हुने भएकाले बालपुस्तकहरुले धेरै भन्दा धेरै बालबालिकाहरुलाई बुझ्ने र सम्झने मौका मिल्छ । धेरै भन्दा धेरै बालबालिकाका व्यवहारलाई अध्ययन गरेपछि आफ्ना बालबालिकाको व्यवहार कस्तो छ त ? उनीहरुलाई कस्तो व्यवहार मन पर्दो रहेछ ? कस्तो व्यवहार गर्नु पर्दो रहेछ त ? भन्ने कुरा थाहा लाग्न सक्दछ । बालबालिकासँग कसरी व्यवहार गर्ने, उनीहरुलाई कसरी बुझ्ने, उनीहरुको मनोविज्ञान के हो, कस्तो हो बुभ्mन र त्यसै अनुसार उनीहरुसँग व्यवहार गर्न जान्नका लागि पनि बालपुस्तक पढ्नु पर्छ ।
बालबालिको प्यारो हुनका लागि
‘नाइँ म बाबासँग खाना खान्न, आमासँग खान्छु, नाइँ मामाले पढाउनु भए त पढ्दिन, माइजूले पढाउनु भए मात्र पढ्छु । नाइँ, हजुरआमासँग त बजार जान्नँ, हजुरबासँग भए मात्रै जान्छु,’ यी यस्ता संवाद र कुराहरु हामीले कहिलेकाहीँ सुनेको वा भोगकै हुनपर्छ । बालबालिकाहरु कोहीसँग धेरै झ्यामिमन्छन् भने कोहीसँग टाढै बस्न रुचाउँछन् । कोहीसँग त बोल्नै मन पराउँदैनन् । यस्तो पनि पाइन्छ कि कसैको कपडा वा जुत्तासमेत पनि मन पराउँदैनन् बालबालिकाहरुले ।
यसरी अभिभावकलाई बालबालिकाहरुले मन पराएनन् भने त चौपट हुन्छ । त्यसकारण बालबालिकाका लागि प्यारो हुनका लागि उनीहरुलाई के मन पर्छ ? कसरी मन पर्छ ? कसरी आफूबालुवा भइने रहेछ र कसरी हलुवा हुन सकिने रहेछ भन्ने कुरा जान्नका लागि बालपुस्तकले धेरै मदत गर्दछ ।
जस्तो उनीहरुका लागि कथापठन वा कथावाचनकै कुरा गरौँ । आमाबाबाले समय अभावले नै भनौँ न बालबालिकालाई समय दिन सकिरहेका हुँदैनन् । उनीहरुसँग संवाद गर्ने, सँगै बसेर कथा पढ्ने, कथा सुनाउने गर्न भ्याइरहेका हुँदैनन । तर हजुरबाहजुरआमाको रिटायर्ड जीवन पछि त बालबालिकाका लागि समय निकाल्न अलि सजिलो हुन्छ । बालबालिकासँग संवाद गर्ने, सँगै बसेर कथा पढ्ने, कथा सुनाउने गर्न भ्याइरहेका हुन्छन् । त्यसैले नातिनातिना हजुरबा, हजुरआमासँग बढी घुलमिल भइरहेको, बढी माया गरिरहेका पाउँछौ ।
आनीबानी थाहा पाउनका लागि
बालबालिकाहरुसँग छलफल गर्न, उनीहरुको हाउभाउ बुभ्mने, माग बुभ्mने, बानी व्यवहार बुझ्ने आदि कुराहरु छलफल हुन । उनहरुको नयाँ नयाँ व्यवहार र माग कस्ता हुँदैछन् ? कस्तो बाटो हिँड्दै छन् ? भनेर अपडेट हुन पनि ।
पठन कार्य, सीप र संस्कारका लागि
पठन कार्य, सीप र संस्कारका लागि पनि बालपुस्तक अभिभाकका लागि जरुरी छ । जब अभिभावकहरुले पढिरहेको देख्छन् । अभिभावकहरु कितावप्रति आकर्षित भएको देख्छन्, अवस्य पनि बालबालिकाहरु पनि कितावप्रति आकार्षित हुन्छन् । अभिभावकहरु भनेका त बालबालिकाका आदर्श न हुन्, ठूला र असल मान्छे हुन् । अरुले गर्न नसकेको मेरो बुबाआमाले गर्नु हुन्छ वा बुबाआमालाई भनिदिन्छु भन्ने गर्छन् बालबालिकाहरु । अभिभावकहरुप्रति त्यति विस्वास हुन्छ उनीहरुको । उनीहरुका विस्वास जितेर उनीहरुलाई पुस्तकप्रतिको मोह बढाउन पनि अभिभावकले पढ्नु पर्छ ।
कस्तो पुस्तक पढ्दै छन् त ? जानकारीमा राख्न, उनीहरुको स्वभावमा परिवर्तन गराउन, शब्दकोश बन्न, सिकाउने शैली जान्नका लागि, संस्कार सिकाउन, आफ्नो काम आफैँ गर्न सिकाउन, लक्ष्य र असल मार्ग पहिचन गराइदिनका लागि, शैक्षिक, सामाजिक उन्नति जाँच्नका लागि पनि बालपुस्तक अभिभाकका लागि जरुरी छ ।
बालबालिकाहरुलाई सही मार्गदिशा पत्ता लगाइदिनु अभिभावकको ठुलो जिम्मेवारी हुन्छ । गर्भधारणको पूर्वअवस्थादेखि नै अभिभावक सचेत रहे भने मात्र एउटा बालको भविष्य सुन्दर हुनेमा ढुक्क हुन सकिन्छ । बालबालिकाहरु असल बालव्यवहार, स्वस्थता, सही पोषण, लवाईखुवाई, मनोरञ्जन, सुनाइ, बोलाइ, पढाइ अनि लेखाइबाट माथि उस्कँदै एउटा पूर्ण सक्षम व्यक्ति बन्दछ । बालबालिकाहरुका लागि कसरी व्यवहार गर्ने, कति र कस्तो मनोरञ्जन उनीहरुका लागि आवश्यक र उपयुक्त छ, उनीहरुको स्वास्थयमा कसरी ध्यान पु¥याउन सकिन्छ, उनीहरुका लागि लवाईखुवाइ कस्तो भए राम्रो हुन्छ आदि कुराहरु अनि सुनाइ, बोलाइ, पढाइ, लेखाइको विकास गर्न बालपुस्तकको अहम् भूमिका रहन्छ । उनीहरुमा शब्दभण्डारको विकास गर्न, ज्ञानको भण्डार बढाउन, समाज चिनाउन, नेतृत्व गर्न, वाक शैली बढाउन, कल्पनाशील, चेतलशील बनाउन बालपुस्तकहरुको ठुलो भूमिका रहन्छ । उनीहरुका यी कुराहरुमा विकास गर्न र उनीहरुको पढ्ने अधिकार सुरक्षित गर्नु पर्ने जिम्मेवारी अभिभावककै हो । अभिभावकले नै यी कुराहरु थाहा नपाएसम्म एउटा कुशल अभिभावकको जिम्मेवारी पूरा भए हुँदैन । तसर्थ असल अभिभावक बन्नका लागि अभिभावकहरुले बालपुस्तकहरुको अध्ययन गर्नु जरुरी छ । आजकल ‘कथाउपचार विधि’ भनेर कथावाचन गरेर वा गर्न लगाएर, कथामा अभिनय गराएर, कथामा खेल खेलाएर वा अन्तर्कि्रया आदि गराएर मनोबैज्ञानिक मात्र नभएर शारीरिक उपचार पनि हुन लागेको सुन्नमा आएका छन् । अभिभावकहरुले घरमै पनि बालबालिकालाई सुहाउँदो कथाबाट उनीहरुका विविध समस्याका समाधान निकाल्न सकिने कुरा धेरै अभिभावकका अनुभवबाट प्रष्ट भइरहेको छन् ।
यहाँ कुरा उठ्न सक्छ, पढ्न नसक्ने अभिभावकहरुले के गर्ने त ? अब के उनीहरु यी माथिका कुराहरुबाट बञ्चित हुन्छन् त ? वा उनीहरुलाई बालपुस्तक आवश्यकता छैन ? तर त्यसो होइन । पढ्नु भनेको पुस्तक मात्र नभएर समाज पढ्नु पनि हो । निरक्षर अभिभावकले पनि सुनेका, जानेको कुराहरु साटासाट गर्न सक्दछन् । अरुबाट सुनेर वा आप्mना बालबालिकाहरुलाई पुस्तक पढ्न लगाएर त्यसबाट के के जान्यौँ ? के के गर्न वा नगर्न पर्ने रहेछ ? के असल रहेछ, के खराब रहेछ भनेर संवाद गर्न, छलफल गर्न सक्दछन् ।
असल पुस्तक पढ्न पाउनु बालबालिकाको अधिकार पनि हो । उनीहरुको अधिकार सुरक्षित गर्न पनि अभिभावकले बालपुस्तक उपलब्ध गराउनु पर्छ । बालपुस्तक उपलब्ध गराउँदा अभिभावक आफैँ पनि यसका बारेमा सचेत हुनु पर्ने भएकाले अभिभावकका लागि बालपुस्तकको आवश्यकता र महत्व धेरै रहेको देखिन्छ ।